`

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकीलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

वालिङ (स्याङ्जा)-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौँ वालिङ महोत्सवको  उद्घाटन गर्दै उहाँले प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो ।

“गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जहाँसम्म हाम्रो लक्ष्य पूरा भएरै छाड्छ । सबै भएन भने पनि कुनै एउटामा आत्मनिर्भर हुन्छौँ ।” प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएकाले निर्धारित लक्ष्य प्राप्त हुनेमा उहाँले विश्वास व्यक्त गनुभयो ।

मुख्यमन्त्री पाण्डेले युवाको बसाइँसराइँ दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । “युवा विदेशिने क्रम विश्वका हरेक देशमा छन् । यो क्रम जहाँतही चलिरहन्छ”, उहाँले भन्नुभयो, “यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा युवालाई स्वदेशमै दक्ष बनाएर आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याएर कम गर्न सकिन्छ ।”

गण्डकी प्रदेशले ११ वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजना अगाडि बढाइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवले यहाँका स्थानीय उत्पादनको प्रचारप्रसार, प्रवद्र्धन तथा बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

नेकपा एमालेका नेता महेश बस्नेत, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, लेखा समितिका सभापति सुधीरकुमार पौडेललगायतले महोत्सवले समग्र जिल्लाको कृषि, हस्तकला, सांस्कृतिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आर्थिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

आजदेखि सुरु भएको महोत्सव यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करिब दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

हेर्नुहोस् माघ १९ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनमा आठ लाख युनिट विद्युत् उत्पादन गर्यो

बनियानी (झापा)-: झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो ।

कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको  पत्रकार सम्मेलनको आयोजना गरी इनर्जीका सञ्चालक सुवास भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भएको भट्टराईले बताउनुभयो । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले बताउनुभयो ।परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद, बिक्रीका विषयमा सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट रू ७.३० कायम गरिएको छ ।मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल छ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिनुभयो । उहाँले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिनुभयो । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्यासमेत समाधान हुने उहाँको भनाइ थियो ।—

पर्यटनमन्त्री किरातीद्वारा वायुसेवा निगमको निरीक्षण

काठमाडौँ- नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिनुभएको छ ।मन्त्री किरातीले बिहीबार नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रर्वाहबारे निरीक्षण गर्नुभएको हो । उहाँले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गर्नुभएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गर्नुभएको थियो ।

जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई सौर्य बत्ती वितरण

काठमाडौँ, १८ माघ : ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ । उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो । दिगो बिजुली आपूर्ति सुनश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ ।

भूकम्प प्रभावति क्षेत्रका विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुनुनपर्ने सिएफआरडीको विश्वास छ । विपद् र प्रकोपका कारण नियमति विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न यसबाट सघाउ पुग्ने सिएफआरडीले जनाएको छ । सिएफआरडीले गत पुसमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री, न्यानो कपडालगायत राहत सामग्री वितरण गरेको थियो ।

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौँ, १८ माघ : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक भोलि अपराह्न २ बजे सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिनुभयो ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो ।

यती एयरलाइन्सले भित्र्यायो ७२ सिट क्षमताका दुई ‘एटिआर–७२’ विमान

काठमाडौँ, १८ माघ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ । दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द हुने

भरतपुर, १८ माघ : नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।

उहाँले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताउनुभयो ।सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

जनताको तटबन्धः महाकालीमा मर्मत, मोहना र खुटियामा नयाँ बन्दै

महेन्द्रनगर (कञ्चनपुर), १८ माघ : डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको जनताको तटबन्ध कार्यालयले यहाँका विभिन्न नदीमा तटबन्ध मर्मत तथा नयाँ निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ ।

महेन्द्रनगरस्थित जनताको तटबन्ध फिल्ड कार्यालयले कञ्चनपुरको महाकाली नदीको तटबन्ध मर्मत एवं केही स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालयका प्रमुख श्रीप्रसाद शाहले महाकाली नदीको झोलु्गे पुलदेखि दक्षिण कुतियाकवरसम्मको महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माण भइरहेको जानकारी दिनुभयो ।“दोधारा–चादँनी झोलुङ्गे पुलतलमा मर्मतको काम चलिरहेको छ ।” प्रमुख शाहले भन्नुभयो–“कुतियाकवरमा पनि दुई सय मिटर नयाँ तटबन्ध निर्माण भइरहेको छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गतवर्ष रु १६ करोड ८५ लाखमा ठेक्का लगाइएको हो । त्यसैगरी तटबन्ध कार्यालयले कञ्चनपुर र कैलालीको सीमा छुट्याउने मोहना नदीमा पनि तटबन्ध निर्माण थालिएको छ ।मोहना र कैलालीको खुटियामा नदी नियन्त्रणका निम्ति ठेक्का दिएको करिब दुई वर्षसम्म भने निर्माण कम्पनीको लापरबाहीका कारण पाँच प्रतिशत पनि भौतिक प्रगति भएको थिएन । यहाँ मोहना र खटियाको गरी १०.२५ किलोमिटर तटबन्ध निर्माण तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको छ ।उक्त तटबन्ध निर्माणको काम टिम्स–राजेन्द्र–कुमार जेभीले रु ५२ करोडमा गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु सात करोड भुक्तानी लिएको प्रमुख शाहले बताउनुभयो ।“दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी गरेपछि कम्पनीले काम द्रुत गतिमा अघि बढाएको हो । अहिले ५० प्रतिशतभन्दा बढी काम पूरा भएको छ ।”

देशभित्रै सुरक्षण मुद्रणका काम गर्न अपरिहार्य भएको छः सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १८ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्रै बैंकनोट, नागरिकता प्रमाणपत्र, राहदानी, सवारीचालक चालक अनुमतिपत्र , राष्ट्रिय परिचयपत्र, विदेशी नागरिकलाई प्रदान गरिने प्रवेशाज्ञा (भिसा) ‘स्टिकर’ जग्गाधनी प्रमाणपत्र, हुलाक टिकट, ‘डिजिटल’ नक्शालगायत राज्यका संवेदनशील दस्ताबेज छाप्ने उद्देश्यले सुरक्षण मुद्रण विधेयक अगाडि बढाइएको बताउनुभएको छ ।

प्रतिनिधिसभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी छलफलमा मन्त्री शर्माले सुरक्षण मुद्रण संवेदनशील विषय भएकाले सरकारले विधेयकलाई प्राथमिकताका साथ टुङ्ग्याउन चाहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो,“सुरक्षण मुद्रणसम्बन्धी सबै काम देशभित्रै भएमा ठूलो धनराशि बाहिर जानबाट जोगाउन सकिने र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि त्यो काम स्वदेशमा गर्न अपरिहार्य छ । यस्तो महत्वपूर्ण एवं संवेदनशील काम अहिलेसम्म गठन आदेशमार्फत हुँदै आएकामा अब कानुन बनाएर सुरक्षण मुद्रणसम्बन्धी सबै काम स्वदेशमै गर्नेगरी विधेयक अगाडि बढाइएको छ ।”

राष्ट्रियसभामा उत्पात्ति भएको र सभाको विषयगत समितिले पनि संशोधन गरिसकेको सुरक्षण मुद्रणसम्बन्धी विधेयक शिक्षा समितिमा छलफलमा रहेको हो । उक्त विधेयक उपर ३५ वटा संशोधन परेकाले यसमा दफाबार छलफल गरेर चाँडो पारित गर्ने समितिको योजना छ ।

सञ्चारमन्त्री शर्माले राष्ट्रियसभाको प्रतिवेदन, मूल विधेयक र सांसदको संशोधनमा छलफल गरेर विधेयकलाई थप समृद्ध बनाउन सबै सांसदको भूमिका आवश्यक भएको बताउनुभयो ।नेपालको संविधान बमोजिम सङ्घको एकल अधिकारक्षेत्रभित्र रहेको ‘सुरक्षित छापाखाना’ स्थापना गर्न तथा सुरक्षण मुद्रण सामग्रीको देशभित्र नै सुरक्षित र गुणस्तरीय मुद्रण गर्न सुरक्षण मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा उपयुक्त कानुनी व्यवस्थाको लागि सङ्घीय संसद्बाट कानुन निर्माण गर्न आवश्यक भएकोले सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि बढाइएको हो ।

‘विधेयकको प्रस्तावनामा सुरक्षण मुद्रण सामग्रीको देशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण केन्द्रको स्थापना तथा सञ्चालन वाञ्छनीय भएकाले सङ्घीय संसद्ले यो ऐन बनाएको’ भनिएको छ ।समितिका सभापति भानुभक्त जोशीले सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि दफावार छलफल गरेर चाँडो पारित गर्नेगरी छलफल अगाडि चलाइएको जानकारी दिनुभयो । उक्त विधेयकका संशोधनकर्ता सांसदहरुले सुरक्षण मुद्रणजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा चाँडो बनाइनुपर्नेमा जोड दिनुभयो । केही सांसदहरुले बैंक नोट र राहदानीबाहेक अन्य सामग्रीको छपाइ प्रक्रिया पु¥याएर निजी क्षेत्रलाई दिनसकिने बताउनुभयो ।

सांसद रघुजी पन्तले हुलाक टिकट, बैंकको चेक छाप्ने हैसियतमा नेपालको निजी क्षेत्रको प्रेस उद्योग पुगेको भन्दै कानुनी प्रक्रिया पूरा गरेर सुरक्षित मुद्रणको काम निजी क्षेत्रलाई दिनसकिन्छ भन्नुभयो ।सांसद राजेन्द्रकुमार केसीले नोट र राहदानी सरकारले छाप्ने र अरु सबै प्रकारका छपाइ निजी क्षेत्रलाई दिनसक्ने व्यवस्था विधेयकमा गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद ध्रुवबहादुर प्रधानले सुरक्षणजस्तो राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर चाँडो पारित गरिनुपर्ने बताउनुभयो । समितिका सदस्य रोशन कार्की, सुमना श्रेष्ठ, विद्या भट्टराई, कालुराम राईलगायत सांसदले सुरक्षण मुद्राण, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको नियुक्ति प्रक्रियालगायत विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशलाइ हराउदै नेपाल पुलिस क्लब विजयी

काठमाडौँ, १८ माघ : विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउदै विजयी भएको छ । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई ७० रनले पराजित गर्दै प्रतियोगितामा नवाैँ जित दर्ता गराएको छ ।

यस जितसँगै पुलिसले ९ खेलबाट १८ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान नौ खेल नै खेलको त्रिभुवन आर्मी क्लब १४ अकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । यही माघ २० गते हुने फाइनल खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् । सुरुवाती ब्याटिङ गरेको पुलिसले एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा सुदुरपश्चिम ३७ दशमवल १ ओभरमा सबै विकेट गुमाउदै एक सय २० रनमा समेटियो । सुदुरपश्चिमा गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए भने किरण ठगुन्नाले २४ रन जोडे । त्यसैगरी नरेन साउदले २४ रन बनाएका थिए । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरीले सात विकेट लिए भने ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले समान एक/एक विकेट लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै एक सय ९८ रनको योगफल बनाएको थियो । पुलिसका लागि शङ्कर रानाले सर्बाधिक ४६ रनको योगदान दिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाएभने अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिएका थिए ।

चीनमा अपहरणमा परेका थप ४ जना बालबालिकाको उद्धार

चीनमा अपहरणमा परेका ४ बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ । हालै हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका अपहरणमा परेका चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ।

ती बालबालिका सन् २००२ र २००३ को बीचमा हुबेईमा वाङ हाओवेन लगायत संदिग्ध व्यक्तिहरूले अपहरण गरेका ११ बालबालिकामध्ये चार जना हुन्।

वाङलाई पहिलो पटक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो र अहिले दोस्रो पटक मुद्दा चलिरहेको छ। मन्त्रालयका अधिकारीले जनाए अनुसार चीनमा बालबालिकाको अपहरण वा लुटपाटका मुद्दाहरूको सङ्ख्या घटेर वार्षिक १० भन्दा कम भएको छ । र साथै सबै मुद्दा छोटो अवधिमा समाधान भएको छ।

सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउनुपर्छ – अध्यक्ष मगर

काठमाडौँ, १८ माघ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।

आयोगले आज आयोजना गरेको ‘सेवाप्रदायको दायित्व र उपभोक्ताको अधिकार’ विषयक छलफलमा अध्यक्ष मगरले सार्वनिजक यातायातलाई भरपर्दो, मर्यादित र उपभोक्तामैत्री बनाउनुपर्ने बताउनुभएको हो । “सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ”–उहाँले भन्नुभयो, “सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न, यात्रुलाई सहज यात्रा र सुरक्षित बनाउन सबैले निकायले ध्यान दिन जरुरी छ ।

सार्वजनिक सवारीसाधनमा ‘अपशब्दको प्रयोग हुने गरेको, दुव्र्यवहार हुने गरेको उजुरी परेपछि आयोगले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक, सहचालकले उपभोक्ताले गर्ने मानव अधिकारमैत्री व्यवहार गर्नुपर्ने, काम गर्ने कामदारले उचित पारिश्रामिक पाउनुपर्नेलगायत विषयमा पनि छलफल भएको थियो ।

‘कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा परेको असरबारे अध्ययन आवश्यक’ : अध्यक्ष ओली

काठमाडौँ, १८ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउने कुरामा सबैले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय वन तथा वातावरण विभागले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको असर र समाधानका उपायका’ बारेमा अन्तरक्रिया कार्यक्रममा उहाँले मानवीय स्वार्थ र असावधानीले स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने काम भइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले जलवायु परिवर्तनको स्वाभाविक कारणलाई रोक्न नसकिने हुँदा त्यस्ता प्राकृतिक अवस्थामा मानिसले अनुकूलित हुन सिक्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले कार्वन उत्सर्जनका कारण मानव स्वास्थ्यमा पारेको असरलाई न्यूनीकरण गरी समस्या समाधानका बारेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा इँटा उद्योगबाट भइरहेको कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा पारेको असरका बारेमा अध्ययन गर्न जरुरी रहेको भन्दै उपत्यकामा कार्वन उत्सर्जन नहुने प्रविधिका उद्योग स्थापनामा सरकारले प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । “कार्वन उत्सर्जन बढ्दै गएको छ । यसको समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो ।अध्यक्ष ओलीले जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका स्वास्थ्य समस्यालाई लिएर मानिस चिन्तित भइरहेका भन्दै नेपालमा वनको क्षेत्रफल अनुसार जङ्गल नरहेकाले सघन वन क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभयोे । विभाग प्रमुख भारती पाठकले पृथ्वीले धान्न नसक्ने गरी कार्वन उत्सर्जन भइरहेको भन्दै त्यसको रोकथाम र समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मुग्लिन–पोखरा सडक : बीस किलोमिटर कालोपत्र

तनहुँ, १८ माघ : मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमि दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ ।

उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । पूर्वीखण्डका लागिरु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

यस खण्डको काम विसं २०७८ वैशाख २ गतेदेखि गरिएको हो । करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०८१ वैशाखसम्म सक्नेगरी सम्झौता भएको थियो ।

पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका रु १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ । सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका रु छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ ।

पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७८ भदौदेखि काम सुरु भई विसं २०८१ भदौ १२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिनुभयो ।

पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको पौड्यालले बताउनुभयो ।

आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

कास्की, १८ माघ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटमा आर्मीले निर्णायक गोल गरेर फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ६१औँ मिनेटमा आर्मीका लागि दिनेश हेमजनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । पेनाल्टीबक्स बाहिरबाट दिनेशको प्रहारले सिधै जाली चुमेको थियो । चर्च ब्वाइजका सन्तोष खत्रीले दिनेशलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको हो । यस्तै चर्च ब्वाइजका लागि खेलको ८३औँ मिनेटमा समिर तामाङले गोल गरेका थिए । यसैगरी खेलको ९९औँ मिनेटमा आर्मीका रशबहादुर मगरले निर्णायक गोल गरेका थिए ।

आर्मीले अब यही माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार तथा उपविजेताले रु ६ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० हुँदै

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि ले संयुक्त रुपमा विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधि को बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुृ“च पुर्याउने उदेश्य ले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी को नवौं संस्करण यहि माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा आयोजना हुन गइरहेकोे सहर्ष जानकारी गराउन चाहन्छौं ।

उक्त आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels हरु को पनि उल्लेखनीय सहभागिता रहने छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ । साथै यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) तथा Confederation of Indian Industry (CII) रहेको यो प्रदर्शनी ४ दिन सम्म रहने छ भने उक्त प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुनेछ – शशाङ्क कोइराला

नवलपुर, १८ माघ ; नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको तिलकप्रसाद सापकोटा स्मृति अन्तरमावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता कोइरालाले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगितालाई खेलकुद क्षेत्रको विकासको जिम्मेवारी पाएका निकायले गम्भीररूपमा लिनुपर्ने बताउनुभयो । प्रतिभाशाली खेलाडी चयनमा यस्ता प्रतियोगिता उपयोगिता उपयोगी हुने उहाँको कथन थियो ।

गैँडाकोट–६ मा रहेको कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा गैँडाकोटको क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगितामा जिल्लाका १६ वटा विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई रु ६६ हजार छ सय ६६, द्वितीय हुनेलाई रु ३३ हजार तीन सय ३३ प्रदान गरिनेछ ।

अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो म्यादको अनुमति दिएको हो । दुवै जनालाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो ।

बिहीबार सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो । त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु

गोदार (धनुषा), १८ माघ ; जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव सुरु भएको हो । महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा आज एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको समुद्घाटन गर्नुभएको छ ।

मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धन विकासका निम्ति महोत्सवको आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभएको छ । महोत्सवको समुद्घाटन समारोहमा प्रमुख प्रतिथि पूर्वप्रधानमन्त्री नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृृषेशचन्द्र लाल, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार प्राध्यापक डा राजेन्द्र विमललगायतका विशिष्ट व्यक्ति सहभागी हुनुभएको छ ।

पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्नेछन् । पहिलो दिन हिउँको पृथ्वी यात्रा, दोस्रो दिन तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु तेस्रो दिन, मन मञ्च, काँट चौथो दिन, सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौँ दिन जोगाड् नाटक मञ्चन हुनेछ ।

महोत्सवमा नेपाल–भारतका मिथिला क्षेत्रका रङ्गकर्मी तथा गायकको प्रस्तुति रहनेछ । कलाकारहरू रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा, रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ । नेपाल र भारतका विद्वान्, विदुषी, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषा नीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

महोत्सवको पहिलो दिन आज ‘नव घर उठ्य, पुरान घर…?’ शीर्षकमा रमेश रञ्जनको सहजीकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा (एमाले)का नेता योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र पूर्वराजदूत विजयकान्त लाल कर्ण सांस्कृतिक बहसमा सहभागी हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समिति धनुषाको निर्वाचित जनप्रतिनिधिले २०५८ सालमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ ।

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफाबार छलफल

काठमाडौँ, १८ माघ ः राष्ट्रियसभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफाबार छलफल गरेको छ ।

समितिको आजको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरुपता कायम गर्ने सम्बन्धमा ल्याएको उक्त विधेयकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको उपस्थितिमा छलफल भएको हो ।

समितिले उक्त विधेयकमा परिच्छेद ४ को ‘विधायन अभिलेख तथा प्रकाशन’ बाहेक सबै परिच्छेदमा दफाबार छलफल गरेको छ । यसअघि समितिले परिच्छेद २ को दफा ६ सम्म दफावार छलफल गरिसकेको थियो । परिच्छेद ४ भने आउने आइतबार हुने समिति सभापति जयन्तीदेवी राईले जनाउनुभयो ।

बैठकमा विधेयकमा संशोधन प्रस्तावकर्ता डा खिमलाल देवकोटा, देवेन्द्र दाहाल, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाललगायतले दफावार छलफलमा संशोधन प्रस्ताव गर्नुभएको थियो । बैठकमा संशोधनकर्ता तथा समिति सदस्यले प्रत्यायोजित विधायन मूल कानुनअन्तर्गत रही प्रत्यायोजित विधायनको सिद्धान्तभित्र रहनुपर्ने, मौजुदा कानुनको परिधिभित्र रहेर सरकारले मातहतको निकायलाई निर्देशन दिनुपर्ने, कुनै पनि निकायले ऐनबाट अधिकार प्रत्यायोजन गरेकोमा बाहेक पुनः प्रत्यायोजित विधायन बनाई जारी गर्न नमिल्नेमा कडाइ गर्नुपर्ने, सङ्घीय ऐनबमोजिम प्रत्यायोजित विधायन जारी भएको ३० दिनभित्र समितिको जानकारीको लागि सम्बन्धित मन्त्रीले समितिलाई एकप्रति सहित डिजिटल कपी उपलब्ध गराउनुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो ।

विधेयक संसद्मा पेश गर्नु अघि पूरा गर्नुपर्ने प्रक्रिया तथा प्रत्यायोजित विधायन जारी गर्दा अपनाउनुपर्ने प्रक्रिया विषयका सम्बन्धमा विधेयकमा उल्लेख गरिएको छ । जुन किसिमको विधेयक सरकारले पहिलो पटक ल्याएको हो ।

कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाको प्रत्यायोजित विधायन तथा सरकारी आवश्वासन समितिले पहल गरी सरकारलाई विधेयकको मस्यौदासमेत उपलब्ध गराई सोबमोजिमको कानुन ल्याउन पहल भएको हो ।

इराक्ली कोबाखिदजे जर्जियाको प्रधानमन्त्रीमा मनोनित

सत्तारुढ जर्जियन ड्रीम पार्टीका अध्यक्ष इराक्ली कोबाखिद्जेलाई बिहीबार पार्टीको महाधिवेशनले देशको नयाँ प्रधानमन्त्री मनोनयन गरेको छ।

सोमबार राजिनामा दिएका पूर्वप्रधानमन्त्री इराक्ली गरिबासभिलीलाई महाधिवेशनमा पार्टीको राजनीतिक परिषद्ले पार्टीको अध्यक्षमा अनुमोदन गरेको थियो ।पार्टीले सो निर्णय महाधिवेशनबाटै प्रत्यक्ष प्रसारण गरेको थियो ।

जर्जियाको कानुन अनुसार कोबाखिदजेको मनोनयनलाई १५० सिटको संसद्ले साधारण बहुमतले अनुमोदन गर्नुपर्नेछ।सन् १९७८ मा जन्मेका कोबाखिडजे सन् २०२१ देखि जर्जियन ड्रीम पार्टीको अध्यक्ष हुनुहुन्छ।

थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

एक थाई अदालतले राज्यको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टीलाई देशको शाही मानहानि कानूनमा संशोधन गर्ने अभियानको अन्त्य गर्न आदेश दिएको सिएनएनले जनाएको छ ।सिएनएनका अनुसार गत वर्षको चुनावमा सबैभन्दा बढी सिट जितेको मुभ फरवार्ड पार्टीले मानहनी कानून संशोधनको अभियानमार्फत संविधानको उल्लङ्घन गरेको बैंककको संवैधानिक अदालतले बुधबार फैसला सुनाएको थियो ।

अदालतले फैसला अनुसार मुभ फरवार्ड पार्टी र यसका नेताहरू, पूर्व प्रधानमन्त्री उम्मेद्वार पिटा लिम्जारोनेराटले आफ्नो कार्यहरूमार्फत संवैधानिक राजतन्त्रलाई हटाउने प्रयास गरेको ठहर गरेको छ ।

सिएनएनका अनुसार उक्त फैसलालाई दक्षिणपूर्वी एसियाली थाइल्यान्डको सुधार आन्दोलन, परिवर्तनका लागि मतदान गरेर रूढीवादी, सैन्य समर्थित प्रतिष्ठानलाई चुनौती दिने लाखौँ युवामाथि प्रहार भएको ठानिएको छ ।

विश्लेषकहरूका अनुसार फैसलाले थप मुद्दाका लागि ढोका खोलेको हुँदा थाइल्यान्डको पछिल्लो चुनावमा सफल पार्टी विघटन भई नेताहरूमाथि प्रतिबन्ध र आपराधिक आरोपसमेत लाग्न सक्छ ।

मुभ फरवार्डका सांसद्हरूले लेस म्याजेटे कानून खारेज गर्न, शाही मानहानि कानूनअन्तर्गत आरोपहरूको सामना गर्न वा सोअन्तर्गत आरोपितलाई जमानतमा आफ्नो स्थिति प्रयोग गर्न अभियान चलाएकोअदालतले फैसलामा भनेको छ ।

अदालतले कानून खारेज गर्ने वा संशोधन गर्ने उद्देश्यले भाषण, लेखन, प्रकाशन वा विज्ञापनका रूपमा कुनै पनि सन्देश प्रवाह गर्ने जस्ता कार्य तथा अभिव्यक्ति प्रवाह गर्न बन्द गर्न आदेश दिएको सिएनएनले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घींय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ ।

असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गर्नु भएको हो । संयुक्त राष्ट्रसङ्घका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको उठान गरेका थिए ।

महासचिवले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न, पूर्वी जेरुसेलमसहित कब्जा गरिएको क्षेत्रको अवस्थामा पनि केन्द्रित रहेको बताउनुभयो । यो श्रीङ्खलाबद्ध सबै हिंसा रोकी अपराधिलाई जवाफदेही बनाउनुपर्ने उहाँको भनाइ छ ।महासचिवले प्यालेस्टाइनको लामो प्रश्न र बढ्दो हिंसाका बीचमा समितिको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।

गाजामा भएको घटनालाई साझा मानवता र अन्तस्करणमा दाग भन्दै महासचिवले विगत एक सय २० दिनमा मृत्यु, बिनाश, विस्थापन, भोकमरी, क्षति र दुःख भएकोमा शोक व्यक्त गर्नुभयो । गाजामा मात्रै दुई तिहाइभन्दा बढी महिला तथा बालबालिकासहित २६ हजार सात सय ५० भन्दाबढी प्यालेस्टिनी मारिएको विषयमा जोड दिँदै उहाँले सर्वसाधारणको हत्या र अपाङ्गता भएका सैन्य आक्रमणमा असन्तुष्टि ब्यक्त गर्नुभयो ।

गुटेरेसले नागरिक पूर्वाधारमा गम्भीर असर परेको औँल्याउदै गाजामा घर, अस्पताल, विद्यालय, पानी र सरसफाइ सुविधाहरूसहित ७० प्रतिशतभन्दा बढी संरचना नष्ट भएको बताउनुभयो ।अन्तर्राष्ट्रिय मानवीय कानुनको सिद्धान्तलाई पुनःपुष्टि गर्दै उहाँले द्वन्द्वको कुनै पनि पक्ष अन्तर्राष्ट्रिय कानुनभन्दा माथि नहुने कुरामा जोड दिनुभयो ।

महासचिवले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहतकार्य एजेन्सी (युएनआरडब्लुए)का कर्मचारी विरुद्धको गम्भीर आरोपहरूलाई सम्बोधन गर्दै आरोपबाट व्यक्तिगतरूपमा आफु डराएको बताउनुभयो ।

उहाँले युएनआरडब्लुएको महत्वपूर्णकार्य बताउँदै चालिएका कदमहरूको रूपरेखा प्रस्तुत गर्नुभयो । गाजाको मानवीय प्रणाली पतनको सङ्घारमा पुगेको बताउँदै २.२ मिलियन मानिसले सामाना गरिरहेको अमानवीय अवस्थामा महासचिवले द्रुत, सुरक्षित, निर्बाध, विस्तारित र दिगो मानवीय पहुँचको लागि आह्वान गर्नुभयो ।

उहाँले तत्काल मानवीय युद्धविरामका लागि निवेदनको साथसाथै भीड कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतामा जोड दिनुभयो ।गुटेरेसले दुई–राज्य समाधानको दिशामा प्रगति गर्न आह्वान गर्नुभयो । दुई–राज्य समाधानले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको प्राप्ति भई सो क्षेत्रमा न्यायपूर्ण र स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न सक्ने उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई अर्थपूर्ण शान्ति प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतामा अडिग रहन पनि आग्रह गर्नुभएको छ ।

इयु शिखर सम्मेलन स्थल वरपर ब्रसेल्समा सडक अवरुद्ध

प्रदर्शनकारी किसानहरूले बिहीबार करिब १,००० ट्याक्टरहरू सहित इयु शिखर सम्मेलनको वरपरका सडकहरू अवरुद्ध गरेका छन् ।प्रदर्शनकारीहरूले थपिदो कर, बढ्दो लागत र सस्तो आयातको विरोध गर्दै आएका छन् तर यसको सुनुवाइ नभएपछि उनीहरू प्रदर्शनीमा उत्रेका हुन् ।

वस्तुतः शिखर सम्मेलनमा इयुको बहुवार्षिक वित्तीय रूपरेखाको मध्यावधि परिमार्जन, युक्रेनलाई सहयोग र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिएको छ । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले शिखर सम्मेलनअघि युरोपेली परिषद्का सदस्यहरूलाई छलफलका यस्ता एजेन्डाबारे निमन्त्रणा पत्रमा जानकारी गराउनु भएको छ ।

खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्छ – रक्षामन्त्री खड्का

पाटन (ललितपुर), १८ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आज सातदोबाटोमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको उद्घघाटन समारोहमा उपप्रधानमन्त्री खड्काले तीन तहका सरकार मिलेर मुलुकको खेलकुदलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गरेर स्वर्ण पदक ल्याउने प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलकुद क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक हासिल गर्ने प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलाडीलाई खेलप्रति उत्साहित बनाउँदै प्रोत्साहन गर्नुपर्छ । खेलाडीलाई प्रोत्साहन गर्न, उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउन आगामी बजेट निर्माणका क्रममा खेलाडीको सेवासुविधामा ध्यान दिनेछौँ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । उहाँले मुलुक र जनताप्रति समर्पित भएर सबैलाई मार्गनिर्देश गर्नुहुने सादगी राजनेता कृष्णप्रसाद भट्टराईको नाममा प्रतियोगिता सञ्चालन गरेकामा आयोजकलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले २०५५/५६ मा खेलकदमन्त्री हुँदा रोकिएर रहेका पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गराएर खेलकुदका कार्यक्रमलाई नियमित गराएको स्मरण गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुदले मानिसलाई स्वस्थ जीवन यापन गर्न सिकाउने बताउनुभयो । उहाँले नैतिकता, मूल्यमान्यता र आदर्शलाई अनुशरण गर्न सिकाउने व्यक्तित्वको नाममा प्रतियोगिता गरेकामा धन्यवाद व्यक्त गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले यस्ता प्रतियोगिताले खेलाडीको स्तरवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले राजनीतिमा धैर्यता तथा खेलकुदमा गतिशीलता र अनुशासन आवश्यक हुने भन्दै खेलाडीलाई अनुशासित भए निरन्तर खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले यस्ता प्रतियोगिता सञ्चालन गर्दा खेलकुद जगतबाट कृष्णप्रसाद भट्टराईको योगदानलाई चीरस्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

ललितपुर, १८ माघ : नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले भन्नुभयो, “आँखा जाँच गरिएकामध्य चार सय कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतिविन्दुका बिरामी भेटिएका छन्”, अस्पताल व्यवस्थापक दीपक बोहोराले भन्नुभयो । उहाँका अनुसार एक सय ४८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका नौ जना मोतिविन्दुका बिरामीलाई शल्यक्रियाको सेवा पनि निःशुल्क उपलब्ध गराइने छ ।

“सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दी वर्षौंदेखि आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि उनीहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ”, प्रा डा श्रेष्ठले भन्नुभयो । प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्राडा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गर्नुभएकोे थियो ।

काठमाडौँबाट बैंकक जान लागेका यात्रुको झोलाबाट थाई भाट २० हजार चोरी गर्ने एकजना पक्राउ

काठमाडौँ, १८ माघ : नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई आज दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभि अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले उक्त थाई भाट चोरी गरेको खुलेको हो । निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

युवा महोत्सवको तयारीमा एमाले काठमाडौँ

काठमाडौँ, १८ माघ ; ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरुपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ । उक्त महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिइयो । एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ प्रमुख आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताउनुभयो ।एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बीच पार्टीलाई निरन्तर परिचालन गरिने जनाउनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने महोत्वसमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।

गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

म्याग्दी, १८ माघ : गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउने कानुनी बाटो खुलेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा मापदण्ड बनाएर राइड सेयरिङ दर्ता गर्ने व्यवस्था गरिएको हो ।

नियमावलीको दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । सो व्यवस्थाअनुसार निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्नसक्ने गरी मापदण्ड बनाउन गृहकार्य थालिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताउनुभयो । “नियमावलीले राइड सेयरिङलाई नियमन गर्न र वैधानिक बनाउन कानुनी बाटो खोलेकाले मापदण्ड तयार पार्न लागिएको हो”, उहाँले भन्नुभयो, “मापदण्डको आधारमा दुई पाङ्ग्रे र निजी सवारी साधन प्रक्रिया पु¥याएर राइड सेयरिङमा दर्ता हुन पाउनेछन् ।”

प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालयमा दर्ता भएर अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने राइड सेयरिङ यात्रुमाझ लोकप्रिय बन्दै गए पनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव छ । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । यी एपको नियमनका लागि यसअघि बागमती प्रदेश सरकारले कार्यविधि बनाएको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभ नामक राइड सेयरिङ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । कानुन अभावमा राइड सेयरिङ गर्नेले पोखराका ट्याक्सी चालक तथा व्यवसायीले आक्रमण र अवरोध गरेको गुनासो गरेका छन् ।

राइड सेयरिङ सेवाका लागि दुई पाङ्ग्रे सवारी साधन दर्ता गर्न रु २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष रु १२ हजार पाँच सय तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क रु ५० हजार र नवीकरण शुल्क रु २५ हजार आर्थिक विधेयकमा उल्लेख छ ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता, अनुमति लिन रु ७० हजार र वार्षिक नवीकरण गर्न रु ३५ हजार तोकिएको छ । गण्डकी प्रदेशको चालु आर्थिक वर्षको आर्थिक विधेयकमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी अब प्रदेशमा पनि अनिवार्य दर्ता हुनुपर्ने उल्लेख गरिएको थियो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयअनुकूल व्यवस्थित बनाउनका लागि नियमावली तयार पारिएको बताउनुभयो । “सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्य गर्नका लागि नियमावलीमा राइड सेयरिङलाई वैधानिकता दिँदा रोजगारी सिर्जना पनि हुने सम्भावना छ”, उहाँले भन्नुभयो, “मिटरमा नचल्ने ट्याक्सीलाई तत्काल कारबाही गर्ने नीति ल्याउँदा पनि नियमन गर्न नसकिएपछि राइड सेयरिङलाई दर्ता गरेर सञ्चालन हुन दिने अवस्था आएको हो ।”

नियमावली यातायात क्षेत्र सुधारका लागि कोसेढुङ्गा सावित हुने मन्त्री जुग्जालीले बताउनुभयो । “राजस्वको स्रोत बढाउन र सार्वजनिक यातायातमा चुनौती बनेका ट्याक्सीलाई नियमन गर्न पनि नियमावली सहयोगी बन्नेछ”, मन्त्री जुग्जालीले भन्नुभयो, “ठूलो जनशक्ति र समय ट्याक्सीलाई मिटरमा चलाउन लगाउनुभन्दा राइड सेयरिङलाई विकल्पका रुपमा वैधानिकता दिन लागिएको हो ।”

सेवाग्राही आफैँले एप प्रयोग गरेर राइड सेयरिङमार्फत सवारी साधन प्रयोग गर्न पाउने छन् । पोखराका ट्याक्सी व्यवसायीसँग भएको छलफलमा उनीहरु गत भदौ १ बाट मिटरमा चलाउन सहमत भएका थिए । ट्याक्सी व्यवसायीले मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्ने पटक–पटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले कानुन कसिलो बनाउँदै लगेको हो ।

मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई रु दुई हजारबाट बढाएर रु १० हजार पु¥याएको मन्त्रालयले छ महिना निलम्बन गर्ने व्यवस्था नियमावलीमा गरेको छ । पोखरामा दुई हजार पाँच सयसहित गण्डकी प्रदेशभर करिब तीन हजार पाँच सय ट्याक्सी छन् । यातायात व्यवस्था कार्यालय कास्कीमा तीन लाख ११ हजार सवारी साधन दर्ता भएका छन् । तनहुँ, नवलपुरका कार्यालयमा समेत गरी गण्डकी प्रदेशमा पाँच लाख सवारी साधन दर्ता छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौँ, १८ माघ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई आज पक्राउ गरेको छ ।

चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो, बाँकी जानकारी पछि सार्वजनिक हुने छ ।” बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलताः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौँ, १८ माघ ; विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो ।

निर्देशनअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ ।गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐनबमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ ।परिपत्रअनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भइआएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्नेछ र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने व्यवस्था गरिएको छ । राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगे पनि त्यसउपर समयमै राय प्रतिक्रिया तथा सहमति प्रदान नगर्ने र सो ढिलासुस्तीका कारण विकास निर्माण, कानुन निर्माण तथा सेवा प्रवाहसम्बन्धी विभिन्न सरकारी निकायका कामहरूमा असर परेपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।सरकारको यो निर्णयबाट कुनै पनि मन्त्रालयलाई मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन सहज भएको छ । यसले सरकारका गतिविधिमा हुँदै आएको ढिलासुस्ती कम हुँदै गएको छ । यसले विभिन्न मन्त्रालयले अन्य मन्त्राललयलाई दिनुपर्ने रायका विषयमा झुलाएर राख्ने प्रवृत्ति कम हुँदै गएको छ ।प्रधानमन्त्रीको सक्रियतामा भएको उक्त निर्णयपश्चात् अन्तरमन्त्रालय कार्यमा गति पैदा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अब काम हुन्छ वा हुन्न भन्ने स्पष्ट खुलाउनपर्ने हुन्छ, विगतमा जस्तो ढिलासुस्ती गर्न पाइन्नँ ।”विगतमा छ महिना, वर्ष दिनसम्म पनि परामर्श नदिने अवस्था रहेको गुनासो आउने गरेमा त्यो समस्या अन्य भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ विकास–निर्माणका निम्ति नीति निर्माण, कार्यान्वयन एवं मूल्याङ्कनलगायत विषयमा राय लिनुपर्ने हुन्छ, राय दिनुपर्ने समयसीमा तोक्दा कार्यसम्पादन सहज भएको छ ।”ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रधानमन्त्री कार्यालयबाट निर्णय आएको जानकारी दिँदै विकास निर्माणमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणमा केन्द्रित भएका मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयले विकास निर्माणमा हुने गरेको ढिलासुस्ती कम भएर जाने बताउनुभयो ।प्रधानमन्त्री कार्यालयका प्रवक्ता भट्टले मन्त्रालयगत ‘ब्रिफिङ’का क्रममा प्रधानमन्त्रीसँग मन्त्रिपरिषद्का सदस्य तथा विभिन्न मन्त्रालयका सचिवले कानुनका मस्यौदा तथा अन्य निर्णयका विषयमा मागिएको राय समयमा प्राप्त नहुँदा काम गर्न ढिलाइ भएको बताएसँगै प्रधानमन्त्री दाहालले राय तथा सहमति दिने सम्बन्धमा समयसीमा तोकेर व्यवस्था गर्न निर्देशन दिनुभएबमोजिम मन्त्रिपरिषद्ले पछिल्लो निर्णय गरी परिपत्र गरेको हो ।

मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी

काठमाडौँ, १८ माघ : नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०÷८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।

मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसीटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

उहाँकाअनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ । “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउन प्रत्येक चालकले सही हालतमा सवारीसाधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ”, केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।

यस आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार छ सय २७, कोशी प्रदेशमा दुई हजार पाँच सय २४, मधेस प्रदेशमा दुई हजार २१, बागमती प्रदेशमा एक हजार ९८, गण्डकी प्रदेशमा आठ हजार नौ सय २३, लुम्बिनी प्रदेशमा दुई हजार सात सय ७३, कर्णाली प्रदेशमा एक हजार दुई सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । काठमाडौँ उपत्यकाका धैरै ठाउँमा सवारीसाधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेका कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि विषेश जोड दिँदै आएका छौँ ।”

सो अवधिमा कारबाहीमा पर्नेबाट काठमाडौँ उपत्यकामा रु एक करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा रु २५ लाख ३९ हजार पाँच सय, मधेस प्रदेशमा रु २० लाख ४२ हजार पाँच सय, बागमती प्रदेशमा रु ११ लाख १७ हजार, गण्डकी प्रदेशमा रु ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा रु २७ लाख ७३ हजार, कर्णाली प्रदेशमा रु १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा रु २० लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

यसैगरी उक्त अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा ८१, कोशी प्रदेशमा २८, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।प्रहरी प्रवक्ता ढकाल भन्नुहुन्छ, “मापसे, लापसे नगरी सवारीसाधन चलाउने कार्यलाई प्रवद्र्धन गर्न प्रहरी र नागरिकबीच सहकार्य र समन्वय गरी अगाडि बढ्नु आवश्यक छ । हाम्रो मुख्य ध्यान दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो । नागरिकले पनि प्रहरीको यो कार्य मेरो आफ्नै सुरक्षाका लागि हो भन्ने कुरा मनन् गरिदिएमा सबैका लागि राम्रो हुनेछ ।”

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की, १८ माघ : पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय« अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । विजेताले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

विभागीय टोली आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यसैगरी चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो । क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो । थ्रीस्टार क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरी उपाधि नजिक पुगेको हो ।

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता थियो ।

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए ।

प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिए ।

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारकोतर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने उनको सचिवालयले जनाएको छ ।

मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र 

यसैगरी सम्बोधनमा प्रधानमन्त्री दाहालले मधेस प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको पनि बताए । प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, “सङ्घीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेस प्रदेशलाई पुनःज्ञान विज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिबद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।”

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड विनियोजन

काठमाडौँ, १८ माघ : अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो ।

यसैबीच ,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि नगर प्रमुख गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका उच्च पदस्थ कर्मचारीले गणेशमान मार्गको बुधबार अनुगमन गर्नुभएको छ ।

गत पुस २८ गते सो मार्ग अन्तर्गत सेतोपहरोमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गर्नुभयो । उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ । सो अवसरमा नगरप्रमुख गिरीले गणेशमान मार्गको स्तरोन्नतिको काम अगाडि बढाउन रकम विनियोजन गरेकामा अर्थ मन्त्री डा प्रकाशशरण महतलाई धन्यवाद दिनुभयो ।

नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । साउथ फिल्मका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको मूख्य अभिनय रहेको यस फिल्म २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको छ । यसबारे जानकारी अभिनेत्री निताले सामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

उनले लेखेकी छिन् – ‘असोज ११, २०८१ (२७ सेप्टेम्बर २०२४) हो ! हाम्रो चलचित्र ह्रस्व दीर्घ रिलिज हुने मिति तय भएको छ । र महान हास्य कलाकार ब्रमानन्दम सरलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाई संग काम गर्दा धेरै राम्रो अनुभव भयो’

फिल्ममा ब्रह्मानन्दम बाहेक अन्य साउथ कलाकारहरुले पनि अभिनय गरेका छन् ।

सौराहामा एकहजार जना अट्ने सभाहल निर्माणको काम अन्तिम चरणमा

भरतपुर (चितवन), १८ माघ : चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा रु डेढ करोड मात्र विनियोजन भएको बताउनुभयो ।

सभाहलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको आयोजनाका इञ्जिनियर सुजन खतिवडाले जानकारी दिनुभयो । निर्माणको लागत रु ३५ करोड २२ लाख ७० हजार (भ्याटसहित) रहेको उहाँले बताउनुभयो । सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने जनाइएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभाहल सौराहाको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । रत्ननगरले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा ‘सिटीहल’ निर्माण गरिएको हो ।

आज बिहानैदेखि जुम्लामा हिमपात, किसान खुसी

जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन् ।

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।