`

जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु

Nepal One HD ११ असोज २०८३ २१:४८
विश्व

फ्रान्कफर्ट। दक्षिण जर्मनीमा ‘अक्टोबरफेस्ट’ बियर महोत्सवका लागि पर्यटक बोकेर म्युनिखतर्फ जाँदै गरेको बस राजमार्गमा दुर्घटनाग्रस्त हुँदा दुई फिलिपिनी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ४ बजे भएको दुर्घटनामा अन्य आठ जना गम्भीर घाइते भएका छन् । अपर बभेरिया प्रहरी कार्यालयकी एक प्रवक्ताले एएफपीलाई बताएअनुसार, ट्राभल कम्पनीले भाडामा लिएको उक्त बसमा म्युनिखमा आयोजना हुने अक्टोबरफेस्टमा सहभागी हुन करिब ५० जना फिलिपिनी पर्यटक सवार थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार, अस्ट्रियाको सीमाना नजिकैको बुक्लो क्षेत्रबाट गुज्रिरहेको बेला बस सडकबाट बाहिरिएर पल्टिएको थियो । बस इटालीको मिलान सहरबाट छुटेको थियो । दुर्घटनापछि ठूलो सङ्ख्यामा आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो । उद्धार तथा अनुसन्धानका लागि राजमार्गको दुवैतर्फको आवागमन केही समय बन्द गरिएको प्रहरीले जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *