`

बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

बर्दिया । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ ।

बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले गत २० गते यता दैनिक मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको बताए । निर्वाचन आयोगले टेलिकममा ब्याकटोनबाट सन्देश प्रशासरण गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको उनले बताए ।

यस पटक मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू स्वस्फुर्त रुपमा आएको पाईएको छ । निर्वाचन कार्यालय बर्दियाका अनुसार यस बर्ष कुनै राजनीतिक दल र स्थानीय निकायले मतदाताहरूलाई गाडीमा ल्याएका छैनन् ।

मतदाता नामावलीमा नाम दता गराउने समय तीन दिन मात्र बाँकी रहेको छ । अझैपनि बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू धेरैनै छुटेका छन् । केही दिन अझै थप गर्नुपर्ने देखिएको छ ।
बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । तुलनात्मक रुपमा बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून रहेको छ ।

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौँ, २६ कात्तिकः काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।

स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताउनुभयो । उहाँले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गर्ने बताउनुभयो ।

नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर प्रमुख रिसालले जानकारी दिनुभयो ।

योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् । गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो ।

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग, औचित्य समाप्त भएको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ । बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ ।’

उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । उनले मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु गरेपनि जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव नबनेको समेत बताए ।

सोनापुर मिनरलले तिर्यो विद्युत बक्यौताको पहिलो किस्ता, काटिएको बिजुली जोडियो

काठमाडौँ, २६ कात्तिकः दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २६ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४६, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १४०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १४५, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु २००, मकै बोडी प्रतिकिलो रु १२० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु १५५, लौका प्रतिकिलो रु १२०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो १००, बरेला प्रतिकिलो रु ४० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ११०, स्कूस प्रतिकिलो रु १५, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु १८०, चमसुर प्रतिकेजी रु २२०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २५०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ९०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १७०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २२०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २८०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १००, निबुवा प्रतिकिलो रु ५५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ८०, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु २००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ४५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १५०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १००, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

काठमाडौँ, २६ कात्तिकः निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।

‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ । निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो ।

सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।

पर्सामा मिटरब्याजसम्बन्धी एक हजार ६९७ मुद्दा मेलमिलापमार्फत टुङ्गिए

वीरगञ्ज (पर्सा), २६ कात्तिकः अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “रु एक लाखको ऋण दिएर रु तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्”, भन्नुभयो ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि रु एक लाख १० हजार ऋण लिनुभएकामा साहुकार जोगिन्दर राउत कुर्मीले रु तीन लाख ३० हजारको तकसुक बनाएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।”

पर्सामा मेलमिलापको बिगो रु २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिनुभयो ।

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव्रता दिएको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ ।

फागुन २० गतेसम्म १८ वर्ष नपुगेका तर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई भने निर्वाचन सम्पन्न भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका तथा जिल्लामा दुई चरणमा ६÷६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था मिलाइएको आयोेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उक्त प्रयोजनका लागि काठमाडौँं उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ । अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरेको आयोगले जनाएको छ ।

सरकार बलियो भए नागरिक बलियो हुन्छन् : महासचिव पोखरेल

काभ्रेपलाञ्चोक- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले नागरिकलाई बलियो बनाउन सरकार पनि बलियो हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकस्थित एमालेको बनेपामा नगर कमिटीद्वारा बनेपामा आयोजित नगरस्तरीय भेलामा उहाँले राज्य कमजोर हँदा नागरिक पनि कमजोर हुने बताउनुभयो ।

“राज्य सक्षम सबल भए नागरिक बलिाया हुने हुन्, त्यसैले एमालेले यही मान्याता बोक्दै आएको हो”, पोखेरेलले भन्नुभयो, “राज्य कमजोर हुँदा राष्ट्रविरुद्धको षडयन्त्र सफल भएको देखियो, सरकारमा को थियो भन्ने कुरा गौण कुरा हो, त्यसैले राज्य बलिायो हुनुपर्ने हाम्रो मान्यता हो ।” उहाँले एउटा लोकतान्त्रिका क्रान्तिले देश बदल्ने गर्छ, नेपालमा पटकपटक क्रान्ति गर्ने परिस्थिति किन उत्पत्ति हुने गर्दछ भन्ने प्रश्न जगजाहेर भएको यो प्रश्न खटिरहेकको बताउनुभयो । उहाँले थप्नुभयो, “यस विषयमा हामीले गम्भीर रूपमा बुझेर र विष्लेषण गर्नुपर्नेछ ।”

महासचिव पोखरेलले गत भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्कयता औँल्याउँदै नेपालमा भएको षडयन्त्रको पहिचान बलियो राज्यले मात्रै गर्ने तर्क व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशव्यापी प्रर्दशन सुरु गरेको बताउनुभयो ।

एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लोकतन्त्रको स्थीरताले सार्थकता पाउन नसकेको बताउँदै संसद पुनस्र्थापना एमालेको प्रमुख शर्त भएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनको न्यायीक छानबिन हुनुपर्ने माग गर्नुभयो ।

नगर कमिटी नवराज मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जू, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्यद्वय कुमार तिमल्सिना र हरिशरण दाहाललगायतले एमालेको नीति, धारणा र आगामी योजनाका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २६ कात्तिकः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ, २६ कात्तिक : गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”

यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६९ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मेलम्ची आयोजनामा देखिएको समस्या समाधान, अवरोध हट्यो

काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।

सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ ।

“मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, सहमतिमा भनिएको छ ।

त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्यतथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पिडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई तीन महिनाभित्र सम्पन्न गरिनेछ ।

विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयवाट हालसम्म निकासा हुन नसकेकोले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ ।

आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैतालिस दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ ।

यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये रु २५ करोड सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजनाअन्तर्गत रु एक अर्बको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।

स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम रु चार करोड र थप रकम रु १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ ।मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गर्नुभएको छ ।नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको समुपस्थितिमा उक्त सहमति भएको हो ।

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ ।

गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन् ।यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो ।

सरकारले इलामलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग समन्वय तथा निर्देशन जारी भएको थियो ।

यस्तो छ १० वर्षको विवरण

प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो ।

यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो । यस्तै, २०७७ मा एक हजार १५ विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो ।

त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा आठ सय ९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जना पक्राउ

गण्डकी, २५ कात्तिक : कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर पसलमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरूको पहिचान तथा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धानको क्रममा थप पाँच जना पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिनुुभयो ।

पक्राउ पर्नेमा पोखरा महनगरपालिका–१० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा र ४८ वर्षीय खलि भनेर चिनिने हरिबहादुर थापा, पोखरा २६ बूढीबजार बस्ने ४० वर्षीय रमेश थापा, पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे« गाउँपालिका ३ बस्ने २५ वर्षीय सन्तोष परियार रहेको प्रहरीले जनाएको छ ।

निजहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिनुुभयो ।

जेनजी आन्दोलनको क्षतिपछि तीन अर्ब ६८ करोड बढी बिमा भुक्तानी

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीले करिब रु तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सो आन्दोलनका क्रममा परेका बिमा दाबी कूल रु २३ अर्ब ४६ करोड ९१ लाख रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए ।

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको रु १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब रु दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब रु तीन अर्ब ४७ करोड सात लाखमध्ये रु ६८ करोड ६१ लाख भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताए ।

त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु ५४ करोड ७५ लाखमध्ये रु ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु एक करोड ६८ लाखमध्ये रु ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब रु ३९ करोड ३० लाखमध्ये रु २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

नेपाल पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई सोको कूल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ । बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए ।

सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताउनुभएको छ। क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताउनुभएको छ।

“यो निश्चित हो,” उहाँले भिडियो लिङ्कमा साउदी फोरमसँग भन्नुभयो । उहाँलाई सोधिएको प्रश्नमा उहाँले भन्नुभएको छ, “सन् २०२६ मेरोे विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।”“म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तराष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।”

सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै संन्यास लिने बताउनुभएको थियो । “सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु,” उहाँले भन्नुभयो।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राख्नुभएको छ। सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उहाँको नेतृत्वमा पोचुगलका लागि उपाधिको लागि सबैभन्दा उत्कर्ष अवस्था थियो ।

पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ ।
रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल हुनुभएको थियो । उहाँको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन् ।

आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटकलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो ।

फ्रान्ससँग धेरै समस्या रहेको ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताउनुभएको छ। राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भन्नुभयो, “हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ।”

अन्तवार्तामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमले अमेरिकी विश्वविद्यालयमा चिनियाँ विद्यार्थीको भर्नाबारे अमेरिकी राष्ट्रपतिमाथि गरेको प्रश्नको उत्तर दिने क्रममा फ्रान्सको प्रसङ्गलाई पनि जोड्नु्भएको थियो । भर्ना ेकिएका विद्यार्थीबारे उहाँले भन्नुभयो, “उनीहरू फ्रेन्च होइनन्, उनीहरू चिनियाँ हुन् । तिनीहरू हाम्रो जासुसी गर्छन्। उनीहरूले हाम्रो बौद्धिक सम्पत्ति चोर्छन्।”

उहाँले अगाडि भन्नुभयो, “तर के तपाईंलाई लाग्छ कि फ्रान्सेलीहरू ठीक छन् ? साँच्चै, म तपाईंलाई भन्छु, म त्यति विश्वस्त छैन।”बेइजिङसँग व्यापार युद्धमा फसेका ट्रम्पको फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोंसँग राम्रोसम्बन्ध छ।

गत सेप्टेम्बरमा म्याक्रोँले अमेरिकी नेतालाई फोन गरेर न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको लस्करले उहाँलाई सडकमा रोकेको जानकारी दिनुभएको थियो। तर यो जोडीको निकट सम्बनधमा यदाकदा समस्या पनि आएको पाइन्छ। ट्रम्पले म्याक्रोँको प्यालेस्टाइन राज्य र जलवायु नीतिको मान्यताको विशेष विरोध गर्नुभएको छ।

अमेरिकी नेताले युरोपलाई नेटोको माध्यमबाट आफ्नै रक्षाको लागि कोष बढाउन पनि दबाब दिनुभएको छ र म्याक्रोँले ट्रम्पलाई रुसको बिरूद्ध युक्रेनको सैन्य समर्थन कायम राख्न महाद्वीपको बहु–आयामी आकर्षण आक्रमणको हिस्सा हो।फक्ससँगको अन्तर्वार्तामा ट्रम्पले चीनपछि फ्रान्सको कर नीतिमा पनि ध्यान केन्द्रित गर्नुभएको थियो ।

ट्रम्पले भन्नुभयो, “हामीले फ्रान्ससँग धेरै समस्याहरू भोगेका छौँ जहाँ हामी हाम्रो प्रविधिमा अनुचित कर लगाउँछौँ।”ट्रम्पले यसअघि नै भेदभावपूर्ण डिजिटल कर लगाउने देशहरुमाथि थप करवृद्धि गर्ने बताउनुभएको थियो । इन्ग्राहमले ट्रम्पलाई आफ्नो प्रशासनको अगाडि र पछाडि विदेशी विद्यार्थीहरूको बारेमा सोधपुछ गरेपछि यो टिप्पणी सुरु भएको थियो।

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल आज साँझ ७ः३० बजे कोरिया प्रस्थान गरेका हुन् ।

मन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया प्रस्थान गरेका छन् ।  सञ्चारमन्त्री खरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले बिदाइ गरेको छ ।

फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरु सञ्चालन हुनेछन् ।

डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडीजीहरु र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषय अन्तर्गत फोरममा एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक  फोरममा नेपाल, भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पीडीआर, भियतनाम, काजकिस्तान, मंगोलिया र उब्जेकिस्तानका मन्त्रीहरु र वरिष्ठ नीति निर्माताहरु सहभागी हुनेछन् ।

एशिया प्रसान्तका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुपनि सहभागी हुने जनाइएको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने तालिका छ ।

भोलिदेखि मङ्सिर १० गतेसम्म गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची २५ कात्तिकः सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ । गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक छ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय निर्णयअनुसार भोलि बुधबारदेखि मङ्सिर १० गतेसम्म दैनिक बिहान १०ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो ।

पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन शिवपुरका डिभिजन प्रमुख इञ्जिनियर कोइरालाले बताउनुभयो ।

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गर्नुभएको थियो । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव हुनुहुन्छ ।

सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताउनुभएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली, २५ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि अग्रभागमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रियामा उहाँले मुलुकको पछिल्लो घटनापछि संविधान नै के हुने हो भन्ने परिस्थिति सिर्जना भएकाले संविधानको रक्षाको लागि बचेका जनप्रतिनिधि अग्रभागमा आउनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कँडेलले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा स्थानीय र प्रदेश तहका जनप्रतिनिधिले जनताको सेवासँगै संविधानको रक्षाको लागि आ–आफनो ठाउँबाट अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो । भदौ २३ र २४ गते लगत्तै राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अब कहिल्यै फर्कन्नन् भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरिएको बताउँदै उहाँले यद्यपी दुई महिनामै परिस्थिति फेरिएको बताउनुभयो ।

“जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिले सबैलाई प्रभावित बनाएको छ तर त्यतिबेलाको सरकार र आन्दोलनकारीको गतिविधि हेर्ने हो भने अब मुलुकमा दल नै नरहला जस्तो गरी व्यवहार गरियो । निजामती प्रशासन पनि त्यसै अनुरूप आतङ्कित भयो,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । उहाँले तीन तहको सरकारले सहकार्य, सहअस्तित्व र समन्वयमा आधारित भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भदौ २३ गतेपछि मुलुकको अवस्था पहिलेकै झै नरहेको बताउँदै मुख्यमन्त्री कँडेलले भ्रष्टाचार नियन्त्रण र सुशासको मागमा कसैको विमति नरहे पनि हिंसात्मक आन्दोलनलाई राजनीतिक आवरण दिन नसकिने जनाउनुभयो । वास्तविक जेनजीहरूले चाहेको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागमा जनप्रतिनिधिले आफूलाई अब्बल सावित गर्न सुझाउनुभएका उहाँले असल र जनमुखी कामबाट नै संविधान र व्यवस्थाको जगेर्ना हुने धारणा राख्नुभयो ।

आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, २५ कात्तिक : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उहाँले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

संविधान निगरानी समूहका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “आगामी निर्वाचन ‘निर्वाचनका लागि निर्वाचन’ नभई निर्वाचन कानुन, पद्धति र प्रक्रिया सुधार गरेर लैजानुपर्छ, जसले आमजनता र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सकोस्, लोकतन्त्रको लामो अभ्यास भए पनि अहिले नेता बलिया र जनता कमजोर जस्तो देखिएको छ, यसमा रूपान्तरण हुनुपर्छ ।”

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारीले मुलुकमा अहिले उठेका सबै माग, मुद्दा र समस्या अन्त्य गर्छ भन्ने सोचमा पुनर्निचार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कानुन एकातिर छ, अभ्यास अर्कातिर छ, राजनीतिक दललाई विभाजन गर्नेमा दल र स्वयम् नेता लाग्नुभएको छ, विदेशमा रहेका नेपालीले मतदान गर्ने विषयमा कानुनी प्रश्न उठ्न सक्छ, त्यसप्रति अहिले नै सजग हौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अग्निप्रसाद खरेलले आफ्नो पार्टी लोकतान्त्रिक पद्धति र संविधान रक्षाका लागि प्रतिबद्ध रहकाले चुनावको उपयुक्त वातावरण बनेका खण्डमा निर्वाचनमा भाग लिन आतुर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको वातावरण बनाउन मुख्य राजनीतिक दलसँग सरकारले हार्दिकतापूर्वक छलफल र संवाद गर्नुपर्छ, एमाले निर्वाचनबाट भाग्दैन, चुनाव गर्नुस्, भाग लिन्छौँ ।”

नेपाली कम्युनिष्ट पार्टीका नेता खिमलाल देवकोटाले मुलुकमा अहिलेको परिस्थिति निर्माण हुनुमा ठूला राजनीतिक दलको गलत राजनीतिक अभ्यास र जेनजी आन्दोलनको भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्को पुनःस्थापना निर्वाचनमार्फत गर्ने कार्यादेश छ, हतियार र फरार कैदी फिर्ता गरेर भयरहित निर्वाचन गर्ने वातावरण बनाउनुपर्छ, राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ, त्यसका लागि सरकार जिम्मेवार भएर काम गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले आन्दोलन र हिंसाका आधारमा नभई विधि र विधानबाट नै मुलुकमा राजनीतिक परिवर्तन गर्न सकिन्छ भन्ने आफ्नो पार्टीको मत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमार्फत जेनजीका माग, लोकतन्त्र, संविधान, समावेशितालाई अझ बढी बल प्रदान गर्दै मुलुकको आगामी मार्गचित्र कोर्ने र सङ्कट अन्त्य गर्ने हुनुपर्छ ।”

जेनजी अभियान्ता मिराज ढुङ्गानाले मुलुकले २०८४ को निर्वाचन २०८२ मा खोजेको नभई सुशासन र भ्रष्टाचारका विषयमा उठेका मुद्दाको निकास खोजेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “निर्वाचन हुनुप¥र्यो भन्ने माग दलको हो कि जनताको ?, निर्वाचन गर्दैमा मुलुकमा उठेका सुशासन, भ्रष्टाचार, विकृति, बेथिती र राजनीतिक पुस्तान्तरणको माग सम्बोधन हुन सक्छ ?”

अर्का जेनजी प्रतिनिधि भावना राउतले अहिलेको प्राथमिकता निर्वाचन मात्रै नभई निर्वाचन प्रक्रियामै आमुल सुधारको आवश्यकता भएकाले सरकारको पहिलो एजेण्डा संविधान संशोधन हुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पूराना राजनीतिक दल र सरकारले संविधानमा लेखिएको र गर्नुपर्ने दायित्व समयमै सम्बोधन नगरेका कारण जेनजी आन्दोलन भएकाले त्यसको क्षतिको जिम्मेवार तत्कालीन सरकारले नै लिनुपर्छ ।”

वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जेनजीका आवाज असल नागरिकको भावनाका रूपमा आएकाले उनीहरू उठाएका मुद्दालाई सम्बोधन गर्ने कार्यमा सरकार र राजनीतिक दलले सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताउनुभयो ।

संस्थाका कार्यकारी निर्देशक कृष्णमान प्रधान र कार्यक्रम निर्देशक मोहन आचार्यले नेपाल कानुन समाजले कानुन निर्माण, निर्वाचन र लोकतन्त्रको पक्षमा राजनीतिक दल, नागरिक समाज र विभिन्न सरोकारवाला सङ्घसंस्थासँग छलफल र वहस गर्दै आइरहेको बताउनुभयो ।

सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा (सुर्खेत), २५ कात्तिक : सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो । तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । दैनिक २५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिनुभयो ।

मतदाता नामावली दर्ता गराउनेको चाप बढेपछि अहिले बिहान ८ बजेदेखि नै कार्यालय खोलेर काम गरिएको चौलागाईंको भनाइ छ । “आयोगले मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको सुरुका दिनमा पाँच/सातजना मात्रै दर्ता गर्न आउनुहुन्थ्यो”, उहाँले भन्नुभयो,” अहिले नेपाल टेलिकमको व्याकट्युन राख्न थालिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ, अहिले दैनिक २५० जनासम्म नयाँ मतदाता थपिएका छन् । चाप बढेपछि हामीले कार्यालय बिहान ८ बजेदेखि खोलेर काम गरिरहेका छौँ ।”

उहाँकाअनुसार आजसम्म सुर्खेत जिल्लामा मात्रै एक हजार ७०० नयाँ मतदाता थपिएका छन् । कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय भएकाले यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । गत चैतसम्मको अध्यावधिक विवरणअनुसार सुर्खेतमा पुरुष मतदाता एक लाख १९ हजार ३८९ छन् भने महिला मतदाता एक लाख २५ हजार २८५ जना गरी जम्मा दुई लाख ४४ हजार ६७४ जना रहेका छन् । कर्णालीभर नौ लाख आठ हजार ४३३ जना मतदाता रहेका छन् । अब नयाँ मतदाता थपिएसँगै करिब दश लाख मतदाता पुग्ने आंकलन गरिएको छ ।

जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : पूर्वमन्त्री शर्मा

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जेनजी आन्दोलनको रापताप सेलाउँदै आन्दोलनमा बगेको शहीदको रगत खेर जान्छकी भन्ने चिन्ता व्यक्त गरेकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित भ्रष्टाचार नियन्त्रणको भावी रणनीति अन्तरक्रियात्मक छलफलमा बोल्दै उनले जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताइन् ।

थन्केर बसेका फाइल खोल्दामात्र पनि ठूलो भ्रष्टाचारको विरुद्धमा माहोल सृजना हुने उनको भनाई छ । उनले भनिन्,‘जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने अहिलेको चुनौती त्यही नै हो । थुप्रै अध्ययन भएर फाइलहरु थन्केर बसेका छन् । तिनलाई खोल्दामात्र पनि ठूलो भ्रष्टाचारको विरुद्धमा माहोल सृजना गर्न सकिन्छ । जेनजी आन्दोलनको रापताप सेलाउँदै गएर आन्दोलनमा बगेको सहिदको रगत खेरा जालाकी भन्ने चिन्ता लागेको छ ।’

त्यस्तै उनले राजनीति देशको माऊनीति भएको भन्दै राजनीति सफा नगरी अरु नीति सफा गर्न सम्भव नरहेको धारणा राखिन् । ‘म के कुरामा सहमत छु भने राजनीति देशको माऊनीति हो ।

जबसम्म माऊनीति सफा हुँदैन् । अरु नीति जतिसुकै सफा गर्छु भनेपनि सम्भव छैन् । त्यसकारण पहिलो सुधार राजनीतिबाट हुनुपर्छ । अनि मात्र अरु क्षेत्रको सुधार गर्न सकिन्छ ।’

राजनीतिक दल र नेताहरु सबैले गम्भीर आत्मासमिक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनको भनाई छ । ‘म भ्रष्टाचार गर्दिन र सकेसम्म अरुलाई पनि गर्न दिन्न भन्ने कुरा भित्र मनदेखि आउनुपर्छ । त्यो केवल नाराको लागि मात्र होईन् ।

राजनीतिक दल र नेताहरु सबैले गम्भीर आत्मासमिक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गयौं भने मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’उनले पछिल्लो समय राजनीतिमा लागेका नेताहरुलाई समेत विचौलियाहरुले चलाउन थालेको कारण भ्रष्टाचार बढेको उनको ठम्याई छ ।

हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे

सुर्खेत । प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोष्टपार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।

विरेन्द्रनगर नगरपालिका– ११ पिपिराका गंगे सुनारको गत शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएको थियो । ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले बताए ।

मृतकको पोष्टमार्टमको लागि भेरि अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो । मुटुको समस्याले थुनुवाको मृत्यु भएको देखिन्छ ।मुटुको नली ब्लक भएको रिपोर्टमा देखिएको पोष्टमार्टममा संलग्न चिकित्सकले बताए । लागुऔषध कारोबारको मुद्दामा थुनामा रहेका सुनारको शुक्रबार बिहान मृत्यु भएको थियो ।

शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए ।

मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै हुम्लामा थपिए ९७५ मतदाता

अदानचुली (हुम्ला), २५ कात्तिकः हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाका अनुसार गत असोज ९ गते अगाडि पनि मतदाता नामावली सङ्कलन गरिएको थियो ।

जेनजी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका जेनजी युवालाई समेत मतदानमा सहभागी गराउन पुनः मतदाता नामावली दर्ता गर्ने कार्य थालिएको हो ।

विसं २०७९ को निर्वाचनमा जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ रहेको थियो । हाल थपिएकोसहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । नाम दर्ता गराउनेमा एक ७४ वर्षकी वृद्धा समेत रहनुभएको छ । अन्य सबै १८ वर्षदेखि ३० वर्ष आसपासका युवा रहेका प्रमुख रोकायाले बताउनुभयो ।

ललितपुर महानगरपालिकामा आगलागी आपत्कालीन सूचना प्रणाली

पाटन (ललितपुर), २५ कात्तिकः ललितपुर महानगरपालिकाले आगलागी आपत्कालीन सूचना प्रणाली सुरुआत गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले आज पाटन दरबार क्षेत्रमा स्वीच जडान गरेर आगलागी आपत्कालीन सूचना प्रणालीको सुरुआत गर्नुभएको हो ।उक्त प्रणालीको शुभारम्भ गर्दै उहाँले आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रण गर्न मद्दत पु¥याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताउनुभयो ।

“हामीले यस प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा ल्याएका छौँ, प्रभावकारी देखिए ललितपुर महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ । अहिले हामीले नमूना परिक्षण गर्न खोजेका हौँ । यसको कार्यक्षमता परीक्षण गरिँदैछ”, प्रमुख महर्जनले भन्नुभयो ।

ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको उहाँको दाबी थियो । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न र आगलागी नियन्त्रणका लागि दुई दमकल किन्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यसअघि सो महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ ।

आगलागीबारे जानकारी दिन एलएमसी एपबाट स्वीच थिचेको सात सेकेन्डमा महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली सञ्चालन गर्न विद्युत् आपूर्ति बन्द हुँदा पनि ४८ घण्टासम्मको ब्याकअपका लागि ब्याट्रीको व्यवस्थापन गरिएको अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिनुभयो । मङ्गलबजारमा जडान गरिएको उक्त प्रणाली विस्तारै टोलटोल, उद्योग, कलकारखानामा राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

दोधारा चाँदनी (कञ्चनपुर), २५ कात्तिकः नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो ।

महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो । देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उहाँका अनुसार नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, आगामी मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालविरुद्ध खेल्ने छ ।

“विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ”, उनले भने । टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिवना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

सीमा समन्वयात्मक बैठकमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

काठमाडौँ, २५ कात्तिक : सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

महानिरीक्षक अर्यालको भ्रमण टोलीमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत सहभागी रहनुभएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सो बैठक यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदानप्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल हुनेछ ।

नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नुहुने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै 

काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ ।

आजको कार्यक्रममा कतिपय पालिकाहरुले मोटरसाइकल र्याली मार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम राखिएको छ ।

गौतमका अनुसार आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ भने प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डा सहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन गरेको छ ।

आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा, २५ कात्तिक : किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न भएको छ । किमाथाङ्का भन्सार कार्यालयको नाम किमाथाङ्का भए पनि हाल खाँदबारीमा नै अवस्थित रहेको छ । कार्यालयले यस आर्थिक वर्षमा भन्सारसम्बन्धी कार्य नगरेको बताइएको छ ।

भन्सार कार्यालय भन्सार नाकामा नै व्यवस्थित गर्न जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गराइएको हो । यसले गर्दा आगामी दिनमा अन्य संरचना निर्माणको सुरुआत सहज हुनेछ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित जिल्लाका विभिन्न कार्यालयका प्रमुख सहित प्रतिनिधि सम्लग्न टोलीले किमाथाङ्का क्षेत्रको निरीक्षण गरेको थियो । किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न गरेको प्रजिअ थपलियाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली सहितको सो टोलीले हालै किमाथाङ्कास्थित बिओपी एवं नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको थियो । असहज भूगोल र सीमित स्रोतका बीच स्थानीयवासीसँगको समन्वय र सहकार्यमा किमाथाङ्कास्थित सशस्त्र प्रहरी बल, सीमा सुरक्षा पोष्ट (बिओपी)ले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

यसक्रममा सो टोलीले चीनतर्फका समकक्षीसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, स्थानीय बासिन्दाको सहज आवतजावत, विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदनप्रदान समन्वय र सहकार्यका विषयमा अनौपचारिक छलफलसमेत गरेको थियो ।

प्रजिअ थपलियाका अनुसार स्थानीय बासिन्दा र जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार हालसम्म किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता÷छलफल भएको छैन । सो अवसरमा उहाँले किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता÷छलफल लागि पहल गरिने जानकारी दिनुभयो ।

किमाथाङ्का पैदलयात्रा गर्ने पहिलो प्रजिअ थपलिया

प्रजिअ थपलियाका अनुसार किमाथाङ्का जाने क्रममा सो टोलीले स्थानीयवासीका गुनासालाई तत्काल सम्बोधन एवं जिल्लामा गर्नुपर्ने र कार्यसम्पादन सम्झौताअनुसार तोकिएका निकै महत्त्वपूर्ण काम पनि सम्पन्न गरेको थियो । उहाँले भन्नुभयो, “पहिरो, स्थानीय विकासका गतिविधि र निर्माण कम्पनीको विवादको कारण लामो समयदेखि अवरोध रहेको कोशी राजमार्गको अवस्था अवलोकन गरी समस्या समाधान खोज्नु पनि भ्रमण उद्देश्य थियो ।” सोहीअनुसार राजमार्गमा रहेका अवरोध हटाउन उत्तर–दक्षिण कोशी आयोजना, सम्बद्ध निर्माण कम्पनी र स्थानीयबीच छलफल गरी बाटो सफा गर्ने र सडक निर्माणको सुरुआत भएको उहाँले बताउनुभयो ।

टोलीले जिल्लाकै दुर्गम भोटखोला गाँउपालिकाको हटियामा स्थानीय समस्याकाका विषयमा अन्तक्र्रियासमेत गरेको थियो । उहाँले स्थानीय समस्यालाई संवाद र समन्वयबाट समाधान गर्न सकिन्छ । अतः यस्ता अन्तक्र्रियाहरू प्रशासनिक कार्यसम्पादनमा निकै महत्त्वपूर्ण हुने बताउनुभयो । प्रजिअ थपलियाले प्रहरी चौकी निरीक्षण, शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पनि लिनुभएको थियो ।

त्यसैगरी, भोटखोला र मकालु गाउँपालिका क्षेत्रहरू समेट्दै प्रहरी नायब उपरीक्षक मैनालीका नेतृत्वमा प्रहरीले लामो दूरीका गस्ती सञ्चालनसमेत गरेको थियो । गस्तिले लागुऔषध कारोबार, ओसारपसारलगायत विभिन्न अपराध नियन्त्रण हुने अपेक्षा लिइएको छ ।

प्रजिअ थपलियाले जिल्ला सञ्चालित जलविद्युत् आयोजनाहरू किमाथाङ्का हाइड्रो, अपर अरुण, अरुण तेस्रो र अन्य निजी तवरबाट सञ्चालित विभिन्न आयोजनाको स्थलगत अवलोकन गरी जग्गा मुआब्जालगायत आयोजनासँग सम्बन्धित नागरिक गुनासो सुनुवाइ र सम्बोधन भएकोे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले विशेषत जग्गा मुआब्जासम्बन्धी निर्णय गर्ने आधार तयार गरेको छ ।”

पैदल आफ्नो गाउँघर हुँदै आएकी प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्ना कुरा राख्न गाउँवासी आतुर थिए । प्रजिअ थपलियाले भन्नुभयो “स्थानीयवासीको कुरा प्रत्यक्ष ग्रहण गर्नुपाउनु मेरा लागि ठूलो अवसर हो । यस मौकालाई गुमाउन चाहिन र बाटोमा पर्ने सबैजसो गाउँ हेदाङनागढी, लिङ्गम, छुम्सुर र किमाथाङ्कामा स्थानीयसँग अन्तक्र्रिया गरेँ ।” सो क्रममा स्थानीयले प्रजिअ समक्ष शान्ति सुरक्षा, सडक तथा विभिन्न आयोजना र अन्य स्थानीय सरोकारका विषय उठान गरी आफ्ना समस्या समेटी ज्ञापनपत्रसमेत बुझाएका थिए ।

मतदानस्थल अनुगमन

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रजिअ थपलियाले भ्रमणका क्रममा भोटखोला गाउँपालिकाका अधिकांश र मकालुका मतदानस्थल निरीक्षण गर्नुभयो । उहाँका अनुसार ती मतदानस्थल मध्ये केही सामान्य र केही भौगोलिक अवस्था एवं दूरीका हिसाबले संवेदनशील छन् ।

प्रजिअ थपलियाले सम्बन्धित कार्यालयका प्रमुख र जिम्मेवार व्यक्तिहरूलाई साथमा लिई यसरी समग्र भोटखोला गाउँपालिकामा हिँडेर नै यात्रा गरी स्थानीयका गुनासा सुन्ने र समस्या बुझ्ने गरेकामा स्थानीय निकै खुसी भएका थिए ।

स्थानीयका अनुसार यसरी हिँडेर नै किमाथाङ्कासम्म यात्रा गर्ने प्रमुख जिल्ला अधिकारी थपलिया पहिलो हुन् । स्थानीयवासीले भनेका थिए, “अरु त सरर.. हेलिकप्टरमा आउँथे किमाथाङ्का हेर्थे, केके गर्थे जान्थे, तपाईँ हामीले देखेदेखि पहिलो सिडिओ हो यसरी भोटखोलाको सबै भूगोल र समाज बुझ्दै आउनुभएको ।”

प्रजिअ थपलिया भन्नुभयो, “ प्रमुख जिल्ला अधिकारीको हैसियतले मेरो क्षेत्राधिकार सम्पूर्ण जिल्ला हो र आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न जिल्लाको सीमा, भूगोल, संस्कृति, संस्कारलगायत समग्र अवस्था बुझ्नु आवश्यक हुन्छ । त्यही बुझ्ने क्रममा चीनसँग सीमा जोडिएको क्षेत्र भएकाले किमाथाङ्कासम्म पुग्नु अनिवार्य नै थियो । पहिरोका कारण केही महिनादेखि सडक सम्बन्धविच्छेद भएको भोटखोला गाउँपालिकाको जनजीवनमा कस्तो असर पर्यो होला भनेर आफ्नै आँखाले देख्न र भोग्न मन आतुर थियो । त्यसैले मौसम खुल्नेबित्तिकै हिँडेका हाँै । अलि समय कुरेको भए पैदलयात्रा अलि कम दिनको हुनसक्थ्यो । तर यसरी जाँदा स्थानीय तवरबाट भोटखोला गाउँपालिकालाई बुझ्ने अवसर मिल्यो उहाँहरूको गुनासा सुनियो, आत्मीयता र अपन्त्व बढ्यो ।”

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दुई दिन स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ ।

बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ भने महाधिवेशन कहिले गर्ने भन्नेबारे नेताहरु फरक–फरक धारणा राखिरहेका छन् । पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक आइतबार र सोमबार दुई दिन स्थगित गरिएको थियो ।

भू–उपयोग नियमावली फेरि संशोधन हुने, देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने

काठमाडौं । सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ ।

भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये २५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । पालिकाले जग्गा वर्गीकरण नगरेका कारण करिब ५ सय पालिकामा कित्ताकाट रोकिएको थियो । यसअघि २०८१ भदौ २७ मा सरकारले नियमावली दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरणका लागि २०८२ असार मसान्तसम्मको समय थपेको थियो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्ले भू–उपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरी आवश्यक प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) – गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिनुभयो ।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताउनुभयो ।

घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताउनुभयो ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान १० बजे बस्दैछ ।

बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरु सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी – मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ ।कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताउनुभयो ।

कोरलानाका हँुदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताउनुभयो ।

“नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरलानाका हँुदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ ।”

कोरलानाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्वत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरलानाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार कोरलानाकादेखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा रहेको छ ।

कैलाश मानसरोवरको दर्शनका लागि कोरलानाकाबाट निकै छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले बताउनुभयो । हाल भारतीय र नेपाली पर्यटकहरू हुुम्ला हँुदै मानसरोवर दर्शनका लागि जाने गरेका छन् ।

अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति रु दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरलानाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ ।

विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरलानाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियोभने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ ।

पोखरा र काठमाडौँबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरालानाका हँुदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

मुस्ताङको बाटो हँुदै कैलाश मानसरोवर जान काठमाडौँबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र चार सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरलानाका पुग्न सकिन्छ । हवाईमार्ग हँुदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करिब साढे चार घण्टामा कोरला पुग्न सकिन्छ ।

नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुुरुङले बताउनुभयो । तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उहाँले बताउनुभयो । हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट छ हजार ६०३ मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।

कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरलानाका हुँदै एक साताका लागि चीन गएका बताउनुभयो । नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराउनेछ । सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले चुुनौतीका रूपमा रहेको छ ।

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका तीन जना पुरुषलाई ४० घण्टाभन्दा बढी समयपछि समुद्रबाट उद्धार गरिएको छ।

“उनीहरूलाई समुद्रको लहरबाट सुरक्षित रूपमा निकालिएको छ,” एक उद्धारकर्ता र पिडितमध्ये एक व्यक्तिकी पत्नीले सोमबार जानकारी गराउनुभयो ।

“भियतनामको मध्य तटको पानीमा तीन जहाजले गरेको अपरेशनमा शनिबार उनीहरूलाई धेरै घण्टा लगाएर उद्धार गरिएको थियो,” उद्धार जहाजहरू मध्ये एकमा सवार एक उद्धाररकले भने।

काल्मेगी बिहीबार देशको आँधीबेहरीले प्रभावित मध्य क्षेत्रमा अवतरण भएको र यसका कारण कम्तीमा पाँच भियतनामी नागरिकको मृत्यु भएको थियो । यसअघि, सोही आँधीका कारण फिलिपिन्समा २०० भन्दा बढीको मृत्यु भएको थियो ।

डुङ्गाले तीन जनामध्ये एक जनालाई सुरक्षित स्थानमा ल्याएपछि ४० वर्षीय फान हाउले एएफपीलाई भन्नुभयो, “हामी पूर्ण रूपमा स्तब्ध भयौँ । बाँच्ने आशा गुमाएका थियौँ।”

“हामी मध्ये कसैले पनि बाँच्ने आशा मारिसकेका थियाँै । जहाजमा उद्धारका लागि गएका हामी १० जनामध्ये धेरैले उनीहरूलाई जीवित पाउने आशा राखेका थिएनन् । तर जव भेटे उनलाई जीवित पाए। त्सले आफुहरूको दुःख बिर्साइदिएको उद्धारकर्मीहरूले बताए ।

उद्धार गरिएकामध्ये एक ४४ वर्षीय डुओङ क्वाङ कुओङ पारिवारिक विवादपछि बिहीबार दिउँसो पानीमा हाम फालेपछि ती तीन जना उनलाई खोज्न पानीमा पसेकासरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ले क्वाङ सान र फाम डुय क्वाङले कुओङलाई बचाउने प्रयास गर्न एउटा सानो डुङ्गामा लाइफ ज्याकेटको साथ डुङ्गा चलाए, तर जहाज पल्टियो र तीनै जना किनारबाट टाढा पुगे र अन्ततः अलग भए ।

क्वाङलाई शनिबार बिहान ली सोन टापुको दक्षिणमा हाई नाम ३९ जहाजले उद्धार गरेको थियो ।उनीहरूलाई अहिले परिवारको जिम्मा लगाइएको छ भने आवश्यक उपचारका लागि अस्पताल भर्ना पनि गरिएको छ।

लाल किल्लामा भएको कारमा विस्फोटबारे विस्तृत अनुसन्धान गरिनेछ : अमित शाह

भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताउनुभएको छ। ्

उहाँले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र केही पैदल यात्रीहरू घाइते भएका छन् भने केही सवारी साधनमा क्षति पुगेको बताउनुभएको छ।

गृहमन्त्री शाहले एएनआईसँग भन्नुभयो, “दिल्ली क्राइम ब्रांच र दिल्ली स्पेशल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।”
उनका अनुसार घटनामा केही मानिसले ज्यान गुमाएका छन् ।

अमित शाहले भन्नुभयो, “टोलीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् र यसका लागि नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिइएको छ।”

’मैले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको छु । घटनास्थलमा दिल्ली सीपी र विशेष शाखा प्रमुख उपस्थित छन्। हामी सबैसम्भावनालाई ध्यानमा राखेर गहन अनुसन्धान गर्नेछौँ । सबै विकल्पहरूको तुरुन्त अनुसन्धान गरिनेछ र हामी परिणामहरू सार्वजनिक गर्नेछौँ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको विस्फोटको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री अमित शाहसँग कुरा गरी घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिनुभएको छ।

राष्ट्रिय राजधानीको लाल किल्ला मेट्रो स्टेसन नजिकै विस्फोटमा आठ जनाको मृत्यु भएको र सात जना घाइते भएका स्थानीय एक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पुष्टि गरेका छन् ।

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपु¥याउँदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

यसअघि, दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका थिए । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्।

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”घटनास्थलमा पुगेका डिआइजी सिआरपिएफले केही भन्न हतार हुने बताउनुभयो, “म घटनास्थलमा जाँदैछु,” उहाँले भन्नुभयो।

अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले घटनालगत्तै प्रतिक्रिया दियौँ र सात युनिटहरू घटनास्थलमा पठाइयो। विस्फोटपछि लागेको आगो साँझ ७ः३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हताहती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्।”

प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, “जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ। म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ।

अर्का प्रत्यक्षदर्शीले भने, “जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन्।”

एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन्।उनले भने, “विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।“एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् ।

उनले भने, “पन्ध्र जनालाई लोकनायक अस्पतालमा ल्याइएको छ । तीमध्ये आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । तीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।