`

निर्वाचन आयोगद्धारा चितवन–२ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता

काठमाडौं, १ फागुन । आगामी १० फागुन हुन चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैवाट काम सुरु गरेको छ ।  

हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो ।

आयोगले सार्बजनिक गरेका तालिका अनुसार १ फागुन देखी १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।

त्यसको भोलिपल्ट अर्थात २१ चैतमा उम्मेदवारको मनोनयन माथी बिरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरिनेछ ।  

उम्मेदवारको नामावली सार्बजनिक गरेको भोलिपल्ट अर्थात २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

गत साता सर्वोच्च अदालतको सबैंधानिक इजालासले सो क्षेत्रवाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उनको सांसद पद खारेज गरि दिए पछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले हिजो १० बैशाखमा सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । 

अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाल फर्के पछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उनको सांसद पद खारेज गरिदिएको थियो ।

आज बिहान मात्रै सरकारवाट बाहिरिएको तथा सरकारलाई समर्थन भने कायमै राखेको रास्वपाका सभापति लामिछानेले सत्ता साझेदार दलहरु संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध गरेका थिए । प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै ७ घन्टा पछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्बजनिक गरेको हो ।  

म्यानचेस्टर युनाइटेडकाे इंग्लिस प्रिमियर लिगमा सहज जित

काठमाडाैं, १ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  सहज जित हात पारेको छ ।

युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गाेलकाे याेगदान गरेका थिए ।

एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलकाे ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । त्यस पछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । 

यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ ।  पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।

इटालियन सिरी ‘ए’मा नेपोली ३-० बिजयी, ५९ अंकसहित शिर्षस्थानमा

काठमाडौं, १ फागुन  । इटालियन सिरी  ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ ।

घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेर सहज जीत निकालेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले योगदान गरेका थिए ।

खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भए । ६५औं मिनेटमा मिन जाई किमको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ ।

फियोरेन्टिनामाथि युभेन्ट्सकाे १–० को जित दर्ता

काठमाडौं, १ फागुन । इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ । 

पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । 

नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

‘जनयुद्ध दिबस’ मनाउने निर्णय बिबादमा, मानव अधिकारकर्मी देखी नेताहरुको बिराेध

काठमाडौं, १ फागुन ।  सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो । मानबअधिकारीकर्मी, कानुनका ज्ञाता देखी बिभिन्न राजनीतिक दलका नेताले १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् । 

नेकपा एमालेका उपमहासचिव योगेश भटराईले सरकारको सो निर्णयले बैचारिक ध्रुबीकरणमा फसाएकाे गरेको टिप्पणी गरेका छन । ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन रु मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आईतवार गरेको सो निर्णय प्रति आपत्ति जनाएका छन । ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ,’ थापाले भनेका छन, ‘हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन ।’ प्रचण्ड सरकारमा सहभागी भएको राजेन्द्र लिङदेन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले सो निर्णयमा असहमति नजनाएकोमा उनले रोषसमेत प्रकट गरेका छन् । ‘राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’ सरकारमा सहभागी भएको उपप्रधान तथा उर्जा मन्त्री लिङदेनको नेतृत्व क्षमतामा पनि प्रश्न गरेका छन ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले भने जनयुद्ध दिबस मनाउने सरकारको निर्णयमा ब्यंग्य हानेका छन । उनले सो दिवसको बिरोध गलत भाष्य निमार्ण गर्न थालिएको समेत बताएका छन् । ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ, नेपालीले नेपाली मारेकोमा ‘दिवस मनाउने ? ४६ र ६२÷६३ को लाई जनआन्दोलन भन्न मिल्छ, जतिबेला लाखौं सडकमा निस्किए तर  ४, ५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’

मानबअधिकारकर्मी तथा सामाजिक अभियन्ता कनकमणी दिक्षितले सरकारको सो निर्णय प्रति आपत्ति जनाएका छन्  । उनले भनेका छन, ‘उग्रप्रगतिशीलहरुलाई ‘च्यालेन्ज’ ,  दाहाल सरकारको ‘जनयुद्ध दिवस’ घोषणा स्वागत गर्नु या भर्त्सना गर्नु तर मौन नबस्नु। लौ हेरौँ ।’ उनका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजले आज ११ बजे सिंहदरवार जिल्ला प्रशासन कार्यालय मोडमा बिरोध प्रर्दशन पनि गर्ने जानकारी दिएका छन् । 

मानबअधिकारकर्मी सुशिल प्याकुरेलले सो निर्णयको चर्को बिरोध गरेका छन, काठमाडौं, १ फागुन । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो ।

 नेकपा एमालेका उपमहासचिव योगेश भटराईले सरकारको सो निर्णयले बैचारिक ध्रुबीकरण गरेको टिप्पणी गरेका छन । ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन रु मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आईतवार गरेको सो निर्णय प्रति आपत्ति जनाएका छन । ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदादिने सरकारको निर्णय आपत्तिजनक छ,’ थापाले भनेका छन, ‘हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन ।’  प्रचण्ड सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सो निर्णयमा असहमति नजनाएकोमा उनले रोषसमेत प्रकट गरेका छन् । ‘राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’ सरकारमा सहभागी भएको उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनको नेतृत्व क्षमतामा पनि प्रश्न गरेका छन । 

उता, राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले भने जनयुद्ध दिबस मनाउने सरकारको निर्णयमा ब्यंग्य हानेका छन ।  उनले सो दिवसमाको गलत भाष्य निमार्ण गर्न थालिएको समेत बताएका छन् । ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ, नेपालीले नेपाली मारेकोमा ‘दिवस मनाउने ? ४६ र ६२र ६३ को लाई जनआन्दोलन भन्न मिल्छ, जतिबेला लाखौं सडकमा निस्किए तर ४÷ ५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’

मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ता कनकमणी दिक्षितले सरकारको सो निर्णय प्रति आपत्ति जनाएका छन्  । उनले भनेका छन, ‘उग्रप्रगतिशीलहरुलाई ‘च्यालेन्ज’  दाहाल सरकारको ‘जनयुद्ध दिवस’ घोषणा स्वागत गर्नु या भर्त्सना गर्नु, तर मौन नबस्नु। लौ हेरौँ,’ उनले भनेका छन्, ‘लाचार नालायकी, द्वन्दको घाउ आलै छ, संक्रमणकालीन न्याय अड्केको छ, द्वन्दपीडितको आँसू पुछिएको छैन।  ‘जनयुद्ध’ शब्द प्रयोगमा धेरैको बिमति छँदै छ । उनले ब्यंग्य गरेका छन, ‘तर, एमाले माओवादी राप्रपा सरकारले ‘जनयुद्ध दिवस’, तिमीहरु मनाऊ।’

 उनका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजले आज ११ बजे सिंहदरवार जिल्ला प्रशासन कार्यालय मोडमा बिरोध प्रर्दशन पनि गर्ने जानकारी दिएका छन् । 

मानवअधिकारकर्मी सुशिल प्याकुरेले प्रचण्ड सरकारको सो निर्णय प्रति असहमति जनाएका छन् । ‘माओवादीले बहुदलीय संसदीय ब्यबस्था बिरुद्ध हिंसात्मक आक्रमण सुरु गरेको दिन लाई ‘जनयुद्ध दीवस’ मनाउन बिदा दिने सरकारको निर्णयलाई लोकतान्त्रिक भनिएका दलहरुको लज्जास्पद ‘हार दीवस’ भन्नु उचित होला’ भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मौनता देखाएकोमा आश्चर्य प्रकट गरेका छन् ।

लेखक तथा राजनीतिक बिश्लेषक जैनेन्द्र जीवनले सरकारको सो निर्णयमा असहमति जनाएका छन । ‘जनयुद्ध दिबसको बिदा माओवादी सशस्त्र बिद्रोहले सिर्जेको हिंसा, हत्या, ध्वंस, बिस्थापन, बेपत्ताबाट पीडित हजारौंलाखौं जनसाधारण, सुरक्षाकर्मी र ठगिएका पूर्बलडाकु समेतको पीडाको उपहास हो। शान्ति प्रक्रियासमेत टुंगन बांकी नै छंदा उपलब्धि भन्दा नोक्सान धेरै गरेको त्यस क्रुर दुस्साहसको स्तुति हो’ उनले सरकारी निर्णय प्रति आपत्ति जनाउँदै भनेका छन । उनका अनुसार ‘जनमत, डर त्रासमा आधारित त्यस गुरिल्ला युद्धका नेता एबं प्रधानमन्त्री प्रचण्डले रास्ट्रपति चुनाबसम्म जे गरे नि काङ्ग्रेस र एमालेले बिरोध गर्दैनन भन्ने बुझेर गराएकोसमेत जनाएका छन । उनले अगाडी भनेका छन, ‘क्याबिनेटमा यो निर्णयमा साथ दिने एमाले र अनुपस्थित रहेर पास हुन दिने राप्रपालाई कुरिकुरी ।’

बिबेकशिलका नवनिर्वाचित उपाध्यक्ष मिलन पाण्डेले पनि सो बिदाको बिरोध गरेका छन, उनको टिप्पणी छ, ‘असान्दर्भिक बिदाहरू पनि सत्ताको आडमा हुने गरेको ‘नेपाल बन्द’ हो।

मानवअधिकारको क्षेत्रमा कार्यरत शान्ति समाज, नेपालले पनि ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णय प्रति आपत्ति जनाएको छ ।

‘भ्यालेन्टाइन दिवस’लाई ‘काउ हग डे’ मनाउने भारतीय निर्णयले तहल्का

नयाँ दिल्ली, १ फागुन । शताब्दीयौंदेखि, गाईलाई भारतको बहुसंख्यक हिन्दू जनसङ्ख्याले पवित्र मान्दै आएको छ, यो पृथ्वी र दिव्य दुवैको प्रतीक हो।

वास्तवमा, जनावरहरू यति सम्मानित छन् कि भारतीय अधिकारीहरूले भ्यालेन्टाइन डेलाई ‘काउ हग डे’ को रूपमा नामकरण गर्ने योजना छन् ।

आशा छ कि यो कदम सफल भएमा भारतीय नागरिकहरूको भावनात्मक समृद्धिलाई बढावा दिनेछ र पश्चिमी संस्कृतिको रूपमा हेरिने भ्यालेन्टाइन डेलाई नराम्रोसँग धक्का दिनेछ।

भारतमा फेब्रुअरी १४ लाई ‘काउ हग डे’को रूपमा घोषणा गरिए पछि संसारभरी बहस भईरहेका छन् । गत सोमबार भारतको पशु कल्याण बोर्डले एक विज्ञप्ति जारी गरी १४ फ्रेबुअरी ‘काउ हग डे’रुपमा मनाउन अपिल गरेको थियो । उसका अनुसार गाई भारतीय संस्कृति र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो, गाईलाई इज्जत र सम्मान गरौ । 

उसका अनुसार गाईलाई अँगालो हाल्नु भनेको वैदिक वा पवित्र हिन्दू परम्परालाई प्रवर्द्धन गर्ने प्रयासको एक हिस्सा हो । जसलाई गर्दा भारतमा तिब्र गतिमा बढीरहेको पश्चिमी सस्कृतिे प्रभावले क्रमश: मेटाउदै लानेछ ।

बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘समयसँगै पश्चिमी संस्कृतिको विकासका कारण वैदिक परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ । पश्चिमी सभ्यताको चक्रमा हाम्रो भौतिक संस्कृति र सम्पदालाई लगभग बिर्सिसकेको छौं।’ अब पुन: भारतीय संस्कृति र परम्परालाई विश्वसामु चिनाउने प्रयास स्वरुप ‘काउ हग डे’ मनाउन भारतीय जनतालाई अपिल गरिएको छ । 
 
तर सरकारको सो घोषणाको एक हप्ता भने केही अनलाइन मिडियाहरुले उपहास गरेपनि अहिले क्रमश: उपहासका त्यस्ता तस्विर र भिडियो हटउन थालिएको छ । र, अहिले भारतीय मिडियाहरु फ्रेबुअरी १४ लाई ‘काउ हग डे’ का रुपमा मनाउन प्रोत्साहन गरिरहेका छन् । 

जस्तो कि, भारतको प्रमुख अङ्ग्रेजी भाषाको समाचार च्यानल एनडीटीभीका एकजना एङ्करले सरकारको सो निर्णयको उपहास गर्दै गाईहरूलाई अँगालो हाल्ने प्रयास गरेको भिडियो खिचेर हालेका थिए तर धेरैलाई उनलाई उल्टै नकारात्मक टिप्पणी र उपहास गरिदिए ।  सर्वसाधारणहरुले गरेको नकारात्मक टिप्पणीका कारण एनडिटिभीका ति पत्रकारको सो कार्यलाई ‘हर्कत’ भन्दै आलोचना मात्रै गरेनन, उनलाई मृत्युदण्ड दिनसमेत माग गरेपछि अहिले भारतीय सञ्चारमाध्यमहरुले ‘काउ हग डे’ लिएर सकारात्मक धारणा दिईरहेका छन । जसले गर्दा भारतमा ‘काउ हग डे’ सफल हुने विश्वास गर्न थालिएको छ ।भारतीय सरकारले गरेको यो निर्णयले भारतमा हलचल मच्चाएको छ । 

गाईलाई मार्नु वा खानुलाई धेरै हिन्दूहरूले पाप मान्छन्, जुन भारतको ८८ प्रतिशत जनसंख्या हिन्दुहरुको छ, जो अझै पनि गाईलाई पुज्दछन् । साथै, देशका धेरैजसो ठाउँमा गाईको बिक्री र मारकाटमा प्रतिबन्धसमेत लगाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मा हिन्दू राष्ट्रवादको लहरमा सत्तामा आएपछि हिन्दु समुदायको मनोबल बढीरहेको छ । र, गाई माथी राजनीतिकरण पनि उत्तिकै बढ्दै गएको छ। ‘काउ हग डे’को घोषणा पछि बिद्यायकहरुले अधिकांस हिन्दुहरुले स्वागत गरेका छन । यसरी स्वागत गर्नेमा भारतीय जनता पार्टीका सांसदहरु पनि छन् ।  

‘काउ हग डेका बारेमा पत्रकारहरूसँग कुरा गर्दै बीजेपी सांसद गिरिराज सिंहले भने कि सरकारले धेरै राम्रो निर्णय गरेको छ । ‘अब सबैले गाईलाई अँगालो हाल्नु पर्छ, गाईलाई माया गर्नुपर्छ ।’

गाईका बिषयलाई लिएर भारतमा बेला बेलामा चर्चा परिचर्चा भईरहन्छ । जस्तो, सन २०१७ मा पनि भएको थियो । ‘मैले गाईलाई आमा नमान्नेहरूको हात र खुट्टा भाँच्ने र मार्ने प्रतिज्ञा गरेको छु,’  उत्तर प्रदेश राज्यका विधायक विक्रम सैनीले मार्च २०१७ मा एउटा कार्यक्रममा भनेपछि भारतमा हंगामा समेत भएको थियो ।

तर, भारत सरकारले अहिले ‘काउ हग डे’ को रुपमा मनाउन आब्हान गरे पछि बिभिन्न खाले टिकाटिप्पणी भईरहेका छन।  

ू

‘जनयुद्ध दिबस’को बिदा भए पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने

काठमाडौं, १ फागुन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।

भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको हो ।

‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन्’ परराष्ट्र मन्त्री बिमला राईले सञ्चारकर्मीको प्रतिक्रियामा भनेकी छिन । 

भारतीय बिदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटवाट बिहान ११ बजे काठमाडौं ओर्लदै छन् ।  

रास्वपालाई सरकारमा ल्याउन ओलीको दबाब

काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन् ।

अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि ओलीले दाहालमाथि थप दबाब खडा गर्दै आएका छन् । नागरिकता विवादमा सर्वोच्चबाट फैसला आएपछि सबै पद गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा फिर्ता ल्याउन ओलीले निरन्तर दबाब दिँदै आएका हुन् ।

ओलीले आफ्नो नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपाको साथ पाएका छन् । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा ओलीले रास्वपालाई पुनः सरकारमा सहभागी गराउन आग्रह गरे । आजको नागरिक दैनिकमा समाचार छ ।

पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् । शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।

सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए । सीआईबीको अनुसन्धानमा शाहसहित सङ् गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ।

त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस २२ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। शाहको नाममा रहेका अन्य कम्पनी र त्यसका सञ्चालकसमेत अवैध रकम भित्र्याउन सहयोगी भएको हुन सक्नेबारे समेत ब्युरोले अनुसन्धान गरिरहेको छ । शाहसहितको समूहले विभिन्न नक्कली कागजपत्र तयार गरी विभिन्न बैङ्कबाट ऋण लिएको पाइएपछि ब्युरोले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने (प्रेस बिज्ञप्तिसहित)

काठमाडौं, १ माघ । पुष्पकमद दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् । 

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे । 

‘नगद कारोबार, चेक क्लियरिङ, अारटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । 

रुक्षा मन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुदैँ

काठमाडौं, १ फागुन । पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज देखी सुरु हुने भारतमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी जनाउँदै छन् ।

सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरसिकेका छन्  । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि बिदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन । यसअघि पराराष्ट्र मन्त्री बिमला राई श्रीलंका गएकी थिइन । उनले श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्के सकेकी छिन् । 

बेंगलुरू कर्नाटकमा आगामी १ फागुन १ देखि ५ फागुनसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन । 

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

निजी क्षेत्रलाई जंगल बाँड्दै सरकार

काठमाडौं । सरकारले पछिल्लो ६ महिनामै ३०० हेक्टरभन्दा बढी जंगल ९वन क्षेत्र० २१ निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिएको छ।

केबलकार तथा सिमेन्ट उद्योगलाई समेत वन क्षेत्र बाँडिएको छ। वन मन्त्रालयमा लामो समय काम गरेका र यसै क्षेत्रमा विद्यावारिधि गरेका एक उच्च कर्मचारीले ६ महिनामै ३१३ भन्दा बढी हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भोगाधिकार दिनु अत्यन्त गम्भीर विषय भएको बताए।

‘यसबाट संयुक्त राष्ट्रसंघ पक्षीय राष्ट्रहरूको जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन नेट जिरो (उत्सर्जन र सोस्ने प्रक्रिया बराबर) गर्न र वन क्षेत्र ४५ प्रतिशत कायम राख्न गरेमने प्रतिबद्धता कार्यान्वयन सम्भावना निकै कमजोर बन्छ,’ उनले भने।

यही गतिमा सरकारले वन क्षेत्र बाँड्दै जाने हो भने देशमा अत्यन्त भयावह स्थिति निम्तिने उनको भनाइ छ। ‘यसमा रोक लगाउनैपर्छ। अब भोगाधिकारका लागि वन क्षेत्र दिने निर्णय रोक्नैपर्छ,’ उनले भने।

वन मन्त्रालयका अनुसार २०७९ साउन १ बाट २०७९ पुस ३ सम्म करिब ६ महिनाको अवधिमा २१ वटा आयोजनालाई ३१३ भन्दा बढी हेक्टर जग्गा विभिन्न निकाय तथा निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिइएको छ।

सरकारले सुरुदेखि हालसम्म १९ हजार ९०७ हेक्टर वन क्षेत्र विभिन्न संस्था तथा कम्पनीलाई भोगाधिकारका लागि अनुमति दिइसकेको मन्त्रालयको भनाइ छ।सरकारले पछिल्लो ६ महिनामा केबलकार तथा सिमेन्ट उद्योगलाई समेत भोगाधिकारका लागि जग्गा उपलब्ध गराएको छ।

मन्त्रालय स्रोतका अनुसार अरू ५० वटा आयोजना तथा निजी कम्पनीले भोगाधिकारका लागि जग्गा उपलब्ध गराउन मन्त्रालयमा निवेदन दिएका छन्।तीमध्ये केही कम्पनीका लागि प्रक्रियासमेत सुरु गरिएको मन्त्रालय स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।

अधिकृतलाई एक पालिकामा कम्तिमा दुई वर्ष काम गर्नैपर्ने कानून ल्यान माग

काठमाडौँ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा बनाउने गरी कानुनी प्रबन्ध गर्न माग गरिएको छ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुन थालेपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउने गरी सङ्घीय निजामती सेवा ऐनमा नै व्यवस्था गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले माग गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुँदा स्थानीय तहमा नियमित सेवा प्रवाह, विकास निर्माणमा सुशासन कायम गर्न अवरोध हुँदै आएको छ। अहिले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बढीमा एक वर्ष पनि एउटै पालिकामा टिक्दैनन् ।

निजामती सेवा ऐनले एउटा कार्यालयमा कर्मचारी कम्तीमा दुई वर्ष नभई सरुवा हुन नपाउने भनिए पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘जनयुद्ध दिबस’ मनाउने प्रधानमन्त्रीको ठाडो प्रस्तावः राप्रपाका मन्त्री बैठकमा गएनन, एमालेकाले जनाए असहमति

काठमाडौं, १ फागुन । ‘जनयुद्ध दिबस’ मनाउने निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले बहिस्कार गरेका छन भने सो बैठकमा सहभागी एमालेका केही मन्त्रीहरुले भने असहमति प्रकट गरेका छन् ।

उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेन, सहरी बिकास मन्त्री बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान कानुन मन्त्रीले प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा बोलाएको मन्त्रीपरिषद बैठकमा अनुपस्थित भएर असमति जाहेर गरेका हुन् ।  

‘प्रधानमन्त्री कार्यालय, सिंहदरवारबाट १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने अजेन्डा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएर राप्रपाले असहमति जनाएको सो पार्टीका एक बरिष्ठ मन्त्रीले जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयवाट आकस्मिक रुपमा मन्त्री परिषदको बैठक हुने  खबर आयो, हामीले कुन अजेन्डामा बस्न लागेको हो ? भनेर सोध्दा प्रधानमन्त्रीले फागुन १ लाई ‘जनयुद्ध दिबस’को रुपमा मनाउने र सार्वजनिक बिदा दिने अजेन्डा तय भएको छ, भन्ने आयो, सो जानकारी भए पछि हामी आइतवारको मन्त्रीमण्डलको बैठकमा नै सहभागी भएनौं,’ राप्रपाका ती मन्त्रीले भने । 

प्रधानमन्त्री प्रचण्डले बोलाएको आकस्मिक बैठकमा राप्रवावाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरु अर्थात उपप्रधान तथा उर्जा मन्त्री ्लिङदेन, सहरी बिकास मन्त्री पाण्डे र कानुन तथा संसदीय मामिला मन्त्री प्रधानले ‘पहिला नै कार्यक्रम तय भएको बैठकमा आउन नसक्ने’ जानकारी दिदैँ अनुपस्थित भएका हुन । 

उता, बैठकमा सहभागी मन्त्रीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने र सार्बजनिक बिदा दिने प्रस्ताव ल्याएका थिए । प्रधानमन्त्री प्रचण्डले ल्याएको उक्त ठाडो प्रस्तावमा मुख्यतः परराष्ट्र मन्त्री बिमला राई पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले धेरैवटा सार्वजनिक बिदा दिने निर्णय गर्दा सरकार बिबाद पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ठाडो प्रस्ताव फिर्ता लिनु पर्ने र पारित नगर्न अनुरोध गरेका थिए,’ बैठकमा सहभागी एमालेका एक मन्त्रीले भने ।

उनका अनुसार केही दिन अघि मात्रै प्रधानमन्त्री प्रचण्डले सार्बजनिक बिदा कटौती गर्ने सार्बजनिक अभिब्यक्ति स्मरण गराउँदै बैठकमा सहभागी एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई आफनो ठाडो प्रस्तावमा पुर्नबिचार गर्नसमेत आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीे प्रचण्डले आफनो अधिकार प्रयोग गर्दै ठाडो आदेशमा १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने निर्णय गराएर छाडे पछि आज देशैभरी सार्बजनिक बिदा दिने निर्णय भएको हो ।

सरकारले १ फागुनलाई औपचारिक रुपमा ‘जनयुद्ध दिबस’ मनाउन लागेको यो पहिलो पटक हो  ।

बजेट साढे २ खर्बले घट्यो

काठमाडौं । सरकारले फजुल खर्च घटाउने नाममा बजेट घटाउँदा विकास खर्च पनि घटाएको छ । यसले तत्काललाई काम गर्न सहज भए पनि दीर्घकालीन असर पु¥याउँछ ।

फजुल खर्च घटाउनुपर्नेमा विकास खर्च पनि कटौती भएको छ । देशको अर्थतन्त्रलाई सही दिशामा लैजाने हो भने सरकारले फजुल खर्च घटाएर राजस्व चुहावटलाई रोक्नुपर्छ । साथै भन्सारमा सुशासन कायम गरेको अवस्थामा क्रमशः आर्थिक सूचक पनि सुधिँदै जान्छ ।

आर्थिक सूचकहरूमा क्रमशः सुधार हुँदै गए पनि सरकारको लक्ष्यअनुसार स्रोतको सुनिश्चितता नहुँदा मध्यावधि समीक्षामार्फत् सरकारले चालू आर्थिक वर्षको बजेटलाई भारी मात्रामा कटौती गरेको छ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब ४४ अर्ब रुपियाँ अर्थात् १४ प्रतिशत घटाएको जानकारी दिए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।संशोधित बजेटअनुसार चालू आर्थिक वर्षका लागि अब १५ खर्ब ४९ अर्ब ९९ करोड रुपियाँको बजेट कायम गरिएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

‘जनयुद्ध दिबस’ मनाउने निर्णयको बिरोधमा सिंहदरवार अघि प्रदर्शन गरिदैँ

काठमाडौं, १ फागुन । ‘जनयुद्ध दिबस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको बिरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौंमा बिरोध तथा धर्नाको आयोजना गरिएको छ ।’

‘रगतको होली खेल्ने नेपाल र नेपालीको पिडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सबका नाममा बिदा दिने निर्णयको बिरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिबस’को बिरोध र धर्ना कार्यक्रम तय गरिएको दिक्षितले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्ड चार कार्यक्रममा सहभागी हुन कैलाली जाँदै

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदैछन् ।
 
प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन । जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउने छन ।

कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा  सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कैलाली माओवादीले जनाएको छ ।

उनी आजै काठमाडौं फर्कनेछन ।

नेपाल आउन लागेका भारतीय बिदेश सचिबको यस्तो छ भ्रमण तालिका, प्रधानमन्त्रिलाई भारत भ्रमणको निम्तो दिने

काठमाडौं, १ फागुन । तीन दिने नेपाल भ्रमणका लागि भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।

साेमबार बिहान १०: ३० मा काठमाडाैं उत्रने भारतीय  बिदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । साे छलफल पछि पराराष्ट सचिव पाैडेलले उनकाे सम्मानमा आयाेजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन  । पराराष्ट सचिबले दिएकाे लन्च पछि भारतीय बिदेश सचिबले परराष्ट्र मन्त्री  बिमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नेछन । 

प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगकाे भेटमा भने भारतीय प्नधानमन्त्री नरेन्द माेदीले पठाएकाे निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन । साेमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यक्रम तय भएकाे छ । उनी त्यसका लागि बालकाेट जानेछन् । 

बिदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ । 

‘जनयुद्ध्’ दिवसमा आज सार्वजनिक बिदा

काठमाडौं, १ फागुन । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

शनिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले सार्बजिनक बिदा दिने  निर्णय गरेकाे हाे  । सरकारले जनयुद्ध दिवसकाे अवसरमा सार्बजनिक  बिदा  दिएकाे याे पहिलाे पल्ट हाे । पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे नेतृत्व गरेकाे तेस्राे पटकमा यस्ताे सार्बजनिक  बिदा  दिइएकाे हाे ।

‘बिसं २०७९ साल फागुन १ गते साेमबारका िदन जनयुद् दिवसकाे अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएकाे हुदाँ सबन्धित सबैकाे जानकारी लागि याे सुचना प्रकाशित गरिएकाे छ’, गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेकाे बिज्ञप्तिमा उल्लेख छ । 

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेकाे कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसकाे अवसरमा सार्बजिनक बिदा दिन निर्णय गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएकाे हप्ता दिनमा नै संघीय सरकारले

पनि आज सार्बजनिक बिदा दिने निर्णय लिएकाे हाे ।  

संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ । 

आजको मौसम: सामन्यतया सफा रहने

काठमाडौं, १ फागुन । मुलकका सबैजसो भु–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ।

उता, राती पनि देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतवारसम्म पहाडी भुभागमा हिमपात भए पनि सोमवार भने त्यस्तो हुने छैन ।  

हिजो प्रदेश नं. १ र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात परेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भु–भागका केही स्थानमा अपरान्हतिर हावाहुरी चलेकाे थियो । 

तर तराई मधेसका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता  

काठमाडौं, २९ माघ परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।  

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन् । राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाइन् ।

‘जनयुद्ध दिबस’ बिदाकाे निर्णयमा योगेशकाे टिप्पणी, ‘अलग बिदा दिएर बैचारिक ध्रबीकरणमा नफसाऔं’

काठमाडौं, २९ फागुन । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो । यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णय प्रति टिप्पणी गरेका छन । 

 ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’ 

प्रधानमन्त्री प्रचण्डसँग दुई राजदूतको भेट, के के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दूई राजदूतलाइइ भेट गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेकी हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उकत भेटमा दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्रमडालले पनि शिष्टाचार भेट गरेका छन् । उनीबीच आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको छ ।

ललितपुरमा एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चार जना पक्राउ

काठमाडौं – एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका-१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन् ।

प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बालुवामा पानी बन्यो कम्पोष्ट प्लान्टको लगानी

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा अढाइ करोड खर्च गरेर निर्माण गरिएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्टबाट उपयोग विहिन बनेको छ । अर्गानिक नगर बनाउने अभियान अन्तरगत नगरपालिकाले नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब २ करोड ७० लाखको खर्चमा निर्माण गरेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्रबाट उत्पादित मलप्रति किसानलाई आकर्षित गर्न नसक्दा लगानी प्रतिफल विहिन बन्न पुगेको छ ।

उत्पादित प्रांगारिक मलको उत्पादकत्वप्रति किसानको बिश्वास नहुँदा र बजार मुल्या पनि बढी भएका कारण कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोतकेन्द्र उपयोग विहिन बन्न पुगेको हो । किसानले खपत नगरेपछि कम्पोष्ट प्लान्टबाट नियमित मल उत्पादन गर्न सकिएको छैन । 

प्रदेश नम्बर १ का तत्कालिन मूख्यमन्त्री शेरधन राईले तामझामका साथ २०७७ चैत २१ गते उद्घाटन गरेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको ४३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जवकी प्लान्टबाट प्रतिघण्टा एक हजार केजी कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो । उत्पादित मलको मूल्या प्रतिबोरा पाँच सय निर्धारण गरिएको छ ।

हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र ‘क्याँस’ बिक्री भएको छ । १५० बोरा मल नगरपालिको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ । अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठकोभन्दा कैयौं गुणा मलिलो भएपनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेलका किसान भूमीराज खत्री बताउँछन् । “कम्पोष्ट प्लान्टको प्रांगारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेँ । गोठको गोबरभन्दा कैयौं गुणा राम्रो छ,” खत्रीले भने, “तर यसको महत्व बारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सवै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गार्‍हो हुन्थ्यो ।” 

विशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई खरिद गर्ने र प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ कम्पोष्ट र वायोग्याँस प्लान्ट निर्माण गरिएको हो । कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट उद्घाटन अघिपछि सामान्य मात्रामा मल उत्पादन गरिए । तर नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा वायोग्याँस प्लान्टबाट नियमित मल उत्पादन गर्न नसकिएको हो ।

कम्पोष्ट प्लान्टको मललाई किसानले आफ्नो गोठको मल सरह ठानेका छन् । जसका कारण किसानले कम्पोष्ट प्लान्टको मल खरिद गर्न रुचाएनन् । खपत नै नभएपछि नियमित मल उत्पादन गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत तेजप्रकाश जैसीले बताए । “उद्घाटन लगत्तै एकलट मल उत्पादन भयो । परिक्षण गर्दा मलको क्वालिटी राम्रो छ । तर बजार मूल्या बढी भयो भनेर किसानले रुचाएन । नियमित खपत नभएपछि धेरै मल उत्पादन गर्न सकिएन,” जैशीले भने, “अव निजी संस्था वा साँझेदारी सँस्थामार्फत सञ्चालन गर्नेगरी कार्यविधि तयार पारेका छौँ । मूल्याका विषयमा पनि पुःनर्विचार हुनसक्छ ।” 

नेपाल सरकारको विशेष अनुदान स्वरुप प्राप्त भएको ३ करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ । अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्विन राख्न तथा डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको थियो ।

यस्तै, कम्पोष्ट र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट ३५ लाख खर्च भएको छ । -दमन राई 

सिमा रेग्मीको निर्माणमा तयार गायक भिष्मको ‘अम्खरामा पानी’ को सर्वत्र चर्चा

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको स्वर रहेको ‘अम्खरामा पानी’ बोलको गीतको भिडियो रिलिज भएको छ । हाल अमेरिकामा रहेका पर्वतको कुश्मा स्थायी घर भएका गायक भिष्मको जन्मस्थलको रमाइलो लोकेशनमा छायांकन गरिएको हो । सार्वजनिक गीतको अधिकांश दृश्यहरु गायक भिष्मकै जन्मघरमा छायांकन गरिएका छन् ।

पछिल्ला दिनमा पर्यटकीय गन्तब्य बन्दै गएको नेपालकै अग्लो पुलमा समेत पुगेर छायांकन गरिएको भिडियोमा टिकटकबाट चर्चामा आएका दुई जोडी सुधिर श्रेष्ठ , लोसिना लामिछाने र लोमश शर्मा, स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । मोदीखोला माथि छायांकन गरिएको गरिएको भिडियोमा सुधिर, लोसिना, लोमश र स्मारिकालाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।

निर्देशक लामिछानेकै कोरियोग्राफी रहेको लोक शैलीको सार्वजनिक गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको गीत दर्शक श्रोतालाई छमछम नचाउने खालको छ । मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीतको निर्मात्री सिमा रेग्मी हुन् ।

बाल्यकालदेखि नै गीत, संगीत र साहित्यमा पनि विशेष रुची राख्दै आएका गायक भिष्म पेशाले भने स्ट्रक्चरल इन्जिनियर र व्यवसायी हुन् । गायक भिष्मले यसअघि आफ्नै शब्दमा ‘माया टिकटके’ बोलको भिडियो बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो गायक भिष्मकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

बीआर ०५ एभी ३४७७ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको त्यो रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट १ हजार दरको ७ सय ५० थान र १ सय दरको ५ सय थान नोट फेला परेको छ ।

रेशमलाई भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह

धनगढी, २९ माघ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ ।

टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।

उर्नीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।

सरकारको भोली सार्वजनिक बिदा दिने निर्णयप्रति कमल थापाको आपत्ति

काठमाडौं, २९ माघ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेमा आपत्ति जनाएका छन् ।

२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरुगरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी छ ।

‘हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टीसमेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?,’ उनले प्रश्न गरे ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

काठमाडौं, २९ माघ लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

दाङ – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी केन्द्रबाट दुई जना, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

टर्की भुकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक व्यक्तिको जिवितै उद्धार

काठमाडौं, २९ माघ । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए ।

खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार टोलीका सदस्यहरूले ती व्यक्तिलाई जिउँदै बचाउन पाँच घण्टासम्म मेहनत गरेका थिए ।

सोमबारको भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म २८ हजार १९२ पुगेको छ ।

भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निमार्ण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं, टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा ध्यान दिईरहेका छन् ।

गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथी हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।

धनगढी पुगेर माधव नेपालले भने- शान्ति प्रक्रियासँग जोडिएका विप्लवका मुद्दा, हाम्रै कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्छ

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएकाछन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् ।

शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ । यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरुको मत आवश्यक पर्छ । 

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा सर्वसाधरणका लागि आवेदन दिने म्याद थप

काठमाडौं, २९ माघ । मकर जितुमाया सुरी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागी निष्काशन गरेको कम्पनीको आईपीओमा फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको छ । 
 
हाइड्रोपावरले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० पतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीय बासिन्दाका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ भने प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानाएकोछ।

यता, सर्वसाधारणका लागि भने १५ लाख २० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५२ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्काशनका लागि गराएको रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ नेपालले यस कम्पनीलाई  ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । 

मकर जितुमायाले दोलाखाको गौरिशंकर गाउँपालिकामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजनाको हालको लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोे सुरी खोलाको कुल अनुमानित लागत भने १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
 

चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर)

काडमाडौं, २९ माघ । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन ।ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन । 

स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सिक संघका पदाधिकारी बिच बार्ता भने भईरहेको छ । 

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं, २९ माघ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो ।

बैठकमा समसमायिक राजनीतिक बिषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निवार्चनका बारेमा छलफल हुनेछ। 

रास्वपा सरकारबाट बाहिरिएसँगै अप्ठयारोमा परेको गठबन्धनले मन्त्रिपरिषदको पुणर्ता दिने बारेमा पनि छलफल हुनेछ । प्नधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रि मण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन् । 

अर्थमन्त्री पौडेलको पत्रकार सम्मेलन ५ बजे

काठमाडाैं, २९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन । 

चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, २९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको बिज्ञप्ति अनुसार आन्दोलनरत चिकित्सक सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।

‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सङ्घले  माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्योपचारको नियमित काममा जुट्नका लागि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य सङ्घसंस्थालाई अनुरोध गर्दछौँ’ मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरको एक चिकित्सक माथी भएको हातपातको बिरोधमा संघले आज आकास्मिकबाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । उक्त घटनामा संलग्न एक बरिष्ठ प्रहरीको हवल्दारलाई निलम्बन गरिसक्दा पनि चिकित्सिक संघले अस्पताललगायत बन्द गरेर आन्दोलनमा उत्रिएको हो ।  

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको भन्दा २ पैसा बढेको हो।

आईतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा खरिदबित्री भएकाे थियाे । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २३ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६४ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा ताेकिएकाे छ ।

युसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा तोकिएको छ।

प्रदेश सांसद लावतीकाे मासिक पारिश्रमिक जेष्ठ नागरिकलाई

पाँचथर, २९ माघ ।  प्रदेश १ की प्रदेश सभा सदस्य मैयाँ श्रेष्ठ लावतीले पहिलो महिनाको आफनो पारिश्रमिक र सुविधा रकम सहयोग गरेकी छिन ।

फिदिम–२ मा  सञ्चालित ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकको भरण पोषणका लागि पहिलो महिनाको पारिश्रमिक दान गरेकी हुन । 

सांसद लावतीले प्रदेश सभा सदस्यलाई सरकारले उपलब्ध गराउने सुविधाबापत प्राप्त रकमबाट सो स्थानमा आश्रित १५ जना ज्येष्ठ नागरिकका लागि उक्त पारिश्रमिक सहयोग गरेकी हुन । साथै, सो आश्रममा रहेका जेष्ठ नागरिकलाई सांसद लावतीले दैनिक उपभोग्य वस्तु र लत्ताकपडा पनि सहयोग गरेकी छिन, जसअनुसार ४ सय किलो चामल, नुन, दाल र तेलसँगै स्वेटर, ट्राउजर र ट्र्याकसुट जस्ता दैनिक उपभोग्य सामग्री प्रदान गरेकी हुन । 

उक्त आश्रम सिद्वपोखरी सेवा सदन फिदिमले सञ्चालन गर्दै आएको छ ।