`

प्रदेशससभा सदस्य गिरीलाई फिर्ता बोलाइएको सूचना सार्वजनिक

काठमाडौँ-चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्रीमा प्रयोगमा ल्याइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पु¥याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।”

उहाँले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताउनुभयो । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगरप्रहरी परिचालन

काठमाडौँ, २६ चैत : चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्रीमा प्रयोगमा ल्याइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् ।

आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पु¥याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।” उहाँले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताउनुभयो । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

काठमाडौँ, २६ चैत ः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गर्नुभएको छ । उहाँले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिनुभएको छ । अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

म्यान्माको जुन्ताले साझा सीमा नजिकै ‘विशेष’ उडानका लागि अनुरोध गरेको थाइल्यान्डको भनाइ

नजिकैको एउटा महत्त्वपूर्ण सीमा केन्द्रमा झडपहरू भएपछि म्यान्माको जुन्ताले थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन अनुरोध गरेको थाई विदेश मन्त्रालयले सोमबार बताएको छ ।

म्यान्मामा हालैका महिनामा आन्तरिक द्वन्द्व बढेको छ । सन् २०२१ को सैन्य विद्रोहमा लोकतान्त्रिकरूपमा निर्वाचित सरकारबाट सत्ता हत्याएको सेनाविरुद्ध विरोधी शक्तिहरूले मुलुकभर अग्रता हासिल गरिरहेका छन् ।

म्यान्माका पहिला लडाइँबाट अछूतो रहेका क्षेत्रहरूमा लगातार झडपहरू भइरहेका छन् । विश्लेषकहरूले बढ्दो झडपहरू जुन्ता शासनका लागि अहिलेसम्मको सबैभन्दा ठूलो खतरा हो भनेका छन् ।

साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए । जुन्ताको वाणिज्य मन्त्रालयका अनुसार म्यावाडी तेस्रो सबैभन्दा व्यस्त ‘ल्यान्ड क्रसिङ’ हो । यहाँबाट पछिल्लो १२ महिनामा करिब एक अर्ब १० करोड डलरको सामानहरू ओसारपसार भएको थियो ।

म्यान्माको एउटा उडान आइतबार माई सोट विमानस्थलमा अवतरण गरेको र ‘मानवीय आधार’ मा अनुरोध स्वीकार गरिएपछि सोही दिन फर्किएको विदेश मन्त्रालयले विज्ञप्तिमा पुष्टि गरेको छ । बैङ्ककमा म्यान्माको दूतावासले अप्रिल ६ मा आगामी तीन दिनमा ‘यात्रीहरू र कार्गो’ ओसार्न तीन ‘विशेष’ याङ्गुन–माई सोट उडानको अनुमति मागेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ताले उडानका बारेमा थप जानकारी दिन अस्वीकार गर्नुभयो । आइतबारको उडानपछि बाँकी उडान रद्द गरिएको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा थप कुनै विवरण दिइएको छैन ।

थाइल्यान्डले थाई–म्यान्मा सीमामा स्थितिको नजिकबाट निगरानी गरिरहेको र ‘शान्ति, व्यवस्था र नागरिकहरूको सुरक्षा कायम गर्न आवश्यक कारवाही गर्नका लागि तयार रहेको’ विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमद्वारा लिइएको एक भिडियोमा केही सशस्त्र कारहरूमा नजिकैको दूरीमा पाल र अव्यवस्थित अस्थायी आश्रय बनाएर थाई सैनिकहरूले सीमामा गस्ती गरिरहेको देख्न सकिन्छ ।

यसअघि उडानका बारेमा सोधिएको प्रश्नमा थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकारहरूसँग भन्नुभयो, “उडान हतियारको ढुवानी वा सैन्यकर्मीहरूका लागि थिएन ।” उहाँले विमानले ‘नागरिक कामदार’लाई मात्र बोकेको बताउनुभयो ।

गोली प्रहार गरी पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जना पक्राउ

इनरुवा (सुनसरी), २६ चैत : सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेकाको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद रु एक लाख दुई हजारसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । गत बुधबार दिउँसो इनरुवा–९ स्थित नहरको डिलमा सुनसरी हरिनगर–२ का ६१ वर्षीय साहिरा मियाँ र उहाँका नाती आसिफ अन्सारीमाथि गोली प्रहार गरी रु पाँच लाख ३५ हजार लुटपाट गरेका थिए ।

जग्गा बिक्री गरेर रु पाँच लाख ३५ हजार लिएर घर फर्किरहेका बेला साथबाट लुटिएको रु एक लाख दुई हजार मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम चाँडै बरामद गरिने भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा सङ्लग्न एक जनाको खोजी कार्य भइरहेको र चाँडै कानुनी दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

नेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल भेट्टियो

वीरगञ्ज (पर्सा), २६ चैत : वीरगञ्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ ।

संयुक्त अनुगमन टोलीले आज वीरगञ्जमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्यावमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लिएको हो । संयुक्त अनुगमनमा वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज, वाणिज्य कार्यालय लगायतका प्रतिनिधिले संयुक्तरुपमा अनुगमन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपीनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिनुभयो । “संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ”, उहाँले भन्नुभयो, “केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेट्टिएका छन् ।’’

सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वासनीयतामाथि नै प्रश्न चिह्न उब्जिएको बताउनुभयो । “केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पार्ने देखिन्छ”, उहाँले भन्नुभयो, “कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउँला ?, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो खालको हेलचेक्क्राइ गर्नुहुँदैन ।”

सदस्य सचिव लालदासले प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्ट कुनै दुई वर्षदेखि म्याद गुज्रिएको भेट्टिएको जानकारी दिनुभयो । “पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बयानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने छ ।” संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्टलाई कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ ।

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान

काठमाडौँ, २६ चैत : एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो ।

च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत चार वर्षदेखि सञ्चालनमा छ । टेक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्युयोर्कमा सम्मान गरिएको हो ।

उनलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदुरपश्चिम समाजले ५५०, इन्टरनेसनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिनुभयो ।

युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औँ एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औँ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।

डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकप्टरबाट उद्धार

डोल्पा, २६ चैत : हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् । ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिनुभयो ।

आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताउनुभयो । पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको र बाँकी दुई जनाको उद्धारका लागि हेलिकप्टर आउन लागेका उहाँले बताउनुभयो ।

आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ । आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो ।

छ प्रकारका सुरक्षण मुद्रण सरकारले मात्रै गर्नेगरी प्रतिवेदन पारित

काठमाडौँ, २६ चैत : प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि छ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुङ्गो लगाएको हो । राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयकमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट मात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरिएको थियो । समिति बैठकले उक्त व्यवस्थामा अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्र पनि केन्द्रले नै छपाइ गर्ने गरी प्रतिवेदन पारित गरेको हो ।

समितिले प्रतिवेदनमा उक्त सरकारी दस्तावेजबाहेक अन्य सुरक्षण मुद्रणसम्बन्धी कार्य नेपाल सरकारको स्वामित्व वा अधिकांश शेयरभएका निकाय वा संस्थाबाट गर्न सकिने व्यवस्था राखेको छ । केन्द्रले छपाइ गर्ने बाहेकका अन्य सुरक्षण मुद्रण सरकारी स्वामित्व वा अधिकांश शेयर भएका निकाय वा संस्थाबाट छपाइ गर्न नसकिएको अवस्थामा नेपाल सरकारबाट स्वीकृति लिएका निजी क्षेत्रबाट पनि छपाइ गर्न सकिने व्यवस्था गरिएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महत्वपूर्ण सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रले मात्रै छपाइ गर्ने प्रष्ट पार्नुभयो । उहाँले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रबाहेक अन्य सरकारी कागजात सुरक्षित मुद्रणले छपाइ गर्न नसकेको अवस्थामा सरकारी स्वामित्व वा अधिकांश शेयर भएका निकाय वा संस्थाले गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

“यो विकल्पबाट पनि छपाइ गर्न नसकिएको अवस्थामा मात्रै निश्चित मापदण्ड तय गरी प्रतिस्पर्धाका आधारमा मात्रै निजी क्षेत्रलाई पनि दिन सकिने व्यवस्था राखिएको हो”, मन्त्री शर्माले भन्नुभयो, “सिधै निजी क्षेत्रलाई दिने भनिएको भए गम्भीर विषय हुन्थ्यो, तर दुई चरण पूरा गरिसक्दा पनि छपाइ गर्न नसकिएको अवस्थामा छ वटाबाहेक प्रतिस्पर्धाका आधारमा मन्त्रिपरिषद्बाट निजी क्षेत्रलाई दिने व्यवस्था गरौँ ।”

उक्त प्रतिवेदनमाथिको छलफलमा सहभागी अधिकांश सांसदले राष्ट्रिय सुरक्षासँग जोडिएका सरकारी कागजातको छपाइ सरकारले मात्रै गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले उक्त कागजात छपाइको जिम्मा निजी क्षेत्रलाई दिन नहुनेमा जोड दिनुभएको थियो ।

सांसद डा तोसिमा कार्कीले राष्ट्रियताको रक्षार्थ पनि मतदाता परिचयपत्र, विपन्न तथा अपाङ्गतासम्बन्धी परिचयपत्रको पनि सुरक्षण मुद्रण गर्नुपर्ने बताउनुभयो । सांसद कालुराम राईले सुरक्षित मुद्रण राष्ट्रिय सुरक्षासँग जोडिएको उल्लेख गर्दै यसखालका संवेदनशील विषय निजी क्षेत्रको जिम्मेवारीमा छाड्न नहुने बताउनुभयो ।

सांसद देवेन्द्र पौडेलले महत्वपूर्ण सरकारी कागजात सरकारले नै छपाइ गर्नुपर्नेमा जोड दिँदै राज्यले नसक्दा सुरक्षाको सुनिश्चिततासहित अनुमति प्राप्त निजी क्षेत्रलाई पनि दिइनु उचित हुने धारणा राख्नुभयो । सांसद चन्द्र भण्डारीले राष्ट्रिय हितमा आँच नपुग्ने गरी सुरक्षित मुद्रणको व्यवस्था मिलाइनुपर्नेमा जोड दिनुभयो ।

विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ – नेता पौडेल

काठमाडौँ, २६ चैत : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताउनुभएको छ ।नयाँवर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताउनुभएको हो ।

“विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले प्रश्नहरु उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताउनुभयो ।

उहाँले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताउनुभयो । “सहकारीको विषय कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो”, उहाँले भन्नुभयो ।

अरुलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उहाँको भनाइ छ । नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लोे समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने उल्लेख गर्नुभयो । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

‘काठमाडौँ महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’

काठमाडौँ, २६ चैत : काठमाडौँ महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् । तीन दिनअघि काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय विद्यालयले पुस्तक वितरण पनि आफैँ गर्ने, आफूले भनेकै ठाउँमै गएर किन्नुपर्ने नियम बनाएका छन् । त्यो बाध्यताको अन्त्य हुनुपर्छ ।”

उहाँले एक त अभिभावकले शुल्ककै मार खेपिरहेकै बेला भनेकै ठाउँमा किताब, पोसाकलगायतका सामान किन्न लगाउनु गलत कार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिबका छोराछोरीले जसोतसो रकम जुटाएर पढ्न आएका हुन्छन् । यहीँबाट नै किन्नुपर्छ भन्ने नियम व्यापारिक प्रायोजनले गरिएको कामजस्तो देखियो जुन खराब हो । महानगरपालिकाको काम स्वागतयोग्य छ ।”

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालयमा कमिसनको चक्कर अन्त्य हुनुपर्ने तर्क गर्नुहुन्छ । उहाँले भन्नुहुन्छ, “पोसाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री सामानमा दुवै निजी तथा सरकारी विद्यालयमा कमिसनको चक्कर बेठीक छन् । किताब विद्यालयले बेच्ने होइन नी पसलेले बेच्ने हो । यो नियमको सबैले पालना गर्नुपर्छ ।” निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्षम डिके ढुङ्गानाले विद्यालयले आफैँ पाठ्यपुस्तक र पोसाक बिक्री गर्न नपाउने नियम पहिलादेखि नै भएको र सबैले पालना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो कार्य विद्यालयले गर्न पाउँदैनन् । पहिलादेखिको निर्णय हो । प्याब्सनअन्तर्गतका विद्यालयले त्यो बिक्री पनि गर्दैनन् । हाम्रो त स्पष्ट मान्यता छ ।”

त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मुक्तान भन्नुहुन्छ, “यो एकदमै राम्रो निर्णय हो । विद्यालयले अभिभावकलाई ग्राहक बनाउने होइन । विद्यालयले त ज्ञान बाँड्ने हो, ज्ञान प्रदान गर्ने ठाउँमा व्यापार गर्न थालेको देखिन्छ । यो नियन्त्रणका लागि यो गरिएको कदम राम्रो छ । अभिभावकले आफ्ना बच्चाका लागि विद्यालयबाट नै किन्नुपर्ने नभई खुला बजारबाट जहाँ सस्तो र सुलभरुपमा पाइन्छ त्यहीँ किन्न पाउनुपर्छ ।”

सबै विद्यालयले शैक्षिक सत्र २०८१ का लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा सूचीकृत भएका थप पाठ्य सामग्री मात्र प्रयोग गर्नुपर्ने, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका वा पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले प्रधानाध्यापकले स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, शैक्षिक सामग्रीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत बताएको छ ।

इरानका विदेशमन्त्रीद्वारा इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप

क्षेत्रीय तनाव बढ्ने गरी इजराइलमाथि दोष लगाइएको घातक हमलाले तेहरानको दमास्कसस्थित वाणिज्य दूतावासलाई ध्वस्त पारेको एक सातापछि इरानका विदेशमन्त्रीले सोमबार सिरियाली राजधानीको भ्रमण गर्नुभएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

दमास्कसको प्रमुख सहयोगी तेहरानले गत सोमबार इरानी दूतावासको कन्सुलर खण्डमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । उक्त हमलामा दुई जनरलसहित सात इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) का सदस्य मारिएका थिए ।

उक्त हमला इजराइल र हमासबीच जारी युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । दमास्कस र तेहरानले हमलाका लागि इजराइललाई दोष दिएका छन् तर इजराइलले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

इरानी विदेशमन्त्री होसेन अहिर–अब्दुल्लाहियानले एक दिनअघि लामो समयदेखि तेहरान र पश्चिमबीच मध्यस्थकर्ता रहेको ओमानको क्षेत्रीय भ्रमण सुरु गर्नुभयो । ओमान भ्रमणका क्रममा मस्कटका विदेशमन्त्रीले तनाव कम गर्न आह्वान गर्नुभएको छ ।

भ्रमणका क्रममा अमिर–अब्दुल्लाहियानले सिरियाका राष्ट्रपति बशर अल–असद र विदेशमन्त्री फैसल मेकदादसँग भेट गर्ने तयारी गर्नुभएको छ । सिरियाको सूचना मन्त्रालयले भने विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले नयाँ इरानी कन्सुलर खण्डको उद्घाटन गर्नुहुने बताएको छ ।

सिरियाको सरकार समर्थक अखबार अल–वतनले अधिकारीहरूको छलफल ‘मुख्यरूपमा गत साताको हमलाको नतिजामाथि केन्द्रित’ हुने बताएको छ ।

इरानका सर्वोच्च नेताका एक सल्लाहकारले आइतबार सिरियामा हमलापछि अब इजराइली दूतावासहरू ‘सुरक्षित नभएको’ चेतावनी दिएका छन् । विश्लेषकहरूले यसलाई गाजा क्षेत्रमा इजराइल–हमास युद्धभन्दा पर व्यापक युद्ध सुरु गर्ने जोखिम उठाउने इरान र उसका क्षेत्रीय प्रतिनिधिहरूविरुद्धको अभियानको वृद्धिका रूपमा हेरेका छन् ।

बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सोमबारको हमलामा १६ जना मारिएका थिए । मारिनेमा आठ इरानी, पाँच सिरियाली, लेबनानको हिजबुल्लाह समूहका एक सदस्य र दुई सर्वसाधारण रहेका थिए ।

मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हादी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीको विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए ।

इजराइलले १३ वर्षअघि गृहयुद्ध सुरु भएयता सिरियामा सयौँ हवाई हमला गरेको छ । हमलामा इजराइलले हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थान र हतियार भण्डारलाई निशाना बनाएको छ ।

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा ठूलो मात्रामा इजराइली जवाफी कारवाही भएको छ ।

केरा किसानले अझै पाएनन् बीमाबापतको रकम

चितवन, २६ चैत : जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन् ।

केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन् । उहाँले भन्नुभयो, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो । अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन ।”

हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बीमा गर्ने गर्दछन् । जिल्लामा करिब तीन सय किसानले केराको बीमा गरेका छन् । ती बीमित किसानले रु आठ करोड हाराहारी बीमा दाबीसहित निवेदन दिएको उहाँले बताउनुभयो । जसमध्ये अधिकांशको बीमाबापतको रकम सुरुआतमा नै आएको भए पनि अहिलेसम्म बाँकीको रकम नआउँदा किसान मर्कामा परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै चितवनका केरा उत्पादक किसानले बीमा दाबी भुक्तानीमार्फत रु एक करोड ५० लाखदेखि दुई करोडसम्म पाउन बाँकी छ ।”

सङ्घका पूर्वअध्यक्ष घनश्याम महतो आर्थिक वर्ष २०७८÷०७९ को बीमाबापतको रकम पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले पटकपटक बीमा कम्पनीमा सम्पर्क गर्दा पनि भुक्तानी पाउन सकेका छैनन् ।” क्षति भएको ३५ दिनभित्र बीमाबापतको रकम दिने भनिएको भए पनि दश महिनादेखि रकम पाउन नसक्दा किसान समस्यामा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान गयो पैसा निकासा भएको छैन भनेर पठाउँछ ।”

शिखर इन्सुरेन्स कम्पनी लि नारायणगढ शाखाका व्यवस्थापक अरुणदेव आचार्य राज्यले दिने अनुदान रकम निकासा नहुँदा किसानले बीमा भुक्तानी पाउन कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले निवेदन दिएको लामो समय भयो । समस्यामा परेका छन् । अब केही निकास निस्किन्छ होला ।” अहिले सरकारले अनुदानबापतको रकम पठाएको आफूले जानकारी पाएको जनाउँदै उहाँले केही समयमा नै भुक्तानीबापतको रकम पाउन सक्ने बताउनुभयो ।

रुकुम पश्चिममा आगलागीबाट ३५ लाख बराबरको क्षति

त्रिवेणी (रुकुम पश्चिम), २६ चैत : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ ।

आइतबार १०ः३० बजे धनबहादुर बोहराको घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ताकपडासहित नगद रु तीन लाख ३० हजार गरेर कूल रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोहराको चार कोठाको दुईतले जस्तापाताले छाएको कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको छ । १०ः३० बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा आज बिहान नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

यसैबीच पीडित परिवारलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । बोहराका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले वडाका तर्फबाट एक बोरा चामल, एक बोरा दाल, दुई कम्बल, एक फाइवर सिरक र खाना पकाउनका लागि भाडावर्तन सहयोग गरिएको वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिनुभयो ।

उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकार रहेको छ – उद्योगमन्त्री भण्डारी

काठमाडौँ, २६ चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।

मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भन्नुभयो, “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।”

पूर्वमन्त्री एवं हर्बल उत्पादक सङ्घका पूर्वअध्यक्ष पार्वत गुरुङले मुलुकको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनका हिसाबले जडीबुटीजन्य उद्योगबाट देश लाभान्वित हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सोहीअनुसारको नियम कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष प्रेमराज तिवारीले हाल जडीबुटीजन्य उद्योगमा करिब एक हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध भएको, १० लाख नेपालीले रोजगारी पाएको र रु १५ अर्ब लगानीसहित वार्षिक रु पाँच अर्बको कारोबार हुने गरेको जानकारी दिनुभयो ।

सो अवसरमा जडीबुटीजन्य व्यवसायीले लगानीमैत्री नीति, सीप विकास, जडीबुटीखेतीको बिस्तार, व्यापार मेला, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, अर्गानिक प्रमाणीकरण, बजारीकरण, अनुसन्धान, विद्युतीय कारोबार, कार्गाे भाडादरलगायतका व्यवसायसँग जेलिएका विषयवस्तुको ध्यानाकर्षण गर्दै लगानीमैत्री वातावरणका लागि सरकारसँग अनुरोध गर्नुभएको थियो ।

नयाँ नेतृत्व चयन हुने सो साधारणसभामा सङ्घका पूर्वअध्यक्षसहित उत्कृष्ट व्यवसायीलाई सम्मानित गरिएको थियो ।

‘खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक’ ‘ – मुख्यमन्त्री यादव

महेन्द्रनगर (धनुषा), २६ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनु्भएको छ ।

सङ्घीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरणसम्बन्धी परामर्श गोष्ठीमा उहाँले मधेसको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन सङ्घीय सरकारलाई आग्रह पनि गर्नुभयो ।

सङ्घीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका छ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “योजना सराहनीय छ, मधेस सरकार हातेमालो गर्न प्रतिबद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि सङ्घ सरकारलाई आग्रह गर्दछु ।”

सङ्घीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्वखानेपानीमन्त्री महेन्द्र राय यादव, मधेस सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायतका वक्ताले मधेसमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेस प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरी दीर्घकालीन समाधान गर्न सकिने बताउनुभयो । सो परियोजनाका लागि रु ४६ अर्ब २० करोड १० लाख १५ हजार चार सय ८८ लागत अनुमान गरिएको छ ।
महेन्द्रनगर (धनुषा), २६ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनु्भएको छ ।

सङ्घीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरणसम्बन्धी परामर्श गोष्ठीमा उहाँले मधेसको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन सङ्घीय सरकारलाई आग्रह पनि गर्नुभयो ।

सङ्घीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका छ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “योजना सराहनीय छ, मधेस सरकार हातेमालो गर्न प्रतिबद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि सङ्घ सरकारलाई आग्रह गर्दछु ।”

सङ्घीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्वखानेपानीमन्त्री महेन्द्र राय यादव, मधेस सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायतका वक्ताले मधेसमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेस प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरी दीर्घकालीन समाधान गर्न सकिने बताउनुभयो । सो परियोजनाका लागि रु ४६ अर्ब २० करोड १० लाख १५ हजार चार सय ८८ लागत अनुमान गरिएको छ ।

गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक, पूर्वपर्यटन मन्त्री किरातीले के भने ?

काठमाडौँ, २६ चैत : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आज यहाँ गायिका खुसी थुलुङ्ग राईको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतका माध्यमले सर्जकले दिने सन्देश सिधै समाजमा पुग्ने बताउनुभयो ।

“गीतसङ्गीतलाई मनोरञ्जनकै रुपमा मात्र लिनुहुँदैन, यसले समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने भएकाले म सर्जकलाई सोहीअनुसार कला र संस्कृतिलाई प्रयोग गर्न आग्रह गर्छु, यद्यपि गीतको आफ्नै शैली हुन्छ, यो अहिले सामान्य सुनियता पनि कालान्तरमा यसको महत्व दर्सिन्छ”, पूर्वमन्त्री राईले भन्नुभयो ।

उहाँले गीतिसङ्ग्रहमा समावेश आठ गीतमध्ये श्रव्यदृश्य तयार पारिएको पहिलो गीत ‘प्रेमको अर्थ’ हेरेपछि अभिनय गर्ने मोडल रुकमान लिम्बू र करिश्मा श्रेष्ठको प्रसंशा गर्नुभयो । उहाँले भन्नुभयो, “कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, गायिकाले सुमधुर स्वरमार्फत सजिलै मोहित गर्न सक्नुहुन्छ, म उहाँहरूलाई गीतसङ्गीतलाई निरन्तरता दिन आग्रह गर्दछु ।”

गायिका राईले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । “मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु, म नयाँ भए तापनि यस क्षेत्रलाई नियाल्दै अगाडि बढिरहेको सङ्गीतको विद्यार्थी हुँ, प्राप्त प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ”, गायिका राईले भन्नुभयो ।

सार्वजनिक गीत ‘प्रेमको अर्थ’ मा क्रान्ति सुब्बाले शब्द रचना र हरी लम्सालले सङ्गीत दिनुभएको छ । गीतको श्रव्यदृश्यमा देखिनुभएका मोडल लिम्बूले एक प्रेमिल जोडीको जीवनलाई श्रव्यदृश्यमा देखाइएको बताउनुभयो ।

“गीतमा श्रीमतीलाई माया गर्ने श्रीमान्को कथालाई देखाइएको छ, उसको निःस्वार्थ भाव र प्रेमले श्रीमतीलाई आकर्षित गर्ने पक्षलाई हामीले श्रव्यदृश्यमा समेटेका छौँ, यो गीतको श्रव्यदृश्यले प्रेमलाई परिणामको आशा नगरी व्यक्त गर्न प्रेरित गर्छ”, मोडल लिम्बूले भन्नुभयो । गीतको श्रव्यदृश्यलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको छ ।

मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो

मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ ।

रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक लाख ३० हजार ८०० पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले कमी हो । फेब्रुअरीमा दोहोरो अङ्कमा झरेको यो सङ्ख्या लगातार दोस्रो महिना पनि तल झरेको हो ।

शिक्षा सेवा, उत्पादन, थोक तथा खुद्रा उद्योगमा लाभग्राहीको अवस्थामा कमी आएको छ । तर वित्त, बिमा, सूचना तथा सञ्चार क्षेत्रमा भने गत महिनाको तथ्याङ्कमा वृद्धि भएको छ ।

बेरोजगारीको अत्यधिक सङ्ख्यालाई लिएर रोजगारी खोज्न मद्दत गर्न सरकारले रोजगारी खोज्न सघाउने प्रस्ताव गरेको छ । यो कार्यक्रम राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ ।

रोजगार प्राप्तकर्ताहरूको सङ्ख्या मार्चमा छ लाख ५४ हजार ६०० थियो । जुन एक वर्ष अघिको समान अवधिको तुलनामा तीन प्रतिशतले कम हो । यसले १४ महिनाको पहिलो गिरावटलाई अङ्कित गरेको छ । कूल रोजगारी प्राप्तिको अवस्था ६.२ प्रतिशतले घटेर ९६९.६ अर्ब वोन (७१६.७ मिलियन अमेरिकी डलर) मा झरेको छ ।

चीनको ‘कमजोर आपूर्ति क्षमता’ बारे अमेरिकी आरोप आधारहीन : चिनियाँ वाणिज्यमन्त्री

चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ बाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गर्नुभएको छ ।

ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबीचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्गहरू खोल्न सहमत भएका छन् ।

चीन सरकारले विश्व बजारले धान्न सक्नेभन्दा बढी उत्पादन क्षमता सिर्जना गर्न सहयोग गर्दा सौर्य र विद्युतीय सवारी साधनजस्ता प्रमुख क्षेत्रमा सस्तो निर्यातको बाढीले अन्यत्र ती उद्योगहरूको वृद्धिलाई असर पार्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको चिन्ता रहेको छ ।

वाणिज्यमन्त्री वाङले आइतबार पेरिस भ्रमणका क्रममा ‘अमेरिका र युरोपले लगाएको ‘अत्यधिक क्षमता’ को आरोप आधारहीन भएको बताउनुभएको हो । चिनियाँ विद्युतीय सवारी निर्माताको तीव्र वृद्धि नवीनता र स्थापित आपूर्ति श्रृङ्खलाका कारण भएको वाङले बताउनुभयो ।

उहाँले बेइजिङले व्यवसायहरूलाई उनीहरूको हितरक्षाका लागि सहयोग गर्ने पनि बताउनुभयो । बेइजिङले उद्योगका लागि राज्यको विशाल समर्थनको बारेमा चिन्तालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

युरोपेली सङघ (ईयू) ले चिनियाँ विद्युतीय कारमा अनुदानको बारेमा अनुसन्धान सुरु गरेको छ जसले गर्दा कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा कर वृद्धि हुन सक्छ । गत महिना बेइजिङले यसलाई व्यापारमा देखिएको ‘सङरक्षणवाद’ को संज्ञा दिएको छ ।

येलेनले दक्षिणी शहर ग्वान्झाओ र राजधानी बेइजिङमा अधिकारी र व्यापारिक नेताहरूसँगको वार्तामा बारम्बार चीनको ‘क्षमताभन्दा बढी आपूर्ति’ को प्रसङ्गलाई उठाउनुभएको थियो । आफ्ना समकक्षी उपप्रधानमन्त्री हे लिफेङसँग भएको वृहत् छलफलमा उहाँले चिनियाँ नीति निर्माणको उच्च तहमा अन्तराृष्ट्रिय चासोका सवालबारे संवेदनशील बन्न आग्रह गर्नुभएको थियो ।

सिन्ह्वाका अनुसार लीले उत्पादन क्षमताको विषयलाई वासिङ्टनले ‘वस्तुनिष्ठ’ र ‘बजारमुखी’ दृष्टिकोणबाट हेर्नुपर्ने येलेनसँग बताउनुभएको थियो । उहाँले चीनको नयाँ ऊर्जा उद्योगको विकासले ‘विश्वव्यापी हरित र कम कार्बन सङक्रमणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ

युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ ।

आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताउनुभयो । आणविक केन्द्रको गुम्बजमा भएको आक्रमणबाट गम्भीर चोटपटक नभएको र सुरक्षा सीमा उल्लङ्घन गर्ने कुनै खतरा नभएको पनि किएभले दावी गरेको छ ।

उक्त ड्रोन आक्रमणले छ वटा उर्जा उत्पादन एकाइमध्ये एउटालाई क्षति पु¥याएको र आणविक सुरक्षामा संवेदनशिलता नदेखाइएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जानकारी दिएको छ ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अन्तर्राष्ट्रिय समुदायले आणविक केन्द्रमा हालै गरिएको ड्रोन आक्रमणको जवाफ युक्रेनले दिनुपर्ने बताउनुभएको छ । जापोरिझ्झिया आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा उत्पादन केन्द्र हो र यसमा छ गिगावाट कुल क्षमता भएको छ वटा इन्धन एकाइहरू समावेश गरिएको छ ।

राष्ट्रिय वित्तीय नीति अपनाउन विश्व बैङ्कद्वारा पाकिस्तानसँग आग्रह

पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बीचमा विश्व बैङ्कले इस्लामाबादलाई सङघीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ ।

सङघीय तथा प्रान्तीय राजस्व एकल बिक्री कर (जीएसटी) सङ्कलन एजेन्सीमा विलय गरी अर्को बजेटमा कृषि, पूँजीगत लाभ र अचल सम्पत्तिमा प्रभावकारी रूपमा कर लगाउन आग्रह गरेको छ ।आगामी आर्थिक बर्षको बजेटमा राष्ट्रिय वित्तीय ढाँचाको विकास र कार्यान्वयन सहित सङ्घीय तथा प्रान्तीय वित्तीय उत्तरदायित्व र ऋण सीमा ऐन कार्यान्वयन गर्न विश्व बैङ्कले पछिल्लो नीतिगत सल्लाहमा पाकिस्तानी सरकारलाई सुझाब दिएको छ ।

यो प्रस्ताव अर्को अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको हिस्सा बन्ने अपेक्षा गरिएको छ । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले अर्को हप्ता विश्व बैङ्क र आइएमएफको बैठकमा वाशिङ्टनमा ऋणदातासँग छलफल गर्नुहुनेछ ।

बैङ्क, महासङ र एकाइहरूमा जीएसटी समन्वयमा वास्तविक प्रगति गर्न माग गरेको छ, । जीएसटी पोर्टलको थालनीसहित कर प्रणलीलाई सहज बनाउन दर समन्वय“ तिर अघि बढाउन माग गरेको छ । सहरी अचल सम्पत्तिको विषयमा बैङ्कले मुद्रास्फीति, बिमा मूल्याङ्कनजस्ता आधारमा वार्षिक अद्यावधिक गर्न तथा भाडा दरहरू बराबर गर्न मूल्याङ्कन तालिकाहरू लागू गर्न माग गरेको छ ।कृषि आयकरका लागि बैङ्कले सरकारलाई भूमिको परिभाषा व्यवस्थित बनाउन, जमिनको आकारका आधारमा छुटमा पुनर्विचार गर्न र बाली क्षेत्रफल वा उत्पादन अनुमानका आधारमा साझा न्यूनतम दर निर्धारण गर्न आग्रह गरेको छ । साथै, सरकारले प्रति हेक्टर न्यूनतम दरहरू छुट्याउन सिँचाइ र निर्मित भवनहरू पनि समावेश गर्नुपर्ने जनाएको छ ।

विक्रम बाबा मेला आजदेखि सुरु

चितवन, २६ चैत : विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । हरेक वर्ष चैते दसैँको समयमा लाग्ने विक्रमबाबा यस वर्ष आजदेखि सुरु भएको हो ।चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका विक्रमबाबाको थारु समुदायले परापूर्वकालदेखि पूजा गर्ने स्थान हो । पछिल्लो समय सबै जातजातिको धार्मिकस्थल बनेको छ ।

भरतपुर महानगरपालिकाले मेला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका उपप्रमुख एवं मेला व्यवस्थापन मूल समितिका संयोजक चित्रसेन अधिकारीका अनुसार आज औँसीको दिन भएकाले भक्तजन कम मात्रामा आएका छन् ।

मङ्गलबारदेखि भक्तजनको उपस्थिति बाक्लो हुने र मङ्गलबार नै सामूहिक पूजा गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलाको तयारी पूरा भएको छ, आजैदेखि भक्तजन आउने क्रम सुरु भएको छ ।” मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएका छन् ।

पूजा व्यवस्थापनका लागि निकुञ्ज, नेपाली सेना, केरुङ्गा मध्यवर्ती सामुदायिक वन र पटिहनी उपभोक्ता समिति तथा घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि एवं महानगरका प्रतिनिधि खटिने छन् । अधिकारीका अनुसार बाहिर बजार व्यवस्थापनका लागि वडा नं २३ का अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेर काम गरिएको छ । सामुदायिक वन क्षेत्रमा एक सय ६० कक्ष निर्माण गरी वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानी ट्याङ्कीको व्यवस्था गरिएको छ । कार्यसम्पादन समितिका संयोजक दवाडीका अनुसार मेला व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा सिसीटिभी जडान गरिसकिएको छ । दश स्थानमा क्यामेरा जडान गरिएको र आवश्यकताअनुसार थप गर्ने गरी काम गरिएको उहाँले बताउनुभयो ।

यस वर्ष छ लाखभन्दा माथि भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । आजदेखि सुरु भएको मेला वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । बिहान ६ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिने छ भने मेला बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने छ ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको समन्वयमा गरिने छ । राप्ती नदीको पुलमा भक्तजनको भीड नियन्त्रणका लागि नगर प्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ । यस अघि सामुदायिक वन उपभोक्ता समितिले मेलाको व्यवस्थापन गर्दै आएको थियो ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । सन्तान प्राप्ति र सुखलगायत मनोकामना पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिन्छ ।

नेपाल नेत्रज्योति सङ्घको अध्यक्षमा पुनः प्रा डा पन्त

काठमाडौँ, २६ चैत : नेपाल नेत्रज्योति सङ्घको अध्यक्ष पदमा प्रा डा चेतराज पन्त पुनः निर्वाचित हुनुभएको छ । भरतपुरको चितवनमा हालै सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले उहाँलाई दोस्रो कार्यकालका चयन गरेको हो ।

नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको आतिथ्यतामा यही चैत्र २३ र २४ गते सम्पन्न अधिवेशनले प्राडा पन्तको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ । सङ्घको विधानबमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये एक जना अध्यक्ष, १२ जना खुला सदस्य र दुई जना महिला सदस्य गरी १५ सदस्य अधिवेशनमार्फत निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यस्तै सदस्य पदमा कृष्णकुमार गिरी, चिजकुमार मास्के, दिव्यप्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा नन्द श्रेष्ठ, नरबहादुर रोकाया, पद्मनारायण चौधरी, विष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरतबहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्र्मा, मन्जु कँडेल र प्रा डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचित सदस्यमध्ये बाट नै पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्थाबमोजिम अधिवेशनलगत्तै बसेको केन्द्रीय समिति बैठकले सङ्घको वरिष्ठ उपाध्यक्षमा पोखरेल, महासचिवमा चन्द र कोषाध्यक्षमा मास्केलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै सङ्घका सातवटै प्रदेशका प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्थाबमोजिम कोशी प्रदेश सभापति श्यामसुन्दर उदास, मधेश प्रदेश सभापति रवीन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा चयन हुनुभएको छ भने बाँकी सदस्य केन्द्रीय समितीले मनोनीत गर्ने सङ्घले जनाएको छ ।

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ ।

सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु

महेन्द्रनगर (कञ्चनपुर), २६ चैत : सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसैँ घण्टा पैदल गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीको आयोजनामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सो पैदल गस्ती सुरु गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सीमास्तम्भ, दशगजाको रेखदेखका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागुपदार्थ आयात नियन्त्रणलगायतका विषयलाई लक्षित गरी साताव्यापी पैदल गस्ती कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

“सो क्रममा सीमाका नागरिकसित सीमा क्षेत्रको समग्र अवस्थाका विषयमा छलफलका साथै जनप्रतिनिधिसित टोलीले संवाद र छलफल गर्नेछ”, गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले भन्नुभयो, “आगामी दिनमा सुदूरपश्चिममा नियमितरुपमा उक्त गस्ती भइरहनेछ ।”

उहाँले कञ्चनपुरको सीमा क्षेत्रको गस्ती सकिनासाथ कैलालीमा पनि सुरु हुने जानकारी दिनुभयो । “कैलाली सकिएपछि फेरि कञ्चनपुरमा सुरु हुन्छ”, चन्दले भन्नुभयो, “अब यो क्रम निरन्तर चलिरहँदा सीमा संरक्षणका साथै सीमा क्षेत्रको अवैध गतिविधिदेखि आपराधिक क्रियाकलाप नियन्त्रण हुन्छ ।”

उहाँले सशस्त्र प्रहरी बल केन्द्रको योजनाअनुसार आइतबारदेखि यहाँ गस्ती सुरु भइसकेको जानकारी दिनुभयो । डोकेबजारस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ७५२÷७ बाट सुरु भएको गस्तीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दले गर्नुभएको छ ।

यसरी मनाइयो घोडेजात्रा

काठमाडौँ, २६ चैत : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे सहभागी हुनुहुन्थ्यो । सो अवसरमा सेनाले अश्वकलासम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो । घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो ।

प्रत्येक वर्ष कृष्ण औँसीका दिन घोडेजात्रा मनाइँदै आएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई सम्हार गरे ।

राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

जनतामा आशा जगाउने काम मात्र गर्छाैं : मन्त्री गिरी

लेखनाथ (कास्की), २६ चैत : सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भन्नुभयो– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनातामा आशा जगाउने काम गरेरै छाड्ने उहाँको भनाइ थियो ।

देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।”

सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताउनुहुन्छ । ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि उहाँले दिनुभयो ।

वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताउनुभयो । “संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उहाँले भन्नुभयो, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।”

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो : सांसद डा वेदुराम भुसाल

काठमाडौँ, २६ चैत : मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनैपर्ने सांसदको दायित्व हुन्छ । संसद्मा म राष्ट्रियसभामा प्रतिनिधित्व गर्छु । राष्ट्रियसभाको चरित्र फरक किसिमको छ । यसको ध्यान मुख्यतः कानुन बनाउनमै केन्द्रित हुन्छ ।

सरकार निर्माण गर्ने कार्यमा राष्ट्रियसभाको भूमिका हुँदैन । त्यसैले त्यहाँ विकास निर्माणका कामसित सरोकार त राखिन्छ तर त्योभन्दा बढी कानुन निर्माणसँग सम्बन्धित विषयमै बढी ध्यान दिइन्छ । म आफैँ विधायन व्यवस्थापन समितिमा रहेर पहिला पनि काम गरेँ र अहिले पनि काम गरिरहेको छु ।राष्ट्रियसभामा भूमिकाको उल्लेख गर्नुपर्दा त्यहाँ (राष्ट्रियसभामा) जति पनि विधेयक आएका छन् हामीले ती विधेयकलाई बाँकी राखेका छैनौँ । भर्खरै आएको सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ । कतिपय विधेयक प्रतिनिधिसभामा गएर रोकिरहेका छन् । अर्को कुरा राष्ट्रियसभामै काम सृजना गरेर पनि भूमिका निर्वाह गर्ने गरेका छौँ ।

एउटा उदाहरण, केही दिनअगाडि राष्ट्रियसभाबाट एउटा महत्वपूर्ण प्रतिवेदन पारित भएको छ । संविधानअनुरुप बन्नुपर्ने कानुन कति बनाइयो र कति बनाउन बाँकी छ भन्ने समेतका विषय समेटेर उक्त प्रतिवेदन बनाइएको छ । राष्ट्रियसभाबाट पारित उक्त प्रतिवेदन सरकारलाई बुझाइएको छ । यो कार्य राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको हो । म विधायन व्यवस्थापन समितिको सभापति रहँदा मेरै नेतृत्वमा त्यो काम सुरु गरिएको थियो ।

अहिले पनि संविधानअनुरुप ४० नयाँ कानुन बनाउनुपर्ने वा संशोधन गर्नुपर्ने छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले बनाउनुपर्ने कानुनको सूची पनि प्रतिवेदनमा समेटिएको छ । राष्ट्रियसभाले गरेको यो निकै महत्वपूर्ण काम हो । कानुन निर्माणसँगै ती कार्यान्वयन भए कि भएनन् भनेर मापनको काम पनि सुरु भएको छ । दुःखको कुरा के छ भने संसद्का दुवै सदन र संसदीय समितिले अनुमोदन गरेर पठाएका कामलाई सरकारका तर्फबाट राम्ररी ध्यान दिएको तथा प्रभावकारी कार्यान्वयन गरेको पाइँदैन ।

म यसअघि सरकारमा मन्त्री पदमा रहेकै बखत पनि जनसरोकारका विषयलाई सदन र समितिमा उठाएको छु । मन्त्रालयसँग सम्बन्धित विषमा जनताले उठाएका प्रश्नहरुको सम्बोधन तथा उनीहरुको आवश्यकता र चाहनालाई समेट्ने प्रयास गरेको थिएँ । तत्कालीन समयमा पशु–चौपायामा देखिएको नयाँ रोग, कृषि, मलखाद, बीउबिजन आदि विषयमा जनताले उठाएका समस्या समाधान गर्न काम गरेको थिएँ ।

सामान्यतया प्रतिनिधिसभामा विकास निर्माणका कुरा बढी गरिन्छ जुन स्वाभाविकै हो । किनकि प्रत्यक्ष निर्वाचित सांसदले निर्वाचनका बेला जनतासँग गरेका वाचा र मुद्दालाई सम्बोधन गर्नुपर्ने सांसदको दायित्व हुन्छ । सरकारले सदनलाई भरपुर ‘बिजनेस’ दिएर सदनलाई प्रभावकारी बनाउनुपर्छ । मन्त्रालयगत विधेयकलाई चाँडो अगाडि बढाउनुपर्छ । सरकारले नै हो विधेयक प्रस्तुत गर्ने । तर सरकारमा रहेको अनुभवको कुरा गर्नुहुन्छ भने म आफैँ ११ महिना कृषिमन्त्री भएँ । उक्त अवधिमा एउटा नियमावली पारित गर्न सकिनँ । खाद्य सम्प्रभुतासम्बन्धी ऐन केही वर्षअघि बनेको थियो, त्यो ऐनसँग सम्बन्धित नियमावली स्वीकृत गराउन करिब ११ महिना नै लाग्यो ।

कृषि ऐन बनाउनका लागि सुरुदेखि नै पहल गरेको थिएँ, म निस्कने बेलामा कानुन मन्त्रालयमा गएर रोकिएको थियो । अहिले के भइरहेको छ मलाई थाहा छैन । कानुन बनाउने प्रक्रिया धेरै लामो र झन्झटिलो छ जसले गर्दा कानुन निर्माणमा विलम्ब भइरहेको छ । सम्बन्धित मन्त्रालयले तयार गरेको विधेयकलाई अन्तर सरोकारवाला मन्त्रालयले लामो समय अलमल्याई दिन्छन् । त्यसैले हाम्रो काम गर्ने तौरतरिका फरक छ । एकातिर कर्मचारीतन्त्रले पनि राम्रोसँग काम गर्दैन, अर्कोतिर प्रक्रिया असाध्यै ढिलो छ । यस किसिमको कार्यपद्धतिले पनि कानुन निर्माणमा विलम्ब भइरहेको छ ।

अहिले सरकारले सदनलाई पर्याप्त बिजनेस दिएर प्रभावकारी बनाउँछु भनेको छ । पहिलाभन्दा संसद्को चालु अधिवेशन प्रभावकारी बनेको मलाई अनुभूति पनि भएको छ । केही विधेयक अगाडि बढाउने गरी सदन र समितिहरुमा छलफल चलिरहेको छ । अहिले राष्ट्रियसभामा एउटा र प्रतिनिधिसभामा तीनवटा विधेयकमाथि छलफल भइरहेको छ । बर्खे अधिवेशन आह्वान गर्नुपर्ने र बजेट अधिवेशन पनि भएकाले समय कम छ । कम समयमा धेरै सरोकारका विधेयक चाँडो टुङ्गो लगाउनुपर्ने दायित्व छ ।

संसद् भनेको ऐन, कानुन निर्माण गर्ने थलो हो । त्यसमा केन्द्रित भएर लाग्नुपर्छ । आम रुपमा गलत बुझाइका कारण विधेयकमा कुनै कमीकमजोरी हुन सक्छन् । त्यसलाई समितिमा सांसदहरुले संशोधन हाल्न सक्छन् । राष्ट्रियसभाले बनाएको विधेयकमा प्रतिनिधिसभाका सांसदले संशोधन हाले भनेर बाहिर नकारात्मक प्रचार–प्रसार गरिन्छ । विधेयकमा संशोधन र परिमार्जन भइरहन्छ । योे स्वाभाविक कुरा हो । तर कस्तो कानुन बनाए भनेर विश्लेषण हुन जरुरी छ । सांसदहरु कानुन निर्माणमा केन्द्रित होऊन् भन्ने हामी चाहना राख्छौँ भने उनीहरुको भूमिका कस्तो छ भनेर अध्ययन विश्लेषण गरेर खबरदारी गरिनुपर्छ । यसले कानुन निर्माणको कामलाई थप प्रभावकारी तुल्याउन मद्दत पुग्छ ।

सांसद भुसालको परिचय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य डा वेदुराम भुसाल अनुभवी राजनीतिज्ञ हुनुहुन्छ । डा भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री भइसक्नुभएको छ । विसं २०११ असार १५ गते आमा धनीकला भुसाल र बुबा तिलकराम भुसालको कोखबाट अर्घाखाँचीमा जन्मनुभएका उहाँले २०२७ सालमा नेकपाको विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँ २०५८ देखि २०६३ सालसम्म राष्ट्रियसभा सदस्य र २०६३ देखि २०६५ सालसम्म अन्तरिम व्यवस्थापिका–संसद्को सदस्य बन्नुभएको थियो ।

प्रशिक्षण तथा लेखनमा विशेषज्ञता राख्ने नेता डा भुसालका सि.के. प्रसार्इंलाई जवाफ, दर्शनशास्त्र परिचय, उग्र वामपन्थ एक विवेचना, माक्र्सवादी दर्शन, बहुलवादका सम्बन्धमा, जबजका दार्शनिक मान्यतालगायतका कृति प्रकाशित छन् ।

महासङ्घको अधिवेशन विधानबमोजिम गर्नुपर्ने प्रेस सेन्टर नेपालको माग

काठमाडौँ, २६ चैत : प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको अधिवेशनका विषयमा विभिन्न कोणबाट विषयहरू आइरहेका सन्दर्भमा प्रेस सेन्टर नेपालले सो माग गरेको हो ।

प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गर्नुभयो । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकासँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार मिडिया मैत्री रहेको र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताउनुभयो । उहाँले कानुन निर्माणमा र नीति कार्यक्रममा रचनात्मक सुझाव–सल्लाह दिन प्रेस सेन्टरसँग आग्रह गर्नुभयो । उहाँले आमसञ्चार विधेयकमार्फत सञ्चार क्षेत्रमा पुनःर्सरचना गर्न लागिएको उल्लेख गर्नुभयो ।

बैठकमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग सचिव गोविन्द आचार्यले सङ्गठनको भावि योजना र नेपाल पत्रकार महासङ्घलगायत साझा सञ्चार संस्थाहरूमा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो । बैठकले सङ्गठन विस्तार र सुदृढीकरणसहित स्वरोजगार मिडिया, समानुपातिक विज्ञापन नीति कार्यान्वयन तथा सङ्गठनको आन्तरिक पक्षमा महत्वपूर्ण निर्णय लिएको महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

लिस्बन (पोर्चुगल), २६ चैत : पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले राससलाई जानकारी दिनुभयो । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् ।

धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिनुभयो । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।

वषौँदेखि पानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा

पर्वत, २६ चैत : वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पु¥याइएको छ ।

स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ । रु चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताउनुभयो । केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताउनुभयो । अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उहाँको भनाइ छ । डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताउनुभयो ।

बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो । नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन ।

त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पु¥याइएको छ । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताउनुभयो । लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । रु एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो ।

“यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए । गाउँको सबैभन्दा ठूलो समस्या नै पानी थियो,” वडाध्यक्ष जिसीले भन्नुभयो । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन् । स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताउनुभयो ।

अब एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ । लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबीच सहमति नहुँदा गाउँमा पानी पु¥याउन ढिलाइ भएको थियो । अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएपछि योजनाले पूर्णता पाएको हो ।

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

वालिङ (स्याङ्जा), २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो ।

उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिनुुभयो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताउनुभयो ।

चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा

दोलखा – चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो । कालोपत्र भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुनेछ । सडक विस्तार र कालोपत्रको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर भरतकुमार यादवले बताउनुुभयो । उहाँले ९८ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिनुभयो ।

सडक ग्रेडिङ गरी सब-बेसको काम पूरा भईसकेको प्रमुख यादवको भनाइ छ । देउरालीदेखि सुरु गरेको कालोपत्र अघिल्लो जेठमै एक किलोमिटर सम्पन्न भएको थियो । केही दिन अगाडी सकिने काम पानी परेकाले रोकिएको कार्यालयले जनाएको छ ।

सडकको लम्बाइ पाँच किलोमिटर र चौडाइ छ मिटर छ । सडकमा दुईतर्फी गाडी आवतजावत गर्न सक्ने प्राविधिकको भनाइ छ । सडक कालोपत्र गरिसकेपछि रङरोगन, ट्राफिक चिन्ह राख्ने काम हुने कार्यालयले जनाएको छ । मौसमले साथ दिएमा एक साताभित्र कालोपत्र पूरा गरी वैशाखभित्र सम्पूर्ण काम सकिने प्रमुख यादवले बताउनुभयो ।

१८ महिनामा काम पूरा सम्झौता सहित २०७९ भदौ २ गते जय धनन्जय/गणेश, कुण्ड/भुजेल जेभी ओखलढुङ्गाले ठेक्का लिएको थियो । निर्माण व्यवसायीका प्रतिनिधि सुदिप सुनुवारले समयमा साइट क्लियर भएपनि २०८० साउनदेखि मङ्सिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताउनुभयो ।

“ठेक्का सम्झौताअनुसार १८ महिनामा सम्पन्न गर्नुपर्ने भएपनि हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामलाइ तिव्रता दिइरहेका थियौँ,” निर्माण व्यवसायी सुनुवारले भन्नुभयोे, “सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नुप-यो क्रसर बन्दले निर्माण सामग्री पाएनौँ ।” सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका-६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युत्का पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम ढिला भएको उहाँले बताउनुभयो ।

ढल विकासको कामले सडकको सतह विगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ । सडकको रु १७ करोड ३५ लाखमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको थियो । पूर्व निर्धारित डिजाइन अनुसार काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ ।

सम्झौता अनुसार समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको थियो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालोपत्र सम्पन्न भएपनि सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । चरिकोटबाट कालिञ्चोक जाने सडकको दुरावस्थाले गर्दा मकैबारीबाट पर्यटक कालिञ्चोक जाने गरेका छन् ।

चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनुपर्ने मागगर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ ।

सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर

सल्लेरी (सोलुखुम्बु), २६ चैत -विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र प्राप्ति तथा आवश्यकता पहिचान सेवा लिएका छन् जसमध्ये पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेको गाउँपालिकाले जनाएको छ ।

समापन कार्यक्रम वडा नं ४ का कार्यवाहक वडाअध्यक्ष ङिमा याङजिन शेर्पाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाको प्रमुख आथित्यतामा भएको जनाइएको छ ।

मिथिलाक्षेत्रमा आज सोमवती अमावस्या पर्व मनाइँदै

महोत्तरी, २६ चैतः मिथिलाक्षेत्रमा आज परेको औँसीका दिन सोमवती अमावस्या पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालु खचाखच छन् ।

यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन् । मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ । सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ ।

सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने मैथिल जनविश्वास छ । पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा सोमबारको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन् ।

पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ । ‘ॐमूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे , अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।’ पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन यहाँ गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने कर्मकाण्डका ज्ञाता भङ्गाहा–५ सीतापुरका पण्डित विष्णुप्रसाद शर्माको भनाइ छ ।

नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै, संसदबारे छलफल हुने

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । कांग्रेसले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवाले आज बिहानको लागि बैठक बोलाएका हुन् ।

बैठक बुढानीलकण्ठस्थित सभापति देउवा निवासमा बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरू सहभागी रहनेछन् ।

नयाँ सत्ता गठबन्धनको तर्फबाट गृहमन्त्री रवि लामिछाने माथि छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।गृहमन्त्री लामिछाने माथि ‘सहकारीको रकम अपचलन’ बारे छानबिन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित, को कोबीच हुँदैछ भीडन्त ?

इलाम, २६ चैत : इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनकोे चहलपहलले उत्साहित बनाएको छ ।

“सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या सङ्घीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।” यस्तै सन्दकपुर गाउँपालिका–३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि सङ्कलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताउनुभयो ।

“अहिले घरघरमा आएर सबै उम्मेदवार भोट माग्दै हुनुहुन्छ । हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ । तर योग्य उम्मेदवारलाई इलामवासीले चुन्छन्,” उहाँले भन्नुभयो, “हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।” फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेकोे बताउनुभयो । “सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ ।”

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, नेपाली कांंंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू चुनावी मैदानमा हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी, स्वतन्त्र उम्मेद्वारहरु क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल हुनुहुन्छ । उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा आठ सय ९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ ।

सेनाको दोस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा हुँदै

दमौली (तनहुँ) – ऐतिहासिक महत्वका स्थानको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्राको तयारी गरिएको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले चैत २७ गतेदेखि पदयात्रा हुन लागेको हो ।

तनहुँको भानु नगरपालिकास्थित रुरु भैरव दल गणले आयोजना गरेको सरोकारवालाको बैठकमा पदयात्राबारे जानकारी गराइएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । पदयात्रा २७ गते तनहुँको ऐतिहासिकस्थल सतिघाट आइपुग्ने र त्यहाँ स्थानीयवासीको सहभागितामा स्वागतको कार्यक्रम गरिने गणका गणपति प्रमुख सेनानी हिमाचलजङ्ग शाहले जानकारी दिनुभयो ।

राष्ट्रिय एकताको भावना जागृत हुनेगरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यसहित यसवर्ष पनि पदयात्रा गर्न लागिएको गणका सेनानी पूर्णबहादुर थापाले जानकारी दिनुभयो ।

गोरखा दरबारबाट चैत २७ गते सुरु हुने पदयात्रा सोही दिन ३० किलोमिटर दूरी पार गर्दै तनहँुको सतिघाटसम्म आइपुग्नेछ । रिपुमर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ ।

सतिघाटबाट २८ गते प्रस्थान गर्ने टोली तनहुँकै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

पदयात्रामा से.मु. नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा-जितगढी पदयात्रा गर्दै आएको छ ।

आरभको एकल चित्रकला प्रदर्शन, चित्रका रेखा स्पष्ट ढङ्गले उर्तान सिपाली

काठमाडौँ – युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ । अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।

नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उहाँको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उहाँको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उहाँका बुवा भरतबन्दु थापाले बताउनुभयो ।

भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोर्नुभएको छ । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उहाँले चित्रमा उतार्ने गर्नुहुन्छ । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राख्नुभएका आरभ भन्नुहुन्छ, “चित्र कोर्न पाउँदा खुसी मिल्छ ।”

छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उहाँकी आमा गीताञ्जलीले बताउनुभयो । “बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।”

मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिए

सिमकोट, (हुम्ला) – हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलिएको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताउनुभयो । स्वास्थ्य शिविरमा एक सय ४९ जना बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो ।

लमहीमा फ्लुका बिरामी नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिँदै गएको इन्चार्ज भण्डारीले बताउनुभयो । बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको उहाँको भनाइ छ ।

अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढदो छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्यचौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताउनुभयो ।

एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीले बताउनुभयो । जैसीले भन्नुभयो, “अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ । रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पु-याएको छ ।”

श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

पहाडी भू-भागमा आंशिक बदली, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।