`

यस्तो छ आजको तरकारी र फलफूलको मुल्य

काठमाडौ, ५ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

उता, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ कायम गरिएको छ ।

विकास समितिका अनुसार लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ,  चमसूरको साग ५० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ३० रुपैया, परवर तराई  १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ६० र हरियो धनिया ३० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल-स्कटल्याण्ड खेल सुरु, टस रोजेर नेपाल ब्याटिङमा

काठमाडौं, ५ फागुन । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।

किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल सुरु भएको छ ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाइ पराजित गरेर शिर्षस्थानमा उक्लिएको थियो । तीन खेल अगावै स्कटल्याण्ड लिग समुहवाट बिजेता भईसकेको छ। 
 

बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरीमा

काठमाडाै, ५  फागुन ।  युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बनेको थियो । ५०औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए तर युनाइटेडका मार्कुस रासफोर्डले ५२औं मिनेटमा गोल फर्काउदै खेललाई ११ गोलको बराबरीमा ल्याउन सफल भएए।


तर, खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २–१ ले अघि रह्यो भने ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएर बराबर बनाए । दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै

काठमाडौ, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।  नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाइ पराजित गरेर शिर्षस्थानमा छ। 


बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ

काठमाडौं, ५ फागुन ।  नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।


जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरुवाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ । सिसिटिभीको बिश्लेषण गरेर उनीहरुलाई पक्राउ गरिएको हो  । चोरी तथा डाँका कसुरमा मुद्धा चलाईएको उनीहरुलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइ सकिएको छ ।

ज्ञापन पत्र लिएर चित्रबहादुर केसी बालुवाटार पुग्दै

काठमाडौं, ५ फागुन । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाउन लागेको छ । 

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाउन लागेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने जान लागेको जनमोर्चाले जनाएको छ । 

अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

काठमाडौं, ५ फागुन । नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। 
बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्।

यसैगरी,  उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। 

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छनु । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन । 

एमालेको ‘ग्रास रुट’ अभियान आजवाट सुरु, देशैभरी को को खटिदैछन ? (सुचीसहित)

काठमाडौं, ५ फागुन । नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आजवाट सुरु भएको छ ।गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजवाट सञ्चालनमा आउन लागेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र बिदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।

एमाले अनुसार  बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ । 

कुन नेता कहाँको जिम्मेवारी ? 

प्रदेश–१
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

मधेश प्रदेश
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश
उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश
उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश
उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।

कर्णाली प्रदेश
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय) 

महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा,भीष्म अधिकारी ।

भारतीय सेनाका पुर्व प्रमुखहरु नेपाल आउँदै

काठमाडौं, ५ फागुन । नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन  भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन । 

काठमाडौं, टुडिखेलमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको  उनको भनाई छ ।

नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो बर्ष शिवरात्रि फागुन ६ गते परेको छ।  हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।

अखिलको नयाँ नेतृत्वको आज घोषणा हुने

काठमाडौं, ५ पुस । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनिययन (अनेरास्ववियु)को नया नेतृत्वको आज औपचारिक घोषणा हुदैँछ ।

७ बर्ष पछि भएको एमाले अखिलको भावी अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल र मोती बिकलगायतले उम्मेदवार दिएका छन ।

यसैगरी १ सय ९९ केन्द्रिय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने गरी मतदान प्रक्रिया सम्पन्न गरिएको अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिएका छन । 

आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ५ फागुन ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुुसार राती भने  देशको  पहाडी भू–भागमा  आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले सर्तक रहन महाशाखाले अनुरोध गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराइएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए । 

कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफि एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।

पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यवसायिक फर्महरूलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भिर्यता समेतका आधारमा बजार अनुगमन टोलिले जम्मा १५ लाख जरिवाना गरेको हो । उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्नु/नगराउन निर्देशन दिइएको छ ।

विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक – नारायणमान विजुक्छेँ

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको बताउका छन् । बिहिबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताए ।आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँं, ख्वपः कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा सो कार्यक्रम आयोेजना गरिएको थियो ।

लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

काठमाडौं, ४ माघ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताए ।

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको बताए। राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेको बताए ।

कांग्रेसद्वारा ग्यास विस्फोटमा घाइते भएका सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । बिहिबार कांग्रेसले एक विज्ञप्ति जारी गरी भण्डारीको स्वास्थ्यलाभको कामना गरेको हो । बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई भण्डारी गम्भीर घाइते भएका थिए ।

उनको थप उपचारको लागि आज नै भारत लगिएको छ । यस्तै गम्भीर घाइते भएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति पनि कांग्रेसले दुख व्यक्त गरेको छ ।

नक्कली सुन देखाएर चोरी, चार जना पक्राउ

वीरगञ्ज, ४ माघ – नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन् ।

पक्राउ परेका चारैजनाले वीरगञ्ज महानगरपालिका–१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर १ पी ०६४९ नम्बरको स्कारपियो गाडीमा बसी सर्वसाधारणलाई एक किलोको नक्कली सुनको बिस्कुट देखाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली सुनलाई नियन्त्रणमा वीरगञ्ज सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा नक्कली भएको प्रमाणित भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पक्राउ परेका चारै जनालाई ठगीसम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको गिरीले बताए ।

खानेपानी मन्त्रालयद्वारा टोल फ्रि नम्बर सार्वजनिक

काठमाडौं, ४ माघ – खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् । 

तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् । 

सातामा एक दिन आफू नै कल सेन्टरमा बसेर गुनासो सुन्न उनको भनाइ छ । यस्तै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने उनले बताए ।

उनले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उनको भनाइ थियो ।

प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ

काठमाडौं, ४ माघ – प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

भन्सार अधिकृतविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

पदमा बहाल रहँदा अमिल्दो र अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकाले उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारको दावी छ ।

केसीले आफ्नो आम्दानीबाट घर जग्गा किन्नुका साथै आफ्नो र पत्नी सुशीला पण्डितको नाममा बैंकमा राखेको अख्तियारले बताएको छ ।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं, ४ माघ-भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । 

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । 

पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।


नुवाकोटमा बस दुर्घटना हुँदा तीनको मृत्यु‚ २३ जना घाइते

नुवाकोट, ४ फागुननु-नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

विजनेशविहीन कर्णााली प्रदेशसभा

सुर्खेत, ४ फागुन । कर्णाली प्रदेससभा अहिले विजनेशविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यवस्त छन् । प्रदेशसभा सदस्यहरु व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् ।

 सरकार गठन भएको दुई महिना पूरा हुँदासम्म प्रदेशसभालाई सरकारले विजनेशविहीन बनाउर बैठक स्थागित भएको छ । अघिल्लो बैठक बसेको झण्डै एक महिना पुग्न लाग्दासम्म पनि अर्काे बैठक बस्न सकेको छैन ।

प्रदेशसभाका ६ वटा बैठक भएको पाइएको छ । ति बैठकहरु सभामख , उपसभामुख , मुख्यमन्त्री चयन र विश्वासको मत लिनका लागि मात्र भएका थिए । प्रदेशसभाका विषयगत समिति समेत गठन गरिएको छैन । चारवटा समिति गठन गर्नुपर्ने हुन्छ । 

यता सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले फागुनको पहिलो सातादेखि प्रदेशसभाको बैठक नियमित गर्नेगरी तयारी गरेको जानकारी दिए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रैबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ । 
 

आजकाे बिदेशी बिनिमयदर

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ।जसअनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।  बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।


बिहिबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३२ पैसा ताेकिएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले ओरालो लागेको हाे । बुधबार युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३   पैसा कायम गरिएको थियो। 

उता, बिहिबार १ रुपैयाँ ५ पैसाले ओरालो लागेर बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ३२ पैसा तोकिएको छ। यसअघि बुधबार यसको खरिददर १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।  

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ९२ रूपैयाँ ४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ४६ पैसाका कारोबार भएको थियो । 

यता, क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रूपैयाँ १० पैसा ताेकिएकाे छ ।

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रूपैयाँ ९ पैसा र बिक्रीमा ३० रूपैयाँ २३ पैसा ताेकिएकाे छ ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६१ पैसा र  बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३० पैसा तोकिएको छ।


अष्ट्रेलियामा २४ घन्टा देखी जीन खानीमा फसेका दुई बेपत्ता

सिडनी, ४ फागुन । क्वीन्सल्याण्डको जीन खानीमा २४ घण्टाभन्दा बढी समयदेखि बेपत्ता भएका दुई जनाको खोजी भइरहेको छ ।

क्लोन्करी नजिकैको डुगाल्ड नदीको खानी भित्र १२५ मिटर जमिनमुनि ड्राइभ गरिरहेको अवस्थामा बेपत्ता भएका हुन ।  

उनीहरु अचानक २५ मिटर खसेका थिए  । तिनीहरूसँग काम गरिरहेको तेस्रो व्यक्ति भागे र अलार्म बढाए ।  तिनीहरूको गाडी ड्रोन प्रयोग गरेर पत्ता लगाइएको छ तर उद्धारकर्ताहरूले बेपत्ता मानिसहरूको कुनै चिन्ह फेला पारेका छैनन्। उक्त जोडीलाई रेडियो मार्फत सम्पर्क गर्ने प्रयास भईरहेको छ तर त्यसको कुनै प्रतिक्रिया आएको छैन । 

स्थानीय मिडिया रिपोर्टहरूमा डिलन ल्यान्ग्रिज र ट्रेभर डेभिसको रूपमा नामका पुरुषहरू फ्लाई इन, फ्लाई आउट कामदारहरू मानिन्छन् । जिङ्क खानीमा खोजी तीव्र भएपछि सबै काम रोकिएको खानी मालिक एमएमजीले बताए ।

कालिमाटीमा बिहिबारकाे हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलकाे मुल्य सार्बजनिक गरेकाे छ । 

जसअनुुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ८०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ ताेकिएकाे छ ।

यसैगरी, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १५० रुपैयाँ, किबि ४०० रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २८० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ,  घिरौला ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ ६७, कन्य च्याउ  १४० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग २५ रुपैया,  परवर तराई  १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० र हरियो धनिया ३० रुपैयाँ ताेकेकाे छ ।

सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन – किर्तिपुर अस्पताल

काठमाडौं, ४ फागुन । हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

हिजो राती  ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए । 

सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँहरुको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उनलाई भारत लैजाने तयारी भईरहेको छ। 

यती एयर दुर्घटना : चालक परिवर्तन मुख्य कारक

यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ।
दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट ९जुन मुख्य कमान्ड दिने ठाउँ हो०मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ। हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन्।

‘खतराको सङ्केत प्राप्त भएपछि १०स्५७स्१८ बजे विमानको नियन्त्रण पीएफ ९अञ्जु खतिवडा०ले पीएम ९कमल केसी०लाई सुम्पेको’ प्रतिवेदनमा उल्लेख छ। त्यस क्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावन मार्ग वानटूबाट भीएफआर ९आँखाले हेरेर हुने० उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ।

प्रतिवेदनमा धावन मार्गको पश्चिमतर्फबाट भीएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सरकारलाई सिफारिस गरेको हो।

जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ ९थ्रीजिरो०बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल ९एटीसी०ले अवतरणको लागि धावन मार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम ९वानटू०बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले जहाजका दवबै प्रोपेलर फेदरमा गएको, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा समेत थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेस्टिगेसन’ सूची सार्वजनिक गरेको छ।

जहाज दुर्घटनाको मुख्य कारण बेस लेगमा रहेका बेला दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको उल्लेख छ। यो किन भयो भन्नेबारे प्रतिवेदनमा उल्लेख छैन। आयोगले यसअघि सार्वजनिक गरेको प्रतिवेदनले जहाजको पखेटामा आएको समस्या नै दुर्घटनाको पहिलो कारण देखाएको थियो। दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क ९फ्लाइट डाटा० विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको देखाएको थियो। गोरखापत्र दैनिकमा समाचार छ ।

जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर ९ब्लेड०हरू फेदर ९छड्के नभई सिधा० अवस्थामै रहेकाले इन्जिनका प्रोपेलरहरू फेदर हुँदा इन्जिनमा पावर कम भएको देखिएको थियो। यस्तो अवस्थामा इन्जिनमा पावर दिँदा पनि जहाज अघि बढ्ने वा तलमाथि हुन नसक्ने प्रतिवेदनले औँल्याएको थियो। फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पृष्टि भइसकेको छ।

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी र उनकी आमा घाइते

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्डर विस्फोट भएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी घाइते भएका हुन् । ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छिन् ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भारतबाट भित्रियो ५ हजार टन गहुँ

काठमाडौं । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ ।भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ ।

भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् ।नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ ।

गहुँ नै प्रतिकिलो १५ रुपैयाँ सस्तिएपछि त्यसबाट उत्पादन हुने मैदा, आँटा, सुजी र चोकर सस्तिनेछ ।नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले त मंगलवारदेखि नै बजारमा आँटा, मैदाको भाउ घटेको दाबी गरे । उनले आँटा र मैदामा १५ प्रतिशतसम्म मूल्य घट्ने बताए ।

गहुँ आउनुअघिसम्म राजधानी काठमाडौंमा मैदा ५० केजीको बोरा ५ हजारमा विक्री भइरहेकोमा गहुँ आउन थालेपछि ४ हजार ६ सयमा विक्री हुन थालेको दुगडको भनाइ छ ।

त्यसैगरी मिल आँटा ५ केजीको मूल्य ४ सय रुपैयाँबाट ३ सय ६० रुपैयाँ र चक्की आँटा ४ सय ५० बाट ४ सय रुपैयाँ कायम भएको छ । चोकरको मूल्य ४० केजीको २२ सय रुपैयाँबाट घटेर अहिले १६ सय ५० कायम भएको छ ।

किलोको ५५ रुपैयाँ पर्ने चोकर ४१ रुपैयाँ २५ पैसामा पाइन थालेको छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

राष्ट्रपतिको निर्वाचनको बहस र चर्चा : माओवादी केन्द्रमै दुई धार

काठमाडौं । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्।माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ।

माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्।जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ।

‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। राष्ट्रपति भएपछि एक दललाई होइन, सबै दलको भावना समेट्नुपर्छ भन्ने आवाज आएको छ।

त्यसले गर्दा राजनीतिक दलभन्दा माथिको व्यक्तिलाई समर्थन गरेर जान सकिन्छ भन्ने धारणा पनि आएको छ। अर्थात्, राष्ट्रपतिबारे दुवै कोणबाट छलफल हुँदैछ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने। ती नेताका अनुसार सबैको सुझाव लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेका हुन्।

माओवादीका स्थायी कमिटी सदस्यहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन्।

सहकार्य र गठबन्धन फेरिरहँदा जनमानसमा राम्रो सन्देश नजाने र एमालेलाई बाहिर राखेर वाम गठबन्धन वा सहकार्य गर्दा पनि एमालेभन्दा ठुलो हुने अवस्था नभएकाले एमालेलाई चिढ्याउनेभन्दा फकाउने नीतिमा गए परिस्थिति अनुकूल हुन सक्ने सुझावसमेत आएको माओवादीका ती पदाधिकारीको दाबी छ।यो खबर आजको नागरिक दैनिकमा छ ।

टर्की भुकम्पमा परेकी एक महिलाको २१२ घण्टापछि जिबितै उद्धार

इस्तानाबुल, ४ फागुन । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन ।


टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबितै फेला पारेकाे उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएकाे छ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घन्टा पछि उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए।

त्यसपछि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो।

अखिलको नयाँ नेतृत्वका लागि ८ बजेवाट मतदान, अध्यक्षमा तीन जनाकाे उम्मेदवारी

काठमाडौं, ४ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ । 

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन ।


अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेवाट मतदान हुनेछ ।  ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने । 


बडाल नेतृत्वको पूर्वकमिटी भंग गरेर एमाले नेता  भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ । 


अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी  महाधिवेसनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ । 

मंगलबारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतवार सुरु भएको हो महाधिवेसन आजसम्म चल्नेछ । 

सन् २०१८ मा थाई गुफावाट उद्धार गरिएका एककाे बेलायतमा मृत्यु

लन्डन,  ३ फागुन  । सन् २०१८ मा विश्वव्यापी ध्यानाकर्षण भएको एक साता लामो अपरेसनपछि बाढीले भरिएको थाई गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्फेट फ्रोमथेपको बेलायतमा मृत्यु भएको छ।

सिएनएनका अनुसार इङ्गल्याण्डको लिसेस्टरशायरमा रहेको फुटबल एकेडेमीमा भर्ना भएका फ्रोमथेपको अस्पताल लगिएपछि मृत्यु भएको बेलायती प्रहरीले जानकारी दिएको हो । 

थाई सरकारको जनसम्पर्क शाखाको उत्तरी क्षेत्रीय शाखाले १७ वर्षीय फ्रोमथेपको दुर्घटनाका कारण मृत्यु भएको जनाएको छ । थप विवरण भने उसले दिएको छैन् । चियाङ राई प्रान्तमा उनको घरको वातावरण शोकले भरिएको थियो । 

जिको फाउन्डेसनले फ्रोमथेपलाई युकेमा फुटबल छात्रवृत्ति मार्फत अध्ययन गर्न मद्दत गरेको थियो, बुधवार सो फाउन्डेसनले फेसबुकमा लेखेको छ, ‘जिको फाउन्डेसनको छात्रवृत्ति विद्यार्थी डोम डुआंगपेट फ्रोमथेपको निधनको हामी दुःख व्यक्त गर्न चाहन्छौ ।’ 

फ्रोमथे द ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा फुटबल छात्रवृत्तिमा भर्ना भएका थिए।

गण्डकी प्रदेशमा आज सार्बजनिक बिदा

पोखरा, ४ फागुन । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । 

गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।संघीय सरकारले दिएकाबाहेक  प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

आजको मौसम: सुदुरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

काठमाडौं, ४ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने  सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखका अनुुसार राती भने  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले  मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ। 

राष्ट्र बैंकको उपभोक्ता सर्वेक्षणः ३ महिनामा १० प्रतिशत महंगी बढ्ने

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । 

केन्द्रीय बैंकले यस सर्वेक्षण पुस २४ देखि ३० गतेसम्म देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको हो ।

उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अबको ३ महिनामा र १ वर्षमा क्रमश: १० र १२ प्रतिशत मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजसम्मको तुलनामा घटेको छ । 

धनुषाबाट हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए । 

प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनबाट स्रोत नखुलेको नेपाली ४ लाख छ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरिएको डीएसपी गौतमले बताए ।

सुर्खेतमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत – वीरेन्द्रनगर ११ अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदाँ  लेकबेसी नगरपालिकाका  १५ का जितेन्द्र नेपाली मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो करिब ३ ः ३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा वीरेन्द्रनगर  ११ का २८ वर्षीय जीवन बादी र लेकबेसीका १५ वर्षीय सन्दिप सुनार घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)

काठाडौं,३ फागुन – भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग ‌औँठी साटेकी छन् । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् ।

अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन् ।


निलम्बित प्रतिनिधि सभा सदस्य चौधरी रिहाई गर्न उच्च अदालतले दिएन अन्तरिम आदेश

धनगढी, ३ माघ – मुद्दामा आएन निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीको मुद्दामा उच्च अदालत दिपायलले बुधबार पनि फैसला सुनाएको छैन । उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने गरी फैसला गरेको हो । न्यायधिस देशबहादुर सार्की र न्यायधिस  गणेश ठाकुरको इजलासमा भएको बहस पछि सो आदेश जारी भएको हो । माघ २१ गते उच्च अदालतले माघ २३ गते बन्दि प्रत्यक्षि अरुण चौधरीको बयान माग गरेको थियो । 

अरूण कुमार चौधरीको रिटमा उच्च अदालतले फागुन २३ गते कारण देखाउ आदेश जारी गरेको थियो । न्यायधिश अर्जुनप्रसाद कोईरालाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन अन्तरिम आदेश जारी गरेको हो । अरुण चौधरीलाई रिहाइको माग गर्दै न्यायधिस कोईरालाको इजलासमा बहस भएको थियो । 

बुधबार निलम्बित प्रतिनिधी सभा सदस्य चौधरीले उच्च अदालतलाई बयान दिएपनि कुनै फैसला नआएका उच्च अदालत दिपायलकी निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन् । ‘बन्दि प्रत्यक्षिले विपक्षी बनाइएका कैलाली जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कैलालीसंग पनि लिखित बयान माग गरिएको छ,’ निमित्त रजिष्ट्रार रेग्मीले भनिन्, ‘सरकारी कार्यालयको लिखित जवाफ आएपछि पुनः बहस गरेर फैसला आउला ।’

उच्च अदालत दिपायलले माघ २९ गते प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिटमा उच्च अदालतले सरकारी वकिल कार्यालय कैलालीको नाममा अन्तरिम आदेश जारी गरेको थियो । आदेश अनुसार जिल्ला सरकारी वकिल कार्यालय धनगढीका वाकिलले अरुण चौधरी प्रकरणमा उच्च अदालत दिपायलले लिखित जवाफ दिनु पर्ने छ ।
‘बन्दिले विपक्षि बनाएका कैलाली जिल्ला अदालत, सरकारी वकिल कार्यालयले लिखित जवाफ फर्काउनु पर्ने हुन्छ,’ निमित्त रजिष्ट्रार रेग्मीले भनिन्, त्यहाबाट जवाफ आएपछि अन्तिम फैसला आउने छ ।’

उच्च अदालत दिपायलले सरकारी वकिलको कार्यालयलाई ‘अरुण चौधरी प्रकरणमा यसमा के कसो भएको हो?, निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाणसहित फागुन ०३ गतेका बिहान ११ बजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायलमार्फत् लिखित जवाफ पेस गर्नू’ भनि आदेश गरेको थियो । 

१९ माघमा बर्दियाबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो । सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।  २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।