`

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताउनुभएको छ ।

चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उहाँले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अब राष्ट्र निर्माणको महाअभियानमा पार्टी जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले महाधिवेशनले नयाँ राजनीतिक दललाई दलका रूपमा वास्तविक वैधानिक र राजनीतिक पहिचान प्रदान गर्ने उल्लेख गर्नुभयो । देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उहाँले विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

पहिलो अनुभव भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको स्वीकार गर्दै सभापति लामिछानेले भन्नुभयो, “यो हाम्रो पहिलो महाधिवेशन हो । पहिलो अनुभव भएका कारण व्यवस्थापनमा केही स–साना कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ । आगामी दिनमा यी कमजोरीहरूबाट पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा चर्चा गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षाहरू हुनु स्वाभाविक भएको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छौँ । यो हलभित्र प्रतिस्पर्धा जे–जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ ।”

सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि पार्टीका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । जनताले राखेको ठुलो आशा र विश्वासलाई मर्न नदिने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामीमाथि जनताको ठुलो भरोसा छ । जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो ।”

नयाँ र पुराना साथीहरूको सम्बन्धलाई प्रस्ट्याउँदै उहाँले निर्वाचनका क्रममा रास्वपा परिवारमा देखिएको प्रेम दुई नदी जस्तै भएको टिप्पणी गर्नुभयो । पुराना र भर्खरै आएका साथीहरू दुवैलाई मिलाएर लैजानुपर्ने चेतना नै बलियो रास्वपाको संकेत भएको उहाँको भनाइ थियो ।

चुनावमा प्यानल र लिस्ट बनाइएका हल्लाहरूका बीच पनि आम पार्टी सदस्य र मतदाताहरूले आफ्नो विवेक प्रयोग गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे । उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला । त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला ।”

भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि उच्च मत दिएर पठाउनुले रास्वपामा सबैलाई स्वागत छ भन्ने सन्देश दिएको उहाँले बताउनुभयो । आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने गुटबन्दी र मनमुटावलाई हलभित्रै अन्त्य गर्नुपर्नेमा जोड दिँदै सभापति लामिछानेले भन्नुभयो, “नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ । यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ । अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ दफन गरेर जाऔँ । कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, यसले यहीँ अन्त्य पायो । यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ ।”

सम्बोधनका क्रममा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिनुभयो ।

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेको अवस्थामा शङ्कास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

उनका अनुसार शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

रवि लामिछानेले भने – महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गर्यो

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले पार्टीमाथि लगाइएका राजनीतिक आरोप अब टिक्न नसक्ने बताएका छन् । चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहणपछि सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनीतिक शक्तिको आरोपलाई खारेज गरेको बताए ।लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताए।

उनले भने, ‘जित–हार क्षणिक कुरा हो। यहाँ कसैले हारेको छैन। जस–जसले जित्यो, घण्टी बजाले नै जित्यो, नील योद्धाले नै जित्यो। त्यसकारण सिंगो राष्ट्रको हितबाहेक कसैले पनि हारेको छैन।’

उनले निर्वाचनको प्रतिस्पर्धापछि देखिएका असहजतालाई बिर्सेर पार्टीलाई अझ सशक्त बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा आर्थिक मामिला, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालयलगायत विभिन्न प्रतिष्ठान एवं निकायसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भएको छ ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले बजेट निमार्णमा भएका कमीकमजोरी सच्याउँदै बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनीहरूले बजेट विनियोजनका सबल र सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राखेका थिए ।

प्रदेशसभा सदस्य कुसुम बुढा पुन, चम्पादेवी खड्का, फणिन्द्र देवकोटा, रोशनबहादुर गाहा थापा, प्रकाश बराललगायतले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । बैठकको विशेष समयमा विपक्षी दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले बजेटसहित समसामयिक विषयवस्तुमा आफ्ना भनाइ राखेका थिए ।

नेता चुमानले सङ्घीय संरचनालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । नेता गुरुङले बजेट निर्माणमा मन्त्रीहरूबाट समन्वय नभएको बताए। टुक्रे र वितरणमुखी बजेटले अपेक्षित उपलब्धि हासिल नहुने उनको भनाइ छ ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल मङ्गलबारदेखि सुरु भएको थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य चम्पादेवी खड्का, फणिन्द्र देवकोटा र श्यामराजा महतले समसामयिक विषयमा धारणा राखेका थिए ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ ।

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

मस्को। युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान–प्रदान हो ।

रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “युक्रेनबाट १६० जना रूसी सैनिकहरू फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्धबन्दीहरूलाई फिर्ता पठाइएको छ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकहरूको शव आदान–प्रदान मस्को र किएभबीचको थोरै सहयोगका क्षेत्रहरूमध्ये एक बनेको छ ।

“फिर्ता भएका रूसी सैनिकहरू हाल बेलारुसमा छन्,” रूसी मन्त्रालयले जनाएको छ।उक्त आदान–प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई) ले मध्यस्थता गरेको पनि मन्त्रालयले बताएको छ ।युक्रेनले भने तत्काल यस आदान–प्रदानबारे कुनै प्रतिक्रिया वा पुष्टि गरेको छैन ।

रास्वपाका नवनिर्वाचित सभापति लामिछानेसहित पदाधिकारी तथा सदस्यहरूले लिए सपथ

चितवन । रास्वपाका नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

महाधिवेशनस्थल भरतपुरमा निर्वाचन आयोगका प्रमुख भुवन केसीले नवनिर्वाचित सभापति लामिछानेलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सर्वसम्मत सभापति चयन भएका थिए । सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर उक्त खोप प्रदान गरेकी हुन् ।

खोप प्रदान गर्दै उनले भनिन्, “अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ ।” रेबिज जोखिमको कुरा भएको उल्लेख गर्दै उनले भनिन् “जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।”

खरिद प्रक्रियाका कारण खोप अभाव हुनसक्ने देखिएकाले महानगरपालिकासँग सहयोग मागेको अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले बताए । उनले भने, “अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउनुहुन्छ । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब नौ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।”

माग गरेपछिको सात दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा बाँस्तोलाको भनाइ थियो । अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकाले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।

फिफा विश्वकप : समूह चरणका निर्णायक खेल हुँदै, एमबाप्पे र हल्यान्ड भिड्दै

फ्रान्स र नर्वेबीच शुक्रबार विश्वकपको महत्वपूर्ण समूह ‘आई’ को निर्णायक खेलमा लयमा रहेका गोलकर्ता किलियन एमबाप्पे र एर्लिङ हालान्डबीच रोमाञ्चक भिडन्त हुने भएको छ ।

रियल मड्रिडका स्टार एमबाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर हल्यान्डले प्रतिस्पर्धाको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी पाँच गोलसहित गोल्डेन बुटको दौडमा पहिलो स्थानमा रहेपनि एमबाप्पे र हल्यान्ड दुवैले ४–४ गोल गरेका छन् र गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन् ।

स्थानीय समय अनुसार शुक्रबार दिउँसो ३ः०० बजे बोस्टनको फक्सबरोमा हुने यो भिडन्तमा समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

सेनेगल र इराकलाई सहजै हराएको फ्रान्सको प्रदर्शन प्रभावशाली छ । उनीहरूको राम्रो गोल अन्तरका कारण फ्रान्सलाई समूहको पहिलो स्थानमा रहनका लागि बराबरी मात्र काफी छ ।

त्यसैगरी नर्वेको पनि अहिलेसम्मको खेलमा निकै राम्रो प्रदर्शन भइरहेको छ । नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई ४–१ ले हराएको थियो भने सोमबार सेनेगललाई ३–२ ले पराजित गरेको थियो ।

पहिलो पटक विश्वकप खेलिरहेका २५ वर्षीय हल्यान्डप्रतिको विश्वव्यापी ध्यानाकर्षणले उनलाई थप उत्साहित बनाएको छ । उनको आक्रामक र उत्साही खेलशैलीले फ्रान्सको अनुभवी प्रतिरक्षालाई पनि चुनौती दिन सक्छ ।

दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा सङ्लग्न रहेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामी रहेका छन् । प्रहरीले उनीहरुलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतबाट लागुऔषध ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायतका स्थानमा बिक्री वितरण गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी जेलबाट छुटेका व्यक्ति रहेको प्रवक्ता रेग्मीले बताए ।

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयलाई आवागमनमा सास्ती हुने गरेको छ ।

सडक कालोपत्रका लागि ११ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको हो ।

बाह्र किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रका लागि २०७२ साल माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले दुई वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गनका थियो । नौ वर्ष बितिसक्दा पनि काम पूरा नगरेपछि लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोडेर २०८१ साल असार २१ गते दुई वर्षभित्र आयोजना पूरा गर्नेगरी नयाँ ठेक्का लगाएको थियो ।

पुनः ठेक्का लगाइएको सम्झौताको म्याद सकिनै लाग्दा पनि कामले गति लिनसकेको छैन । तामाङ/रजिल/भगवती जेभीले जिम्मा पाएको उक्त खण्डको काम हालसम्म ५२ प्रतिशतमात्रै सकिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख अनुक्षा घिमिरेले यस खण्डमा फराकिलो, नाली निर्माण, ग्याबियन पर्खाल लगाउनेलगायत काम सकिएको बताए । उनका अनुसार अब कालोपत्र गर्नमात्रै बाँकी छ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण समयमा काम नसकिने अवस्था देखिएको उनले बताए ।

प्रमुख घिमिरेले भन, “यसपालि यो खण्डको काम सकिन्छ भन्ने लागेको थियो, तर विभिन्न कारणले गर्दा अझै सकिने अवस्था रहेन । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धिलगायत कारणले असार मसान्तसम्म काम सकिने सम्भावना छैन, तर संरचनात्मक (स्ट्रक्चर)को काम करिब सबै सकिएको छ, पहिलेको तुलनामा धेरै काम भएको छ ।”

यस खण्डको केही सडक अघिल्लो निर्माण कम्पनीले कालोपत्र गरेको थियो । उक्त कालोपत्र उप्किएर अहिले सडक थप जोखिमयुक्त बनेको स्थानीय कुलराज कँडेलले बताए । लोकमार्गअन्तर्गत बागलुङको विकट क्षेत्रमा कालोपत्र भइसक्दा बिहुँ खण्ड भने ठेकेदारको लापरबाहीले अहिलेसम्म हिलाम्मे र धुलाम्मे रहेको उनको भनाइ छ ।

निर्माण कम्पनीले चासो दिएर काम नगर्दा हजारौँ यात्रु र स्थानीयले समस्या भोग्नुपरेको कँडेलले गुनासो ग । “यो सडकमा दैनिक सयौँ गाडीमा हजारौँ यात्रुले यात्रा गर्छन्, हिलो र धुलोले गर्दा सबैले समस्या भोग्नुपरेको छ”, उनले भन, “साथै लोकमार्ग आसपासका स्थानीयलाई धुलो र धुवाँले थप सास्ती भएको छ । हिउँदभरि धुलो उडेर बारीभरि भएका फलफूल र सब्जीलाई ढाक्छ, बर्खामा हिलोले सबै पुरिन्छ, यो समस्याले गर्दा गाउँमा बस्न सकिने अवस्था छैन ।”

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

काठमाडौँ। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ ।

जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत हो ।

हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार विशेषगरी महिनाको सुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन ।

मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

देशभर मनसुन विस्तार हुनसकेको छैन । मौसमविद् ढकालले पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने बताउनुभएको छ । विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।

विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ ।

विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

रास्वपा पदाधिकारी निर्वाचनमा मतदाता घटे, १,६७० प्रतिनिधिले गरेनन् मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही ढिलो गरी सुरु भएको थियो।

निर्वाचन समितिका अनुसार केन्द्रीय समिति सदस्यका लागि २ हजार ९५९ मत खसेको थियो। तर पदाधिकारीतर्फ हालसम्म १ हजार १२८ मत मात्र खसेको छ। यसअनुसार केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरेका प्रतिनिधिमध्ये १ हजार ६७० जनाले पदाधिकारी चयनमा मतदान गरेका छैनन्।

महाधिवेशन लम्बिएका कारण केही प्रतिनिधि मतदान नगरी नै घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ। त्यसकै प्रभावस्वरूप पदाधिकारी निर्वाचनमा मतदाताको संख्या उल्लेख्य रूपमा घटेको देखिएको हो।

रास्वपाले यस चरणमा सभापति, दुई उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी पाँच पदाधिकारीका लागि निर्वाचन गरिरहेको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

रास्वपाको उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मतदानमा उपसभापति पदकी उम्मेदवार सोविता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

त्यसैगरी, चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। महामन्त्री पदका लागि विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा थिए।

यसअघि महामन्त्रीका आकांक्षी गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ – मन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्। “यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ”, उनले भने, “अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।”

मन्त्री पोखरेलले स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भने, “विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।”

विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।

कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो

काठमाडौँ। गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।

मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव विश्वामित्र कुइँकेलले कुल १८.२५ पूर्णङ्कमा मनाङले १८ अङ्क प्राप्त गरी प्रथम भएको जानकारी दिए । यसअघि पनि मनाङ पहिलो भएको उनले बताए।

मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो तैमासिक नतिजाअनुसार १७.८७ अङ्क प्राप्त गरी म्याग्दी जिल्ला दोस्रो भएको छ । समान १७।६२ अङ्कका साथ भक्तपुर र रसुवा जिल्ला तेस्रो हुन सफल भएको छ ।

त्यसपछि क्रमशः मकवानपुर र स्याङ्जा पाँचौँ, नुवाकोट, पूर्वीरुकुम र रुपन्देही सातौँ स्थानमा रहेको छ । कास्की, झापा, डोटी र नवलपरासीपूर्व १०औँ स्थानमा रहेको छ । काठमाडौँ २।५ अङ्क प्राप्त गरी ७६औँ र धनुषा १.६८ अङ्क प्राप्त गरी ७७औँ स्थानमा रहेको छ ।

उपसचिव कुइँकेलका अनुसार गृह मन्त्रालयले नागरिकको सेवा प्रवाह, प्रशासन कार्यालयको कार्यसम्पादन, उत्तरादायित्वलगायत सूचक र मापदण्डका आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो ।

यस्तै मुद्दा फछर्योटको अवस्था, विपद् व्यावस्थापनमा गरेको काम, विकास निर्माणका कामहरूका सन्दर्भमा गरिएको कामलगायत विभिन्न मापदण्डमा आधारित रहेर मूल्याङ्कन हुने उले जानकारी दिए ।

मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झापा बाहुनडाँगी क्षेत्रका हात्तीपीडित नागरिकले ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री कार्कीलाई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले थप समस्या झेल्न नपरोस् भनी मेचीनगर नगरपालिका–१ देखि ४ नं वडासम्मका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।

स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधिभण्डलले हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले लगाइएको अन्नबाली नष्ट गर्ने तथा घरगोठ भत्काउने गरेकाले त्यसको स्थायी र प्रभावकारी रोकथाम गर्न मुख्यमन्त्री समक्ष आग्रह गरेको छ ।

बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा समेत जङ्गली जनावरको आक्रमणबाट जोगाउने प्रभावकारी योजना घोषणा गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।

त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले मानव र वन्यजन्तुबीचको द्वन्दका रूपमा रहेको हात्तीसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने धारणा राखे ।

काठमाडौँ उपत्यकामा बर्डफ्लुको जोखिम बढ्दै, नियन्त्रणका लागि उच्च सतर्कता

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताए । उनका अनुसार तीन महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।

करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन् । करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । काठमाडौँ उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा सङ्क्रमण पुष्टि भएको छ ।

बर्डफ्लुका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे ।

विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लु समन्वय समिति गठन गरिएको छ । नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए ।

सडक सीमाभित्रका संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन सुर्खेतको निर्देशन

सुर्खेत। सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायतका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा समस्या उत्पन्न भएको जनाएको छ। त्यस्ता सडकको सीमाभित्र निर्माण गरिएका संरचना १५ दिनभित्र सम्बन्धित पक्षले आफैँले खाली गराउन कार्यालयले निर्देशन दिइएको हो।

डिभिजन कार्यालयका अनुसार भेरी करिडोर (छिन्चु–छेडा सडक), कर्णाली राजमार्गका हर्रे बाँङ्गेसिमल, बाँङगेसिमल दहीखोला, मध्यपहाडी राजमार्गको सुयाडा साइखोला, बाटोचौर काल्चे सडक, सुर्खेत–दैलेख महावु सडकमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको छ।

तोकिएको समयभित्र अतिक्रमण नहटाइए कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख इन्जिनियर विवशबाबु सदादेवले जानकारी दिए।

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् ।

चिसापानीको सानो भूगोलमात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौँदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौँदेखि एउटा प्रश्न अनुत्तरित छ– के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् ? पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट त्यसको उत्तर दिन केही प्रयास सुरु भएका छन् । तिनै प्रयासमध्येको एक महत्त्वकाङ्क्षी परियोजना हो– जालपादेवी केबलकार ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजनाअन्तर्गत विभिन्न पूर्वाधार बन्दैछन् । आइएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब रु छ अर्ब लगानी अनुमान गरिएको परियोजनामा तीन दशमलव एक किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।

यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधारमात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठूलो सपनाका रूपमा हेर्ने गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँर यति ठूलो निजी लगानीको पर्यटन आयोजनालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुदूरपश्चिममा यति ठूलो निजी लगानीको पर्यटन आयोजना निर्माण हुनु आफैँमा ऐतिहासिक छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् ।”

त्यसैगरी, टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का र पदमराज चौलागाईँ पनि सुदूरपश्चिम क्षेत्रमा आएको यो ठूलो लगानीको आयोजना प्रदेशवासीकै गौरव हो भन्दै यसले प्रदेशमा थप लगानी आकर्षित गर्नका लागि ठूलो मद्दत पुग्ने धारणा राख्नुहुन्छ ।

गोण्डोलासँगै झुल्नेछन् समृद्धिका सपना

करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने महत्वाकाङ्क्षी सपना देखेका थिए । त्यो सपनासँग विभिन्न क्षेत्रका ९९ जना व्यवसायी जोडिएका थिए । विभिन्न कारणले लामो समयसम्म अघि बढ्न नसकेको उक्त योजना आइएमई समूहको सहभागितापछि निर्माणको चरणमा पुगेको हो । यो परियोजना २०८१ साल पुुस १३ मा शिलान्यास भई गत वर्ष असारमा निर्माण सुरु भएको थियो ।

आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माणकार्य हाल तीव्रगतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ ।

“हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना सञ्चालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पोल ठड्याउने (इरेक्सन), बटम तथा टप स्टेशन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यसलगत्तै तार तान्ने (स्ट्रिङगिङ) र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।”

हाल टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । इन्जिनियर पौडेल भन्नुहुन्छ, “यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन् ।”

लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक तिमिल्सेना करिब १३ वर्षअघिको सपनाले साकार रूप लिन थालेकाले स्थानीय क्षेत्रमा उत्साह थपिएको बताउनुहुन्छ । केवलकार परियोजना सञ्चालनमा आए कैलालीको अत्यधिक गर्मीबाट जोगिन शीतलता खोज्ने रैथाने नागरिक र बाह्य पर्यटक दुवैका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने उहाँको भनाइ छ । यहाँ निर्माण हुने सुविधासम्पन्न पूर्वाधारले पर्यटकको बसाइँ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशेढुङ्गाको काम गर्ने तिमिल्सेनाको विश्वास छ ।

पर्यटन र अर्थतन्त्र सुधारको आधार

हाल चिसापानी क्षेत्रमा चिसापानी पुलबाहेक धेरै पूर्वाधार छैनन्, तथापि दैनिकजसो करिब पाँचदेखि सात सय आन्तरिक पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेका जानकारहरू बताउँछन् । यसरी आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका छन्, तर नयाँ संरचना सञ्चालनमा आएमा उनीहरूको बसाइँ लम्बिने र यसबाट स्थानीयस्तरमा आर्थिक अवसरका ढोका खोल्ने पर्यटन व्यवसायी देवराज जैशीको विश्वास छ ।

यहाँ निर्माण हुने केबलकारले चिसापानीलाई राजकाँडासँग जोड्नेछ, तर यसको प्रभाव केबल केही मिनेटको यात्रामा सीमित रहने छैन । यहाँ निर्माण हुने पूर्वाधारले राजकाँडालाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, र्‍याफ्टिङ (जलपर्यटन) लगायत साहसिक पर्यटनलाई ‘प्याकेज’कै रूपमा विकास गरिनुपर्ने व्यवसायी जैसीको सुझाव छ ।

“राज्यले पनि अब गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गर्नुपर्छ । यहाँका सम्भावनालाई एउटा प्याकेजमा जोडेर विकास गर्न सकिए कर्णाली चिसापानीबाट समृद्धिको नयाँ यात्रा तय गर्न सकिन्छ । त्यसको आधारका रूपमा केबलकार र त्यससँग जोडिएका संरचनालाई लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

पर्यटन विकासको सबैभन्दा ठूलो लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने मान्यता छ । होटल व्यवसायी टङ्क पराजुली जालपादेवी केबलकार परियोजना सञ्चालनमा आए स्थानीयस्तरमा रोजगारीका अवसर सृजनामा टेवा पुग्ने बताउनुहुन्छ । “परियोजना सञ्चालनमा आए निश्चय पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ, जसले राजकाँडा र आसपासका गाउँमा उत्पादित सामग्रीले बजार पाउनेछन् । यसले किसानलाई उत्पादन बढाउन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सहयोग पुर्याउनेछ । त्यसैले यस्ता परियोजनाहरू हाम्रो क्षेत्रमा बन्नु निकै खुसीको कुरा भएकाले नै स्थानीयहरूमा पनि यस्ता आयोजना साझा सम्पत्ति हुन् भन्ने भावना जागृत हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

रोजगारीका नयाँ ढोका

सुदूरपश्चिमका धेरै युवाको रोजगारीको अन्तिम विकल्प अझै भारत वा खाडी मुलुक हुन् । गाउँका खाली हुँदै गएका घर, वृद्धवृद्धा र बालबालिकामा सीमित हुँदै गएको सामाजिक संरचनाले यही यथार्थ बोलिरहेको छ, तर जालपादेवी केबलकार परियोजनाले त्यो प्रवृत्तिलाई केही हदसम्म रोक्न सक्ने स्थानीयको आशा छ ।

केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सृजना हुने व्यवसायी कालु हमालको अपेक्षा छ ।

“हालसम्म एउटा पुल छ, अब केबलकारलगायत पूर्वाधार थपिने भए । त्यसले पर्यटकको आकर्षण बढाउने छ । साहसिक पर्यटकका लागि जलपर्यटन, धार्मिक आस्था राख्नेका लागि जालपादेवी र वातानुकूलित मौसममा रमाउनेका लागि यहाँ तमाम विकल्प छन्”, उहाँ भन्नुहुन्छ, “यहाँबाट काठमाडौँ छ सय किलोमिटर छ, तर दिल्ली चार सय मात्रै । धेरै जनसङ्ख्या भएका भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने वातावरण बनाएर केबलकारलाई केन्द्रमा राखेर कर्णाली नदीको किनारैकिनार नयाँ सम्भावना स्थापित गर्न सकिन्छ, जसले स्थानीयस्तरमा रोजगारीका धेरै अवसर सृजना गर्नेछ ।”

राजकाँडा क्षेत्रतर्फमात्र नभई कणाली नदीको तीन–चार सय किलोमिटर क्षेत्रमै पर्यटनका नयाँ सम्भावना खोज्न सकिने भएकाले सरकारले सार्वजनिक जग्गाको व्यावसायिक उपयोग र व्यवसायीले एकीकृत प्याकेज बनाएर विकासमा लाग्नुपर्ने हमालको सुझाव छ ।

बसेरा थारू होमस्टे बल्चौरका अध्यक्ष किशोर थारू पर्यटकको आगमनसँगै घरमै पाहुँनाको स्वागत गरी आर्थिक लाभ लिने अवस्था बन्नेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ । “केवलकार सञ्चालनमा आएपछि हाम्रा रैथाने सीप, सभ्यता र संस्कारको प्रचारप्रसार गर्दै आर्थिक लाभ लिन सहज हुनेछ । स्थानीय कृषिउपज, हस्तकला, होटल व्यवसाय र साना उद्यमले नयाँ जीवन पाउनेमा हामी आशावादी छौँ”, उहाँ भन्नुहुन्छ ।

परियोजनाका लागि यहाँको भूगोल महत्त्वपूर्ण छ । खुला सीमा, सहज सडक सञ्जाल र विशाल भारतीय बजारको निकटताले यस क्षेत्रलाई अन्तरदेशीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ । भारतसँगको खुला सीमा, निकट बजार र सहज यातायात पहुँचका कारण यस क्षेत्रको सम्भावना निकै ठूलो छ । उत्तराखण्ड र उत्तरप्रदेशजस्ता दुई ठूला भारतीय राज्यसँग हाम्रो प्रत्यक्ष पहुँच छ, जहाँ २७ करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दिल्ली, लखनऊ, बरेली, देहरादुनलगायतका सहरबाट सडकमार्ग हुँदै सहज रूपमा यहाँ पुग्न सकिन्छ । स्थानीय व्यवसायी एवं नागरिकहरू भने परियोजनाको प्रचारप्रसार व्यापक मात्रामा गर्नुपर्ने र यसबाट बहुआयामिक लाभ लिन सकिने सुझाव दिन्छन् ।

कञ्चनपुरको गड्डाचौकी (१२५ किमी), कैलालीको गौरीफन्टा (करिब ८८ किमी) र बाँकेको रूपैडिहा नाका (९३ किमी) बाट सहज सडक पहुँच भएकाले यो क्षेत्र सीमावर्ती भारतीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । यस्तै, टीकापुरस्थित सत्ति छोटी भन्सार र तीकुनिया क्षेत्र पनि नजिकै रहेकाले विशेषगरी गर्मी मौसममा राहत खोज्ने भारतीय पर्यटकका लागि राजकाँडाको शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, रोमाञ्चक केबलकार यात्रा र धार्मिक पर्यटन विशेष आकर्षण बन्न सक्छ ।

चिसापानी भौगोलिक रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको सङ्गमस्थलजस्तै छ । लामो समयदेखि पथप्रदर्शकको रूपमा काम गर्दै आउनुभएका बर्दियाका राजन चौधरी कर्णाली क्षेत्र मनोरञ्जन, जङ्गल सफारी, जलपर्यटन र धार्मिक आस्था राख्ने सबै किसिमका पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र केवलकार सञ्चालनले त्यसमा थप आकर्षण थप्ने बताउनुहुन्छ ।

“पछिल्लो समय नेपालीहरूमा पनि नयाँ ठाउँ जाने र रमाउने बानीको विकास भइरहेको छ । करिब दुईतीन घण्टाको दूरीमा भारतका ठूलो जनसङ्ख्या भएका क्षेत्र चिसापानीसँग जोडिन सहज सडक सञ्जाल छ । उत्तराखण्डका बनबासा, खटीमा, हल्द्वानी र रुद्रपुरजस्ता सहरबाट पनि सडकमार्ग हुँदै केही घण्टामै चिसापानी पुग्न सकिन्छ । त्यहाँबाट आउने पर्यटकको सानो अंशमात्रै आकर्षित गर्न सकियो भने पनि पर्यटनमार्फत सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो परिवर्तन टेवा पुग्न सक्छ । जालपादेवी केबलकार त्यसको एउटा बलियो आधार बन्दैछ”, उहाँले भन्नुभयो ।

समृद्धिको भावी मार्गचित्र र बहुप्रादेशिक लगानी

जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । यस आयोजनाले सुदूरपश्चिमको विकासमा पार्ने बहुआयामिक आर्थिक तथा सामाजिक प्रभावबारे उहाँ भन्नुहुन्छ, “नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सकेमात्र पर्यटकको सङ्ख्या बढाउन, उनीहरूको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । त्यसलाई मध्यनजर गरी बनाउन लागिएको यो आयोजना सुदूरपश्चिमको आर्थिक समृद्धिको संवाहक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

अध्यक्ष ढकालका अनुसार जालपादेवी केबलकार देशभर पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन सोचको एक महत्त्वपूर्ण अध्याय हो । “हाम्रो लक्ष्य एउटा परियोजनामा सीमित रहने होइन, सातै प्रदेशमा यस्तै खालका ठूला पर्यटन पूर्वाधार विकास गर्ने हो । सोही रणनीतिक योजनासहित अघि बढिरहेका छौँ । यसले समग्र देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्याउनेछ”, उहाँले भन्नुभयो ।

वर्षौँदेखि सम्भावनाको रूपमा मात्र चर्चा हुँदै आएका कर्णाली किनारका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अब जालपादेवी केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटकीय परिपथमा जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिने यहाँका उद्योगी व्यवसायीको विश्वास छ ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौँ । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।

राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ । कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ४० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन २७ अन्य सवारी नियम पालना नगरेका एक हजार ७०० जनालाई कारबाही गरिएको हो ।

प्रतिनिधिसभाको बैठक आज, यस्ताे छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यसूचीअनुसार आजको विभिन्न विधेयक प्रस्तुत तथा आर्थिक विधेयकमाथि छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिनेछ ।

आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

सुशासन समितिको बैठक आज बस्दै, यी हुन् छलफलका विषय

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ।

बैठक बिहान १०ः३० बजे समितिको सभाकक्षमा बस्ने भएकाे हाे

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुने कार्यसूची छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेपछि उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेको थियो ।

अर्को महिला उपसभापति पदमा भने चुनाव हुनेछ । उपसभापतिका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा। तोसिमा कार्कीले दावी गरेका छन् ।

रास्वपाको केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित, को को हुन् ? हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सबैभन्दा धेरै मत पाएका वाग्लेले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । त्यसपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले बढी मत पाएका छन् । कसले कति मत पाए तल तालिकामा हेर्नुहोस्

एमालेलाई एकताबद्ध बनाएर अगाडि बढाउने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो ।

उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए ।पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।

नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता बनेको छ ।नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन ब्रोबेको गोलमा नेदरल्याण्ड्स २–० को स्थितिमा पुग्यो ।

समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै १ र स्वीडेनसँग ५–१ अन्तरले विजयी हुँदै तीन अंक बुटलेको थियो । ट्युनिसियासँगको जितबाट तीन अंक प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अंक सात पुगेको छ ।

यता, जापान र स्वीडेनबीचको खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल १–१ को बराबरीमा टुंगिएको हो । जापानका लागि डाइजेन माएडाले ५५ औँ मिनेटमा गोल गरेका थिए । स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

जापानले यसअघि नेदरल्याण्ड्ससँगको खेल बराबरीमा टुंग्याएको थियो भने ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो । स्वीडेनले समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराएको थियो भने नेदरल्याण्ड्ससँग ५–१ ले पराजित भएको थियो ।तालिकामा जापान दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहेका छन् । समूह चरणका सबै खेलमा पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिन पुगेको छ ।

कर्णाली प्रदेशसभाः विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु

कर्णाली। कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बिहीबार बसेको १४औँ बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरूमाथि छलफल सुरु भएको जानकारी दिए ।

कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले वडा तथा पालिका योजना प्राथमिकतामा नपरेको धारणा रा ।

प्रदेशसभा सदस्य इन्दिरा शाहीले वैज्ञानिक भूउपयोग नीतिलाई कार्यान्वयनमा लैजानुपर्ने विषयलाई सरकारलाई सुझाउँदै परम्परागत, निर्वाहमुखी अवस्थाबाट कृषिलाई आजको आवश्यक प्रविधिसँग जोडेर अगाडि बढ्न आग्रह गरे । बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले आवश्यक पूर्वाधारका संररचना बन्न नसकेको उनको भनाइ थियो ।

प्र्रदेशसभा सदस्य रनसिंह परियारले बजेटले पशुपालन, दुग्ध विकास, उत्पादन र उत्पादकत्व बढाउने सकरात्मक कार्यक्रम ल्याएको बताए । यद्यपि, विगतका कार्यक्रमको निरन्तरता भएको टिप्पणी गर्दै उन ले ठोस योजना ल्याएर युवाहरूलाई कृषितर्फ आकर्षण गर्ने कार्यक्रम लागू गर्न सरकारलाई अनुरोध गरे ।

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौँ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ ।

देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशका तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

हुम्ला। हुम्लाका सातवटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।

सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकता राख्दै आगामी आवका लागि रु ६४ करोड ९५ लाख २८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार घर बिमा, नवयुवाका लागि सीप विकासलगायत कार्यक्रमलाई अघि सारिएको छ ।

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ३८ करोड ९७ लाख ८८ हजार २१८ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार कुल बजेटमध्ये रु १९ करोड २० लाख ९६ हजार २१८ चालुतर्फ र रु १९ करोड ७६ लाख ९२ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँसभामा प्रस्तुत बजेटमा विकास निर्माण, प्रभावकारी सेवाप्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

खार्पुनाथ गाउँपालिकाले रु ४९ करोड ९५ लाख ५७ हजार २८८ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार रु २१ करोड ९८ लाख पुँजीगततर्फ र रु २७ करोड ९७ लाख ५७ हजार २८८ चालुतर्फ विनियोजन गरिएको छ । स्मार्ट गाउँपालिका, रैथाने बाली प्रवर्द्धन तथा माटोका छानामुक्त घर निर्माणलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।

त्यसैगरी, ताँजाकोट गाउँपालिकाले रु ३५ करोड ५७ लाख १० हजार ९६६ को बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैशीका अनुसार शिक्षा, स्वास्थ्य, उत्पादन, घर बिमा तथा ‘अध्यक्षसँग नवयुवा’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पर्यटन, आयआर्जन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै रु ३५ करोड ३२ लाख १५ हजार ८८८ को बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए ।

मध्यक्षेत्रमा रहेको सर्केगार्ड गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ५४ करोड २७ लाख ९४ हजार १२ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार आएको बजेटलाई विषयगत समितिमा विनियोजन गरी आवश्यक छलफलपश्चात् बजेट पारित गरिने बताए ।

चङ्खेली गाउँपालिकाले रु ४२ करोड २९ लाख २० हजार ११० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार कुल बजेटमध्ये रु २३ करोड ९० लाख २७ हजार ११० चालुतर्फ र रु १८ करोड ३८ लाख ९३ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले बताए ।

सातवटै गाउँपालिकाले उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका सबै गाउँपालिकाले पहिलो पटक एकैदिन गाउँसभाको आयोजना गरी बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ – जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो ।

त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि जित निकाल्यो ।

यसैबीच आजै भएको यसै समुहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो । खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको सातौँ मिनेट र ६४ औँ मिनेटमा गोल गरेका हुन् ।

समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अङ्क बनाएको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको छ ।

इक्वेडरले चार अङ्क बनायो । एक अङ्क जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौँ। विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेसँगै नेपाली फुटबल क्षेत्रमा अन्यौलता छाएको हो ।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्वन गर्ने निर्णय गरेको छ । एन्फाको निर्वाचन प्रक्रिया, राष्ट्रिय खेलकुद परिषद्का निर्णयहरू तथा सरकारी निकायको हस्तक्षेप भएको भन्दै फिफाले विस्तृत समीक्षा गरेको थियो । राष्ट्रिय फुटबल सङ्घहरु स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने र कुनै पनि सरकारी वा बाह्य निकायको हस्तक्षेप हुन नहुने फिफाको मान्यता छ ।

विसं २०७९ असार ६ गते निर्वाचित पङ्कजविक्रम नेम्वाङको वर्तमान कार्यसमितिले समयअगावै निर्वाचनको मिति सार्वजनिक गरेपछि एन्फाभित्र विभिन्न विवाद हँुदै आएको थियो । वर्तमान कार्यसमितिले बहुमतका आधारमा गत पुस १६ गते जिल्ला र प्रदेशको निर्वाचन नैै नगरी गत चैत १३ गते केन्द्रीय निर्वाचनको मिति सार्वजनिक गरेपछि विवाद झन लम्बिएको थियो ।

यस विषयमा फिफा र एएफसीले कुनै आपत्ति नजनाएपछि एन्फाले जबर्जस्ती चुनावी प्रक्रिया अगाडि बनाउने कोसिस ग¥यो । यही विवादबीच सरकारको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद्ले विधानविपरीत भएको भन्दै निर्वाचन प्रक्रिया रोक्नका लागि निर्देशनसमेत दियो । त्यसबीच एन्फाका केही कार्यसमिति सदस्यहरूले निर्वाचन प्रक्रियाविरुद्ध उजुरी दिएका थिए । यसै क्रममा पाटन उच्च अदालतले निर्वाचन गतिविधि रोक्न अन्तरिम आदेश जारी गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार विधान संशोधन गर्न निर्देशन दिएको थियो ।

त्यसपछि राखेपको निर्देशन अवज्ञा गरेको भन्दै गत चैत ११ गते एन्फालाई राखेपले तीन महिनाका लागि निलम्बनसमेत ग¥यो । पटकपटक वार्ता गरेपछि राखेपले गत जेठ १ गते निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवासँगै नेपाली राष्ट्रिय महिला टोलीले भारतमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । विभिन्न विवादबीच सहभागिता जनाएको नेपाली महिला टोलीले उल्लेखनीय प्रदर्शन गर्न सकेन । त्यतिबेला नेपाल सेमिफाइनल खेलबाट बाहिरिएको थियो । सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएर घर फर्किएको थियो ।

पछिल्लो पटक एन्फाका अध्यक्ष नेम्बाङ र महासचिव किरण राई विश्वकप फुटबल प्रतियोगिताका लागि मेक्सिको प्रस्थान गर्न लाग्दा अध्यागमन विभागले विमानस्थलबाटै नै फर्काएको थियो । अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश शाहले सरकारले समयमा नै समन्वयनको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

, “फिफाको चाहना सरकार वा कुनै पनि निकायको हस्तक्षेपबिना चल्नुपर्ने थियो तर फिफाको विधानविपरीत एन्फा सञ्चालनमा रोक लागेपछि फिफाले निलम्बन गरेको हो । उनले भ , “जतिसक्दो चाँडो सरकारले यस विषयमा समन्वय गर्न आवश्यक छ । तेस्रो पक्षको हस्तछेप नभएमा फिफाले निलम्बन हटाउन सक्छ । त्यसैले सरकारले यस विषयमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक छ ।”

सीमा नाकामा सहजीकरण गर्न ‘बोर्ड र इन्ट्रयाक्सन टिम’ गठनको तयारी

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन भइरहेको बताएका छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज सञ्चारकर्मीसँगको भेटमा उहाँले मौसमजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी सरोकारवाला निकायसँग पूर्णसमन्वयका साथ काम प्रारम्भ भइसकेको बताए ।

महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई विगतभन्दा थप व्यवस्थित बनाउने ढङ्गबाट काम गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । सीमा अपराध नियन्त्रणको सन्दर्भमा जनशक्ति, प्रविधि र परिचालनको चुनौती भोग्नुपरेको उल्लेख गर्दै उनले परिणाममुखी कामका लागि सङ्गठन प्रतिबद्ध रहेको बताए।

राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै उनले त्यस विषयलाई सङ्गठनले आत्मसात गरेर सरकारको लक्ष्य प्राप्तिमा कटिबद्ध भएर परिचालित भएको बताए ।

 

सशस्त्र प्रहरीसम्बन्धी कानुन निर्माणका प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै महानिरीक्षक पौडेलले त्यसबाट कानुनी र नीतिगत स्पष्टता ल्याउने धारणा राखे ।

उहाँले आर्थिक सुशासन र पारदर्शीता सरकारको मूल लक्ष्य भएको सन्दर्भमा सङ्गठनभित्रका आर्थिक पारदर्शीता र सुशासनसम्बन्धी गुनासालाई समयमै निराकारण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे।

“आन्तरिक सुरक्षालाई मबजुद बनाउने गरी काम भइरहेको छ, अहिले नयाँ कुरा ‘सेटअप’ गर्नेभन्दा पनि भइरहेको कुराबाट कसरी उत्कृष्ट नतिजा दिने भनेर हामीले काम गरिरहेका छौँ”, महानिरीक्षक पौडेलले भने । सरकार र जनताको अपेक्षा पूरा गर्न सशस्त्र प्रहरी बल क्रियाशील रहेका उनकोे भनाइ थियो ।

महानिरीक्षक पौडेलले पछिल्लो समय सङ्गठनको नीति, अनुसन्धान तथा योजना निर्देशनालय गठन गरी सङ्गठनका कार्य जिम्मेवारीलाई विगतभन्दा व्यवस्थितरुपमा अघि बढाउने काम थालिएको जानकारी दिए ।

उनले भने, “हाम्रा ‘म्यान्डेट’ र जिम्मेवारीलाई विगतभन्दा पनि भविष्यमा चाहिँ कसरी उत्कृष्ट बनाउने रु हाम्रा जिम्मेवारीलाई कसरी अगाडि लैजाने रु कसरी सङ्गठनलाई विकास–विस्तार गर्ने र यसका विभिन्न आयाममा अनुसन्धान र योजना निर्माण गर्ने उद्देश्यले काम भइरहेको छ ।”

सीमा सुरक्षा तथा सीमा नाकालाई व्यवस्थित बनाउन मुख्य नाकामा ‘बोर्डर इन्ट्रयाक्सन टिम’ ९बिआइटी० संयन्त्र गठन गर्न लागिएको जानकारी दिँदै महानिरीक्षक पौडेलले सो संयन्त्रले नाकामा समकक्षी सङ्गठनसँग समन्वय अभिवृद्धिसँगै यात्रुको आवातजावतलाई सहजीकरण गर्ने बताए ।

रास्वपाको केन्द्रीय सदस्यको नतिजा सार्वजनिक

काठमाडौं – रास्वपाको केन्द्रीय सदस्यमा भएको मतदानको अन्तिम मतपरिणाम सुनाइँदै छ । रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहने मध्ये ९९ जना मतदानबाट निर्वाचित हुनेछन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतस् केन्द्रीय सदस्य रहनेछन् । बिहान सम्पन्न मतदानमा केन्द्रीय सदस्यका लागि ३७९ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

रास्वपामा स्वर्णिम वाग्लेको क्रेज : २६५६ मतसहित केन्द्रीय सदस्य निर्वाचनमा पहिलो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा डा। स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत ल्याएका छन् । उनलेप्रवास समितिको सबै मत प्राप्त गरेको बताइएको छ ।

उनले २६५६ मत प्राप्त गर्दै पहिलो बनेका हुन् । रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्यमा ९९ जना मतदानबाट निर्वाचित हुनेछन् ।त्यसपछि ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्ने भर्एका छन् ।

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ, १९ बुँदे निर्देशन जारी

कास्की। पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा सञ्चालनमा रहेका डुङ्गा, कायकिङ तथा सर्फिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन आज १९ बुँदे निर्देशन जारी गरेको हो ।

सूचनाअनुसार अब डुङ्गा, कायकिङ र सर्फिङमा सहभागी सबैले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । ज्याकेटबिना कुनै पनि जलपर्यटन गतिविधि सञ्चालन गर्न पाइने छैन । सेवा प्रदायकले गतिविधि सुरु गर्नुअघि सेवाग्राहीलाई सञ्चालन विधि, सम्भावित जोखिम, आपतकालीन अवस्था र सुरक्षाका उपायबारे पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

यसैगरी, प्रशासनले कास्कीमा दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षाको जोखिम बढेको भन्दै सामान्य अवस्थामा दिउँसो २ः०० बजेपछि विशेष सावधानी अपनाउन र साँझ ६ः०० बजेपछि डुङ्गा, कायकिङ तथा सर्फिङजस्ता जलपर्यटन गतिविधि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।

मौसम सामान्य भए पनि एक्कासी हावाहुरी चल्नसक्ने भएकाले आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर मात्र सेवा सञ्चालन गर्न सूचनामार्फत भनिएको छ । जलपर्यटन गतिविधिमा देखिएको लापरबाही, दर्ता तथा बिमासम्बन्धी कमजोरी र पछिल्ला दुर्घटनाका घटनालाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

जलपर्यटन व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएको, मूल्यसूची नराखिएको, सेवाग्राहीलाई बिल नदिएको, बिमा नगरिएको तथा असुरक्षित ढङ्गले सेवा प्रदान गरिएको गुनासो प्राप्त भएपछि अनुगमनका क्रममा देखिएका विषयलाई समेटेर सो निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

त्यस्तै, व्यवसायी तथा सञ्चालकले धूमपान, मद्यपान वा लागुपदार्थ सेवन गरेर सेवा सञ्चालन गर्न नपाउने तथा त्यस्तो अवस्थामा रहेका सेवाग्राहीलाई पनि सेवा दिन नपाइने प्रशासनले जनाएको छ । यसैगरी १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना यस्ता गतिविधिमा सहभागी गराउन नपाइने सूचनामा उल्लेख छ ।

दुर्घटना भए तत्काल उद्धार गर्नुपर्ने, फेवातालमा खटिएको सशस्त्र प्रहरीको रेस्क्यु टोली तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्ने र घाइतेलाई नजिकको अस्पताल पु¥याई उपचारको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

सूचनाविपरीत गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै प्रशासनले जलपर्यटन व्यवसायी, सरोकारवाला निकाय र सेवाग्राही सबैलाई सुरक्षा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् ।कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो ।

विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ ।

सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ ।

केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस। फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर बन्द गरेको छ ।

उच्च उष्ण लहरका कारण नदीहरूको पानी तात्दै गएको अवस्थामा अत्यधिक तातो पानी नदीमा नछोड्नका लागि यो पर्यावरण संरक्षण उपाय अपनाइएको हो ।

देशको विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पावर प्लान्टहरूले रियाक्टरलाई चिस्याउन नदीको पानी प्रयोग गर्छन्, जसले पानी तताउँछ र त्यसपछि सोही पानी नदीमा फिर्ता छोडिन्छ। यसले वातावरणलाई तताउँछ र उष्णलहरको जोखिम निम्त्याउँछ ।

‘इलेक्ट्रिसाइड डे फ्रान्स (इडिएफ)’ ऊर्जा समूहले बिहीबार उत्तरी फ्रान्सको सेन नदीमा रहेको ‘नोगेन्ट–सुर–सेन पावर प्लान्ट’ र दक्षिण–पूर्वी शहर लियोन नजिकैको रोन नदीमा रहेको ‘बुगेय प्लान्ट’मा दुई रियाक्टर अस्थायी रूपमा बन्द गरेको जनाएको छ। यो नदीको तापक्रम सीमालाई पालना गर्नका लागि गरिएको हो ।

सेन नदीबाट निकालिएको पानी र फिर्ता छोडिने पानीबीचको तापक्रम वृद्धिलाई सीमित गर्न नोगेन्ट–सुर–सेन प्लान्टले केही दिनअघि नै अर्को रियाक्टरको उत्पादन घटाइसकेको थियो, यसले जलचर बिरुवा र जनावरको जीवनलाई संरक्षण गर्नेछ ।”

फ्रान्सका ५७ आणविक रियाक्टरहरूमा उत्पादन रोक्ने वा घटाउने कार्य नदीहरूमा रहेका बिरुवा तथा जनावरको जीवन रक्षा गर्नका लागि बनाइएका पर्यावरणीय दायित्व पूरा गर्नका लागि गरिन्छ ।

उष्ण लहरका बेला नदीको तापक्रम बढ्दा इडिएफलाई उत्पादन घटाउन वा पूरै रोक्न बाध्य बनाउँछ, ताकि चिस्याउने पानी छोडेर नदीलाई थप तातो हुनबाट जोगाउँछ ।

फ्रान्स युरोपलाई प्रभावित पारिरहेको घातक रेकर्ड तोड्ने उष्ण लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

इडिएफले सोमबार नै दक्षिण–पश्चिम फ्रान्सको गारोन नदीमा रहेको गोल्फेच प्लान्टको एउटा रियाक्टर बन्द गरिसकेको थियो र अन्य स्थलहरूमा पनि उत्पादन घटाएको छ।

गत वर्ष फ्रान्सको विद्युत उत्पादनको करिब ७० प्रतिशत आणविक ऊर्जाबाट आएको थियो। फ्रान्सको ग्रिड सञ्चालक आरटिईले बुधबार एएफपीलाई बताएअनुसार ‘केही उत्पादन केन्द्रहरूमा उत्पादन रोकिए पनि फ्रान्ससँग विद्युत माग पूरा गर्न पर्याप्त उत्पादन क्षमता छ।”