राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
समाचार
दाङ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मामाघर राजपुर गाउँपालिका–७ हाटबास आएका बेला किशन नुहाउन राप्ती नदीमा पुगेका थिए । सोही क्रममा उनी नदीमा डुबेर अचेत भएका थिए ।
अचेत अवस्थामा उद्धार गरिएका बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
बालकको शव हाल लमही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
