`

पाकिस्तान : बलुचिस्तानको शान्ति र विकासका सरकार प्रतिवद्ध

Nepal One HD १४ भदौ २०८१ १८:५७
विश्व

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले आफ्नो देश नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कडा परिश्रमबाट प्राप्त शान्ति र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रान्तमा भएको पछिल्लो आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको केही दिनपछि उहाँको यो भनाइ आएको हो ।

“बलुचिस्तानमा अशान्ति मच्चाउन उद्यत पाकिस्तानका शत्रुहरूलाई पूर्ण शक्ति र राष्ट्रिय समर्थनका साथ परास्त गरिनेछ,” बिहीबार राष्ट्रिय कार्ययोजनाको एपेक्स कमिटीको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री सरिफले भन्नुभयो ।

राष्ट्रिय प्रगति र विकासमा बलुचिस्तानका जनताको योगदानमाथि प्रकाश पार्दै शरीफले बलुचिस्तान पाकिस्तानको एक महत्वपूर्ण प्रान्त हो र यसको विकास र समृद्धिको मार्गमा रहेका सबै अवरोधहरू हटाइने बताउनुभयो ।

प्रान्तमा हालै भएको आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको उल्लेख गर्दै प्रधानमन्त्री शरिफले पाकिस्तानको संविधानको सम्मान गर्नेहरूसँग मात्र संवाद सम्भव हुने बताउँदै देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नेहरूको बलिदान खेर नजाने बताउनुभयो ।

उहाँले प्रान्तमा आतङ्कवाद उन्मूलन गर्न प्रतिआतङ्कवाद विभाग, प्रहरी र अन्य विभागहरूको क्षमता बढाउन पनि आग्रह गर्नुभयो।


प्रतिक्रिया