`

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सचिव डा पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पु¥याउने बताउनुभयो । उहाँले सुरुमा सो निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिनुभयो ।

डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधिमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।

“नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवामा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकामध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समझदारीले औषधि उपलब्धतासँगै क्यान्सरको उपचारमा पहुँच बढाउन मद्दत गर्नेछ ।”

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेललले समझदारीमा अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने छ । उहाँका अनुसार आगामी सेप्टेम्बरदेखि उक्त औषधि नेपाल आउने क्रम सुरु हुनेछ ।

समझदारीअनुसार सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रुपमा सन् २०२० मा छनोट भएको थियो ।

हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ ।

नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताउनुभयो ।

उहाँले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताउनुभयो । उहाँले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताउनुभयो । उहाँका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ ।

बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ ।

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

धुलिखेल (काभ्रेपलाञ्चोक), १४ चैत : खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उहाँले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताउनुभयो ।

बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताउनुभयो । उहाँले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

“यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ”, मन्त्री राईले भन्नुभयो, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।” नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अहिले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद बास्कोटाले अहिलेको चुनौती जलवायु परिवर्तन भएको बताउँदै त्यसलाई मानव विकास, सभ्यताका सूचाङ्कलाई नागरिक र जनप्रनितिधिको सहकार्यबाट समाधान गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपा नगरपालिकाले लिने नीति, काम र अभियानले समग्र जिल्लालाई सकारात्मक प्रभाव पार्न सक्नुपर्नेमा जोड दिनुभयो । फोहर, खानेपानी र विकास निर्माणलगायत कार्यमा प्रदेश र सङ्घीय सरकारको सहकार्य आवश्यक रहेको भन्दै सोहीअनुसार नागरिकको हितलाई केन्द्रमा राखेर योजना बनाइरहेको जानकारी दिनुभयो ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बन्दै गरेको सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारका क्रममा भएको अव्यवस्थित कामका कारण नगरबासीले समस्या व्यहोर्नु परेको भन्दै त्यसलाई माथिल्लो तहबाट नै व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

नगरपालिका–६, ७, ८, १० ११ र १३ अरनिको राजमार्गअन्तर्गत पर्ने भन्दै उक्त सडकमुनि ढल र खानेपानीको पाईप रहेकामा अहिले विस्तार गरिएको आयोजनाले थप समस्या निम्त्याएको उहाँको भनाइ छ । उहाँले निर्माणाधीन सडक व्यवस्थित बनाउनुपर्ने भन्दै यसमा सङ्घीय सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको छ । सो क्रममा बनेपा विशिष्ट सेवा पदक, बनेपा दीर्घ सेवा पदक, बनेपा सेवा पदक, बनेपा तारा, सेवानिबृत्त हुनुभएका शिक्षक, उत्कृष्ट करदातालगायतलाई सम्मान गरिएको छ । सो क्रममा नगरपालिकाको विभिन्न गतिविधि समेटेर तयार पारिएको ‘बनेपा बुलेटिन’ मन्त्रीलगायत अतिथिले सामूहिक रुपमा विमोचन गर्नुभएको थियो ।

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु – गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो ।

गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आवद्ध कुनै पनि दलका नेता, कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताउनुभयो । “कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश जोगाउने छु, जनतालाई जोगाउने छु, अनि मुलुकको अर्थतन्त्र जोगाउने छु, देशमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्नका लागि लागिपर्ने छु,” उहाँले भन्नुभयो, “अपराध गर्ने जो कोही व्यक्तिलाई समाएर छोड्ने हो की भन्ने प्रश्न पनि छ, तर समाएर कुनै प्रभावको आधारमा छाड्नुपरे बरु म नै पद छाड्ने छु । जो कोहीलाई छाड्ने छैन ।”

गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिने विषयमा आफू संवेदनशील रहेको स्पष्ट पार्नुभयो । “मैले पहिलो कार्यकालमा पनि निर्मलालाई न्याय दिने छु भनेर प्रतिबद्धता जाहेर गरेको थिए, अहिले पनि त्यो विषय मेरो प्राथमिकतामा नै छ,” उहाँले भन्नुभयो, “यो निकै संवेदनशील विषय हो, जसरी पनि मेरो प्रयास जारी रहने छ ।”

जनताले आशा गरेअनुरुप काम गरेरै देखाउने गृहमन्त्री लामिछानेले प्रतिबद्धता व्यक्त गर्नुभयो । “आसा गरेअनुसार नै काम गर्न सकिन्छ भन्ने विश्वासका साथ म आएको छु । तपाईहरुले मलाई खबरदारी गर्न सक्नुभयो भने म अझै आफुलाई सुधार गर्ने मौका पाउने छु”, उहाँले भन्नुभयो ।

बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रभाव र दबाबमा परेर अनुसन्धान नगरिने बताउनुभयो । “हामी तथ्यमा अनुसन्धान गर्छौँ, दबाब र प्रभावमा परेर होइन,” उहाँले भन्नुभयो । यस्तै गृह सचिव एकनारायण अर्यालले समाजमा सुशासन र शान्ति सुव्यवस्था कायम गर्न स्रोतसाधनको अभाव मुख्य चुनौती रहेको बताउनुभयो ।

विश्व रङ्मञ्च दिवसः ‘नाटक घर जोगाउनै सास्ती’

काठमाडाैँ, १४ चैत :नाटकमा अभिनय गर्दागर्दै सुलक्षण भारतीले थिएटर खोल्ने सपना सजाउनुभयो । गोजीमा सुको दाम थिएन । उद्देश्य भने रङ्गमञ्च जीवन्त बनाउने थियो । मण्डला थिएटरमा नाट्यकर्मी हुँदाहुँदै सुलक्षण मण्डलाबाट निस्क्रिय हुनुभयो र उहाँले समूह छोड्नुभयो । भक्तपुरको घर बेच्नुभयो । घर बेचेर सिनाङ्गलस्थित निजी जग्गामा नयाँ थिएटर बनाउनुभयो र नाम राख्नुभयो, ‘पुरानो घर’ । ‘पुरानो घर’ कोभिड महामारी आउनु अघि तयार भएको थियो । केही नाटक मञ्चन पनि भए । तर, सुलक्षणलाइ पुरानो घर ताजा बनाइरहने पटक्कै सजिला भएन । आर्थिक अभावकै कारण थिएटर जोगाउन चुनौतिको सामना गरिरहनुभएको छ । “घरै बेचेर नाटक घर बनाएँ, बचाउन हम्मेतम्मे छ”, उहाँ भन्नुहुन्छ, “कसैबाट अनुदानै नलिई नाटक चलाउन सकिने अवस्था छैन ।”

सुलक्षणका अनुसार प्रत्येक वर्ष नाटक मञ्चन गर्न कम्तीमा पाँचदेखि छ लाख लगानी लाग्छ । दर्शकले टिकट काटेर हेर्दैमा आम्दानी हँुदैन । कसैको प्रायोजनमा काम गर्दा आफ्नो नाटकीय मौलिकता बेच्नुपर्ने बाध्यता हुन्छ । त्यसैले उहाँ गैर सरकारी संस्थाको सहयोगमा नाटक मञ्चन गर्ने पक्षमा हुनुहुन्न । यसमा सुलक्षणको आफ्नै तर्क छ । उहाँ भन्नुहुन्छ, “कुनै पनि सङ्घ संस्थाले नाटक मञ्चन गर्न बजेट दिँदैमा म गर्दिन, किनकी यहाँ हाम्रो रङ्मञ्चको मौलिकता माथि हस्तक्षेप हुन्छ । जुन गलत हो ।” सुलक्षणले थिएटर सञ्चालन गर्दा घाटा लागेर मासिक रु ८० हजार ब्याजमात्रै तिर्दैआएको बताउनुभयो । यद्यपी रङ्गकर्मप्रतिको उहाँको दायित्व भने थपिएको छ । फिल्म उत्पादन गर्ने, स्कुलमा पढाउने जस्ता बाहिरी आर्यआर्जनको काम गरेर भएपनि थिएटर जोगाउनुभएको छ ।

रङ्मञ्चमा झन्डै दुई दशकभन्दा बढी अनुभव सङ्गाल्नुभएकी सरीता गिरीका अनुसार रङ्गकर्मी नटिक्नु मुख्य चुनौति हो । नाटक मनोरञ्जनका रुपमा लिनु र केही समय चर्चा कमाउनुले सच्चा रङ्गकर्मी भन्न नसकिने उहाँको भनाइ छ । यस क्षेत्रलाई व्यवसायिक बनाउन विश्वविद्यालय स्तरमा अध्ययन गराउनुपर्ने उहाँको तर्क छ । “त्यसो गर्न सकेमात्र विद्यार्थीको भविष्य सुनिश्चत हुनसक्छ तर, हामीकहाँ स्कुलिङको समस्या छ,” उहाँले भन्नुभयो, “रङ्कर्मी जन्मिनु नौलो कुरा भएन, सर्मपित बनिरहन सक्नु मूल विषय हो ।” विगतमा गुरुकुलको विद्यार्थी जस्तो रङ्गमञ्चमा सक्रिय हुने पुस्ता पाउन कठिन रहेको सरिता बताउनुहुन्छ ।

उपत्यकाभित्र मण्डला थिएटर, सर्वनाम थिएटर, किर्तिपुर रङ्गमञ्च, कौशी थिएटर, पुरानो घर, गुरुकुललगायत थुप्रै थिएटर खोलिएका छन् । पुरानो घर बाहेक प्रायः सबै थिएटर भाडामा सञ्चालित छन् । पाका नाट्यकर्मी रमेश रञ्जन झाका अनुसार रङमञ्च फिल्म जस्तो उद्योगको रुपमा विकास हुन सक्दैन । “रङ्गमञ्च टिकाउने राज्यले नै हो,” उहाँ भन्नुहुन्छ ।

नेपालको रङ्गमञ्चको इतिहास हेर्ने हो भने राज्य आश्रित र जनआश्रित गरी दुई स्तरबाट सञ्चालित हुन्थे । राज्यले लगानी गरेर विगतमा रङ्मञ्च जोगाउने परम्परा थियो । अहिले राज्य निस्क्रिय जस्तै छ । केही युवा रङ्गकर्मीले सौखको रुपमा रङ्गमञ्च जोगाएपनि यसको निरन्तरता कहिलेसम्म भन्ने चुनौति रहेको रमेश रञ्जन बताउनुहुन्छ । “रङ्मञ्च जनसेवा हो, राज्यले नै संरक्षण गर्न जरुरी छ,” रञ्जनले भन्नुभयो, “उपत्यका बाहिर त रङ्गमञ्च हराईसक्यो ।”

सर्वनाम थिएटरका संस्थापक अशेष मल्लसँग नेपालको रङ्गमञ्चको प्राचीन र समकालीन दुवै अनुभव छ । उहाँलाइ युवा पुस्तामा मौलाउँदो रङ्गकर्मको ऊर्जा जोगाउन नसिकने हो कि भन्ने चिन्ताले सधै सताइरहन्छ । “टिकाउने आधार राज्यको संरक्षण हो”, उहाँ भन्नुहुन्छ, “व्यक्तिगत रुचिले कहिलेसम्म रङ्मञ्च धानिएला र ?” त्यस्तै, प्रत्येक स्थानीय तहमा एउटा रङ्मञ्च सञ्चालन हुनुपर्ने उहाँको जिकिर छ । नाटक अन्य मनोरञ्जनका विधाभन्दा फरक छ । यसले जनतालाई रचनात्मक तरिकाले शिक्षित गराउन मद्दत गर्छ । यति महत्वपुर्ण विधाको स्थायित्व नहुनु विडम्बना रहेको उहाँको भनाइ छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राज्यले बजेट बढाउनुपर्नेमा उल्टै घटेको छ । प्रतिष्ठानमा नाट्य, सङ्गीत, शास्त्रीय, लोक नृत्य, शास्त्रीय सङ्गीत र नृत्य गरी छ विधा छन् । प्रत्येक विधामा वर्षभरीको रु छ लाख मात्रै सरकारले बजेट छुट्याएको छ । गत वर्षदेखि रु आठ लाख बाट बजेट घटेर छ लाखमा पुर्याइएको प्रतिष्ठानकी कुलपति निशा शर्मा बताउनुहुन्छ । “वर्षभरीमा रु छ लाखले कस्तो काम गर्न सकिएला ?” उहाँले उल्टै प्रतिप्रश्न गर्नुभयो ।

बुधबार विश्व रङ्मञ्च दिवस मनाइरहँदा नेपालका रङकर्मीले आर्थिक झमेला हटाउने विषयमा विमर्श गरिरहेका छन् । विसं २०४० साल यता नाटकमा सङ्ख्या वृद्धि भएपनि गुणस्तर खस्किँदै गएको कुलपति शर्मा सुनाउनुहुन्छ । व्यापारिक दृष्टिले रङ्कर्ममा लाग्नु रहर नभई बाध्यता हो । यद्यपी उत्कृष्ट नाट्य सिर्जना गर्न लगानी कै भूमिका हुने कुलपति शर्मा बताउनुहुन्छ । “राज्यले बजेट बढाएर, रङ्कर्मीको भविष्य सोच्न सक्नुपर्छ,” उहाँले भन्नुभयो, “व्यक्तिकै भरमा रङ्गकर्म अघि बढाउँछु भन्नु परालको आगो जस्तै हो ।”

पुनर्जीवित गरिँदै ऐतिहासिक साँघुमुख बजार

लेखनाथ (कास्की), १४ चैत : पोखरा–९ महेन्द्रपुलस्थित तीन सय वर्ष पुरानो साँघुमुख बजारलाई व्यवस्थित गरी पुनर्जीवित गर्ने कामको थालनी गरिएको छ । सन्ध्याकालीन बजार व्यवस्थापन समितिको सक्रियतामा पुरानो बजारलाई पुनर्जीवित र सेती नदी किनारमा रहेको दुई रोपनी क्षेत्रफल जमिनलाई पार्कका रुपमा विकास गर्न लागिएको हो ।

उक्त समितिका अध्यक्ष रामहरि पौडेलले साँघुमुखको इतिहास जोगाउन बजारको विकास र व्यवस्थित पार्क निर्माण गर्ने उद्देश्यका साथ काम सुरु गरेको बताउनुभयो । अध्यक्ष पौडेलले साँघुमुखको इतिहास यहाँका पूर्वजसँग जोडिएकाले यसको महत्व धेरै भएको बताउनुभयो । ६० वर्षअघि साँघुमुखको दुई सय मिटर दक्षिणमा पक्की पुल बनेपछि साँघुको मुखमा रहेको बजार ओझेलमा परेको थियो । साँघुमुखको पार्कको जमिन सयौँ वर्षदेखि डम्पिङ साइटमा प्रयोग हुँदै आएको थियो ।

“बजार व्यवस्थापन गर्न सन्ध्याकालीन बजार सञ्चालनमा ल्याइएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “बजार विस्तार गर्न स्थानीयहरुले अग्र्यानिक तरकारी तथा कृषिजन्य वस्तु बिक्रीका लागि घर अगाडि राख्न थालेका छन् ।” उहिलेदेखि पोखरा वारि र पारि भन्ने गरिन्थ्यो । वारितर्फ सेती नदीको पश्चिमी भू–भाग थियो भने पारि सेती नदीको पूर्वी भू–भाग । सेती नदी वारपार गर्न विसं १८२० मा कोठेसाँघु निर्माण गरिएको थियो । त्यही साँघुको मुखमा रहेको बजार पोखरेलीमाझ साँघुमुख बजारका रुपमा प्रख्यात रहेको स्थानीय खुरेन्द्रमान माकाजुले बताउनुभयो ।

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले राज्य विस्तारका क्रममा पोखराको पूर्वमा रहेको अघौंपौवा आक्रमण गर्न सेती नदीमाथि बाँसको साँघु बनाएको ठाउँलाई अहिले पनि कोेठेसाँघु भनिन्छ । महेन्द्रपुलमा पक्की पुल बनेपछि त्यही साँघुको पश्चिमी डिलमा रहेको साँघुमुख बजार ओझेलमा परेको थियो । कोठेसाँघु बन्नु अघि पनि सेती नदी तर्न साँघु बनाइएको थियो । चौधौँ शताब्दीको सुरुतिर कास्कीमा घले राज्य हुँदा लमजुङ तथा अन्य स्थानबाट कास्कीमा आउन जान सेतीमा ठूला–ठूला मुढा तेर्साएर पुल बनाएको इतिहास छ ।

विसं २०१७ को परिवर्तनपछि पोखरामा अञ्चलाधीशका रूपमा भूदेव राई आएका थिए । राई तिनै व्यक्ति थिए जसलाई राजा महेन्द्रले २०१५ को चुनावमा बिपी कोइरालाविरुद्ध मोरङ दक्षिणमा उठाएका थिए । तिनै भूदेव राई पोखरा आएपछि कोठेसाँघु रहेको ठाउँदेखि केही उचाइमा पक्की पुल बनाइयो जसलाई हाल महेन्द्र पुल भनेर चिनिने स्थानीय चक्रपाणि चालिसे बताउनुहुन्छ ।

राजा महेन्द्रको पालामा बनेकाले सो पुलको नाम महेन्द्रपुल भनी नामकरण गरियो । राईले महेन्द्रपुल निर्माण गर्न त्यतिबेला साँघुमुख, बास्तोलाथर, रानीपौवामा कहलिएका साहु, महाजन तथा सर्वसाधारणलाई समेत कम्तीमा एकदिन ढुङ्गा बालुवा बोक्न लगाएको स्थानीयवासी रामचन्द्र थापाले स्मरण गर्नुभयो । राईकै पालामा बास्तोलाथरदेखि विमानस्थलसम्म जाने बाटो बनेको थियो । सरकारी कार्यालयको व्यवस्थापन एकै ठाउँमा गर्न पार्दीको जग्गा अधिग्रहण गर्ने काम पनि उनै राईको पालामा भएको थियो ।

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताउनुभयो । रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।

“हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय सहरहरुलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,” उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला कि भन्ने जिज्ञासा पनि आएको छ, यदि यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरि बन्द गर्न सकिन्छ ।”

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक विकृति आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरुले जिज्ञासा राख्नुभएको थियो । समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण हुने, सुरक्षामा चुनौती थपिने, विकृति बढ्न सक्ने भन्दै उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको थियो । रात्रिकालीन व्यवसाय सञ्चालनबाट हुने फाइदा मात्रै नभएर यसका बेफाइदाबारे गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाइ थियो ।

“रात्रिकालीन व्यवसाय सञ्चालन हुनु भनेको डान्सबार मात्रै सञ्चालन गर्ने, सङ्गीत मात्रै बज्ने र विकृति नै हुन्छ भन्ने होइन,” समितिका सदस्य श्रेष्ठको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “राति नेपाल भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुले खाना कहाँ खाने ? कहाँ बस्ने ?, रात्रिकालीन व्यवसाय सञ्चालन भयो भने यी सेवाबाट उहाँहरु विमुख त हुनुपर्दैन ।”

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उहाँले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, ‘अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ ।’ अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ ।’ त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ । म चाही केही नयाँ गरौँ भन्नेमा दृढ छु ।”

छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सङ्कटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटलाई नयाँपन दिउँ । सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखुन् । उनीहरूमा सकारात्मक आशा जागोस् । जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ । ” सो क्रममा राजस्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन जोड दिनुस् । राजस्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस् । पुँजीगत खर्चको सामथ्र्य बढाउन विशेष रूपले अग्रसर हुनुस्। पुँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो । यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस् । राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस् ।”

आयोजनाको प्राथमिकीकरणको काम व्यवस्थित गर्न प्रधानमन्त्रीले निर्देशित गर्नुभयो । उहाँले भन्नुभयो, “जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिउँ। जहाँ केही काम भएको छ, त्यसलाई निरन्तरता दिउँ। जहाँ काम भएको छैन, त्यस्ता योजना हटाइदिउँ। बजेट मात्रै थुपार्ने तर कुनै परिणाम नदिने र अनावश्यक दायित्व मात्रै थप्ने योजना नराखौँ। त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सृजनामा केन्द्रित गरौँ ।”

बैठकमा अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र दबाबमै रहेकाले परिणाम दिने ठाउँमा लगानी केन्द्रित गर्दै अर्थतन्त्रलाई गति दिनुपर्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल,सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

वीरगञ्ज (पर्सा), १४ चैत : लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा गरेका हुन् । केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानु बताउनुहुन्छ । “लामो समयदेखि बन्द कारखाना पुनःसञ्चालन हुन्छ भन्ने लागेको थिएन तर सरकार प्रमुखको पछिल्लो घोषणा र संसदीय टोलीको निष्कर्षबाट चिनी कारखाना सञ्चालन हुनसक्छ भन्ने आशा हामीमा पलाएको छ,” उहाँले भन्नुभयो । चिनी कारखाना सञ्चालनपछि स्वदेशी चिनीको आपूर्तिमा सहजता र रोजगारी सिर्जनामा मद्दत पुग्ने उहाँले बताउनुभयो ।

तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ साल माघदेखि सञ्चालनमा आएको वीरगञ्ज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो । राज्यको पनि लगानी रहेको उक्त चिनी उद्योग पुनःसञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताउनुभयो ।

“चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ”, अध्यक्ष अग्रवालले भन्नुभयो, “अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।”
“हाम्रो देशका लागि चिनी उद्योगभन्दा उपयुक्त उद्योग कुनै छैन, यसले सहरको पैसा गाउँमा लैजान्छ, गाउँका किसानलाई नगद पैसा दिन्छ,” वीरगञ्ज चिनी उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष हरि गौतमले भन्नुभयो, “ यस्तो उद्योग बन्द हुनु मुलुकका लागि दुर्भाग्य हो, त्यसैले यसको पुनःसञ्चालन आवश्यक छ ।”

हालै वीरगञ्ज चिनी कारखानाको स्थलगत अवलोकन गरेको प्रतिनिधिसभा,उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कारखाना पुनःसञ्चालन गर्न सकिने जनाएको थियो ।

“वीरगञ्ज चिनी कारखानाका विषयमा बाहिर जसरी प्रचार भएको छ, त्यो सबै प्रचार गलत रहेको पाइयो”, उपसमितिका संयोजक तथा बारा–४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले भन्नुभयो, “विसं २०५९ देखि बन्द चिनी उद्योगको अवस्था हेर्दा फ्याक्ट्रीभित्र मेसिन छैन, चलाउनै सकिँदैन भनेर फैलाइएको प्रचार असत्य भएको हामीले पायौँ ।”

चिनी कारखानासँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले रुग्ण चिनी उद्योग पुनःसञ्चालन गर्न सरकारलाई सुझाएको सांसद श्रेष्ठले बताउनुभयो ।

करिब २० वर्षदेखि चिनी कारखाना बन्द भएपछि कारखानाका नाममा रहेको अधिकांश जग्गा अतिक्रमणको चपेटमा छ भने गोदामघर जीर्ण र मेसिनमा खिया लागेको छ । कारखाना परिसर घारीमा परिणत भएको छ । सुरुमा वार्षिक ९० हजार क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले पर्सा, बारा र रौतहटका किसान उखुखेतीमा जोडिएपछि आधुनिक मेसिन जडान गरेर वार्षिक एक लाख ३५ हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो ।

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

भद्रपुर (झापा), १४ चैत: धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।

जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो ।

सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन् । जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ । कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो । कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो । शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ ।

“विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो”, सूचना अधिकारी भण्डारीले भन्नुभयो, “एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन् ।”

गौरादह नगरपालिका–९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख हुनुुहुन्छ । उहाँले ज्ञान केन्द्रको सहयोगमा आफूले आनुधिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताउनुभयो । उहाँले विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको बताउनुभयो ।

गौरीगञ्ज गाउँपालिका– १ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइसमिलमा बिक्रीको व्यवस्था मिलाइदिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ ।”

कृषि मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७९÷८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९÷८० मा झापा जिल्ला चैते धान १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएकाकम एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

काठमाडौँ, १४ चैत : विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

महेन्द्रनगर (कञ्चनपुर), १४ चैतः महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत रु आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिनुभयो ।

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ”, उहाँले भन्नुभयो, “ गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।” उहाँले आठ दशमलव छ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । “रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भन्नुभयो । पुलको लागत रु तीन अर्ब ६६ करोड हो ।

पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।

नेपाल बहराइनसँग पुनः पराजित

काठमाडौँ, १४ चैतः फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।

समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो ।

नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौँ, १४ चैतः आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ ।

रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन् ।

सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।

चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रङ्गमञ्चमार्फत स्थापित हुनुभयो । रङ्गमञ्चमा लामो समय बिताए पनि पछिल्लो समय चलचित्रमा व्यस्त हुनुभएका अभिनेता मल्ललाई नाटकमा नदेखिएको लामो समय भइसकेको छ । उहाँले प्रयास भएता पनि त्यसले सफलता पाउन नसकेको स्वीकार्नुभयो ।

“नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएन”, अभिनेता मल्लले भन्नुभयो, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रूपमा प्रस्तुत गर्ने तयारी पनि भएको थियो । नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ ।”

अभिनेता मल्लझैँ नाटकमा नदेखिएको लामो समय भएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पर्नुहुन्छ । षट्कोण आर्टस्मार्फत चलचित्र निर्माण सुरु भएपछि अभिनेता बानियाँ रङ्गमञ्चमा फर्किनुभएको छैन । “षट्कोण आर्टस्मार्फत नाटक बनाउने योजना पनि बनेको थियो । तर चलचित्रकै व्यस्तताले गर्दा त्यसले पूर्णता पाएको छैन । अरुको नाटकमा काम गर्न सहज नै हुन्छ तर आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रङ्गमञ्चसम्म पुग्न नसकिएको हो । म नाटकमा देखिने तयारीमै छु”, अभिनेता बानियाँले भन्नुभयो ।

व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताउनुभयो ।

“रङ्गकर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरुआत नगरेको भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ”, सापकोटाले भन्नुभयो, “मैले पनि पाँच वर्षको अन्तरालमा यो वर्ष नाटकमा अभिनय गरेँ । हामीले रङ्गमञ्चमा फर्किँदा नै अभिनय बाँच्न पाउँछौ ।”

आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ । रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पण्मी गर्नुभयो ।

“रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँमात्र नभई विदेशमा कमै मानिस नाटक हेर्न रुचाउँछनर््, यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुन्छन् होला”, अभिनेता नेपालले भन्नुभयो, “नाटकमा फर्किन ढिलो गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।”

अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको सुरुआत गर्नुभयो । ‘जात्रा’मार्फत चलचित्रमा स्थापित भएपछि उहाँ पनि रङ्गमञ्च फर्किन सक्नुभएको छैन तर उहाँले नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न पुग्ने बताउनुभयो ।

“हामीले रङ्गमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौँ । मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो प्यास मेटाइरहेका छौँ । चलचित्रमा काम गर्दा समय व्यवस्थापन गाह्रो भएको मात्र हो, रङ्गमञ्च भुल्ने कल्पना पनि गर्न सकिन्न”, अभिनेता झाले भन्नुभयो । नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई ‘थिएटर’मा अहिले विरलै देख्न पाइन्छ ।

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताउनुभएको छ ।

“हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भन्नुभयो । सन् २०१७ मा सहर छनोट गर्दा छ अर्ब ६० करोड यूरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब नौ अर्ब यूरो पुग्ने अनुमान गरिएको हो ।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

इजराइलले राजनीतिक एक्लोपन अनुभव गरिरहेको हमास नेताको दाबी

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गाजामा युद्धविरामको प्रस्ताव गरेपछि मङ्गलबार इरान भ्रमणमा रहनुभएका हमासका नेता इस्माइल हानियाले इजराइलले ‘अभूतपूर्व राजनीतिक एक्लोपन’को अनुभूति गरिरहेको बताउनुभएको छ ।

“यो प्रस्ताव ढिला आएपनि इजराइलले अभूतपूर्व राजनीतिक एक्लोपनको अनुभव गरिरहेको यसले सङ्केत गर्दछ । यसले सुरक्षा परिषद्मा समेत राजनीतिक आवरण र संरक्षण गुमाउँदैछ”, हानियाले तेहरानमा आयोजत पत्रकार सम्मेलनमा भन्नुभयो ।

इरान–समर्थित समूह हमासले अक्टोबर ७ मा इजराइलमा गरेको आक्रमणपछि हमास नेता हानियाको यो दोस्रो तेहरान भ्रमण हो । इजराइली आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो ।

इरानले अक्टोबर ७ को हमलालाई सफलता भनी प्रशंसा गरेपनि आफ्नो प्रत्यक्ष संलग्नता अस्वीकार गरेको छ ।राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार मुस्लिम पवित्र महिना रमजानको अवसरमा स्थायी युद्धविरामको प्रस्ताव गरेको थियो । परिषद्ले हमास र अन्य प्यालेस्टिनी लडाकू समूहहरूले अक्टोबर ७ को आक्रमणमा बन्धकहरूको रिहाइको माग गरेको थियो ।

विद्रोहीहरूले लगभग दुई सय ५० बन्धकलाई कब्जामा लिएका थिए । तीमध्ये लगभग एक सय ३० अझै गाजामा बन्दी रहेका र ३३ को मृत्यु भइसकेको इजराइलले अनुमान गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबारको प्रस्तावलाई ‘सकारात्मक तर अपर्याप्त कदम’रहेको टिप्पणी गर्नुभएको छ । “सङ्कल्प कार्यान्वयन गर्न प्रभावकारी उपायहरूर आक्रमणको पूर्ण र स्थायी अन्त्य’ गर्न उहाँले आह्वान गर्नुभयो ।

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल निर्माण

दमौली (तनहुँ), १४ चैत : तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताउनुभएको छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उहाँले बताउनुभयो । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

काठमाडौँ, १४ चैत : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।

महाशाखाका मौसमबिद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताउनुभयो । “हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ,” उहाँले भन्नुभयो, “यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

छ महिनादेखि कर्मचारीले तलब पाएनन्

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् ।कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरुलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताउनुभयो ।

“स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईंहरु काम गर्नुस् भन्छ”, साउदले भन्नुभयो, “आश गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका छौँ”, पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् ।

“करारमा कार्यरत कर्मचारीको म्याद थपिएको पनि छैन, निर्देशनालयले काम गर्न खटाएपछि लगनशीलताका साथ काम गरिरहेका छौँ, तलब नपाउँदा अन्योल भएको छ”, हेल्थ डेस्कका कर्मचारीको भनाइ छ । त्रिनगर हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई सुरुको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिकाले सङ्घीय सरकारको बजेटबाट तलब खुवाएको थियो । त्यसपछिको समयमा सङ्घबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै बजेटबाट तलब खुवाएको थियो ।

कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो ।

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमूना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा जगदीश जोशीले बजेटका लागि अर्थ मन्त्रालयसँग स्वास्थ्यसेवा विभागले समन्वय गरिरहेको र विभागले हेल्थ डेस्कका कर्मचारीलाई तलबका लागि बजेट पठाउने अश्वासन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा विभागले हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई तलब खुवाउन प्रस्ताव गरेको बजेट अर्थ मन्त्रालयले कटौती गरेको रहेछ, अब बजेट रकमान्तर गरेर भए पनि पठाउँछौँ भन्ने जानकारी विभागले दिएको छ ।”

इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाईनलमा

धरान, १४चैत इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २(१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ ।राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन् । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए ।

खेलको ३७ औ मिनेटमा अबयोमीले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२ औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।

मङ्गलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

भरतपुरमा घुम्न आउने पर्यटकले बाघ हेर्न पाउने

चितवन – भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ गरी सर्वसाधारणका लागि बाघ देखाइने छ । भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई हेर्न सहज हुने र निकुञ्जलाई समेत बाघ व्यवस्थापनमा सहजीकरण हुने गरी बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका बाघलाई स्थानान्तरण गरेर केन्द्रको खुल्ला खोरमा बाघ देखाउन लागिएको हो ।

निकुञ्जको मुख्यालय कसरामा चारवटा बाघ रहेका थिए भने सौराहा क्षेत्रमा दुई वटा बाघ रहेका छन् । ती सबै बाघ उद्धार गरी ल्याइएको हो । जिल्लाको माडी, देवनगर, मेघौली, कुमरोज, नवलपुर र बाँकेबाट समस्याग्रस्त बाघ ल्याएर राखिएको थियो । तीनै बाघमध्ये कसरमा रहेका दुइटा भाले बाघलाई देवनगरमा ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो ।

भरतपुर महानगरपालिकाको आग्रहमा निकुञ्जले बाघलाई सर्वसाधारण्लाई हर्न मिल्ने गरी देनगरमा ल्याएको हो । महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले बाघ देख्न नपाएको भन्दै उहाँले अब चाहना राख्ने सबैले देख्न पाउने बताउनुभयो । निकुञ्जभित्र खोरमा थुनेर राखिएका बाघलाई उद्धार केन्द्रमा राखेर पर्यटकलाई देखाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटकलाई केन्द्रमा राखिएका बाघ गैँडाजस्ता जनावर देखाइने छ ।”
यसबाट पर्यटकले हेर्न पाउने र उनीहरुले तिरेको राजस्वले ती जनावर पाल्न सकिने उहाँको राय छ । महानगरपालिकाले यसको व्यवस्थापनका लागि रु एक करोड खर्च गरेको छ । खोर निर्माण, मचना र सडक निर्माणमा महानगरले सहयोग गरेको हो । भ्रमण वर्षका लागि केन्द्र गन्तव्यस्थलको रुपमा विकास हुने उहाँले बताउनुभयो ।

पर्यटन बोर्डको नेतृत्व केही दिनमै पूर्णता दिइन्छ – पर्यटनमन्त्री तामाङ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको नेतृत्व केही दिनमै पूर्णता दिइने बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समिति सदस्य चाँडै नियुक्त गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“पर्यटन बोर्डको नेतृत्व अन्तिम चरणमा पुगेको छ । बोर्ड गठनलाई पूर्णता दिएपछि लगत्तै सिइओ नियुक्ति प्रक्रियालाई पनि पूर्णता दिन्छौँ । पर्यटन क्षेत्रले नेतृत्वतहमा महसुस गरेको अभावलाई पूरा गर्न चाँडै लाग्छौँ, म मन्त्रीको हैसियतले प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रममा पूर्वपर्यटन सचिव दीपेन्द्र पुरुष ढकालदेखि पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने बोर्ड अहिले नेतृत्वविहीन र कमजोर अवस्थामा रहेको भन्दै चाँडो नेतृत्व प्रदान गरी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले चारवर्षे कार्यकाल पुरागरी गत माघ १४ गते अवकास पाएपछि पद रिक्त रहेको छ । तीन जना बोर्ड सदस्य पनि खाली रहेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोर्ड स्थापना भएको थियो । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुरुप अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलको रुपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि बोर्ड स्थापना गरिएको हो । बोर्डमा निजी क्षेत्रका पाँच र सरकारीबाट पाँच जना गरी १० जना, एक जना सिइओ गरी ११ सदस्य रहन्छन् । पर्यटन सचिव बोर्डको अध्यक्ष रहने प्रावधान छ ।

नाथम र प्रतिष्ठान चाँडै समायोजन

पर्यटनमन्त्री तामाङले नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रतिष्ठानलाई चाँडै समायोजन गर्ने बताउँदै यसबाट नेपालको पर्यटन विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री तामाङले दुवै संस्था समायोजन गर्ने र मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन तयार गरिसकेकाले उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने बताउनुभयो ।

गठन आदेशबाट निर्माण भएको नाथमलाई संस्थागत व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक ऐन बनाउने तयारी गरिरहेको र त्यसलाई छिट्टै संसदबाट पारित गरिने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री तामाङले नाथम र प्रतिष्ठानको समायोजनबाट पर्यटन प्रवर्द्धनका साथै दक्ष जनशक्ति उत्पादन, रोजगारी सृजना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले नाथमले नेपालको पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका निर्बाह गरिरहेको बताउनुभयो । उहाँले गुणस्तरीय जनशक्ति उत्पादनमा संस्थाले आगामी दिनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । तत्कालीन पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् १९७२ मा आइएलओ र युएनडिपीको सहयोगमा होटल तथा पर्यटन तालिम केन्द्रको रुपमा नाथम स्थापना भएको थियो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सन् १९९९ देखि बिएचएम शैक्षिक कार्यक्रम सुरु गरेपछि यो नाथममा परिणत भएको थियो । नाथमका कार्यकारी निर्देशक ढुन्डीप्रसाद निरौलाका अनुसार संस्थाले हालसम्म शैक्षिक कार्यक्रम र तालिम गरी ६० हजारभन्दा बढी जनशक्ति उत्पादन गरेको छ ।

दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक कार्यक्रम एवं तालिम प्रदान गर्ने संस्थाको रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको नाथमलाई नेपालको पहिलो पर्यटन विश्वविद्यालयको रुपमा स्थापना गर्नुपर्ने दीर्घकालीन योजना रहेको कार्यकारी निर्देशक निरौलाले बताउनुभयो ।

कार्यक्रममा पूर्वपर्यटन सचिव ढकालले दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने नाथमको नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका कुलसचिव प्रा डा अच्युत वाग्लेले नाथमले उत्पादन गरेका दक्ष जनशक्ति देश तथा विदेशमा स्थापित रहेको भन्दै संस्थालाई नीतिगत सुधार गरेर आगामी दिनमा थप गतिशिल बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नाथमको मोडल होटललाई देशकै मौलिक होटलको रुपमा विकास गरिनुपर्ने धारणा राख्नुभयो । ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा नाथमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

फर्किएन महामारीले खोसेको कैदीबन्दीको रोजगारी

झापा – कोभिड–१९ को महामारीले बन्दाबन्दी निम्त्याउनु अघिसम्म झापा कारागारभित्र सीप भएकाहरु कोही पनि खाली हात बस्दैन थिए । कैदीबन्दी दिनभर कोही बाँसका भाटा खुर्किन्थे भने कोही मुडा बुन्थे । तानमा कपडा बुनेर उनीहरु ढाकाको टोपी पनि बनाउँथे । कारागारमा बनेका सामान बजारमा हारालुछ बिक्री हुन्थ्यो ।

तर, चार वर्षयता त्यहाँको परिदृश्य फरक छ । साँझ छ बज्नु अगावै कारागारका कैदीबन्दी खाना खाइसकेर हाजिरीका लागि लाइनमा उभिन्छन् । चार दिशाको अग्लो पर्खालभित्र उनीहरु दिनभरि साथीसँग गफिएर समय बिताउन बाध्य छन् । यो क्रम हरेक दिन दोहोरिने गर्छ ।

बितेको चार वर्षमा कारागारमा एउटा पनि तान (कपडा बुन्ने हाते मेसिन) चलेको छैन । एउटा पनि ढाकाको टोपी बुनिएको छैन । कोरोना महामारीपछि ठप्प ढाकाटोपी उद्योग पुनःसञ्चालनको वातावरण बन्न नसकेको कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावती बताउनुहुन्छ ।

“उसबेला कारागारभित्र ढाका बुन्ने घरेलु उद्योग चल्थ्यो, अहिले सबै बन्द छ”, उहाँ भन्नुहुन्छ, “कैदीबन्दी साथीहरुसँग भएको सीप खेर गइरहेको छ । उनीहरुको रोजगारी पनि गुम्यो । रोजगारीको अवसर फेरि ब्युताउने वातावरण अझै बन्न सकेन ।”

उहाँले अनेक प्रयास गरेर केही महिना अघिदेखि बाँसका मुडा बनाउने उद्यम भने सुरु गरिएको जनाउँदै बजारबाट माग आएमा ढाकाको टोपी बुन्ने उद्योग पनि सञ्चालन गर्न सकिने बताउनुभयो ।

चार वर्ष अघिसम्म लगभग पाँच सय कैदीबन्दीले मुडा बुन्ने उद्योगमा रोजगारी पाएका थिए । कोरोना महामारीपछि बल्लतल्ल खुलेको उक्त उद्योगमा अहिले डेढ सय जनाले मुडा बनाउने काम पाएका छन् । बजारमा मुडाको बजार सुस्ताएका कारण माग कम आउने गरेको लावती बताउनुहुन्छ ।

कारागारमा निर्मित बाँसका मुडा विर्तामोडका व्यवसायीले प्रति थान न्यूनतम रु दुई सय ४० का दरले किनेर लैजाने गरेका छन् । चार वर्षअघि यही सामानले रु तीन सय ५० को भाउ पाउने गरेको थियो । मुडा बनाउनका लागि कैदीबन्दीले एक सय थान बाँसको सिन्का खुर्किदा रु १० पारिश्रमिक पाउने गरेका छन् । साइकलको टायर काट्ने र सिलाउने काममा पनि उनीहरुले मनग्य ज्याला पाउने गर्छन् ।

बाँसका मुडासहितको कलात्मक डाइनिङ टेबुल कैदीबन्दीले निर्माण गर्दै आएका छन् । यसरी बुनिएको एउटा डाइनिङ टेबलसहित मुडा सेट रु २५ हजारसम्ममा बजारमा बिक्री हुने गरेको छ । “चाहिने कच्चापदार्थ उपलब्ध गराइएपछि कैदीबन्दीले त्यसबाट मुडा बनाएर पारिश्रमिक लिने गरेका छन् ।”, लावतीले बताउनुभयो ।

भद्रपुर–८ मा रहेको ५० वर्ष पुरानो झापा कारागारमा क्षमताभन्दा लगभग तेब्बर कैदीबन्दी रहँदै आएका छन् । कलबलगुढीको फराकिलो स्थानमा स्थानान्तरण गर्ने विषयमा चर्चा हुने गरेता पनि हालको कारागार क्षेत्र ज्यादै साँघुरो छ । पछिल्लो समय कारागारभित्र नयाँ भवन बनेका कारण उनीहरुको बसाइलाई सहज बनाउने प्रयास गरिएको छ ।

कारागारमा हाल एक हजार पाँच सय ३१ पुरुष, ९४ महिला र दुई बालिबालिका गरी एक हजार छ सय २७ कैदीबन्दी रहेका छन् । महिला र पुरुषलाई राखिने आवासगृह अलग भवनमा छ । महिला बन्दी गृहभित्र मुडा बुन्ने लगायतका कुनै पनि रोजगारमूलक उद्यमको अवसर छैन । मुडा बनाउने उद्यम पुरुष बन्दीका लागि मात्र उपलब्ध हुने गरेको छ ।

राज्यले हरेक कैदीबन्दीलाई सिदावापत दैनिक रु ८० र सात सय ग्राम चामल उपलब्ध गराउँदै आएको कारागारका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो । उनीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि एक जना अहेब तहका सरकारी स्वास्थ्यकर्मी र स्वास्थ्य नेपाल नामक गैरसरकारी संस्थाका अर्का एक जना स्वास्थ्यकर्मी कारागारमा रहने उहाँले जानकारी दिनुभयो ।

“खानाका लागि राज्यले सिदावापत नगद र चामल पन्ध्र पन्ध्र दिनमा एकमुष्ठ उपलब्ध गराउँदै आएको छ,” उहाँले भन्नुभयो“त्यसबाहेक कारागारभित्रै सञ्चालन हुने उद्यममा शिप र श्रमको उपयोग गरेर उहाँहरुले अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ ।”

कारागारभित्र चार वर्ष अघि ५० वटा नियमित रुपमा तान चल्दा ढाकाटोपीको व्यापार फस्टाउने गरेको थियो । त्यहाँ बुनिएको ढाकाको आकर्षक टोपी दमक, काठमाडौं र यूरोपसम्म पुग्ने गरेको कारागारका आन्तरिक प्रशासन प्रमुख लावतीले जानकारी दिनुभयो । ढाकाटोपीको व्यापार फेरि चलाउन बाहिरबाट माग आउनुपर्ने हुँदा हाल त्यसको खोजी भइरहेको उहाँले बताउनुभयो ।

कारागारभित्रका मेस (सामूहिक भान्सा) मा पनि ४० जना कैदीबन्दीले रोजगारी पाइरहेका छन् । कारागारभित्र सामूहिक भान्साको प्रचलन छ । त्यहाँ खाना पकाउने र भाडावर्तन पखाल्ने कार्य गर्नेहरुले मासिक रुपमा न्यूनतम रु तीन हजार कमाउने गरेका छन् ।

परिवार पाल्नुपर्ने दायित्व भएका आर्थिक रुपमा विपन्न कैदीबन्दीलाई उनीहरुको मागअनुसार सामूहिक भान्सामा रोजगारी दिइने गरेको आन्तरिक प्रशासन प्रमुख लावतीले बताउनुभयो । कैयन कैदीबन्दीले यसरी नै श्रम र सीप उपयोग गरेर आर्जन गरेको रकम परिवारको भरणपोषण र शिक्षामा लगाउने गरेका छन् ।

हेर्नुहोस् चैत १४ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यह? बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतह? फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वह?को सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य ह? सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – ल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनह? सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेह?को बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वह?को साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतह? फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अ?द्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यकः मन्त्री शर्मा

घोराही (दाङ) – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका–१७ र १८ को संयुक्त वडा भेलालाई मंगलबार सम्बोधन गर्दै उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ । ”

सरकारका प्रवक्तासमेत रहनुभएका शर्माले वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचोे छ ।”भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई माओवादी पार्टीले प्राथमिकतामा राखेकाले बताउनुभयो ।

पूर्वअध्यक्ष खड्कासहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ, १३ चैत : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागार्इं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो । पूर्वअध्यक्ष खड्कालाई रु एक करोड ९९ लाख जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ ।

यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही तीन महिना कैद र रु ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा रु ३१ लाख जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताउनुभयो ।

धनकुटामा कोशी मन्त्रिपरिषद् बैठक : प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने

धनकुटा – कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किरात सभ्यतासँग जोडिएको खुवालुङ ९ढुङ्गा० लाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्ने र प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिनुभयो । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा पहिलोपटक मन्त्रिपरिषद् र लगानी बोर्डको बैठक मंगलबार बसेको थियो ।

लगानी बोर्डको बैठकले साँगुरीगढी गाउँपालिकाको भेडेटारमा करोडौँको लगानीमा निर्मित स्काइवाकलाई सम्बन्धित पक्षसँग राजस्व बाँडफाँटको बारेमा आवश्यक छलफल गरेर योजना सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने निर्णय गरेको लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिनुभयो ।

नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

खोटाङ – संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँलाई पत्राचार गरेको हो ।

“नेपाली श्रमिक समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यमबाट थाहा भएपछि समस्या समाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए”, श्रम सहचारी आविद अन्सारीले लेख्नुभएको पत्रमा भनिएको छ, “तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पनि पहल नगरेको देखिएकाले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही गर्न आदेशानुसार अनुरोध छ ।”

मेची इन्टरनेशनल ओभर्सिजका एजेन्टले क्लिनरको कामका लागि युएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिसेसमा पठाएको तर, कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत–१ गते सार्वजनिक भएको थियो । कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई (एकाघरको दाजु÷भाइ) सहित १९ जना नेपाली अलपत्र परेको खबर चैत–२ गते राष्ट्रिय समाचार समिति (रासस) मार्फत् सार्वजनिक भएको थियो ।

खोटाङ्गे दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) सँगै अलपत्र पर्नेमा सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ रहेका छन् । खाने बस्ने सुविधासहित मासिक युएई दिराम रु एक हजार एक सयदेखि रु एक हजार २०० सम्म तलब पाउनेगरी युएई लगिए पनि खानासहित मासिक रु नौ सय दिराम र आफ्नै खाना खानेलाई मासिक रु १०० दिराम दिने व्यवस्था थियो ।

आफूहरुले एजेन्टलाई जनही रु एक लाख ९० हजारदेखि रु दुई लाख २० हजारसम्म बुझाएर युएई पुगेको उनीहरुले बताएका छन् । युएईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए । नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नुपर्ने अवस्था देखेपछि युवा मिडियाको सम्पर्कमा पुगेका थिए ।

मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध गराउने ग्यारेन्टीका लागि फागुन–७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेजलाई पत्र पठाएका थिए । तैपनि कामदारको समस्या हल नभएको पीडितमध्येका पर्शुराम राईले बताउँदै आउनुभएको छ ।

वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत–६ गते निर्देशन दिएको थियो । कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका १९ युवालाई थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दबाब दिइरहेका छन् ।

अलपत्र युवाका अनुसार युएईमा सम्झौता अनुसारको काम र दाम नपाई दुःख पाइरहेका कैयौँ नेपाली छन् । उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् । चार महिनादेखि आफूहरु युएईमा अलपत्र पर्दासमेत नेपाल सरकारले कुनै चासो नदिएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । राजकुमार फेब्रुअरी १० तथा पर्शुराम फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा युएई पुग्नुभएको हो ।

गृहमन्त्री लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेट

काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटवार्तामा गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत् सहयोग आदान–प्रदानमा थप समन्वय तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने बताउनुभयो ।

उहाँले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभयो । भेटका क्रममा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार नियन्त्रणको समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो क्रममा उहाँले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्टीकृत तालिम उपलब्ध गराउन आवश्यक स्रोत व्यवस्थापनका लागि भारत तयार रहेको बताउनुभएको थियो ।

यसैबीच आजै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताययोङले पनि भेटवार्ता गर्नुभएको छ । भेटमा असल मित्र रहेकाले दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजदूतले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको सङ्ख्या बढाउँदै लैजाने, दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने विषयमा जोड दिइएको बताउनुभएको जनाइएको छ ।

श्रममन्त्री अर्याल र राजदूत योङबीच भेटवार्ता

काठमाडौँ, १३ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसंग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाई योङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

श्रम मन्त्रालयमा आज सम्पन्न भेटवार्तामा उहाँहरुका बीचमा द्विपक्षीय श्रम सम्बन्धका विविधि पक्षका छलफल भएको बताइएको छ । श्रम मन्त्रालयका अनुसार उहाँहरु बीचमा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतका सहकार्यको पुनःस्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पु¥याउने सम्बन्धमा कुराकानी भएको थियो ।

निष्कासनअघि पाकिस्तानले अफगान बासिन्दाको ‘म्यापिङ’ गर्दै

पाकिस्तानले इदपछि सुरु हुने नयाँ सिराको निष्कासन अभियानअघि अफगान आप्रवासीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको आधिकारिक स्रोतहरूले मङ्गलबार बताएका छन् । निष्कासन हुनेमा कानूनीरूपमा रहेका मानिस पनि सामेल छन् ।

सुरक्षालाई लिएर इस्लामाबाद र काबुलबीच सम्बन्धमा चिसोपन आएसँगै पाकिस्तानको पूर्वसरकारले कागजातविहीन आप्रवासीहरूलाई मुलुक छाड्न वा पक्राउको सामना गर्न आदेश दिएपछि गत वर्ष पाँच लाखभन्दा धेरै अफगान पाकिस्तानबाट भागेका थिए ।

प्रारम्भमा इस्लामाबादले सन् २०२३ नोभेम्बरसम्मको समयसीमा निर्धारण गरेको थियो । यद्यपि नाम उल्लेख नगर्ने शर्तमा दुई अधिकारीले आगामी साताहरूमा पुनः निष्कासन सुरु हुने बताएका छन् ।

अफगानिस्ताको सीमासँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तका एक वरिष्ठ अधिकारीले भन्नुभयो, “यसपटक कानूनीरूपमा बसोबास गर्ने अफगानहरूको तथ्याङ्क सङ्कलन गर्न र म्यापिङ गर्न पनि निर्देशन दिइएको छ ।”

सोही प्रान्तका एक वरिष्ठ प्रहरी अधिकारीले सरकारले अहिलेसम्म ‘अन्तिम निर्णय’ नलिएको भए पनि ‘प्रहरी अफगानहरूको सम्बन्धमा कारवाहीमा जुटेको’ बताउनुभयो । “सङ्घीय सरकारले वैध र अवैध अफगानहरूको तथ्याङ्क सङ्कलन गर्न मात्र नभएर उनीहरूको म्यापिङ गर्न पनि निर्देशन दिएको छ”, उहाँले भन्नुभयो ।

यसअघि नाम उल्लेख नगर्ने सर्तमा दुई अधिकारीले आप्रवासीहरूलाई निष्कासन गर्ने नयाँ प्रयास इदपछि सुरु हुने बताएका थिए । इद मुसलमानहरूको पवित्र उपवास महिना रमजानको अन्त्यमा मनाइने बिदा हो । यो अप्रिलको दोस्रो सातामा मनाइन्छ ।

पाकिस्तानको गृह मन्त्रालयले यसबारे टिप्पणीको अनुरोधलाई कुनै जवाफ दिएन । यसअघि नै इस्लामाबादले सुरक्षा चिन्ता र आफ्नो धर्मराउँदो अर्थतन्त्रका कारण ठूलो मात्राको निष्कासन उचित रहेको बताएको छ ।

यद्यपि विश्लेषकहरूले अफगानिस्तानसँग पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा बढ्दो हमलाहरूलाई लिएर काबुलमाथि दबाब दिनका लागि डिजाइन गरिएको बताएका छन् । सीमावर्ती क्षेत्रहरूमा तालिबान सरकारमाथि आतङ्कवादीहरूलाई संरक्षण र सुरक्षित आश्रय दिएको आरोप लागेको छ । तालिबान सरकारले आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

दशकौँदेखि जारी द्वन्द्वबाट भागेर लाखौँ अफगान पछिल्ला केही वर्षमा पाकिस्तान आएका छन् । गत वर्ष पाकिस्तान छाड्ने अफगानहरूलाई सीमित सामान र नगदका साथ सीमा पार गर्ने अनुमति दिइएको थियो । उनीहरू विश्वको सबैभन्दा खराब मानवीय सङ्कटका बीच अफगानिस्तान पुगेका थिए ।

केही अफगानको जन्म अफगान मातापिताबाट पाकिस्तानमा भएकाले उनीहरूले कहिल्यै अफगानिस्तानमा पाइला राखेका थिएनन् । सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेर इस्लामिक कानूनको कडा व्याख्या लागु गरेपछि करिब छ लाख मानिस पाकिस्तान आएका थिए ।

निष्कासनको पहलो लहर सुरु हुनुअघि पाकिस्तानले १७ लाख अफगान अवैधरूपमा पाकिस्तानमा रहेको अनुमान लगाएको थियो । तालिबान अधिकारीहरूका अनुसार अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणमा आठ सर्वसाधारण मारिएपछि गता साता इस्लामाबाद र काबुलबीचको गतिरोध अझ बिग्रियो ।

पाकिस्तानी भूमिमा आतङ्कवादीहरूले सात पाकिस्तानी सैनिकको हत्या गरेपछि इस्लामाबादले अफगान भूमिमा आक्रमण गरेको थियो । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले सैनिकको हत्यामा बाहिरी शक्तिलाई दोष दिँदै बदला लिने वाचा गर्नुभएको थियो ।

नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी

पर्वत, १३ चैत ः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पार्नुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्नुहुँदै उहाँले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।

मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन तत्काल टुट्दैन । ”एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री गिरीले एमाले पर्वतको दशौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्नसमेत सुझाव दिनुभएको छ ।

अधिकांश आप्रवासीको मृत्यु डुबेर– राष्ट्रसङ्घ

पछिल्लो १० वर्षमा रेकर्ड गरिएका आप्रवासीहरूको सबैभन्दा धेरै मृत्यु डुबेर भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार बताएको छ । डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो १० वर्षमा ३६ हजार पुगेको छ ।

आइओएमले पछिल्लो दशकमा रेकर्ड गरेका ६४ हजार आप्रवासीको मृत्युमध्ये करिब ६० प्रतिशत डुबेरसँग सम्बन्धित थिए । समुद्रमा भएका ती मृत्युमा २७ हजारभन्दा धेरै मृत्यु भूमध्यसागरमा भएका छन् । उत्तरी अफ्रिकादेखि दक्षिणी युरोपसम्म पुग्ने प्रायस गर्ने धेरै आप्रवासीले धेरै वर्षदेखि उक्त मार्गको अनुसरण गरिरहेका छन् ।

यद्यपि आइओमले प्रतिवेदनमा प्रकाशित आँकडा अपूर्ण रहेको बताएको छ । रेकर्ड गरिएका मामिलामा तीनमध्ये दुई मामिला अज्ञात छन् । आधाभन्दा धेरै मामिलामा आइओएमले आप्रवासीको लिङ्ग र उमेर स्थापित गर्न सकेन ।

तथ्याङ्क सीमित भए पनि आइओएमले आप्रवासन मार्गमा ‘करिब पाँच हजार पाँच सय महिला’ र ‘करिब तीन हजार पाँच सय बालबालिका’ को मृत्यु रेकर्ड गरेको थियो । पहिचान गर्न सकिने अवस्थामा एक तिहाईभन्दा बढी ‘द्वन्द्वग्रस्त मुलुक वा शरणार्थीहरूको जनसङ्ख्या ठूलो भएका मुलुकहरू’ बाट आएका थिए ।

प्रतिवेदनमा उक्त आँकडाले ‘सुरक्षित बाटोबिना द्वन्द्वग्रस्त क्षेत्रबाट भाग्ने प्रयास गर्नेहरूसामु आउने खतराहरू’ लाई उजागर गर्ने उल्लेख छ । सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा आठ हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसबाट आइओएमले एक दशकअघि आँकडा सङ्कलन सुरु गरेपछिको यो सबैभन्दा घातक वर्ष बनेको छ ।

सङ्गठनले सन् २०२४ मा अहिलेसम्मको आँकडा ‘कम चिन्ताजनक नभएको’ बताएको छ । भूमध्यसागरीय मार्गका लागि सन् २०२३ को तुलनामा आगमनको सङ्ख्यामा कमी आए पनि मृत्युको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब त्यति नै धेरै छ ।

आइओएमले थप मृत्युहरू रोक्नका लागि ‘बलियो खोजी तथा उद्धार क्षमताहरू’ का साथै ‘सुरक्षित, नियमित आप्रवासन मार्गहरू’ तत्काल आवश्यकता रहेको बताएको छ । समुद्रमा सङ्कटमा फसेका आप्रवासीहरूका लागि ‘अन्तर्राष्ट्रिय कानून र मानवताको सिद्धान्तअनुसार’ थप सहायताको आवश्यकता रहेको पनि आइओएमले बताएको छ ।

गाजा युद्धविरामका लागि वार्ता ‘जारी’ छ– कतार

युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताउनुभयो ।

गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकहरूको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडि रहेर अमेरिका र इजिप्टसँग मिलेर कतार वार्तामा संलग्न रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार ‘तत्काल युद्धविराम’ को माग गर्दै एउटा प्रस्ताव ग्रहण गरेपछि हमास र इजराइलले कुनै पनि सम्झौता गर्न असफल भएको दोषारोपण लगाएका छन् ।इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उहाँको मन्त्रिपरिषद ‘वार्ताको प्रयास असफल हुनु र अहिलेसम्म कुनै सम्झौता हुनबाट रोक्नका लागि पूर्णरूपमा जिम्मेबार रहेको’ हमासले बताएको छ ।

जवाफमा नेतान्याहु कार्यालयले सामाजिक सञ्जाल एक्समा सुरक्षा परिषद्को मतदानबाट उत्साहित भएकाले हमासलाई ‘वार्ता जारी राख्न कुनै रुचि नभएको’ आरोप लगाएको छ । प्रवक्ता अन्सारीले दोहा पत्रकार सम्मेलनमा सुरक्षा परिषद्को प्रस्तावको स्वागत गर्दै उक्त प्रस्तावले ‘वार्तामा कुनै प्रभाव नपार्ने’ बताउनुभयो ।

उहाँले दोहामा इजराइली प्राविधिक टोलीको उपस्थितिबारे विशेषरूपमा टिप्पणी गर्न नसक्ने बताउनुभयो । यद्यपि उहाँले भन्नुभयो, “यी टोलीहरूको आगमन र प्रस्थान हुँदै गर्दा पनि दोहामा बैठकहरू अहिले पनि जारी छन् र यी वार्ता गर्ने टोलीका केही हिस्सा हुन् भन्ने म पुष्टि गर्न सक्छु, अहिले मैले बोलिरहँदा पनि दोहामा वार्ता भइरहेको छ ।”

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ

बेइजिङ (चीन), १३ चैत : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।

चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपाल ः लगानीको सम्भावना’ विषयक ‘पूर्वलगानी सम्मेनल’लाई सम्बोधन गर्दै उहाँले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको जानकारी गराउनुभयो ।

“विश्वका ठूला बजारहरूसँग निकटता भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल सबैभन्दा उपयुक्त देश हो”, परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “चीन नेपालको महत्वपूर्ण व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी रहेको देश हो । सबैभन्दा छिटो बढ्दै गइरहेको अर्थतन्त्र, चीन र भारत नै हो, त्यसैले नेपाल लगानीका लागि उपयुक्त स्थल हो ।”

तीन करोड जनसङ्ख्या भएको एवं सस्तो श्रमशक्तिको उपलब्धता भएको नेपाल आफँैमा राम्रो बजार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालमा लगानीको ठूलो अवसर रहेको स्पष्ट पार्नुभयो । विगतका वर्षहरूमा, नेपाल चिनियाँ व्यवसायी नेताहरूका लागि लगानीको अत्यन्तै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले लगानीका लागि जलविद्युत्, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उत्पादनमूलक उद्योग क्षेत्रमा लगानीका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

“व्यापारमैत्री वातावरण स्थापना र विदेशी लगानी आकर्षित गर्नका लागि हामीले नीति, संस्था र कार्यविधि सुधार गरेका छौँ”, परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “लगानी सम्मेलनको प्रारम्भमा कानुनी, संस्थागत र प्रक्रियागत सुधार लगायतका महत्वपूर्ण निर्णयहरू भएका छन्”, नयाँ वैदेशिक लगानी नीति लागू भएको उल्लेख गर्दै उहाँले लगानीसम्बन्धी धेरै कानुनी औजार बनेको र लगानीसम्बन्धी ऐनमध्ये भूमि अधिग्रहण ऐनसहित १२ वटा ऐन सम्मेलनअघि संशोधनको तयारीमा रहेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हामी थप नीति, नियामक, र प्रक्रियागत सुधारहरू लागू गर्न लागि परेका छौँ, सुधारको अर्को चरणमा बौद्धिक सम्पत्ति अधिकारहरू समावेश हुनेछन् ।” उहाँले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा दिइने बताउँदै नेपालले झन्झटमुक्त भिसा प्रक्रिया लागू गरेको बताउनुभयो ।

“विदेशी लगानीको स्थिति स्वदेशी उद्योगको सरह हुने कानुनी व्यवस्था गरेका छौँ”, परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “लिज फाइनान्सिङ, इक्विटी लगानी, संयुक्त उद्यम, वा प्रविधि हस्तान्तरण सम्झौताहरूमार्फत नयाँ व्यवसाय स्थापना गर्न सम्भव छ ।” उहाँले ऊर्जा उपलब्धताको सुधारिएको र पछिल्लो समय बढी भएको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्न नेपालसक्षम भएको बताउनुभयो ।

हाल नेपाल सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट माथि उठ्ने, सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा परिणत हुने र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनमा शून्यमा पुग्ने लक्ष्यका साथ नेपाल अगाडि बढेको बताउनुभयो । “ठूला लक्ष्यहरू हासिल गर्न नेपालको आन्तरिक स्रोत मात्र पर्याप्त छैन”, परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “स्रोतको कमीलाई पूरा गर्न हामीलाई पर्याप्त लगानी, आधुनिक प्रविधि र महत्वपूर्ण पूर्वाधार चाहिएको छ ।”

नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले पारस्परिक लाभका लागि परिष्कृत आर्थिक साझेदारीको लागि नेपाल तत्पर रहेको बताउनुभयो । उहाँले दुई राष्ट्रको घनिष्ठ सांस्कृतिक सम्बन्ध र भौगोलिक निकटतालाई सरकार र व्यावसायिक क्षेत्रहरूसँगको संलग्नतालाई अगाडि बढाउन तत्पर रहेको उल्लेख गर्नुभयो ।

नेपाल र चीनबीच सन् १९५५ मा द्विपक्षीय सम्बन्ध स्थापना भए पनि जनस्तरको सम्बन्ध भने सदियौँदेखि रहिआएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हाम्रा प्रचीन भौगोलिक सम्बन्ध, वैवाहिक सम्बन्ध, सांस्कृतिक समानता, आपसी बुझाइ र बुद्ध धर्मका कारण एकअर्कासँग गसिएको छ ।”

नेपाल–चीनबीच समस्यामुक्त दरिलो द्विपक्षीय सम्बन्ध कायम राखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले एकअर्काको सम्मान र समझदारी सम्बन्धको आधार भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले सधैँ एकअर्काको संवेदनशीलता र चासोलाई सम्मान गरेका छौँ । ‘एक चीन नीति’प्रति नेपालको सदैव प्रतिबद्धता रहिआएको छ ।”

नेपाल र चीनले सन् २०१७ मा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ कोअपरेसन’ को समझदारीमा हस्ताक्षर गरेर परिवर्तनकारी यात्रा सुरु गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “एक वर्षपछि, हामीले रेलवे, सडक, उड्डयन, बन्दरगाह, र पावर ग्रिडहरूमा लगानी गर्ने निर्णयका अलवा हिमालयपार बहुआयामिक आबद्धता सञ्जाल अवधारणामा रहेर पूर्वाधार विकास गर्ने निर्णय गरेका छौँ ।”

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई विकास र सहयोगका लागि सदा–स्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीमा स्तरोन्नति गरिएको उल्लेख गर्दै उहाँले नेपाल–चीन सम्बन्ध सुदृढ तुल्याउने कार्यमा त्यसबेलादेखि उल्लेखनीय प्रगति भएको बताउनुभयो ।

“कुनै समय बाधाका रूपमा चिनिने हिमालय शृङ्खला नयाँ युगको सहकार्यको पुलमा परिणत हुनेछ”, परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “हामी हिमालयपार बहुआयामिक आबद्धता सञ्जाल निर्माण गर्न दृढतापूर्वक समर्पित छौँ ।” चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार र प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो देश रहेको उल्लेख गर्दै उहाँले चीन आर्थिक, प्राविधिक र सामाजिक क्षेत्रमा ठूलो सफलता हासिल गर्ने राष्ट्रहरूको सबैभन्दा ठूलो उदाहरण भएको बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको दूरदर्शी नेतृत्वमा छोटो अवधिमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ अनुभव र विशेषज्ञताबाट नेपालले पनि सिक्न चाहेको बताउनुभयो ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रतिष्ठित व्यापारिक नेताहरूको यो उत्साहजनक भेलालाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यसले विकास र नवप्रवर्तनका लागि उत्प्रेरकको रूपमा विश्वव्यापी रूपमा ख्याति कमाएको बताउनुभयो ।

चाइना चेम्बर अफ इन्टरनेसनल कमर्स र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडसँगको सहकार्यमा दूतावासले आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यवाद दिँदै उहाँले यस सम्मेलनले आगामी महिना काठमाडौँमा हुन लागेको लगानी सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“शिखर सम्मेलनको मुख्य उद्देश्य साझा समृद्धिका लागि हाम्रा दुई देश र जनताबीचको सहकार्यलाई बढावा दिनु हो”, परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “यस्ता क्रियाकलापले व्यावसायिक समुदायहरू सामाजिक–आर्थिक रूपान्तरणमा प्रमुख भूमिका खेल्नेछ ।”

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार, कृषि, पर्यटन र सेवालगायत क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । नेपालमा लगानीमैत्री वातावरण बनाइएको जानकारी दिँदै उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत विष्नुपुकार श्रेष्ठले नेपालमा लगानीको वातावरण अनुकूल रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा चिनियाँ लगानीकर्ताको सहभागिता थियो ।

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गर्नुभएको छ ।

अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गर्नुभयो । उहाँले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उहाँले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उहाँले प्रयास जारी राख्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।” सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिनुभयो । कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ, १३ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरेको छ ।

यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

केजरीवाललाई हिरासतमा रहँदा मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै सर्वजनिक सरोकारको मुद्दा दायर

मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्नबाट रोक्न दिल्ली उच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर भएको छ ।

मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्यूटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उहाँले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्री आतिशी कहाँ पुग्यो भन्ने कुराको अनुसन्धानका लागि इडीलाई निर्देशन दिन निवेदन गरिएको छ ।

निवेदक सुरजित सिंह यादवले अधिवक्ताद्वय शशि रञ्जन कुमार सिंह र महेश कुमारमार्फत अरविन्द केजरीवालले हिरासतमा रही मुख्यमन्त्रीको हैसियतले निर्देशन र आदेशहरू जारी गर्दा भारतको संविधानको तेस्रो अनुसूचीअन्तर्गत गोपनीयताको शपथको उल्लङ्गन हुने दाबी गर्नुभएको छ ।

निवेदक सिंहले हालै दिल्ली उच्च अदालतमा केजरीवाललाई मुख्यमन्त्रीको पदबाट हटाउन माग गर्दै सार्वजनिक हितको मुद्दा दायर गर्नुभएको थियो । उहाँको उक्त मागलाई दिल्ली उच्च अदालतले अस्वीकार गर्यो र जबरजस्ती कारबाहीको मुद्दा भन्दै गिरफ्तारीअघि आन्तरिम सुरक्षा प्रदान गरेको थियो ।

निवेदनमा भनिएअनुसार इडीको गिरफ्तारीपश्चात पनि मुख्यमन्त्रीका रूपमा केजरीवालको निरन्तरताले आम जनताका सामु राष्ट्रिय राजधानी क्षेत्र (एनसिटी) दिल्ली सरकारको विश्वसनीयता र छविलाई धमिल्याएको छ ।

दिल्लीको एनसिटी सरकारको मुख्यमन्त्रीका रूपमा केजरीवालको निरन्तरताले कानूनको उचित प्रक्रियालाई अवरुद्ध गर्ने र न्यायको मार्गमा बाधा पुर्याउने मात्र नभई राज्यको संवैधानिक संयन्त्रलाई पनि विघटनमा पुर्याउने व्यहोरा अदालतमा निवेदन गरिएको छ ।
–––

नेत्रज्योति सङ्घद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार

काठमाडौँ, १३ चैत : नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ ।

सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै दुई लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

पहँुच र पैसाको अभावमा कुनै पनि नेपाली आँखा रोगको उपचार गर्नबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्दै अध्यक्ष पन्तले भन्नुभयो, “सहयोग र सहकार्यको अवधारणाबमोजिम हाम्रो संयन्त्र देशभर क्रियाशील छ, चेतनाको कमीले अझै पनि केही मानिस अस्पताल आउन डराइरहेका छन्, तिनलाई अस्पतालसम्म ल्याउने वातावरण निर्माण गर्न सञ्चारकर्मी मित्रहरूसँग अनुरोध गर्दछु ।”

महासचिव भरतबहादुर चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित चार करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल अन्धोपनमुक्त नेपालका पक्षमा क्रियाशील सङ्घलाई समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा ४५ वर्षअघि पाँच जनामात्र आँखारोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन् । अहिले मित्रराष्ट्र भारत, बङ्गलादेश र भुटानका बिरामीसमेत आँखा उपचारका लागि नेपाल आउने गरेको सङ्घले जनाएको छ । प्रविधिको विकाससँगै करिब दुई दशकभन्दा अघि सात दिन लाग्ने आँखाको शल्यक्रिया अहिले जम्मा दुई दिनमा सम्भव हुने भएको छ ।

मस्को आक्रमण युक्रेनको संलग्नतामा ‘कट्टरपन्थी इस्लामवादी’ समूहले गरेकोे पुटिनको जिकिर

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताउनुभएको छ ।
मार्च २२ मा क्रोकस सिटी हलमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा रूसी अधिकारीहरूले ११ जनालाई पक्राउ गरेका छन् ।

सोमबार टेलिभिजनमा प्रसारण भएको वार्तामा रूसी नेता पुटिनले भन्नुभयो, “यो जघन्य अपराध विश्वले नै सदियौंदेखि लड्दै आएको कट्टरपन्थी इस्लामवादीहरूको हातबाट भएको थियो भन्ने हामीलाई जानकारी छ ।”अलजजीराले रूसी नेता पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “यो अत्याचार सन् २०१४ देखि नव–नाजी किएभको योजनामा हाम्रो देशसँग युद्ध गरिरहेकाहरूको प्रयासको सम्पूर्ण शृङ्खलाको एउटा कडी मात्र हुन सक्छ ।”

पुटिनले घटनाबारे गम्भीर भएर सोच्नु र निष्कर्ष निकाल्नु आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “निःसन्देह, अपराध गरेपछि आतङ्कवादीहरूले युक्रेन जान किन खोजे र त्यहाँ उनीहरूलाई कसले पर्खिरहेको थिया भन्ने प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, रूस र रूसी जनताविरुद्ध यो ज्यादती गर्न कसको हात प्रयोग गरिएको थियो र कसले आदेश दियो भन्ने कुरा हामी जान्न चाहन्छौँ ।”

शुक्रबारपछि रूसको खोरासान प्रान्तबाट इस्लामिक स्टेटले धेरै पटक आक्रमणको पछाडि आफ्नो हात रहेको बताउँदै आएको छ र आईएसआईएलसम्बद्ध सञ्चारमाध्यमहरूले आक्रमणका क्रममा बन्दुकधारीहरूको ग्राफिक भिडियो सार्वजनिक गरेका छन् ।
सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले तत्काल कसैलाई आरोप लगाउनुभन्दा रूसमा गरिएको आक्रमणको अनुसन्धानको नतिजा पर्खन पत्रकारहरूसँग आग्रह गर्नुभएको थियो ।

अमेरिकाले मार्च ७ मा मस्कोका अधिकारीहरूलाई सम्भावित आक्रमणबारे चेतावनी दिएको भन्ने समाचारबारे टिप्पणी गर्न समेत उहाँले इन्कार गर्नुभयो । उहाँले रूसले त्यस्तो कुनै पनि गोप्य सूचनालाई अनुसन्धान प्रक्रियापछि मात्र सार्वजनिक हुने बताउनुभयो ।”

रुसी अनुसन्धान समितिका अनुसार मार्च २२ मा क्रोकस सिटी हलमा भएको आतङ्कवादी आक्रमणमा अहिलेसम्म कुल १३७ जनाको मृत्यु भइसकेको छ भने र घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मस्को क्षेत्रीय स्वास्थ्य मन्त्रालयले १८२ जना घाइते भएको जनाएको छ । युक्रेनी सीमातर्फ भाग्न खोजेका चार जना संदिग्ध आक्रमणकारीसहित आक्रमणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ ।

–युक्रेनको संलग्नता पुष्टि गर्ने प्रमाण नभेटिएको अमेरिकी भनाइ –
मस्कोको कन्सर्ट हलमा भएको आतङ्कवादी हमला क्रोकसस्थित आइएसआइएसले गरेको पुष्टि गर्दै संयुक्त राज्य अमेरिकाले यस आक्रमणसँग युक्रेन र युक्रेनी सरकारको सम्बन्ध रहेको कुनै प्रमाण नभेटिएको बताएको छ ।ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यो आतङ्कवादी हमला आईएसआईएसले गरेको र रूसी राष्ट्रपति पुटिनले यो कुरा बुझेको बताउनुभएको छ ।

“यो आईएसआईएसले गरेको आतङ्कवादी हमला थियोे । पुटिनले यो कुरा बुझ्नुभएको छ । उहाँलाई आक्रमणबारे राम्ररी थाह छ र युक्रेन सरकारको यस आक्रमणमा सम्बन्ध छ भन्ने कुनै स्पष्ट प्रमाण छैन,” उहाँले भन्नुभयो ।ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन पियरेले एक विज्ञप्ति जारी गर्दै आइएसआइएसलाई ‘साझा आतङ्कवादी शत्रु’ को संज्ञा दिँदै यसलाई विश्वभरबाट परास्त गर्नुपर्ने बताउनुभउको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसको मस्कोमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाले रूसी जनताप्रति समवेदना प्रकट गरेको बताउनुभयो । ब्लिन्केनले भन्नुभयो, “संयुक्त राज्य अमेरिका मार्च २२ मा मस्कोमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ । यस भयानक घटनापछि भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्न हामी रूसका जनताप्रति ऐक्यवद्धताका साथ उभिएका छौं।”

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत तथा काय निकार्य (युएनआरडब्लुए) द्वारा सेवा दिइरहेका प्यालेस्टिनी शरणार्थीहरूलाई भेट्न र सेवाबारे जानकारी लिन शिविरको भ्रमण गर्नुभएको हो ।

राष्ट्रसङ्घका प्यालेस्टिनी शरणार्थीहरूको कल्याणका लागि समर्पित रहेको बताउदै द्वन्द्वमा मारिएका संयुक्त राष्ट्रका सहकर्मी तथा अन्य मृतकप्रति श्रद्धाञ्जलि दिँदै मौनधारणपछि शरणार्थीलाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो ।

पछिल्लो समयमा जार्डन २४ लाख प्यालेस्टिनी शरणार्थीहरूको घर रहेको बताउदै उहाँले यो सङ्ख्या यस क्षेत्रको सबैभन्दा ठूलो सङ्ख्या भएको बताउनुभएको छ । भ्रमणका क्रममा उहाँले गाजाका विद्यार्थीसहित प्रेरणादायी युवा विद्यार्थी, सांसद तथा नेताहरूलाई भेट्नुभएको छ ।
गाजामा युद्धका कारण आएको हृदयविदारक समयमा यो एउटा हृदयस्पर्शी र ऐक्यवद्धता भ्रमणभएको उहाँले बताउनुभयो । सिरिया, लेबनान, कब्जा गरिएको वेस्ट ब्याङ्क र गाजामा पनि युएनआरडब्लुए आशा र मर्यादाको सहयात्री भएको महासचिव गुटेरेसले उल्लेख गर्नुभयो ।

युएनआरडब्लुएले पाँच लाखभन्दा बढी बालबालिका लागि शिक्षा, करिब २० लाख मानिसहरूलाई स्वास्थ्य सेवा, रोजगारीका अवसरहरू र समुदाय र पारिवारिक समर्थन, र करिब पाँच लाख गरिब प्यालेस्टिनीहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिरहेको उहाँले बताउनुभयो ।