`

हेर्नुहोस् मंसिर १४ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गरिने : मन्त्री जम्कट्टेल

मनहरी, १३ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्नुहुँँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय विस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो ।

यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताउनुभयो । उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरणतर्फ समेत ध्यान दिइने बताउनुभयो । प्रदेश सरकारले देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताउनुभयो । जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्नुहुँदै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।b

रुसले इरानलाई सैन्य विमान दिने

काठमाडौँ, १३ मङ्सिर : सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका जारी गरेर सेवालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

“हामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न नागरिकको उपचार गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “तर बिमा कार्यक्रम अहिले राम्रोसँग सञ्चालन नभएकाले पुनः निर्देशिका जारी गरेर विपन्न नागरिकको कडा खालको रोगको उपचार गर्न सुरु गरेका हौँ ।” उहाँले बिरामीलाई पायक पर्ने गरी अस्पताल तोकिएको जानकारी दिनुभयो ।तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार कोशीका १५ वटा, मधेुस ना, बागमतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् । निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलितय प्रदान गर्ने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि रु चार लाख र औषधिका लागि रु एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि रु एक लाख दिने उल्लेख छ ।यस्तै कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च रु एक लाख उपलब्ध गराउने भएको कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकिएको सहुलियत सीमाभित्र रही ती कडा खालका बिरामीलाई औषधि, औषधीजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, श्यया उपलब्ध गराइने उहाँले बताउनुभयो । सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कुल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्टाएको छ ।विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिका उल्लेख गरिएको छ ।निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले पुनः सोही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने भएका छन् । यस्तै कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत प्राप्त गर्न भने पाउने छन् । 

प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गरिने

मनहरी, १३ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्नुहुँँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय विस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो । यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताउनुभयो । उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरणतर्फ समेत ध्यान दिइने बताउनुभयो ।

प्रदेश सरकारले देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताउनुभयो । जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्नुहुँदै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।

विपन्न नागरिक उपचार निर्देशिका जारी

काठमाडौँ, १३ मङ्सिर : सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका जारी गरेर सेवालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

“हामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न नागरिकको उपचार गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “तर बिमा कार्यक्रम अहिले राम्रोसँग सञ्चालन नभएकाले पुनः निर्देशिका जारी गरेर विपन्न नागरिकको कडा खालको रोगको उपचार गर्न सुरु गरेका हौँ ।” उहाँले बिरामीलाई पायक पर्ने गरी अस्पताल तोकिएको जानकारी दिनुभयो ।

तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार कोशीका १५ वटा, मधेुस ना, बागमतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् । निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलितय प्रदान गर्ने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि रु चार लाख र औषधिका लागि रु एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि रु एक लाख दिने उल्लेख छ ।

यस्तै कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च रु एक लाख उपलब्ध गराउने भएको कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकिएको सहुलियत सीमाभित्र रही ती कडा खालका बिरामीलाई औषधि, औषधीजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, श्यया उपलब्ध गराइने उहाँले बताउनुभयो । सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कुल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्टाएको छ ।

विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिका उल्लेख गरिएको छ ।

निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले पुनः सोही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने भएका छन् । यस्तै कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत प्राप्त गर्न भने पाउने छन् ।

सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १३ मङ¬्सिर ः उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले आज फर्पिङमा आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

“सरकार योजनाबद्ध विकासमार्फत जनताको जीवनमा गुणात्मक फड्को मार्ने दिशामा अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सुशासन, समृद्धि र सामाजिक न्यायलाई वर्तमान सरकारले प्रमुख कार्यभार बनाएको छ ।” मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएकोे भए पनि अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्दै उहाँले अर्थव्यवस्थालाई लयमा ल्याएर समृद्धिलाई गति दिइने बताउनुभयो ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग गम्भीररुपमा छलफल गर्नुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै सरकारले समस्या समाधानका लागि ठोस प्रयास अघि बढाउने बताउनुभयो । सरकारले थालेको सुशासनको अभियान नरोकिएको उल्लेख गर्दै उहाँले सुशासनलाई गति दिने गरी सरकारले कार्ययोजना निर्माण गरिरहेको बताउनुभयो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आवश्यक कानुन संशोधन गरेर भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्न सरकार लागि परेको उल्लेख गर्दै उहाँले कुनै पनि हालतमा भूमिहीनलाई जग्गा उपलब्ध गराइने बताउनुभयो । त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र राजस्वमा आधा छुट दिने निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पार्टी तीन महिने रुपान्तरणको अभियानमा रहेको जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारका राम्रा कामलाई अभियानमार्फत जनतामा पु¥याउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “सरकारले इतिहासमै राम्रो काम गर्नुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “नेता कार्यकर्ताले पनि पार्टीलाई रुपान्तरण गर्न ध्यान दिनुपर्छ ।” सो क्रममा माओवादीका स्थानीय नेता कार्यकर्ताले काठमाडौँको दक्षिणी भेग विकासमा पछि परेको गुनासो गरेका थिए ।

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठ दक्षिणकाली नगरपालिका–९ मा ओशोधारा सङ्घ नेपालद्वारा निर्मित ओशो कैलाश हिमालय धाम (ध्यान केन्द्र)को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । सो अवसरमा उहाँले पछिल्लो समय नकारात्मकता बढिरहेको सन्दर्भमा सकारात्मक सोचको अभिवृद्धि गर्न ध्यान केन्द्रले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार

भेरीगङ्गा (सुर्खेत), १३ मङ्सिर : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो । चालु आवभित्रै लगानी सम्मेलन आयोजना गर्नेगरी सरकारले वार्षिक कार्यक्रम तर्जुमा गरेको आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले राससलाई बताउनुभयो ।

“हामी यही वर्षभित्र लगानी सम्मेलन गर्ने तयारीमा लागेका छौँ”, मन्त्री सिंहले भन्नुभयो, “हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ ।” कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले योजना बनाएको बताउँदै मन्त्री सिंहले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने बताउनुभयो ।

“कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशको अथाह स्रोतको उचित प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउन कार्ययोजना बनाएका छौँ ।”

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो । यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो ।

कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ । त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुई वटा घर छन् ।

जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ । यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ ।

अमेरिकीसँग कूल विदेशी भूमि स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा ५३ दशमलव चार प्रतिशत छ । त्यसपछि चिनियाँसँग सात दशमलव आठ प्रतिशत, युरोपेलीसँग सात दशमलव एक प्रतिशत र जापानीसँग छ दशमलव दुई प्रतिशत रहेको छ ।

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौँ, १३ मङ्सिर : अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।

यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको छ ।

इन्टरपोल प्रेसिडेन्ट मेजर जेनेरल डा अहमेद नासेर रैसीबाट नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रमाणपत्र प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । इन्टरपोल स्थापनाको एक सय वर्षलाई विशेष उत्सवका रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा ‘कानुन कार्यान्वयन तथा सुरक्षा सुनिश्चित गर्न इन्टरपोलको उपयोगिता’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रलाई आह्वान गरिएको थियो ।

महासभामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी छ ।

सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

जनकपुरधाम, १३ मङ्सिर : प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित तपसी बाबा कुटीमा आजदेखि सुरु भएको शिवशक्ति महायज्ञको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले सबै धर्मावलम्बीले सामाजिक सद्भावलाई थप मजबुत बनाउने क्रियाकलाप गर्नुपर्ने र महायज्ञजस्ता धार्मिक कार्यबाट त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले नेपालको संविधानले सनातन धर्मको रक्षा गर्दै सबैको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने सङ्कल्प गरेकाले त्यसैको मर्मअनुसार अगाडि बढ्न सबैलाई अपिलसमेत गर्नुभयो । उहाँले अन्न भण्डारका रूपमा रहेको मधेसमा पानीलगायत विभिन्न समस्याका कारण कृषि कर्म सङ्कटमा पर्दै गएको र उत्पादनमा ह्रासका कारण प्रदेशसहित सिङ्गो देश नै खाद्यान्न आयातमा निर्भर हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले तराई मधेसको ‘लाइफलाइन’को रूपमा चुरे विनाश नरोकिए खानेपानीको हाहाकार र कृषि उत्पादनमा थप जटिलता थपिने भन्दै त्यसको दीर्घकालीन समाधानका लागि समयमै काम गर्न सरकार तथा सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

नागरिकता कानुन विभेदमुक्त हुनुपर्ने सांसदहरुको माग

काठमाडौँ, १३ मङ्सिर : नागरिकता वितरणमा पुरुष र महिलाका नाममा विभेद रहेको भन्दै संविधान एवं कानुनमै सुधार गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

‘लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधनसम्बन्धी छलफल’ कार्यक्रममा सांसदहरुले पटकटकको आन्दोलनले नागरिकलाई अधिकार दिएको भने पनि नागरिकताका सवालमा समानताको व्यवहार हुन नसक्दा समस्या आएको उहाँहरुको भनाइ थियो ।

महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका सचेतक सुशीला थिङले आमाका नाममा नागरिकता लिँदा बाबुका बारेमा आमा र बच्चाले स्वघोषणा गर्नुपर्ने एवं पछि कैफियत भेटिएर मुद्दा चलेमा एक वर्ष जेल र जरिवाना पनि तिर्नुपर्ने जस्ता व्यवस्थाले समानता नदेखिएको बताउनुभयो ।

नागरिकताका विषयमा देखिएका असमान व्यवस्थाका विषयमा सबै दलका सांसदबीच साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी पनि उहाँले गराउनुभयो । संविधानमै लेखे जसरी नै सहजरूपमा नागरिकता वितरण गरिनुपर्ने सांसद थिङको भनाइ थियो ।

नेकपा (एमाले)का तर्फबाट निर्वाचित सांसद विद्या भट्टराईले नागरिकताका विषयमा हुने गरेका विभेदपूर्ण व्यवहारकै कारण नागरिकले सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत अधिकार पाउन नसक्ने अवस्था रहेको बताउनुभयो । नागरिकताका सवालमा संविधानमा प्रयोग भएको भाष्यले सबै नागरिकलाई समान अधिकार दिने विषय व्यावहारिक कार्यान्वयनमा पनि आउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी तुलसालता अमात्य, अधिवक्ता सुषमा गौतम र विनोद देवकोटालगायतले नागरिकताका विषयमा भएका लैङ्गिक विभेदपूर्ण व्यवस्थाको अन्त्यका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

युक्रेनमा आँधीका कारण बाह्र व्यक्तिको मृत्यु, आठ सय गाउँ विद्युतविहीन

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन् ।रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबार आँधीबेहरी र हिमपात भएको छ ।

युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो । युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले भन्नुभयो, “आँधीका कारण१२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौं गाउँहरू विद्युतविहीन भएका छन् ।राज्यको दक्षिणी क्षेत्रमा आँधीले पु¥याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ ।

युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ‘८१२ बस्ती ऊर्जाविहीन’ भएको जनाएको छ । खराब मौसमका कारण ३६८ गाउँहरूमा प्रत्यक्ष असर परेको छ भने बिग्रिएका लाइन मर्मत गर्ने क्रममा अन्य ४४४ गाउँमा बिद्युत सेवा अवरूद्ध बनेको छ ।

युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ । यस्ता आक्रमणहरूले गत हिउँदमा लाखौंलाई अँध्यारो र चीसोमा दिनरात काट्नु परेको थियो । युक्रेनको सरकारी ऊर्जा कम्पनी युक्रेनेर्गोका अनुसार सबैभन्दा कठिन अवस्था दक्षिणी ओडेसा र खेरसन क्षेत्रमा रहेको छ ।

छिमेकी स्लोभाकिया, रोमानिया र मोल्दोभाबाट रातिको समयमा विद्युत् आयात गरिएको युक्रेनेर्गोले बताएको छ ।आँधीका कारण क्रिमिया र दक्षिणी रूसमा चार जनाको मृत्यु भएको मस्कोबाट प्राप्त जानकारीमा उल्लेख छ ।

क्रेमलिन समर्थित क्रिमियाका नेता सर्गेई अक्स्योनोभले प्रायद्वीपका मुख्य शहर सिम्फेरोपोल र समुद्री किनारको रिसोर्ट याल्टासहित १५ वटा नगरपालिकामा ‘आपतकालीन’ अवस्था घोषणा गरिएको बताउनुभएको छ । उहाँले करिब ४३ हजार मानिस विद्युत्विहीन रहेको र ‘मर्मतको काम’ भइरहेको बताउनुभयो ।

सोमबार आएको आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतविहीन भएको मस्कोले बताएको छ ।

चलचित्रमा नयाँ अनुहार

काठमाडौँ, १३ मङ्सिर : नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् ।

अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबाब थियो । उनीहरुको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँपुस्ताको आगमन बढिरहेको छ ।

प्रदीप खड्का, अनमोल केसी, सलिन मान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नयाँ पुस्ताको कलाकार भनिन्छ । उनीहरु निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । उनीहरुको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ ।

व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् । ‘नाइँ नभन्नु ल–६’ बाट आशिर्वाद क्षेत्रीले डेब्यु गर्नुभयो । व्यावसायिक रुपमा उहाँको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो । यही मङ्सिरको अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्दै हुनुहुन्छ ।

अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँले आफू सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताउनुभयो । “डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु । अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु”, अभिनेता लिम्बूले भन्नुभयो, “पहिलो दिन नै गीतको छायाङ्कन भएकाले नर्भस थिएँ । सम्पूर्ण टिमले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरेको छु ।”

उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता लिम्बू र अभिनेत्री गिरीसँगै सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, वुद्धि तामाङ लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै हुनुहुन्छ । दीपक श्रेष्ठले निर्देशन गर्नुभएको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताउनुभयो ।

“मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो, “अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।”

पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरू गर्नुभएको छ । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहनुभएका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताउनुभयो । “मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरे”, अभिनेता अधिकारीले भन्नुभयो ।

निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर । तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताउनुभयो ।

“नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उनीहरुको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ”, निर्देशक झाले भन्नुभयो । पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गर्नुभएका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताउनुभयो । उहाँले चलचित्रमा नयाँ अनुहारको आवश्यकता रहेको बताउनुभयो ।

मिथ्या सूचनाको महामारी, मिथ्या सूचनाको अवस्था र असर

शुक्रऋषि चौलागाई / काठमाडौँ, १३ मङ्सिर : महाभारत युद्धमा जब पाण्डव पक्षको शक्ति लगातार निस्प्रभावी बनिरहेको थियो, श्रीकृष्णले अश्वत्थामा मरेको अफवाह फैलाउन लगाए । अस्त्र निर्माणको अद्भुत क्षमता भएका गुरु द्रोणाचार्य बाँचुन्जेल पाण्डव पक्षको विजय नहुने बुझेका श्रीकृष्णले युधिष्ठिरलाई प्रयोग गरे । रणभूमिमा अश्वत्थामा नामक हात्तीलाई मारिएसँगै श्रीकृष्णको उक्साहटमा ‘सत्यवादी’ युधिष्ठिरले उच्च स्वरमा ‘नरो वा कुंजरो वा अश्वत्थामा हतोहत’ (मान्छे वा हात्ती कुन् हो, तर अस्वत्थामा म¥यो) भन्ने उद्घोष गरे । शङ्खध्वनिका कारण द्रोणाचार्यले अश्वत्थामा मरेको भन्ने मात्र सुने । सत्यवादी युधिष्ठिरका मुखबाट आफ्नो छोरो अश्वत्थामा मरेको खबर सुनेर मुर्छित द्रोणाचार्य त्यसपछि उठ्न सकेनन् र पाण्डव सेनाका धृष्टद्युम्नले उनको शिरच्छेदन गरे । फलस्वरुप पाण्डव पक्षले रणभूमि कब्जा गर्न सफल भयो । आफ्नो हितमा मिथ्या र भ्रामक खबरलाई हतियारको रुपमा प्रयोग गर्ने अभ्यासको पौराणिक सन्दर्भले पनि यसको शक्तिलाई प्रष्ट्याउँछ ।

मिथ्या सूचना फैलाउने र फाइदा लिन अहिले पनि छाडिएको छैन । भनिन्छ, सत्यभन्दा अर्धसत्य र झूट छिटो फैलन्छ । डिजिटल माध्यमको विकास र विस्तारसँगै भ्रमपूर्ण र मिथ्या सूचनाको प्रवाह र पहुँच पनि सहज र व्यापक भएको छ । इन्टरनेटमा आधारित अनलाइन र सामाजिक सञ्जालले त्यसलाई झन् बढ्वा दिइरहेका छन् । यस्ता भ्रामक सूचना डढेलोजस्तै अनियन्त्रित हुन्छन् । मिथ्या र पछिल्लो समय भ्रामक सूचना, अप्रमाणित तथ्य, बढाइचढाइ वा तोडमोड, वैचारिक पक्षपोषणसहितका सामग्रीले उपभोक्तालाई प्रभावित बनाउँदै लगेको छ । यस्ता सामग्रीले मानिसहरुको विचारलाई प्रभावित मात्र हैन, नियन्त्रित र निर्देशित समेत गर्दैछ ।

सामाजिक सञ्जाल

सामान्यतयाः इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप पनि हो । हातहातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । एक तथ्याङ्कअनुसार विश्वभर चार अरब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । गुगलले ४.६६ अरबभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको देखाउँछ । यसमध्ये गुगल, फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र ट्विटर प्रयोगकर्ता रहेका छन् ।

सञ्जालहरूमार्फत जानकारी, विचार, रुचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्न मध्यस्थकर्ताको भूमिकामा सामाजिक सञ्जालहरूको उदय भएको हो । तर पछिल्लो चरण सामाजिक सञ्जाल व्यक्तिको समय र सिर्जना खोसिदिने, भ्रम फैलाउने र सूचनामाथि जासुसी गर्ने हतियार बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता आफनो अनुकूलका कुरा सुन्ने तर फरक विचारलाई निषेध गर्ने भइरहेका छन् । सामाजिक सञ्जाल प्रतिक्रियात्मक र असङ्गठित हुने भएकाले यसले नीतिगत तहमा दबाब दिन त सक्ला, तर न्याय दिन भने सक्दैन ।

मिथ्या सूचना के हो ?

सेन्टर फर मिडिया रिसर्चले मिथ्या सूचनालाई ‘मूलतः झूटो वा गलत वा भ्रमपूर्ण वा अनर्थ हुने गरी घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग वा व्याख्या गरेर समाचारका रूपमा प्रस्तुत आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री’ भनि परिभाषित गरेको छ । पूर्णतः झूट कुरालाई मिथ्या मानिन्छ । कतिपय सूचना तथ्यपूर्ण भए पनि त्यसमा केही झूटो विषय मिसाइएमा त्यसलाई भ्रामक भन्ने अभ्यास छ । मिथ्या र भ्रामक सूचनालाई विभिन्न तहमा वर्गीकरण गरिन्छ ।

युनेस्कोले मिथ्या सूचनालाई तीन प्रकारमा वर्गीकरण गरेको छ– ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ । कुनै सूचना गलत हुन्छ, तर फैलाउनेले त्यसलाई सही ठानेर फैलाइरहेको छ भने त्यसलाई मिसइन्फर्मेसन भनिन्छ । फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ, तर त्यसो हुँदाहुँदै पनि जानाजानी र नियतवश अरूलाई भ्रमित पार्न फैलाइने सूचनालाई ‘डिसइन्फर्मेसन’ भनिन्छ । यो कसैको चरित्र हत्या गर्न, हानी पु¥याउन प्रयोग गरिन्छ । यी दुई प्रकारभन्दा तेस्रो प्रकार ‘मालइन्फर्मेसन’ अझ घातक हुन्छ । ‘मालइन्फर्मेसन’ देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानी पु¥याउने उद्देश्यले फैलाइन्छ ।

मिथ्या सूचनाको अवस्था र असर

आम मानिसले कुन सूचना सही हो, कुन सूचना गलत हो भनेर सहजै छुट्याउन सक्दैनन् । अहिले स्वार्थअनुसार, भ्रमात्मक सामग्री प्रचार भइरहेको छ । धेरैले इन्टरनेटमा आएका सबै सूचना सही होला भनेर शेयर गर्छन् । यसकारण गलत सूचनाको बाढी नै आएको छ । मिथ्या सूचना व्यक्ति विशेष मात्रै नभई संस्था, कम्पनी, सञ्चार गृहलगायत धेरैले धेरै कोणबाट प्रयोग गरिरहेको अवस्था छ ।

मिथ्या सूचना कसले कसरी प्रयोग गरिरहेको छ, त्यसले के कस्तो अवस्था सिर्जना गरिरहेको छ । कस्तो खाले असर पु¥याइरहेको छ भन्ने कुराको ठयाक्कै मापन गर्न कठिन भएपनि यसले अनेकन स्वरुपमा समस्या र असर पु¥याइरहेको चाहीं छ । विभिन्न दुष्प्रचारदेखि आफ्नो फाइदा र विपक्षीको बदनाम गर्न भ्रमात्मक कुरा फैलाउने अभ्यास बढ्दो छ । कतिपय सूचनाको अनर्थ प्रयोग गरी विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने गरिएको छ । कुनै सूचना सही नै भए पनि गलत सन्दर्भमा प्रयोग गर्ने गरिएको छ । कुनै तथ्य, तथ्याङ्क वा तस्वीरलाई तोडमोड गरिन्छ । कयौं अनलाइन पोर्टलहरुले पाठकको ध्यान खिच्न अनेक हर्कत गरेको देखिन्छ । शिर्षक एउटा, सामग्री अर्कै, प्रसङ्ग एउटा, तस्विर अर्कै राखेर पनि झुक्याइँदैछ । अप्रमाणित, अपुष्ट सूचना दिने र विषयको बढाइचढाई गर्ने पनि गरेका छन् ।

मिथ्या समाचार प्रकाशित भइसकेपछि लाभ पुग्ने पक्षले सामाजिक सञ्जालमा भाइरल बनाउने गर्छन् । मौजुदा तस्वीर, आवाज वा भिडिओमा एक व्यक्तिको ठाउँमा अर्कै व्यक्तिलाई देखाइदिने काम ‘डिप फेक’ पनि गरिएको छ । यसमा हत्तपत्त दर्शक वा स्रोताले नक्कली भएको ठम्याउनै सक्दैनन् । मिथ्या सूचनाले समाजलाई झनै ध्रुवीकृत बनाइदिने खतरा बढदै गएको छ । मिथ्या सूचनाकै कारण साम्प्रदायिक सहिष्णुता र सद्भाव बिग्रिनै लागेका उदाहरण पनि छन् । सार्वजनिक सुरक्षामा चुनौती सिर्जना हुँदैछ । सूचनाको विश्वसनीय स्रोतका रूपमा रहेको मिडिया माथि नै अविश्वास हुने स्थिति निम्तीदैछ । डिजिटल युगमा मिथ्या र भ्रामक सूचनासँग जुध्न÷लड्न सजिलो छैन, तर नलडी पनि सुख छैन । मिथ्या सूचनाले नागरिकलाई भ्रममा पारिरहेको छ । झुटो खबरले नागरिकहरु गलत निर्णयमा पुग्न सक्छन् । त्यसैले नागरिक सचेत पार्न र लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु अत्यावश्यक छ । 

मिथ्या सूचनाको पहिचान

कुनै सामग्री मिथ्या हो कि होइन भनेर ठम्याउन र पहिचान गर्न सजिलो छैन । आमपाठक, दर्शकका लागि कुनै पनि सामग्रीको तथ्य, तथ्यांक, घटना, घटनाक्रम, उदृत स्रोत वा व्यक्ति, अभिव्यक्ति, तस्वीर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत छन् कि छैनन् भनेर छिटो परीक्षण गर्नु गाहे कार्य हो । मिथ्या सूचना तयार गर्नेहरूले त्यो सामग्री विश्वसनीय देखाउने प्रयास गर्छन् ।

मिडिया साक्षरता कमजोर रहेको नेपालमा यस्ता सामग्रीमा उल्लेखित भनाइ, तथ्याङ्क, स्रोत, तस्वीर आदि ठीक छन् वा छैनन् भनी परख गर्न पाठक, दर्शक वा स्रोताको क्षमता पनि कमजोर छ । डिजिटल युगमा सूचनाको विश्वसनीयता र सत्यताबारे काम गर्ने ‘फस्ट ड्राफ्ट न्युज’ले मिथ्या समाचारलाई सात भागमा वर्गीकरण गरेको छ ः कुनै हानी गर्ने उद्देश्य नभएका तर पाठकलाई मूर्ख बनाउन सक्ने रमाइलोका लागि तयार पारिएका व्यङग्यात्मक सामग्री, शीर्षक वा तस्बिरसँग मूल लेखन मेल नखाने भ्रमपूर्ण सम्बन्धका आधारमा बनाइएका सामग्री, कुनै सूचनाको अनर्थ प्रयोग गरी कुनै विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने सामग्री, कुनै सही सूचना वा घटना वा अभिव्यक्ति वा समाचारलाई गलत सन्दर्भमा प्रयोग गरिएको सामग्री, कुनै आधिकारिक स्रोत वा व्यक्तिका नामका झुटो अभिव्यक्ति प्रयोग गरिएका सामग्री, कुनै तथ्य वा तथ्याङ्क वा घटना वा तर्क वा तस्बिरलाई तोडमोड गरिएका सामग्री र हुँदै नभएका घटना वा तथ्य वा अभिव्यक्ति वा स्रोत प्रयोग गरिएका पूर्णरूपले गलत सामग्री ।

नामै नसुनिएका अविश्वसनीय अनलाइन साइटमा आएका सामग्री, सनसनीपूर्ण बनाइएका समाचार शीर्षक र तस्वीर, नामै नसुनिएका स्रोतको प्रयोग, आधारभूत पत्रकारिताको नियमको परिपालना नभएको आदि आधारमा यस्ता भ्रामक र मिथ्या समाचार छुट्याउन सकिन्छ । सूचना र समाचारको विश्वसनीयता र सत्यता कायम राख्न पत्रकार, पाठक, दर्शक, स्रोता सबै सचेत हुनुपर्ने हुन्छ । कुनै कुरालाई तत्काल पत्याइहाल्नु अगाडि आलोचनात्मक तरिकाले समीक्षा गर्नुपर्ने हुन्छ ।

मिथ्या सूचना ः के गर्ने ? के नगर्ने ?

मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या व्यापक छ । सर्वप्रथम आफूले पढिरहेको या हेरिरहेको सामग्री मिथ्या सूचना हो या होइन भन्ने कुराप्रति सजग हुन जरुरी छ । त्यस्ता सामग्रीप्रति तुरुन्तै विश्वास नगरी पुनः परीक्षण गर्न पनि सकिन्छ । तर हाम्रो जस्तो समाज, जहाँ सूचना प्रविधिको ज्ञान भएका व्यक्तिहरुको कमी छ, त्यहाँ कसरी सम्भव होला ? तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । तसर्थ प्रयास गर्न नछोडौँ । कुनै पनि सामग्री सामाजिक सञ्जालमा ‘शेयर’ गर्न वा त्यसैका आधारमा विचार राख्न हतार गर्न हुँदैन । मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउन पनि सकिन्छ । ‘डिजिटल राइट्स’का अभियन्ताहरूले सबैभन्दा व्यक्ति आफैँ सचेत हुनुपर्ने बताउँछन् । जुनकुनै सूचनाहरू जुनसुकै माध्यमबाट पनि आइरहेका छन् । त्यसको विश्वसनीयता कत्तिको छ भन्ने पहिल्याउनुपर्छ र यसको स्रोत, पठाउने व्यक्ति वा माध्यमको बारेमा यकिन गरेपछि मात्रै यसलाई ‘लाइक, कमेन्ट वा शेयर’ गर्नुपर्ने बताउँछन् । सूचनाको आधिकारिकतामा पनि ध्यान दिनुपर्छ । डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छ ।

मिथ्या सूचना नियन्त्रण गर्ने बहस पनि चलिरहेको छ । तर कसरी ? यो विषयमा भने पर्याप्त छलफल भएको पाइँदैन । सरकारले नियमन गर्न आवश्यक पनि देखिन्छ । मिथ्या सूचना रोक्ने कानून बनाउँदैमा सजिलै रोकिन्छ भन्ने पनि छैन । यो विषय हाम्रो चेतनास्तर अनि प्राविधिमा पनि भर पर्ने हो । स्वनियमनबाटै पनि यसलाई रोक्न सकिन्छ । मिथ्या सूचनाको जोखिम घटाउन सबै जिम्मेवार बन्नुपर्छ । मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, अधिकारकर्मी, सञ्चारमाध्यम, राजनीतिक दल लगायत सबैको कर्तव्य हो । मिथ्या सूचना एक प्रकारको महामारी हो, महामारीले व्यक्ति, जात, धर्म र समाज चिन्दैन । तसर्थ, महामारीबाट जोगिन सबै खाले सुरक्षा सतर्कता अपनाउनैपर्छ ।

सामाजिक सञ्जालको सही प्रयोग

धेरैजसो भ्रामक सूचना सामाजिक सञ्जालबाट नै फैलिइरहेको छ । नेपालमा गरिएको एक अध्ययनले सामाजिक सञ्जाल मिथ्या सूचना फैलाउने सशक्त माध्यम भएको देखाएको छ । सेन्टर फर मिडिया रिसर्चले गरेको अध्ययनले नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना प्राप्त गरेको देखाएको छ ।

सामाजिक सञ्जालको अति प्रयोग, गलत प्रयोग र असावधानीपूर्ण प्रयोगबाट बच्न उपाय जान्न जरुरी छ । कुनै पनि न्यायिक अभियानका लागि सामाजिक सञ्जाल एउटा औजार हो, तर यसको सही प्रयोग गर्न जानियन भने घातक पनि हुन सक्छ । के उद्देश्यका लागि सामाजिक सञ्जालमा खाता खोलेको पहिल्यै स्पष्ट हुनुपर्छ । कुनै पनि नपत्याउने खालका घटना भएका सामग्री इन्टरनेटमा देख्ने, पढ्नेबित्तिकै तुरुन्तै विश्वास गरिहाल्न हुँदैन । व्यक्तिगत सूचना र वैयक्तिक गोपनीयताका कुरा नराख्ने, जुनसुकै लिङ्क नथिच्ने, नचिनेको साइटमा व्यक्तिगत सूचना, इमेल आदि नभर्नेजस्त सावधानी अपनाउन सकिन्छ । नत्र त्यसैले प्रोफाइल ह्याक गरी अरूसँग पैसा माग्न वा तपाईंको आवरणमा अरूलाई ठग्न सक्छ ।

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैँले आफैँलाई प्रश्न सोध्न पनि जरुरी छ । सामाजिक सञ्जालमा यो प्रसङ्ग÷विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा पुग्छ ? कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ । त्यो सूचनाको स्रोत के हो ? कहाँबाट आयो ? कसले शेयर गरेको छ ? त्यो जाँच गरेर शेयर गर्नुपर्दछ । पुराना सामग्रीलाई नयाँ घटनाको भनेर राखिएका हुन सक्छन् । त्यसको पुष्टि नभई त्यसमा प्रतिक्रिया दिने वा कमेन्ट लेख्ने काम पनि गर्नु हुँदैन ।

अहिलेको जमानामा हरेक व्यक्ति पत्रकार हो । सूचना अरू सामु पु¥याउने सन्दर्भमा धेरै सामु सूचना दिन सकिन्छ । फेसबुक, ट्विटर, टिकटकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा तथ्य के हो, त्यो राखिदिन सकिन्छ । कुनै कुरा सामाजिक सञ्जालमा फैलियो भने, त्यो ‘किवर्ड सर्च’ गरेर पनि सत्य थाहा पाउन सकिन्छ । सामग्री सही छन् कि छैनन्, परीक्षण गर्नुपर्छ । यसको लागि अरू मिडियाहरू पनि अध्ययन गर्नुपर्छ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गर्ने बानी बसालौँ ।

भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन गरेर अघि बढौँ । साइबर सुरक्षामा चनाखो र सतर्क रहौँ । आजदेखि नै प्रण गरौँ – सामाजिक सञ्जाल र सूचना प्रणालीलाई मिथ्या सूचना तोडने र मन जोड्ने माध्यम बनाऔँ ।

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

काठमाडौँ, १३ मङ्सिर : जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो ।

औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन । उहाँ काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।”

विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् ।

कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ ।

कोशी प्रदेशसभा बैठक : बजेट विधेयक पारित

विराटनगर, १३ मङ्सिर : कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०‘ र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई पारित गर्न मुख्यमन्त्री केदार कार्कीले पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्तावित प्रस्तावलाई सभाध्यक्ष हाजी इसराई मन्सुरीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मले पारित भएको हो । यही मङ्सिर ९ गते सदनमा पेश गर्नुभएको सो प्रस्तावमाथि लगातार दुई दिन ३१ प्रदेशसभाका सदस्यले छलफलमा भाग लिई आ–आफ्ना सुझाव दिनुभएको थियो ।

सो प्रस्तावमा खर्च कटौतीका लागि आठ प्रदेशसभा सदस्यले दर्ता गर्नुभएको प्रस्तावमा सामान्य मत राखि उक्त प्रस्ताव फिर्ता लिनुभएको थियो । खर्च कटौतीका लागि रेवतीरमण भण्डारी, विदुरकुमार लिंथेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, भक्तिप्रसाद सिटौला, गोपालबहादुर विश्वकर्मा र निरन राईले दिनुभएको मन्तव्यमा मुख्यमन्त्री कार्कीले सङ्घीयतालाई दरिलो र कसिलो बनाउन संसद्मा गहन बहस र छलफल हुनु आवश्यक छ भन्नुभयो । उहाँले विनियोजन विधेयकमा कुनै समस्या वा त्रुटि देखिएमा त्यसलाई सुधार गर्ने सरकारसँग सुविधा रहेको प्रतिबद्धता जनाउनु भएपछि खर्च कटौतीको प्रस्ताव फिर्ता भएको थियो ।

यसैगरी, कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ९४(१)(ख) बमोजिनम ‘स्थानीय सेवाको गठन सञ्चालन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘संशोधनसहित दफावार छलफलका लागि न्याय, प्रशासन तथा विधान समितिमा पठाइएको सभाध्यक्ष मन्सुरीले जानकारी दिनुभयो । कोशी प्रदेशसभाको अर्को बैठक यही मङ्सिर १९ गते दिउँसो १ बजे बस्नेछ ।

छ थान नक्कली नोटसहित २३ वर्षीय सन्तोष पक्राउ

काठमाडौँ, १३ मङ्सिर : काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।

धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ । शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने

काठमाडौँ, १३ मङ्सिर : नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ ।

प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आज यहाँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिनुभयो । प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो सङ्घका सदस्य बब्लु सिवाकोटीले बताउनुभयो ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

लैङ्गिक समानता कायम गर्न तीनवटै तहका सरकार क्रियाशील हुनुपर्ने

काठमाडौँ, १३ मङ्सिर : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । लैङ्गिक समानतासम्बन्धी आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री आचार्यले लैङ्गिक समानता कायम गर्न सरकारी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो । “राजनीतिकस्तरमा देशमा तीन तहको सरकार छ । सङ्घले मात्र काम गरेन भनेर पुग्दैन लैङ्गिक समानता कायम गर्ने कार्यक्रम राज्यका तीनै तहले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले अन्याय, हिंसामा परेका महिलाका पक्षमा आवाज उठाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई देशव्यापी रुपमा सञ्चालन गरेर हिंसापीडित महिलालाई सघाउन सबैले हातेमालो गर्नुपर्छ ।” कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिले दिगो विकासका १७ वटा लक्ष्यमा आधारित भएर काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य अनिता ढुङ्गानाले १६ औँ पञ्चवर्षीय योजनामा लैंगिक सशक्तीकरण र सामाजिक समावेशीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिलालाई आर्थिकरूपमा सशक्त बनाउनुपर्ने बताउनुभयो । योजनामा रोजगारीमा आरक्षण, उद्यमशीलता प्रवर्द्धन, सहुलियतपूर्ण ऋण तथा वित्तीय पहुँच विस्तारमा उहाँले जोड दिनुभयो ।

ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ, १३ मङ्सिर : नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्याएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

“कर्जा सुविधा उपलब्ध गराउनका लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ, “यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको असुल गर्नुपर्ने रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ ।

सो सूचना अवधि पश्चातमात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ ।” यसअघि जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व निजले जमानी दिएको रकम चुक्ता गर्न इजाजतपत्रप्राप्त संस्थाले ३५ दिनको लिखित सूचना दिनुपर्ने व्यवस्था थियो । त्यस्तै संयुक्त उपक्रम (जोइन्ट भेन्चर)मा कुनै आयोजनामा लगानी गरेका कम्पनीको कालोसूचीसम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । “जेभीमा आबद्ध कुनै फर्म तथा कम्पनी कालोसूचीमा परेका कारणले मात्र सोही जेभीमा आबद्ध अन्य फर्म तथा कम्पनीहरूलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन”, निर्देशनमा भनिएको छ ।

राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं

कर्णाली, १३ मङ्सिर : नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाकोे अपरिहार्यता स्पष्ट्याइएको छ ।

प्रतिनिधिसभा विघटन हुँदाका बखत या मुुलुकमा सङ्कट पर्दा होस् राष्ट्रियसभाले आवश्यक ऐन कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । यो सभा विधानतः मजबुत भए तापनि व्यवहारमा कमजोर बनाइएको राष्ट्रियसभा सदस्य एवं भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईं बताउनुहुन्छ ।

राष्ट्रियसभा ऐन कानुन निर्माण गर्ने महत्वपूर्ण र आवश्यकताको थलो भए पनि आफ्नो पूर्ण अधिकार प्राप्त गरेको जस्तो नदेखिएको जनाउँदै नेकपा (एकीकृत समाजवादी)की नेत्री चपार्इंले कतिपय सरकारको गतिविधिकै कारण यो सभाले अपेक्षित काम गर्न नसकेको प्रतिक्रिया दिनुभयो । ‘सांसदसँग रासस संवादमा’ उहाँले भन्नुभयो, “सबै सदस्यहरुले जनजीविकाका सवाल उठाउँदै आउनुभएको छ । सरकारको पनि सोहीअनुरुपको सहयोग र सभाले पनि निर्धक्ककासाथ त्यही तहमा कार्यसम्पादन गर्दै आएको भए कानुन निर्माणको तहमा धेरै ठूलो काम गर्न सकिन्थ्यो ।”

विसं २०४१ मा अखिल नेपाल महिला सङ्घ गाउँकमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य र तत्कालीन नेकपा एमाले शालकोट गाउँकमिटी अध्यक्ष भई काम गर्नुभएकी उहाँसग विभिन्न जनआन्दोनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ ।

उहाँ तत्काल संलग्न पार्टीको भेरी अञ्चल कमिटी सदस्य दुई कार्यकाल तथा कर्णाली प्रदेश कमिटी सदस्य हुनुभयो भने हाल राज्यमन्त्री चपाईं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुनुहुन्छ ।

राज्यमन्त्रीको जिम्मेवारीपछि कानुन निर्माणमा जोड दिइए पनि सदनमा जनताको आवाज उठाउन नपाएको पक्ष खड्किएको बताउँदै नेत्री चपाईंले विगतमा प्रतिनिधिसभा विघटन भएका बेला राष्ट्रियसभाबाट नभई अन्य ठाउँबाट सरकारले बजेट वक्तव्य दिएकामा त्यो घटना आफूलाई व्यावहारिक नलागेको धारणा राख्नुभयो ।

राष्ट्रियसभालाई आर्थिक विधेयकबाहेक अरु सबै विधेयक अघि बढाउने र निर्णय गर्ने अधिकार रहे पनि व्यवहारमा त्यो अभ्यास अझै कमजोर रहेको बताउँदै राज्यमन्त्री चपाईंले सदनमा प्रतिपक्षको भूमिका महत्वपूर्ण रहनेभए तापनि कतिपय बेला प्रतिनिधिसभा अवरुद्ध हुँदा त्यसको प्रभावले राष्ट्रियसभा गौण जस्तो देखिएको भोगाइ सुनाउनुभयो ।

प्रतिनिधिसभा रोकिएकाबेला माथिल्लोसभाले विधेयक र जनताका अरु काम अगाडि बढ्नुपर्नेमा त्यसो गर्न दिइएको अनुभव नभएको बताउँदै नेत्री चपार्इंले भन्नुभयो, “प्रतिनिधिसभा अवरोध छँदा राष्ट्रियसभाले तत्तत् कानुन अगाडि बढाउँदा जनताका कतिपय काम हुन्छ भने त्यो अघि बढाइन दिनुपर्छ । तर त्यो हुन सकिरहेको छैन ।”

सदन चलिरहँदा प्रतिपक्षीको महत्वपूर्ण भूमिका रहने भएकाले प्रतिपक्षीले उठेर अवरोध गरिरहेकाबेला विधेयक पास गर्न नमिल्ने प्रावधान रहेको बताउँदै राज्यमन्त्री चपाईंले भन्नुभयो, “राष्ट्रियसभालाई महत्वपूर्ण मानिए पनि महत्व दिइएको छैन । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्दा राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैले विधेयक पास गर्नुपर्छ ।”

बहुमतीय प्रणालीका आधारमा हुने प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने भएकाले कुनै व्यक्ति विशेषले हार्दैमा व्यवस्था कमजोर हुन्छ भन्ने मानसिकता बोक्न नहुने तर्क गर्दै उहाँले निर्वाचनमा पराजय भएका व्यक्ति पनि त्यतिकै बौद्धिक र असल हुन्छन् भन्ने पक्षलाई पनि त्यतिकै ध्यान राख्न आवश्यक रहेको भनाइ प्रस्तुत गर्नुभयो ।

राज्यमन्त्री चपाईंले भन्नुभयो, “हाम्रो निर्वाचन प्रणाली नै प्रतिस्पर्धात्मक (प्रत्यक्ष) र समानुपातिक छ । यसैमा टेकेर निर्वाचित भएका सदस्यले जनताको आवश्यकता र समस्यालाई सम्बोधन हुनेगरी ऐन कानुन निर्माण गर्छन् । समानुपातिक र राष्ट्रियसभाका सदस्यलाई फरक दृष्टिकोणबाट हेर्नु र सोचिहाल्नु अन्यायपूर्ण हुन्छ ।”

राष्ट्रियसभा विधान समितिमा रहँदा विधेयकलाई समृद्ध तुल्याउने क्रममा निरन्तर सहभागी भई छलफल गर्दै कानुन निर्माणमा आफूले सहयोग पु¥याएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सभामा आएका ७५ प्रतिशत विधेयक कानुन बनेर लागू भएको जानकारी दिनुभयो ।

नेत्री चपाईंका अनुसार त्यसबेला समावेशी तथा समानुपातिक संसद्लाई गरिने फरक व्यवहारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको थियो । आफू सभामा प्रवेश गरेको पहिलो दुई वर्ष अत्यन्तै राम्रोसँग र तीव्ररुपमा कानुन निर्माण गरिएको दाबी गर्दै उहाँले भन्नुभयो, “त्यो दुई वर्षको जस्तै छ वर्षको अवधिमा काम भएको भए देशले अर्कै तरिकाले विकास निर्माणको प्रतिफल दिन्थ्यो । हरेक विधेयक जनताकाबीचमा कार्यान्वयन भएर जान्थे ।”

यसबीचमा कोरोनाले अनपेक्षित प्रभाव पार्नुकासाथै सदन अवरोध पनि अनावश्यकरुपमा भएका घटना सुनाउँदै राज्यमन्त्री चपार्इंले भन्नुभयो, “त्यसले गर्दा राष्ट्रियसभामा अपेक्षाकृत काम हुन सकेनन् । देश र जनताका पक्षमा जसरी बढ्न सक्नुपर्ने त्यो भएन । माथिल्लो सभालाई पूर्णरुपमा काम गर्न दिएर बौद्धिक समूहको सभा हो भन्ने जनताका बीचमा लैजान जरुरी छ ।”

राज्यमन्त्री चपाईंले संविधानको प्रभावकारी कार्यान्वयन र गणतन्त्रलाई अगाडि बढाउनका लागि सम्पूर्ण नागरिकले नवीन सोच, परिवर्तनशील विचार अवलम्बन गर्दै पश्चागामी तत्वकाविरुद्ध एक हुन र अग्रगमनको बाटोमा लम्किन सबैलाई आह्वान गर्नुभयो ।
 

दुई कदमको तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक

मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमको तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड गरिएको छ ।

वर्षा सिनेमाको यही गीतमा मात्रै देखिने छिन् । लामो समय पश्चात परदेशी २ बाट सफलताको स्वाद चाखेकी अभिनेत्री सिवाकोटी अहिले धेरै निर्माता निर्देशकको नजरमा परेकी छिन् । सिनेमाको सार्वजनिक गीतमा उनको केमेष्ट्री डेव्यु अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । अभिनेता लिम्बु पनि पहिलो सिनेमा नै वर्षासँग स्क्रिन सेयर गर्न पाउँदा मख्ख छन् ।

सिनेमाको सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको शब्द रचनासँगै स्वर भरेकी छन् । कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको अभाष हुन्छ ।

उदय सुब्बा निर्देशित सिनेमामा वर्षा र इओनका अलवा सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सलट्यान्सीको प्रिडिर्पाचर कार्यक्रममा क्यानडा जान ठिक्क परेका ४ सय बढी बिद्यार्थी सहभागी

काठमाडौँ । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि सहयोगी भूमिका खेलेको छ । गोरेटोले करिब ४ सय बढी भिसा लागिसकेका बिद्यार्थीहरुका लागि एक भव्य कार्यक्रमको आयोजना नै गरेर प्रिडिपार्चर शिर्षकमा नै कार्यक्रम गरेर क्यानडा जानु अघिको तयारी र गइसकेपछि कसरी त्यहाँको नयाँ वातावरणमा कसरी घुलमिल हुने भन्ने लगायतका विषयमा आफ्ना अनुभवी काउन्सलर र क्यानडाबाट नै आएका बिज्ञहरुले सजिलो तरिका सिकाएका थिए ।

सो अवसरमा बोल्दै गोरेटोका प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए । गोरेटोका सिइओ समेत रहेका कँडेलले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरूको बारेमा जानकारी दिए । कँडेलले क्यानडा पुगिसकेपछि कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा पनि निकै चनाखो भएर लाग्नुपर्ने बताए । विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताए ।

सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले भोलीका दिनमा के के गर्ने रु कसरी अगाडी बढ्ने जस्ता समस्याको निधानका विषयमा प्रस्ट्याएका थिए । कार्यक्रममा राम खड्काले ओर्क परमिट पाउने तरिकाका विषयमा प्रस्ट्याएका थिए । क्यानडामा काम नै गरेर देखाउनु पर्ने भएकाले अध्ययनको शिलशिलामा आँफुले राम्रो काम पाउन र छिटो प्रगती गर्नका लागि टिम ओर्क गर्न खड्काले सुझाव दिए ।

त्यस्तै गोरेटोका अर्का परामर्शदाता प्रकाश रेग्मीले क्यानडा पुगेपछि त्यहाँको संघर्षलाई सहज बनाउने उपायहरुमा ध्यान दिएर लाग्न बिदार्थीहरुलाई आग्रह गरे । रेग्मीले आँफुले डेनमार्कमा गरेको संघर्षको बेलीविस्तार लगाउँदै भुलेर पनि ८० घण्टा भन्दा बढी काम गरेको खण्डमा भोली पिआर लिन अप्ठ्यारो हुने भएकाले पिआर नपाउन्जेली काम भन्दा पनि पढाईलाई विशेष ध्यान दिन अघि बढ्नु पर्ने बताए । सो अवसरमा क्यानडाका विभिन्न कलेजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तनहुँ बस दुर्घटना अपडेट : घाइते दुई जनाको मृत्यु

दमौली, १३ मङ्सिर स् पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।

मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका–८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक–६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धनकुटा साँगुरीगढी–९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी–८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव–६ का२५ वर्षीय शम्भु यादव, बस चालक प्यूठान सरुमहारानी–५ का २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटा साँगुरी–७ बका ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै धनकुटा सावरी–७ का ३० वर्षीय हमालप्रसाद राई, सोही ठाँका २९ वर्षीय सन्दिप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा साँगुरीगढी–७ का ४५ वर्षीय सविन राई, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरी महादेव–६ बस्ने २३ को विवजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे–७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमारा राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । सप्तरी महादेव–६ का १५ वर्षीया प्रिती यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधवार केही प्रदेशका पहाडी भू -भागमा सामान्य बदली रहने छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आन्शिक प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

दमौली, १३ मङ्सिर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।

श्रीलङ्काले सडक विकासका लागि एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिंदै

श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर ऋण लिन मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको छ।सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ ।

टानद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ – देशभरका पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु पाँच लाखभन्दा बढी रकम सहयोग गरेको छ ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पपीडितका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा टानले आज रु पाँच लाख पाँच हजार पाँच सय ५५ नगद सहयोग गरेको हो ।

टानका अध्यक्ष नीलहरि बाँस्तोला नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रु पाँच लाख पाँच हजार पाँच ५५ को चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिना, टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंलगायतको सहभागिता रहेको थियो ।

यसअघि सोमबारमात्र विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु १९ लाख नगद र जिन्सी सामग्री गरी झण्डै रु ३० लाख बराबरको सहयोग गरेका थिए ।

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ), १३ मङ्सिर : बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो ।

पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।

यसका साथै यो महायज्ञको अर्काे प्रमुख उद्देश्य जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने पनि रहेको उहाँले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यले भन्नुभयो, “विभिन्न तत्वबाट एक ब्रह्माण्डको निर्माण हुन्छ र ईश्वरको सङ्कल्पले मात्र पृथ्वीजस्ता अनन्तकोटी ब्रह्माण्डको सृष्टि हुन्छ । त्यसैले हरेक तत्वका अधिष्ठाता यस ब्रह्माण्डका सबै देवीदेवतालाई कलशमा आह्वान गरी पूजन र यजन गरिने भएकाले यो अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हो । यस्तो महायज्ञ विश्वकै ठूलो र पहिलोपटक हुँदैछ । यस यज्ञको अनुष्ठान गरी प्रत्यक्ष सहभागी हुनेहरुको मनको सङ्कल्प हुने पूरा भएकाले सहभागी हुन म सबैलाई आह्वान गर्दछु ।”

महायज्ञ आयोजनाबाट सङ्कलन भएको रकमबाट पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै यस पञ्चकोट धाममा निर्माण थालिएका धार्मिक संरचना पूरा गरिनेछ । अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान पनि गरिएको छ । त्यसैले नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको यस ब्रह्माण्डीय महायज्ञको तयारीलाई व्यापकता दिइएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो ।

पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञको रुपरेखा तयारी गरी यसमा सहभागी हुने र सहयोग गर्ने भक्तहरुलाई जानकारी दिन थालिएको छ । यस अवधिमा हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिनेछ । त्यसका लागि विषय विज्ञहरुको सहभागिता सुनिश्चित गरिएको छ ।

यस धाञ्याचल महायज्ञमा २५ फिटको मौलो बनाई विधिपूर्वक पूजन गरी प्रतिस्थापन गरिने र त्यसलाई धानले पुर्ने कार्यक्रम छ । यसका लागि करिब २१ हजार पाँच सय ५५ क्विन्टल धान लाग्ने अनुमान रहेकाले धान सङ्कलन अभियानलाई पनि तीव्रता दिइएको छ । धानका अतिरिक्त यहाँ तिल, जौ, गहुँ, मकै, चनालगायतका विभिन्न नौ प्रकारका अन्नको पनि पर्वत बनाइने छ ।

महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ । यज्ञमा हरेक सहभागीले आफैँले सुख्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वाैषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । सो नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको छ । यस्तो नरिवल हवन गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

“महायज्ञ सञ्चालनको तयारीमा जुटेका छौँ, श्री मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्य ज्यूको सक्रियतामा यो महायज्ञ आयोजना गरिएको हो, यहाँ धेरै संरचना बनाउने योजना छ, खासगरी विश्वशान्ति कलश निर्माण गर्ने प्रमुख लक्ष्य छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्बाट प्रचारप्रसारलाई तीव्रता दिएका छौँ ।”

हरेक दिन १५ हजारले महायज्ञको दर्शन गर्ने र यहाँ कम्तीमा पनि तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । यहाँ आउने भक्तजनको भोजन, प्रसाद र आवासको यथाशक्य प्रबन्धका लागि सबै सामाजिक सङ्घसंस्था तथा व्यक्तिलाई परिषद्ले आग्रह पनि गरिरहेको छ ।

हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताउनुभयो । विसं २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नेबेला पञ्चकोटमा कुनै पनि संरचना नभएको तर अहिले धार्मिक पर्यटक निम्त्याउने आधारशिला तयार भएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय धर्ममा आस्था राख्ने धेरै नागरिकले पञ्चकोट दर्शन गर्न आउने गरेको ऋिषि प्रपन्नचार्यले बताउनुभयो । कलश निर्माणका लागि करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ ।

ऋषि प्रपन्नचार्य भन्नुहुन्छ, “पञ्चकोट पवित्र स्थान हो । यसको संरक्षण, प्रवद्र्धन गर्ने दायित्व पनि हामी सबैको हो । हामी सबैको सत्सङ्कल्पबाट यहाँ एउटा आधारशिला तयार भएको छ, यसलाई पूर्णता दिनका लागि बर्सेनि महायज्ञ लगाएर र दाताबाट रकम सङ्कलन गरेर काम गरिँदै आइएको छ । यसपालिको महायज्ञ अहिलेसम्मकै विशाल हो र यसले समग्र पञ्चकोट क्षेत्रको विकासका लागि हरेक नागरिकको मनलाई जोड्नेछ । साथै यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो टेवा पुग्नेछ ।”

विसं २०७१ अगाडि पञ्चकोटमा भिर, पहारा थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना बनाउने योजना बनाउँदा कसैले पनि विश्वास गर्दैनथे । स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् र गण्डकी प्रदेशकै एक उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र बन्न सकेको छ । यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने पनि गरेका छन् । उक्त स्थानमा सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका संरचना बनिसकेका छन् ।

बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा छ । सडकको सहज पहुँचका कारण बागलुङ कालिका दर्शन गर्न आउने अधिकांश तीर्थालुमध्ये अधिकांश यहाँ आउने गरेको पाइन्छ । त्यस्तै मुक्तिनाथ जाने धार्मिक पर्यटक पनि सकेसम्म पञ्चकोट पुग्ने गरेको पाइन्छ ।

७४ कारागारमा २७ हजार कैदीबन्दीलाई ध्यान शिविर सञ्चालनको तयारी

काठमाडौं । सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

आफ्नो मनलाई बिकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू विपश्यना ध्यानको अभ्यास गर्नेहरूको संख्या दिनानुदिनु बढिरहेको समयमा गृह मन्त्रालयले ध्यान दशदिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले नेपाल विपश्यना केन्द्रसँग समन्वय गरी कारागारहरूमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कारागारमा ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । विभिन्न देशका कारागारमा सञ्चालन गर्दै आएको यो शिविरले कैदीमा पारेको सकारात्मक प्रभावका रूपमा लिएर मन्त्रालयले यसलाई देशभरैका कारागारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल र केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योतिसहितको टोलीबीच छलफल भई ध्यान शिविरको कार्ययोजना तयार गरेको थियो ।

ललितपुरको नख्खु कारागारबाट सो शिविर सञ्चालन गरिने छ मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक महिनाभित्र शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ । केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले ध्यान साधना गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने धर्मसेवक सुशील शाहले जानकारी दिए ।

दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने मन्त्रालयले जनाएको छ । सरकारले २२ वर्षपछि नख्खु कारागार ध्यान शिविर सञ्चालन गर्न लागिएको हो । यसअघि २०५५ सालमा २० जना र २०५७ सालमा २३ जना नख्खु कारागारका कैदीबन्दीलाई ध्यान गराइएको थियो । त्यस्तै, यसअघि भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् ।

विपश्यना ध्यान आजभन्दा २५ सयवर्ष अघि गौतम बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । त्यसयता गुरु–शिष्य परम्पराअनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हुँदै आएको छ । यो ध्यानको वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ ।

बूढानीलकण्ठ, मुहानपोखरीस्थित धर्मश्रृंग नेपालमा विपश्यना केन्द्रले हरेक महिना १ र १४ तारेखमा नियमित रूपमा इच्छुकहरूका लागि ध्यान गराउँदै आएको छ । विसं २०३७ देखि नेपालमा विपश्यना ध्यान शिविरहरू सञ्चालन हुँदै आएका छन् । देशभर विभिन्न ३० वटाभन्दा बढी विपश्यना ध्यान केन्द्र छन् ।

नेपालमा अन्यका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना त्यति अभ्यासरत छैन । नेपालमा नख्खु जेलमै २०५२ र ५३ सालमा दुईपटक विपश्यना शिविर सञ्चालन भएको थिए । तर, त्यसको निरन्तरता हुन सकेन । गत वर्ष भीमफेदी कारागारमा यो शिविर सञ्चालन गरिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

नेपाल सेनाले निर्माण अघि बढाएको फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा ुकानुनी छिद्र को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन् ।

सेनाले आह्वान गरेको फास्ट ट्र्याकको प्याकेज ८( ए र ९ ( बी को बोलपत्र मूल्यांकन प्रक्रियामा विवाद देखिएको छ । बोलपत्रमा नौवटा कम्पनीले प्रस्ताव दर्ता गरेका थिए । पहिलो चरणको मूल्यांकनमा एक्ससिज जिसी हनुमान् बानियाँ (जेभी), भिपिआरपिएल( बज्रगुरु कन्स्ट्रक्सन कम्पनी (जेभी) र जेसिई( गौरी पार्वती निर्माण सेवा (जेभी) प्राविधिक रूपमा छनोटमा परेका थिए ।

प्रतिस्पर्धामा सहभागी भएको कालिका कन्स्ट्रक्सन जेभी सेनाको मूल्यांकनबाट बाहिर परेको थियो । सेनाले कानुनी प्रक्रिया नपुयाउँदा कालिका मूल्यांकनमा नपरेकाले विवाद सृजना भएको हो ।

सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाअनुसार भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएरनभएको सम्बन्धमा यकिन गरी त्यस्तो मुद्दा दायर भएको देखिएमा सम्बन्धित निकायमार्फत टुंगो लगाउनुपर्ने कानुनी व्यवस्था छ ।

तत्कालीन अवस्थामा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेविरुद्ध सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा विचाराधीन थियो। तर, सेनाले कानुनमा भएको व्यवस्थाअनुसार रक्षा मन्त्रालयसँग राय नै नलिई कालिकालाई बाहिर राखेपछि कालिका सार्वजनिक खरिद पुनरवलोकन समिति गएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् ।

अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामा समेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष २०८०–८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ । बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो ।

ढिलो परीक्षा हुँदा चिकित्सा शिक्षा एमबिबिएस प्रवेश परीक्षासँग समय जुधेको र कतिपय विद्यार्थीले इञ्जिनियरिङ विषयमा अन्य विश्वविद्यालयमा भर्ना गरेकाले त्रिविको प्रवेश परीक्षामा २० प्रतिशत विद्यार्थी सहभागी भएनन् । विवादका कारण गत असोज १६ गते बोर्डका सबै पदाधिकारीले सामूहिक राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगन भएको थियो । वार्ता र सहमतिपछि परीक्षा सञ्चालन भएको थियो ।

अध्ययन संस्थानका सहायक डीन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा डा सुशीलबहादुर बज्राचार्यका अनुसार यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार विद्यार्थीले मात्रै परीक्षामा भाग लिएका छन् । गत वर्ष नौ हजार चार सयले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित भएका थिए ।

संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि कात्तिक २० गतेसम्म सूचना प्रविधिका आधारमा यस वर्ष पहिलो पटक कम्प्युटर विधिमार्फत प्रादेशिकरुपमा पनि परीक्षा सञ्चालन गरिएको छ ।

त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार तीन सय ४४ विद्यार्थीले इञ्जिनियरिङमा उक्त तहमा पढ्नसक्ने क्षमता रहेको छ । त्यसमा पाँच सरकारी (आङ्गिक) क्याम्पसमा छ सय विद्यार्थीले पढ्न पाउँछन् । निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थी हुन्छन् ।

प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मङ्गलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ । आङ्गिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्पश्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिएका छन् । ती क्याम्पसका लागि पहिलो चरणको योग्यता सूची पठाइएको र केही दिनमा भर्ना लिइने डा बज्राचार्यले जानकारी दिए । बोर्डले तोकेअनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रमअनुसार भर्ना लिइनेछ ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्रा डा हेमराज पन्त पनि परीक्षाको मिति सर्नु र चिकित्सा शिक्षाको परीक्षासँग मिति जुध्नुले सहभागी सङ्ख्या केही घटेको बताए । उक्त क्याम्पसका प्राध्यापक सङ्घका सभापति डा पन्तका विचारमा नेपालमा अन्य विश्वविद्याय र त्रिविकै पनि अरु अध्ययन संस्थान र सङ्कायमध्ये इञ्जिनियरिङ अध्ययन संस्थान अग्रणी स्थानमा रहेको छ ।

पुल्चोक क्याम्पसका उपप्राध्यापक बाबुराम दवाडीको एक अध्ययनमा अनुसन्धानात्मक गतिविधिमा स्रोत साधनको कमी भए पनि पूर्णतया योग्यताक्रम (मेरिट) का आधारमा पारदर्शीरुपमा भर्ना लिइनु, परीक्षाका गतिविधिमा सूचना र प्रविधिको प्रयोग हुनु आदि कारणले त्रिविको इञ्जिनियरिङ शिक्षामा गुणस्तर कायम रहेको र संस्थानको भावि रणनीति कार्यान्वयन भएमा अझै सुधार हुने अपेक्षा व्यक्त गरिएको छ ।

त्रिविका पाँच अध्ययन संस्थानमध्ये इञ्जिनियरिङ अध्ययन संस्थान एक मानिन्छ । यसको स्थापना मुलुकमा नयाँ शिक्षा योजनासँगै विसं २०२९ मा भएको हो । स्थापनाकालमा यसले राष्ट्रिय आवश्यकताअनुरूपका मध्यम तथा उच्च तहका इञ्जिनियरिङ जनशक्ति अर्थात् ओभरसियर र इञ्जिनियर उत्पादन, विभिन्न तहका जनशक्तिलाई तालिम र देशको इञ्जिनियरिङ क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि एवं अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउने मुख्य उद्देश्य राखेको थियो । हाल इञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत केन्द्रीय क्याम्पस, पुल्चोक, थापाथली क्याम्पस पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखरा छन् । उच्च शिक्षामा निजी तथा समुदायको भूमिकालाई पनि परिचालन गर्ने सरकारको लक्ष्यअनुरुप इञ्जिनियरिङ शिक्षा प्रदान गर्न त्रिविबाट सम्बन्धन प्राप्त गरेका अन्य १० वटा कलेज यस संस्थानअन्तर्गत सञ्चालनमा रहेका छन् ।

त्रिविका अतिरिक्त काठमाडौँ विश्वविद्यायल, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याय, मध्यमाञ्चल विश्वविद्याय, लुम्बिनी–बौद्ध विश्वविद्याय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्नसक्ने क्षमता रहेको छ ।

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

काठमाडौं । २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो ।

सुरुङमार्ग सारेपछि मात्र स्थायी समाधान निस्किने जिकिर गरिए पनि सोको निर्माण गर्न चार वर्ष लाग्ने भएपछि यसपालि पनि अस्थायी रूपमा पानी ल्याउने तयारी मेलम्ची खानेपानी आयोजनाको रहेको छ ।बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानीको मर्मत सक्न डेढ महिना लाग्ने भएपछि पानी आउन समय लाग्ने भएको हो । यद्यपि, खानेपानीमन्त्री महिन्द्र राय यादवले भने मर्मत सम्भार भई नै रहने र अस्थायी रूपमा भए पनि यसै महिनाभित्र पानी ल्याउने बताए ।मेलम्ची खानेपानी आयोजना विकास समितिले पनि अस्थायी रूपमा भए पनि पुनः पानी ल्याउने तयारी भइरहेको जनाएको छ ।१५ चैत २०७८ मा पूरै काम नसकिँदै उद्घाटनको होडबाजी गर्दै पहिलोपटक काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो । तत्कालीन खानेपानीमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतले विभिन्न समयमा विभिन्न नाम दिई ताम्रपत्रमा नाम राख्ने होडका साथ पानी ल्याइएको थियो । सोही वर्षको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्दा काठमाडौंवासीको मेलम्ची खानेपानीको सपनामा ब्रेक लागेको थियो ।तत्पश्चात् ११ वैशाख २०७९ मा अस्थायी रूपमा फेरि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । बाढीबाट क्षति हुन नदिन भन्दै १७ जेठ २०७९ मा बन्द गरिएको पानी वितरण २३ मंसिरदेखि पुनः सुरु गरिएको थियो ।वर्षामा हुने क्षतिलाई दृष्टिगत गरी गत जेठदेखि बन्द गरिएको खानेपानी मंसिर महिनामा पनि आउने हो कि होइन भन्ने निक्र्योल हुन सकेको छैन । गत २७ र २८ साउनमा आएको बाढीले पुनः क्षति पुगेपछि अन्योलता बढेकोे हो ।बहुचर्चित मेलम्चीमा आएको बाढीका कारण क्षतिग्रस्त ठाउँसम्म पुग्ने सडक पनि नभएकाले पानी आउनेमा अन्योलता थपिएको हो । यद्यपि, दुई सातादेखि अस्थायी सडक निर्माणको काम भने थालिएको छ । सडक बनाउन मात्रै पनि एक महिना लाग्ने भनाइ आयोजनाको रहेको छ । बाढीले यस वर्ष क्षति पुगेको सुरुङमार्गको माटो तथा बालुवा पन्छाउन मात्रै १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा मंगलबारको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो ।

खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनायो । आर्मीका लागि सुरुआती ब्याट्सम्यान कार्की रसार्कीले अर्धसतकीय पारी खेल्नुभएको थियो ।

बलिङतर्फ कोशी प्रदेशका सर्वण यादवले सर्वाधिक तीन विकेट लिन सफल हुनुभयो । कमल खत्रीले दुई तथा प्रकाश कार्की र सोनु मण्डलले समान एक÷एक विकेट लिनुभयो । जितका लागि एक सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८ दशमलव दुई ओभरमा एक सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाउनुभयो । यसैगरी समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिनुभयो ।

यसैगरी आजको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको थियो । पुलिसले दिएको एक सय ५९ रनको लक्ष्यलाई सुदुरले १८ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदूरले पुलिसलाई अन्तिम खेलमा पराजित गरे पनि सेमिफाइलन पुग्न भने सकेन । नेट रनरेटको आधारमा मधेस प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बन्यो । आर्मी समूह ‘डि’ मा चार अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो ।

यसैगरी समूह ‘ए’ मा चार अङ्क बटुलेको बागमती प्रदेश, समूह ‘बि’ मा दुई अङ्का अङ्कका साथ एपिएफ क्लब र समूह ‘सि’ मा दुई अङ्कका साथ मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन् ।

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र बागमती प्रदेश तथा तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

देउवाद्वारा तीन भ्रातृ संस्थाको अध्यक्ष मनोनित

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको रिक्त तीन भ्रातृ संस्थामा नयाँ अध्यक्ष मनोनीत गर्नुभएको छ ।

सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आबद्ध तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुङ्गा), नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने बताईएको छ ।

प्रमुख पौडेलले भन्नुभयो, “हामी स्वस्थ्य सहर निर्माणको अभियानमा रहेका छौँ । उनान्तीसौँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।” उहाँका अनुसार काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्नसक्ने व्यवस्था छ ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यससम्बन्धी व्यवस्था छ ।

विसं २०६८ मा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थल (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

ऐनले सार्वजनिकस्थलको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्नसक्ने व्यवस्था छ । सहरको स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूमपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने कामपाको तयारी छ ।

छिट्टै प्रहरी समायोजन गर्छौं – प्रधानमन्त्री दाहाल

सकाठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उहाँले आन्तरिकरुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको भेटमा सहभागी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । “छिटोभन्दा छिटो प्रहरी समायोजनलाई टुङ्ग्याउँछौँ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “नयाँ सरकार बनिसकेपछि उहाँहरुले हामी प्रक्रियामा प्रवेश गरिसक्यौँ, छिटोभन्दा छिटो संविधानले प्रदत्त गरेका अधिकार प्रदेशलाई उपलब्ध गराउँछौँ भन्नुभएको छ, हामीले सङ्घीय सरकारसँग अविश्वास गरिरहनुपर्ने अवस्था छैन ।”

प्रदेशका आन्तरिक ममिलामन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई संविधानतः प्रदेशलाई अधिकार सम्पन्न र सङ्घीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवं कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकताका साथ टुङ्ग्याइनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । यसअघि आजै उहाँहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेर संविधानको एकल अधिकारको सूचीमा रहेको प्रदेश प्रहरीसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको अनुसूचीमा उल्लेखित प्रदेश सरकारको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजनलगायत अधिकार प्रयोग गर्न नपाउँदा प्रदेशको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धिमा बाधा पुगिरहेको प्रदेशका आन्तरिक मामिला मन्त्रीको भनाइ थियो ।

उक्त भेटमा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री श्रेष्ठ, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, लुम्बिनी प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री सन्तोषकुमार पाण्डे, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री शिवराज भट्ट सहभागी हुनुहुन्थ्यो । गण्डकी प्रदेश सरकारबाट ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेशका बिनाविभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

हेर्नुहोस् मंसिर १३ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/ मेष राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि – निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि- धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि- मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि- प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

वाग्मती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौँ, १२ मङ्सिर : शिवपुरीदेखि बग्दै आएको वाग्मती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ ।

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गर्नुभएको छलफलमा वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो । छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, पशुपतिको प्रत्येक द्वारमा हिँड्ने बाटो स्तरोन्नतिलगायत विषयमा छलफल भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन, पशुपति क्षेत्रमा स्तरीय चमेना गृह एवं भोजन गृहको निर्माण, वाग्द्वारबाट पशुपतिनाथमा चढाउन स्वच्छ जल आपूर्तिका लागि पहल गर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।

‘खानपानका कारण नसर्ने रोग बढ्यो’- आरजु राणा देउवा

कोहलपुर, १२ मङ्सिर : कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा उहाँले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएकी डा राणाले उमेर बढ्दै गएपछि आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस नेत्री डा राणाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताउँदै नयाँ पुस्तालाई खानपीनबारे शिक्षा दिनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नसर्ने रोगका बिरामी बढ्दै गएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।