`

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस। फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर बन्द गरेको छ ।

उच्च उष्ण लहरका कारण नदीहरूको पानी तात्दै गएको अवस्थामा अत्यधिक तातो पानी नदीमा नछोड्नका लागि यो पर्यावरण संरक्षण उपाय अपनाइएको हो ।

देशको विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पावर प्लान्टहरूले रियाक्टरलाई चिस्याउन नदीको पानी प्रयोग गर्छन्, जसले पानी तताउँछ र त्यसपछि सोही पानी नदीमा फिर्ता छोडिन्छ। यसले वातावरणलाई तताउँछ र उष्णलहरको जोखिम निम्त्याउँछ ।

‘इलेक्ट्रिसाइड डे फ्रान्स (इडिएफ)’ ऊर्जा समूहले बिहीबार उत्तरी फ्रान्सको सेन नदीमा रहेको ‘नोगेन्ट–सुर–सेन पावर प्लान्ट’ र दक्षिण–पूर्वी शहर लियोन नजिकैको रोन नदीमा रहेको ‘बुगेय प्लान्ट’मा दुई रियाक्टर अस्थायी रूपमा बन्द गरेको जनाएको छ। यो नदीको तापक्रम सीमालाई पालना गर्नका लागि गरिएको हो ।

सेन नदीबाट निकालिएको पानी र फिर्ता छोडिने पानीबीचको तापक्रम वृद्धिलाई सीमित गर्न नोगेन्ट–सुर–सेन प्लान्टले केही दिनअघि नै अर्को रियाक्टरको उत्पादन घटाइसकेको थियो, यसले जलचर बिरुवा र जनावरको जीवनलाई संरक्षण गर्नेछ ।”

फ्रान्सका ५७ आणविक रियाक्टरहरूमा उत्पादन रोक्ने वा घटाउने कार्य नदीहरूमा रहेका बिरुवा तथा जनावरको जीवन रक्षा गर्नका लागि बनाइएका पर्यावरणीय दायित्व पूरा गर्नका लागि गरिन्छ ।

उष्ण लहरका बेला नदीको तापक्रम बढ्दा इडिएफलाई उत्पादन घटाउन वा पूरै रोक्न बाध्य बनाउँछ, ताकि चिस्याउने पानी छोडेर नदीलाई थप तातो हुनबाट जोगाउँछ ।

फ्रान्स युरोपलाई प्रभावित पारिरहेको घातक रेकर्ड तोड्ने उष्ण लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

इडिएफले सोमबार नै दक्षिण–पश्चिम फ्रान्सको गारोन नदीमा रहेको गोल्फेच प्लान्टको एउटा रियाक्टर बन्द गरिसकेको थियो र अन्य स्थलहरूमा पनि उत्पादन घटाएको छ।

गत वर्ष फ्रान्सको विद्युत उत्पादनको करिब ७० प्रतिशत आणविक ऊर्जाबाट आएको थियो। फ्रान्सको ग्रिड सञ्चालक आरटिईले बुधबार एएफपीलाई बताएअनुसार ‘केही उत्पादन केन्द्रहरूमा उत्पादन रोकिए पनि फ्रान्ससँग विद्युत माग पूरा गर्न पर्याप्त उत्पादन क्षमता छ।”

श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन

काठमाडौँ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ ।

विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने प्रतिष्ठानलाई कानुनी कारबाही गर्ने जनाएको छ । विभागका अनुसार पछिल्लो समय गरिएका अनुगमनका क्रममा निजी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा आपूर्ति गरिएका श्रमिकलाई ‘ओभर टाइम’बापतको पारिश्रमिक नदिइएको पाइएको छ ।

त्यसैगरी, उनीहरूलाई लगातार लामो समय काममा लगाउने र सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको पाइएको छ । विभागले यस्ता कैफियत देखिएका संस्थाहरूलाई तोकिएको समयभित्र सुधार गर्न निर्देशनसमेत दिएको छ । बैंक तथा वित्तीय संस्थामा आपूर्ति गरिएका सुरक्षाकर्मी र श्रमिकको हकमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ । न्यूनतम पारिश्रमिक नदिने, धेरै घण्टा काममा लगाउने र चाडपर्व खर्चसमेत उपलब्ध नगराएको गुनासो आएपछि विभागले ती संस्थालाई प्रचलित कानुनी व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार विभागले २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्म तीन हजार २६७ प्रतिष्ठानको निरीक्षण गरेको छ । सोही अवधिमा तीन हजार १३७ प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको र तीन हजार ३९० श्रम अडिट प्रतिवेदन प्राप्त भएको छ ।

त्यसैगरी, २०८२ चैत १३ गतेदेखि २०८३ असार १० गतेसम्ममा ७६१ प्रतिष्ठानको श्रम निरीक्षण गरिएको र ६७९ श्रम अडिट प्रतिवेदन प्राप्त भएको तथ्याङ्क छ । श्रम नियमावली २०७५ को नियम ५६ बमोजिम प्रत्येक प्रतिष्ठानले प्रत्येक वर्षको पुस मसान्तभित्र अनिवार्य रूपमा श्रम अडिट गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, श्रम ऐन, २०७४ को दफा ५९ अनुसार इजाजत प्राप्त कम्पनीले सुरक्षा, सरसफाइ, व्यावसायिक सहयोग र घरेलु सहयोगजस्ता तोकिएका सेवामा मात्र श्रमिक आपूर्ति गर्न पाउने व्यवस्था छ ।

विभागले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ का प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न सबै प्रतिष्ठानलाई अपिल गरेको छ । श्रमसम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना नगरेमा आवश्यक कारबाही गरिने विभागका प्रवक्ता मणिनाथ गोपले बताए ।

समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ ।

मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाका नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको छ ।

सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया तथा परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणलाई प्रभावकारी कार्यान्वयनमा लगेको छ ।

विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले बताए ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ समेटिएको शिक्षा मन्त्रालयअन्तर्गतको मुख्य काममा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको थियो ।

उच्च शिक्षातर्फ विश्वविद्यालय तथा सिटिइभिटीले पनि परीक्षा सम्पन्न भएको करिब दुई महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन् । केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती देखिए पनि अधिकांश शैक्षिक संस्थाले कार्यपालिका अनुसार काम गरिरहेको प्रवक्ता सापकोटाले बताए ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ बमोजिमको मुख्य १० कार्यको प्रगति विवरण मन्त्रालयले अद्यावधि गरेको हो । सोहीअनुसार एसइई २०८२ को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ । यसअघि नतिजा प्रकाशनमा लामो समय लाग्दा विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका थिए ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको छ । अघिल्ला वर्षमा यही नतिजा प्रकाशन हुन करिब तीन महिना लाग्ने गरेको थियो । मन्त्रालयले यसलाई परीक्षा व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गरेको प्रवक्ता सापकोटाले बताए ।

“डिजिटल सुशासन प्रवद्र्धनअन्तर्गत वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई थप सहज बनाउन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना गरिएको छ । यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता घट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना भएको छ”, प्रवक्ता सापकोटाले भ ।

समकक्षता प्रमाणपत्रको ‘भेरिफिकेसन’ प्रक्रिया पनि छिटो बनाइएको उल्लेख गर्दै उनले आवश्यक कागजात पूरा भएका आवेदकलाई आवेदन दिएको दिनमै प्रमाणपत्र उपलब्ध गराउन थालिएको बताए । उक्त कार्यका लागि यसअघि कम्तिमा दुईदेखि तीन दिन लाग्ने गरेको थियो ।

यसैबीच, शिक्षकहरूको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । एपमार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन् ।

मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ

स्नोज एम्बासडरका विजेता नुमी, आकृति र युहेना थाइल्याण्ड उड्दै

काठमाडौं । स्नो सञ्चार प्रालीद्वारा आयोजित प्रतिभा तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम स्नोज एम्बासडरका विभिन्न जिल्लाबाट छनोट भएका विजेताहरू अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन थाइल्याण्ड जाने भएका छन्।

ओखलढुङ्गामा गत पौष ५ गते सम्पन्न प्रतियोगिताबाट युहेना श्रेष्ठ विजेता बनेकी थिइन् भने सोलुखुम्बुमा फागुन ३० गते सम्पन्न फाइनल प्रतियोगितामा जुनियरतर्फ नुमी राई र सिनियरतर्फ आकृति राई विजेता घोषित भएका थिए। यी तीनै जना विजेता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन थाइल्याण्ड जाने भएका छन्।

स्नो सञ्चार प्रालिका अनुसार थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम जुन ३० देखि जुलाई ६ सम्म सञ्चालन हुनेछ। कार्यक्रममा १२ भन्दा बढी देशका सहभागीहरूको उपस्थिति रहने छ।

यसैबीच, यहि असार ६ गते कास्की र तनहुँमा सम्पन्न स्नोज एम्बासडर कार्यक्रमको फिनालेमा कास्कीबाट स्वभावि खत्री तथा तनहुँबाट आइलिशा थापा मगर विजेता बनेका छन्।

एक वर्षअघि यही कार्यक्रममार्फत अन्तर्राष्ट्रिय मञ्चमा सहभागी बनेर गएका सम्भव राउत अहिले स्नो सञ्चार प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय निर्देशकका रूपमा सहभागीहरूलाई नेतृत्व गर्दै थाइल्याण्ड जादैछन्। उनको यो यात्रा एक साधारण सहभागीबाट अन्तर्राष्ट्रिय नेतृत्व तहसम्मको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

स्नोज एम्बासडर कार्यक्रमले बालबालिका तथा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ।

थाइल्याण्डमा हुने कार्यक्रममा नेपाली प्रतिनिधिहरूले आफ्नो प्रतिभा, संस्कृति र क्षमता प्रस्तुत गर्दै देशको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो ।

त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेस स्थापना भएका छन् ।

सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेको छ । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

“यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन्”, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।”

यसवर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकल गरिए पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाएको छ ।

प्राधिकरणका अनुसार कोशीमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

बाढी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका ८२ वटा ‘र्याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तथा विशिष्टकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी र १३४ गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभर ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

एक लाख ६८ हजार रहेको विपद् सूचक सञ्जाल तयार

सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ । ती सूचकले आफू नजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् ।

सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताए। उनले सार्वभौम राष्ट्रविरुद्ध गरिएको आक्रमणमा नाटोको भूमिका संयुक्त राष्ट्रसङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको आरोप लगाए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा पर्याप्त समर्थन नगरेको भन्दै केही सहयोगी राष्ट्रहरूको आलोचना गरेपछि नाटो महासचिव रुटले अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा विभिन्न सदस्य राष्ट्रहरूले सहयोग गरेको बताएको थियो।

उहाँका अनुसार इटालीस्थित अमेरिकी सैन्य आधारहरूबाट ‘अपरेसन एपिक फ्युरी’ का क्रममा सयौँ अमेरिकी विमानले उडान भरेका थिए । रुटले इरानविरुद्धको सैन्य अभियानका लागि सहयोगी राष्ट्रहरूले आफ्ना आधार र पूर्वाधार उपलब्ध गराएको पनि उल्लेख गरेका थिए।

उनले रोमानियाले पनि युद्धका क्रममा केही व्यावसायिक उडान सीमित गरेर अमेरिकी ट्याङ्कर विमानका लागि विमानस्थलको सुविधा उपलब्ध गराएको बताएका थिए।

ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरुदेखि नै नाटो सदस्य राष्ट्रहरूसँगको सम्बन्धमा तनाव देखिएको छ । मध्यपूर्वमा सैन्य हस्तक्षेप आवश्यक छ कि छैन भन्ने विषयमा गठबन्धनभित्र मतभेद रहँदै आएको छ।

यसबीच इटालीले भने रुटको अभिव्यक्तिबाट आफूलाई अलग राखेको छ । इटालीको रक्षा मन्त्रालयले उहाँको भनाइले स्वीकृत उडानहरूको प्रकृतिबारे भ्रम सिर्जना गरेको जनाएको छ।

इटालीले अमेरिका–इटालीबीच विद्यमान सम्झौताअनुसार ‘अपरेसन एपिक फ्युरी’ का क्रममा केवल प्राविधिक तथा रसदसम्बन्धी अमेरिकी उडानहरूलाई मात्र अनुमति दिइएको स्पष्ट पारेको छ।

नाटो प्रमुखको अभिव्यक्तिपछि इरानले गठबन्धनमाथि प्रत्यक्ष आरोप लगाएसँगै इरान–पश्चिम सम्बन्धमा थप तनाव बढ्ने सङ्केत देखिएको छ।

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज प्रशासनले सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो ।

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिनेसम्बन्धी एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले तटीय क्षेत्रका नागरिकलाई पूर्वसर्तकता अपनाउन बुधबार सूचना जारी गरिसकेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला भारतीय पक्षबाट पत्राचार भएकाले आवश्यक सर्तकता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरे ।

पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना

पाल्पा । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने गिद्ध केही समयता पाल्पामा देखिन छोडेका छन् । दशकअघि यहाँका डाँडा र फाँटहरूमा देखिने गिद्ध हिजो आज देखिँदैनन्।

मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने वा व्यवस्थित रूपमा राख्न थालेपछि गिद्धलाई आहारा नपुगेको, जनसङ्ख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्ध कम हुँदै गएका जानकारीहरू बताउँछन् ।

जिल्लाको माथागढी, तानसेन, बगनासकाली, रामपुर क्षेत्रमा केही वर्षअघि गिद्धको बासस्थान थियो । तर सामुदायिक र निजी जग्गाका ठूला पिपल र सिमलका रुख काटिन थालेपछि गिद्ध बासस्थान छाडेर अन्यत्र जाने गरेका दमकडाका प्रकाश नेपालले बताए। उनले भने, “केही वर्षअघिसम्म नजिकैको पीपलमा गिद्धले आफ्नो बच्चा हुर्काउँथ्यो । अहिले यहाँका गिद्ध कहाँ गए । एक दशक भयो देखिन छाडेका छन् ।”

बासस्थान बनाउने ठूला पिपल, बर, सिमलका रुखको नास भएपछि गिद्धले बस्ने स्थान नपाएपछि अन्यत्र जान थालेका छन्। जिल्लामा गिद्ध लोप हुँदै जान थालेपछि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरूले संरक्षणका लागि विद्यालयस्तरमा सचेतना अभियान चलाउन थालेका छन्।

अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको सहयोगमा दमकडा माविका विद्यार्थीहरुलाई गिद्ध वासस्थान संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

लोपोन्मुख गिद्ध संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले विद्यालयस्तरका विद्यार्थीहरूमा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको समूहका अध्यक्ष लोकनाथ घिमिरेले बताए। उनले भने, “गिद्ध संरक्षण एक जनाले मात्र गरेर हुँदैन समुदायस्तरको उत्तिकै भूमिका रहन्छ। विद्यार्थीमार्फत समुदायमा सचेतना जगाउन हामीले पहिलो चरणमा विद्यालस्तरमा सचेतना कार्यक्रम गरिरहेका छौँ ।”

उनले गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि बासस्थानमा ह्रास आएकाले गिद्ध लोप हुँदै गएका भन्दै त्यस्ता रुखको संरक्षण गर्न सके गिद्धको संरक्षण गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीमा पुर्‍याउन सचेतना अभियान थालिएको उल्लेख गरे। “विद्यार्थीमार्फ समुदायमा छिट्टै सचेतना फैलाउन सकिन्छ भनेर आफूहरूले पहल थालेका छौँ”, उनले भने।

यहाँ आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई गिद्धलाई ‘प्राकृतिक सफा गर्ने चरा’ का रूपमा चिनाउँदै वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो। विद्यार्थीलाई विषमुक्त पशु उपचार, सुरक्षित प्राकृतिक वातावरण संरक्षण र समुदायस्तरमा निगरानीबारे पनि प्रशिक्षण दिइएको थियो।

पक्षी संरक्षण सङ्घ परियोजनाका अधिकृत सुजन बस्नेतले पछिल्लो समयमा मानवीय क्रियाकलाप तथा गतिवधिका कारण गिद्धको जीवनचक्र नै सङ्कटमा पर्दै गएकाले अब संरक्षणका लागि विद्यालय र समुदाय तहबाटै पहल गर्नुपर्नेमा जोड दिए। धार्मिक तथा वातावरणीय हिसाबले पनि उत्तिकै महत्व रहेको गिद्धको अस्तित्व लोप भए महामारीजन्य रोग फैलिन सक्ने भएकाले आगामी दिनमा गिद्धको आहारा र बासस्थानमा संवेदनशील हुनुपर्ने उनले बताए।

‘गिद्ध हाम्रो वातावरणका पहरेदार हुन्’ भन्ने सन्देश घरघरमा पुर्‍याउन विद्यार्थीहरूलाई सङ्घ अधिकृत बस्नेतले आग्रह गरे। उनका अनुसार नेपालमा पाइने स्थानीय प्रजाति मध्ये डङ्गरको अनुमानित दुई हजारको सङ्ख्यामा, सानो खैरो ७५ वटा, सेतो गिद्ध एक हजारको सख्यामा रहेका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घका सल्लाहकार नीरञ्जन भुसाल, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकनाथ घिमिरे, सचिव सावित्रा भुसाललगायतले विद्यालयमार्फत वातावरण शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनीहरूले स्थानीय समुदाय र विद्यार्थीहरूको सक्रिय सहभागिताले गिद्ध संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको बताए।

भारततर्फ चिया निर्यात गर्ने क्रममा देखिएको समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले भारततर्फ चिया निर्यात गर्ने क्रममा देखिएको समस्या समाधान गर्न एक कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, परराष्ट्र र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव छन्।

यसैगरी, भन्सार विभागका उप–महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक एवं द्विपक्षीय व्यापार तथा पारवहनअन्तर्गत भारत हेर्ने शाखाका उपसचिव सदस्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई कार्यदलको सदस्यसचिव तोकिएको छ।

भारत सरकारको ‘टि बोर्ड अफ इन्डिया’ले भारतमा आयात हुने चियाका सबै ‘कन्साइनमेन्ट’को अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान तोकेसँगै संलग्न ‘एसओपी’मा रहेको प्रयोगशालाको शुल्कसहित प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्नेलगायतका प्रावधान राखेपछि निर्यात व्यापार प्रभावित हुँदा नेपाली चिया किसान तथा व्यवसायी समस्यामा परेका थिए।

नयाँ प्रावधानका कारण साना तथा मझौलास्तरका चिया किसान र निर्यातकर्ताहरूले भारततर्फ चिया निकासी गर्दा कठिनाइ व्यहोर्नुपरेको थियो।

यसैगरी, भन्सार बिन्दुहरूमा लामो समयसम्म मालबाहक सवारीसाधन रोकिनु पर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत बढ्दै गएको भन्ने व्यवसायीको गुनासोलाई सम्बोधन गर्न सरकारले सम्बद्ध सरकारी निकायका अधिकारी सम्मिलित कार्यदल गठन गरको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिइन्।

२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन

झापा । झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।

“सानै उमेरको विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास र समग्र भविष्यमा नकारात्मक असर पार्छ”, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले भनिन्, “यसलाई रोक्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।”

आदिवासीको बाहुल्य बसोबास रहेको यस पालिकामा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा रु २० लाख रकम विनियोजन गरिएको उनले जानकारी दिइन्। उनका अनुसार जसबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।

प्रोत्साहन भत्तासम्बन्धी नीतिले किशोरीहरूलाई उमेर पुगेर मात्र विवाह गर्न आत्मबल र प्रेरणा दिने तथा समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन मद्दत पुग्ने आशा लिइएको कार्यवाहक अध्यक्ष थपलियाले बताइन्। पालिकाले आव २०८३/८४ का लागि रु ५३ करोड ९३ लाख ९९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ।

गत वर्षको तुलना आगामी आवमा रु दुई करोड ५१ लाख ५५ हजार ४६४ वढी बजेट आएको हो । यसैबीच, झापाका १५ वटै स्थानीय तहले बुधबार अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

कैलाली । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताए।

नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उहाँले आगामी साउन ४ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुने बताउनुभयो ।

“नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष हाम्रो लागि विशेष छ । आगामी जुलाई २० मा हामी केवल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मात्र होइन, सद्भाव, पारस्परिक सम्मान र जनस्तरका सम्बन्धमा आधारित दीर्घकालीन मैत्रीका ७० वर्ष पूरा भएको अवसरसमेत मनाउँदैछौँ,” उनले भने ।

राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीमा आधारित लामो तथा मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । साथै उनले आगामी दिनमा नेपाल–रुसबीचको मित्रता र सहकार्य अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे ।

तेस्रो पक्षको हस्तक्षेप ठहर गर्दै फिफाले एन्फामाथि निलम्बन लगायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएको र यसले फिफा विधानको धारा १४ को उपधारा १ तथा उपधारा ३ को उल्लंघन गरेको निष्कर्ष निकालिएको छ ।

फिफाले एन्फाको गतिविधिमा बाह्य हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपलाई फुटबल संघको स्वतन्त्रता र स्वायत्तताविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ । फिफा विधानअनुसार सदस्य संघहरूले आफ्ना कामकारबाही स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

निलम्बनसँगै एन्फा र यसअन्तर्गतका राष्ट्रिय टोली तथा क्लबहरू फिफा र एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन नपाउने सम्भावना रहेको छ । साथै, फिफाबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ४० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

रास्वपा महाधिवेशन : मतदान जारी, हालसम्म दुई हजार बढीले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत अहिले मतदान जारी छ । असार ७ गतेबाट सुरु भएको महाधिवेशन ११ गतेको पहिलो घण्टा अर्थात १२ बजे मतदान सुरु भएको हो ।

बिहान ८ बजेसम्म दुई हजार ८ जनाले मतदान गरेका छन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिनेछ । करिब ४२ सय मतदाता छन् । ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मतदान भइरहेको छ ।

सवारी नियम उल्लङ्घन गर्नेबाट १९ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गर सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।

फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ ।एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो ।

हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए ।
मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९आंै मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ ।अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।

यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिए ।

झापामा ७०८ मेट्रिक टनभन्दा बढी रासायनिक मल भित्रियो

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ ।कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए। यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ ।

किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए ।हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५स्थानीय तहमा मल पठाइएको जनाइएको छ ।

गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ ।उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ । धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ ।

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौं । आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ ।ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ ।

आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ ।

आज पूर्ण रूपले उपबास बसी जल वा सर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ ।आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ ।

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि राती १२ बजेबाट मतदान सुरु भएको छ ।
असार ७ गतेबाट सुरु भएको महाधिवेशन ११ गतेको पहिलो घण्टा अर्थात १२ बजे मतदान सुरु भएको हो ।

यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिए लगत्तै मतदान सुरु भएको स्रोतले जनाएको छ । भने रास्वपाको महाधिवेशनमा अहिले सम्म १८ सय मत खसालिएको छ ।

पूर्ण क्षमतामा चल्न थाले लमजुङका जलविद्युत् आयोजना

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो ।

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रमा पनि विद्युत् उत्पादन बढेको छ । केन्द्रका आयोजना प्रमुख तारादत्त भट्टले भने, “मस्र्याङ्दी नदीमा आयोजनाका लागि पानी पर्याप्त नहुँदा हिउँदमा बिजुली उत्पादन कमी भइरहेको थियो । पानी पर्याप्त हुन थालेपछि करिब १५ दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।”

यस आवमा पानीको अभावले हिउँदमा २६–२७ मेगावाट मात्रै उत्पादन हुँदै आएकामा बर्खा लागेसँगै विस्तारै आयोजनाले आफ्नै क्षमतामा बिजुली उत्पादन गरिरहेको उनले जानकारी दिए । उनका अनुसार यहाँ ३५–३५ क्षमताका दुई वटा टर्बाइनबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन हुन्छ । सन् २००० मा रु २७ अर्ब २० करोड लागतमा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादनसमेत बढ्न थालेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार केही दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ । सन् २०१३ जनवरीदेखि आयोजना निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिक रूपमा उत्पादन थालेको थियो ।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानीमा आयोजना निर्माण सम्पन्न भएको थियो । ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपरमिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनामा पनि विद्युत् उत्पादन वृद्धि भइरहेको छ ।

त्यस्तै, चार–चार मेगावाट क्षमताका खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रोहाइड्रो र ८० किवाको मिदिम माइक्रोहाइड्रोमा पनि विद्युत् उत्पादन बढ्न थालेको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

जिल्लामा उत्पादन थालेका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका जानकारहरू बताउँछन् । ती आयोजनामा विद्युत् उत्पादन कम भएमा वा वृद्धि भएका आर्थिक रूपमा मुलुकमा पनि प्रभाव पारेकोे देखिन्छ । जिल्लामा बर्सेनि मस्र्याङ्दी नदी, दोर्दी, किसेदी, फिदिम खोलालगायत खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०० पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८५ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। तराईमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको तराईका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरुप मासिक रुपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालमा विपद्को गाम्भीर्यताबमोजिम आवश्यकताअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी अवरोध भएका राजमार्ग÷सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित चौबिसै घण्टा तयारीमा राख्न सडक विभाग, सातवटै प्रदेश र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधन चल्न नसक्ने परिस्थितिमा कम्तीमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखा मनसुन अवधिभर सातै दिन चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने, भारत सरकारको प्रतिबद्धताअनुसार आउन बाँकी बेलिब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र, सङ्घ, संस्था, नागरिक समाजलगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज्लगायतलाई अनुरोध गर्नेलगायत निर्णय गरेको छ ।

यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु दुई अर्ब २६ करोडको बजेट पारित गरेको छ । सूर्यविनायकमा आज सम्पन्न २० औँ नगरसभाको अधिवेशनले पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् रु एक अर्ब २९ करोड १४ लाख १८ हजार रूपैयाँ र चालु खर्चतर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजारको बजेट सभाले पारित गरेको हो ।

आज सम्पन्न नगर सभामा उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक तथा सशर्त अनुदानमार्फत रु ६९ करोड ३१ हजार ३१६ र प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक, सशर्त तथा विशेष अनुदानमार्फत रु ५९ करोड ६० लाख ९७ हजार ७०८ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै आन्तरिक स्रोतबाट रु ९७ करोड ३८ लाख ७० हजार ९७५ आम्दानी हुने प्रक्षेपण गरिएको छ । नगरले आगामी आर्थिक वर्षका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गर्दै सहरी पूर्वाधार विस्तार, गुणस्तर सुधार तथा नगर सौन्दर्य प्रवर्द्धन, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण र विस्तार, सामुदायिक शिक्षाको पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धि, प्राविधिक तथा सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिको व्यापक विस्तारमार्फत संस्थागत सुशासन प्रवर्द्धन गर्ने भएको छ । यसअघि नगर प्रमुख वासुदेव थापाले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम पनि सभाले पारित गरेको छ ।

भक्तपुरको बजेट दुई अर्ब ५५ करोड

त्यस्तै, भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि रु दुई अर्ब ५५ करोड बजेट विनियोजन सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिकाको २० औँ नगरसभाको बैठकमा आज उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरपालिकाको आन्तरिक स्रोत, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

विनियोजित बजेटको चालुतर्फ रु एक अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पुँजीगततर्फ रु ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ रु पाँच करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको उपप्रमुख जोशीले बताइन् ।

बजेट वक्तव्यमा विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् रु ५६ करोड २७ लाख ४० हजार विनियोजन गरिएको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सेवा विस्तार एवं उपकरण खरिदका लागि कूल रु २३ करोड विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमका लागि रु ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले सम्पदा पुनर्निर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कूल रु सात करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणमा रु ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रवर्द्धन गर्न कूल रु तीन करोड ८० लाख, वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन शीर्षकमा रु २३ करोड १५ लाख ८० हजार, खेलकुद विकास र पूर्वाधार निर्माणमा रु तीन करोड ७५ लाख, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनःस्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन रु ४० लाख बजेट विनियोजन गरेको छ ।

चाँगुनारायणको बजेट दुई अर्ब चार करोड

त्यसैगरी चाँगुनारायण नगरपालिकाले आजदेखि सुरु भएको १८ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि रु दुई अर्ब चार करोडको बजेट प्रस्तुत गरेको छ । आज बसेको नगरसभाको १८ औँ नगरसभामा उपप्रमुख रमेश बुढाथोकीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले विभिन्न दस्तुरबापत रु ३४ करोड छ लाख २० हजार, सवारी साधनको राजस्वबाट रु आठ करोड २२ लाख र घरजग्गा रजिष्ट्रेशनबाट रु ८६ करोड आन्तरिक आय हुने अनुमान गरिएको छ ।

नगरपालिकालाई सङ्घीय सरकारबाट रु १६ करोड ३७ लाख, राजस्व बाँडफाँटबाट रु १२ करोड ४१ लाख ९१ हजार तथा सशर्त अनुदानमार्फत रु ५५ लाख र विशेष अनुदानबापत रु तीन करोड विनियोजन भएकोमा यस आवमा रु एक करोड ५० लाख प्राप्त भएको उनले बताए ।

त्यस्तै,बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत रु एक करोड ४९ लाख ९७ हजार, सशर्त अुनदानमार्फत रु तीन करोड ५१ लाख २५ हजार तथा विशेष अनुदानमार्फत रु ७० लाख प्राप्त भएको सभामा जानकारी दिएको छ ।

सभामा उनले आव २०८३/०८४ को नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए भने बजेट तथा नीति तथा कार्यक्रम असार २८ गते बस्ने अर्को नगरसभाको बैठकले पारित गर्ने उप प्रमुख बुढाथोकीले बताए ।

‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरेका हुन् ।

उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरेका छन् ।

ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिएका छन् । “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन्।

अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको आज यहाँ बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ ।

सो नगर अधिवेशनमा आव २०८३/८४ का लागी रु दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेशकुमार बानियाँले मङ्गलबार नगर अधिवेशनमा प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गर्नु भएअनुसार आन्तरिक स्रोतबाट रु ५७ करोड ३६ लाख ८० हजार, राजस्व बाँडफाँटतर्फ रु ९९ करोड २० लाख ४८ हजार, बागमती प्रदेश सरकारको विभिन्न अनुदानबाट रु १० करोड एक लाख ७२ हजार तथा सङ्घीय सरकारको तर्फबाट अनुदान रु एक अर्ब १८ करोड ४६ लाख हेटौँडाको भौतिक पूर्वाधार विकासमा खर्च गर्न उक्त नगर अधिवेशनले स्वीकृति प्रदान ग¥यो ।

सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडा नगरको केही दुर्गम वडाको टोलमा खानेपानी, सडक, विद्युतीकरण, स्वास्थ्योपचार, पर्यटन क्षेत्रको विस्तार, उच्च शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने, किशोरीलाई शिक्षा आर्जन गर्न जोड दिने र भौतिक पूर्वाधार निर्माण कार्यमा उक्त बजेटले निष्पक्षताका साथ कार्यन्वयन गर्ने बताए । प्रमुख लामाले आव २०८३÷८४ का लागी वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत ग

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

मेलबर्न। अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् ।

दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए ।

अष्ट्रेलियाको डेकिन विश्वविद्यालयका प्राध्यापक युआन रिचीका अनुसार हालसम्म सङ्क्रमण सीमित देखिए पनि यसले अन्य वन्यजन्तु तथा पशुधनमा फैलिने सम्भावना रहेको छ ।

उनले अष्ट्रेलियाका धेरै स्थानीय प्रजातिको जनसङ्ख्या सानो, घट्दो वा सीमित भौगोलिक क्षेत्रमा केन्द्रित रहेकाले भाइरसले ती प्रजातिलाई विशेष जोखिममा पार्न सक्ने बताए । उ का अनुसार ठूलो मात्रामा एकैपटक हुने मृत्युका घटनाले केही प्रजातिलाई अपरिवर्तनीय क्षतिसमेत पु¥याउन सक्छ ।

 

विश्वभर एच–फाइभ एन–वान सङ्क्रमणका कारण लाखौँ चराको मृत्यु भइसकेको छ भने सङ्क्रमित जनावरको शव खाने स्तनधारी जनावरहरूमा समेत सङ्क्रमण फैलिरहेको छ । रिचीले अष्ट्रेलियाका लोपोन्मुख तास्मानियन डेविल तथा क्वोलजस्ता मांसाहारी मार्सुपियल प्रजातिहरू पनि जोखिममा पर्न सक्ने चेतावनी दिए ।

उनका अनुसार कङ्गारु, वालाबी, पोसम र ब्यान्डिकुटजस्ता जनावरहरू पनि सङ्क्रमित मासुसँग सम्पर्कमा आउन सक्ने भएकाले सङ्क्रमणको जोखिमबाट मुक्त छैनन् । उनले अष्ट्रेलियाली समुद्री सिंह तथा कालो हाँसको जनसङ्ख्याका लागि पनि यो भाइरस घातक हुन सक्ने बताए।

गत साता वैज्ञानिकहरूले अष्ट्रेलियाको बाह्य क्षेत्रअन्तर्गत पर्ने हर्ड टापुमा एच–फाइभ एन–वान सङ्क्रमणका कारण करिब १३ हजार दक्षिणी हात्ती सिलका बच्चा मरेको अनुमान सार्वजनक गरेका थिए । उक्त भाइरस हर्ड र म्याकडोनाल्ड टापुका पेन्गुइन, फर सिल तथा समुद्री चरालगायत अन्य प्रजातिमा पनि फेला परेको छ ।

विज्ञहरूले सङ्क्रमणले एकल प्रजातिमा मात्र नभई सम्पूर्ण पारिस्थितिक प्रणालीमा असर पार्न सक्ने बताएका छन् । शिकारी प्रजातिमा सङ्क्रमण फैलिएमा शिकार प्रजातिको सङ्ख्या असन्तुलित रूपमा बढ्न सक्ने तथा जलचर पंक्षीहरूको ठूलो मात्रामा मृत्यु हुँदा जलस्रोतको गुणस्तरमा असर पर्नुका साथै माछाको व्यापक क्षति हुन सक्ने उनीहरूको भनाइ छ ।

अष्ट्रेलिया सरकारले मुख्य भूमिमा सङ्क्रमण पुष्टि हुनुअघि नै एच–फाइभ एन–वान विरुद्धको तयारी सुदृढ बनाउन ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो ।

अधिकारीहरूले बिरामी वा मृत अवस्थामा भेटिएका वन्यजन्तुबारे सम्बन्धित निकायलाई जानकारी गराउन तथा वन्यजन्तुसँग प्रत्यक्ष सम्पर्क नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता

लुम्बिनी। रुपन्देही जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आज बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका अधिकांश स्थानीय पालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले आज नगरसभामा रु तीन अर्ब ९९ करोड २२ लाख २१ हजार २०० बराबरको बजेट प्रस्तुत गर्नुभयो । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेट चालु आवको तुलनामा झण्डै रु ६४ करोड बढेर आएको छ ।

चालु आवमा २०८२÷०८३ को लागि रु तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको थियो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको प्रस्तावित बजेटको बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारबाट सङ्घीय समानीकरण अनुदानबापत रु २९ करोड २२ लाख, सशर्त अनुदान (चालु)तर्फ रु ५० करोड २५ लाख, सशर्त अनुदान (पुँजीगत)तर्फ रु सात करोड चार लाख, विशेष अनुदान (पुँजीगत)तर्फ रु ९० लाख र समपूरक अनुदान (पुँजीगत)तर्फ रु २० लाख प्राप्त हुने अनुमान छ ।

यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु दुई करोड तीन लाख ६५ हजार, सशर्त अनुदान (चालु)तर्फ रु ५६ लाख ५० हजार, सशर्त अनुदान (पुँजीगत)तर्फ रु एक करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत)बापत रु एक करोड ५० लाख र विशेष अनुदान (पुँजीगत)तर्फ रु २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट रु १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट रु दुई करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ । नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत रु एक अर्ब ५० करोड ३८ लाख ५९ हजार २०० सङ्कलन हुने लक्ष्य राखिएको छ ।

यसबाहेक स्थानीय राजस्व बाँडफाँटअन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट रु ७८ करोड ७७ लाख ७८ हजार ८०० प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) रु ४० करोड गरी कूल स्रोत रु तीन अर्ब ८५ करोड रहने अनुमान गरिएको छ ।

बजेटले उज्यालो, सफा, सुन्दर र हरियाली सहितको सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, नागरिक वडापत्रलाई कार्यान्वयन गर्दै सेवाग्राहीलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने, मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, प्राकृतिक जलस्रोत तथा जलाधार क्षेत्रहरुको संरक्षण गर्ने बजेटले प्राथामिकतामा राखेको छ ।

तिलोत्तमा नगरपालिकाको तीन अर्ब पाँच करोडको बजेट

तिलोत्तमा नगरपालिकाले आगामी आवका लागि रु तीन अर्ब पाँच करोडको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २१ अधिवेशनको आजको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरी चौधरीले रु तीन अर्ब पाँच करोड ६७ लाख आठ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । कूल बजेटमध्ये चालुतर्फ रु ९२ करोड तीन लाख ३०.२२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै पुँजीगततर्फ रु एक अर्ब ६७ करोड ८४ लाखअर्थात् ५४.९१ प्रतिशत र सामाजिक सुरक्षातर्फ रु ४५ करोडअर्थात् १४.७२ प्रतिशत विनियोजन गरिएको उपप्रमुख चौधरीले जानकारी गराउनुभयो ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ रु ४५ लाखअर्थात् ०.१५ प्रतिशत खर्च प्रस्ताव गरिएको छ । बजेटमा आन्तरिक राजस्वबाट रु ३६ करोड छ लाख, सङ्घीय र प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँट र नगद मौज्दातबाट रु दुई अर्ब ६९ करोड ६१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

तिलोत्तमाले ल्याएको आगामी आवको बजेट चालु आवको भन्दा रु १३ करोड बढी हो । बजेटलाई सकेसम्म वस्तुनिष्ठ बनाइएको बताउँदै उपप्रमुख चौधरीले यसको सफल कार्यान्वयनमा सबैको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । उपप्रमुख चौधरीले चालु आवमा रु दुई अर्ब ९२ करोड ९३ लाख बजेट विनियोजन भएकोमा हालसम्म रु एक अर्ब ६३ करोड ५८ लाखअर्थात् करिब ५३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको एक अर्ब ७५ करोड बढी बजेट

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ७५ करोड ७८ लाख ७३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा कार्यवाहक प्रमुख कल्पना हरिजनले आज बजेट प्रस्तुत गर्नुभयो । नगरपालिकाले प्रशासनिक भवन, बसपार्क तथा पहुँचमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्दै उक्त परियोजनाका लागि मात्रै रु ७३ करोड ३४ लाख विनियोजन गरेको छ ।

साथै बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रमका लागि रु नौ करोड छुट्याइएको छ । शिक्षा सुधार, स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य, सामाजिक सुरक्षा तथा विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण र विकासलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

सैनामैना नगरपालिकाले रु डेढ अर्व बजेट सार्वजनिक

सैनामैना नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ५५ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख बिना रानाले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

देवदह नगरपालिकाको एक अर्ब ६९ करोड ९९

देवदह नगरपालिकाले आगामी आव २०८३÷८४ का लागि रु एक अर्ब ६९ करोड ९९ लाख पाँच सय २९ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी विस्तार तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको नगरप्रमुख ध्रुव खरेलले जानकारी दिनुभयो ।

ओमसतिया गाउँपालिकाको ५१ करोड १० बजेट

रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु ५१ करोड १० लाख ५४ हजार को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभएको हो । सहभागिता, समावेशीता, सामाजिक न्याय, पारदर्शीता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको चौधरीले जनाउनुभयो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ ।

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर। ललितपुर महानगरले आर्थिक वर्ष २०८३÷२०८४ को लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आज आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकमा चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड ६९ लाख २७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख शाक्यले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह र प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको जानकारी गराइएको छ ।

प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट रु १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ ।त्यस्तै आन्तरिक आयबाट रु तीन अर्ब ३५ करोड ५० लाख सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ ।

त्यस्तै अन्तर सरकारी अख्तियारीबाट रु एक अर्ब छ करोड २० लाख प्राप्त हुने अपेक्षा लिइएको उल्लेख गरिएको छ । विनियोजन बजेटको लागि नपुगे हुने रु एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी गराए ।

महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकोमा २०८३ को जेठ मसान्तसम्म रु तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजारअर्थात् ५१।२ प्रतिशत बजेट खर्च भएको जानकारी उपप्रमुख शाक्यले जानकारी दिए ।

यसअघि असर ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी गराए ।

रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् ।

प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीएका छन् ।

प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन

बेइजिङ। चीनले संयुक्त राज्य अमेरिका र इरानबिच सम्पन्न समझदारीपत्र ९एमओयू०को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताएका हुन् ।

उनले उक्त समझदारीले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताए ।

प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनः स्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे ।

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा आज सम्पन्न २६ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गरेको बजेट सभाले पारित गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई समृद्ध धौलागिरि निर्माणको आधारका रूपमा अघि सारेको छ ।

गाउँपालिकाका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ र ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने तथा पर्यटन र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने विषयलाई समेटिएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

पूर्वाधार विकासतर्फ रु ११ करोड ६५ लाख विनियोजन गरिएको छ । यसअन्तर्गत भेडीखाल्टा गाउँलाई सडक सञ्जालमा जोड्न रु एक करोड छ लाख, निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न रु एक करोड ५० लाख, हेम माध्यमिक विद्यालयमा दशकोठे भवन निर्माणका लागि रु ५० लाख तथा गाउँपालिका क्षेत्रका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सरसफाइ शीर्षकमा रु एक करोड विनियोजन गरिएको छ ।

त्यसैगरी लुलाङ–गुर्जा सडक स्तरोन्नतिका लागि प्रदेश र गाउँपालिकाको साझेदारीमा रु एक करोड बजेट व्यवस्था गरिएको छ । ताकम ढल व्यवस्थापन योजनाका लागि रु एक करोड र ताकम माविको छात्रावास भवन निर्माणका लागि रु ४० लाख बिनियोजन भएको छ ।

आर्थिक विकासतर्फ रु एक करोड चार लाख, सामाजिक विकासतर्फ रु २२ करोड २४ लाख ६० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८५ लाख तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु १२ करोड ७३ लाख ४३ हजार विनियोजन गरिएको छ ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सञ्चित कोषको नगद मौज्दातलाई स्रोतका रूपमा उपयोग गरी बजेट कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए ।

धौलागिरिले पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार र डिजिटल प्रविधिमैत्री सेवा प्रवाहलाई समेत बजेटको प्राथमिकतामा राखेको जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट

सुर्खेत। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु चार अर्ब बढीको बजेट ल्याएको छ ।

नगरको १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु चार अर्ब ७१ करोड दुई लाख ७२ हजारको बजेट अनुमान प्रस्तुत गरे । जुन बजेट चालु आवको तुलनामा रु ३२ करोड ७५ लाखले बढी हो ।

आगामी वर्षका लागि खनालले प्रस्तुत गरेको कूल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् रु तीन अर्ब दुई करोड ७० लाख विकासतर्फ (पुँजीगत) विनियोजन गरिएको छ भने चालुतर्फ रु एक अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ ।

खर्च बेहोर्ने स्रोतमा सङ्घीय वित्तीय समानीकरण अनुदानबाट रु २४ करोड ६० लाख, सङ्घीय सशर्त अनुदानबाट रु दुई अर्ब ६७ करोड ९६ लाख, सङ्घीय राजस्व बाँडफाँट रु २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु तीन करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट रु ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजस्व बाँडफाँट ४४ लाख ११ हजार राखिएको छ ।

यस्तै, सङ्घीय तथा प्रदेशको समपूरक विशेष अनुदान रु चार करोड ५९ लाख, स्थानीय राजस्व बाँडफाँट रु १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट रु ३३ करोड छ लाख ६५ हजार खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।

चालु आवको बचत रकमबाट रु तीन करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट रु ३४ करोड खर्च बेहोरिने उपप्रमुख खनालले बताए ।

आगामी बजेट शीर्षकगत कार्यक्रमअन्तर्गत तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३४ करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रम म्याचिङ फण्ड भेरी पम्पिङ आयोजना सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि रु १८ करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु १६ करोड ६७ लाख र विभिन्न शाखा नगरस्तरीय आयोजना कार्यक्रम सञ्चालनका लागि रु १४ करोड ५० लाख विनियोजन गरिएको खनालले बताए ।

“सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३४ करोड, नगरका प्रमुख मोहनमाया ढकालले पेस गरेको नीति कार्यक्रमका लागि सङ्घीय तथा प्रदेश र सशर्तसहित नगरस्तर क्षेत्रका कार्यक्रम सञ्चालन गर्न रु तीन अर्ब ४४ करोड ८५ लाख ७२ हजार विनियोजन गरेको छु”, खनालले भने ।

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

काठमाडाैँ । अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका आप्रवासन अदालत परिसरमा आप्रवासीलाई पक्राउ गर्न तत्काल रोक्न आदेश दिएएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएयता गृह सुरक्षा विभागका अधिकारीले शरणसम्बन्धी सुनुवाइ सकेर अदालतबाट बाहिरिने आप्रवासीलाई पक्राउ गर्ने अभ्यास अपनाएका थिए।

आप्रवासन अदालतको सुनुवाइमा अनुपस्थित हुनु कतिपय अवस्थामा कानुनी उल्लङ्घन मानिने तथा त्यसका आधारमा देशनिकालासमेत हुनसक्ने भएकाले धेरै आप्रवासी सुनुवाइमा उपस्थित हुन बाध्य हुने गरेका छन्।

अमेरिकी जिल्ला न्यायाधीश पी केसी पिट्सको आदेशमा उक्त नीति प्रशासनिक प्रक्रिया ऐनविपरीत रहेको ठहर गर्दै त्यसलाई ‘मनोमानीपूर्ण’ भनिएको छ।

न्यायाधीश पिट्सका अनुसार आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइसीई) र आप्रवासन समीक्षा कार्यकारी कार्यालय (इओआइआर)ले आफ्ना कार्यको पर्याप्त र तर्कसङ्गत आधार प्रस्तुत गर्न सकेका छैनन्। अदालत परिसरमा सुरक्षा अधिकारीको उपस्थितिले आप्रवासीमा त्रास सिर्जना गरेको उनको टिप्पणी छ।

गृह सुरक्षा विभागका कानुनी सल्लाहकार जेम्स पर्सिभलले भने उक्त फैसलाको आलोचना गरेका छन्। उनले आप्रवासन न्यायाधीशबाट देशनिकालाको आदेश पाएका गैर–नागरिकलाई अपराधमा दोषी ठहर भएका व्यक्तिसरह व्यवहार गरिनुपर्ने बताए।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले अदालतको आदेशलाई ‘खुला सीमाना समर्थक एजेन्डा प्रवद्र्धन गर्ने न्यायिक सक्रियता’को सङ्ज्ञा दिए।

ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथि कडाइ गर्ने नीति अघि बढाउँदै आएको छ। राष्ट्रपति ट्रम्पले अमेरिका अपराधी तथा अवाञ्छित व्यक्तिको प्रवेशबाट प्रभावित भएको दाबी गर्दै आप्रवासन नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाए।

महाधिवेशनस्थलमा रास्वपाका उम्मेदवार आफैँले गरे फोहर सरसफाइ

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरेका छन्। रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका हुन ।

प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन ।

रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गर्नुभएको हो । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उहाँहरूले सफा गर्नुभएको हो । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

उहाँले भन्नुभयो, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।”

हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उनले भने, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताए छ ।रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टीमा कुनै गुट उपगुट छैन भने ।

उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।” उहाँले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए । उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।”

संविधान संशोधन कार्यदलको संयोजक रहनुभएका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए ।उहाँले भन्नुभयो, “दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।”