`

कांग्रेसद्वारा ग्यास विस्फोटमा घाइते भएका सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

Nepal One HD ४ फागुन २०७९ २०:४५
समाचार

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । बिहिबार कांग्रेसले एक विज्ञप्ति जारी गरी भण्डारीको स्वास्थ्यलाभको कामना गरेको हो । बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई भण्डारी गम्भीर घाइते भएका थिए ।

उनको थप उपचारको लागि आज नै भारत लगिएको छ । यस्तै गम्भीर घाइते भएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति पनि कांग्रेसले दुख व्यक्त गरेको छ ।


प्रतिक्रिया