`

हेर्नुहोस् पुष १७ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछैन ।

बृष राशि – गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।

मिथुन राशि – स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिएला ।

कर्कट राशि- बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।

सिंह राशि – अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।

कन्या राशि- पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

तुला राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।

बृश्चिक राशि- मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि- मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।

मकर राशि – नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।

कुम्भ राशि – सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।

मीन राशि – पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

‘नेपालका खेललाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्‍याउनुपर्छ’ – ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका खेल अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५औँ स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालका खेलाडीहरूले उत्कृष्ट क्षमता प्रदर्शन गर्ने क्रम बढेको बताउनुभयो । उहाँले नेपालका खेलाडीमा अन्तरराष्ट्रियस्तरको पदक हासिल गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेलाडीलाई प्रोत्साहन राज्यले प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीको भूमिका महत्त्पूर्ण हुने बताउनुभयो । एकेडेमीले खेलाडीहरू उत्पादन र क्षमता विस्तार गर्न ठूलो भूमिका खेलेको बताउनुभयो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले देशभरि नै एकेडेमीले विभिन्न खेल खेलाउने तयारी गरेको जानकारी दिनुभयो ।

एकेडेमी र खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउनुभएका विभिन्न व्यक्तिलाई सम्मान गरिनुका साथै एकेडेमीले बनाएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।

सन् २०२३ मा ९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी, १७ पुस : पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।

एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो । “ राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो”, उहाँले भन्नुभयो, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।”सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुर्ई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए ।सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार एक सय ६६ जना तेस्रो मुलुकका छन् । दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताउनुभयो ।कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ ।उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले राससलाई बताउनुभयो ।

इलामको जौबारीमा पोथी रेडपान्डा मृत अवस्थामा फेला

मङ्गलवारे, १७ पुस: लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो ।

सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।जौबारी भारत नजिक पर्दछ । खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् । को सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा रेडपाण्डा पाइन्छन् । रेडपाण्डा संरक्षाणमा केही संस्था क्रियाशील रहे पनि लक्ष्यित उद्देश्य हासिल नभएको उनीहरूको गुनासो छ । केही समय अघि पनि यहा मृत अवस्थामा रेडपाण्डा फेला परेको थियो ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

महोत्तरी, १७ पुस : नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउनुहुन्छ । विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील हुनुभएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताउनुभएको छ । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।

नैतिक संकटमा तीन मन्त्री

ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्।

आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने क्रममा गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्रीले समस्यालाई समयमै सुल्झाउन नसक्दा युवाहरू त्यसरी आन्दोलित हुनुपरेको थियो।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) मा सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाले शुक्रबार इपिएस शाखा कार्यालय ग्वार्कोनजिक आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला त्यही बाटोबाट झन्डावाला गाडीमा सवार भएका थिए।

इपिएसको कार्यालयअगाडि सयौं युवा बिहीबारैदेखि आन्दोलन गरिरहेको र त्यो आन्दोलनले शुक्रबार पनि निरन्तरता पाएको अवस्थामा मन्त्री ज्वालाले भने आफूलाई त्यसबारे जानकारी नै नभएको र सुरक्षाकर्मीले खबरसमेत नगरेको भनेर जोगिने प्रयास गरिरहेका छन्। त्यसैगरी श्रममन्त्री भण्डारीले भने अहिलेसम्म कुनै अभिव्यक्ति दिएका छैनन्। मानौं,उनी यो घटनाभन्दा टाढै छन्।

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवालजवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ। त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टीको बैठकस्थलमा पुर्‍याएको रहेछ। इपिएसका कर्मचारी पनि जिम्मेवार बनेको देखिएन,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिमा बताएका छन्।
गृहमन्त्रीको यस्तो भनाइका कारण मन्त्री ज्वालामाथि पदमा बसिररहन नैतिक संकट उत्पन्न भएको छ। तर उनी सोमबारसम्म पनि प्रस्टीकरण दिँदै हिँडिरहेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या

सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको बताए । “सर्भरमा डोमेन नेम सिस्टम (डिएनएस) भन्ने हुन्छ । त्यसमा समस्या आउँदा डिएनएस अवरुद्ध भयो । त्यसो गर्दा सेन्टरको सेवा अवरुद्ध भएको हो,” उनले भने।

उनले ह्याकरले भिपिएन प्रयोग गर्ने भएकाले आक्रमण कहाँबाट भयो भन्न नसकिने र सो कुरा महत्वपूर्ण पनि नभएको बताए । “सर्भरमा आक्रमण नहुने भन्ने हुँदैन । साइबर आक्रमण जस्तोसुकै सुरक्षित सर्भरमा पनि हुने गर्छ । जोखिम कम गर्न डाटा सेन्टरको प्रविधि र जनशक्तिमा पर्याप्त लगानी बढाउनु पर्छ,” उनले भने ।

उनका अनुसार यस्तो समस्या आउन नदिन जगेडा सर्भर (मिरर सर्भर) राख्नु पर्छ तर त्यस्तो सर्भर नहुँदा सरकारी वेबसाइटहरू असुरक्षित भएका हुन् । “एक ठाउँको सर्भर डाउन भएमा अर्को स्थानमा रहेको जगेडा सर्भर सञ्चालन गर्ने विषयमा हामी चुकेका छौँ । यस्तो अवस्थामा सेवा अवरुद्ध हुन नदिन दुईरतीन ठाउँमा डाटा सेन्टर राख्ने गरिन्छ,” कार्यकारी निर्देशक पौडेलले भने । उनका अनुसार भूकम्प वा अन्य प्राकृतिक विपत् हुँदा समस्या नहोस् भनेर त्यस्तो सर्भर बेग्लै भौगोलिक स्थान र दुरीमा राख्नु पर्दछ तर त्यसका लागि बजेटको अभाव छ ।

पौडेलले भने, “राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरेर सूचना प्रविधि विभागमा गाभ्ने भनेर सरकारको नीति आएपछि हामीलाई पुँजीगत बजेट आएको छैन । सिस्टम किन्ने, अपडेट गर्ने, लाइसेन्स नवीकरण गर्नेरचलाउनेलगायतका विषयमा बजेट आएको छैन । बजेट नहुँदा त्यस खालका काम केन्द्रले गर्न पाएको छैन ।”

केन्द्रले हेटौँडाको डाटा सेन्टरमा अनलाइन नभई अफलाइन मात्र डाटा भण्डार गर्ने गरिएको छ । काठमाडौँमा रहेको डाटा सेन्टर डाउन हुँदा हेटौँडाको डाटा सेन्टरबाट चल्ने बनाउने भनिए पनि सो हुन सकेको छैन । खुमलटार र कोहलपुरको नयाँ डाटा सेन्टरमा पनि बजेटकै समस्या छ र कुनै प्रक्रिया अगाडि बढेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कठ्याङ्ग्रिने चिसो बढेसँगै कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी

फुङ्लिङ, १७ पुसः कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले राससलाई बताउनुभयो ।

विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताउनुभयो । पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्भने केही काठमाडौँ पुगेका छन् ।चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताउनुभयो । गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिएभने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उहाँले बताउनुभयो । शेर्पाले भन्नुभयो, “कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजङ्घा क्षेत्रमा धेरै आएका छन् । ”

मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सांसदसमेत रहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्षसहित सांसदहरूले तोडेका हुन् ।

हरेक वर्ष इस्वी संवत्को नयाँ वर्षको दिन आफ्नो पार्टीले धोती दिवस मनाउँदै आएको भन्दै धोती दिवस लेखिएको ब्यानर लिएर मन्त्री यादव र सांसद राउत सहभागी भएका थिए। धोती लगाएर माइतीघर निषेधित क्षेत्रमा गरेको र्यालीको अगुवाइ गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग मन्त्री, सांसदको धकेलाधकेल भएको थियो । माइतीघर निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडि रहेका राउतसहित टोलीलाई ओर्लिनेबित्तिकै प्रहरीले धरपकड गर्न शुरू गरेको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेलगत्तै त्यसको प्रतिकार गर्दै नेकपा एमाले निकट युवा संगठनले सोही स्थानमा अर्को प्रदर्शनी गर्ने तय गरेको थियो । जिल्लाको समग्र सुरक्षा व्यवस्थापन जिम्मा स्थानीय प्रशासन ऐन २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

जिल्लाको वस्तुस्थिति कस्तो छ, कस्ता रणनीति र उपाय अपनाउँदा शान्तिसुरक्षा र अमनचयन राख्न सकिन्छ भनेर प्रजिअले नै सोहीअनुसार निर्णय गर्ने, आदेश दिने प्रावधान रहेको छ । त्यसपछि प्रशासनले मंसिरको पहिलो साता माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रशासनले जुलुस, प्रदर्शनी गर्न नपाउने निषेधित क्षेत्रको दायरा मिति थप दुई महिनाका लागि बढाउँदै लगेको पृष्ठभूमिमा हिजो मन्त्री र सांसदले निषेधित क्षेत्र तोडेका थिए । शुरूमा एक महिनाको लागि निषेधित क्षेत्र तोकेको प्रशासनले पछिल्लोपटक पुस ४ देखि फागुन ४ सम्म निषेधित क्षेत्र तोकेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो ।

रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ ।

दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने भुक्तानी सहजीकरण गरिदिन दूतावासमा अनुरोध प्राप्त भएको जनाएको छ ।

दूतावासले प्रकाशित गरेको लिंक प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सम्बन्धित सबैमा दूतावासले अनुरोधसमेत गरेको छ । सूचीमा संग्लन भएका व्यक्तिहरूलाई चिनेको वा उनीहरूसँग सम्पर्क छ भने यो सूचना समयमै उनीहरूसम्म पु¥याई सहयोग गरिदिन पनि दूतावासले अनुरोध गरेको छ ।

यसअघि टाट पल्टिएपछि पारिश्रमिकलगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो । ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ । कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरूलाई बोलाएको दूतावासले जनाएको छ ।

पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

बझाङको चैनपुरमा डोजर पल्टिँदा चालकको मृत्यु

चैनपुर (बझाङ) १७ पुस : जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।

सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताउँदै “जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,” उहाँले भन्नुभयो । मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

मुम्बईको कुर्ला गार्डेनमा भीषण आगलागी

मुम्बईको कुर्ला गार्डेनको लाल बहादुर शास्त्री मार्गमा सोमबार दिउँसो भीषण आगलागी को छ । त्याँस्थित छवटा काठका पसलहरूमा आगलागी भएको बृहन्मुम्बई नगरपालिकाको मुम्बई फायर ब्रिगेडले जनाएको छ।मुम्बई फायर ब्रिगेडका अनुसार दिउँसो २.२० बजेतिर आगलागी शुरु भएको थियो ।

घटनापछि प्रहरी र एम्बुलेन्सका कर्मचारीहरू घटनास्थलमा पुगेका छन्। हालसम्म कुनै मानवीय क्षति भएको जानकारी नआए तापनि ठूलै धनमालको क्षति भएको र विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य – महानगर प्रमुख आचार्य

गण्डकी – पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुने बताउनुुभएको छ ।‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि लेखनाथमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सव समापन समारोहमा उहाँले निजी क्षेत्रसँगको साझेदारीमा विकासका गति बढाउन सकिने बताउनुुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिँदै उहाँले पोखरा आफैँमा सौन्दर्यले भरिपूूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यलगायत कुरालाई समेटेर पर्यटनको राजधानी बनाउनुपर्ने बताउनुुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा योगदान पुुग्ने बताउनुुभयो । क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा गरी वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महोत्सवले महत्त्वपूर्ण योगदान पु¥याउने उहाँले बताउनुुभयो ।

महोत्सव अवधिभर रु नौ करोडभन्दा बढी कारोबार भएको र तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिनुुभयो ।सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव १९औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै सबैको सहयोगमा सफल भएको बताउनुुभयो ।

महोत्सवस्थलमा निर्माण गरिएको ‘थ्रिडी आर्ट’सहितको कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघरको नमूना, विभिन्न सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकलाई आकर्षित गरेको थियो ।

महोत्सवबाट हुने बचत रकमबाट प्रदर्शनी स्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, सङ्घद्वारा बेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माणलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।

दबाब र प्रभावमा परेर काम नगर्न गृहमन्त्री पाण्डेयको आग्रह

लुम्बिनी, १६ पुस : लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेयले सकारात्मक सोच राखेर अगाडि बढ्न आग्रह गर्नुभएको छ । बुटवलमा आज आयोजित लुम्बिनी प्रदेशका नेपाल प्रहरीका कार्यालय प्रमुखहरुको गोष्ठीलाई सम्बोधन गर्दै उहाँले न्यूनतम साधन स्रोत र जनशक्तिका बाबजुद पनि नेपाल प्रहरीले अधिकतम उपलब्धि हासिल गरेको छ भन्नुभयो । गृहमन्त्री पाण्डेयले प्रहरीले दबाब र प्रभावमा परेर काम नगर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री पाण्डेयले पछिल्लो समय साइबर क्राइमका अपराध बढिरहेको जनाउँदै त्यस्ता विषयका अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारले नीति तथा कार्यक्रममै सम्बोधन गरेर बजेट छुट्याएको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले प्रविधिको विकाससँगै प्रविधिजन्य अपराधको चुनौती बढिरहेको छ भन्नुभयो । अनुसन्धानले जहिले पनि साधन स्रोतको माग गरिरहे पनि प्रहरीलाई साधन स्रोतको अभाव भइरहेको उहाँले बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अपराध अनुसन्धानको पाटोमा कुनै पनि कमजोरी हुन नहुने बताउनुभयो । उहाँले एक्काइसाँै शताब्दीमा सामाजिक मामिला जटिल बन्दै गएको र अपराधका प्रकृतिहरुमा पनि फरकपन आइरहेको उल्लेख गर्दै अनुसन्धानलाई पनि त्यही अनुसार परिस्कृत गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले सामाजिक सञ्जालबाट हुने साइबर अपराधका घटनाहरु लुम्बिनीमा पनि बढी देखिएकाले साइबर अपराधका घटनाहरुको अनुसन्धानका लागि जनशक्तिलाई तालिमको आवश्यकता औँल्याउनुभयो ।

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार दिइने

खलङ्गा (प्यूठान), १६ पुसः प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।

अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

“बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने छ, “उहाँले भन्नुभयो, “यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ ।” बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताउनुभयो ।

‘पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध’- मुख्यमन्त्री कार्की

मोरङ, १६ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज यहाँ आयोजित प्रदेशसरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरू बीच गरिएको नीति अन्तरक्रिया उहाँले सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको जानकारी दिनुभयो ।

पर्यटकहरुको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारण कायम गर्ने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरुको सुझावअनुसार ऐनमा संशोधन गर्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसायी समेत सरकारको दूत रहेकाले संयुक्तरुपमा भारतको विहार, बङ्गालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिनुभयो ।मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठ, होटल व्यवसायी सङ्घ प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतले भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था एवं राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने सुझाव दिनुभयो ।

‘तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्छ’- मुख्यमन्त्री शाह

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्नेबताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री शाहले समग्र स्वास्थ्यका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउँदै भन्नुभयो, “गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कार्यक्रममा सहभागी पालिका तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य सुधार र जनशक्तिलगायत विषयमा उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । मन्त्रालयका डा कृष्णप्रसाद पौडेलले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुभएको थियो । मन्त्रालयकै डा चुमनलाल दासले मातृमृत्यु दरको अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो ।

पटकपटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ – महामन्त्री शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

अवसरका पदमा पटकपटक दोहोरिने परम्परा अब अन्त्य गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भन्नुभयो, “पटकपटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ, राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन ।”

संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिनुभयो ।महामन्त्री शर्माले ठूलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तो छ उद्योगमन्त्री रिजालको नौ महिनाको प्रगति

काठमाडौँ, १६ पुस : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला नौ महिनामा औद्योगिक क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैैत्री बजार स्थापित गरेको जनाएको छ ।

उद्योग मन्त्रीका रुपमा रमेश रिजालले कार्याभार सम्हाल्नुभए यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री रिजालको नेतृत्वपछि नेपाल आयल निगमको सुधारसँगै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधाको सुरुआत, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टमजस्ता प्रमुख काम मन्त्री रिजालको आगमन पछि सम्पन्न भएको छ ।

त्यस्तै चीनसँगका प्रमुख दुई नाका तातोपानी नाका र रसुवागढी केरुङ सञ्चालन ल्याइनु, करिब ११ महिनादेखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्दन बोर्डको बैठक सञ्चालन गर्न सफल हुनु, निर्यात अनुदान पाउने उद्योगको सङ्ख्या बढाइ कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा वृद्धि गर्न सक्नुलगायत उपलब्धी मन्त्री रिजालको अग्रसरतामा सफल भएको जनाएको छ ।

यस्तै १५ वटा मझौला उद्योग, एक सय ४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीलगायत चालू आवको मङ्सिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । आव २०८०/८१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु आठ अर्ब १३ करोड ८० लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

मङ्सिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानुन तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

हङकङमा पहिलो नागरिक देशभक्ति शैक्षिक प्रदर्शनी

हङकङमा पहिलो गैर-सरकारी देशभक्ति शिक्षा प्रदर्शनी कक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । यसको उद्देश्य देशभक्तिको इतिहास बुझ्न र सिक्न मञ्च प्रदान गर्ने रहेको बताइएको छ ।

ऐतिहासिक सामग्रीहरूको विशाल संग्रहको माध्यमबाट, सो कक्षले “रातो जीन” (क्रान्तिकारी भावना), देशभक्तिको शिक्षालाई प्रगाढ बनाउने र सामाजिक एकता र राष्ट्रिय पहिचान अझ सशक्त बढाउने लक्ष्य राखिएको बताइएको छ ।

उद्घाटन समारोहमा, हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका संस्कृति, खेलकुद र पर्यटन सचिव केभिन येउङले प्रदर्शनी हलको स्थापनाले देशभक्तिपूर्ण शिक्षाको प्रवर्द्धन गर्ने अपेक्षाहरू पूरा गरेको बताउनु भएको छ । उहाँले चीनको विकास र उपलब्धिहरू प्रदर्शन गर्न हङकङ सरकारले विशेष हल स्थापना गर्ने पनि उल्लेख गर्नु भएको छ ।

हङकङको प्रदर्शनी कक्ष १३ औं शताब्दीमा चीनमा बसोबास गर्ने विद्वान-जनरल वेन टियानज्याङका देशभक्त राष्ट्रिय नायक वेन टियानसियाङका सन्तानहरूको आवासीय क्षेत्रमा अवस्थित छ।

सो प्रदर्शनीकक्षले हङकङको शताब्दी-लामो देशभक्तिपूर्ण गतिविधिको प्रदर्शन गर्न २०० वटा बहुमूल्य ऐतिहासिक कागजातहरू, तस्बिरहरू, र कलाकृतिहरू प्रदर्शनमा राखेको छ ।

प्रदर्शनीको पहिलो चरण दुई वर्षसम्म चल्ने र सर्वसाधारणका लागि खुला हुनेछ ।चीनको नयाँ देशभक्ति शिक्षा कानून जनवरी १ देखि लागू हुँदैछ ।

‘विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ ’: मन्त्री बस्नेत

सुदूरपश्चिम, १६ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनुपर्छ भन्नुभयो ।अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उहाँले भन्नुभयो, “गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन ।”

प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याय परिसरमा रहेका भवन संरचनामा केही महिनादेखि अस्पताल सञ्चालनमा गरिएको छ ।

यसअघि धनगढीमै आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा मन्त्री बस्नेतले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

चिकित्सा शिक्षामा सुधार गर्न सकिएमा विदेश पढ्न जानेबाट बाहिरिने ठूलो रकम देशमै रोकिने भई बाहिरबाट पढ्न आउनेबाट धन स्वदेशमा भित्रिई रोजगारीसमेत सिर्जना हुने बताउनुभयो ।

विसं २०५४ पछि पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ठूलो सङ्ख्यामा स्वास्थ्य कर्मचारीको दरबन्दी थपिन लागिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । समग्र स्वास्थ्यका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कार्यक्रममा सहभागी पालिका तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य सुधार र जनशक्तिलगायत विषयमा उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

मन्त्रालयका डा कृष्णप्रसाद पौडेलले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुभएको थियो । मन्त्रालयकै डा चुमनलाल दासले मातृमृत्यु दरको अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको औषत परिवार सङ्ख्या, खाद्यान्नको अवस्था, जन्मदर्ता, रोजगारीको अवस्था, मदिरा र सुर्तीजन्य पर्दाथको प्रयोग, प्रजनन दरलगायत सूचकहरु सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा मातृमृत्यु दर, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या, परिवार नियोजन गराउनेको सङ्ख्या पहिलेको भन्दा सुधार आएको उल्लेख गरिएको छ । बाल मृत्युदरमा भने सुधार आउन नसकेको जनाइएको छ । हरेक पाँच वर्षमा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्ने गरिएको छ ।

युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको भनाइ

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताउनुभएको छ ।बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो ।

“हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो”, सोमबार एक सैन्य अस्पतालको भ्रमणका क्रममा पुटिनले भन्नुभयो । रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्नका लागि दबाब बढाउने उहाँको भनाइ थियो ।मस्कोले युक्रेनमा गरेको आक्रमणको करिब दुई वर्षपछि राष्ट्रपति पुटिनले भन्नुभयो, “हामी आज त्यो गर्दैछौँ र भोलि पनि हामी यस्तै गरिरहने छौँ ।” रुसले नयाँ वर्षको दिन आफूमाथि ‘रेकर्ड’ सङ्ख्यामा ड्रोन हमला गरेको युक्रेनले बताएपछि पुटिनको सो भनाइ आएको हो ।पुटिनले बेलगोरोड हमलालाई ‘आतङ्कवादी हमला’ भन्नुभयो । ‘नयाँ वर्षको पूर्वसन्ध्याभन्दा ठीकअघि मानिसहरू टहलिरहेको सहरको केन्द्रमा’ निशाना बनाएको उहाँले आरोप लगाउनुभयो ।उहाँले रुससँग ‘आफ्ना समस्याहरू सुल्झाउन’ पश्चिमी मुलुकहरूले युक्रेनलाई प्रयोग गरिरहेको दाबीलाई दोहोर्याउनुभयो । उहाँले द्वन्द्वमा ‘रणनीतिक पहल’ रुसको पक्षमा भएको विश्वास गरेको बताउनुभयो ।इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार उहाँले भन्नुभयो, “कुनै पनि अवस्थामा मलाई यस्तो प्रकारको जानकारी दिइन्छ र कुनै पनि आक्रामक कारबाही शत्रुको पराजयपछि गर्नुपर्छ भन्ने कुरामा म सधैँ जोड दिन्छु ।”

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक छ’: माधवकुमार नेपाल

काठमाडौँ, १६ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलापको आवश्यकता औल्याउनुभएको छ ।

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा भएका राजनीतिक आन्दोलनका उपलब्धिहरु कांग्रेस र कम्युनिष्टको एकता र मेलमिलापबाटै सम्भव भएको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले राजनीतिक व्यवस्थालाई सबल बनाउन जनतामा सुशासन प्रत्याभूति गराउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्टबीचका सहकार्यले नै नेपालको संविधान जारी भएको उल्लेख गर्दै अब संविधानको रक्षा गरेर सुशासन र समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम सहमतिका साथ टुंग्याउनुपर्ने उल्लेख गर्दै उक्त विषय कुनै दलसँग सम्बन्धित नभई राष्ट्रको विषय भएको बताउनुभयो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले संविधानमा रहेका केही कमजोरी सच्याउँदै यसको कार्यान्वयन र रक्षामा सबै दल लाग्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले गर्नुभएको योगदान र संघर्षका कारण नै मुलुकको लोकतन्त्र आजको अवस्थामा आइपुगेको उहाँको भनाइ थियो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थाप्रतिको वितृष्णा हटाउन, समुन्नतीको साझा खाका बनाउन, विदेश नीति, संविधानको रक्षा र समृद्धिका लागि दलहरुबीच साझा धारणा आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै उहाँले युवामा आशा जगाउने र जनताको आवश्यकताअनुसार विकास आजको आवश्यकता हो भन्नुभयो । कांग्रेसका सहमहामन्त्री डा महालक्ष्मी उपाध्याय ‘डिना’ ले आज युवाहरु रोजीरोटीका लागि विदेशिन बाध्य भएको अवस्थामा शीर्ष राजनीतिक नेतृत्वले यसतर्फ ध्यान दिई समाधानका उपाय पहिल्याउनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले ठूलो सङ्घर्ष गरी ल्याएको लोकतन्त्र र प्राप्त राजनीतिक उपलब्धी जोगाउन सबै दलबीच एकता र मेलमिलापको खाँचो औँल्याउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेताकै कमजोरीका कारण व्यवस्थामाथि वितृष्णा देखिएको बताउँदै समाधानका लागि सबै दल र नेता सच्चिनुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।

कांग्रेसले पार्टीका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि विसं २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।

पवित्र तीर्थस्थल देवघाटधाम झोलुङ्गे पुलको भरमा

डुम्रे (तनहुँ), १६ पुस : त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम पवित्र तीर्थस्थलका रुपमा प्रसिद्ध छ । देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपमा महत्वपूर्ण मानिन्छ । यही महत्वपूर्ण धामबाट नै नामकरण गरिएको छ पालिकाको नाम देवघाट । ठूला नदीको बीच भागमा रहेका पालिका विकास निर्माणमा पछाडि परेको छ ।

यस देवघाट क्षेत्र झोलुङ्गे पुलको सङ्गम भन्न सकिने अवस्थामा छ । सङ्घीयता कार्यान्वयन भए पनि यहाँको विकासमा भने खासै परिवर्तन हुन सकेको छैन । लामो समयदेखि देवघाट क्षेत्र झोलुङ्गे पुलको भरमा नै रहेको छ । तीन ठूला नदीले घेरिएको देवघाट गाउँपालिकाको क्षेत्र झोलुङ्गे पुलले जोडेको छ । देवघाटबाट सदरमुकाम दमौली कामकै लागि आउनुपर्ने भएमा बागमती प्रदेश पार गर्नुपर्छ । मोटरेवल पुल नहुँदा यहाँका स्थानीय बागमती प्रदेश पार गरी सदरमुकाम आउनुपर्ने अवस्था छ । केही सहज हुने स्थानका पालिकाबासी झोलुङ्गे पुलबाट मादीसेती नदी पार गरी सदरमुकाम पुग्ने गर्दछन् । पुलको अभावले सामग्री ढुवानीमा समेत सकस हुने गरेको स्थानीय बताउँछन् ।

देवघाटसँग जोडिनका लागि हालसम्म १७ झोलुङ्गे पुलले घेरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका झोलुङ्गे पुलकै भरमा चलेको छ । यसलाई मोटरेवल पुल बनाउनका लागि समन्वय गरिरहेका छौँ । तर अझैसम्म हुन सकेको छैन ।”

ग्रामीण क्षेत्रलाई सहज बनाउने उद्देश्यले पालिकाले समन्वय गरिरहेका अध्यक्ष थापाले बताउनुभयो । झोलुङ्गे पुलरहित बनाउन भने नसकिएको उहाँको भनाइ छ । केही स्थानमा मोटरेवल पुल निर्माण हुने भइसकेको अवस्थामा तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन रहेको तनहुँ जलविद्युत् आयोजनाले गर्दा ढिला भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाट–३ र बन्दीपुर–६ स्थित मादीसेती नदीमाथि नाल्दीघाटमा मोटरेवल पुल निर्माण भइसक्थ्यो । तर तल्लो सेती जलविद्युत् आयोजना बन्ने भएपछि समय फेरिँदा झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने अवस्था छ ।”

देवघाट –२ र ३ वडासँग जोडिने आँबुखैरेनी, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा जोडिएको बुद्धसिं मार्गसँग जोड्ने मोटरेवल पुल निर्माण गर्न सकिएमा यस क्षेत्र झोलुङ्गे पुलरहित बन्ने उहाँले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले भन्नुभयो, “हालसम्म हाम्रै जिल्लातर्फ मोटरेवल पुल बन्न सकेको छैन । तर, पहल भने गरिरहेका छौँ । चितवनतर्फबाट आवतजावत हुने गरी भने तीन स्थानमा मोटरेवल पुल रहेका छन् ।” तनहुँतर्फ देवघाट–३ र बन्दीपुर गाउँपालिका–६ स्थित वाटरखोलामा मोटरेवल पुल निर्माणका लागि सरकारबाट स्वीकृत भएर आएको उहाँले बताउनुभयो ।

तनहुँको देवघाट–५ र चितवनको भरतपुर–२९ दासढुङ्गामा मोटरेवल पुल, देवघाट र नवलपुर जोडिने मोटरेवल पुल र चितवनतर्फकै ठिमुरामा मोटरेवल पुल निर्माण भएको छ । तर ठिमुराको मोटरेवल पुलले भने अझैसम्म पनि पूर्णरुपमा निर्माण भएको छैन । यहाँका ग्रामीण क्षेत्रलाई सहज रुपमा पालिकासम्म पुग्ने र फर्किने अवस्था बनाउन मोटरेवल पुल निर्माण गर्नुपर्ने स्थानीय नवराज गुरुङले बताउनुभयो । सुन्तला व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, “पालिकामै पुगेर काम गर्नुपर्ने भएमा थोरैमा तीन दिन खर्चनुपर्ने अवस्था रहेको छ । यसको अन्त्यका लागि मोटरेवल पुल नै मुख्य रहेको छ ।” सरकारले गाउँ गाउँमा सिंहदरबारको आभास हुने गरी पुल निर्माण भइदिए यहाँका स्थानीयले राहत पाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादित वस्तु बजार लैजान पनि समस्या छ । आवश्यक खाद्यान्न बजारबाट ल्याउन पनि झोलुङ्गे पुल तारेर ल्याउनुपर्ने अवस्था रहेको छ । यसको अन्त्य होस् यही नै हाम्रो माग हो ।” यहाँको आयस्तर वृद्धिका लागि पनि ग्रामीण क्षेत्रसँग जोड्ने गरी मोटरेवल पुल निर्माण हुनुपर्ने गरी समन्वय गरिरहेका देवघाट–२ का वडाध्यक्ष मीनबहादुर राना मगरले बताउनुभयो ।

यस पालिकाको ग्रामीण क्षेत्रमा पुग्नका लागि झोलुङ्गे पुलबाहेक सवारीसाधन आवतजावत गर्न समस्या रहेको छ । पाँच स्थानमा मोटरेवल पुल निर्माण गर्न सकिएमा देवघाटबाट सहज रुपमा सदरमुकाम आवतजावत गर्न सकिनेछ । आठवटा ठूला नदीको मिश्रण हुँदै आएका र हिमालबाट आएको कालीगण्डकी नदीमा विश्वमा प्रसिद्ध मानिने शालिग्राम भेटिने भएकाले यस क्षेत्रमा माघेसङ्क्रान्तिमा देवताहरुको ठूलो बैठक बस्ने स्थानलाई देवघाटधाम भनिएको किंवदन्ती छ ।

केशवलाल स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

मनहरी, १६ पुस : हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधिसहित रु दुई लाख जितेको हो ।

एपिएफले न्यू डाइमन्डलाई १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो । उपविजेता भएको न्यू डाइमन्डले रु एक लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमन्डले प्राप्त गरेको छ । उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित हुनुभयो ।

सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार र विधागत उत्कृष्टले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गर्नुभएको छ । पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिङ्गल राउन्ड रोविनका आधारमा सञ्चालन भएको थियो । एपिएफ ११ अङ्कका साथ समूह विजेता र न्यू डाइमन्ड १० अङ्कसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा न्यू डाइमन्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले रु ५०/५० हजार प्राप्त गरेको छ ।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष वसन्तकुमार सिटौला, वडाअध्यक्षहरु लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

दाङमा यात्रुवाहक बसले ठक्कर दिँदा विद्यालयबाट घर फर्किर्दै गरेका बालकको मृत्यु

देउखुरी (दाङ), १६ पुस : घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियोे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिनुभयो । घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन् ।

धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’गर्ने, उत्सव मा सहभागी बन्न प्रमुख हर्क साम्पाङको आग्रह

धरान, १६ पुस : धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गर्नुभएको छ । उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ ।

पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र ¥यालीले बजार परिक्रमा गरेपिछि धरान–१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, लोकदोहोरी कार्यक्रम र वाकाथुन कार्यक्रम रहने छन् भने २३ गते श्रमदाता र्‍याली र झाँकी प्रदर्शन तथा २४ गते रस्सीतान प्रतियोगिता, लगानी गोष्ठी आयोजना गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिनुभएको छ । उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ ।

कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरु आयोजना गरिने बताइएको छ ।

जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग गरेको पाइयो

खोटाङ, १६ पुस : जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो ।

चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ ।करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिलर ठड्याउने काममात्र हुँदै गरेको पाइएको छ । निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिलर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस ११ गते ढलान भत्काउने मौखिक सहमति गरिए पनि कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताउनुभयो । “गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ । निर्माण कम्पनी र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो”, उहाँले भन्नुभयो, “आजको मितिसम्म भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो । त्यहाँ न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनिहरुको अनुगमन नै ! कमसल सामान प्रयोग गरेर निर्माण भइरहेको संरचना भत्काएर सही र गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस् । हामी जनेढुङ्गाबासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ ।”निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताउनुभयो । “गाउँपालिकाका तर्फबाट ल्याब टेष्ट (गुणस्तर परीक्षण) नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका छन् । गुणस्तरमा शङ्का लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेष्टमा पठाइएको थियो । ल्याब टेष्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ”, उहाँले भन्नुभयो, “सुरुमा स्याम्पल देखाउनुभो । ल्याब टेष्टमा पास भएमात्र ल्याउनु भनेका थियौँ । तर ल्याएर झारेछ । हतार गएर बालुवा झार्न रोक लगायौँ । बीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौँ जानुप¥यो । त्यही बेला बालुवा मिसाएर चलाइदिएछ । यहीँबाट समस्या आएको हो ।”निर्माणाधीन अस्पताल भवनमा ठेकेदारले बारीबाट माटै उठाएर ल्याएको भन्ने स्थानीयबाट जानकारी आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले बताउनुभयो । “ठेकेदारले माटो मिसिएको बालुवा ल्याएर थुपार्नु नै गल्ती भयो । तुरुन्त हटाउनु भनेका थियौँ । मेसिन नभएर लगिनौँ भन्ने गरेको थियो”, उहाँले भन्नुभयो, “हामीले तुरुन्त हटाउ भनेका थियौँ । प्रयोग त गरे होलान् । इन्जिनियरले पनि नगर्नुस् भनेको रहेछ । तर ल्याबमा हाल्नुपर्छ भनेर पठाइएको थियो । ल्याबमा फेल भएको भन्ने छ । गुणस्तरहीन सामग्री प्रयोग भएको रहेछ भने तत्काल भत्काएर पुनः निर्माण गर्न लगाउँछौँ ।”निर्माणाधीन अस्पतालमा खटिएका सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दीपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गर्नुभयो । ल्याब परीक्षण फेल भएपछि त्यो बालुवालाई नचलाई जगको सर्फेस मिलाउनमात्र प्रयोग गरेको इन्जिनियर गामीले जानकारी दिनुभयो ।कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन विसं २०७७ मङ्सिर १५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गर्नुभएको थियो । निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै काठमाडौँ महानगर

काठमाडौँ, १६ पुस : काठमाडौँ महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ ।

यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ ।

हाल कामपामा ८९ सामुदायिक पाँच सय चार निजी विद्यालय सञ्चालित छन् । श्रेष्ठले भन्नुभयो, “मुख्य सडकसँग जोडिएका सबै विद्यालयमा यस किसिमको प्रणाली जडान गरिने छ । यस कार्यक्रमका लागि कामपाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । यस प्रणाली जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्न सहज गराउँदछ ।

विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले कामपाले यस किसिमको प्रणाली जडान गर्न लागेको हो । यसले बालिबालिकालाई सडक सुरक्षा प्रदान सहयोग पुग्छ भने भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिने विश्वास कामपाले लिएको छ । पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ ।

पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । दुई मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ । विद्यालय क्षेत्रमा राखिसकेपछि आवश्यकताअनुसार पैदलयात्रीको ठूलो चाप रहेको अन्य स्थानमा पनि यस किसिमको प्रणाली जडान गर्ने तयारी कामपाको छ । यसकारण पटकपटक पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन् । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर हुने विश्वास कामपाको छ ।

‘सुशासन र समृद्धिका विषयमा दलहरु एक हुनुपर्छ ’ – ओली

काठमाडौँ, १६ पुस : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र समृद्धिका सवालमा राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अब औद्योगिक र कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सबै दलबीच एकताबद्ध हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

राष्ट्रियताको रक्षा गर्न कांग्रेसका संस्थापक नेता बिपी कोइराला स्वदेश फर्कनुभएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “पुर्खाले जोगाएको राष्ट्रियता रक्षा गर्नु हाम्रो कर्तव्य र दायित्व हो, लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, तर यसको रक्षाका लागि एकता आवश्यक छ, हामी एक छौँ ।” उहाँले सुशासन, विकास निर्माण, सामाजिक न्यायमा सहमति र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।

पाँचवटा आन्तरिक विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै

काठमाडौँ, १६ पुस : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिनुभयो ।

मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो । उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । देशका बिभिन्न दुर्गमा क्षेत्रमा रहेका विमानस्थलहरुमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएका छैनन् ।

ती विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन नभएका कारण त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुले यात्रुका सरसामान तथा झोलाहरु हातले छामेर चेकजाँच गर्दै आएका थिए । विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरुलाई पनि यसले सजिलो हुने बताइएको छ ।

नोबेल पुरस्कार विजेता युनुसलाई छ बर्ष जेल सजाय

बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ । उहाँका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दावी गर्दै आएका छन् ।

८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग उहाँले दुश्मनी कमाउनु भएको छ ।

कुनै समय राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएका र सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता युनिसविरुद्ध हसिनाले शृङ्खलाबद्ध रूपमा चर्को आलोचना गर्दै आउनुभएको छ । विपक्षीको बहिस्कारपछि हसिनाले अर्को साता हुने राष्ट्रिय निर्वाचनमा पाँचौं कार्यकालका लागि जित हासिल गर्ने निश्चितजस्तै भएको छ ।

अर्थशास्त्री युनुस र ग्रामीण टेलिकमका तीन सहकर्मीमाथि कम्पनीमा श्रमिक कल्याण कोष स्थापना गर्न असफल भएपछि श्रम कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । चारै जनाले आरोप अस्वीकार गरेका छन् ।

राजधानी ढाकास्थित श्रम अदालतले सोमबार दिउँसो फैसला सुनाएको हो ।“प्रोफेसर मोहम्मद युनुस र अन्यले श्रम कानुनको अनिवार्य आवश्यकता उल्लङ्घन गरेको पुष्टि भएको छ,” मुख्य अभियोजक खुर्सिद आलम खानले एएफपीसँग भन्नुभयो ।

युनुसमाथि श्रम कानुन उल्लङ्घन र भ्रष्टाचारको आरोपमा १०० भन्दा बढी अन्य अभियोग लगाइएको छ । युनुसले गत महिना भएको सुनुवाइपछि पत्रकारसँग कुरा गर्दै आफूले बङ्गलादेशमा स्थापना गरेका ५० भन्दा बढी सामाजिक व्यवसाय फर्ममध्ये कुनै पनि कम्पनीबाट कुनै लाभ नलिएको बताउनुभएको थियो ।

युनुसले भन्नुभयो, “ती मेरो व्यक्तिगत फाइदाका लागि थिएनन् ।”उहाँका एक वकिल खाजा तनवीरले एएफपीसँग भन्नुभयो, “यो मुद्दा ’योग्यताहीन, झुटो र गलत मनसायबाट प्रेरित’ थियो ।”

उहाँले भन्नुभयो, “यो मुद्दाको एक मात्र उद्देश्य उहाँलाई विश्वसामु उत्पीडन र अपमानित गर्नु हो ।”गत अगस्टमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुनसहित विश्वका १६० हस्तीले संयुक्त पत्र लेख्दै युनुसमाथि भइरहेको ‘निरन्तरको न्यायिक उत्पीडन’को निन्दा गरेका थिए ।

नोबेल पुरस्कार विजेतामध्ये १०० भन्दा बढीले उहाँको सुरक्षा र स्वतन्त्रताका लागि आफूहरूलाई डर लागेको बताएका छन् ।आलोचकहरूले बङ्गलादेशी अदालतमाथि हसिनाको सरकारले गरेका निर्णयलाई रबर स्ट्याम्पिङ गरेको आरोप लगाएका छन् ।

सुनामीको जोखिमलाई लिएर सुदूरपूर्वी रुस ‘सतर्क’ अवस्थामा

जापानमा गएको ठूलो भूकम्पपछि सम्भावित सुनामीको खतरालाई लिएर रुसको सखालिन टापु र प्रशान्त सहर भ्लाडिभोस्टक सोमबार ‘सतर्क’ अवस्थामा थिए ।

जापानमा सात दशमलव पाँच म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिँदै जापानी अधिकारीहरूले मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । सखालिन जापानको उत्तरमा रहेको एउटा लामो टापू हो र भ्लाडिभोस्टक रुसको प्रमुख प्रशान्त सहर हो ।

सखालिनका अधिकारीहरूले टापुको पश्चिमी तट सुनामीको लहरहरूबाट प्रभावित हुनसक्ने बताएका छन् । यद्यपि उनीहरूले सुनामीले टापुको जनजीवनलाई कुनै ठूलो खतरा नपार्ने र टापु खाली गर्न कुनै आदेश नदिइएको बताएका छन् ।

आपत्कालीन सेवाहरूले मानिसहरूलाई ‘शान्त रहन’ आह्वान गरेका छन् । “सखालिनको पश्चिमी तटको तटीय भाग सुनामीको लहरहरूबाट प्रभावित हुनसक्छ”, आपत्कालीन सेवाहरूले भनेका छन्, “अहिले मानिसहरूलाई निकालिएको छैन किनकी सुनामी लहरको अपेक्षित उचाइ ५० सेन्टिमिटरभन्दा धेरै छैन ।”

स्थानीय समयानुसार राति ८ः४४ मा सुनामीका लहरहरू टापुको दक्षिणी छेउ नेभेल्स्की जिल्लासम्म पुग्ने अपेक्षा गरिएको थियो । लहरहरूको अपेक्षित उचाइले बासिन्दाहरूका लागि जीवन खतरामा नपार्ने अधिकारीहरूले बताएका छन् ।

भ्लाडिभोस्टक सहरले पनि सुनामीको चेतावनी जारी गरेको छ । “मछुवा र समुद्रमा जाने योजना बनाइरहेकाहरू तत्काल किनारामा फर्किनु पर्छ”, सहरका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “त्यहाँ सुनामीको लहर शून्य दशमलव तीन मिटरसम्म बढ्ने अपेक्षा गरिएको छ ।”

गाजा युद्ध सन् २०२४ सम्म जारी रहने इजराइली सेनाको चेतावनी

गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ सम्म जारी रहने चेतावनी दिएको छ ।

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताउनुभयो । “सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ”, अक्टोबर ७ मा हमासको हमलबाट सुरु भएको द्वन्द्व अझ बढेको भन्दै उहाँले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ ।

घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गर्नुभयो । “हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौँ र आफ्नो समयको आनन्द लिन्थ्यौँ, तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्”, अबु अरबले भन्नुभयो ।

हमासले वर्षको सुरुआत इजराइलमा रकेट हमला गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । रकेट हमला गरेपछि तुरुन्तै २६ वर्षीय गेब्रियल जेमेलम्यानले भन्नुभयो, “मेरो मुटु धड्किरहेको थियो, यो भयानक छ, तपाईंले हामीले जुन जीवन बाँचेको देख्नुभयो, यो पागलपनले भरिएको छ ।”

इजराइलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरु गरेको छ । यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजराइली हमलामा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार आठ सय २२ जना मारिएका छन् । इजराइली सेनाका अनुसार गाजाभित्र इस्लामिक लडाकू समूह हमासविरुद्धको युद्धमा उसका एक सय ७२ सैनिक मारिएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिनुभएको थियो । “हामीले हाल गाजामा सेना परिचालन र रिजर्भ प्रणालीको योजनालाई पनि अनुकूल बनाउँदैछौँ, केही रिजर्भका सेना यसै साता उनीहरूको परिवार र रोजगारीमा फर्किनेछन्”, प्रवक्ता हगारीले भन्नुभयो, “यसबाट अर्थतन्त्रको बोझलाई उल्लेखनीयरूपमा कम गर्नेछ र उनीहरूलाई अर्को वर्षमा आगामी गतिविधिहरूका लागि शक्ति जम्मा गर्न सहयोग पुग्नेछ, लडाइँ जारी रहने छ र उनीहरूको आवश्यकता अझै हुनेछ ।”

युद्धको सुरुआतमा इजराइलले घेराबन्दी गरेपछि गाजाबासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नुपरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गर्नुभएको छ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले भोक र सङ्क्रामक रोगको चेतावनी दिएको छ ।

‘बीपीको सिद्धान्तअनुसार कांग्रेसको नेतृत्व चल्नुपर्छ’ – अध्यक्ष वाग्ले

मध्यविन्दु (नवलपरासी) १६ पुस : प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त र नीति अनुसार नेपाली कांग्रेसको बर्तमान नेतृत्व चल्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले कावासोतीमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “अहिले देशमा सङ्घीयता र व्यवस्थाप्रतिको टिप्पणीलाई समयमै सम्बोधन गरिनुपर्छ ।”

अध्यक्ष वाग्लेले देश र पार्टीलाई सही विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताउनुभयो । समाजमा वरिष्ठ उपाध्यक्ष डा ईश्वरी लौडारीले नागरिकलाई नागरिक नठानी रैती बनाउन खोज्ने राजतन्त्रको बारेमा अब कुनै बहस आवश्यक छैन भन्नुभयो ।

समाज नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला कार्यवाहक सभापति चन्द्रबहादुर राना, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायतले बीपीको योगदानको चर्चा गर्नुभएको थियो ।

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो -सभापति देउवा

काठमाडौँ, १६ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकत्रन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताउनुभएको छ ।

कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रका खिलापमा धुमिल वातावरण बनाउने प्रयास भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “नेपालका राजनीतिक दलहरुमा प्रतिस्पर्धा र वैचारिक विविधता बाबजुद लोकतन्त्रका सम्बन्धमा एक ठाउँमा रहने राम्रो संस्कार छ, यो विरलै हुन्छ ।” सबै पार्टीबीच रहेको यस्तो सहमति र साझा धारणा महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

राष्ट्रियताका सवालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नीतिको प्रभाव रहेको उल्लेख गर्दै सभापति देउवाले कोइराला सानो देशका ठूला नेता भएको बताउनुभयो । बीपी कोइराला मुलुक अफ्ठ्यारो परिस्थितिमा ज्यान जोखिममा राखेर स्वदेश फिर्ता हुनुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले बीपीका विचार, राष्ट्रिय एकता र मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनु भएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि विसं २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।

टोपबहादुर रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश

काठमाडौँ, १६ पुस : सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदाललते कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतको सोही आदेशलाई उच्च अदालत पाटनले सदर गरेको थियो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल

काठमाडौँ, १६ पुस : प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्तासँग छलफल प्रारम्भ भएको छ । समितिको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकलाई लोकतान्त्रिक बनाउन बृहत्तर छलफल आवश्यक रहेको बताउनुभयो । यसका लागि आवश्यकताअनुसार सम्बन्धित मन्त्रालयसँग थप छलफल तथा सहकार्य गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्य सुमना श्रेष्ठले समकक्षता, उच्च शिक्षा सुधारसम्बन्धी संशोधन प्रस्ताव राख्नुभयो । समितिका सदस्य डा अमरेशकुमार सिंहले एकैपटक ८० कानुन संशोधन गर्नु अलोकतान्त्रिक भएको जिकिर गर्नुभयो ।

समितिका सदस्य महेशकुमार बर्तौलाले लोकतान्त्रिक कानुन बनाउन सम्बन्धित विषयमा विषयगत मन्त्री तथा विषयविज्ञको उपस्थितिमा गहन छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बैठकमा समितिका सदस्यहरु पदम गिरी, बद्रीप्रसाद पाण्डे, सोविता गौतम, सूर्य थापा अजुननरसिंह केसी, रघुजी पन्तलगायतले कानुनलाई लोकतान्त्रिक बनाउन सम्बन्धित मन्त्रालयगत र विषय विज्ञहरुसँग छलफल गरी निष्कर्ष निकाल्नुपर्ने सुझाव दिनुभयो ।

अध्यक्ष सिके राउतसहितका कार्यकर्ता केही समय नियन्त्रणपछि रिहा

काठमाडौँ, १५ पुस : निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरुले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइ नेपाल प्रहरी क्लबमा राखिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफै पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौँ प्रहरी परिसरले हिरासतमा लिएको बताउनुभयो ।

नेपालका सबै दल र नेताहरू बिपीको विचारबाट दीक्षित छन् : प्रम दाहाल

काठमाडौँ, १६ पुस : प्रधानमन्त्री एवं नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बिपी कोइरालाको विचारबाट दीक्षित रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य र सर्वमान्य नेता हुनुभएकामा कसैको दुईमत नरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ ।” उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि आफूले प्रयास गरिरहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सत्तागठबन्धन पूरै कार्यकालसम्म रहने र यसैबाट जनतालाई समृद्धि प्राप्त हुने बताउँदै सरकारका गरेका राम्रा कामको कांग्रेसले पनि निर्धक्क साथ अपनत्व र स्वामित्व लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले सामाजिक न्याय, मिटरब्याजी पीडितलाई न्याय दिने, नागरिकताको समस्या समाधान, श्रमिकका समस्यालगायत विषयमा राम्रा काम भएको उहाँले जानकारी गराउनुभयो । “यसबाहेक जनतालाई दुःख परेका बेला र ठाउँमा सरकारबाट तत्काल सक्दो सहयोग गर्ने काम भएका छन्,” प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले शुक्रबार ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको पीडित परिवारलाई राहत दिने काम अघि बढेको जानकारी गराउनुभयो ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।