`

कञ्चनपुरमा हात्तीको आक्रमणमा रानाको घटनास्थलमा नै मृत्यु

Nepal One HD १३ असोज २०८१ ९:४४
समाचार

कञ्चनपुर, १३ असोजः हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताउनुभयो । उहाँ हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उहाँले दिनुभयो ।


प्रतिक्रिया