`

क्याप्टेन शेर्पा निलम्बनमा, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”

आगामी दिनमा हमासमाथि ‘सैन्य दबाब’ बढाउने इजरायली चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने बताउनुभएको छ ।

“हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौं किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो,” नेतन्याहूले निस्तार चाडको यहूदीहरूको बिदाको पूर्वसन्ध्यामा एक भिडियो वक्तव्यमा भन्नुभयो ।

अन्तरराष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक–पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आउनु भएको छ । रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइसकेका छन् ।

गाजा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

उक्त आक्रमणपछि लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए । इजरायलको अनुमानअनुसार गाजामा बाँकी रहेका १२९ जनामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

ब्राजिलमा सन् २०२४ मा डेङ्गुका कारण एक हजार ६०० भन्दा बढीको मृत्यु

ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ ।

डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् ।

सन् २०२३ मा डेङ्गुका कारण एक हजार १७९ जनाको मृत्यु भएका थिए । सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो ।

शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन् । जनसाङ्ख्यिकीय समूहमा डेङ्गुको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ ।

सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई पालना गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । डेङ्गु एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट सर्छ र यो मानव स्वास्थ्यका लागि घातक जोखिम हुनसक्छ ।

सोमालियामा भारी वर्षा, लाखौँ मानिस प्रभावित

सोमालियाका २२ जिल्लामा आगामी भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । भारी बर्षासँगै आएको बाढी र डुबानका कारण करिब सात लाख ७० हजार मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले आइतबार जनाएको छ ।

ओसीएचएले देशका अधिकांश क्षेत्रमा अप्रिल लागेदेखि केही क्षेत्रमा भारी वर्षा भएको छ ।संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका अनुसार शाबेल र जुबा नदीको छेउछाउका प्राथमिकता प्राप्त स्थानहरूमा मानिसहरूलाई उद्धार गर्न र सहायता प्रदान गर्न र सम्पर्क विच्छेद हुन सक्ने क्षेत्रहरूमा सहायता प्रदान गर्न वा पानीमा डुबेका मानिसहरूलाई बाहिर निकाल्न लगभग ५१ वटा डुङ्गाहरू तयारी अवस्थामा राखिएको छ ।

वर्षाले देशभरका पशुपालक र कृषिपशुपालकहरूलाई राहत प्रदान गरेको छ ।बर्षाका कारण सन् २०२३ को अन्त्य अक्टोबरदेखि डिसेम्बरसम्ममा १६ लाख मानिस विस्थापित भएका थिए ।

छिल्लीकोटमा माताको भेषमा गएर कालिका–मालिका मन्दिरबाट मूर्ति चोरी गर्ने तीन महिला पक्राउ

तुलसीपुर – प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताउनुभयो ।

उहाँका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो । उनीहरु तीनै जनाले आफूहरु माता रहेको र भगवान्ले घण्टी मागर गरेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरुविरुद्ध जाहेरी दिन लागिएको बताउनुभएको छ । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताउनुभयो ।

सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ – सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिनुभयो ।

मन्त्रालयमा आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताउनुभयो । पर्यटनमन्त्री तामाङले भन्नुभयो, “हामीले यो पटक प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सगरमाथाकै फेदीमा गएर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने सोच अनुरुप आवश्यक तयारीमा जुटिरहेका छौँ ।”

यद्यपि, सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । उक्त समितिमा सातै प्रदेशका पर्यटनमन्त्री र सचिव रहेका छन् । समितिको पहिलो बैठकले दिवसको तयारीबारे प्रारम्भिक छलफल गरेको मन्त्री तामाङले जानकारी दिनुभयो । दिवस तयारी उपसमितिले काम गरिरहेको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालका अनुसार सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सगरमाथा दिवस यसपटक सगरमाथाको आधार शिविरमा मनाउनेकि भन्ने छलफल भइरहेको छ, बढी खर्चिलो हुने हुनाले आधार शिविरमै हुन्छ की अन्यत्रै भन्ने यकिन टुङ्गो लागेको छैन ।”

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा कार्यक्रम गरिनेछ । पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म आठ हजार हाराहारीले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठ वटा हिमाल नेपालमा रहेका छन् ।

सशस्त्र प्रहरी बलद्वारा सीमामा २४सै घण्टा पैदल गस्ती

सुदूरपश्चिम – भारतसँग सीमा जोडिएको कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले एक हप्ताका लागि २४ सै घण्टा पैदल गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीका प्रहरी निरीक्षक पुष्करबहादुर बमको नेतृत्वमा रहेको ३५ जनाको सशस्त्र प्रहरीको टोलीले शनिबारदेखि पैदल गस्ती सुरु गरेको हो । जिल्लाको पश्चिमी त्रिनगर सीमा नाकाबाट सुरु गरिएको पैदल सीमा गस्ती जिल्लाको पूर्वक्षेत्रको श्रीलङ्का टापूको सीमासम्म पुगेर यही वैशाख १४ गतेसम्म पूरा हुने जनाइएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले गस्ती टोलीले सीमामा हुने सबै खालका आपराधिक एवं अवाञ्छित गतिविधि रोकथामको पहल गर्ने, मिचिएको सीमा र सीमा स्तम्भको वस्तुस्थिति अध्ययन गर्नेलगायत काम गर्ने जानकारी दिनुभयो ।

“टोलीले सीमा क्षेत्रका वडाका जनप्रतिनिधि र स्थानीय नागरिकसँग पनि सीमाका समस्यालगायत विषयमा छलफल गरेर समस्या समाधानको पहिचान गर्नेछ”, पाण्डेले भन्नुभयो, “आवश्यकताअनुसार सीमापारीको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग पनि समन्वय गरेर संयुक्त सीमा गस्ती गर्न सक्नेछ ।”

यस क्रममा गस्ती टोलीले सीमामा बस्ने नागरिकलाई भूकम्प, बाढी, डुबान, नदी कटान आगलागी जस्ता विपत् व्यवस्थापनका घटना न्यूनीकरण गर्न अपनाउन सकिने उपायका बारेमा पनि चेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागको सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र २०८० बमोजिम कैलालीमा सीमामा पैदल गस्ती सुरु गरिएको जनाइएको छ । कैलालीको पश्चिम त्रिनगरदेखि पूर्वी क्षेत्र श्रीलङ्का टापूसम्मको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्र एक सय एक किमी दूरीको छ । सशस्त्र प्रहरीले यस वाहेक आवश्यकताअनुसार सीमा क्षेत्रमा नियमित गस्ती पनि गर्दै आएको छ ।

सीमापारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रत्येक पाँच किलोमिटरको दूरीमा आफ्ना सीमा सुरक्षा पोष्ट स्थापना गरेको छ । नेपालतर्फका सीमा क्षेत्रमा भने आवश्यक स्रोतसाधन र जनशक्तिको अभाव जस्ता समस्याका कारण सशस्त्र प्रहरी बलका एसएसबीले स्थापना गरेका सीमा सुरक्षा कार्यालयको सङ्ख्याको तुलनामा कम सीमा सुरक्षा कार्यालय सञ्चालनमा छन् ।

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर) – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिधिसँग आइतबार हेटौँडामा भएको छलफलमा उहाँले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिनुभयो ।

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजका रूपमा कार्यान्वयन भएको घोषणा गरिने तयारी भएको जानकारी उहाँले भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर एक सय १९ स्थानीय तह र एक हजार एक सय २१ वटा वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ,“सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा भाषा विधेयक हो । प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पारित हुन्छ ।”छलफलमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, लगायत नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

‘सबैको सम्मान हुने गरी महासङ्घको विवाद टुङ्गिनुपर्छ’ – मन्त्री चौधरी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुने गरी पत्रकार महासङ्घको संस्थापकको विवाद टुङ्गो लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासङ्घको स्थापना दिवस र सत्यनारायणबहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

पत्रकारिता क्षेत्रलाई सबैको साझा संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सत्यतथ्य र तथ्याङ्कको आधारमा पत्रकार महासङ्घको स्थापनाको समस्या समाधान हुनुपर्ने बताउनुभयो ।

मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो । “पत्रकार महासङ्घको स्थापनाका सन्दर्भमा महासङ्घ आफैँले संवाद सुरु गरेको छ । यो विषय पक्कै पनि टुङ्गो लाग्ने छ, मलाई लाग्छ सत्यतथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।” समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा बढी भन्दा बढी जनताका कुरा बाहिर ल्याउन सक्नुपर्ने बताउनुभयो ।

“सत्यनारायणले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई सङ्गठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासङ्घले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्वसङ्घीय उपाध्यक्ष दिपीन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्छा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार सङ्गीता चेपाङलाई पुरस्कृत गरिएको थियो ।

फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही रु २५ हजार रहेको फोनिज युकेका पूर्व अध्यक्ष गोमा राना मगरले जानकारी दिनुभयो । फोनिजका सल्लाहकार मनोज घर्तीमगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देवीका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासङ्घको स्थापनासम्बन्धी विवादलाई टुङ्गो लगाउनुपर्ने बताउनुभएको थियो ।

हेर्नुहोस् बैशाख १० गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि- आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि – पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि- स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि- गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि- धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि- बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा आज सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।

बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा उक्त आह्वान गरिएको हो । बैठकले गत फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपा र नेकपा (एस) का बीचमा बनेको नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

“पाँच दलले जारी गरेको न्यूनतम् नीतिगत प्राथमिकता र साझा सङ्कल्पले आजका मुख्य समस्यालाई संवोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ ।” पारित प्रस्तावमा भनिएको छ, “यस सहकार्यलाई कमजोर गर्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्यौलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान गर्दछ ।”

पारित प्रस्तावमा केही वर्षयता गहिरिएको आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्यसञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरुको भयावह स्खलनका कारणले समाजमा चौतर्फी निराशा बढेको उल्लेख गर्दै रोजगारीको अभाव र भविष्यप्रतिको अन्यौलले युवाहरुको विदेश गमन बढेकाले यस्तो स्थितिले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षाको मार्गमा थप चुनौती पैदा गरेको निचोड निकालिएको छ ।

बैठकले आर्थिक शिथिलता अन्त्य गर्दै अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नु परेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरुमा यो देश बन्छ र देश हामीले नै बनाउँछौँ भन्ने सकारात्मक उर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई आह्वान गरेको छ ।

यस्तै भ्रष्टाचार, अनियमितता, तस्करी र अवैध स्रोतको सञ्चयन, सार्वजनिक सम्पत्तिको दोहन तथा राज्यकोषको अपचलनले समग्र राज्यलाई नै सङ्क्रमित तुल्याएको छ । भ्रष्टहरु दण्डित नहुँदा समाजमै प्रदूषण फैलिएको जनाउँदै बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न सरकारसँग माग गरेको छ । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियानमा पार्टी विना मोलाहिजा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

सहकारी र लघुवित्तका ऋणी समस्यामा परेका र मिटरब्याज पीडितका समस्या पूर्ण रुपले समाधान नभएकाले बैठकले केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरिएको छ ।

पारित प्रस्तावमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेकाले दैनिक ज्यालादारी गरेर खानु पर्ने र न्यून आय भएका सर्वसाधारणको जीवन यसबाट प्रभावित भएको छ जनाउँदै नियोजित ढङ्गले बढाइएको महङ्गी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, कतिपय वस्तु र सेवामा रहेको एकाधिकार अन्त्य गर्न र सुलभ पसल लगायतका माध्यमबाट सर्वसाधारण नागरिकलाई सहुलियत दरले दैनिक उपभोग्य वस्तु उपलव्ध गराउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार भएकालाई जिताउन आग्रह पनि गरिएको छ । बैठकले हालै वनडढेलो र आगलागीले गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, डोल्पा, पाल्पा, स्याङ्जा कैलाली लगायत मुलुकका धेरै भूभागमा ठूलो क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दैै विपद् व्यवस्थापनको प्रभावकारी प्रतिकार्यका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकबाट रुस–युक्रेन युद्ध निरन्तर लम्बिइरहेको यसले मानवीय सङ्कट बढाइरहेको, खाद्यान्न तथा इन्धनको आपूर्ति शृङ्खलामा असर पारेको, विश्व अर्थतन्त्रमै प्रतिकूल प्रभाव बढेको तथा क्षेत्रीय द्वन्द्वको जोखिम समेत बढाएकोमा चासो व्यक्त गर्दै तत्काल युद्धविराम गर्दै युद्धको अन्त्य गर्न्, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रुपमा रहने कुराको सुनिश्चितता गर्न र त्यस भूभागलाई शक्ति राष्ट्रहरुको बल प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनाउन माग गरिएको छ । यस्तै सो युद्धमा विभिन्न कारणले नेपाली युवा समेत फस्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । रुसी सेनामा गैरकानुनी रुपा भर्ती भई युद्ध मैदानमा पुगेका युवालाई कुटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाको बन्धक बनेकालाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गरिएको छ ।

हमास लडाकू र इजरायलबीचको आक्रमण र प्रत्याक्रमणमा संयुक्त राष्ट्र सङ्घका सहायताकर्मीको हत्या, अस्पतालमाथि बमबारी एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने अमानवीय कामहरु भएकाले तथा गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय सङ्कटमा डुबेकाले क्षेत्रीय युद्धको आशङ्का बढेकामा एमालेले चिन्ता व्यक्त गरेको छ ।

“हामी जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्दछौं । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति दृढ समर्थन गर्दछौं । स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनु पर्छ भन्ने संयुक्त राष्ट्र सङ्घको ‘दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्छौं ।”, एमालेको प्रस्तावमा भनिएको छ, “त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशीसहित सबै बन्धक रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं ।”

बैठकले म्यानमारका जनताले लोकतन्त्रको प्राप्तिका लागि गरेको बलिदानीपूर्ण संघर्षप्रति एकबद्धता प्रकट गर्दै म्यान्मारमा लोकतन्त्रको तत्काल पुनःस्थापना हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिवेदनहरु सर्वसम्मत पारित
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठानिक प्रतिवेदन सर्वसम्मत रूपमो पारित भएको छ । त्यसैगरी, केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू पारित भएका छन् ।

बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने आज दोस्रो दिन छ वटा समूहमा प्रतिवेदनहरू र पार्टीको सङ्गठन सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरी सुझाव सङ्कलन गरिएको थियो । आजको बैठकमा पार्टीले सम्पन्न गरेको झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्रा विशेषका रूपमा प्रकाशित ‘नवयुग’ विशेष अङ्क र सोही यात्राका महत्वपूर्ण तस्वीरहरूको सङ्गालो ‘मुहार फेर्ने यात्रा’ विमोचन गरिएको थियो ।

बैठकको दोस्रो दिनको अध्यक्षता गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको समापन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न पार्टीलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले परिषद् बैठकका निर्णय, निष्कर्ष र पारित प्रस्तावका आधारमा पार्टी अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

नौ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात

काठमाडौँ, ९ वैशाख : चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा रु ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र रु एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ८४, निर्यात तीन दशमलव ६६, व्यापार घाटा दुई दशमलव ७५ र समग्र वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सुरुआती नौ महिना अवधिमा मुलुकले कूल रु १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख बराबर व्यापार घाटा ब्यहोरेको थियो ।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु छ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा ब्यहोरेको छ । भारतबाट रु सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा रु ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ ।

त्यस्तै, अर्को छिमेकी मुलुक चीनसँग रु दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख बराबरको आयात गर्दा रु दुई अर्ब ११ करोड ४४ लाख बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा रु दुई खर्ब १४ अर्ब ६५ करोड बराबर छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी घाटा देखिएको मुलुकमा संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ ।

युएईबाट रु २० अर्ब ४८ करोड सात लाख बराबरको आयात हुँदा रु एक अर्ब ९५ करोड ७९ लाख बराबरको मात्रै निर्यात भएको छ । युएईसँगको व्यापारघाटा रु १८ अर्ब ५२ करोड २७ लाख बराबर छ । त्यसैगरी, नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । यी मुलुकसँगको व्यापारघाटा क्रमश ः रु १४ अर्ब ९० करोड, १४ अर्ब १६ करोड र नौ अर्ब पाँच करोड रहेको छ ।

नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग देखिएको छ । डेनमार्कमा नेपालले रु २८ करोड ७७ लाख ७१ हजार बराबरको आयात र रु ६७ करोड ८३ लाख ७५ हजार बराबरको निर्यात गर्दा रु ३९ करोड छ लाख तीन हजार बराबर व्यापार नाफा कमाएको छ । त्यस्तै, अफगानस्तानसँग रु १८ करोड नौ लाख, नर्वेसँग रु १० करोड ८४ लाख र सुडानसँग रु तीन करोड ४३ लाख व्यापार नाफा देखिएको छ ।

एमाले परिषद् बैठक सम्पन्न : सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण कार्ययोजना पारित

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले २०८१ साललाई पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान वर्षका रुपमा मनाउने पस्ताव पारित गरेको हो ।

ललितपुरको गोदावारीस्थित सनराइजहलमा सम्पन्न भएको बैठकले यस वर्षलाई पार्टीले सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

उहाँले हिजो प्रस्तुत गरिएका प्रतिवेदनहरुमाथि आज छवटा समूहमा छलफल गरेर निष्कर्ष निकाल्दै टोली नेताहरुले प्रस्तुतीकरण गर्नुभएको सुनाउनुभयो । टोली नेताले दिएको सुझावलाई समेट्ने गरी ती प्रतिवेदनलाई पारित गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार समूह नं १ बाट केन्द्रीय सदस्य मोहनमाया ढकाल, समूह नं २ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसी, समूह नं ३ बाट पोलिटब्यूरो सदस्य ठाकुर गैरे, समूह नं ४ बाट केन्द्रीय सदस्य शान्ति पाख्रिन, समूह नं ५ बाट केन्द्रीय सदस्य ऋषिकेश पोखरेल र समूह नं ६ बाट सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले समूहगत रुपमा आएका निष्कर्षलाई प्रस्तुतीकरण गर्नुभएको थियो ।

समूह नं १ का टोली नेता ढकालले आधारभूत वर्गका पार्टी सदस्यता शुल्क घटाउनुपर्ने, निर्वाचन प्रणालीको सुधार गर्नुपर्ने, समूह नं २ का टोलीनेता जैसीले पार्टीमा प्यानलगत र गुटबन्दी गर्न नहुने तथा पार्टीका अधिवेशनका लागि चयन हुने प्रतिनिधि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने सुझाव दिनुभयो ।

समूह नंंं ५ का टोलीनेता पोखरेलले पार्टीका सबै नेता तथा कार्यकर्ताको आयव्यय सार्वजनिक गर्नुपर्ने तथा मितव्ययी बन्नुपर्ने सुझाव दिनुभयो । शनिबार केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, बैठकमा उपमहासचिव विष्णु रिमालले १३ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गरिएको सभाहलमा प्रस्तुत गर्नुभएको एमालेका प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । हिजोदेखि सुरु भएको बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी थिए ।

सत्ता गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद् बैठकको निष्कर्ष

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो, परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ ।

बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा मुलुकमा स्थिरता र राष्ट्रियताको संवद्र्धनका लागि सत्ता समीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध हुने कुनै पनि चलखेल र षड्यन्त्र चिर्न आह्वान गरेको बैठकपछि सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँले गत फागुन २१ गते निर्मित यस गठबन्धनप्रति सन्तोष व्यक्त गर्दै गठबन्धनमा संलग्न पाँच दलले जारी गरेको साझा न्यूनतम् कार्यक्रमलाई अघि बढाउन जोड दिएको बताउनुभयो ।

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ९ वैशाख : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले आज दायर गरेको रिट निवेदनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ । उक्त विवादको सुनुवाइ सोमबार हुनेछ ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न यही वैशाख २ गतेसम्म समय दिनुभएको थियो । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित यही वैशाख १ गते दाबी पेस गर्नुभएको थियोे ।

नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गर्नुभएको थियोे । दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले यही वैशाख ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै थप दुई दिन समय दिनुभएको थियोे ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर गत वैशाख ६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नाउपा (कैलाश चौधरी पक्ष) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभयो ।प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु गैरकानुनी भएको रिट निवेदनमा छ ।

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेर नष्ट

तम्घास, ९ वैशाख : गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका¬–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

आगलागीबाट करोडाँैका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले राससलाई जानकारी दिनुभयो ।शनिबार दिउँसोबाट इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको थियो जसबाट हस्तिचौरका १५ जनाको घरगोठ जल्नाका साथै दर्जनौँ चौपायाको आगोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका–१ मा लागेको आगोका कारण ट्र्याक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ । डढेलोका कारण लु४त ६५३५ नंको ट्र्याक्टर जलेर पूर्ण रूपमा क्षति भएको छ ।

आगोले घरभित्र भएका अन्न, लत्ताकपडा, गरगहनालगायत सबै सामग्री नष्ट गरेकाले पीडित झनै समस्यामा परेका छन् । जङ्गलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो । जिल्लाको इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका साथसाथै अन्य स्थानमा पनि आगलागी भइरहेको छ ।

जिल्लामा आगलागीबाट पीडित भएकाका लागि राहत र उद्धार कार्य जारी छ । पीडितलाई गुल्मी उद्योग वाणिज्य सङ्घले कपडा, नेपाल रेडक्रस सोसाइटीले त्रिपाललगायत अत्यावश्यक सामग्री, गाउँपालिकाले खाद्यान्न प्रदान गरेका छन् ।

त्यसैगरी, खानेपानी तथा सरसफाइ कार्यालयले दुई हजार पाँच सय मिटर पाइप एवं जिल्ला प्रशासन कार्यालयले प्रतिपरिवार २० हजारका दरले राहत रकम प्रदान गरेको छ । मरेका चौपायाबाट थप दुर्गन्ध फैलिन नदिन आगलागीमा परी मरेका पशुलाई स्थानमा गाड्ने काम भइरहेको छ ।

आइतबार गुल्मी क्षेत्र नं २ ‘क’ का सासंद डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत समूहले घटनास्थलको अवलोकन गरेको छ ।

आगोले विद्युत्को सबस्टेसनसमेत जलेको छ । शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेसन पूर्णरूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोड बराबरको क्षति भएको छ ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ । डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा लागेको आगोबाट भएको क्षतिको विवरण आउन भने केही समय लाग्ने शर्माले बताउनुभयो ।

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

त्रिवेणी (रुकुम पश्चिम), ९ वैशाख : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका¬–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो । ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विक र सार्कीको एक¬–एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो । ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ । स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिनुभयो ।

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण सङ्कलन हुने उहाँले जानकारी दिनुभयो । आगलागीका कारण भने खुलेको छैन । दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन् ।

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश

टक्सार (भोजपुर), ९ वैशाख : यहाँ जारी भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, काठमाडाँैले भारतको जर्जियन फुटबल क्लब, कालिमपोङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दे सेमीफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटनपछिका पहिलो खेलमा शून्यको विरुद्ध चार गोल गर्दे त्रिभुवन आर्मीले विजयी सुरुआत थालेको हो । भोजपुर सदरमुकामको कोदार रङ्गशालामा आजदेखि सुरु प्रतियोगितामा भारतको टिमबाट कुनै पनि गोल हुन सकेन ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा ४९ लाख २५ हजार पाँच सय बराबरको अनुमानित लागतमा सञ्चालन भएको प्रतियोगितामा भारतको एक टिमसहित आठ टिमको सहभागिता रहेको छ । यही वैशाख ९ गतेबाट १५ सम्म सञ्चालन हुने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाँै, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिब ११ लाख रकम सङ्कलन भई सकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमश ः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले गर्नु भएको थियो ।

नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने

काठमाडौँ, ९ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताउनुभयो । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौँ आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उहाँले जिकिर गर्नुभयो ।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

इयूको उडान प्रतिबन्ध हटाउन पहल

पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभो, “नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।”

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनुभएका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताउनुभएको छ । उहाँले सिइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गर्नुभयो ।

चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा सङ्कटमा

गलकोट (बागलुङ), ९ वैशाखः अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा सङ्कटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको छ । माछा लोप हुनथालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत सङ्कटमा परेको छ । बागलुङको निसीखोला गाउँपालिका–२ देवीस्थान निवासी रामबहादुर पुनले १० वर्ष निसीखोलाका माछा मारेर जीवन गुजारा गर्नुभयो ।

उहाँले घर नजिकै बग्ने निसीखोलामा माछा मारेर जीवन गुजारा चलाउँदै आउनुभएकोमा अहिले निसीखोलामा माछा उत्पादनमा कमी आएको उहाँ बताउनुहुन्छ । उहाँ पेसा सङ्कटमा परेपछि दुबई जाने तरखरमा हुनुहुन्छ । निसीखोलामा पाइने स्थानीय प्रजातीका असला माछा मार्ने, माछा मार्ने जाल बुनेर बिक्री गर्ने कार्य गर्दै आएकोमा माछा उत्पादनमा कमि आएपछि वैदेशिक रोजागरीमा जान थालेको पुनले बताउनुभयो ।

“अहिले खोलामा विष हाल्ने काम बन्द भए पनि करेन्ट लगाउँदा यहाँका स्थानीय प्रजातीका असला माछा लोप हुन थालेको पाइयो”, पुनले भन्नुभयो, “माछा मारेरै जीविका चलाउने विस्थापित हुँदैछन्, करेन्ट लगाएर माछा मार्दा माछा उत्पादन घट्ने र आगामी दिनमा माछा लोप भएर जाने अवस्था छ ।”

दश वर्ष माछा मार्दै आएको आफू जस्ता युवापुस्ता विदेश जानुपर्ने बाध्यता परेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार अहिले दिनभर खोलामा जाल हान्न गए पनि साँझ रित्तो हात फर्कनुपर्ने अवस्था छ । पुनले रातको समयमा बुर्तिबाङबाट आएर निसीखोलामा करेन्ट लगाएर माछा मार्दा माछाको भु्रणसमेत मर्ने भएकाले माछा लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

जाल थापेर स्थानीयवासीले माछा मार्दै आए पनि टाढा–टाढाबाट रातको समयमा आएर विष र करेन्ट लगाउँदा माछा उत्पादनमा भारी गिरावट आएको निसीखोलाका स्थानीयवासीले गुनासो गर्दै आएका छन् । निसीखोलाको असला माछा निकै स्वादिष्ट हुने भएकाले चोरी सिकारी बढ्न थालेको स्थानीय भरत पुन मगरले बताउनुभयो । निसीखोलाको माछा संरक्षणमा स्थानीय पालिकाले चासो नदिएको उहाँको गुनासो छ ।

“गाउँपालिकाले असला माछा संरक्षणमा जोड दिन आवश्यक रहेको छ, यहाँका स्थानीयवासीले जाल हानेर माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्, उनीहरुको रोजीरोटी गुम्दै आएको छ”, स्थानीय पुनले भन्नुभयो, “गाउँपालिकाले करेन्ट लगाएर माछा मार्ने कार्यलाई पूर्णरुपमा निषेध गर्न जरुरी छ, निसीखोला गाउँपालिकाका असला माछा संरक्षण गरेर यहाँका स्थानीयवासीले पहिचानको रुपमा लिन आवश्यक छ ।”

निसीखोलामा अवैध रुपमा माछा मार्ने कार्य नरोकिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले निसीखोलाका माछालाई पहिचानका रुपमा लिन थालेर अनुगमनलाई कडाइ गर्न थालिएको छ । “खोलामा अनुगमन गर्न थालेका छाँैं, प्रहरीलाई समेत निगरानी गर्न भनेका छौँ, एक हप्ताअघि करेन्ट लगाएर माछा मार्नेलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थियौँ”, उपाध्यक्ष मगरले भन्नुभयो, “आगामी दिनमा गाउँपालिकाको योजनामा माछा संरक्षणको नीति तथा कार्यक्रम ल्याउने योजनामा छौँ, स्थानीयवासीको गुनासोसमेत आएकाले अवैध माछा मार्नेलाई कडा कारबाही गर्छौंँ ।” निसीखोला र तमानखोलामा पछिल्लो समय माछा उत्पादन घट्न थालेको छ । असला माछाका लागि निसीखोला, दरमखोला, तमानखोला र बडिगाड खोला प्रसिद्ध छन् ।

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

गलेश्वर (म्याग्दी), ९ वैशाख ः म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।

जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । “खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्”, मङ्गला–५ का किसान टीकानाथ कँडेलले भन्नुभयो ।

कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।”

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उहाँले बताउनुभयो । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।

वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जङ्गलमा डढेलो लागेपछि बँेंसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मङ्गला–५ छिस्वाङका निकेश पुनले बताउनुभयो । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उहाँको भनाइ छ । बँदेलले रातिमात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उहाँ बताउनुहुन्छ ।

जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतङ्क बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका–१ का किसान टेकबहादुर विकले बताउनुभयो । दुम्सी आफ्नो बस्तीमा छ््यासछ््यास्ती देखिने गरेका उहाँको भनाइ छ ।

बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका स्थानीय किसानले बताएका छन् ।

विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै

भरतपुर (चितवन), ९ वैशाखः भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो ।

महानगर प्रहरी प्रमुख कृष्णहरि ढकालका अनुसार महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि करको दायरामा नआएपछि होडिङ बोर्ड हटाइएको छ । महानगरपालिकाले महानगरभित्र विज्ञापनका होडिङ बोर्डको कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ । कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बजार क्षेत्रबाट बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, तयारी वेयरलगायतका कम्पनीका होडिङ बोर्ड हटाएको ढकालले जानकारी दिनुभयो ।

“महानगरको मापदण्डअनुसार विज्ञापन राखिएका होडिङ बोर्डको राजस्व बुझाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “केही कम्पनीले विगत तीन वर्षदेखि राजस्व बुझाएका छैनन् ।” प्रनिस कन्सटक्सनका बजार प्रतिनिधि दीपक घिमिरेले कर तिर्न समय दिए पनि अटेर गरेपछि होडिङ बोर्ड हटाउन बाध्य भएको बताउनुभयो । उहाँले कर नतिर्ने अन्य कम्पनीलाई पनि क्रमशः करको दायरामा ल्याइने जानकारी दिनुभयो ।

आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने

काठमाडौँ, ९ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताउनुभएको छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो, “हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।”

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो ।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।” उहाँका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताउनुभयो । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उहाँको भनाइ छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताउनुभयो । छलफलमा नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भने – बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन

सुदूरपश्चिम, ९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरेको जानकारी दिनुभयो । उहाँले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन ।” वर्तमान सत्ता समीकरण पूरा अवधि जाने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन ।”

पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताउनुभयो । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

“लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।” त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैले आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँ धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुग्नु भएको छ ।

इरानी राष्ट्रपतिले पाकिस्तानको भ्रमण गर्ने : इस्लामाबाद

इरानका राष्ट्रपति इब्राहिम रायसी पाकिस्तानी समकक्षी आसिफ अली जरदारीसँग भेट गर्न सोमबार इस्लामाबादको भ्रमण गर्नुहुने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।“विदेशमन्त्रीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रायसीले पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको छ,” परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत जनवरीमा दुई देशबीच विभाजित बलुचिस्तानको छिद्रयुक्त सीमा क्षेत्रमा गरिएको क्षेप्यास्त्र आक्रमणले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई बढावा दिएको थियो ।तेहरानले इराक र सिरियालाई लक्षित गरी आक्रमण गरेको हप्तामा नै पाकिस्तानमा इरानविरोधी समूहविरुद्ध आक्रमण गरेको थियो ।

“बदलामा पाकिस्तानले शिया बहुल इरानको केही सुन्नी मुस्लिम क्षेत्रहरू मध्ये एक इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा ‘लडाकू लक्ष्यहरू’ मा छापा मारेको थियो ।”दुवै देशले विगतमा एकअर्कालाई लडाकूलाई आश्रय दिएको आरोप लगाउँदै आएका छन् ।

तेहरानका विदेशमन्त्रीको इस्लामावाद भ्रमणका क्रममा दुवै पक्षले वार्ता सुधार गर्ने र दुवै देशमा सम्पर्क अधिकृत स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।सिस्तान–बलुचिस्तान प्रान्तले वर्षौंदेखि सीमापार लागुऔषध तस्करी गर्ने गिरोह, बलोच जातीय अल्पसङ्ख्यकका विद्रोही र मुस्लिम अतिवादीहरूको संलग्नतामा अशान्तिको सामना गर्दै आएको छ ।

रायसीले लाहोर र कराँचीको पनि भ्रमण गरी प्रान्तीय नेताहरूलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । भ्रमण दुवै देशले व्यापार, सडक सञ्जाल, ऊर्जा, कृषि र जनस्तरको सम्पर्कमा सहयोग अभिवृद्धि गर्नुका साथै सम्बन्धलाई थप मजबुत बनाउन सफल हुने विश्वास गरिएको छ । पाकिस्तानले इरानसँग संयुक्त ग्यास परियोजनामा भरोसा गरिरहेको छ । यसले पाकिस्तानको आर्थिक वृद्धिलाई अवरुद्ध पारेको लामो समयदेखि चलिरहेको विद्युत सङ्कटको समाधान गर्न सक्छ ।

सन् २०१३ को मार्चमा ७.५ अर्ब अमेरिकी डलरको इरान–पाकिस्तान ग्यास पाइपलाइनको उद्घाटन गरिएको थियो ।तर इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएपछि यो परियोजना तुरुन्तै रोकिएको थियो ।तेहरानले आफ्नो दक्षिण पार्स ग्याँस क्षेत्रहरूलाई कराँची नजिकैको पाकिस्तानी शहर नवाबशाहसँग जोड्ने एक हजार ८०० किलोमिटर (१,१००–माइल) पाइपलाइनको आफ्नै खण्ड निर्माण गरेको छ ।

मुख्यतया वर्षौंको ढिलाइका कारण इरानलाई अर्बौं डलरको जरिवाना तिर्नबाट जोगिन दिनेगरी फेब्रुअरीमा पाकिस्तानको निवर्तमान कामचलाउ सरकारले पाइपलाइनको ८० किलोमिटर खण्ड निर्माण गर्न स्वीकृति दिएको थियो । पाकिस्तानले अमेरिकी प्रतिबन्धको सामना गर्न सक्ने चेतावनी दिँदै वासिङ्टनले आगामी दिनमा पाइपलाइन निर्माणलाई समर्थन नगर्ने बताएको छ ।

प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री

महेन्द्रनगर, ९ वैशाख: पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ ।सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

“सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

उहाँले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गर्नुभयो । “अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”

अमेरिकाले इजरायललाई दिएको सैन्य सहयोग गाजामा थप तनावको सङ्केत : हमास

गाजा, ९ वैशाख -अमेरिकी प्रतिनिधि सभाले इजरायललाई अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेपछि प्यालेस्टिनी लडाकू समूह हमासले आइतबार यसको विरोध गरेको छ ।हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने यो समर्थन इजरायली अतिवादी सरकार (इजरायल) का लागि हाम्रा जनताविरुद्ध क्रूर आक्रमण जारी राख्न अनुमति वा ‘हरियो बत्ती’ हो ।

वित्रप्तिमा भनिएको छ, “हामी यो कदमलाई गाजा पट्टीमा हाम्रा प्यालेस्टिनी जनताविरुद्ध इजरायली सेनाले चलाएको विनाशकारी युद्धमा आधिकारिक अमेरिकी संलग्नता र साझेदारीको पुष्टिको रूपमा लिन्छौं ।”बार अमेरिकी प्रतिनिधि सभाले गाजामा हमासविरुद्धको युद्धमा अमेरिकाको ऐतिहासिक सहयोगी इजरायललाई १३ अर्ब अमेरिकी डलरको सैन्य सहायता स्वीकृत गरेको थियो ।वासिङ्टन इजरायलको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘बहुप्रशंसित सहायता विधेयक’ले इजरायलप्रति बलियो समर्थन देखाएको र यसले ‘पश्चिमी सभ्यताको रक्षा गरेको’ बताउनुभएको छ ।
अमेरिकी विधेयकमा गाजा र विश्वका अन्य जोखिममा रहेका जनसङ्ख्याका लागि मानवीय सहायताको नितान्त आवश्यकतालाई सम्बोधन गर्न नौ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिने उल्लेख छ ।

भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव

नारायणगढ, (चितवन) ९ वैशाख : भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउनुभयो ।

अस्पतालमा आउँदा अस्पतालका कर्मचारीहरुले अस्पतालमा खोपको अभाव भएको जानकारी गराए पछि निरास हुँदै उहाँ छोरीलाई लिएर बाहिर निस्कनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उहा भन्नुभयो “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन ।”

आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो । उहाँले त्यही एक मात्रा (डोज) खोप लगाउनुभयो । घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उहाँले खोप लगाउन पानुभएन । उहाँलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन । उहाँसँगै आएका अन्य बिरामीले भनेपछि बल्ल विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने ।”

भरतपुर –६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुई जना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ ।” एक भाइललाई बाहिर किन्दा रु छ सय २५ तिर्नुपर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र रु तीन सय पर्ने गरेको जनाउँदै उहाँले रेविज विरुद्धको खोप अभावले सेवाग्राही महँगोमा परेको बताउनुहुन्छ ।

यी त भरतपुर अस्पतालमा रेविज विरुद्धको खोप लगाउन आउने सेवा ग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन । यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरने बिरामीको सङ्ख्या उत्तिकै छ । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी रेविजको खोप लगाउन अस्पताल आउने गर्दछन् ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोप चरम अभाव भएको छ । उहाँले भन्नुभयो, “अभाव चैत २० गतेदेखि सुरु भएको हो । शुक्रबारबाट त वस्थापन गर्नै सकिएन । हामी शून्य मौज्जाद (स्टक)मा छौँ ।” अस्पतालले बारम्बार प्रदेश र सङ्घीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा प्रयाप्त मात्रामा खोप पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

पहिला दैनिक ६० देखि ७० भाइल खोपले प्रयाप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो । उहाँका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन् । अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले थप्नुभयो, ”बिरामीलाई हामिले दिने जवाफ केही छैन ।”

अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरुले मागेकोभन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ । यस्तै सङ्घमा पनि पठाउँदा दुई सय ५० भाइल मात्रै पठायो ।” यी खोपले दुई दिन चलाउन कठिन भएको उहाँको गुनासो थियो ।

बगरखेतीबाटै मनग्य आम्दानी गर्दै लमहीका पौरखी किसान

दाङ, ९ वैशाखः राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ । यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक हुनुहुन्छ लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी ।

चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहनुभएको छ । बीस वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउनुहुन्छ । त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी हुनुहुन्छ ।

“बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौँ”, चौधरीले रासससँग भन्नुभयो । विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउनुहुन्छ । उहाँकाअनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

“बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू ग¥यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन”, चौधरीको भनाई छ,“बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाई भएको छ ।”

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उहाँले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो । अरुकहाँ ज्याला मजदू्री गरेर जीविको चलाउने दिन पनि आए । तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ । अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ ।”लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरवुजा र एक विघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ ।

लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उहाँहरु नै बताउनुहुन्छ । राप्ती नदी आसपासका यि तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्याङ्क छ । यही संस्थाले सुरूमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो ।
लमही नगरपालिकाको कृषि शाखाकी गङगा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिनुभयो । गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुयाउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाई छ ।
“प्रचण्ड गर्मी छ । बालुवा नै बालुवा भएकाले सुख्खाबढी हुन्छ । तर नजिकै बोरिङ छैन । हाम्रो उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन । त्यसैल सरकारले यी समस्या समाधान गरिदिए अझबढी मेहनत गथ्र्यांै”, उहाँहरूले एकस्वर छ ।

गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश विजयी

काठमाडौँ, ९ वैशाख : राजधानीमा जारी वीर गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराउँदै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य कर्णालीले १५ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ४० बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यसैगरी हिमान्शु शाहीले अविजित ३२ रन बनाउँदा विपीन शाहीले १७ तथा रवीन्द्र शाहीले १४ रन बनाए ।

बलिङतर्फ मधेश प्रदेशका प्रदीप पास्वान र अभिषेक तिवारीले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको योगफल बनाएको थियो । मधेसका लागि मायन यादवले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै विशाल पटेलले अविजित ३२ रन बनाए भने प्रदीप पास्वानले १८ तथा कप्तान राहुल मण्डलले ११ रन जोडे ।

कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी र कप्तान दिवान पुनले समान एक÷एक विकेट लिए । यस जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको कर्णालीले तीन खेलमा चार अङ्क बटुलेको छ । पराजित मधेसको भने चार खेलबाट दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई तीन रनले पराजित गर्दै विजयी भएको थियो ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, ९ वैशाख : विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङगठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ ।”उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

कतारका अमिर अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउँदै

काठमाडौँ, ९ वैशाख कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले राससलाई बताउनुभयो ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कनुहुने तथा त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताउनुभयो ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
 

एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै

काठमाडौँ, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ ।

लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ ।

दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । प्रत्येक समूहमा चार सयसम्म सहभागी रहने गरी प्रबन्ध गरिएको छ ।

आजदेखि हनुमानगढीमा हनुमान जयन्ती महोत्सव, उठेको रकमबाट २० हजारलाई भोजन

खजुरा (बाँके) – हनुमान जयन्तीका अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती महोत्सव हुने भएको छ ।

भारतको अयोध्याबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने र भारतको दिल्लीस्थित मोन्टी नटराज ग्रुपद्वारा विभिन्न कार्यक्रम गरिने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वजित तिवारीले बताउनुभयो ।

महोत्सवमा काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइच, श्रावस्ती गोण्डालगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने आयोजक सुन्दर काण्ड मित्रमण्डलका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन)को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २० लाख खर्च हुने अनुमान गरिएको छ । उहाँले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताउनुभयो ।

“विगतमा फोहरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर पछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानको रुपमा यसलाई लिइएको छ”, थानापति महन्त गिरीले भन्नुभयो ।

आजदेखि सुरु हुने हनुमान महोत्सवमा अखण्ड रामायण पाठ, अण्टयाम सङ्कीर्तन एवं निशान पूजन, बालाजीको रात्रि जागरण एवं झाँकी, सुन्दरकाण्ड एवं भजनकीर्तन र महाआरती, रथयात्रा, शोभायात्रा हुने समितिले जनाएको छ ।

आगोले पर्साका १५ किसानको अन्नबालीसहित घर जल्दा लाखौँको क्षति

वीरगञ्ज (पर्सा), ९ वैशाखः सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।

छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताउनुभयो । “भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हँुदै आएर नेपालको भूमिमा खेतीबाली तथा फुसको घरमा क्षति पुर्याएको छ”, उहाँले भन्नुभयो, “सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भए ।”

जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताउनुभयो । प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ ।

आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ । सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा रु चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगजनीले सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर रु दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ ।

आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहँुबाली जलेको छ । सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ ।

किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँु र पराल गरी रु एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा रु ३० हजारको क्षति भएको छ । आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही रु २० हजारको क्षति भएको छ ।

त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा रु ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा रु ८० हजारको क्षति भएको छ । त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा रु ५० हजारको क्षति भएको छ । त्यस्तै सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहँुबालीमा क्षति हँुदा रु २० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

पनौतीमा आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन

काभ्रेपलाञ्चोक, ९ वैशाखः पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।

पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताउनुभयो । पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।

बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो । गत वर्ष नगरले नगरका नौ हजार नौ पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिनुभयो ।

गत वर्ष पनौती नगरमा लम्पी स्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए । पशुचौपाया मरेका किसानलाई २०८० असोजमा प्रतिपशुचौपाया रु १० हजारका दरले राहत रकम वितरण गरिएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपाया मरेका थिए । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन् । बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए ।

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ-पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदनमा सनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-० गोल अन्तरले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।

जितका लागि विराटनगरको तर्फबाट बिजु भुजेलले दुई गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भई भुजेलले नगद रु तीन हजार प्राप्त गरे । खेलको दोस्रो हाफको ५५औँ र ६२औँ मिनेटमा भुजेलले दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनकै गोलले टिम सेमिफाइनलमा पुग्न सफल भयो ।
चौथो संस्करणको रुपमा सञ्चालित प्रतियोगितामा आइतबारको खेलमा टिडब्लु विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच प्रतिस्पर्धा हुनेछ ।

डुङ्गा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता भएको आशङ्का

मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।

अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रबार मपोको नदीमा पल्टिएको थियो ।

“हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ”, थोमस जिमासेले रेडियो गुइरासँग भन्नुभयो, “कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।”

भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट दिइने

भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् ।

हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् ।

गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।

हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पुरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्छ ।

भारतीय मौसम विज्ञान विभागले अप्रिलदेखि जुनसम्म देशले अत्यधिक गर्मीको सामना गर्नुपर्ने र मध्य र पश्चिमी प्रायद्वीपीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान यही महिनाको सुरुमा गरेको थियो ।

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित चिकित्सा सुधार योजना अस्वीकार गरेको छ ।अर्को वर्षदेखि मेडिकल कलेजहरूमा वार्षिक भर्ना सङ्ख्या दुई हजारले बढाउने योजनाको प्रतिक्रियामा हजारौं प्रशिक्षार्थी चिकित्सकहरूको जारी आन्दोलनले दक्षिण कोरियाली अस्पतालहरूमा अराजकता निम्त्याएको छ ।

सरकारले शुक्रबार ३२ वटा विश्वविद्यालयलाई सुरुमा प्रस्तावित दुई हजारको साटो एक हजार भन्दा कम मेडिकल विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ तर कोरियाली मेडिकल सङ्गठन (केएमए) ले भने यो योजना एक साताभित्र पूर्णरुपमा त्याग्नुपर्ने बताएको छ ।

केएमएका प्रवक्ता किम सुङ–ग्युनले भन्नुभयो, “यो आधारभूत समाधान नभएकाले कोरियाली मेडिकल सङ्गठनको आपतकालीन समितिले यसलाई स्वीकार्न नसक्ने स्पष्ट देखाएको छ ।”

उहाँले भन्नुभयो, “हाम्रो देशको भविष्य र हाल पीडित बिरामीहरूको स्वास्थ्यको रक्षाको लागि सुरूबाट यस बिषयमा छलफल गर्न हामी राष्ट्रपतिलाई आग्रह गर्नेछौँ ।” किमले समस्याको समाधान खोज्न ‘एक हप्ता बाँकी रहेको’ बताउनुभएको छ ।

सरकारले आफ्नो योजनाले वृद्ध समाजका लागि चिकित्सकको अभाव कम गर्ने दाबी गरेको छ । चिकित्सा व्यवसायी र प्रशिक्षार्थीहरूले यसले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर घटाउने बताएका छन् ।फेब्रुअरी २० देखि सुरु भएको हडतालका कारण अस्पतालहरूले अत्यावश्यक उपचार र शल्यक्रियाहरू रद्द गर्न बाध्य भएका छन् ।

सामान्य अस्पतालमा इमर्जेन्सी प्रक्रिया र शल्यक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षार्थी चिकित्सकका अतिरिक्त देशका ५० प्रतिशतभन्दा बढी मेडिकल विद्यार्थीले पनि बिदाका लागि निवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यदि सरकारले नमानेमा मेडिकल विद्यार्थीहरू एक वर्ष दोहो¥याउन बाध्य हुने, अस्पतालका वरिष्ठ चिकित्सकहरूले अप्रिल २५ मा राजीनामा दिन थाल्ने र स्वास्थ्य सेवा प्रणाली ‘ध्वस्त’ हुनसक्ने चेतावनी केएमएले दिएको छ ।

राष्ट्रपति युन सुक योलको दलले यसै महिना भएको संसदीय चुनावमा नराम्रो हार व्यहोरेपछि सरकारले शुक्रबार यस्तो प्रस्ताव गरेको हो ।सुरुमा सरकारप्रति जनताको सहानुभूति थियो, तर अप्रिल १० सम्म गरिएको जनमत सर्वेक्षणले मुड परिवर्तन भएको सङ्केत गरेको थियो ।डोङ–ए इल्बो सर्वेक्षणमा सहभागी करिब ६० प्रतिशतले सरकारले आफ्नो सुधार योजनाको मात्रा र समय समायोजन गर्नुपर्ने बताएका छन् ।

प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीले पनि युनको आलोचना गर्दै सुधार योजना परिमार्जन गर्न आग्रह गरेको छ ।सरकारले यसअघि चिकित्सकहरू काममा नफर्के कानुनी परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो भने केएमएका दुई जना अधिकारीको मेडिकल लाइसेन्स निलम्बन गरेको थियो ।

यो योजनाका समर्थकहरूले विरोधी चिकित्सकहरूले आफ्नो तलब र सामाजिक हैसियतको रक्षा गर्न मात्र प्रयास गरिरहेको बताएका छन् ।केएमएको शनिबारको घोषणापछि गम्भीर बिरामी भएका बिरामीले आफूहरू ‘निराश’ अवस्थामा रहेको बताएका छन् ।

कोरियाली क्यान्सर रोगी अधिकार परिषद्का प्रमुख किम सुङ–जुले एएफपीसँग भन्नुभयो, “छिटो समाधानको आशा गरेका बिरामीहरू अहिले निराशाका साथ स्थितिलाई नियालिरहेका छन् ।”“हामी चिन्ता र डरकोे अभिभूति गरिरहेका छौँं किनकि हामी कहिलेसम्म यो कठिन परीक्षा सहन सक्छाँैं ?”