`

मलेसियाद्वारा खर्च घटाउन डिजेलमा दिइने अनुदानको कटौती

Nepal One HD २८ जेठ २०८१ ७:४७
विश्व

मलेसियाले सरकारी खर्च कटौती गर्न र छिमेकी देशहरूमा इन्धन तस्करी रोक्न सोमबारदेखि डिजेलमा दिइने सब्सिडी अन्त्य गर्नेछ । मलेसियामा डिजेलको मूल्य दक्षिणपूर्व एसियामा सबैभन्दा कम रहेको र तस्करहरूले प्रायः सब्सिडीको इन्धन किन्न थाइल्याण्ड जस्ता छिमेकी देशहरूमा उच्च मूल्यमा पुनः बेच्ने गर्छन् ।

“सोमबारदेखि, (मलेसिया) मा सबै पेट्रोल स्टेशनहरूमा डिजेलको मूल्य प्रति लिटर ३.३५ रिङ्गिटमा सेट गरिने जुन सब्सिडी बिनाको बजार मूल्य हो”, दोस्रो अर्थमन्त्री अमीर हमजाह अजिजानले आइतबार पत्रकारहरूलाई बताउनुभयो ।नयाँ मूल्य सहुलियत मूल्यभन्दा ५५ दशमलव ८ प्रतिशत बढी हुने र यसले सरकारलाई वार्षिक ४ अर्ब रिङ्गिट (८५२.८ मिलियन डलर) बचत गर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मलेसियाले खाना पकाउने तेल र चामललगायत अन्य वस्तुहरूमा पनि अनुदान दिदै आएको तर बढ्दो मूल्यले खर्च बढाएको र सरकारको बजेटमा चोट पुगेको छ ।
मलेसियाले यस वर्ष अनुदान र सामाजिक सहयोगमा ५२.८ बिलियन रिङ्गिट खर्च गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया