`

‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई संस्थागत गरिने

जानकी (बाँके), १५ कात्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताउनुभएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघामा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता–२०८०’ को उद्घाटन सत्रमा आज मुख्यमन्त्री चौधरीले प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताउनुभयो ।

उहाँले खेल क्षेत्रको कुनै जात धर्म नहुने भन्दै समूहमा एकता भयो भने मात्र टिमको बिजय हुने बताउनुभयो । “खेलको जात हुँदैन न त धर्म नै हुन्छ । खेलले समाजमा सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “खेलमा विजयी प्राप्त गर्नका लागि टिममा एकताको भावना हुन आवश्यक छ ।”

लुम्बिनी खेलकुद परिषद् सदस्य सचिव जयप्रकाश भट्टराईले खेलमा कसैले पनि राजनीतिक हस्तक्षेप गर्नु नहुने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएकाले खेल क्षेत्रलाई स्वतन्त्र रुपले सहयोग गर्न र खेलाडीलाई हौसला प्रदान गर्न उहाँले सुझाव दिनुभयो ।

सोही कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगर क्षेत्रलाई खेलकुदको नामले चिनाउन प्रदेश सरकारले गरेको आर्थिक सहयोगको लागि कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले आगामी दिनमा व्यावसायिक खेलाडी जन्माउन चुनौती भएको बताउनुभयो । नगर प्रमुख आर्चायले खेलाडीका लागि नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन सत्रको क्रममा प्रदेश समाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रतियोगिताले यस क्षेत्रको खेल विकासलाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुुभयो ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहरा क्लब कोहलपुर, विएफसी चितवन क्लब चितवन, एभिनियर एफसी क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी छन् ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका ए डिभिजनका सात क्लब सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई रु आठ लाख, दोस्रो हुनेलाई रु चार लाखसहित ट्रफी रहेको छ ।

रचनात्मक सहरका लागि चलचित्र विधा छनोट

काठमाडौँ, १५ कात्तिक : काठमाडौँ महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये चलचित्र विधा छनोट गरेको छ । कामपाले चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिन उक्त विधा छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

“नेटवर्कमा आवद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “रचनात्मक सहरका सबै विधा काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकाले याे विधा छनोट गरिएको हो ।”

प्रवक्ता मानन्धरले फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सञ्जालमा जोडिएकामध्ये काठमाडौँसहित पाँच सहर चलचित्र विधामा छानिएका छन् ।

सङ्गीत विधामा १६, डिजाइनमा छ, शिल्प तथा लोककलामा सात, साहित्यमा १०, खानाका परिकारमा सात, मिडिया कलामा चार वटा सहर जोडिएका छन् । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम र गतिविधि कार्यान्वयन गर्नेछन् ।

“जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्तअमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ”, मानन्धरले भन्नुभयो, “जात्रा पर्व, मौलिक वेषभूषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् ।”

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गर्नेलगायत काम नेटवर्कले गर्दै आएको छ ।

अन्तरर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट गर्ने मानन्धरले जानकारी दिनुभयो । नेटवर्कका कार्यक्रम सञ्चालनका लागि कामपाले रू पाँच करोड विनियोजन गरेको छ । सञ्जालमा एक सय भन्दा धेरै देशका तीन सय ५० सहर आवद्ध भइसकेका छन् ।

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ, १५ कात्तिक : सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडलको सुनुवाइ प्रक्रिया अघि बढाउने सिलसिलामा १० दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका सचिव पौडेललाई मन्त्रिपरिषद्को यही कात्तिक २ गते बैठकले क्यानडाका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समिति पठाएको थियो । उहाँलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन अनुरोध गर्दै सबैको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने समितिले निर्णय गरेको हो ।

सरकारले उहाँलाई क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)का लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको छ ।

सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महशुल लगाउन निर्देशन

काठमाडौँ, १५ कात्तिक : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको सभापति अब्दुल खांनले जानकारी दिनुभयो ।

“नेपालमा आयात हुने सुपारीमा काउन्टरभेलिङ कर लगाउन र सो बापत असुल गरिने रकम सुपारी किसानलाई अनुदानका रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ”, सभापति खांनले भन्नुभयो । सेफगार्ड, एन्टि–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ ले स्वदेशी उद्योगलाई गम्भीर हानीनोक्सानी पुग्ने वा पुग्न सक्ने अवस्थामा भन्सार महसुलका अतिरिक्त काउन्टरभेलिङ महसुल लगाउन सक्ने व्यवस्था गरेको छ ।

सोही ऐनको व्यवस्थाअनुसार सुपारी आयातमा काउन्टरभेलिङ महसुल लगाउन समितिले सरकारलाई निर्देशन दिएको हो । नेपालमा उत्पादन भएर विदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थासम्बन्धी कार्यविधि, २०६८ लाई परिमार्जन गर्न पनि समितिले निर्देशन दिएको छ । त्यस्तै, नयाँ बन्ने आवधिक योजनामा सुपारी खेतीलाई प्रवद्र्धनको नीति लिन सरकारलाई समितिले निर्देशन दिएको छ ।

“सुपारी खेतीमा किसानको आकर्षण बढिरहेको छ । तर सरकारी निकायबाट यस खेतीलाई अपेक्षित रुपमा प्रवद्र्धन गर्ने कार्य भएको नपाइएकाले आगामी १६औँ पञ्च वर्षीय आवधिक योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्थाका गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिइन्छ”, सभापति खांनले भन्नुभयो । सुपारी खेतीलाई कृषिजन्य वस्तुको रुपमा सूचीकृत गर्न सरकारले कृषि उपजमा प्रदान गर्ने अनुदानलगायत सुविधा तथा सहुलियत सुपारी किसानलाई उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ ।

सुपारी प्रशोधनका लागि आवश्यक यान्त्रिक उपकरण खरिद गर्न किसान समूह वा सहकारी संस्थालाई सहजीकरण गर्न पनि निर्देशन दिइएको छ । सुपारी किसानलाई उन्नत बिउबिजन, मलखाद र जनशक्ति उपलब्ध गराउने र किसानको प्रतिनिधिसमेत राखेर सुपारी उत्पादनको एकीकृत तथ्याङ्क सङ्कलन गर्न पनि समितिले निर्देशन दिएको छ ।

नेपालमा उत्पादित सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब परीक्षणलगायत व्यवस्था गरी विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिइएको छ । आजको बैठकमा अप्रशोधित काँचो सुपारी निर्यात गर्न दिने विषयमा छलफल भएको थियो । तर समितिमा सांसदहरुले यस्तो निर्देशन दिन नहुने भन्दै विरोध गरेपछि सभापति खानले उक्त विषय माइन्युटबाट हटाउनुभएको थियो ।

नेपालमा उत्पादन हुने सुपारी भारतलगायत विभिन्न देशमा निर्यातका लागि समस्याका सम्बन्धमा उजुरी परेपछि समितिले यस विषयमा सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गरिरहेको छ । नेपाल सुपारी खेती विकास संस्था र नेपाल सुपारी खेती किसान पहल समितिले नेपालमा उत्पादित सुपारी निकासीका लागि सहजीकरण गरिदिन भन्दै समितिमा निवेदन दिएका थिए । सुपारी निकासीका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) चाहिने र यस्तो प्रमाणपत्र जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नमानेको उनीहरुको भनाइ छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा उत्पादित सुपारी निर्यात गर्नका उत्पत्तिको प्रमाणपत्र जारी गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको भए पनि उक्त पत्रमाथि कारबाही नभएको भन्दै सुपार व्यवसायी तथा किसानले समितिमा उजुरी हालेका थिए । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने संसदीय समितिको यसभन्दा अघिको निर्देशनका कारण उत्पत्तिको प्रमाणपत्र जारी गर्न समस्या भएको बताउँदै आएको छ ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले २०७९ साल साउन १६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै डिएनए परीक्षणबाट नेपालमा उत्पादित भएको भनी प्रमाणित सुपारीलाई मात्र निर्यातको अनुमति दिन मन्त्रालाई निर्देशन दिएको थियो । यही निर्देशनका कारण सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी हुन नसकेको मन्त्रालयको भनाइ छ ।

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पु¥याइने बताउनुभएको छ ।

नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरुसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन आफूहरु स्पष्ट रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भएर कार्यसूचीका आधारमा एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको लक्ष्य मुलुकको समृद्धि भएकाले साझा चासोको विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।

राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखमा गर्न आयोगको परामर्श

काठमाडौँ, १५ कात्तिक : निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो साता र प्रतिनिधिसभा र प्रदेशसभाको एक–एक तथा स्थानीय तहको रिक्त २४ पदको निर्वाचन वैशाखमा गर्न अनौपचारिक परामर्श दिइएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी छरिएर रहेका सात वटा कानुनलाई एकीकृत गर्न बनेको विधेयकलाई आगामी सदनको अधिवेशनबाट पारित गरिदिन आग्रह गर्नुभयो ।

प्रस्तावित कानुनमा आवधिक निर्वाचनको मिति किटान गरिएको, निर्वाचनको मौन अवधि हटाएर मतदानको २४ घन्टाअघि प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको समितिलाई जानकारी दिइयो । निर्वाचनमा राजनीतिक दलले सबै तहका निर्वाचनमा कम्तीमा ३३ प्रतिशत उम्मेदवार महिला उठाउनुपर्ने अनिर्वाय व्यवस्था र भ्रष्टाचारको सजायसम्बन्धी मुद्दा अदालतमा दायर भएका व्यक्तिका हकमा उम्मेदवार बन्न नपाउने प्रावधानका लागि विधेयकमा प्रस्ताव गरिएको छ ।

विद्युतीय मतदान उपकरणबाट निर्वाचन गराउँदा उपकरण खरिद गर्न मात्रै रु छ अर्ब बढी खर्च लाग्ने अवस्था रहेकाले त्यसले खर्चको पाटोबाट गम्भीर तुल्याए पनि उपकरणको प्रमाणीकरण भएको खण्डमा प्रयोगमा ल्याउन आयोग तयार रहेको समितिलाई जानकारी गराइयो । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकको व्यवस्था तत्तत् स्थानमा रहेका नागरिकको नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरी सुझावका लागि वेभसाइटमा राखिएको जानकारी दिँदै यसै आर्थिक वर्षदेखि उक्त कार्य प्रारम्भ गरिने आयोगले जनाएको छ ।

यस्तै मतदाता नामावली दर्ता तथा अद्यावधिकको विवरण लिने कार्य नियमित भइरहेको तथा कुनै पनि नेपाली नागरिकले आफू बसोबास गरेको जिल्लाबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने गरी बाह्य जिल्ला दर्ता कार्य निरन्तर भइरहेको पनि सो अवसरमा जानकारी दिइयो । मतदाता नामवली दर्ता तथा अद्यावधिक कार्यलाई थप व्यवस्थित गर्न स्थानीयतहको समन्वय र सहकार्यमा यसै आर्थिक वर्षदेखिकार्य प्रारम्भ गरिने पनि प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

निर्वाचन पैसा, पद र शक्तिको आडमा नभइ निष्ठा र सिद्धान्तले जित्नुपर्छ भन्नेमा आयोग विश्वस्त रहेको जनाउँदै प्रमुख आयुक्त थपलियाले निर्वाचनका बेला अस्तव्यस्त हुने अघिपछि सुस्त रहने चरित्रलाई सुधार गरी सधैँभरी प्रभावकारी तुल्याइएको दाबी गर्नुभयो । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा महिलाको उचित सहभागिताका सवालमा उठेका प्रश्नलाई आयोगले समयमै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

अनितादेवीले निर्वाचन घोषणा भइसकेपछि राष्ट्रसेवक कर्मचारीको रोकिनुपर्ने र आचारसंहिता उलङ्घनका घटनामा सबै दल र उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । बैठकमा समिति सदस्य चित्रबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, हितराज पाण्डे, बलराम अधिकारी, वासुदेव घिमिरे र हृदयराम थानीले पछिल्लो समय सिद्धान्त र दर्शनका आधारमा नभइ पैसा खर्च गरेर निर्वाचन जित्ने प्रवृत्ति मौलाएकाले यसका कारण लोकतन्त्र र सुशासनमा चुनौती उत्पन्न गरिरहेको धारणा राख्नुभयो ।

बैठकमा समितिका सदस्यहरू प्रकाश अधिकारी, रवी लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, रघुजी पन्त, सरिता प्रसाइँ, पृथ्वीसुब्बा गुरुङ, अम्बिका बस्नेत, राजेन्द्र राईले लोकतन्त्रको प्राणका रुपमा रहेको निर्वाचनलाई पैसा र पहुँचको राजनीतिले धुमिल्याएको विचार प्रकट गर्नुभयो ।

उहाँहरूले निर्वाचन अत्यन्त खर्चिलो भएको, निष्ठाको राजनीतिक ओझेलमा परेको, योग्यता र क्षमताको कदर नभएको, धनीमानी र पहुँचवालाको बोलवाला हुने गरेका जस्ता कार्यले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रश्न खडा भइरहेको धारणा राख्नुभयो ।

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो ।

तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजस्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौँ ।” अर्थतन्त्र अझै पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठूलो कार्यभार हुन आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ ।

तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ ।” नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको जनाउँदै उहाँले परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ ।” लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने उल्लेख गर्दै उहाँले नीति कार्यक्रम तथा बजेट हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।”

बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो : सांसद शर्मा

काठमाडौँ, १५ कात्तिक : “संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ । जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन । संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति देखियो ।”, पछिल्लो एक वर्षको संसदीय अनुभव सुनाउँदै नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भन्नुभयो, “यसबाट संसद् वास्तवमा कानुन तथा नीति निर्माणको थलो हो वा होइन भन्ने अनुभूति भयो । संसद्ले जुन दिशामा पकड्को मार्नु पर्दथ्र्यो, त्यसो हुन सकेन ।”

सदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ । संसद् कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा अन्य मुद्दामा बहकिएको भन्दै जनगुनासो आउने गरेको छ । सांसद स्वयंले संसद्मा नीति तथा कानुन निर्माणका लागि नीतिगत बहस र छलफल गर्ने विषयमा कमी भएको सार्वजनिकरूपमै अभिव्यक्त गर्दै आउनुभएको छ ।

माओवादी सांसद शर्मा एक वर्षका बीचमा जति पनि विधेयक प्रस्तुत भएका छन्, तिनलाई निष्कर्षमा पुर्याउनुपर्नेमा धिमा गतिमा काम भइरहेको स्वीकार्नुहुन्छ । “कानुन र नीति निर्माणमा संसद्भित्रको प्रमुख भूमिका निर्वाह गर्ने शक्तिलाई यो विषयले जति छुनपर्ने हो, त्यसो हुन सकेन कि भन्ने अनभूति भइरहेको छ”, उहाँले भन्नुभयो, “कानुन निर्माणको सवालमा छलफल र बहसभन्दा पनि सदन छुट्टै विषयमा बहकियो । कुनै एउटा त्यस्तो मुद्दा उठाउने, सो मुद्दामा केन्द्रित भएर बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो ।”

सांसद शर्माले संसद्ले आफ्नो भूमिकालाई प्रभावकारीरूपमा अगाडि बढाउन खोजिरहेको भए पनि जुन स्तरमा पुग्नपथ्र्यो, त्यसो हुन नसकिरहेको बताउनुभयो । सैद्धान्तिकरूपमा सदन कानुन निर्माण गर्ने थलो भए पनि जनप्रतिनिधि जनतासँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उहाँले विकास निर्माणमा सांसदको भूमिका हुनु हुँदैन भनेर सोच्न हुँदैन भन्नुभयो ।

“गाउँ–गाउँमा स्वास्थ्य, शिक्षा, सडक, कृषिलगायत पूर्वाधार छैनन्, आधारभूत आवश्यकता पूरा होउन् भन्ने जनताको अपेक्षालाई पूर्णरूपमा माया मार्न हुँदैन । जनताको आवश्यकता पूरा गर्ने सांसदको जिम्मेवारी होइन, कानुन निर्माण गर्ने थलोमा यस्ता विषय उठाउन हुँदैन भनेर यसलाई नकारेर जानुपर्छ भन्ने लाग्दैन”, उहाँले भन्नुभयो । जनताको आकाङ्क्षालाई पनि सँगसँगै जोडेर लैजानुपर्नेमा जोड दिँदै उहाँले प्राथमिकताका सन्दर्भमा भने स्पष्ट हुनुपर्ने बताउनुभयो । “कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ भने जनताले उठाएका मागलाई सम्बोधन गर्न पनि उत्तिकै जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

विसं २०३३ मा जन्मनुभएका सांसद शर्मा विसं २०४७ देखि माओवादीमा आबद्ध हुनुभएको हो । उहाँले २०५० सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । सेल, एरिया, जिल्ला, क्षेत्रीय ब्यूरो सदस्य, केन्द्रीय सदस्य हुँदै उहाँ अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

दशवर्षे जनयुद्ध विस्तृत शान्ति सम्झौतामार्फत टुङ्गिएको भए पनि हालसम्म सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय निष्कर्षमा पुग्न नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । “सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाको अभिन्न अङ्ग हो, यो टुङ्ग्याउनै पर्छ”, उहाँले भन्नुभयो, “शान्ति सम्झौता भएको डेढ दशक नाघिसके पनि अझै सदनमा पेस हुने थिति बनेको छैन ।”

थाँती रहेको शान्ति प्रक्रियाको मुख्य काम टुङ्ग्याउन अझै चाहिरहेको छैनन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै सांसद शर्माले विभिन्न बहाना, मुद्दा उठाएर मुख्य काममा केन्द्रित हुन नदिने प्रवृत्ति देखिएको बताउनुभयो । “शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने भनेको माओवादीको मात्रै हो भनेको जस्तो देखिन्छ, मुलुकमा दिगो शान्ति कायम गर्ने विषय माओवादीको मात्रै त होइन, त्यतिबेलाको माओवादी, संसद्वादी सात राजनीतिक दलको सहभागितामा सहमति र सम्झौता गरेर अगाडि बढेको विषय हो”, उहाँले भन्नुभयो ।

अहिले व्यवहारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा राजनीतिकरूपमा माओवादीलाई नै फाइदा हुन्छ, यसलाई किन टुङ्ग्याउने भनेको जस्तो देखिएको उहाँको बुझाइ छ । “राजनीतिक दलहरूले यस विषयलाई जुन ढङ्गले गम्भीरताका साथ लैजानुपथ्र्यो, त्यसो हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो ।

आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ कात्तिक : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सहित देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने तथा काठमाडौँमा आंशिक बदली रहने सम्भवना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो ।

यसैगरी आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अझै सम्पन्न भएन अजुवा खोला मोटरेबल पुल

गोरखा, १५ कात्तिक :गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो ।

विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्रयाइँ गर्दासमेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयवासीको गुनासो छ । निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक–पटक गरेर अहिलेसम्म चारपटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।

पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो । कुल रु चार करोडमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई रु तीन करोड २० लाख भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगति भने ८३ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माणलगायतका काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमितरूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उहाँको भनाइ छ ।

तीस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । “ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यसबाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ”, उहाँले भन्नुभयो । चौथोपटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

वाशिङ्टन डिसी, १५ कात्तिक : अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा युएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गर्नुभएको थियो ।

युएसएआइडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआइडीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

भेटका अवसरमा उहाँहरुले दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गर्नुभएको थियो ।

सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र युएसएआइडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो ।

उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ ।

यस भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो । नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पुर्याउँदै आएको चर्चा मन्त्री साउदले गर्नुभएको थियो ।

मङ्गलबारको सो भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।

नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । सन् १९५१ मा भएको ‘प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा विगत सात दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बन्दै आएको छ ।

युद्धविरामको माग गर्दै अमेरिकी कंग्रेसमा प्रदर्शनकारीको अवरोध

हात रातो रङले ढाकेका प्रदर्शनकारीहरूले अमेरिकी सैन्य सहायतासम्बन्धी कंग्रेसको सुनुवाइमा मङ्गलबार पटक–पटक अवरोध पु¥याएका छन् ।यसअघि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले इजरायल, युक्रेन र अन्य सुरक्षा खर्चका लागि अर्बौं डलरको सैन्य सहायताका लागि सिनेटको विनियोजन समितिसमक्ष अपिल गरेका थिए ।

यसै महिनाको सुरुमा हमासको आक्रमणपछि इजरायलले प्यालेस्टिनी भूमिमा बमबारी सुरु गरेयता गाजा पट्टीमा भएको रक्तपातको प्रतीकस्वरूप करिब दुई दर्जन पर्यवेक्षकले रातो रङ (साङ्केतिक रूपमा रगतले पोतिएका) हात उठाएका थिए ।

केहीले आफ्नो पाखुरामा ‘फ्री गाजा’ लेखिएको सन्देश बोकेका थिए र ‘इजरायललाई थप ४ डलर नदिनू’ भन्ने नारा लगाएका थिए भने केहीले ‘अब युद्धविराम’, ‘प्यालेस्टिनीहरू जनावर होइनन्’ र ‘सबैलाई लज्जित नतुल्याऊँ’ जस्तानारा लगाएका थिए ।

एक जनाले ‘नरसंहारलाई समर्थन गर्न बन्द गर’ लेखिएको सर्ट लगाएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले बाहिर निकालेपछि पनि ब्लिन्केनले धेरै पटक बोल्न रोक्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कंग्रेसलाई १०५ अर्ब डलरभन्दा बढी सुरक्षा खर्चका लागि आग्रह गर्नुभएको छ, जसमा अमेरिकाको कट्टर सहयोगी इजरायलका लागि १४.३ अर्ब डलर पनि समावेश छ ।

इजरायली सेना र हमासका लडाकूबीच मंगलबार गाजामा ‘भीषण युद्ध’ भएको इजरायली सेनाले जनाएको छ । ट्यांक र बख्तरबन्द बुलडोजरहरू संकटग्रस्त क्षेत्रको भग्नावशेषबाट अघि बढेपछि संयुक्त राष्ट्रसंघले ‘अभूतपूर्व’ मानवीय आवश्यकताहरूको सामना गरिरहेको बताएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार हमासको आक्रमणप्रति इजरायलले गरेको प्रतिक्रियाका कारण हालसम्म आठ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।इजरायली अधिकारीहरूका अनुसार हमासले सीमापार गरेको निर्मम आक्रमणमा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो यसलाई इजरायलले यसलाई आफ्नो इतिहासमा सबैभन्दा रक्तपातपूर्ण आक्रमणको रूपमा उल्लेख गरेको छ ।

अनुचित लेनदेनविरुद्धका उजुरीमध्ये ६९ उजुरीमाथि छलफल

चितवन, १५ कात्तिक : जिल्लामा परेका अनुचित लेदनेद (मिटर ब्याजी) विरुद्धका उजुरीमध्ये ६९ उजुरीमाथि छलफल भएको छ । तीसमध्ये १९ उजुरीको फछ्र्योट भएको छ । जिल्ला प्रशासन कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ मिटर ब्याजीका उजुरी परेका थिए ।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार जिल्लामा दर्ता भएका मिटर ब्याजका निवेदन फछ्र्योट भएका निवेदनमा पीडित पक्ष र पीडक पक्ष दुवैको छलफल गरी मिलापत्र गरिएको हो । छलफलका क्रममा कतिपय निवेदनमा सावाँमात्रै लिने, कतिपयमा चलनचल्तीको दरमा ब्याज लिने सहमति भएको छ । उहाँका अनुसार दुवै पक्षको सहमतिमा मिलापत्र भएको हो ।

सो अवधिमा मिटर ब्याजीसम्बन्धी परेका निवेदनमध्ये रु एक करोड ३४ लाख छ हजार आठ सय ५० बराबरको उजुरीको मिलापत्र गरिएको हो । निवेदकले लिएको रकम र साहुले लिएको रकम हेरेर बैंकको ब्याजका हिसाबले सो रकम बराबरको मिलापत्र गरिएको हो । एकजना पीडितले दुई कठ्ठा जग्गा फिर्ता पाएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको थियो ।

यहाँ परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका छन् । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको जनाउँदै उजुरी परेको उहाँले बताउनुभयो । अधिकांशले जग्गा फिर्ता गरीपाउ भनी निवेदन दिएका छन् ।

परेका उजुरीमा छलफल भइरहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । छलफलका क्रममा रहेका उजुरीमा समेत सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

यसअघि गृह मन्त्रालयले विसं २०७९ साउन २८ देखि भदौ ५ गतेसम्म मिटर ब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । यसमध्ये एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ अनावश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सनवे मेडिकल सेन्टरबीच सहकार्य

कर्णाली, १५ कात्तिक : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ ।

मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताउनुभयो ।

नेपालले पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको छ : मन्त्री साउद

वाशिङटन डिसी, १५ कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताउनुभएको छ । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उहाँको भनाइ थियो ।

वाशिङटन डिसीमा‘युनाइटेड स्टेटस इन्स्टिच्युट फर पिस’द्वारा मङ्गलबार आयोजित नेपालको वैदेशिक नीतिको परिदृश्य विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो “नेपाल दुई ठूला र शक्तिशाली तथा द्रुतगतिले विश्व अर्थतन्त्रमा अगाडि बढिरहेका देश भारत र चीनको बीचमा भएकाले दुवैसँग मित्रवत सम्बन्ध कायम गर्दै अगाडि बढिरहेको छ ।” उहाँले साथै सार्वभौम, समानता, पारस्परिक सम्मान, सहकार्यका साथ एकअर्काको संवेदनशीलता र भावनालाई सम्मान गर्दै अगाडि बढेको बताउनुभयो ।

मन्त्री साउदले नेपालको राजनीतिक प्रक्रियाले दिगोपन हासिल गर्दै गएकाले अब आर्थिक विषयलाई केन्द्रमा राखेर सोहीअनुसार नेपालको कूटनीति परिचालित हुने छ भन्नुभयो ।

प्रजातान्त्रिक अभ्यासका आधारशिलामा नागरिकले प्रजातान्त्रिक समाज र स्वतन्त्रतामार्फत आवधिक निर्वाचनलाई अङ्गीकार गर्दै अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीहरूसँग प्रजातान्त्रिक संस्था र संरचना क्रियाशील छन्, यसको कारणले महिलाको राजनीतिमा उच्चस्तरको सहभागिता सम्भव भएको छ । नेपालको संविधानको भावनाअनुसार राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भइसक्नुभएको छ भने सङ्घीय संसद, प्रदेश सभामा ३३ प्रतिशत महिलाको व्यवस्था गरेका छौँ । हामीहरूको नागरिकको ठूलो हिस्सा देश बाहिर पनि रहेकाले उनीहरूको अधिकार संरक्षण र प्रोत्साहन गर्दै उनीहरूलाई मातृभूमिसँग जोड्ने कुरामा केन्द्रित रहेको छ । ”

मन्त्री साउदले नेपाल–अमेरिकाको सम्बन्ध ७६ वर्ष लामो र बलियो सम्बन्ध भएको राजनीतिक, आर्थिक विकास, सांस्कृति, शैक्षिकलगायतमा उल्लेखनीय साझेदारको रूपमा काम गर्दै आएको बताउनुभयो । दुई देश बीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र नागरिकको सशक्तीकरणको मूल्य, मान्यतामा आधारित रहेको स्मरण गर्नुहुँदै उहाँले अमेरिका नेपालको महत्त्वपूर्ण र ठूलो विकास साझेदार भएकाले त्यसको प्रभावकारिता नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा देखिएकोे उल्लेख गर्नुभयो ।

नेपाल र अमेरिकाले विश्वका साझा चुनौतीमा बहुराष्ट्रिय फोरमहरूमा रचनात्मक ढङ्गले काम गरेको उल्लेख गर्नुहुँदै मन्त्री साउदले नेपालले अमेरिकाबाट वैदेशिक प्रत्यक्ष लगानी, व्यापार विस्तार, पर्यटनको संवर्द्धन र प्रविधि रुपान्तरणमा थप सहयोग र साझेदारीको अपेक्षा गरेको छ भन्नुभयो । युएसआइपीकी दक्षिण एसियाली निर्देशक तमन्ना शालीकुडिनले सञ्चालन गर्नुभएको कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन लगायत दूतावासका अधिकारीलगायत प्रवुद्ध समूहको सहभागिता थियो ।

यी २१ वन्यजन्तु पनि अब घरपालुवा, बेचबिखन गर्न पाइने

काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् ।व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।

निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले मापदण्ड पास भएको दुई महिना हुन लागे पनि अहिलेसम्म विभागसमक्ष वन्यजन्तु घरमै पाल्न कसैले अनुमति नमागेको बताए । यो समाचार नागरिक दैनिकमा छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथन बीच भेटवार्ता

वाशिङटन डिसी, १५ कात्तिक : अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा उहाँहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गर्नुभएको थियो ।

निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले एक सय १० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको जनाइएको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा रगतको चरम अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको हो ।

रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ । एकातिर चाडवाडपछि बिरामीका आफन्तहरु रगत खोज्न भौंतारिनुपरेको छ भने अर्कातिर अप्रेसन गर्नुपर्ने बिरामीको पनि रगत अभावका कारण समय लम्बिने गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले चाडवाडमा रक्तदाताहरु उपत्यका बाहिर गएको हुनाले प्रत्येक वर्ष रगतको अभाव हुने बताए । रगतको अभाव हुन नदिन प्रत्येक ३ महिनामा रगत दिनुपर्छ भन्ने जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ ।

त्यसै गरी नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुस्त व्यवस्थापनका कारण रगतको अभाव देखिएको बताए । तर, नेपाल सरकारको निर्णयअनुसार रगतको व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाइटीले गर्ने रहेको प्रयोगशाला प्रमुख झाले बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको अनुसार लगभग उपत्यकाको माग ४ देखि ५ सय युनिट रहे पनि अहिले ३ सय युनिट मात्र रगत उपलब्ध रहेको छ । समाजका अध्यक्ष कर्माचार्यले चिकित्सकको अनावश्यक रगत मागका कारण पनि रगत अभाव हुने गरेको बताए ।

उनले १ युनिट रगत बिरामीलाई दिन ५ घण्टा लाग्ने गरे पनि डाक्टरले अनावश्यक रुपमा ४ पाउन्डसम्म रगत जम्मा गर्न लगाउने गरेको बताए । अध्यक्ष कर्माचार्यले रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान अभियान थाल्न अनुरोध गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तिहारको पूर्वसन्ध्यामा पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

गण्डकी – तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ ।

पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।

“गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “बीस हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।”

एशोसिएसनका पूर्वअध्यक्ष दया दुवाले ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नाराका साथ प्रदेशस्तरीय पुष्प मेला आयोजना गर्न लागिएको बताउनुभयो । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिने उहाँको भनाइ छ ।

फूलखेती र एशोसियएनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिइने पूर्वअध्यक्ष दुवाले बताउनुभयो । “पछिल्लो समय पोखरामा पुष्प व्यवसायप्रति आकर्षण बढेको छ, नर्सरीबाट बिरुवा लगेर गाउँ–गाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले ९० प्रतिशत भारतीय फूलमा निर्भर रहनुपथ्र्यो, अहिले त्यो घटेर १५–२० प्रतिशतमा पुगेको छ ।”

तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । एशोसिएसनका अनुसार गण्डमी प्रदेशमा ४८ नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी छन् । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ ।

व्यवसायी दुवाले उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय फस्टाउँदै गएको बताउनुभयो । उहाँले छिटो फुल्ने हुँदा किसानको आकर्षण उन्नत जातका फूलमा रहेको उल्लेख गर्नुभयो । “ढिलो फुल्ने र उत्पादन कम हुने हुँदा स्थानीय जातका फूलमा आकर्षण घट्दै गएको छ, बजारमा पनि उन्नत जातका फूलको माग बढी छ”, उहाँले भन्नुभयो ।
–––

मिठाईको पर्व तिहारमा चिनी अभाव

काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।

कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुगेका छन् । कर्पोरेसनले आह्वान गरेको टेन्डर अनुसार प्रतिटन ८३२ अमेरिकन डलर मूल्य वा खरिदमै प्रतिकेजी चिनी १४२ रुपियाँ परेको थियो ।

त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ, त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा सबै जोड्दा त त्यो चिनी नेपालमा ल्याएर बिक्री गर्न सकिने अवस्था नदेखिएकाले खरिद नगर्ने निर्णयमा पुगेको ती कम्पनीले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले चाडपर्वलाई लक्षित गरेर मन्त्रालय तहबाट यो पटक अनुदानमा चिनी खरिद असम्भव भएको स्वीकार गरे । उनले भने, “चिनी खरिदका लागि कर्पोरेसन र खाद्य कम्पनीबाट प्रक्रिया अगाडि बढाएका हौँ तर झनै चर्को मूल्य प¥यो, त्यो चिनी ल्याएर नेपालमा बिक्री गर्न सम्भव देखिएन ।”

आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवालासँग व्यवसायी, उद्योगीलाई राखेर सोमबार र मङ्गलबार लगातार चिनीकै विषयमा विभिन्न विकल्पमा छलफल ग¥यो तर औपचारिक माध्यमबाट चिनी ल्याउन सकिने अवस्था अहिलेसम्म फेला नपरेको सो महाशाखाका प्रमुख ठाकुरको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन मन्त्री भुसालको आग्रह

गोदावरी (ललितपुर) – कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन आग्रह गर्नुभएको छ ।

मन्त्री भुसालले जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताउनुभयो ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ सुरु भएको मेला यही कात्तिक १८ गते शनिबारसम्म चल्नेछ । पुष्प व्यवसायमा देखिएको बीउबिजनको समस्या पनि सुल्झाउने भुसालको प्रतिबद्धता थियो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले पुष्पखेतीमा लगानीको वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजारमा प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभयो । हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म फूलको माग बढीरहेको छ ।

देशका ४८ जिल्लामा दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको एसोसिएनले जनाएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारले रोजगारी पाएका छन् ।

बाह्य शक्ति र आन्तरिक शासकका कारण नेपाल पछाडि परेको हो – ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्ति र आन्तरिक शासकका कारण नेपाल पछाडि परेको बताउनुभएको छ । नेपाल कला परिषद् काठमाडौँमा कलाकार सुष्माराज भण्डारीको एकल कला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपाली वर्षाैंदेखि आफ्नो दैनिकीमै सङ्घर्ष गर्नुपरेका कारण कला, साहित्य र संस्कृतिमा ध्यान दिन नपाएको उल्लेख गर्दै शासनले पनि नेपालको कला संस्कृतिलाई दरबारमै सीमित राखेको जिकिर गर्नुभयो ।

उहाँले अब नेपालको कला र संस्कृतिलाई आम जनताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कला साहित्य, संस्कृति र सभ्यताको सुरुवात भएको मुलुक भएको दाबी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको जस्तो सिर्जनाको उत्कृष्ट परिकल्पना, कथा, पारस्परिक सम्बन्ध र निरन्तरता कहीँ नभएको बताउनुभयो ।

अरुका देवता महिला नभएको जानकारी गराउँदै उहाँले नेपालमा देवता मात्रै होइन देवी रहेका र सृष्टिकर्ता नै देवी हो भनेर संस्कृतिले समेटेको बताउनुभयो । नेता ओलीले कला प्रदर्शनी अवलोकन गर्दै कलाकार भण्डारीका गणेश आकारका विभिन्न प्रकृतिका सिर्जना हेर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफूलाई पनि तस्वीरमा उतारेकोमा कलाकारलाई धन्यवाद दिनुभयो ।

कलाकार भण्डारीको १९औँ एकल कला प्रदर्शनीभित्र केही कलाकारले बनाएका अध्यक्ष ओलीका मुहार चित्रसमेत प्रदर्शनीमा राखिएको छ । उहाँले आफूलाई तस्बिरमा उतारेर धेरै प्रकारका भाव देखाएको भन्दै खुसी प्रकट गर्नुभएको थियो ।

पार्टीलाई कार्यकर्ता र जनताप्रति जवाफदेही बनाउन विधान संशोधन आवश्यक :महामन्त्री थापा

घोडेपानी(म्याग्दी)- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई कार्यकर्ता र जनताप्रति जवाफदेही बनाउन विधान संशोधन आवश्यक भएको बताउनुभएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा  स्थानीय कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले सङ्गठन बलियो बनाउन विधानमा संशोधन आवश्यक भएको बताउनुभएको हो ।

नेता थापासँग स्थानीय कार्यकर्ताले पार्टी नेतृत्व र चुुनावमा टिकट पाउन चाकरी गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । घोडेपानीका होटल व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कन नसकेको, जलवायुु परिवर्तनको प्रभाव यस क्षेत्रमा पनि परेको र सडकका कारण विस्थापित भएका पदमार्गको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । 

रिगललाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

काठमाडौँ – सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ हिजो मंगलबार पूरा नभएपछि आज पुन ः हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा d+unaf/ भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । d+unaf/ महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गर्नुभएको थियो । बुधबार बाँकी सुनुवाइ हुनेछ ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध ह त्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आजका लागि सुनुवाइ तय गरिएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।

साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।

उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले किसानलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । साथै, उहाँले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताउनुभयो ।

अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताउनुभयो ।

रसुवाको भोटेकोसीमा सशस्त्र प्रहरी बलको खोताखोर परिचालन

रसुवा- नदीमा हराई रहेका एक व्यक्तिको खोजी कार्य थप प्रभावकारी बनाउन रसुवाको भोटेकोसी खोलामा गोताखोर परिचालन गरिएको छ । रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–१ थुमन निवासी अन्दाजी ३५÷ ३६ वर्षका काले भनिने छिरिङ तामाङ रोङ्गा आसपास क्षेत्रको भोटेकोसी खोलामा हाम्फाली यही ८ गते बेपत्ता भएका र बाहिरी भागमा फेला नपरेपछि पानी भित्रका भागमा खोजतलास गर्न सशस्त्र प्रहरी बलको खोताखोर परिचालन गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख सुभाष बुढाथोकीका अनुसार आजदेखि गोताखोर परिचालन गरिएको छ । मानिस एवं ड्रोन क्यामराको सहायताले घटनास्थलदेखि खोलाको तटिय क्षेत्रका बाहिरी भागमा खोज उद्धारबाट पत्ता नलागेपछि पानीभित्रका भागमा जान खोताखोर झिकाइएको हो ।६ गते थुमनकै एक ज्येष्ठ नागरिकलाई कुटपिट गरेको आरोपमा सोधपुछका लागि थुमनबाट धुञ्चे ल्याउने क्रममा यही ८ गते छिरिङले प्रहरीको सवारी साधनमा बस्न नमानी उहाँकै भाञ्जा नाताका दावा तामाङको मोटर साइकलमा धुञ्चेस्थित जिल्ला प्रहरी कार्यालय गएका थिए ।थुमनबाट छुटेको केही बेरमै तार्सागाउँको केही तल मोटर साइकल ढालेर भाग्दै भोटेकोसी खोलामा छिरिङ हाम्फालेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । गाउँ समाजको माझमा रहेको प्रहरी चौकीले जिल्लास्तरमा लाँदा पुलिसले समात्यो भन्ने नकारात्मक हल्ला फैलिने आशंकाले निजी मोटर साइकलमा चढेको हुनसक्ने अनुमान गरिएको छ ।मोटर साइकल चढाउने नेकपा एमाले र बेपत्ताहुने कांग्रेसको स्थानीय कार्यकर्ता भएको भन्दै नेपाली कांग्रेस रसुवाले एक विज्ञप्ति मार्फत घटनाको सत्यतथ्य छिट्टै पत्ता लगाई सार्वजनिक गरिदिन अनुरोध गरेको छ । नेपाली कांग्रेस रसुवाले विज्ञप्ति मार्फत भनेको छ थुमन प्रहरी चौकीका इञ्चार्ज रामविद्या शाह र अर्का सुरक्षाकर्मी जगतनारायण यादव समेत पछिपछि रहेको अवस्थामा घटना कसरी भयो भन्ने प्रश्न समेत गरेको छ । प्रहरीले भने आफ्ना पुरै जनशक्ति खोजउद्धारमा परिचालन गरिरहेको छ ।उता प्रहरी प्रमुख बुढाथोकीले भने खोज उद्धारमा कुनैपनि कमी हुन नदिने बताउँदै घटनाको अनुसन्धान र खोज कार्य सम्पन्न भएपछि सत्यतथ्य बाहिर आउने, प्रमाण र अनुसन्धानले कुनै व्यक्ति दोषी देखाएमा कारबाही हुने प्रष्ट पार्दै प्रहरीलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरिएको छ ।रसुवाको भोटेकोसी खोला गहिरो खोचका साथै बढी ढुङ्गा भएका कारण खोलामा परेको मानिस पाउने सम्भावना भने अत्यन्तै न्यून रहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । 

हेर्नुहोस् कार्तिक १५ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे / मेष राशि – नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि – नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि- परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि – अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि- मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि – प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि- सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता

चितवन- जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो ।

मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उहाँलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उहाँले बताउनुभयो । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गर्नुभएको हो । थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताउनुभयो । स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उहाँले बताउनुभयो । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराउनुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।” छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उहाँले बताउनुभयो ।
 

काठमाडौँ महानगरपालिकाले दुई महिनामा उठायो एक अर्ब कर

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो ।

राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ ।त्यस्तै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्कलनमा सहज भएको छ ।यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख धु्रव काफ्लेले भन्नुभयो ।प्रत्येक वडा कार्यलयबाट राजस्व सङ्कलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व सङ्कलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपाले करिब चार लाख करदाता रहेका छन् । हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिनुभयो । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड राजस्व असुल भएको छ ।गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असुल गर्न छुट दिएको छ ।

महासचिवको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको नेताहरूको ठहर

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिनुभएको छ । संयुक्त बैठकपछि सञ्चारकर्मीसँग उहाँहरूले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक रहेको बताउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महासचिव गुटेरेसले नेपाल भ्रमणका क्रममा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र सगरमाथा र अन्नपूर्ण आधार क्षेत्र, पोखरा र लुम्बिनीलाई चयन गर्नुले उहाँको नेपालप्रतिको निकटता झल्किएको उल्लेख गर्नुभयो ।

“महासचिव गुटेरेसको भ्रमणले नेपालीलाई गौरवान्वित तुल्याएको छ, उहाँको भ्रमणबाट हामी अत्यन्तै खुसी छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “शान्तिप्रक्रिया टुङ्ग्याउन उहाँका सुझाव महत्त्वपूर्ण छन्, यसमा हामी विश्व समुदायको समर्थनको अपेक्षा गर्छौँ ।” नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासचिव गुटेरेसले जलवायु परिर्वतनको असरबाट प्रभावित नेपाललाई सहयोग गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो, उहाँले आफूले संयुक्त राष्ट्रसङ्घबाट समेत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।” महासचिव गुटेरेसको नेपाल भ्रमणले विश्वमा नेपालको मान प्रतिष्ठा बढेको नेता कोइरालाको भनाइ छ ।

सबैलाई न्याय हुने गरी शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउन महासचिवले सुझाव दिनुभएको उहाँले उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकतामा अगाडि बढेको बताउनुभएका महासचिव गुटेरेसको सम्बोधन प्रशंसायोग्य रहेको बताउनुभयो । जलवायु परिर्वतनबाट नेपाललाई परेको असर कम गर्नका लागि विकसित देशले सहयोग गर्नुपर्छ भन्ने महासचिव गुटेरेसको भनाइ महत्त्वपूर्ण रहेको उहाँको प्रतिक्रिया थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समयानुकूल नेपालको अवस्थाबारे महासचिव गुटेरेसले चित्रण गर्नुभएको उल्लेख गदै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

अध्यक्ष केसीले पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, जलवायु परिर्वतनले पारेका असर, गरिबी निवारणलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उहाँले कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्नेमा जोड दिनुभएको थियो । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा नेपालले शान्ति सेनामार्फत गरेको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको थियो । साथै, उहाँले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनी जानुभएको थियो ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ । राष्ट्रसङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएपछि संसद् भवन चिटिक्क पारिएको थियो । महासचिव गुटेरेसको स्वागतका लागि सङ्घीय संसद् भवनको मुख्यद्वारदेखि नै नेपालको राष्ट्रिय झण्डा राखिएका थिए । सदनको आजको बैठकमा संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, महान्यायाधिवक्ता, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

समयसीमा नजिकिँदै गर्दा हजारौँ अफगानी पाकिस्तानबाट भागे

पेशावर – सत्र लाख अफगानीहरूका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् ।

सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्न सुरु गरिने बताएको थियो । उनीहरूलाई त्यहाँबाट जबरजस्ती अफगानिस्तान फिर्ता पठाइने पनि सरकारले बताएको थियो ।

काबुलको तालिबान सरकारले पाकिस्तान सरकारको उक्त नीतिलाई ‘उत्पीडन’ भनेको छ । “हजारौँ अफगान शरणार्थीहरू सवारी साधन, लरी र ट्रकहरूमा आफ्नो पालो पर्खिरहेका छन् र यो सङ्ख्या बढिरहेको छ”, तोर्खम सीमामा सरकारका वरिष्ठ अधिकारी इर्साद मोहम्मदले भन्नुभयो, “बिहानैदेखि १० हजारभन्दा बढी शरणार्थीहरू जम्मा भएका छन् ।”

सरकारले पाकिस्तानमा अवैधरूपमा रहेका १७ लाख अफगानीहरूलाई छोड्न एक महिनाको समयसीमा दिने घोषणा गरेपछि अक्टोबरको सुरुदेखि एक लाखभन्दा बढी अफगानी आप्रवासी पाकिस्तानबाट भागेका छन् ।

“पाकिस्तानी अधिकारीहरू बाट हुने कुनै पनि अपमानबाट बच्न मैले त्यहाँबाट जाने निर्णय गरेको छु”, पेशावरको एउटा सहायता शिविरमा शरणार्थी आमाबुबाबाट जन्मिएका जुल्फिकार खानले एएफपीलाई भन्नुभयो ।

उत्तरी तोर्खम सीमाबाट ८० प्रतिशतभन्दा बढी मानिस खैबर पख्तुनख्वा प्रान्तमा गएका छन् । उक्त प्रान्तमा अधिकांश अफगान आप्रवासी बसोबास गर्छन् । स्वेच्छाले गएकाले अहिलेसम्म उनीहरूलाई पक्राउ नगरिएको सो प्रान्तका प्रहरीले बताएको छ । तर कराँची र इस्लामाबादमा अफगान शरणार्थीहरूले पक्राउ, उत्पीडन र जबरजस्ती गरेको बताएका छन् ।

पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

फुङ्लिङ, १४ कात्तिक ः समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।

मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । महतका अनुसार दसैँको नवरात्रदेखि दसैँ अवधिभरमा एकै दिन छ हजार छ सयले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मङ्गलबार साढे आठ हजारले पाथीभरा मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापनसमेत हम्मे परेको महतले बताउनुभयो । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीले भूमिका खेल्दै आएका छन् ।

दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार तीन सय ६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य याम मानिन्छ । यस वर्ष दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडकसमेतमा मर्मतसम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या कम हुन थालेपछि तीर्थालु थपिन थालेका हुन् ।

बजेट प्रतिस्थापन विधेयक : कृषि उत्पादन वृद्धिलाई प्राथमिकता

मोरङ, १४ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रस्तुत गरिने बजेट प्रतिस्थापन विधेयकमा कृषि उत्पादन वृद्धिलाई विशेष प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय कृषि गणना–२०७८ अन्तर्गत प्रदेशस्तरीय नतिजा पुस्तक सार्वजनिक गर्दै उहाँले सरकारले कृषि अनुसन्धान एवं यान्त्रीकरण गरी यसमा हुने व्यापार घाटा कम गर्न विशेष जोड दिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले कृषि उत्पादनबाट आत्मनिर्भर र निर्यातमुखी हुनका लागि प्रविधिमैत्री प्रयोगमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो । उहाँले बाँझो जग्गालाई सदुपयोग गर्न एकीकृतरुपमा व्यावसायिक कृषि उत्पादनका लागि कृषकलाई प्रोत्साहन गरिने विचार व्यक्त गर्नुभयो ।

वर्तमान प्रदेश सरकार स्थिर हो भन्दै मुख्यमन्त्री कार्कीले चाँडै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले प्रदेशमा सुरक्षा, जनअधिकारको संरक्षण, समृद्धिसँगै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकुमार भण्डारी र कार्यालयका निर्देशक प्रदीपकुमार कार्कीले कृषि गणनाबाट प्रदेश तथा स्थानीय निकायलाई योजना, नीति एवं कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशमा सात लाख ८६ हजार एक सय आठ कृषक परिवारले पाँच लाख ३२ हजार नौ सय ३७ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बङ्गलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आलु आयात गरिने

बङ्गलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ । वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र स्वदेशी उपलब्धतालाई ध्यानमा राख्दै विदेशबाट आलु आयात गर्ने अनुमति दिइएको जनाएको छ ।

“यो निर्णय आलुको स्थानीय बजारमा आलुको अत्यधिक माग र मूल्य वृद्धिलाई शान्त पार्ने सरकारको प्रयासको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिन व्यवसायीलाई आग्रह गरिसकेको छ ।

‘महासचिव गुटेरेसको सम्बोधनबाट नेपालको गौरव बढ्यो’ – पूर्वसभामुख

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गर्नुभएको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताउनुभएको छ ।

महासचिव गुटेरेसको सम्बोधनपछि रासससँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “राष्ट्रसङ्घको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पुर्‍याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ । छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।”

सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गर्नुभयो ।

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफैँ पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छाैं भनी देखाउनुभएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।”

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन भएको उल्लेख गर्दै पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति श्रद्धाञ्जलि सम्मानका लागि गर्नुभएको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिनुभयो ।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विशिष्ट पाहुनालाई दिइएको आतिथ्य र स्वागत खेर जाँदैन । समसामयिक सबै क्षेत्रलाई समेटेर सम्बोधन भएको छ । शान्ति प्रक्रिया आन्तरिक मामिला भएकाले आफैँ टुङ्गोमा पुर्‍याउनु सन्देश दिनुभएको छ ।”

पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पुर्‍याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राख्नुभएको भनाइ आफैँमा उच्च कोटीको रहेको टिप्पणी गर्नुभयो ।

यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गर्नुभएको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराउनुभयो ।

जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, १४ कात्तिक : काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु एक लाख ९९ हजार र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत आठ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु १९ हजार पाँच सय र तीन बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँके, कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकाल समेत पाँच जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ३५ हजार नौ सय ५५ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

धादिङ, निलकण्ठ नगरपालिका–३ एमाले चोक नजिक बस्ने आशीष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत छ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ४२ हजार आठ सय २५ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

तेह्रथुम, लालिगुँरास नगरपालिका–२ प्रगती टोल बस्ने ३८ वर्षीय बीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ९५ हजार र तीन बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत सात जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु ११ हजार पाँच सय ८० र एक बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महासचिव गुटेरेसको सम्बोधन : बहुआयामिक सन्देश प्रवाह

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गर्नुभएको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखले दिनुभएको छ ।

महासचिव गुटेरेसको सम्बोधनपछि रासससँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रसङ्घको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पु¥याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ । छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।”

सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गर्नुभयो ।

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफँै पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छाैं भनी देखाउनुभएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।”

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन भएको उल्लेख गर्दै पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति श्रद्धाञ्जलि सम्मानका लागि गर्नुभएको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिनुभयो ।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विशिष्ट पाहुनालाई दिइएको आतिथ्य र स्वागत खेर जाँदैन । समसामयिक सबै क्षेत्रलाई समेटेर सम्बोधन भएको छ । शान्ति प्रक्रिया आन्तरिक मामिला भएकाले आफैँ टुङ्गोमा पु¥याउनु सन्देश दिनुभएको छ ।”

पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पु¥याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राख्नुभएको भनाइ आफँैमा उच्च कोटीको रहेको टिप्पणी गर्नुभयो ।

यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गर्नुभएको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराउनुभयो ।

इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए

अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ ।

ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए । हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो । “सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ”, सीपीजेले भनेको छ । “पत्रकारहरू सङ्कटको बेला महत्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ”, सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भन्नुभयो ।

कोभिड–१९ विरुद्धको खोपको बिक्रीमा भारी गिरावटपछि फाइजर घाटामा

कोभिड–१९ विरुद्धको खोपको बिक्रीका साथै महामारीको उच्च अवस्थामा उपचारात्मक औषधिका कारण आउने गरेको आम्दानीमा गिरावटपछि कम्पनी घाटामा गएको मङ्गलबार फाइजरले जानकारी दिएको छ ।

औषधि निर्माता कम्पनीले तेस्रो त्रैमासिकमा २.४ अर्ब अमेरिकी डलरघाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.६ अर्ब डलर रहेको थियो ।

कोभिड–१९ थेराप्युटिक प्याक्सलोभिड र भ्याक्सिन कोमिरनेटीमा ५.६ अर्ब डलरको इन्भेन्ट्री राइट–डाउनका कारण नतिजा मापन गरिएको थियो ।

फाइजरले अक्टोबर १३ मा कोभिड–१९ को दरमा आएको गिरावटका कारण कम्पनीको राजस्वमा आएको भारी गिरावटका कारण आफ्नो पूर्वानुमान घटाएपछि यो नतिजा आएको हो ।तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी ४२ प्रतिशतले घटेर १३ अर्ब २० करोड डलरमा झरेको छ ।

तर तेस्रो त्रैमासिकमा गैर–कोभिड उत्पादनमा ठोस वृद्धि पछि फाइजरले कम्पनीले नयाँ औषधिहरूको हालैको सरकारको स्वीकृतिका कारण सन् २०२३ को लक्ष्य हासिल गर्ने बाटोमा रहेको बताएको छ।

“हामीले हालैका बर्षमा धेरै कोशेढुङ्गा हासिल गरेका छौं जसले हाम्रो वैज्ञानिक आधारको अन्तर्निहित शक्ति र चौडाइलाई जनाउँछ,” प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले भन्नुभयो, “यसले संयुक्त राज्य अमेरिका र युरोपमा एब्रिस्भोलाई रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) र कपाल झर्ने र फोक्सोको क्यान्सर र अन्य उपचारहरूको सामना गर्न सरकारी स्वीकृतिहरू दिएको छ ।”

फाइजरले सन् २०२४ सम्ममा वार्षिक ३.५ अर्ब अमेरिकी डलर बचत गर्ने गर ि‘मूल्य समायोजन’ कार्यक्रमको बीचमा रहेको बताएको छ ।

फाइजरका अनुसार कम्पनीले यस वर्ष कुनै पनि शेयर पुनः खरीद गरेको छैन र चौथो त्रैमासिकमा कुनै शेयर खरीदको अपेक्षा पनि गरिएको छैन ।‘प्रि–मार्केट ट्रेडिङ’मा फाइजरको सेयर ०.१ प्रतिशतले बढेको छ ।

पर्वतमा सयपत्री फूलको व्यावसायिक खेती

पर्वत १४ कात्तिक ः पर्वतमा पहिलोपटक सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । घर वरिपरी तथा करेसाबारीमा प्राकृतिक कारणले उम्रिएका फूलका बोटबाट उत्पादित फूलले दसँै, तिहार तथा विभिन्न मेला महोत्सवमा माला तथा फूलको प्रयोग गर्दै आए पनि जिल्लामै पहिलो पटक दक्षिण पर्वतको विहादी गाउँपालिका–६, शालिग्रामस्थित हनुमानडाँडाका एक युवाले व्यावसायिकरुपमा फूल खेती सुरु गर्नुभएको हो । स्थानीय मेघनाथ भट्टराईले चालु आर्थिक वर्षदेखि परीक्षणको रुपमा गरिएको फूलखेती सफल भएको छ ।

उहाँले भट्टराई पशुपक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा झण्डै दुई रोपनी जमिनमा सयपत्री फूल लगाउनुभएको छ । अहिले परीक्षणको रुपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दैै जाने योजनासमेत बनाउनुभएको छ । विभिन्न प्रकृतिका सयपत्री फूल बिक्रीबाट यसवर्ष न्यूनतम रु दुई लाखभन्दा बढी आम्दानी हुने उहाँको अपेक्षा छ । तिहारको बेला फूल बिक्रीका लागि स्थानीय सेतीवेणी बजार, हुवास, स्याङ्जा, वालिङलगायत बजारमा पठाउने तयारी गरेकोसमेत भट्टराईले बताउनुभयो ।

जिल्लाभर फूलको खेतीगर्ने र बिक्रीवितरण गरी आम्दानी गर्ने प्रचलन नभएपपछि उहाँले विभिन्न सञ्चारमाध्यममा देखेको भरमा उक्त खेती गर्न सुरु गर्नुभएको हो । सुरुवातमा रु ५० हजार लगानी गरेर फूलको खेती गरिएको भट्टराईले बताउनुभयो । गत साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन् । नेपालीको दोस्रो ठूलो पर्व तिहारसमेत नजिकिँदै गएका बेला बारीभरी पहँेलपुर बनेको फूलले सहजै बजार पाउने भट्टराईको विश्वास छ । कोदो र मकै खेती हुने बारीमा यस वर्षदेखि फूलखेती गरिएको हो । “मकै लगाए बाँदरले सखाप पारिदिन्छ, त्यो भन्दा फूलखेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर कोदो र मकैको सट्टा फूलखेती गरेको हुँ ।” उहाँले भन्नुभयो ।

यसअघि पर्वतका सातवटै पालिकामा यसरी व्यावसायिकरुपमा फूल लगाएको नपाइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । उहाँले अन्य समयभन्दा तिहारको बेला बाहिरवाट लाखौँको फूल र माला आयात हुने गरेको बताउँदै जिल्लामै उत्पादन भएमा फूल आयात गरिरहनुनपर्ने समेत बताउनुभयो । बाहै्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनैपनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यावसायीले समेत मनग्गे आम्दानी गर्न सकिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मोहन बस्यालले जिल्लामै व्यावसायिक रुपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो किसान भएको जिकिर गर्नुभयो ।

वडामा उद्यमशील बन्छु भन्ने हरेक नागरिकलाई आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उहाँले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके विदेशबाट आयातित फूल र प्लास्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदूषण हट्ने जानकारी दिनुभयो । तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई प्रवद्र्धन गर्नसमेत आग्रह गर्दै वडाध्यक्ष बस्यालले यस अघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने किसानलाई प्रति व्यक्ति रु २० हजार अनुदान उपलव्ध गराएको बताउनुभयो ।