`

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ । खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुनेछ ।

एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताए । उनका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठुलो समस्या पार्ने छैन ।

खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २४ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएको छ ।

यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।

यसैबीच, आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।
आज साँझ ६ः३० बजेदेखि खोला थुनिएन पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएपछि आफूहरू वीरेठाँटी जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने एकिन हुन नसकेको उहाँले बताउनुभयो ।

“दुई घण्टादेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकाले म वीरेठाँटी हिँडेको छ । किम्रोङखोला एवं मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरूलाई विशेष सतर्कता अपाउन आग्रह गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो ।

किम्रोङखोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू वीरेठाँटी, नयाँपुल लगायतका क्षेत्रमा उच्च सतर्ककताका लागि गाउँपालिकाले अपिल गरेको छ ।किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो ।

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

पेरिस। हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए ।

सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उहाँको भनाइ छ ।

बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ ।

बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् ।

सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उहाँले बताउनुभयो ।

पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताउनुभएको छ । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उहाँले लेख्नुभएको छ । उहाँले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य-सचिव मनोनयन गर्नुभएको छ ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गर्नुभएको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिनुभयो ।

समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माण गरिएको बताउनुभएको छ ।

विपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको उपस्थिितिबारे जानकारी दिन आज भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा उहाँले नदी वारपार गर्न एवं खाद्यान्न र औषधी लैजान प्रदेश सरकारले तुइन जडान गरेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेश सरकारले बुलिब्रिज निर्माण सुरु गरेको र प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको जानकारी दिनुभयो ।

कृष्णभीरमा गएको पहिरो पछि वैकल्पिक सडकका रूपमा प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक खण्ड आजदेखि सञ्चालनमा ल्याएको बताउँदै उहाँले हेटौंडा–काठमाडौँ सडकमा पनि पहिरो जाने क्षेत्रमा डोजरले पहिरो पन्छाउने र जाम खुलाउने काम भइरहेको बताउनुभयो ।

यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ । उहाँका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएको छ । तीमध्ये गोसाईंकुण्ड र उत्तरगयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारण ज्यान जाने गरी ठूलो क्षति भएको उहाँको भनाइ छ ।

नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको जानकारी दिँदै मुख्यमन्त्री थापामगरले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको बताउनुभयो ।

अन्य कुनै अप्रिय घट्ना नहोस् भनेर अहिले बाढी प्रभावित क्षेत्रमा १६ जना मनोपरामर्शदाता परिचालन गरेको र आवश्यकताअनुसार महामारी फैलिन नदिन औषधि पुर्‍याउने काम भएको उहाँले जानकारी दिनुभयो । घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको बताउँदै अहिले राहतको अभाव नभएको र प्रदेश सरकारले वैकल्पिक सडक खुलाउने कार्य गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापामगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभो, “रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ ।”

प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको बताउँदै मुख्यमन्त्री थापामगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो ।

उहाँका अुनसार अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

गृहमन्त्री गुरुङको चेतावनी- ‘देश लुट्नेहरूलाई समयले कठघरामा पुर्‍याउँछ’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार सत्तामा राज गर्न नभई जनताको सेवा गर्न आएको बताएका छन् । मंगलबार साँझ पुरानो संसद् भवन परिसरमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले सुरु गरेको सुशासन र परिवर्तनको यात्रा कुनै पनि षड्यन्त्रबाट नरोकिने दाबी गरेका हुन् ।

गृह मन्त्रालय र नेपाल सरकारको तर्फबाट आन्दोलनका शहीद, घाइते तथा सम्पूर्ण जेनजी योद्धाहरूलाई सलाम गर्दै गृहमन्त्री गुरुङले आफूहरू अधिकार माग्ने अवस्थाबाट अहिले अधिकार दिने ठाउँमा आइपुगेको बताए ।

उनले भने, ‘जहिले झुक्नुपथ्र्यो, आफ्नो अधिकारको लागि जहिले माग्नुपथ्र्यो, लड्नुपथ्र्यो। आज हामी आफैँ अधिकार माग्नेवालाबाट दिने ठाउँमा पुगेका छौँ । हामी आफ्नो अधिकार राम्रोसित माग्छौँ, नदिए खोस्न पनि सक्छौँ । प्रजातन्त्र र गणतन्त्र भाषणमा मात्र सीमित हुनुहुँदैन, त्यसलाई कार्यान्वयनमा उतार्न सक्नुपर्छ ।’

विगतका शासकहरूले देशका युवाहरूलाई विदेश पठाएर रेमिट्यान्समा रमाउने थिति बसालेको टिप्पणी गर्दै उनले त्यो कुनै उपलब्धि नभएको बताए । युवाहरू पलायन हुँदै जाँदा देशलाई वृद्धाश्रम बनाउने अवस्था आएकाले आफूहरू गोली थापेरै आन्दोलनमा होमिनु परेको उनको भनाइ थियो ।

शहीदहरूको रगतमाथि राजनीति गर्ने र देश लुट्नेहरूलाई समयले कठघरामा पु¥याउने चेतावनी दिँदै गृहमन्त्री गुरुङले भने, ‘जस–जसले यो अपराध गरे, देशलाई लुटे, हाम्रो रगतमाथि राजनीति गरे, हाम्रा निमुखा भाइबहिनीहरूको छाती र टाउकोमा गोली हाने— उनीहरूलाई एउटा सन्देश छः हामी हेरिरहेका छौँ, पर्खिरहेका छौँ । अहिले आनन्दको निद्रा सुत्नु राम्रै हो, तर भोलिपल्ट त्यो निद्रा कुन कठघरा र कुन जेलमा पुगेर टुट्छ भन्ने उनीहरूले कल्पना पनि गरेका छैनन् ।’

सरकारको मौनता वा संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै उनले अब राज्यको शक्ति जनताको हितमा मात्र प्रयोग हुने स्पष्ट पारे ।

जेनजी सहिदप्रति प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली- ‘सुशासन कायम हुने नै छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन्।

उनले लेखेका छन्, ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् । बाढीपछि हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो ।

तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिनुभयो । अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा बढी रसुवाबाट दुई हजार ८६० र नुवाकोटबाट एक हजार ९८१ जना छन् । बाँकी नेपाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका उहाँले बताउनुभयो ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ८२७ जनाले प्राथमिक उपचार सेवा लिएका छन् । प्राधिकरणका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकामा २४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपाली सेनाबाट तीन हजार ४०४ जना र सशस्त्र प्रहरीबाट तीन हजार ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सक्रिय छन् ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।

त्यसका लागि सैनिक प्रहरी युनिटको ११औँ ‘डफ्फा’लाई बदली गर्न सोही युनिटको १२औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त मिसनमा कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।

उहाँले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय विषयमा छलफल गर्नुका साथै कोलम्बोस्थित भारतीय समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘महासागर’ पहलअन्तर्गत महत्वपूर्ण साझेदार रहेको बताउनुभएको छ । भारतीय रक्षा मन्त्रालयले भ्रमणले दीर्घकालीन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुग्ने जनाएको छ ।

सन् २०२५ मा श्रीलङ्कामा आएको चक्रवात दिटवाहपछिको सङ्कटमा भारतले सहयोग गरेको थियो । भारतले सडक, रेल, पुल, आवास, स्वास्थ्य, शिक्षा, कृषि र विपद व्यवस्थापनका लागि ४५ करोड अमेरिकी डलरको पुनर्निर्माण प्याकेजसमेत विस्तार गरेको छ ।

भ्रमण यसअघिका उच्चस्तरीय रक्षा आदानप्रदानको निरन्तरता हो । गत अगस्टमा श्रीलङ्काली नौसेना कमान्डर भाइस एडमिरल डामियन फर्नान्डोले भारत भ्रमण गरी भारतीय रक्षा तथा नौसैनिक अधिकारीसँग रक्षा सहकार्य, संयुक्त तालिम र समुद्री सुरक्षाबारे छलफल गर्नुभएको थियो । दुवै देशले हिन्द महासागर क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न रक्षा तथा समुद्री सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन् ।

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गर्नुभएको छ ।बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वयसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो ।

यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्रीद्वयले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरूले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।

अनुगमन टोलीमा स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो । भ्रमण कार्यतालिकाअनुसार अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ, विदुरबाट सुरु भएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारि क्षेत्रबाट बाढीप्रभावित स्थानको अवलोकन गरिएको थियो ।

टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुर (नुवाकोट दरबार) को समेत अवलोकन गरेको थियो । कार्यतालिकाअनुसार विदुरस्थित कर्भट हल, चन्द्रज्योति माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको अनुगमन गरिएको थियो ।

भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिनुका साथै प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन् । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

जापानको आर्थिक वृद्धि प्रारम्भिक अनुमानभन्दा माथि, ब्याजदर वृद्धिको सम्भावना बलियो

काठमाडाैँ । जापानको अर्थतन्त्र चालु वर्षको दोस्रो त्रैमासिकमा प्रारम्भिक अनुमानभन्दा तीव्र गतिले विस्तार भएको संशोधित सरकारी तथ्यांकले देखाएको छ । यो तथ्यांक जापानको केन्द्रीय बैंकले आगामी साता ब्याजदर बढाउने अपेक्षाबीच सार्वजनिक भएको हो।

जापानको मन्त्रिपरिषद् कार्यालयका अनुसार अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा विश्वको चौथो ठूलो अर्थतन्त्र ०.४ प्रतिशतले विस्तार भएको छ । यसअघि सार्वजनिक गरिएको प्रारम्भिक तथ्यांकमा आर्थिक वृद्धि ०.३ प्रतिशत रहने अनुमान गरिएको थियो।

विश्लेषकहरूले प्रारम्भिक तथ्यांकले मुद्रास्फीति तीव्र रूपमा बढिरहेका बेला तथा कमजोर येनका कारण दबाबमा रहेको जापानको केन्द्रीय बैंकलाई ब्याजदर बढाउन केही कठिनाइ पार्न सक्ने बताएका थिए।

संशोधित तथ्यांकअनुसार निजी उपभोग र कम्पनीहरूको लगानी कमजोर नै रहे पनि प्रारम्भिक अनुमानभन्दा केही राम्रो देखिएको छ । अर्कोतर्फ, आयात प्रारम्भिक अनुमानभन्दा कम रहेकाले कुल गार्हस्थ्य उत्पादनको संशोधित वृद्धिदर माथि जान सहयोग पुगेको हो।

जापानको केन्द्रीय बैंकले आगामी साता मुख्य ब्याजदर बढाउने अपेक्षा गरिएको छ । यसैबीच प्रधानमन्त्री साने ताकाइचीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको समाचारहरू सार्वजनिक भएका छन् । यद्यपि ठूलो परिवर्तनको अपेक्षा गरिएको छैन।

उच्च तेल आयात लागत तथा प्रधानमन्त्री ताकाइचीको खर्चसम्बन्धी योजनालाई लिएर देखिएको चिन्ताका कारण जापानी येनमाथि दबाब परेको छ।

तर ब्याजदर वृद्धिको सम्भावनाबारे चर्चा बढेसँगै यस महिनामा येन केही बलियो भएको छ र यो वर्षकै उच्च स्तरतर्फ अघि बढिरहेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जापानको केन्द्रीय बैंकका गभर्नर काजुओ उएदासँगको कुराकानीमा जापानले बजार तथा मौद्रिक क्षेत्रमा निर्णायक कदम चाल्नुपर्ने पक्षमा आफू रहेको बताएपछि पनि येनलाई थप समर्थन पुगेको छ।

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

म्याग्दी, भदौ २३-म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको हो ।

एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइसकेको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

“डाडाखेत सवस्टेशनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,” उहाँले भन्नुभयो, “डाडाखेतदेखि राहुघाट जोड्ने २५ किलोमिटर प्रशारण लाइन र राहुघाट सवबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।”

डाडाखेतमा विसं २०७५ देखि सवस्टेशनका लागि जग्गा व्यवस्थापन, घेराबार र आवास भवन निर्माण थालिएको थियो । प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो (एलएनटी) लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।

पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्ट १६ गते सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । ठेकेदार कम्पनी एलएनटीका आयोजना ब्यवस्थापक शुभासचन्द्र शर्माले आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रशारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त हुन भएको ढिलाइ, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको हो ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ८२ वटामध्य ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । करिब १५ किलोमिटर प्रशारण लाइनको तार तान्ने काम सकिएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एशियाली विकास बैङ्कको ऋण लगानी छ ।

एशियाली विकास बैङ्कसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एशियाली विकास बैङ्कले विद्युत् प्रशारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाडाखेत प्रशारण लाइन बनाउन ऋण लगानी गरेको हो ।

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माणाधिन छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१।३ मेगावाट क्षमताको ठुलोखोला र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।

चालिस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत् आपुर्ति गराएका तुदी पावरका आयोजना प्रमुख इन्द्र ढकालले बताउनुभयो ।

पोखरा–दुबई सिधा उडान दिगो बनाउन पर्यटन व्यवसायीको प्रतिबद्धता

गण्डकी, भदौ २३-पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

पोखरा–दुबई नियमित उडानबारे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा पोखरामा आयोजित अन्तरक्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले यहाँको पर्यटन क्षेत्रले मात्र लाभ लिने नभई सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनुभयो । लामो प्रतिक्षापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यसको सफलतामा पोखरेलीको भविष्य जोडिएको उहाँको भनाइ छ ।

अध्यक्ष भुजेलले पोखरा–दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी एक्यबद्ध रूपमा लागिपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानले सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गर्नुभयो । “पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ”, उहाँले भन्नुभयो ।

पहिलोपटक हुनलागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उहाँको भनाइ छ । फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताउनुभयो ।

उहाँले विश्वका १२० भन्दाबढी गन्तव्यमा फ्लाई दुबईले सिधा उडान गर्दै आएको जनाउँदै टिकट बुकिङमा सहयोग गर्न ‘नाट्टा’सँग आबद्ध व्यवसायीलाई आग्रह गर्नुभयो । महाप्रबन्धक शाहीले पोखरा–दुबई उडान प्रवद्र्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई छुटलगायतका सुविधा दिइने बताउनुभयो ।

कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वीएसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले फ्लाई दुबईका सेवा र विशेषताबारे प्रस्तुतिकरण राख्नुभएको थियो । उहाँले पोखरा–दुबई उडान सफल भएमा अन्य अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुने बताउनुभयो । क्षेत्रीय प्रबन्धक अब्राहमले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको साथ, सहयोग र एक्वबद्धता चाहिने उल्लेख गर्नुभयो ।

‘नाट्टा’ गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पोखरा–दुबई उडान सफल हुँदा पर्यटन व्यवसायी मात्र नभई मुलुकको अन्य क्षेत्रले पनि प्रत्यक्ष लाभ लिने बताउनुभयो । उहाँले पोखरेली पर्यटन व्यवसायी यस उडानको सफलता, निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

केही दिनअघि पोखरा महानगरपालिका र फ्लाई दुबइबीच पनि पर्यटन प्रवद्र्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको थियो ।

यस उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका विभिन्न सङ्घसंस्थाले चासो र अग्रसरता देखाएका छन् । उडान सेवालाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्वपूर्ण हुने देखिएको छ ।

यो उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दाबढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो ।

यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ । पोखरा–दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन् ।

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा

काठमाडौँ, भदौ २३ –प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।

अहिले नौ वटा वाणिज्य बैङ्कमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा रु दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

रसुवा बाढीमा सम्पर्कविहीन गङ्गारामका बुबा भन्छन्, ‘केही त चाहियो नि ! नत्र कसरी चित्त बुझ्छ’

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुशअमावस्या आउँदैछ ।त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा, इन्द्रजात्रा, पितरपक्ष, जीतिया, दशहारा, दीपावली र छठ मिथिला क्षेत्रका महत्त्वपूर्ण चाडपर्व हुन् । यस्ता चाडवाडमा काम विशेषले टाढा रहेका परिवारका सबै सदस्य घरमा जम्मा हुने र आआफ्नो गच्छ अनुरुप मनाउने प्रचलन छ ।

तर यस पटक मटिहानी–७ की करिब ६० वर्षीया मिथिलादेवी मण्डललाई अहिले नजिकिएका चाडपर्वप्रति कुनै हेक्का छैन । छोरा गङ्गाराम मण्डल भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि मण्डललाई जतिखेर पनि छोराकै सम्झनाले झस्काइ रहन्छ ।

“हमर बौवा कहिया आओत्, ओइकेबाट जोहैछी”, अर्थात मेरो छोरा कहिले आउँछ, अहिले उसकै बाटो हेर्दैछु मिथिला भन्छिन् । “बेटा नइ अई त पावैनतिहार कि आओत”, अर्थात छोरा नभइ चाडपर्व आउनुको के हुन्छ । काठमाडाैँस्थित ऋचा टुर्स एण्ड ट्राभल कम्पनीमा पर्यटकको खाना पकाउने काममा रहेका गङ्गाराम मानसरोवर जाने क्रममा भदौ १० गते भोटेकोशीमा बाढी आएसँगै रसुवाबाट सम्पर्कविहीन छन्।

गङ्गाराम सम्पर्कविहीन भएसँगै आफन्त रसुवासम्मै पुगेर खोजी गरेपनि कतै फेला नपरेपछि परिवारजन छटपटिरहेको छ । गङ्गाराम बाढीमा परी वेपत्ता भएपछि पत्नी गुञ्जा शोकले रुँदारुँदा कमजाेर भएकी छिन् ।

घरमा कोही नयाँ मानिस पुग्यो कि गुञ्जा पतिको केही खबर आयो कि भनी आस गर्छिन् । तर हालसम्म त्यस्तो आश पलाउने खबर भने कोहीबाट आएको छैन । “कोई हमर परनमाके खबर लाइबदेई” अर्थात कसैले मेरा पतिको खबर ल्याइदिए त हुन्थ्यो, गुञ्जा बल्लतल्ल यति बोल्नुहुन्छ । “कनियाँके हालत देख्बे करैछी, इ केना उठत ? चाइरगो बालबच्चा अई, हे भगवान् आब बौवा नई आयल त हमर परिवारके कि होयत ?” अर्थात मेरी बुहारीको हालत देख्नु नै भयो, यो कसरी उठ्छे ? चार वटा लालाबाला छन् , हे भगवान ! छोरा नआए हाम्रो परिवारको के होला ? गङ्गाराम घर नफर्के परिवारको लालनपालन कसरी हुन्छ यही चिन्ताले पिरोलिनु भएकी आमा मिथिलाले घरमा पुगेका सञ्चारकर्मीसँग बिलौना पोख्दै भनिन्।

गङ्गारामका पिता अशेश्वर मण्डल, आमा, पत्नी र चार छोराछोरीसहित आठ जनाको परिवार छ। ठुलाे छोरा सानोतिनो काममा लागेपनि परिवारको लालनपालन गङ्गारामकै आर्जनको भरमा थियो । अहिले घरको मुख्य मान्छे नै सम्पर्कविहीन भएपछि उक्त परिवार छाँगाबाट खसे झै भएको छ ।

गङ्गारामबारे सोधखोज गर्न घर पुग्ने जोसुकैलाई पिता अशेश्वर छोराको फोटो देखाउँदै यसलाई कतै देख्नुभयो भनी सोध्छन् । अशेश्वर भन्छन्, “ठूलो नाति अहिलेपनि काठमाडौँतिरै बाबुको खोजीमा छ, अरु साना लालाबालासँग हामी घरमा छौ, पत्नी मिथिला, बुहारी गुञ्जा र तीन नातिनातिना देखाउँदै उहाँ भन्नुहुन्छ पत्नी मिथिला र बुहारी खानपीन र घरको काम गर्नु भन्दा टोलाइ रहन्छन्। बाहिरबाट पुग्ने जो कोही पाहुँनाले हजुरबा, हजुरआमा र आमाका बीच तीन जना छोराछोरी टोलाइरहेका देख्छन् । ती अवोध बालबालिकालाई अझै पनि बाबु गङ्गारामलाई लिएर ठुलदाजु आदित्यराज मण्डल फर्कने आस छ।

“भैया बाबुके लक औता” अर्थात दाजुले बुबालाई लिएर आउनुहुन्छ दुबै दिदीलाई बुझाउँदै गङ्गारामका करिब १० वर्षीय कान्छा छोरा एकलव्य मण्डल भन्छन् । कान्छो छोराको यो भनाइले हजुरबा, हजुरआमा, आमा र दुई दिदी झन् भक्कानिन्छन् । कान्छा एकलव्यको कुरामा सही थाप्दै उनका दिदी सलोनी र शिवु पनि भाइलाई ढाडस दिन्छन् ।

घरमा आउनेजानेसँग कुराकानीका आधारमा सम्पर्कविहीन भएको १४ दिन भइसकेकाले अशेश्वरलाई अब छोरा फर्कने त्यति आस छैन । उनी भन्छन्,’हेर्नोस् १४ दिन भयो, अब मेरो छोरा सकुशल भेटिन्छ नै भन्ने लाग्न छाड्यो, कुनै अवस्थामा उसलाई सरकारले ल्याइदिए विस्तारै मन बुझाउने कुरा बन्थ्यो ।’

आमा मिथिलाले छोराको कल्याण र दीर्घायुूको कामना गर्दै बर्सेनि जितिया पर्वको कठोर व्रत गर्दै आएकी थिइन्। असोज कृष्णपक्षमा मनाइने यो पर्व नजिकिदै गर्दा मिथिलालाई जितिया पर्वले झस्काएको छ ।

यसैबिच गङ्गाराम कार्यरत ट्राभल्स कम्पनीले भर्खर रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्म गरिएको खोजीमा उनी फेला नपरेको जानकारी परिवारजनलाई गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । तर परिवारजन भने कम्पनी, सरकार र अरु खोजकर्ताले जुनसुकै अवस्थाका गङ्गाराम ल्याइदिउन् भनिरहेकाे छ । केही त चाहियो नि ! पिता अशेश्वर भन्छन्, “नत्र कसरी चित्त बुझ्छ ।” गङ्गारामको अवस्था यकिन नहुँदा घरपरिवारसँगै छरछिमेक सबै चिन्तित छन् । गङ्गारामको खोजीसँगै घरपरिवारलाई तत्काल राहत र आडभरोसको जरुरी देखिएको छिमेकी बताउँछन्।

भोटेकोशीमा बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो । उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो । त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो ।

“भोटेकोशीमा बाढी यति धेरै आएको थियो की पाँच दश-मिनेट मैले केही सोच्नै सकिन”, वीरबहादुरले भने, “एकछिनपछि त झल्यास्स सम्भिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ।” उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका-१० भैँसेलाई सम्झिए । अनि भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे । “श्रीमतीको फोन मरिकाटे उठ्दैन”, उनले सम्झदै भने ।

वीरबहादुरलाई दिमागले काम गर्न छोडे जस्तै भयो । उनले तारन्तार फोन गरिरहे । श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए । उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन् । उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन् ।

“छोरीले एक कलमै फोन उठाइन्, अनि मैले धुञ्चेबाट देखिरहेको सुनिरहेको दृश्यबारे उनलाई बताएँ”, वीरबहादुरले भने, “एक छिनपछि त श्रीमती र दाजु (रमेश) ले पनि फोन उठाउनुभयो ।” उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिइन् । उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्‍याइसकेका थिए ।

वीरबहादुरको आफ्नै माइक्रोबस छ । उनले आफैँले त्यही माइक्रोबस बेत्रावतीबाट काठमाडौँको मार्गमा चलाउने गर्छन् । बाढी आएको दिन भने उनी धार्मिकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लगेर बिहानै धुञ्चे उक्लिएका थिए । उनका अनुसार यात्रुहरू सबै धादिङका थिए । उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर त्यसतर्फ गएका थिए ।

“भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ”, वीरबहादुरले भने । अरु बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौँका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैँसे वरपर बित्थ्यो । त्यसदिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा पर्न पाएनन् । “अरु दिन हुन्थ्यो भने म मात्र होइन, परिवार नै बाढीमा बग्थ्यो”, उनले भने, “धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ, मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन, टोलकै बासिन्दालाई बचाउन सकेँ ।” मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए । सबै भोटेकोशीको बाढीमा विलय भएका छन् ।

पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन् । उनले भने, “सम्पत्ति त फेरि फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु ?” श्रीमान् वीरबहादुरको फोनले धेरैको ज्यान बचाउन सकिएमा गङ्गा पनि खुसी छन् । “खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, धेरैले त सुरुआतमा विश्वासै गरेनन्”, उनले भनिन्, “टिमुरे र स्याँफ्रुबेँसी पूरै बगायो भनेपछि सबै भाग्न थाले ।” उनले चिन्तित हुँदै दुःखले जोडेको करिब १० तोला सुन र रु १४ लाख भने बाढीबाट जोगाउन नसकेको बताइन् । उनले केही वर्षअघि लाखौँ रुपैयाँ खर्चेर एक तले पक्की घर बनाएकी थिइन् । तत्काल एक तला थप्ने सोचमा थिइन् ।

“गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो”, गङ्गाले भनिन्, “तर, मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानिनँ, त्यसैले त आज नयाँ जीवन पाएँ ।” गरगहना र पैसा जोगाउन खोज्दा धेरैले ज्यान गुमाएका उनको अनुभव छ । भैँसेमा पनि सुन र नगद घरबाट निकाल्न खोज्दा कतिलाई बाढीले बगाएको उनले बताइन् ।

आफ्नो र वीरबहादुरको सहित १० जनाको परिवार मात्र होइन आफू बस्दै आएको टोलका करिब ३० परिवारलाई भाइको एक कलले बाढीबाट जोगाउन सकिएको दाजु रमेश गुरुङले जानकारी दिए । उनले भैँसेमा खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए । उनको व्यापार राम्रै चलेको थियो । त्यसबेला रसुवागढी नाका किनमेल गर्न, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड तीर्थाटन गर्न जानेहरूको निकै भीडभाड थियो । रमेशलाई बिहानदेखि रातिसम्म एकछिन फुर्सद हुँदैनथ्यो ।

“पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ, एक्कासी भाइको फोन आयो । सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ”, रमेशले त्यो क्षण सम्झिँदै भने, “धेरैले विश्वास नै गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो ।” बाढी भैँसे पुग्दासम्म रमेश चिच्याइरहे । वीरबहादुरले धुञ्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा जति लागेको उनको ठम्याइ छ ।

ज्यान जोगाउन त्यो पर्याप्त समय रहेको रमेशले बताए । समय सदुपयोग भने आफ्नो कुरा पत्याउनेको हकमा मात्रै लागू भएको उनले अनुभव सुनाए । अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको रमेशले बताए । तर बाढीबाट ज्यान गुमाउनेको एकीन तथ्याङ्क उनीसँग पनि छैन । “बाँचेकाहरूसँग पनि यसबीचमा थोरै जनासँग भेट भएको छ, अरु त को कता भागे अत्तोपत्तो छैन ।”

रमेशले भैँसेमा झण्डै रु एक करोड लगानीमा घर बनाएका थिए । त्यसैमा खानाखाजाको पसल चलाउँदै आएका थिए । “अहिले व्यापारको याम हो, दैनिक रु २०-२५ हजारको कारोबार हुन्थ्यो”, उनले भने, “यो यामको तीन-चार महिनाको कमाइले वर्षभरि खान, लगाउन र छोराछोरी पढाउन पुगेको थियो । झण्डै रु ४० लाख जति घर बनाउँदाको ऋण बाँकी नै थियो ।”

रमेशको जेठो छोरा काठमाडौँमा पढ्छन् । अर्को छोरा भैँसेमा चण्डेश्वरी माविमा पढ्छन् । विद्यालय गएको छोरालाई उनले झण्डै चार घण्टापछि मात्र भेट्टाए । “स्कुलकै साथीहरूसँग भागेको रहेछ, बाढीले बगायो की भन्ने चिन्तामै थिएँ, पछि त सम्पर्कमा आयो”, उनले भने । श्रीमतीले मोबाइल लिन घरभित्र पस्न खोजे पनि आफूले जान नदिँदा ज्यान जोगिएको रमेशले बताए ।

वीरबहादुर र रमेशको परिवार पनि यतिबेला शोकमा डुबेको छ । उनीहरूको परिवारको एक सदस्य तेराना तामाङलाई भने बाढीले बगायो । उनी त्रिशूली अस्पतालमा नर्स थिइन् । तर अघिल्लो राति उनी शोलेस्थित घर गएकी थिइन् । अर्को बिहान घरबाट अस्पताल पुग्नै पाइनन् । “सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ”, रमेशले भने ।

यही भदौ १० गते भोटेकोशीमा बाढी गएपछि नुवाकोटको अति प्रभावित क्षेत्र भैँसेका १५० जना विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको रमेशले बताए । उनीसहित छ परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्त कहाँ आश्रय लिएर बसेका छन् । सरकारले विस्थापितलाई राहत सामग्री उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

“म दिनहुँ होल्डिङ सेन्टरमा गइरहन्छु, खानेकुराको कुनै कमी छैन, विभिन्न निकायले दैनिक राहत सामग्री दिइरहका छन्”, रमेशले भने, “यसरी लामो समयसम्म बस्न सकिने अवस्था छैन, सरकारले उचित बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो, पानी निरन्तर परिरहेकाले बास बस्नेलाई समस्या छ ।” बाढीका कारण विस्थापित भएकाहरूलाई मुख्यतया छोराछोरीको पढाइको चिन्ताले सताएको उनको भनाइ छ । बालबालिका, महिला, परिवारका सदस्य गुमाएकालगायत विस्थापित सबैलाई मनोपरामर्शको खाँचो देखिएको उनले बताए ।

विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपालले बाढीबाट आफ्नो वडा अत्यधिक प्रभावित भएको बताए । उनका अनुसार सो वडामा बाढीबाट २५६ परिवारका एक हजार २०० जना प्रभावित भएका जानकारी दिए । उनका अनुसार बाढीमा परेर २३९ जना बेपत्ता भएका छन् ।

वडाध्यक्ष नेपालले विस्थापित भएकाहरूलाई गेल्फुटारस्थित सुन्दरीकेउरिनी माविमा राखिएको बताए । बाढीमा परेर स्थानीय उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी बेपत्ता भएका उनले बताए । उनका अनुसार बेपत्ताको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

प्रभावित विद्यार्थीलाई नजिकका सुरक्षित विद्यालयमा पढ्न पठाउन उनीहरूका अभिभावकलाई सुझाव दिइएको वडाध्यक्ष नेपालले बताए । विदुर नगरपालिकाले बाढी विस्थापित प्रत्येक परिवारलाई तत्कालका लागि रु १० हजार उपलब्ध गराउने निर्णय गरेको उनले उल्लेख गरे । विभिन्न सङ्घसंस्था तथा अन्य निकायले पनि आर्थिक सहयोग गरिरहेका भन्दै उनले सबैप्रति आभार व्यक्त गरे ।

सरकारले बसोबासका लागि उचित व्यवस्था नगर्दासम्म सो वडाका विस्थापितलाई सुरक्षित स्थानमा बसोबास गर्न सुझाव दिँदै वडाध्यक्ष नेपालले त्यसका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

काठमाडौं । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् ।

राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् । उनले पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।

  सडक सञ्जालबाट विच्छेद उत्तरगयामा खाद्य सामग्री सहयोग  

काठमाडाैँ ।  यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।

नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी लगायत स्वयंसेवकले वितरण गरेका थिए ।

उनले भने, “भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।”

सोसाइटीले बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै छ । नुवाकोट आदर्श बहुमुखी क्याक्पस बट्टार परिसरमा सञ्चालन हुने सो क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढीप्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने छ ।

सोसाइटीले दिएको जानकारीअनुसार यस्तो सेवामा बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण (रेफरल) रहेका छन् ।

बैतडीमा पहिरोले महाकाली राजमार्ग अवरुद्ध, हटाउने काम जारी

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उहाँले जानकारी बताउनुभयो । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

बेपत्ताका आफन्तजन भन्छन्–’अब आश्वासन होइन, तत्काल उद्धार चाहियो’

जनकपुरधाम । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ ।

आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरिन ।

रसुवास्थित युटी २१६ एमड्ब्लु डूसन पावर हाउसमा कार्यरत सिंह यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् । बाढीपछि सम्पर्कविहीन हुनुभएको १३ दिनसम्म सम्पर्कमा नआएपछि परिवारजनमा चिन्तित र छटपटी बढ्दै गएको छ । लामो समयसम्म कुनै खबर नआएपछि सिंहको अवस्था पत्ता लगाई खोज तथा उद्धार गरिदिन श्रीमती पूजासहित परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

श्रीमान्सँग सम्पर्क हुन नसकेपछि पूजा साहले उनी जहाँ भए पनि सकुशल रहेको खबर गरिदिन भावुक अपिल गरेकी हुन्। “तिमी जहाँ छौँ, जस्तो छाैँ, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन । बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,” उनले भनेकी छिन् ।

श्रीमान्को प्रतीक्षामा रहेका साहले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको प्रतीक्षामा रहेको बताइन् । “हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन् । बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,” उनले भावुक हुँदै भनिन् ।

उनले आफूलाई अन्य केही नचाहिएको भन्दै श्रीमान् सकुशल घर फर्काइदिन सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिन् । “मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान् जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,” उनको आग्रह छ ।

सिंहको खोज तथा उद्धारका लागि परिवारले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ ।

पूजाका अनुसार मैलुङ बजार, क्याम्प आसपासका सम्भावित क्षेत्र, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा मैलुङ बजार आसपासका क्षेत्रमा खोजी आवश्यक छ । साथै जङ्गल, पहाडी तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गरी खोजी गर्न उनले आग्रह गरिन् ।

“हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन् । सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,” पूजाले भनिन्, “त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?”

उनका अनुसार सिंहसहित सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली पठाउने आश्वासन दिइए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारजनको गुनासो छ । बिहान ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली घटनास्थलमा पुग्न नसकेको उनले बताइन् ।

श्रीमान्को खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको पूजाले बताइन् । समय बित्दै जाँदा पीडा र चिन्ता झन बढ्दै गएको उनको भनाइ छ ।

“हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ । अब के गर्ने ?”, उनले प्रश्न गरिन् । पूजाले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा सरकारका सबै जिम्मेवार पक्षलाई तत्काल स्थलमा खोज तथा उद्धार टोली, ड्रोन र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरिन् ।

उनले आफ्नो श्रीमान्को मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरिन् ।

“अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ । हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,” पूजाले भनिन् । भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवारसमेत निरन्तर चिन्तामा छन् । सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

रसुवाको भोटेकोशी नदी आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन भएकामध्ये सप्तरीका एक जना र बाराका एक जना गरी दुई जनाको शव फेला परेको र १८० जना अझै सम्पर्कविहीन रहेको प्रवक्ता ढकालले बताए

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौँ। मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।

यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहो¥याउने सोचमा छ ।

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

जनकपुरधाम। रसुवाको भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ ।आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उहाँको खोज र उद्धारका लागि सरकारसँग अपिल गर्नुभएको छ ।

रसुवास्थित युटी २१६ एमड्ब्लु डूसन पावर हाउसमा कार्यरत सिंह यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् ।बाढीपछि सम्पर्कविहीन हुनुभएको १३ दिनसम्म सम्पर्कमा नआएपछि परिवारजनमा चिन्तित र छटपटी बढ्दै गएको छ । लामो समयसम्म कुनै खबर नआएपछि सिंहको अवस्था पत्ता लगाई खोज तथा उद्धार गरिदिन श्रीमती पूजासहित परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

श्रीमान्सँग सम्पर्क हुन नसकेपछि पूजा साहले उहाँ जहाँ भए पनि सकुशल रहेको खबर गरिदिन भावुक अपिल गर्नुभएको छ । “तिमी जहाँ छौँ, जस्तो छाँै, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन । बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,” उहाँले भन्नुभएको छ ।

श्रीमान्को प्रतीक्षामा रहनुभएका साहले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको प्रतीक्षामा रहेको बताउनुभयो । “हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन् । बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,” उहाँले भावुक हुँदै भन्नुभयो ।

उहाँले आफूलाई अन्य केही नचाहिएको भन्दै श्रीमान् सकुशल घर फर्काइदिन सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ । “मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान् जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,” उहाँको आग्रह छ ।

सिंहको खोज तथा उद्धारका लागि परिवारले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ ।

पूजाका अनुसार मैलुङ बजार, क्याम्प आसपासका सम्भावित क्षेत्र, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा मैलुङ बजार आसपासका क्षेत्रमा खोजी आवश्यक छ । साथै जङ्गल, पहाडी तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गरी खोजी गर्न उहाँले आग्रह गर्नुभएको छ ।

“हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन् । सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,” पूजाले भन्नुभयो, “त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?”

उहाँका अनुसार सिंहसहित सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली पठाउने आश्वासन दिइए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारजनको गुनासो छ । बिहान ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली घटनास्थलमा पुग्न नसकेको उहाँले बताउनुभयो ।

श्रीमान्को खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको पूजाले बताउनुभयो । समय बित्दै जाँदा पीडा र चिन्ता झन बढ्दै गएको उहाँको भनाइ छ ।

“हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ । अब के गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो । पूजाले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा सरकारका सबै जिम्मेवार पक्षलाई तत्काल स्थलमा खोज तथा उद्धार टोली, ड्रोन र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गर्नुभएको छ ।

उहाँले आफ्नो श्रीमान्को मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।

“अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ । हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,” पूजाले भन्नुभयो । भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवारसमेत निरन्तर चिन्तामा छन् । सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

रसुवाको भोटेकोशी नदी आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना सम्पर्कमा आएका छन् ।

सम्पर्कविहीन भएकामध्ये सप्तरीका एक जना र बाराका एक जना गरी दुई जनाको शव फेला परेको र १८० जना अझै सम्पर्कविहीन रहेको प्रवक्ता ढकालले बताउनुभयो ।

कृष्णभीर सडक अवरुद्ध : लमजुङ–काठमाडौं भाडा दोब्बरभन्दा बढी

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ ।नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ ।भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौँ चल्ने माइक्रोबस तथा ठुला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् ।

लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको सङ्ख्या घटेको छ । बेँसीसहर–काठमाडौँ माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौँ पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ ।

“बाटो लामो भएकाले समय पनि धेरै लाग्छ”, उनले बताए । बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले पाँच–सात वटा मात्र सञ्चालनमा छन् । यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन् ।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु ९०० र विद्युतीय माइक्रोबसको रु ७०० रहेकामा अहिले क्रमशः रु दुई हजार र रु एक हजार ५०० पुगेको छ । यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ । ठुला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौँ दैनिक पाँच–छ वटा ठुला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ । वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन ।

यसअघि सवारीसाधन अनुसार रु ९०० देखि रु एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ ।

सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ, चितवन र पोखरा रेफर गर्ने गरिएको छ ।

काठमाडौँ लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्‍याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए।

यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ । बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताइन् । उनी भदौ २० गते शनिबार काठमाडौँस्थित काम सकेर बेँसीसहर फर्किएकी थिइन् । काठमाडौँ जाँदा माइक्रोमा रु ९०० तिरेकी उनले फर्किँदा रु दुई हजार भाडा तिर्नुपरेको बताइन् ।

“वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ । वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ”, उनले बताइन् ।

नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४६ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

आज जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैँ । आज जेनजी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।

कोशी र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका पहाडी भूभागको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

 

बाढीपीडितलाई दुगड ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको लागि एम.भी. दुगड ग्रुपले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

घटनाको तेह्रौँ दिन सोमबार राष्ट्रिय शोक दिवसको सन्दर्भमा एमभी दुगडले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो । एम.भी.दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्तरुपमा अर्थमन्त्रीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

एम.भी. दुगड ग्रुप र अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोग समेत गरी कूल १ करोड ११ लाख बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए ।

यस विनाशकारी विपद्मा जलवायु परिवर्तन तथा ग्लोबल वार्मिंग मुख्य कारक रहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष दुगडले ग्रुपमार्फत विगत पाँच वर्षदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए ।

हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपी संरक्षण गर्ने कार्य भएको उनले बताए। ग्लोबल वार्मिंगको असर कम गराउने यस कार्यमा ग्रुप र ग्रुपका कर्मचारीहरू निरन्तर लागिपर्ने उनले प्रतिबद्धता पनि प्रकट गरेका छन्।

ग्रुपको तर्फबाट दिइएको चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्मा निजी क्षेत्रको साथ र सहयोगले सरकारलाई थप बल मिलेको बताए । उनले विपद् व्यवस्थापनमा सरकारले कुनै कसर बाकी नराखेको समेत बताए।

भोटेकोशी बाढी: शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

बाँके । एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठुलो पीडा के होला ? यस्तै पर्नु पिर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई ।भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजू ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा छन् ।

बुढेसकालको सहारा एक्लो छोरा, अभिभावकका रूपमा रहेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि थपुवास्थित रोकाय निवासमा अहिले सन्नाटा र आँसु मात्र छचल्किरहेको छ । ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र मनभित्रको गहिरो निराशाबिच अनलालको परिवार वियोगको भारी थाम्न विवश छ ।

अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन् । स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहत बोकेर नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढासहितको टोली सोमबार अनलालको निवासमै पुगेको थियो ।

“अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो”, कार्यवाहक वडाध्यक्ष बुढाले भावुक हुँदै अनलाललाई सम्झाए, “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ । आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई चाहिने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ ।” आफ्नो सिङ्गो परिवार नै बेपत्ता भएपछि शोकमा डुबेका अनलालका लागि गाउँलेको यो साथले थोरै भए पनि सहारा दिएको छ । “सहयोग सानो वा ठुलो भन्ने हुँदैन, दुःखको यो क्षणमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोग गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ”, गहभरि आँसु पार्दै अनलालले वडावासीप्रति आभार प्रकट गरे ।

आफ्ना मान्छे जीवितै फर्किने आशा मर्दै जाँदा, अन्तिम संस्कारका लागि भए पनि शव पहिचान होस् भन्ने पर्खाइमा रोकाय परिवार रहेको छ । “बाढीपछि फेला परेका शवसँग मिलान गर्न डिएनए परीक्षणका लागि नमुना पठाइएको छ”, अनलालले आशा र निराशा व्यक्त गर्दै भने, “कम्तीमा डिएनए रिपोर्ट मिलेपछि त दाजु, भाउजू र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो ।”

भोटेकोशीको त्यो विनाशकारी बाढीले बाँके जिल्लाका मात्रै २३ जनालाई बेपत्ता बनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, तीन जनाको सनाखत भएको छ । बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन सम्झना, पीडा र कहिल्यै नसकिने पर्खाइ बनेर बितिरहेको छ ।

आज जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौँ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौँदेखि थुप्रिएको असन्तुष्टि थियो ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठुलो परिवर्तनको महसुस गरेको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ ।

सामाजिक सञ्जालबाट सडकसम्म

जेनजी आन्दोलनको तत्कालीन पृष्ठभूमि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनः सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै सुरु भएको विरोध केही दिनमै सडकमा पुग्यो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा काठमाडौँलगायत देशका विभिन्न स्थानमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो । आन्दोलनको स्वरूप र माग विस्तार हुँदै जाँदा यो केबल सामाजिक सञ्जालको स्वतन्त्रताको प्रश्न रहेन ।

भ्रष्टाचार नियन्त्रण, राजनीतिक जबाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने ।

किन आक्रोशित थियो नयाँ पुस्ता ?

जेनजी पुस्ताको असन्तुष्टि एकैदिन वा एउटा घटनाबाट सिर्जना भएको थिएन । लामो समयदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारको आरोप, अवसरमा पहुँचको असमानता र राजनीतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो ।

उच्च शिक्षा हासिल गरे पनि रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता धेरै युवाको साझा समस्या थियो । स्वदेशमा उद्यम गर्न खोज्दा प्रशासनिक झन्झट, पुँजीको अभाव, नीतिगत अनिश्चितता र बजारको सीमितताले चुनौती थपेको थियो ।

युवाले राज्यबाट केबल रोजगारीको अवसर मात्र खोजेका थिएनन् । उनीहरू निष्पक्ष प्रणाली चाहन्थे । उनीहरू योग्यताका आधारमा अवसर पाउन चाहन्थे । सरकारी कार्यालयमा सेवा लिन जाँदा राजनीतिक पहुँच वा चिनजान आवश्यक नपर्ने व्यवस्था चाहन्थे । यसैले आन्दोलनको मूल भावना थियो राज्य नागरिकप्रति उत्तरदायी हुनुपर्छ ।

आन्दोलनले राजनीतिक दल र नेतृत्वमाथिसमेत गम्भीर प्रश्न उठायो । नयाँ पुस्ताले आफूलाई निर्वाचनका समयमा मात्र सम्झिने मतदाता नभई नीति निर्माण र शासन प्रक्रियाको सक्रिय हिस्सेदारका रूपमा स्थापित गर्न खोज्यो ।

आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पनि परिवर्तनको जनचाहनालाई प्रतिबिम्बित गरेको देखिन्छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ ।

निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन् । यस अर्थमा जेनजी आन्दोलनले प्रत्यक्ष रूपमा मात्र नभई अप्रत्यक्ष रूपमा नेपालको राजनीतिक बहसलाई प्रभावित गरेको देखिन्छ ।

सुशासन प्राथमिकतामा

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई परिणाममुखी बनाउने, सरकारी संरचनालाई चुस्त बनाउने, सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने तथा डिजिटल प्रविधिको प्रयोग एवं विस्तारलाई प्राथमिकतामा राखेको छ ।

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको छ । मन्त्रालयको सङ्ख्या घटाउँदा वार्षिक करिब रु २० अर्ब राज्यकोषमा बचत हुने अनुमान छ । मन्त्रालय घटाउने निर्णयलाई सरकारले प्रशासनिक खर्च कम गर्ने र राज्य संयन्त्रलाई प्रभावकारी बनाउने सुधारका रूपमा प्रस्तुत गरेको छ ।

‘अब लाइन हैन, अनलाइन’ भन्दै सरकारले ‘नागरिक एप’ लाई थप परिस्कृत गरी सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गर्ने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्यबमोजिम उक्त एप सञ्चालनमा ल्याइएको हो । एउटै एपबाट विभिन्न सरकारी सेवा प्राप्त गर्न सकिन्छ ।

एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकमको विवरण प्राप्त गर्न सकिन्छ ।

सेवा प्रवाहमा अनियमितता, हिलासुस्ती आदि हटाएर नागरिकलाई द्रुत सेवा सुनिश्चित गरिएको छ । यसले बोझिलो सार्वजनिक सेवालाई सरल, सुलभ र सहज बनाइएको छ । नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा मालपोत सेवालाई चुस्त र प्रभावकारी बनाइएको छ । आर्थिक मितव्ययी नीतिले आर्थिक सुशासनको जग बलियो हुँदै गएको छ ।

प्रशासनिक संरचनामा सुधारको प्रयास

सरकारले अनावश्यक प्रशासनिक संरचनाको खारेजी तथा समायोजनमार्फत सार्वजनिक खर्च घटाउने र प्रशासनिक कार्यक्षमता बढाउने नीति अघि सारेको छ ।

राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनको प्रभाव घटाउने तथा सार्वजनिक संस्थालाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने प्रयास पनि सुधारको एजेन्डामा राखिएको छ । सार्वजनिक निकायमा हुने नियुक्ति प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउने विषय पनि जेनजी आन्दोलनले उठाएको महत्त्वपूर्ण सवालसँग जोडिन्छ ।

राज्यका महत्त्वपूर्ण निकायमा नियुक्ति गर्दा राजनीतिक निकटताभन्दा योग्यता, अनुभव र कार्यक्षमतालाई प्राथमिकता दिनुपर्ने माग नयाँ पुस्ताको प्रमुख अपेक्षा रहँदै आएको छ ।

विश्वविद्यालयलाई दलगत राजनीतिबाट मुक्त गर्ने विषय पनि जेनजी आन्दोलनको व्यापक सुधार एजेन्डासँग जोडिएको छ । उच्च शिक्षाका संस्थालाई शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउने चुनौती भने अझै बाँकी छ ।

डिजिटल अधिकार र नयाँ पुस्ताको अपेक्षा

जेनजी आन्दोलन डिजिटल पुस्ताको आन्दोलन भएकाले डिजिटल अधिकार यसको महत्त्वपूर्ण पक्ष हो । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेभन्दा त्यसलाई जिम्मेवार, सुरक्षित र पारदर्शी ढङ्गले सञ्चालन गर्ने नीति आवश्यक रहेको बहस आन्दोलनपछि थप बलियो भएको छ ।

डिजिटल माध्यमबाट नागरिकले सरकारका निर्णयमाथि प्रश्न उठाउन, सूचना प्राप्त गर्न र सार्वजनिक बहसमा सहभागी हुन पाउने वातावरण लोकतान्त्रिक शासनको महत्त्वपूर्ण आधार हो ।

सरकारले प्रशासनिक सुधार र सुशासनमा जोड दिएको छ । निजी क्षेत्रको लगानी बढाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, स्टार्टअप र नवप्रवर्तनलाई सहज बनाउने, सीपमूलक शिक्षा विस्तार गर्ने तथा युवालाई उत्पादनसँग जोड्ने नीति आवश्यक छ ।

सुशासनको अर्थ भ्रष्टाचार नियन्त्रण मात्र होइन । नागरिकले आफ्नो श्रम, सीप र योग्यताबाट सम्मानपूर्वक जीवनयापन गर्न सक्ने आर्थिक वातावरण सिर्जना गर्नु पनि सुशासनकै महत्त्वपूर्ण हिस्सा हो । राजनीतिक परिवर्तनसँगै प्रशासनिक संस्कृति परिवर्तन हुनुपर्छ । सरकारी कार्यालयमा सेवा लिन नागरिकले भोग्ने झन्झट घटेको छ । निर्णय प्रक्रिया पारदर्शी छ ।

सत्तापक्ष र प्रतिपक्षको साझा जिम्मेवारी

जेनजी आन्दोलनले कुनै एउटा राजनीतिक दल वा समूहलाई मात्र प्रश्न गरेको थिएन । यसले समग्र राजनीतिक संस्कारमाथि प्रश्न उठाएको थियो । त्यसैले यसको समाधान पनि सामूहिक राजनीतिक प्रतिबद्धताबाट मात्र सम्भव छ ।

सत्तापक्षले सुशासन र संस्थागत सुधारको एजेन्डालाई निरन्तरता दिनुपर्नेछ । प्रतिपक्षले पनि सरकारका गलत कामको आलोचना मात्र नगरी आवश्यक सुधारमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेछ ।

नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, युवा समुदाय र राज्यका सबै निकायले पनि आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता छ ।

अबको बाटो

जेनजी आन्दोलनले एउटा पुस्ताको बेचैनीलाई आवाज दिएको छ । त्यो आवाजले राजनीतिक नेतृत्वलाई मात्र होइन, राज्यका सम्पूर्ण संस्थालाई आफ्नो काम गर्ने शैलीबारे पुनर्विचार गर्न बाध्य बनाएको छ ।

अबको आवश्यकता आन्दोलनको भावनालाई निरन्तर राजनीतिक असन्तोषमा सीमित राख्नु होइन । त्यसलाई राष्ट्र निर्माणको ऊर्जा बनाउनु हो ।

राज्य संरचनामा आवश्यक सुधार, प्रशासनिक झन्झटको अन्त्य, कानुनी प्रक्रियाको सरलीकरण, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र डिजिटल अधिकारको सुनिश्चितता आगामी दिनका मुख्य प्राथमिकता बन्नुपर्ने देखिन्छ ।

राष्ट्रिय स्वार्थ, सामूहिकता र बृहत्तर एकतालाई केन्द्रमा राखेर अघि बढ्नु अहिलेको आवश्यकता हो । सत्तापक्ष र प्रतिपक्ष दुवैले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर नागरिकको सेवा र राष्ट्रिय हितलाई प्राथमिकता दिनसकेमा मात्र परिवर्तनले स्थायित्व पाउनेछ । एक वर्षअघि सडकमा उठेको आवाजले एउटा पुस्ताको प्रश्न प्रस्तुत गरेको थियो, ‘हाम्रो भविष्य कहिले बदलिन्छ ?’ अब त्यस प्रश्नको उत्तर नारामा होइन, नीति र परिणाममा दिनुपर्ने समय आएको छ ।

युवाले खोजेको परिवर्तन त्यतिबेला मात्र सार्थक हुनेछ, जब देशमै सम्मानपूर्वक बाँच्न सक्ने अवसर सिर्जना हुनेछ, सरकारी सेवा सहज र पारदर्शी हुनेछ, सार्वजनिक संस्थामाथि नागरिकको विश्वास बढ्नेछ र राज्यका निर्णयमा नागरिकको आवाजको अर्थपूर्ण स्थान हुनेछ ।

जेनजी आन्दोलनको वास्तविक सफलता सरकार परिवर्तनमा मात्र होइन, राज्य सञ्चालनको संस्कार परिवर्तनमा हुनेछ । सडकमा जन्मिएको असन्तोष संस्थागत सुधार हुँदै नागरिकको दैनिक जीवनमा देखिने परिणाममा रूपान्तरण भएमा मात्र एक वर्षअघि दिइएको बलिदान र उठाइएको आवाजले दीर्घकालीन अर्थ पाउनेछ ।

अमेरिकी वार्ताकारसँगको भेटपछि ‘अर्को चरण’ को योजना बनाइरहेका छाैँ : जेलेन्स्की

काठमाडाैँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफू र आफ्नो वार्ता टोलीले यसै हप्ताको अन्तमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि ‘अर्को चरण’ को योजना बनाइरहेको बताएका छन्।

उनले उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख गरेका छैनन्। अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले सप्ताहन्तमा नेता जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग साढे चार बर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासस्वरूप भेट गरेका थिए।

युक्रेनी राष्ट्रपतिको एक वरिष्ठ स्रोतले एएफपीलाई विटकोफ र कुश्नरले द्वन्द्व अन्त्यका लागि ‘अझ प्रभावकारी’ प्रस्तावहरू ल्याएको बताउनुभयो । वार्ताबाट कुनै ठूलो सफलता भएको भने मस्को र किएभ दुवैले घोषणा गरेनन् ।

“वार्ताकारसँगको ‘हाम्रो’ वार्तापछि युक्रेनी वार्ता टोलीसँग उहाँहरूको भेट भयो । हामी आफ्ना अर्को कदमहरू समन्वय गर्दैछौं। हामी आगामी भेटघाट र सम्पर्कका लागि तयारी गर्दैछौँ,” जेलेन्स्कीले फेसबुकमा पोस्ट गर्दै लेखेकाे छन्।

देश छिट्टै सङ्कटबाट निस्किने मन्त्री श्रेष्ठकाे विश्वास

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सरकार, सरोकार भएका निकाय तथा सबै नागरिकको प्रयासले देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्याक्त गरेका छन् । साेमबार सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग लिँदै उनले आपसी सहकार्य, समन्वय र हातेमालोले सङ्कट सामना गर्न सहयोग पुग्ने बताए।

मन्त्री श्रेष्ठले देश सङ्कटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद पनि दिए। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज स्वयम्भूले आर्थिक सहयोग गरेको छ। समाजका पदाधिकारीले आज प्रधानमन्त्री राहत कोषमा रु दुई लाख एक हजार १०१ आर्थिक सहयोग गरेका हुन्।

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित

काठमाडौँ। पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित हासिल गर्ने क्रममा उसले आज मधेस वारियर्सलाई ३-१ को सेटको अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा अन्नपूर्णले पहिलो सेट १६-२५ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा भने मधेस वारियर्स ३१-२९ ले विजयी भयो । तेस्रो र चौथो सेटमा मधेस क्रमशः २२-२५ र २१-२५ ले पराजित भयो ।

मधेसले पहिलो खेलमा सगरमाथा स्म्यासर्सविरुद्ध ३-१ को पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सविरुद्ध ३-२ ले पराजित भएको थियो । पहिलो खेलमा कर्णाली शिवराजविरुद्ध ३-१ ले पराजय व्यहोरेको अन्नपूर्णले दोस्रो र तेस्रो खेलमा भने लगातार जित हासिल गरेको छ । उसले आइतबार काठमाडौँ रेड्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।

छ टोलीले प्रतिस्पर्धा गरिरहेको एनभिएल २०२६ सिङ्गल राउन्ड रोबिन लिग पद्धतिअनुसार सञ्चालन भइरहेको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको विजेता टोलीले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उद्देश्यले आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विपद्बाट प्रभावित विद्यार्थीलाई उनीहरूको अवस्था हेरेर विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए ।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग गर्ने मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुने बालबालिकाका लागि समेत दीर्घकालीन व्यवस्था गर्न खोजिएको हो ।

विपद्को समयमा राज्य एक्लै नरहेको भन्दै मन्त्री पोखरेलले निजी क्षेत्र, विभिन्न संघसंस्था र नागरिकबाट प्राप्त सहयोगले सरकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए ।उनले भने, ‘पछिल्लो केही दिन हामी सबैजना, सिङ्गो देश नै एउटा शोकको अवस्थामा छ। यस्तो बेलामा विभिन्न संस्था र व्यक्तिहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ । त्यो आर्थिक सहयोग मात्र होइन, सरकारप्रति नागरिकहरूले देखाउनुभएको भरोसा र ट्रस्ट पनि हो। यसले हामीलाई अझ धेरै मेहनत गरेर काम गर्न मोटिभेट पनि गर्छ र झक्झकाउँछ पनि।’

मन्त्री पोखरेलले विपद्को समयमा राज्य एक्लो नभएको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा विभिन्न क्षेत्रबाट भएको सहभागिताले राष्ट्रिय एकताको सन्देश दिएको बताए ।उनका अनुसार सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीदेखि विभिन्न संघसंस्था र सर्वसाधारणसम्म विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन् ।

शिक्षामन्त्री पोखरेलले विपद् आएपछि मात्र तयारी गर्ने पुरानो प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए । नेपालमा हरेक वर्षजसो कुनै न कुनै प्राकृतिक विपद् आइरहने भएकाले शिक्षा क्षेत्रमा पनि विपद् व्यवस्थापनको पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘विगतका दिनमा विपद् आउँछ अनि बल्ल तयारी गर्ने एउटा परिपाटी रहेको थियो। हामी त्यसलाई पनि चिरेर अलिकति अगाडि जान चाहन्छौँ। आजको कार्यक्रम रसुवा, नुवाकोट र धादिङको बाढीका लागि मात्र नभएर भविष्यमा आउन सक्ने अरू विपद्का लागि पनि सोचेर विभिन्न संघसंस्थासँग मिलेर गरेका हौँ।’

मन्त्रीका अनुसार यसपटक बाढीपहिरोबाट प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने मात्रै नभई विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकताका आधारमा अध्ययनको व्यवस्था गरिनेछ ।

दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई त्यसपछिको प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य प्रभावित विद्यार्थीलाई सहयोग गर्ने योजना मन्त्रालयको छ ।

मन्त्रालयका अनुसार विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार फरक–फरक किसिमको सहयोग उपलब्ध गराइनेछ । केही विद्यार्थीलाई आवासीय विद्यालयमा राखेर अध्ययन गराउने, केहीलाई पूर्ण छात्रवृत्ति दिने तथा आवश्यकताअनुसार होस्टेलको व्यवस्था मिलाउने योजना छ ।

स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि त्यहीअनुसार सहयोग उपलब्ध गराउने मन्त्री पोखरेलले बताए ।‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका विभिन्न संघसंस्था सहभागी भएका छन् । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन र नेपाल मोन्टेसरी एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मन्त्री पोखरेलले यी संस्थाहरूले यसपटकको विपद् प्रभावित विद्यार्थीका लागि मात्रै नभई भविष्यमा आइपर्न सक्ने विपद्, दुर्घटना वा अभिभावक गुमाउने अन्य बालबालिकालाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा गएको बाढी लगातै स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

बिपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारले गरेको काम, समस्या, चुनौतीबारे जानकारी दिन आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने कामलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको जानकारी दिनुभयो ।

“भदौ १० गते बिहान ११ बजे नै बैठक बसेर उद्धार तथा राहतका काम अघि बढायौँ, त्यसपछि हेटौँडामा नै बसेको बैठकले प्रदेश सरकारका सबै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखलाई बोलाएर विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशन दिइएको थियो, सङ्घीय सरकारले राहत सामग्री सङ्कलन र समन्वय गर्ने, प्रदेश सरकारले समन्वय तथा सहजीकरण गर्ने तथा स्थानीय सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी काम गर्ने हो,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापा मगरले विपद्का कारण बागमती प्रदेशका चार जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भएका र यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो ।

उहाँले विपद्मा सुरक्षा निकायले निरन्तर समन्वय र उद्धारमा काम गरिरहे पनि प्रभावकारी समन्वय हुन नसक्दा आशातीत रुपमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्काल राहतका लागि प्रभावित जिल्लालाई रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापन मगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

“रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताउनुभयो ।

राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले भदौ २३ गते मङ्गलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि राष्ट्र बैङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन अत्यावश्यक बैङ्किङ सेवा बन्द नगरी नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।

दलित अधिकारसम्बन्धी विधेयक सामाजिक विकास समितिमा पेस

विराटनगर। कोशी प्रदेशसभामा साेमबार बसेको बैठकले ‘कोशी प्रदेश दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सो विधेयकलाई विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरे।

उक्त प्रस्ताव बहुमतले पारित गरेपनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको हो। सो विधेयकमाथि प्रदेशसभाका सदस्य अमृत अर्याल र शोभा चेम्जोङले संशोधन प्रस्ताव दर्ता गर्नुभएपछि दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको हो।

खानेपानी, सिँचाइतथा ऊर्जामन्त्री तिलचन पाठक र भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले शून्य समय र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। यसअघि बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले भोटेकोशी नदीमा आएको बाढीले हामी सबैलाई रुवाएको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनाबाट पाठ सिकेर सरकारले समयमै उचित ध्यान पुर्‍याउनुपर्ने धारणा राखे।

उनले भोटेकोशी नदीमा आएको बाढीले अपार जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रीन आर्मी नेपाल नामक संस्थालाई तत्काल सरकारले खारेज गर्नुपर्ने माग गरे।

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती, यशोदा कायस्त, मीना श्रेष्ठ, शिला दीक्षित कार्की, नम्वरलाल धिमाल, गीतादेवी रेग्मी, गयानन्द मण्डल र तारादेवी ढकालले पनि मुलुकको समसामयिक विषयमा बोलेका थिए। प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

​उज्यालो नेपाल पार्टीद्वारा बाढी पीडितको सम्झनामा दीप प्रज्वलन

भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरुले सोमबार बसन्तपुरमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेको हुन् ।

कार्यक्रममा बाढीका कारण विभिन्न जिल्लामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने सोचमा जापानी प्रधानमन्त्री

काठमाडाैँ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन्।

सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे
बैठकमा एलडीपी नीति प्रमुख ताकायुकी कोबायाशी, एलडीपीका कार्यकारी कार्यवाहक महासचिव कोइची हागिउडा र मुख्य क्याबिनेट सचिव मिनोरु किहारा सहभागी भएको रिपोर्टमा उल्लेख छ ।

सोमबार अपरान्ह ताकाइचीले एलडीपीका महासचिव शुनइची सुजुकीसँग भेट गरेकी छिन्। यो फेरबदलको चर्चा शरद ऋतुमा हुने असाधारण संसदीय अधिवेशनअघि आएको हो।

“ताकाइचीले अर्को शरद ऋतुमा हुने पार्टी अध्यक्षीय निर्वाचनमा सम्भावित प्रतिद्वन्द्वीहरूलाई नियन्त्रणमा राख्न उनीहरूलाई प्रमुख पदहरू दिएर आफ्नो प्रशासनको आधार बलियो बनाउने इरादा राखेको देखिन्छ,” रिपोर्टमा भनिएको छ।