`

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी

धरान- सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामुल आयोजक समितिका सचिव चन्द्र मगरले बताउनुभयो ।

आयोजक समितिले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेको थियो । दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले आयोजकले लिएकोे लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागीे हुनसक्ने र लिइएको अपेक्षा पूरा हुनसक्ने सचिव मगरले बताउनुभयो ।

दैनिकरुपमा दर्शनार्थी बढ्दै गएको र दिनानुदिन गर्मी अत्यधिक बढेसँगै व्यवस्थापनमा अझ केही थप गरेर सरसफाइसँगै दर्शनार्थीको लागी सबै ठाउँमा पानीको व्यवस्था र खाना बस्नको सुविधा राम्रो तयार पारेर अगाडि बढी रहेको मूल आयोजक समितिका सहअध्यक्ष तथा बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालका विभिन्न ठाउँबाट मात्र नभएर बैतडी, दाङ, बाजुरा , अछाम, डडेलधुरालगायतका अन्य सबै जिल्लाबाट दर्शनार्थी आइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाट समेत उल्लेख्य रुपमा दर्शनार्थी आइरहेको र अमेरीका, अष्ट्रेलिया , क्यानडालगायका देशहरुबाट भक्तजन मात्र नभएर धर्मगुरुसमेत आएको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको राम्रो व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ, खानेपानी, शौचालयजस्ता आधारभूत कुराहरुको राम्रो व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट र उत्साहित देखिएको सहअध्यक्ष तथा नगरप्रमुख कार्कीको भनाइ छ ।

हिन्दू धर्म शास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा जम्मा चार वटा शाही स्नानका कार्यक्रम राखिएको छ । यही बैशाख १ गते र ११ गते २ शाही स्नान सकिएको छ भने बाँकी २ स्नान १६ गते र २६ गते गरिने छ ।

धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाही स्नान भनिन्छ । विशेष गरी स्नानलाई महत्वपूर्ण मानिन्छ बराहक्षेत्र मै सबैभन्दा बढी स्नान गर्ने प्रचलन रहेको छ । त्यहाँ खाली खुट्टा हिँडेर उल्लासमय जाने आउने गरिन्छ शुभमुहुर्तमा शाही स्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको सहअध्यक्ष कार्कीले बताउनुभयो । बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थान अन्य प्रदेशका छिटपुट ठाउँमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याएको १६ लाखको अवैध सामानबरामद

महेन्द्रनगर (कञ्चनपुर), १२ वैशाख : कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार दुई दिनयता भारतबाट भन्सार छली गरेर ल्याएको गहुँ, ट्रली र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका सामाग्री कञ्चनपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

“भारतबाट भन्सार छलेर ल्याइएका सामाग्री बरामद गरेर भन्सारको जिम्मा लगाउँदै आएका छौँ”, प्रहरी नायव उपरीक्षक जोशीले भन्नुभयो । प्रहरीले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा कञ्चनपुरमा रु चार करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला, प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा, १२ वैशाख- हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।

निकुञ्जले अवैधानिकरुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताउनुभयो । तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उहाँको भनाइ छ । डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन् ।

समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का ज्ञानबहादुर बुढाले बताउनुभयो । डोल्पामा यार्साको व्यावसायिक रुपमा सङ्कलन सुरु २०४० सालदेखि भएको हो । विसं २०७५ देखियता १२ जना यार्सा सङ्कलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ । अघिल्लो वर्षमात्रै छोडपुर्जी र सङ्कलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले रु दुई करोड तीन लाख राजस्व सङ्कलन गरेको थियो । सङ्कलकबाट बर्सेनि लाखाँै राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन ।

निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताउनुभयो । “जिल्लाका प्रत्येक गाउँमा यार्सा टिप्न पाटन जाँदा बर्सेनि धेरैले घर परिवार र अभिभावक गुमाएको अवस्था छ । उनीहरुको जीवनस्तर समेत दयनीय छ, मृतकका छोराछोरी पढ्न पाएका छैनन् । अभिभावक गुमाएकै कारण कलिलै उमेर बाल विवाह गर्न बाध्य छन्, राम्रोसँग खान पाएका छैन, धेरै पीडामा बाँचेका छन्”, उहाँले भन्नुभयो । स्वास्थ्य बिमा भएको भए यार्सा सङ्कलन गर्न जाँदा ज्यान गुमाउनेलाई केहीन केही राहत हुने उहाँको भनाइ छ । डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ ।

बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत

मकवानपुर, १२ वैशाख : बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी नीति, २०८१ लाई स्वीकृत गरेको छ ।बैठकले स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकम समेत स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को पहिलो संशोधनलाई स्वीकृत गरेको छ ।

यसैगरी बैठकले बागमती प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरणसम्बन्धी मापदण्ड संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वन क्षेत्रका भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गाको भोगाधिकार मात्रै लिइ राख्ने निर्णय गरेको छ ।

आव २०७८/७९ को प्रदेशको विभिन्न निकायमा भुक्तानी दिन रकम बाँकी रहेकाले निकासा दिन स्वीकृत प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्कोे गठन सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

टक्सार (भोजपुर), १२ वैशाख : भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई घरेलु मैदानमै हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

आयोजक भोजपुरको टिमलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा सञ्चालन भएको खेलमा चर्च व्बाइज युनाइटेडका तर्फबाट जर्सी नम्बर ३ का इलारा एस डिक्काले खेलको ५ आँै मिनेटमा पहिलो गोल गरेका थिए ।

यसैगरी जर्सी नम्बर ७ का अबोयोमीले खेलको ११ आँै मिनेटमा दोस्रो गोल र जर्सी नम्बर ११ का नवीन लामाले खेलको ७७ आँै मिनेटमा तेस्रो गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच चर्च व्बाइज युनाइटेड काठमाडौँका जर्सी नम्बर ११ का खेलाडी नवीन लामा भएका छन् । उहाँले नगद रु पाँच हजारका साथमा मेडल पाएका छन् ।

प्रतियोगिताअन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई ४–० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको छ भने सोमबारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलबार भएको तेस्रो खेलमा डाँगीहाट युथ क्लब मोरङलाई
४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाँै, चर्च व्बाइज युनाइटेड काठमाडाँै, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र खोटाङ भगवती स्पोर्ट्स क्लबबीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । फाइनल खेल यही वैशाख १५ गते हुनेछ । करिब रु ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।

पोखरामा वैशाख १५ गते एसिया कप ट्रायथोलन : १५ देशका खेलाडीले प्रतिस्पर्धा गर्दै

कास्की, १२ वैशाख : देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते हुने ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियल पोखरा आउने क्रम सुरु भइसकेको छ ।

प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् ।

यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका कमीकमजोरीलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलोपटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुसीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।”

ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधाअन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ ।

दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेता चयन हुनेछन् ।

प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्णरुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर० सुवेदीले बताउनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरालगायतका विभिन्न सङ्घ संस्थाले अपनत्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्रलगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ, १२ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताउनुभएको छ ।

खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताउनुभएको हो ।

“भूकम्पले पु¥याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु”, उहाँले भन्नुभयो । उहाँले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उहाँको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले विसं २०७२ को भूकम्पको स्मरण गराउनका लागि फोटो प्रदर्शन गरेर राम्रो कामको सुरुवात भएको बताउनुभयो । उहाँले नेपाल भूकम्पको अत्यन्त जोखिमयुक्त मुलुक भएकाले यहाँ बन्ने भौतिक संरचना निर्माणमा भूकम्पीय जोखिम कम हुने खालको बनाउनुपर्ने उल्लेख गर्नुभयो । सचिव राउतले विसं २०७२ को भूकम्पले मानवीय, भौतिक र आर्थिक क्षति पुगेको स्मरण गर्नुभयो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भूकम्पका बारेमा आम जनतालाई जानकारी दिने उदेश्यले विभागले विभिन्न तहका पाठ्यक्रम निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भूकम्पबाट हुने क्षति कम गर्नका लागि खानी विभागले ‘विल्डिङ कोर्ड’ निर्माण गरे पनि कतिपय स्थानीय तहले उक्त कोर्ड लागू नगर्दा समस्या भएको बताउनुभयो ।

विभागका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले यसबाट जोखिमका लागि पक्की संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।सम्बाहिका समाज नेपालका अध्यक्ष एवं सञ्चारकर्मी चाँदनी हमालले विसं २०७२ को भूकम्पको स्मरणका लागि फोटो प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यमले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।

विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए ।

पछिल्लो समय विसं २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा एक सय ५६ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका ८० हजार घरमा क्षति पु¥याएको थियो ।

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोगको खोजीमा अफगानिस्तान

अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई विश्वव्यापी समस्याको रूपमा वर्णन गर्दै मुलुकलाई लागुऔषधको खतरा विरुद्ध लड्न मद्दत गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयको काउन्टर–नार्कोटिक्स कार्यालयका प्रमुख मौलवी हसिबुल्लाह अहमदीले विश्वव्यापी समस्याका रूपमा लागुऔषध विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

राजधानी काबुलको बाहिरी इलाकामा मङ्गलबार ठूलो मात्रामा अवैध लागूऔषध र लागूऔषध उत्पादनमा प्रयोग हुने वस्तुहरू जलाउने कार्यक्रममा अधिकारीले अन्तरिम सरकार देशमा लागुऔषधको खतराविरुद्ध लड्न कटिबद्ध रहेको बताउनुभयो ।

अफिम खेती, लागुऔषधको प्रशोधन र ओसारपसार विरुद्ध प्रशासनको दृढ सङ्कल्प देखाउन छ सय ३५ केजी हेरोइनसहित २० टनभन्दा बढी अवैध लागुऔषध सार्वजनिकरूपमा जलाइएको छ ।

कुनै समय अफगानिस्तानमा लागुऔषध खेती ९५ प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले एक प्रतिवेदनमा पुष्टि गरेपछि युद्धग्रस्त अफगानिस्तान क्रमशः लागूऔषधबाट मुक्त हुँदै गएको छ ।

कार्यक्रममा काउन्टर नोर्कोटिक्स प्रहरी मुफ्ती अहमदउल्लाह अहमदीले भन्नभयो, “लागुऔषध नियन्त्रण प्रहरीले २२ हजारभन्दा बढी कारवाही गरेको र लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा नौ हजारभन्दा बढीलाई पक्राउ गरेको छ । प्रहरीले कारबाहीका क्रममा नौ सयभन्दा बढी लागुऔषध प्रयोगशाला र १३ हजार हेक्टरमा रहेको अफिम खेती नष्ट गरेको छ ।”

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उहाँले बताउनुभयो ।

“आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्”, प्रहरी नायव उपरीक्षक जैसवारले भन्नुभयो । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि

मकवानपुर, १२ वैशाख : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिनु भएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो ।

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताउनुभयो ।

गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो ।राज्य मौसम ब्युरोले गर्मी सूचकाङ्क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् ।

ब्युरोले तातो मौसमका कारण दुखाइ, गर्मीको थकान र गर्मीको स्ट्रोक पनि निम्त्याउन सक्ने चेतावनी दिएको छ । यसै महिनाको सुरुमा ब्युरोले फिलिपिन्सभर केही क्षेत्रमा ५१ डिग्री सेल्सियससम्मको तापक्रमको चेतावनी दिएको थियो । यसले आगामी महिनासम्म गर्मी बढ्दै जाने देखाएको छ ।

बढ्दो गर्मी मौसमले विद्यालयहरूलाई विद्यार्थी तथा बालबालिकालाई उच्च गर्मीको प्रभावबाट जोगाउन अनलाइन कक्षाहरू सञ्चालन गर्न बाध्य पारेको छ ।अत्यधिक गर्मीबाट हुने सम्भावित जटिलताहरूबाट बच्न ब्युरोले जनतालाई बाहिरी गतिविधिहरू सीमित गर्न र प्रशस्त पानी पिउन सल्लाह दिएको छ ।

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ । उहाँले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ ।

रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्षहरूमा रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो । युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेको बेला यो कदम चालिएको हो ।

अठ्चालीस वर्षीय इभानोभले सशस्त्र बलको निर्माण र खरीदको रेखदेख गर्नुभएको थियो र रूसी सेनाले कब्जा गरेको युक्रेनी शहर मारिउपोलको रूसी उच्च ओहोदाको पुनर्निर्माणसँग जोडिएको थियो ।

“रूसी महासङ्घका उपरक्षामन्त्रीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ,” मस्को अदालतको सञ्चार सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।विशेषगरी ठूलो परिमाणमा घूस लिएको अभियोगमा उहाँलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ ।

इभानोभका वकिलले सरकारी समाचार संस्था तासलाई बताएअनुसार इभानोभले उक्त आरोप अस्वीकार गर्नुभएको छ । रूसी केही स्वतन्त्र सञ्चार माध्यमले इभानोभ र उहाँको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।

सन् २०२२ को डिसेम्बरमा नाभाल्नीको टोलीले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहेका हजारौँ इमेलहरू प्राप्त गरेको बताएको थियो ।उहाँले फ्रान्सको दक्षिणमा लक्जरी कार, गहना, लुगाफाटा, पार्टी, प्रिमियम प्रोपर्टी र याट भाडामा लिएर लाखौं युरो खर्च गरेको बताइएको छ ।

तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत हुने गरेको उनीहरूको आरोप छ ।क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन शोइगुसँग निरन्तर सम्पर्कमा रहेको तर इभानोभको गिरफ्तारीबारे सोझै टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ ।

प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “यस विषयमा अनुसन्धान हुनेछ ।”सैनिक पोशाकमा प्रतिवादीहरूको आरोपबारे जवाफ दिन ४८ वर्षीय इभानोभले बुधबार अदालतमा सिसाको कोठाभित्र उभिनुभएको थियो । अदालतले भनेको छ, “अनुसन्धानकर्ताहरूले उहाँ रक्षा मन्त्रालयको लागि सम्झौता र सह–सम्झौताको कामको क्रममा सम्पत्ति सेवाको रूपमा विशेष गरी ठूलो मात्रामा घूस लिने ‘आपराधिक षडयन्त्र’ को हिस्सा भएको विश्वास गरेका छन् ।”

न्यायाधीशले उहाँलाई कम्तीमा जुन २३ सम्म पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छन् । उहाँलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिने तासले जनाएको छ ।

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई इरानले ‘निराधार’ भन्दै यसको खण्डन गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भन्नुभयो, “इरानका केही व्यक्ति र कम्पनीहरू साइबर आक्रमणमा संलग्न रहेको अमेरिकी सरकारको दाबीलाई इरानले स्पष्टरूपमा खण्डन गरेको छ ।

उहाँले वासिङ्टनले ‘गाजा पट्टीमा इजरायली युद्ध अपराध र नरसंहारका लागि इजरायली शासनलाई असीमित समर्थन गर्ने नीतिप्रति अन्तर्राष्ट्रिय आलोचनाको लहरलाई हटाउन खोजेको’ आरोप लगाउनुभयो ।

अमेरिकी अर्थ मन्त्रालयले मङ्गलबार चार व्यक्ति र दुई कम्पनीविरुद्ध प्रतिबन्धको घोषणा गरेको थियो र चार जनालाई ‘अमेरिकी संस्थाहरूलाई लक्षित गर्ने साइबर गतिविधिमा उनीहरूको भूमिकाको लागि’ पनि अभियोग लगाएको थियो ।

इरानको रिभोल्युसनरी गार्ड्सका तर्फबाट यी व्यक्तिहरूले एक दर्जनभन्दा बढी अमेरिकी कम्पनी र सरकारी संस्थाहरूलाई साइबर आक्रमणमार्फत निशाना बनाएका थिए ।

गत अप्रिल १३ र १४ मा इजरायलले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा गरेको घातक हवाई आक्रमणको बदलामा इरानले गरेको आक्रमणपछि संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली सङ्घले हालैका दिनहरूमा इरानविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएका छन् ।

गोरखा भूकम्पको नौ वर्ष : पीडित अझै अस्थायी टहरामा

गोरखा, १२ वैशाख ः गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भूकम्पले क्षति पु¥यायो ।

भूकम्प गएको नौ वर्षमा जिल्लाभित्र अधिकांस नीजिआवास, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरतात्विक भवन निर्माणको काम लगभग सम्पन्न भएपनि भूकम्पको केन्द्रविन्दु बारपाकमै केही भूकम्प पीडित अस्थायी टहरामै छन् । बारपाक सुलिकोट गाउँपालिका–१, स्थित दलितबस्तीका भूकम्प पीडित अझै पनि अस्थायी टहरामा बसिरहेको वडा सदस्य लक्ष्मी बि.कले जानकारी दिनुभयो ।

साविकको बस्ती जोखिमयुक्त रहेकाले अन्य स्थानमा घर बनाउन जग्गा नपाउदा दलित समुदायका परिवार अस्थायी टहरामा बस्नुपरेको उहाँले बताउनुभयो । “गैह्रागाउँका १५ घरभन्दा बढी दलित परिवारले भूकम्पपछि घर बनाउन पाएका छैनन्”, विकले भन्नुभयो, “जोखिमपूर्ण रहेकाले पुरानो ठाउँमा घर बनाउन नमिल्ने भएपछि उनीहरु अहिले सरकारी जग्गामा आश्रय लिइरहेका छन् ।”

अस्थायी टहरामा रहेकामध्ये कतिपयको साविक स्थानमा घर बनाउने चाहाना र कतिपयले सुरक्षित स्थानमा सरेर घर बनाउन चाहे पनि घडेरीको अभावका कारण समस्या भएको उहाँको भनाइ छ । “गैह्रागाउँलार्ई सरकारले जीवित सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो”, विकले भन्नुभयो, “त्यहाँका केही स्थानीयवासीले जग्गा दिन नमानेपछि त्यहाँ सङ्ग्रहालय बन्ने सकेन त्यसपछि समस्या भयो ।’’

स्मृति उद्यानको काम अलपत्र ः

भूकम्पको केन्द्रविन्दु बारपाकमा निमार्ण गर्न लागिएको भूकम्प स्मृति उद्यानको कामसमेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भूकम्पमा परेर देशभरका आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार तीन सय नौ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा केन्द्रविन्दु बारपार्कमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको छ । तर अहिलेसम्म पनि स्मृति उद्यानको काम सम्पन हुन नसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिनुभयो ।

“पूर्वाधार निर्माणको काम त करिब ९८ प्रतिशत नै सकिएको छ”, उहाँले भन्नुभयो, “स्मृति उद्यानमा राख्नका लागि भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको नामावली प्राप्त नहुँदा उद्यान निर्माणको काम सम्पन्न हुन सकिरहेको छैन ।” उद्यान निर्माणका क्रममा गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नाम स्मृति उद्यानमा ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको उहाँको भनाइ छ । उद्यानमा भूकम्पमा परी निधन भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने छ ।

“अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाको नाम लेख्न बाँकी रहेको छ”, इन्जिनियर पङ्गेनीले भन्नुभयो, “गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।” स्मृति उद्यानमा स्तम्भ मण्डला निर्माणमा गरिएको छ भने मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम समेत सम्पन्न भइसकेको इन्जिनियर पंगेनीले बताउनुभयो ।

त्यस्तै उद्यानसम्म पुग्नका लागि चार सय मिटर सडक कालोपत्र गरिएको, वाल निर्माण, क्यानटिन पार्क निर्माण, टिकट काउन्टर निर्माणको काम सम्पन्न भइसकेको छ । पार्कमा दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल समेत निर्माण गरिएको इन्जिनियर पङ्गेनीले जानकारी दिनुभयो । सरकारी स्वामित्वको झण्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

तोकिएको समयमा काम नहुँदा कार्यालयले ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरेर काम गरेको इन्जिनियर पङ्गेनीले बताउनुभयो । निर्माणमा ढिलाइ हुँदा पार्क निर्माण सम्पन्न गर्न सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको आयोजना कार्यालयले जनाएको छ ।

“उद्यान निर्माणको लगभग सकिएको छ”, भूकम्पमा परेर ज्यान गुमाएका सवैको नाम ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “हामीले गृहमन्त्रालयसम्म अनुरोध गरिरहेका छौँ”, कार्यालयले भूकम्प स्मृति उद्यान निर्माणका लागि विसं २०७४ मङ्सिर १४ गते स्वच्छन्द÷होम निर्माण जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० महिनामा काम सम्पन्न गर्ने भनिए पनि ढिलो गरी भर्खरै मात्र भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

इपिसेन्टरलाई पहाडको सहर बनाउने सपना ः

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भूकम्पपछि एउटा गाउँको रुपमा रहेको बारपाक अहिले पहाडको नयाँ सहरको रुपमा स्थापित हुन लागेको बताउनुभयो । “भूकम्पपछि बारपाकको प्रचारमा पनि फरक भयो”, उहाँले भन्नुभयो, “भूकम्पले धेरै घर ध्वस्त थिए, भूकम्प पछाडि बारपाक कस्तो बन्यो होला भन्ने धेरै मान्छेहरुलाई चासो हुनु स्वभाविक नै थियो, त्यसकारण पनि बाहिरका मानिसहरु बारपाक हेर्न र घुम्न आउने क्रम बढ्दै गएको छ ।”

अध्यक्ष भट्टले बारपाकमा बन्न लागेको भूकम्प स्मृति उद्यानले भूकम्पको केन्द्रविन्दु बारपाक मात्र नभएर गोरखा भूकम्पको अध्ययन र अवलोकन गर्ने अवसरसमेत प्रदान गर्ने बताउनुभयो । “स्मृति उद्यानसँगै हामीले सङ्ग्रहालय बनाउने योजना पनि छ”, उहाँले भन्नुभयो, “सङ्ग्रहालयमा भूकम्प बेलाको चित्र, तस्बिर, भूकम्पका बेलाका भिडियोसहित त्यसबेलाको अवस्थालाई जीवन्त झल्काउने प्रयासपनि गर्नेछाँै ।”

स्मृति उद्यान र सङ्ग्रहालयमार्फत गाउँपालिकाले नेपालभरका नागरिकलाई बारपाकमा पर्यटकको रुपमा भित्र्याएर विपद्बाट बच्न र सतर्कता अपनाउन शिक्षा पनि दिन चाहेको अध्यक्ष भट्टले बताउनुभयो । “भूकम्पपछि पुनःनिर्माणको काम लगभग अन्तिम अवस्था आइसकेको छ”, उहाँले भन्नुभयो, बारपाकमा गल्लीलाई व्यवस्थित गर्ने पनि हाम्रो तयारी छ, ढल व्यवस्थापन, खानेपानीको आयोजनालाई व्यवस्थापन गर्दै बारपाकलाई नयाँ पहाडी सहरको रुपमा स्थापित गर्ने तयारी गरिरहेका छाँै ।”

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ, १२ वैशाख : सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले आज त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकालाई कारबाही गर्न निर्देशन दिएको थियो ।

त्रिविका कानुनी सल्लाहकार खनालले बिना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले कारबाही नगर्न आदेश दिएको हो ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौँ, १२ वैशाख : यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी

 काठमाडौँ, १२ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फिर्ता हुनुभएको छ । कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसावले महत्वपूर्ण मानिएको छ । खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवद्र्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन् ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कतारका अमिरको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुहुन्छ । कतारबाट धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने गरेका उहाँको भनाइ छ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाले भन्नुभयो, “कतारी अमिर अल थानीको भ्रमणले नेपालको पर्यटनलाई धेरै सघाऊ पुग्छ । कतार विकसित मुलुक हो । मध्यपूर्वी कतार, बहराइन, कुवेतलगायत मुलुकबाट ‘हाइ इन्ड’ पर्यटक नेपाल आउने क्रम बढेको छ ।” उहाँले पछिल्लो समय नेपालमा ‘हाइ इन्ड टुरिस्ट’ बढ्दो क्रममा रहेकाले कतारबाट नेपाल आउने पर्यटक बढ्न सक्ने बताउनुभयो ।

खासगरी कतारको राजपरिवारका सदस्यहरु नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउने गरेका छन् । कतारका शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो कतारी नागरिक हुनुहुन्छ । उहाँले सन् २०१३ मे २२ मा सगरमाथा र सन् २०२० नोभेम्बर ११ मा अमादब्लमको सफल आरोहण गर्नुभएको थियो । यस्तै कतारको राजपरिवारका सदस्य शेख अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।

यसरी कतारी राजपरिवारका सदस्यहरु पछिल्लो समय नेपालको सगरमाथासहितका हिमाल आरोहण र चर्चित पदयात्रामा आउने गरेका छन् । कतारका शेख तथा खर्चालु पर्यटक महङ्गा र लग्जरी होटल तथा रिसोर्टमा बस्न चाहने भएकाले सोही अनुरुप नेपालममा पनि लग्जरी होटल एकपछि अर्को थपिदैछन् ।

मुस्ताङको सिन्तामणी, चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टलगायतका लग्जरी होटल कतारलगायत खाडी मुलुकका राजपरिवार सदस्य र महङ्गा पर्यटकका लागि उपयुक्त हुने होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो । कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश दिएको उहाँ बताउनुहुन्छ ।

“कतारका अमिरको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । विश्वको उदीयमान मुलुक कतारको विश्वव्यापी रुपमा प्रभाव छ । त्यसैले कतारका विशिष्ट व्यक्तिको भ्रमणबाट नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शाहका अनुसार कतारका अमिरको भ्रमणले विश्वलाई नेपालको सन्देश दिएको छ । कतार, युनाइटेड अरब इमिरेटस् (युएई)लगायत मुलुकबाट विगतमा पनि राजपरिवारका सदस्यहरु पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा नेपाल आएका थिए । “कतारका अमिरको भ्रमणबाट होटल व्यवसायी उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “यो विशिष्ट भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश दिएको छ ।”

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एयरलाइन्स र श्रमिक बजारको मूख्य मुलुकको प्रमुख आउनु नेपालका लागि महत्वपूर्ण कुरा हो, उहाँलाई राज्यले दिनुपर्ने सम्मान पनि दिएको छ । यसले आगामी दिनमा वाह्य पर्यटन आवगमनमा बढोत्तरी हुने विश्वास छ ।”

विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ । त्यसैले कतारका अमिरलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्न मद्दत पुगेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कतारका राजाले सोल्टीमा बसेर द्वारिकाज होटलमा ‘लञ्च’ खाएको विषयले लग्जरी सेवामा पनि नेपाल अब्बल छ भन्ने सन्देश गएको छ । यो भ्रमणले नेपाल गन्तव्यको विश्वभर प्रचार–प्रसार भएको छ । यसले नेपालको पर्यटनमा सकारात्मक उत्साह जगाएको छ ।”

बोर्डका अनुसार सन् २०२३ मा दुई सय ५५ कतारी नागरिकले नेपालको भ्रमण गरेका छन् । सन् २०२२ मा दुई सय पाँच, सन् २०२१ मा ७४, सन् २०२० मा ६३, सन् २०१९ मा दुई सय ८५ र सन् २०१८ मा दुई सय ९१ कतारी नागरिक नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या बढाउन नेपालमा कतारका अमिरको भ्रमणले सहयोग पुग्ने विश्वास गरिएको छ ।

विसं २०८० कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका कारण नेपालको पर्यटनमा सकारात्मक प्रभाव परेको थियो । त्यसअघि २०७९ सालको बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको छ । विसं २०७५ मा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेयता ती क्षेत्रमा भारतीय पर्यटकको आगमन बढेको पाइएको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ दर्शनले पनि पछिल्लो समय धार्मिक पर्यटनमा बढोत्तरी भएको छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठ कतारी अमिरको नेपाल भ्रमण पर्यटनलगायत आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण हुने बताउनुहुन्छ । भ्रमणबाट पर्यटनलगायत दुई राष्ट्रबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुगेको उहाँको भनाइ छ ।

“यो भ्रमणले खर्चालु पर्यटक नेपालमा ल्याउन ठूलो भूमिका खेल्छ,”, पूर्व सिइओ श्रेष्ठले भन्नुभयो, “युरोप र मध्यपूर्वी मुलुकमा नेपालको सम्बन्ध जति राम्रो भयो त्यति नै पर्यटक आकर्षण गर्न मद्दत पुग्छ । अन्य मुलुकसँग पनि हवाई सम्पर्क सञ्जाल विस्तार गर्दै लगे नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ ।”

स्टोनियाका वाणिज्य दूतसमेत रहनुभएका ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहालले कतारबाट भएको उच्च स्तरको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जुनसुकै मुलुकको राष्ट्राध्यक्ष वा राष्ट्र प्रमुखले भ्रमण गर्दा त्यो देशको चिनारी संसारभर पुग्छ । त्यसमाथी पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ठूलो भूमिका खेल्छ । यो भ्रमणपछि नेपालमा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।” खाडी मुलुकबाट अहिले उल्लेख्य संख्यामा विशिष्ट व्यक्तिदेखि खर्चालु पर्यटक नेपाल आइरहेको सन्दर्भमा यो भ्रमण नेपालको निम्ति अवसर भएको व्यवसायी दाहालले बताउनुभयो ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुको यो याममा कतारबाट एक विशिष्ट व्यक्ति सगरमाथा आरोहणका लागि आउनुभएको छ । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतायुक्त नेपाल आफैमा विश्व पर्यटनको आकर्षक गन्तव्य हो । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण तथा अन्नपूर्ण, लाङ्टाङलगायत चर्चित गन्तव्यमा पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी नागरिक नेपाल आउँछन् । नेपालमा खासगरी पर्वतारोहण र पदयात्राका लागि कतारी नागरिक नेपाल आउने गरेका छन् ।

विमानस्थल सञ्चालनमा सहयोगको अपेक्षा

कतार एयरवेज नेपालमा विदेशी पर्यटक ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विमान कम्पनीमा पर्छ । हाल यो नेपाल एयरलाइन्सपछि सबैभन्दा बढी विदेशी हवाई यात्रुलाई सेवा दिने विमान कम्पनी हो ।

कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा परिचित छ । यसले दुई सयको हाराहारी जहाजमार्फत एक सय ५० भन्दा बढी मुलुकमा उडान सेवा दिइरहेको छ । कतार एयरवेजले अहिले नेपालमा दैनिक चार उडान भर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजले सन् २०२१ देखि सन् २०२३ सम्म सात लाख ३३ हजार एक सय ७७ यात्रुलाई नेपाल भित्र्याएको छ भने आठ लाख २३ हजार ६ सय ९३ यात्रुलाई नेपालबाट बाहिर जानका लागि सेवा प्रदान गरेको छ ।

कतारका अमिरको यो भ्रमणबाट भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोहामा हवाई सेवा सुरु हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच आज भएको भेटवार्तामा पनि सो विषयबारे छलफल भएको थियो ।

“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछौँ,”, भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले काठमाडौँ र दोहाबीच हवाई सेवा प्रभावकारी भएको उल्लेख गर्दै कतारका अमिरसमक्ष पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत

काठमाडौँ, १२ वैशाख: कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् । भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ । अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्व दिएको थियो । कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो । समग्रमा कतारका अमिरको नेपाल भ्रमण र यसका उपलब्धिबारे मन्त्री बस्नेतसँग राष्ट्रिय समाचार समितिका समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ । सरकारले तपाईंँलाई सवारी मन्त्रीको जिम्मेवारी दिएको थियो । अमिरको भ्रमणलाई कसरी लिनुभएको छ ?

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ । यो भ्रमण आफैँमा महत्वपूर्ण र ऐतिहासिक छ । सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ । बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु । राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्तामा समेत मैले त्यो अनुभव गरेँ । सँगसँगै हिड्ँदाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नुभएको थियो । उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो । उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नुभएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु । उहाँको दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ । उहाँसँगको सामिप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ । नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएको थियो ।

कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ । त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ । नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ । प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ । नेपालीले कतारको निर्माण क्षेत्रमा निर्वाह गरिराखेको भूमिका कारण पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक रहेको पाएँ । भ्रमणका क्रममा नेपाल सरकार र नेपालीले देखाएको सद्भाव र सत्कारको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । यस भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको मैले महसुस गरेको छु । यो आफैँमा महत्वपूर्ण छ । यो कुरा दुवै पक्षबाट छलफलका क्रममा समेत अभिव्यक्त भयो ।

भौतिक पूर्वाधार निर्माणमा कतारले गरेको प्रगति र अमिरको भ्रमणपछि त्यस क्षेत्रमा के कस्तो सहयोग रहला ? द्विपक्षीय भेटवार्ताका क्रममा के कस्ता छलफल भए ?

ऊर्जा (जलविद्युत् र नवीकरणीय), पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबीच महत्वपूर्ण छलफल भएका छन् । कला, संस्कृति, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा पनि दुई देशबीचमा समझदारी भएका छन् । निजी क्षेत्रबाट पनि दुईवटा महत्वपूर्ण समझदारी भएका छन् । यी उपलब्धिलाई अहिले सुरुआतका रुपमा लिन सकिन्छ । आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन् । दुई मुलुकबीचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको हामीले महसुस गरेका छौँ । जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको छ ।

वार्ताका क्रममा दुई देशका उच्च तहको सहभागितामा कार्यसमूह बनाउने समझदारी भएको छ भन्नुभयो । त्यसले के कस्ता विषयलाई सम्बोधन गर्ला ?
विषयगत कार्यसमूह बनाएर काम अगाडि बढाउने सहमति भएको छ । द्विपक्षीय रुपमा भएको यस सहमतिले आगामी दिनमा ठोस आकार ग्रहण गर्नेछ । केही दिनपछि हुन लागेको तेस्रो लगानी सम्मेलनमा पनि त्यसको अनुभूति हामीले गर्न पाउनेछौँ । त्यसमा मेरो विश्वास छ ।

अमिरको यसपटकको भ्रमणको उपलब्धि दीर्घकालमा देखिन्छ भन्ने यहाँको विश्वास हो ?

निश्चय नै । अहिले भएका विषय संकेत मात्रै हुन् भनेस बुझ्न सकिन्छ । लगानी सम्मेलनबाट थप प्रष्ट हुन्छ भन्ने मेरो विश्वास छ । दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको अनुभति भएको छ । खाडी मुलुकबाट पहिलो पटक भएको यसप्रकारको उच्चस्तरको भ्रमणले भविष्यमा महत्वपूर्ण अर्थ राख्ने नै छ । लाखौँ नेपाली खाडी मुलुकमा रहेका अवस्थामा पनि यो भ्रमणको विशिष्ट महत्व छ । यसलाई व्यवस्थित गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनका लागि भ्रमणले आधार प्रदान गरेको छ ।

भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्रीज्यूलाई कतार भ्रमणको निम्ता पनि दिनुभएको छ । प्रधानमन्त्रीले पनि चाँडै उपयुक्त समयमा कतार भ्रमण गर्ने वचन दिनुभएको छ । छोटो समयका लागि भएको यस भ्रमणमा के सम्झौता भयो र के लेखियो भन्ने कुराले मात्रै भ्रमणको महत्वलाई सीमित गर्दैन । भ्रमणको महत्व दूरगामी, व्यापक र महत्वपूर्ण पनि हुन्छ । मलाई विश्वास छ, यस भ्रमणको ठोस उपलब्धि समयक्रमसँगै व्यवहारिक रुपमा पनि देखिने छ ।

कतारले भौतिक पूर्वाधारका क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ, यसअघि कतारले केही जलविद्युत् आयोजनामा लगानी गर्ने विषय उठाएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि यहाँ सहभागी हुनुभयो । ती विषयमा उहाँहरुको धारणा के पाउनुभयो ?

ऊर्जा क्षेत्रमा उहाँहरुको निकै चासो भएको पाइयो । उहाँहरु वातावरणप्रति पनि गहिरो चासो र सरोकार रहेको पनि पाइयो । जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने उहाँहरुको इच्छा छ । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । हामीले पनि सहकार्यका निम्ति आग्रह ग¥यौँ । ऊर्जा क्षेत्रमा पनि केही सकारात्मक परिणाम आउने विश्वास छ ।

नेपाल र कतारबीच श्रम सम्झौताको पुनरावलोकन गर्ने विषय अभिव्यक्त हुँदै आएको थियो । यी विषयमा के कुराकानी भयो ?

भ्रमणका क्रममा छलफल भएका विषयलाई मूर्त र व्यवस्थित रुप दिन कार्यसमूह निर्माण गर्ने समझदारी भएको छ । श्रम सम्झौता पुनरावलोकनको विषयमा सकारात्मक छलफल भएको छ । यसले सकारात्मक वातावरण बनाएको छ । कतारका अमिरले आफूले निकै सकारात्मक प्रभाव लिएर फर्कदै छु भनेर भन्नुभएको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध अर्को चरणमा प्रवेश ग¥यो भन्ने खालका अभिव्यक्ति पटक–पटक दोहो¥याउनुभएको थियो । यी सबै विषयलाई व्यवस्थित बनाउन कार्यसमूह बनाएर अघि बढ्ने समझदारी बनेको छ ।

कतारका अमिरको नेपाल भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ । मलाई लाग्छ, खाडी मुलुक नेपालीको प्रमुख श्रम गन्तव्य हो । खाडी क्षेत्रबाट यो स्तरको पहिलो भ्रमण हुनु आफैँमा ऐतिहासिक छ । कतारको अमिरको नेपालमा उपस्थितिले मात्रै होइन, द्विपक्षीय छलफलमा उठेका विषयवस्तुका दृष्टिबाट हेर्दा पनि भ्रमण महत्वपूर्ण भएको छ । त्यसलाई परिणामुखी बनाउन तत्काल जुन ढङ्गले पहलकदमी अघि बढाउने समझदारी भएको छ, त्यो दृष्टिबाट हेर्दा पनि यस भ्रमण निकै महत्वपूर्ण र उपलब्धिमुलक रह्यो भन्न सकिन्छ ।

‘ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ’ :मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा आज यहाँ आयोजित ‘ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैङ्गिक समताको एकीकरण’ सम्बन्धी कार्यक्रममा उहाँले अहिले विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको छ भन्नुभयो । उहाँले भन्नुभयो “राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन सकेको छैन । ”

मन्त्री चौधरीले जलविद्युत आयोजना लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको जनाउँदै उहाँले सात मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताउनुभयो ।

मन्त्री चौधरीले जलविद्युत आयोजना एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र भएको बताउनुभयो । “वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको छ, लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना तय गएिको छ ।”

आजदेखि हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित इप्पानको आयोजनामा हिमालयन ‘हाइड्रो एक्स्पो’ सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ¥यालीको उद्घाटन गर्नुभएको थियो ।

इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी ¥याली आयोजना गरिएको बताउनुभयो । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागिसमेत विद्युतीय सवारी ¥यालीले थप प्रवद्र्धन हुने आशा छ ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौँ, १२ वैशाख : नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेको छ ।

नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अर्थमन्त्री पुनसँग अर्थ मन्त्रालयमा भेट गरेको उहाँको सचिवालयले जनाएको छ ।

नेपालका वाणिज्य बैंकहरुसँग मात्र सहकार्य गर्दै आएका अन्तर्राष्ट्रिय विकास संस्थाले आगामी दिनमा विकास बैंक र वित्त कम्पनीमार्फत पनि लगानी गर्न चाहेको बताएका छन् । त्यस्ता संस्थाले हालसम्म नेपालका बैंकहरुमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि अमेरिकी डलर ६० करोड लगानी हाराहारी लगानी गरिसकेको जनाइएको छ ।

भेटका क्रममा प्रतिनिधिमण्डलका सदस्यले आफूहरु नेपालमा लगानीको क्षेत्र विस्तार गर्न इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् । जवाफमा अर्थमन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको उल्लेख गर्नुहुँदै आन्तरिक तथा बाह्य निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण जनाउँदै गएको बताउनुभयो ।

प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी), एसियन विकास बैंक (एडिबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेउनल इन्मेष्टमेन्ट, बेल्जियमको बिआइ ओ इनभेष्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए ।

यसअघि सोही प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसंँग भेटेको थियो । त्यसक्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुहुँदै केही दिनअघि मात्र अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका विभिन्न ऐन संशोधनको निर्णय गरेको बताउनुभयो । नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड दिने नीति लिएको सचिव मरासिनीको भनाइ छ ।

नेपाली चिया निर्यातमा भारतले हटायो अवरोध, काँकडभिट्टापारि रोकिएका ट्रक छुटे

झापा, १२ वैशाख – भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।

“रोकिएका सबै ट्रक आज छाडिए”, उहाँले भन्नुभयो, “अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन ।” पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो । गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यवहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरुप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो ।

नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भयो ।

चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो । भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई आज छाडिदिएको हो । सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’

काठमाडौँ, १२ वैशाख : कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आउनुभएको हो ।

मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुनुभएको थियो । कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुदलगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौताा हस्तक्षर गर्ने कार्यक्रम छ ।

काठमाडौँबाट प्रकाशित प्रमुख अखबारले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तालाई प्रमुखताका साथ छापेका छन् । अधिकांश अखबारले सो भेटवार्तामा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति पौडेलले गर्नुभएको आग्रहलाई समाचारको मुख्य विषय बनाएका छन् ।

देशको सबैभन्दा पुरानो गोरखापत्र’ दैनिकले प्रथम पृष्ठमा राष्ट्रपति पौडेल र अमिर थानीबीच भेटवार्ता भेटवार्ता भएको र त्यसबाट बृहत साझेदारीको मार्ग प्रशस्त भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र कतारबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारबीचको आपसी सम्बन्ध र जनसम्बन्धको विकास र विस्तारमा योगदान पु¥याउने बताउनुभएको समाचारमा उल्लेख छ ।

भेटमा राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गर्नुभएको सम्बन्धी समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । राष्ट्रपतिसँगको भेटमा कतारका अमिरले नेपाल र कतारबीचको लामो सहकार्यलाई थप सुदृढ तुल्याउन कतार सरकारले बलियो पहल गर्ने बताउनुभएको विषयलाई पनि गोरखापत्रले प्रमुखताका साथ समेटेको छ ।

‘कान्तिपुर’ दैनिकले राष्ट्रपति पौडेलसँग भेटका लागि शीतलनिवासमा पुग्नुभएका कतारी अमिरको तस्वीर पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरले कतारी अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार दोस्रो र तेस्रो पृष्ठमा प्रकाशित गरेको छ । कान्तिपुरले ‘कतारी अमिरः कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म’ शीर्षकमा पूरा पृष्ठमा अमिरको उदय, कतारी समृद्धिको संवाहक तथा विश्वमञ्चमा समन्वयकारी र नेतृत्वदायी भूमिकामा देखिने प्रयास गरिरहेको विषयलाई समेटेको छ ।

यस्तै तेस्रो पृष्ठमा राष्ट्रपति पौडेलसँग कतारी अमिरको भेटसम्बन्धी समाचार र तस्वीर प्रकाशन भएको छ । उक्त समाचारमा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता नेपाली विद्यार्थी जोशीको रिहाइका लािग पहल गरिदिन राष्ट्रपति पौडेलले गर्नुभएको आग्रहलाई मुख्य विषय बनाइएको छ । कान्तिपुरले चार जेट विमानसहित कतारी अमिर काठमाडौँ ओर्लिएको, आज प्रधानमन्त्री दाहालसँग द्विपक्षीय भेटवार्ता गर्ने र पाँच समझदारीपत्रमा हस्ताक्षर हुने समाचार पनि प्रकाशन गरेको छ ।

‘नयाँ पत्रिका’ दैनिकले कतारी अमिरको भ्रमणसम्बन्धी खबरलाई पहिलो पृष्ठमा नै समावेश गरेको छ । राष्ट्रपति पौडेल र कतारी अमिरबीच वार्ता भएको र सो वार्तामा नेपाली विद्यार्थी जोशीको रिहाइदेखि कतारमा काम गर्ने नेपाली श्रमिकको सुरक्षा र नेपालमा लगानीसम्मका विषयमा छलफल भएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । नयाँ पत्रिकाले कतारी अमिरले नेपाली विद्यार्थी जोशीको रिहाइका लागि पहल गर्ने, जलवायु परितर्वनको मुद्दामा राष्ट्रपतिको चासो, विमानस्थलमा भव्य स्वागत, आज प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने तथा कतारी अमिरको सुरक्षामा प्रविधिको अधिकतम् प्रयोग उपशीर्षकमा समाचार छापेको छ ।

‘अन्नपूर्ण पोष्ट’ दैनिकले कतारका अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार ‘विपिन उद्धारको पहल गरिदिन कतारी राजासँग राष्ट्रपतिको आग्रह’ शीर्षकमा ‘एङ्कर न्यूज’का रुपमा प्रकाशन गरेको छ । उक्त समाचारमा कतारी अमिर थानीले ‘नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध’ उपशीर्षकमा सोसम्बन्धी विषयलाई पनि छापेको छ । अन्नपूर्ण पोष्टले कतारी राजालाई विमानस्थलमा २१ तोपको सलामी दिइएको, सुरक्षा व्यवस्था कडा पारिएको तथा अमिरको भ्रमणमा मन्त्री र उच्च पदस्थ अधिकारी सहभागी भएको उल्लेख गरेको छ ।

‘राजधानी’ दैनिकले पनि अमिरको नेपाल भ्रमणसम्बन्धी समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ । पहिलो पृष्ठमा ‘राष्ट्रपति पौडेल र कतारका अमिरबीच द्विपक्षीय छलफल’ शीर्षकमा समाचार छापिएको छ । मध्यपूर्वमा बढेको द्वन्द्वप्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गर्नुभएको विषयलाई समाचारमा समेटिएको छ । राजधानीले दोस्रो पृष्ठमा ‘कतारी अमिर नेपालमा’ शीर्षकमा ‘फोटो फिचर’ पनि छापेको छ । कतारी भ्रमणदलमा सहभागी, प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तथा सम्झौता र दक्षिण एसियामा पहिलो श्रम सम्झौता गर्ने मुलुक कतार उपशीर्षकमा भ्रमणसम्बन्धी समाचार प्रकाशन गरेको छ ।

‘हिमालय टाइम्स’ दैनिकले ‘मध्यपूर्व एसियाबाट पहिलो उच्चस्तरीय भ्रमण’ शीर्षकमा पहिलो पृष्ठमा कतारी अमिरको भ्रमणसम्बन्धी समाचार छापेको छ । हिमालय टाइम्सले ‘डेढ सय जनाको भ्रमण दल, ११ जनाको विशेष प्रतिनिधिमण्डल छुट्टै’, ‘विपिन जोशी रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिको आग्रह’, ‘आज प्रधानमन्त्रीसँग भेटवार्ता, के–के विषयमा हुँदै छ समझादारी र सम्झौता ?’, ‘कतारबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्छः पूर्वराजदूत उपाध्याय’ र ‘श्रमिकको हितअनुकूल श्रम सम्झौता परिमार्जन गर्न आवश्यक ः पूर्व–परराष्ट्रमन्त्री डा खड्का’ उपशीर्षकमा पुरक समाचार पनि प्रकाशन गरेको छ ।

अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तासम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । कतारी अमिरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोसम्बन्धी समाचार पनि राइजिङ नेपालमा छ । अर्को अङ्ग्रेजी दैनिक ‘द काठमाडौँ पोष्ट’ले पनि राष्ट्रपति पौडेल र कतारी अमिरको भेटसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा प्रकाशन गरेको छ । सो भेटमा राष्ट्रपति पौडेलले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन गरेको आग्रहलाई प्रमुख विषय बनाइएको समाचार काठमाडौँ पोष्टले छापेको छ ।

विद्युतीय सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सार्वजनिक तथा निजी क्षेत्रका प्रसारण संस्था तथा सबै ‘अनलाइन न्युजपोर्टल’ले कतारी अमिरको भ्रमणसम्बन्धी समाचार एवं तस्वीर प्रकाशन एवं प्रसारण गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पु¥यागउनुपर्ने बताउनुभयो ।

“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।” नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताउनुभयो ।

सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।” प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

“सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालको क्षमता विकासमा ध्यान दिनै पर्दछ,” नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो ।

सोलुखुम्बुको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले, लाखौ बराबरको सामान जलेर नष्ट

सल्लेरी (सोलुखुम्बु), १२ वैशाख : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।

गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक÷एक वटा घर आगोले जलेर नष्ट भएको हो ।

आगलागीबाट रु ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा रु २३ लाख, केशव राई र मकरबहादुर राईको नगद रु एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा रु २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खरबारीबाट सल्किएको आगो जङ्गलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो, कतिपय घर खरको छानो भएकाले आगो निभाउन कठिनाइ भयो, अन्ततः बस्तीको आगो निभाइयो तर वनको आगो निभाउन सकिएको छैन ।”

स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाइएको उहाँले बताउनुभयो ।

झापामा मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।

सर्लाहीको बलरामा बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति

बरहथवा (सर्लाही), १२ वैशाख : सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । रमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो । दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियोे ।

गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु

तनहुँ, १२ वैशाख : व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो । पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधँेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्र गरिनेछ ।

विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८० लाखमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त योजनाबाट बाँकी रहेको करिब रु २२ करोड रकम अर्को प्राथमिकताको योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो । उहाँका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो । छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रियाअघि बढाएको थियो ।

कतारका अमिर र प्रधानमन्त्रीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै ,विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ, १२ वैशाख : नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुहुनेछ । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न यहाँ आइपुग्नु भएको हो । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु

दमौली (तनहुँ), १२ वैशाख- तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो ।

खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड रकम विनियोजन गरेको र असार मसान्तसम्म काम सक्न बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो । नगरपालिकाले सो स्थानमा औद्योगिक ग्राम निर्माणका लागि रु २४ करोड २८ लाख ८५ हजारको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

औद्योगिक ग्रामका लागि पहुँचमार्ग स्तरोन्नति गर्ने, ग्रामभित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्म्याउने र पर्खाल चालु आर्थिक वर्षभित्र निर्माण गरिने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दूध, मह, चिया कफी, फलफूल, जडीबुटीलगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्य छ ।

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ

आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप,वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँतिर

गलेश्वर (म्याग्दी) १२ वैशाख -डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ ।

डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ । डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताउनुभयो ।

जिल्लाको बेनी नगरपालिका लगायत मालिका,मङ्गला,रघुगङ्गा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताउनुभयो ।कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उहाँ बताउनुहुन्छ । दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

वन्यजन्तु गाउँमा
डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् ।जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् ।

“खेतबारीमा लगाएको बाली र वँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्” मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भन्नुभयो ।
बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उहाँले बताउनुभयो । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् । मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताउनुभयो ।
खेतबारीमा बँदेलले दुःख दिएको उहाँले गुनासो गर्नुभयो ।

यसैबीच, तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएकोअन्न, लत्ताकपडा, भाँडाकुडा नष्ट भएको छ । यसैगरी, भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मङ्गलबार आगलागी हुँदा रु ४२ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिनुभयो ।

आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टिभी दुई थान, मोबाइल द फोन, फर्निचर लगायत घरका सबै सामग्री जलेका उहाँले बताउनुभयो ।
यसैगरी, रासस प्रतिनिधिले तनहुँबाट सम्प्रेषण गरेको समाचारअनुसार तनहुँ जिल्लामा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार वैशाख पहिलो सातासम्म २३ वटा सामुदायिक वनमा डढेलो लागेको हो ।

डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलोको क्रम नरोकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन छन् ।

व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको थियो । म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, दु्रपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा पनि आगलागी भएको थियो ।

वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीनवर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडा पुग्नुभएको छ । सन् २०१६ र २०२० को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको र रिपब्लिकन गभर्नर रोन डेसान्टिसको नेतृत्वमा रहेको दक्षिणपूर्वी राज्य करिब एक दशकदेखि डेमोक्र्याटको पहुँचभन्दा बाहिर रहेको छ ।

तर ट्रम्पको कार्यकालमा सर्वोच्च अदालतले गर्भपतन गर्न पाउने सङ्घीय अधिकारलाई खोसेपछि रिपब्लिकनहरूको विशेष प्रभाव भएका राज्यहरूमा पनि मतदाताहरू यस मुद्दामा एकजुट भएका छन् ।यसैबीच नोभेम्बरमा ह्वाइट हाउसको पुनरागमनको लागि प्रचार गर्न अदालत छोड्न नपाउने भएपछि ट्रम्पले मङ्गलबार न्यूयोर्कमा आफ्नो गोप्य लेनदेनसम्बन्धी सुनुवाईमा भाग लिनुहुने भएको छ ।

मे १ देखि लागू हुने सर्वोच्च अदालतबाट हालै फैसला भएको छ हप्तापछिको गर्भपतनमा प्रतिबन्धलाई कायम राखेको निर्णय फ्लोरिडाका मतदाताले कसरी लिनेछन् भन्ने बिषय दुवै पक्षका लागि उच्च जोखिमको बिषय देखिएको छ ।गर्भपतनको अधिकार सुनिश्चित गर्नेे प्रतिबन्धसम्बन्धी नियम (कानून) पनि नोभेम्बरमा हुने चुनावपछि फुकुवा हुन सक्छ ।

सर्वोच्च अदालतले गर्भपतनको अधिकार नियमनलाई फिर्ता गरेदेखि २१ वटा राज्यहरूले गर्भपतनमा प्रतिबन्ध लगाएका छन् वा कडा प्रतिबन्ध लगाएका छन् ।यद्यपि हरेक पटक यो मुद्दा प्रत्यक्ष रूपमा मतदाताहरूमा जाँदा गर्भपतनको पक्षधरहरूले जितेका गर्भपतन अधिकारका अभियानकर्ताहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति वाइडेनका चुनावी अभियानका प्रवक्ता जुली चाभेज रोड्रिगेजले फ्लोरिडामा जित हासिल गर्न सजिलो राज्य नभए पनि राष्ट्रपति बाइडेनका लागि यो जित योग्य राज्य भएको बताउनुभएको छ ।

“हरेक दिन ट्रम्पका कारण अमेरिकी महिलाहरूले सामना गरिरहेको त्रास (गर्भपतन सम्बन्धी निर्णय)का लागि जिम्मेवार यस घटनालाई अमेरिकीहरूले कुनै न कुनै तरिकाले बिर्सनेछन् र यसपटक पनि आफुलाई जिताउनेछन् भन्नेमा ट्रम्प आशावादी रहेको देखिन्छ । आजीवन क्याथोलिक धर्मावलम्बी रहेका ८१ वर्षीय बाइडेनले लामो समयदेखि गर्भपतनका विषयमा ट्रम्पसँग लड्दै आउनुभएको छ ।

धर्मसँग कमजोर सम्बन्ध भएका ट्रम्पले सन् २०२२ मा सर्वोच्च अदालतले ‘रो भर्सेज वेड’लाई उल्टाउने निर्णयमा आफ्नो भूमिकाबारे घमण्ड गर्दै आउनुभएको छ । उक्त फैसलाले ट्रम्पले नियुक्त गरेका परम्परावादी न्यायाधीशहरूले गर्भपतनको संवैधानिक अधिकारलाई कायम राख्ने आधा शताब्दी लामो कानुनी नजिरलाई खारेज गरेको थियो ।

रिपब्लिकन–नियन्त्रित राज्यहरूमा महिलाहरूले प्रजनन हेरचाहमा पहुँच गर्न विविध समस्याहरूको सामना गर्नुपरेको छ । यसमा गैर–व्यवहार्य गर्भधारण र आईभीएफ उपचार पनि समावेश छ ।अधिकांश अमेरिकीहरू कम्तिमा केही गर्भपतन सुरक्षाको पक्षमा रहेपनि सर्वोच्च अदालतको निर्णय धार्मिक अधिकारको लागि एउटा महत्त्वपूर्ण विजय थियो ।

त्यसपछि ट्रम्पले १५ हप्ताको प्रतिबन्धमा हस्ताक्षर गर्ने र यो निर्णय राज्यको भएको बताउनुभएको थियो । चाभेजले भन्नुभयो, डेमोक्र्याटहरूले यसलाई खरीद गर्दैनन् तथापि ट्रम्प र उहाँका सहयोगीहरूले प्रजनन अधिकारमा उनीहरूको आक्रमण रोक्ने कुनै सङ्केत देखाएका छैनन् ।

यसैबीच ट्रम्पका कन्जरभेटिभ उपराष्ट्रपति माइक पेन्सले न्युयोर्क टाइम्समा लेख्नुभएको छ, “आफ्ना पूर्व मालिकले ‘जीवनपयोगी आन्दोलनलाई धोका दिनुभएको छ । कन्जरभेटिभ राज्यहरूमा गर्भपतन अधिकारको मत सफल भए तापनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ ।

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको प्राथमिकतामा रहेको न्यूनतम पारिश्रमिक बढाउने उपाय राष्ट्रपतिका लागि छनोटसँगै मतदानमा राखिएको थियो ।ट्रम्पले जस्तै पारिश्रमिक बढाउने निर्णयले बहुसङ्ख्यक मतदाताको मन जितेको छ र यस मुद्दाले बाइडेनलाई सहयोग पुग्नेछ ।

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, १२ वैशाख : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत हुनुभएको छ । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो ।

चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ ।

परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीका हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कर्णालीको भाषा बोल्नैपर्ने वातावरण सिर्जना गरौँ : प्रदेश प्रमुख

कर्णाली – कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको भाषा हरेकले बोल्नैपर्ने वातावरण सिर्जना गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली साहित्य महोत्सव’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वभरि कहलिएका देशहरु सोच्ने र बोल्ने तरिकाबाट विकसित भएको बताउनुभयो ।

“जसले भाषाको विकास गरे आज ती देशहरु नै अग्रभागमा छन्”, उहाँले भन्नुभयो, “तसर्थ सोच्ने, पढ्ने र बोल्ने तरिकालाई प्रविधिको सहयोग लिएर विश्वमाझ पु¥याऔँ ।”
प्रदेश प्रमुख परियारले भन्नुभयो, “हिजोका पुर्खाहरुले दिएको योगदानका कारण विश्वका अगाडि सिंजा सभ्यता पनि प्रमुख सभ्यता मानिन्छ । अध्ययन तथा अनुसन्धान गर्दै जाँदा यसको इतिहास व्यापक पाउन सकिन्छ ।”

कर्णाली कला, संस्कृति, भाषा, साहित्य र सभ्यताको जननी मात्र नभई विश्व मानचित्रमा चिनाउन पहिचानसहितको अस्तित्व बोकेको राष्ट्रगुरु योगी नरहरिनाथजस्ता विद्धान जन्माउने प्रचुर सम्भावनाको भूमि भएको उहाँको भनाइ थियो ।

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर – भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा दुई सय मिटर जैविक तटबन्ध निर्माण थालिएको छ । शुक्लाफाँटा–२ रानीपुर र वडा नं ३ को पिपलाडीमा जैविक तटबन्ध निर्माण अघि बढाइएको हो ।

नगरपालिकासँगको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत जैविक तटबन्ध निर्माण सुरु भएको छ । वडा नं २ मा एक सय मिटर र वडा नं ३ मा एक सय मिटर बाँसको प्रयोग गरी जैविक तटबन्ध निर्माण थालिएको परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो । “जैविक तटबन्ध जग्गा कटानी रोक्न प्रभाकारी हुँन्छ”, उहाँले भन्नुभयो ।

हल्दुघाट सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत तटबन्ध निर्माणको कार्य भइरहेको छ । वडा नं २ रानीपुरमा सनवोरा सामुदायिक विपद् व्यवस्थापन समितिले तटबन्ध निर्माणको काम गरिरहेको संयोजक घिमिरेले जानकारी दिनुभयो । दुवै ठाउँमा जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको रु एक लाख ८० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ५४ हजार र परियोजनाका तर्फबाट रु ९२ हजार लगानी गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि जनताको तटबन्ध कार्यालयबाट चार हजार दुई सय प्लास्टिकका बोरा उपलब्ध गराइएको छ । तटबन्ध निर्माणमा स्थानीय बासिन्दाले जनश्रमदान गरेका छन । तटबन्धबाट तीन सय परिवारको जग्गा जोगिने छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’ – राष्ट्रपति पौडेल

काठमाडौँ, १२ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ ।

नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।

“भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।”

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताउनुभयो । भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुनेप्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । त्यस्तै, भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।

नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ । यसरी पुनःनिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिकोसमेत प्रयोग गरिएकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी, संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको चारदिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री नियुक्ति भएकै दिन नागरिक उन्मुक्ति पार्टी(नाउपा)का प्रदेशसभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो ।

सोही दिन मन्त्रीमा शपथ लिन प्रदेश प्रमुखको कार्यालयमा पुग्नुभएकी नाउपाकै अर्का सदस्य टीका थापाले आफूले चाहेको मन्त्रालय नदिइएको जनाउँदै शपथ नै बहिष्कार गर्नुभएको थियो । त्यसलगत्तै आफूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको उहाँले सामाजिक सञ्जालमार्फत गराउनुभएको थियो ।

मुख्यमन्त्रीले विनाविभागीय मन्त्रीको रुपमा शपथ खुवाउने तयारी गरेपछि आफूले चाहेको मन्त्रालयमा नियुक्ति हुनुपर्ने अडानसहित थापा विनाविभागीयमन्त्रीको शपथ नलिई हिँड्नुभएको थियो । सत्ता साझेदार ठूलो दल नेकपा (माओवादी केन्द्र), संसदीय दलका नेता मानबहादुर धामीले अर्को साझेदार दल नेकपा (एमाले)को रबैयाले मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का जन्माएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सत्ता साझेदार दलबीच वैशाख ७ गते बिहान एक पटक छलफल भएको थियो, त्यसयता मन्त्रिपरिषद् विस्तारका विषयमा कुनै छलफल हुनसकेको छैन ।” उहाँले बझाङको प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावी प्रक्रियालाई लिएर नेकपा एमालेले ‘बार्गेनिङ’ गरिरहेको आरोप लगाउनुभयो ।

नेकपा (एमाले) संसदीय दलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । यो निर्णयसँगै प्रदेश सरकारका विषयमा थप अन्योलता देखिएको छ । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्नेमा अझै केही भन्न सकिने अवस्था नरहेको सत्तापक्षीय दलकै प्रदेशसभा सदस्यको भनाइ छ ।

मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रमलगायतका विषयमा गर्नुपर्ने तयारी प्रभावित हुने देखिएको छ । मन्त्रालय मन्त्रीविहीन हुँदा सरकारका नीतिगतलगायतका काम कारबाही पनि प्रभावित हुने देखिएको कर्मचारीको भनाइ छ ।

यसअघि मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारीको दाबी नपुगेको जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले कारणदेखाउ आदेश जारी गरिसकेको छ ।

लक्ष्मणकिशोर चौधरीले आफूले बहुमत प्राप्त प्रस्ताव पेस गरे पनि दाबी नपुगेको भनेर रद्द गरी असंवैधानिक काम गरिएको र अल्पमतका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको जिकिरसहित सर्वोच्चमा रिट गर्नुभएको थियो । उहाँले प्रदेश प्रमुखको मुख्यमन्त्री नियुक्तिको निर्णय खारेज गरी आफूलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गर्नुभएको छ ।

प्रदेश प्रमुखले गत चैत २३ गते गर्नुभएको पहिलो आह्वानमा नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । पेस गरिएको दाबीका आधारमा कुनै आधार स्पष्ट हुन नसकेको कारण जनाई प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई दिनको समय दिएर मुख्यमन्त्रीमा पुनःदाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

सो आह्वानबमोजिम माओवादी केन्द्र, एमाले, नाउपा र स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका१०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रिक्त एक प्रदेशसभामा यही वैशाख १५ मा उपचुनाव हुँदैछ ।

हेर्नुहोस् बैशाख १२ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने

काठमाडौँ, १२ वैशाख- गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको छ । खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधबार विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी हुन लागेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई स्मरण गराउनका लागि विभागले बृहत् फोटो प्रदर्शनी आयोजना गरेको जानकारी दिनुभयो ।

उक्त प्रदर्शनीमा भूकम्पले पु¥याएको क्षति र आम जनताले भोग्नुपरेको समस्याबारे ५० चित्र प्रदर्शनी हुनेछन् । विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टरस्केलको भूकम्पमा परेर नेपालभर झण्डै १० हजार व्यक्तिले ज्यान गुमाएका थिए । उक्त भूकम्पले कयौँ भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौँ सङ्ख्यामा पशु चौपाय मरेका थिए ।