`

दसैँको अवसरमा कालिका मन्दिरमा भक्तजनको भीड, पाँच लाख धार्मिक पर्यटक

गलकोट (बागलुङ), ५ कात्तिक : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ ।

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उहाँले बताउनुभयो ।

मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटक समेत कालिका मन्दिरमा आउन थालेपछि धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अध्यक्ष खड्काका अनुसार विगतको तुलनामा यसपटकको दसैँमा भक्तजनको सङ्ख्या बढेको छ भने बलीको सङ्ख्या भने घटेको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली दिने गरिन्छ । परेवाको बली निषेध गरिएको छ ।

दसैँको फूलपातीदेखि कालिका मन्दिरको पार्किङमा सवारी नअटेपछि वैकल्पिक पार्किङको व्यवस्थापन गरिएको छ । हाल कालिका मन्दिरको पार्किङमा दुई पाङ्ग्रे सवारी र वैकल्पिक पार्किङ व्यवस्थापन गरिएको रामरेखा सामुदायिक वन कार्यालयको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

मन्दिरमा बागलुङसहित छिमेकी जिल्लाहरु म्याग्दी, मुस्ताङ, पर्वत, चितवन, बुटवल, काठमाडौँ, स्याङ्जा, पोखरालगायतका स्थानबाट मानिसहरु दर्शनका लागि आउनेगरेको अध्यक्ष खड्काको भनाइ छ । पाँच सय वर्ष पुरानो कालिका मन्दिरमा पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटक बढेका छन् ।

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइयो

काठमाडौँ, ५ कात्तिक : इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।

थारु बस्तीमा सखिया नाचको रौनक

दोधाराचाँदनी, ५ कात्तिक (रासस) : यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्नुहुन्छ ।

सीतागायत गाउँका सबैजना साँझ आठ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साँझ खाना खाएर सबै जना बडघरको आगनमा जम्मा भएर सखिया नाच्छौँ ।” उहाँले भन्नुभयो, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उहाँले दसैँसुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताउनुभयो ।

“यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ,” सीताले भन्नुभयो, “सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको आभासनै हुँदैन ।” उहाँले पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडि देखिनै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको बताउनुभयो । “अहिले दसैँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे,” उहाँले भन्नुभयो, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।”

थारु समुदायमा दसैँमा सखिया नाचको विषेश महत्त्व हुने देवी चौधरी बताउनुहुन्छ । “सखिया नाच नभएपछि गाउँमा दसैँ आएको हो कि होइन थाहा हुँदैन ।” उहाँले भन्नुभयो, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताउनुभयो । उहाँका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ ।” उहाँले भन्नुभयो, “गीत गाउने चलन छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्तयमा गाउन मिल्दैन ।”

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उहाँले बताउनुभयो ।

“आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो समुदायमा दसैँ धुमधामका साथ मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।”

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

दसैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी, यस वर्षको दसैँमा पाँच लाख बराबरको मूढा उत्पादन

दमौली, ५ कात्तिक : जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।

बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।

प्रमुख अधिकारीले भन्नुभयो, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा

दसैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी
दमौली, ५ कात्तिक : जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।

बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।

प्रमुख अधिकारीले भन्नुभयो, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा बिक्री गरेर दसैँंमा घरखर्चसमेत पठाउने गरेका छन् ।”

कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँंमा रु पाँच लाख बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दसैँंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।”

कारागारमा दुई ब्लकमा दुई सय ८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।–

बिक्री गरेर दसैँंमा घरखर्चसमेत पठाउने गरेका छन् ।”

कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँंमा रु पाँच लाख बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दसैँंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।”

कारागारमा दुई ब्लकमा दुई सय ८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।–

‘कुछी भ्वय्’ खाएर महाअष्टमी मनाइँदै नेवार समुदाय

भादगाउँ (भक्तपुर), ५ कात्तिक ः मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत्रुपमा दसैँको मासु भित्र्याएर कुछी भ्वय् खाई महाअष्टमी पर्व मनाउँदै छन् । बडादसैँलाई महोनी नखःकारुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछी भ्वय खाएर पर्व मनाइन्छ ।

विशेष गरी अष्टमीलाई कुछि भ्वय्, नवमीलाई स्याक्वट्याक्व नखः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखः मनाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछी भ्वय् खाँदै मोहनी नखःको भोजको सुरुआत गर्दछन् । कुछी भ्वय् खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलनसमेत छ ।

वर्षभरि मनाइने चाडपर्वमध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेसमेत घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु पनि एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखः मनाउने गर्दछ ।

विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछी भ्वय्को विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजको भन्दाभिन्न प्रकारको हुन्छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला (पोलेको मासु) पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका ससाना दुईथरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउनुभयो । कुछी भ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ ।

कुछी भ्वय् खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको धौभडेलले बताउनुभयो । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको धौभडेलले बताउनुभयो । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाईन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने विश्वास रहेको छ ।

आफन्तको मृत्यु भएर जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

नेवार समुदायमा कुछि भ्वय्का सन्दर्भमा दुई भनाई प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछीको अर्थ दुई माना हो भने भ्वय्को अर्थ भोज हो । दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्कोथरी संस्कृतीकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंश भएर कुछी भ्वय हुन गएको भनाइ छ ।

महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन छ ।

खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ:नेता ऐनबहादुर शाही

काठमाडौँ ,५ कात्तिक : नेपाली काङ्ग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउनुहुन्छ ।

सांसदसँग रासस संवादमा उहाँले सङ्घीय संसद्मा आफ्नो पहिलो प्रवेश भएकाले संसदीय अभ्यासको सिकाइसँगै कानून निर्माण र जनताका समजल्दाबल्दा विषयबस्तु सदनमार्फत सम्बोधन गर्न÷ गराउन आफू क्रियाशील रहेको प्रतिक्रिया दिनुभयो ।सांसद शाही भन्नुहुन्छ, “जिल्लावासीले कानूनभन्दा विकास निर्माण चाहेका छन् । प्राकृतिक विपत्तिबाट र आगलागीबाट पीडितलाई सहयोग एवं पुनःस्थापना, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र सिँचाइ समस्यामा आवाज उठाइरहेको छु ।”विक्रम सम्वत् २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका शाहीले सङ्घको कर्णाली काठमाडौँ सम्पर्क समिति उपसभापति, २०४८मा मुगुबाट नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य हुँदै २०५९ मा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएर काम गर्नुभयो ।पार्टी एकीकरणपछि २०६७ र २०७८ मा नेपाली काङ्ग्रेस मुगुका सभापति बन्नुभएका शाहीले पाँच वर्ष अध्यापन पनि गर्नुभयो ।प्रतिनिधिसभाले मिटर ब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित गरेको उल्लेख गर्दै उहाँले अन्य विधेयक विचाराधीन रहेको बताउनुभयो । कानून निर्माणको मुख्य दायित्वभन्दा अन्य विषयमा अल्मलिँदा जनअपेक्षाअनुसार संसद्ले काम गर्न नसकेको बताउँदै सांसद शाही भन्नुहुन्छ, “हाम्रो मुख्य दायित्व भनेको कानून बनाउने हो तर जनतालाई राज्यबाट सहज र सुलभ सेवा उपलब्ध गराउन सरकारलाई झक्झक्याउनु पनि हाम्रो जिम्मेवारी हो ।”मुलुकले सङ्घीय शासन प्रणालीलाई आत्मसात गरेपछि सबभन्दा बढी विकासनिर्माणसँग स्थानीय तह जोडिए तापनि पुरानो अभ्यास र निर्वाचनका बेला गरेको वाचाका कारण ससाना विकास र बिरामीको उपचारमा समेत सांसदले सहयोग गर्नुपर्ने बाध्यता रहेको वास्तविकता उहाँले सुनाउनुभयो ।सांसद शाही भन्नुहुन्छ, “कानून निर्माणको पहिलो जिम्मेवारीप्रति हामी सचेत छौँ, विकास–निर्माणका कामलाई गति दिने जिम्मेवारी पनि छ । जनताका माग हामीले नै सम्बोधन गर्नुपर्छ भन्ने मान्यता जनतामा छ । विकासका जनचाहना पूरा गर्न मन्त्रालय धाउनु र मन्त्रीलाई भेट्नु दैनिकी नै बनेको छ ।”वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसमा व्यापक सुधारको खाँचो औँल्याउँदै उहाँले निष्ठाको राजनीति गर्ने सामान्य परिवारको व्यक्तिलाई चुनाव लड्नु चूनौतिपूर्ण भएको बताउनुभयो ।समाजमा सबैतिर सुशासनको विषय उठिरहेको बताउँदै उहाँले भन्नुभयो, “जनता निराश भएका छन्, विगतको शासन प्रणाली ठीक नभएर गणतन्त्रको विकल्प रोजियो तर जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् ।” भ्रष्टाचार निवारणको प्रतिबद्धता व्यवहारमा लागू नहुँदा जनतामा निराश भएका उहाँको विश्लेषण छ ।रोजगारीको अभावमा युवावर्ग विदेश पलायन भएकामा चिन्ता व्यक्त गर्दै सांसद शाहीले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउन सके अर्थतन्त्रमा पनि टेवा पुग्ने बताउनुभयो । उच्च शिक्षाका निम्ति विदेशिनेको लस्करले पनि उहाँलाई चिन्तित तुल्याएको छ, भन्नुभयो, “शिक्षा सहज छैन, भोलि यो पढेर राम्रो अवसर र रोजगारीको सुनिश्चिता हुन्छ भन्ने पनि भएन । भविष्यको सुनिश्चितताको विकल्प खोज्ने क्रममा युवा विद्यार्थी विदेश जानु पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको छ ।”चिकित्सा र इन्जिनियरिङ मात्र होइन, अरु विषयको पढाई पनि नेपालमा निकै महँगो हुँदै गरेको बताउदै सांसद शाहीले शिक्षा सर्वसुलभ नभएको, विपन्न वर्गका विद्यार्थीले ती विषय पढ्ने कल्पना पनि गर्न नसक्ने भएकाले यस क्षेत्रमा तत्काल सुधार हुनुपर्ने बताउनुभयो । आन्दोलन नगरी कुनै माग सुनुवाइ नहुने स्थिति आउनु विडम्बना भएको टिप्पणी गर्नुभयो ।

इच्छाकामनाका किसान भन्दछन् –‘खसीबोकाको मूल्य नै पाइएन’

भरतपुर, ५ कात्तिक ः चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताउनुभयो । “दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन”, उहाँले भन्नुभयो, “केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।” उहाँले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गर्नुभएको हो । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।

यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भन्नुभयो । “खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो”, उहाँले भन्नुभयो, “अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।”कोयलघारीकै डोपबहादुर गुरुङलाई विगत्को वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उहाँले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उहाँले बताउनुभयो । खसीबोका बिक्रीबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गर्नुभएको छ । उहाँले पाँच दिन अगाडि खसीबोका बिक्री गर्नुभएको हो । “यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन् । बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ”, उहाँले भन्नुभयो ।कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा हुनुहुन्छ । यसपटक दसैँ खर्च जोहो गर्न चार खसी बेच्ने उहाँले बताउनुभयो । “३० बाख्रा छन् । चार वटा पाठा बेच्न नारायणघाट जाने हो”, उहाँले भन्नुभयो, “छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो ।” प्रत्येक वर्ष खसीबोका बेचर दसैँ मनाउने गरेको उहाँले सुनाउनुभयो । खानीगाउँ र कुलयघारीमा एक सय आठ घरधुरी छन् । अधिकांशको घरमा कम्तीमा २० बाख्रा छन् । गाईभैँसी कम पाल्दै आएका उनीहरुको मुख्य आम्दानी बाख्रा नै हो । अधिकांशले दसैँमा खसीबोका बेचेर मनाउने गर्दछन् ।अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो छ सय रुपैयाँसम्म मूल्य पारेका थिए । अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा सुनील ज्ञवाली बताउनुभयो । पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेच्नुभएको छैन”, उहाँले भन्नुभयो, “उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गर्नुभएको छ ।” अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु एक हजार दुई सयमा बिक्री भइरहेको छ । इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ । दसैँमा खसीबोकाको कारोबार भने यकीन नभएको उहाँले बताउनुभयो ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : मुआब्जा निर्धारणमै अल्झियो

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन । यसका लागि रायसुझाव लिन गत चैत २६ गते दिक्तेलमा सर्वदलीय छलफल भएको थियो । तर अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने र भुँवाघाटबाट उत्पादन गरिने राष्ट्रिय गौरवको सो जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी करिब २५ हजार रोपनी निजी जग्गा प्राप्ति (अधिग्रहण)को प्रक्रिया अघि बढाइएको छ । आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिनुभएको छ ।गत चैत २६ गतेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम चलनचल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा कारोबार भएको मूल्य र सरकारी दर रेटलाई आधार मानेर जग्गाको मूल्य निर्धारण गर्ने निचोड निकालेको थियो । खोटाङतर्फको जग्गा विसं २०७८ असार २३ गतेदेखि रोक्का छ भने, ओखलढुङ्गातर्फको जग्गा अधिग्रहणका लागि विसं २०७८ फागुन २३ गते सूचना निकालिएको थियो ।जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण हुन नसकेको मुआब्जा निर्धारण उपसमिति खोटाङका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिनुभयो । “दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने निजी जग्गाको मुआब्जा वितरणका लागि मूल्य निर्धारण गर्न नेपाल विद्युत् प्राधिकरणले पटकपटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन”, उहाँले भन्नुभयो, “जग्गाधनीले आनाकै ३०÷३५ लाखसम्म मूल्य निर्धारण गर्नुपर्ने माग राखेपछि समस्या भएको हो । मूल्य निर्धारण हुन नसक्दा गत वर्ष मुआब्जा शीर्षकको बजेटसमेत ‘फ्रिज’ भएको भयो ।”सरकारबाट अधिग्रहण हुने जग्गाको मुआब्जा दिन पुग्नेगरी बजेट विनियोजन नहुँदा पनि मुआब्जा निर्धारणको काम अड्किएको प्राधिकरणका उपनिर्देशक एवं दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो । “जग्गाको मूल्य निर्धारण गरेर मात्रै भएन, जग्गाधनीलाई दिने बजेट पनि हुनुप¥यो”, उहाँले भन्नुभयो, “आवश्यक बजेट भएको भए निर्णयमा पुगिहाल्थ्यौँ । निर्णय गरे पनि जनतालाई दिन सकिने अवस्था छैन । चालू आर्थिक वर्षमा मुआब्जासहित सम्पूर्ण कामका लागि सरकारले रु ५० करोड विनियोजन गरेको छ ।”आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहले मूल्य निर्धारण समिति र उपसमितिलाई राय दिइसकेको जनाइएको छ । तैपनि जग्गाको अन्तिम मूल्य निर्धारण गर्न सकिएको छैन ।यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएको जनप्रतिनिधिले बताउँदै आएका छन् । प्रभावित क्षेत्रमा पुस्तौँदेखि अरूको जग्गा कमाएर बसेका र प्रभावित क्षेत्रमै अरूको जग्गामा ३० देखि ४० वर्षदेखि घरटहरा बनाएर बसिरहेका स्थानीयको पुनःस्थापनाको विषयले पनि मूल्य निर्धारणमा अलमल गराएको जनाइएको छ ।यस्तै लामीडाँडाको रभुँवामा बसोबास गरिरहेका माझी समुदायको पुनर्वास गर्न माग गरिइएको छ । लामीडाँडाको रभँुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । रभुँवाघाटस्थित दूधकोशी नदीबाट उत्पादन गर्न लागिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत विसं २०४२ मा पहिचान भएको हो ।आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालन हुँदा रभुँवाघाटमा दुई सय मिटर अग्लो बाँध हालेर बन्ने जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयरसमेत गराउन सकिने जनाइएको छ ।

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

काठमाडौँ, ५ कात्तिक : धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

काठमाडाँै उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड

चितवन, ५ कात्तिक- गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।

गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिनुभयो ।

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

लुम्बिनी, ५ कात्तिक : बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ ।

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ ।यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँचसय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चारपाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् ।केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको राससलाई बताउनुभयो । निजी सवारी साधानलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उहाँको बुझाइ छ ।‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई रु दुईहजार पाँच सय, तीन पाङ्ग्रे सवारीलाई रु दुईहजार नौ सय, चारपाङ्ग्रे सवारीलाई रु तीन हजार दुईसय र हेभी सवारीलाई रु तीन हजार ६ सय राजश्व तोकिएको छ । एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।

नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

काठमाडौँ, ५ कात्तिक : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उहाँले सो ‘ गोल्ड मेडल’ प्राप्त गर्नुभएको हो । नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार देशका धेरै भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइयो

दमौली (तनहुँ)- तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा खड्गजात्रा मनाइएको हो । हरेक वर्ष फूलपातीको दिन बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा यो जात्रा मनाउने प्रचलन छ । बन्दीपुरमा तीन सय वर्ष पहिलादेखि फूलपातीको अवसरमा खड्गजात्रा मनाउने प्रचलन रहेको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फूलपातीको दिन बन्दीपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराउने प्रचलन छ ।”

बन्दीपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ । खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदायको सहभागिता हुेन गरेको छ । यो मन्दिरमा फूलपातीका दिन खड्ग जात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा उल्लेख छ ।

खड्गदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदा हो । सबैको साझा सांस्कृतिक सम्पदाकाको रुपमा यो मन्दिर यहाँका जातजातिको एकताको प्रतीकका रूपमा हो ।

दुर्गा पक्षको आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै

काठमाडौँ, ५ कात्तिक – बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।

यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् ।

शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाइ छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने जनाइएको छ ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा आजा गरिएको छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाई पूजा आजा गरेका छन् ।

राति बलिसहित कालरात्रि पूजा गरिँदै

आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

महाअष्टमीका दिन आज राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

हेर्नुहोस् कार्तिक ५ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि – जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि- आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि – पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि- आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि- आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि- परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

आलुको स्वादिष्ट अचार कसरी बनाउने ?

सामग्री – आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६-७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनियाँ ।

विधि – आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काँचो प्याजलाई राउन्ड सेपमा अस्रो छटिने गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।

त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनियाँ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने । खानुभन्दा आधा घण्टाअघि फ्रिजमा हाल्ने ।यो अचार ढकनीसँग खाँदा निकै स्वादिष्ट हुन्छ ।

युक्रेनद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च

युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को प्रेस सेवाले शुक्रबार यस बारे जानकारी गराएको छ ।

उक्त रकममध्ये ६८२ अर्ब रिभ्निया (१८.६६ बिलियन डलर) सैनिक कर्मचारीको तलबमा र करिब ३४९ बिलियन रिभनिया (९.५५ बिलियन डलर) सैन्य उपकरण खरिद गर्न प्रयोग गरिएको बताइएको छ । यस वर्षको पहिलो नौ महिनामा रक्षा क्षेत्र युक्रेनको बजेट प्राथमिकतामा थियो भने, सामाजिक कार्यक्रम र स्वास्थ्य सेवा थिए, उनले भने ।

अर्को वर्ष युक्रेनले रक्षा र सुरक्षा बललाई सहयोग गर्न “सबै सम्भावित स्रोतहरू” परिचालन गर्न निर्देशन दिएको छ । युक्रेनको सन् २०२४ को लागि मस्यौदा बजेटले अर्को वर्ष रक्षाका लागि कम्तिमा १.६९ ट्रिलियन रिभनिया (४६ बिलियन डलर) वा आफ्नो जीडीपीको २१.६ प्रतिशत छुट्याउने तयारी गरेको छ ।

तनहुँको म्याग्देमा दश श्ययाको अस्पताल

तनहुँ, ४ कात्तिक : जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ । उक्त पालिकाले रु छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ ।

पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ । यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिवको जोड

देउखुरी (दाङ), ४ कात्तिक : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताउनुभयो ।

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताउनुभयो । सहर र गाउँलाई दसैँले जोडेको उहाँले उल्लेख गर्नुभयो ।

एक पृथक प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डो¥याउने सबल राजनीति दल खोजेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो

महेन्द्रनगर (धनुषा), ४ कात्तिक : जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ ।

दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।

मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रुखमुनि गएर हिन्दू परम्पराअनुसार पूजा पाठ गरेका थिए ।

नवरात्र प्रारम्भ भएदेखि नै यहाँका प्रमुख शक्तिपीठ बौद्धिमाइ, अमरखाना माइ, भगवती मन्दिर, सोनासतिलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

राजदेवी मन्दिर परिसरमा विशेष मेला पनि लागेको छ । दसैँ मेला यहाँ गाउँ गाउँबाट मानिस आएका छन् । मेलामा अवाञ्छित गतिविधि हुननदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चाडबाडको मुखमा खसीबोका बिक्री भएनन्, चिन्तित बने किसान

बेदकोट (कञ्चनपुर), ४ कात्तिक ः चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।

परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । “केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ”, जोगबुढाका किसान जिते धामीले भन्नुभयो, “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।”

चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ । “भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्”, उहाँले भन्नुभयो, “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ ।”

गत असोज ३० गते उहाँले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याउनुभएको थियो । तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् । गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामी बताउनुहुन्छ ।

“खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छन्”, उहाँले भन्नुभयो, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ ।” परशुरामबाट नौजना किसानले एक सय ५० खसीबोका बिक्रीका लागि महेन्द्रनगगर पुर्याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उहाँको भनाइ छ ।

महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गर्नुभयो । “अहिले भीनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसीबोका राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “त्यसैले समस्या छ, ठाउँ उपलब्ध गराए त्यसबापतको पैसा तिर्न पनि तयार थियौँ ।”

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य

काठमाडौँ, ४ कात्तिक : उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थाल्नुभएको उहाँका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । हृदयाघात भएपछि उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्नुभएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिनुभयो । चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ बन्नुभएको थियो ।

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुको सुझाव

चितवन ४ कात्तिक : चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउनुहुन्छ । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उहाँको भनाइ छ ।

डा साहले भन्नुभयो, “रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।” पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुने भन्दै उहाँले यसले पेटको क्यासरको जोखिम बढाउने बताउनुभयो ।

प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइट र नाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने भन्दै उहाँले यसले क्यान्सरको जोखिम बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।”

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउनुहुन्छ । उहाँले मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने बताउनुभयो ।

मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले भन्नुभयो, “दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्छ ।” नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम हुने उहाँको भनाइ छ ।

मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन ।” कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा झन् घट्ने बताउनुभयो । उहाँले खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिनुभयो ।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिनुहुन्छ । रातो मासुभन्दा सेतो मासुमा जोड दिन उहाँको आग्रह छ । उहाँले भन्नुभयो, “रातो मासु र सेतो मासुमा स्वास्थ्यको हिसाबले हे¥यो भने चिल्लोको मात्रा कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि ज्यानलाई पाचन प्रक्रियामा समस्या नहुने हिसाबले सेतो मासु राम्रो ।” सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उहाँ बताउनुहुन्छ ।

छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारी भन्नुभयो, “कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । एक सय ५० ग्राम खान मिल्यो ।”

त्यही कुरा रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारी भन्नुभयो, “एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्छ ।” मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्काे एक जनालाई मधुमेह र अर्काे एक जनालाई कोलेस्ट्रोल देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

फ्रिजमा राखेर मासु खान नहुने भन्दै उहाँले भन्नुभयो, “पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर होइन ।” सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उहाँ बताउनुहुन्छ । मासुसँगै धुम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । मासु खाएको समयमा फलफूल, सागपात खान उहाँले सुझाउनुभयो ।

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

मुग्लिन, ४ कात्तिक : मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ, ४ कात्तिक : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो ।

मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उहाँका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो । गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

“विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ”, विमानस्थलका महाप्रबन्धक तिवारीले भन्नुभयो । अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उहाँले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै पाँच सय उडान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।”

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले दुई हजार ६ सय ५१, श्री एयरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एयरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए ।
नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता छ ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ ।

नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो । उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गर्नुभएको थियो । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो ।

यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट शुरु भएको हो ।

चाडबाडमा शान्तिसुरक्षालाई चुस्त–दुरुस्त पार्न प्रहरीलाई ११ थान साइकल प्रदान

बारा, ४ कात्तिक : कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ । चाडबाडको बेला शान्तिसुरक्षालाई चुस्त–दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्तिसुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताउनुभयो ।

साइकल हस्तानान्तरणपछि नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागुपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । शान्तिसुरक्षा बहाल गर्ने सन्दर्भमा प्रहरी दिनरात खटिरहेको र साइकलले प्रहरीलाई गस्ती गर्न थप सहयोग पुग्ने उहाँले बताउनुभयो

मौलिक इतिहास बोकेको नेपालगञ्जको रामलीला मञ्चनले रौनकता बढायो

खजुरा (बाँके), ४ कात्तिकः नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ । विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो ।

नेपालगञ्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको भगवान् श्रीरामको भूमिकामा रहनुभएका भारत वृन्दावनका कलाकार राधारमण शर्माले बताउनुभयो ।

शर्मासहित २५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गरिरहेका छन् । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलारकाले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्ने गर्छन् ।

नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीय अवधी समुदायले डेढ सय वर्षदेखि संरक्षण गरिरहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।

“यो वर्ष विगतका वर्षहरूमा जस्तै धुमधामसँग रामलीला महामहोत्सव सञ्चालन गरेका छौँ”, अध्यक्ष कनोडियाले भन्नुभयो, “भारतको वृन्दावनबाट कलाकार ल्याएर रामलीला मञ्चन गरिएको छ ।” एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको कनोडियाको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुआत गर्नुभएको थियो ।

नेपालगञ्जको परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताउनुभयो । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताउनुभयो । उहाँले नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको बताउनुहुन्छ ।

एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने सञ्चालक समितिको भनाइ छ । देशकै पहिलो सामाजिक तथा नागरिक संस्थाका रुपमा पहिचान बनाएको रामलीलाले ऐतिहासिक विरासत थामिरहेको अवधी संस्कृतिका जानकार विष्णुलाल कुमाल बताउनुहुन्छ । रामलीला सामाजिक सद्भावको प्रतीकसमेत बनेको कशौधन वैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ ।

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

काठमाडौँ, ४ कात्तिक : सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पु¥याउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासङ्घको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासङ्घको सम्पूर्ण संयन्त्रले काम गर्ने महासङ्घ अध्यक्ष ढकालले प्रतिवद्धता जनाउनुभयो ।

अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक बिकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताउनुभयो ।

कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले महासङ्घसँगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको आउनेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुदुरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभयो । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासङ्घ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि धारणा राख्नुभएको थियो । महासङ्घले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारसँग पनि छलफल गरिरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो ।

बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

कास्की, ४ कात्तिक : गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

प्र्रतियोगितामा एक सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने भिआर–४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाका अनुसार यस प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागिसमेत महत्त्वपूर्ण रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः जनही नगद रु एक लाख, रु ७५ हजार र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषयसमेत भएकाले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको बाइक रेसको इतिहासमा नै बृहत् मोटरबाइक रेस नेपालकै ठूलो ट्र्याक पोखरा रङ्गशालामा आयोजना हुनेछ । यसले बाइक रेस के हो भन्ने चिनाउने सँगै युवा खेलाडीहरुलाई यसतर्फ आकर्षण गराउनसमेत प्रभावकारी हुने विश्वास लिएका छौँ ।”

गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोस्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारणतर्फ रु दुई सय र भिआइपीतर्फ रु एक हजारदेखि रु पाँच हजारसम्मको टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय ५० सिसी र छ सय सिसी गरी दुई प्रकारका बाइकको प्रयोग हुनेछ । सो प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति कास्कीले स्वीकृति दिएको बताइन्छ ।

दसैँमा पोखराबाट बाहिरिने यात्रु घटे

कास्की, ४ कात्तिक ः विगतका वर्षहरूमा दसैँ मान्नका लागि पोखराबाट बाहिरिनेहरूको सङ्ख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा व्यवसायमा रहेकाहरू परिवारका साथमा चाडपर्व मान्नका लागि घर जाँदा सार्वजनिक यातायातको समस्या हुने गरेकामा यस वर्ष सो समस्या छैन । गन्तव्यमा पुग्नका लागि यात्रुले पर्याप्त गाडी पाएका छन् ।

पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा दिवा तथा रात्रिसेवामा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यस वर्ष दसैँमा पोखरा छाड्नेहरू न्यून रहेको जनाएको छ । कम्पनीले दसैँका लागि गत असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाएकामा शुक्रबारसम्म छ हजार जनाले मात्र टिकट लिएका छन् ।

अघिल्ला वर्षहरूमा दसैँका समयमा ३० हजार हाराहारीमा अग्रिम टिकट बुकिङ हुने गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार विगतमा सार्वजनिक यातायातमा यात्रुको चाप बढी हुँदा थप बस सञ्चालन गर्नुपरे पनि यस वर्ष त्यस्तो छैन ।

अध्यक्ष केसीले भन्नुभयो, “यस वर्ष दसैँका लागि पोखराबाट बाहिर जाने यात्रुहरूको सङ्ख्या अत्यन्त कम छ । पहिला ३० हजारसम्म अग्रिम टिकट जान्थ्यो । अहिले नियमित तालिकाअनुसार नै गाडी पर्याप्त छन्, थप गाडीको व्यवस्था गर्नुपरेको छैन । अग्रिम बुकिङ पनि कम भयो ।”

अध्यक्ष केसीका अनुसार कम्पनी मातहतमा एक हजार दुई सय ९० यात्रुबाहक बस सञ्चालनमा छन् । कम्पनीले दिवा तथा रात्रि सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’बाट देशका सातै प्रदेशका विभिन्न सहरमा सेवा दिँदै आएको छ ।

अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि दसैँमा पोखरा बाहिर जानेको सङ्ख्यामा कमी आएको बताइन्छ । हरेक क्षेत्रमा भएको मूल्यवृद्धि र व्यापार व्यवसायमा आएको गिरावटका कारण पनि आफू रहेकै ठाउँमा पर्व मनाउनेहरूको वृद्धि भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका स्थायी घर भई हाल पोखरा–१४ मा बसेर निर्माण व्यवसायमा आबद्ध ज्ञानेन्द्रबहादुर थापा विगतमा दसैँ मान्न परिवारसहित गाउँघर जाने गरे पनि यस वर्ष पोखरामै बसेर मनाउने योजनामा रहेको बताउनुभयो । सार्वजनिक यातायात तथा बढ्दो महँगीका कारण घर जान नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्षभन्दा बढी भयो आम्दानी छैन । चार जनाको परिवार घर आउनजान रु आठ हजार गाडी भाडामात्र लाग्छ । अन्य खर्च धेरै छ, कमाई नभएकाले यहीँ ऋणधन गरेर जेनतेन चाड मनाउँदैछु ।” पोखरामा यस वर्ष दसैँमा पनि बजारमा चहलपहल न्यून छ । विगतमा घटस्थापनादेखि बजारमा किनमेल गर्नेको भीड हुने गरे पनि यस वर्ष शुक्रबारदेखि मात्र बजारमा चहलपहल देखिएको व्यवसायी बताउँछन् ।

गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु

गाजा – गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चियन हताहरी भएको र अल–शिफा अस्पतालमा पुगेको बताइएको छ ।हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४०० भन्दा बढी मानिसहरू, (ईसाई र मुस्लिमहरू)ले चर्चमा शरण लिएका थिए ।

यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार राति उसको लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमाण्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो ।

तलेजुलाई मूलघरबाट दसैँघर भित्र्याइयो

भक्तपुर, ४ कात्तिक (रासस) ः भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा विधिवतरूपमा बडादसैँ सुरु भएको छ । आज बिहान ८ः२४ बजेको शुभसाइतमा तलेजुलाई मूलघरबाट मूलचोकमा विराजमान गराई दसैँघरमा भित्र्याइएको हो ।

राजप्रतिनिधिका रूपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मक हतियारसहित लामबद्ध भएर विषेश प्रकारको पोशाक र विभिन्न बहुरत्न गहना पहिरिएर तलेजुको मूलमूर्तिलाई बोकेर १९ जनाले तलेजुलाई विधिवतरूपमा दसैँघर पुर्याइएको हो । आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

रातो र सेता कपडाको विशेष प्रकारको पोशाक, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँघर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैँघरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिनुभयो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिइन्छ ।

तलेजुलाई दसैँघर भित्र्याउँदा जिल्लाका सरकारी निकायका प्रमुख र सर्वसाधारणको भीड लागेको थियो । आजको दिन तलेजुको दर्शन गरेमा असिम पुण्य प्राप्त हुने जनविश्वास रहेकाले तलेजुको मूलचोकमा सर्वसाधारण उभिएर तलेजुको दर्शन गर्दै दसैँघरमा भित्र्याएको हेरिरहेका थिए भने सरकारी निकायका प्रमुख एवं उनका परिवारलाई भने भिआइपी कक्षमा प्रवेश गराएर अवलोकन गराइएको थियो । दसैँघर भित्र्याएपछि मूल नाइके जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो ।

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

मुग्लिन (चितवन), ४ कात्तिकः चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।

अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उहाँको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ ।इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।सङ्घीय सरकारको रु १३ करोड बजेटमा अस्पतालको १५ शय्याको भवन निर्माण भइरहेको छ । आगामी २०८१ सालसम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिइने उहाँले बताउनुभयो । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उहाँको भनाइ छ । हाल अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु १३ लाख उपलब्ध गराएको अध्यक्ष गुरुङले बताउनुभयो । अस्पतालमा दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।स्थ्यचौकीको रूपमा रहँदा नै बाहिरी जिल्लाको समेत उपचार केन्द्र बनेको यस आधारभूत अस्पताललाई थप विस्तार गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइएको थियो ।

कानुनमात्र बनाउँछु, विकास निर्माणका बारेमा वास्ता छैन भन्न मिल्ने अवस्था छैन : सांसद रिजाल

काठमाडौँ, ४ कात्तिक : विधायकले कानुन बनाउने जिम्मेवारी भए पनि नेपालको संसदीय अभ्यासमा कानुन बनाउने र जनताको दुःख, सुखमा साथै रहने कुरालाई बिर्सने सक्ने अवस्था छैन ।

राजनीतिक दलले निर्वाचनमा भाग लिनुअघि आ–आफ्नो घोषणापत्र सार्वजनिक गरी विकास निर्माणका योजना नै स्पष्ट देखाउने परिपाटी बसल्न आवश्यक रहेको सांसद ईश्वरबहादुर रिजालको बुझाइ छ । “चुनावमा भोट माग्न जाने बेलामा विकास निर्माणका प्रष्ट खाका देखाउनुपर्छ”, उहाँले भन्नुभयो, “विकास हुँदै गरेको हाम्र्रोजस्तो देशमा कानुनमात्र बनाउँछु, विकास निर्माणका बारेमा वास्ता छैन भन्न मिल्ने अवस्था छैन ।”

विसं २०२४ चैत १७ गते दोलखा विगु गाउँपालिका चिलङ्खा, मोहीबासमा जन्मनुभएका उहाँ २०३९ सालदेखि नेकपा (एमाले) निकट भातृ सङ्गठनमा क्रियाशील भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) हुँदै एमाले केन्द्रीय सदस्य र अहिले पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँले अहिले पार्टीको स्कुल विभागको उपप्रमुख भएर काम गरिहनुभएको छ । दोलखाबाट समानुपातिक प्रतिनिधिसभा सदस्य भएर जिम्मेवारी निर्वाह गरिरहनुभएको छ ।

पार्टीले आफ्नो घोषणापत्रमा प्रतिबद्धता गरेको र जुन चुनावपछि पूरा गर्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ । “पार्टीको घोषणापत्रमा दिएको बचन त पूरा गर्नुपर्यो”, एमालेको पोलिटब्यूरो सदस्य रिजालले भन्नुभयो, “जनतालाई विकास चाहिएको छ, त्यो गर्छु भनेर नै भोट मागिएको हुन्छ ।”

चुनावमा उठ्ने बेलामै पार्टीले जनप्रतिनिधिको काम कानुन बनाउनेमात्रै हो भनेर लेखेमात्रै नत्र कानुन बनाउनुका साथै जनताको दुःख, सुखमा साथै रहनुपर्ने उहाँको राजनीतिक गर्दाको अनुभव छ । “जनप्रतिनिधि भनेकै मतदाताको हो, मतदातासँगै सकेसम्म रहनुपर्छ”, सांसद रिजालले भन्नुभयो, “जनताको इच्छा र चाहनालाई जनप्रतिनिधिले बेवास्ता गर्न पटक्कै मिल्दैन ।” कानुन बनाउने र नीति निर्माण गर्ने दुवै विषयमा उत्तिकै ध्यान दिनुपर्ने उहाँको बुझाइ छ । “जसले निर्वाचित गरेर पठाएको छ, उसकै लागि काम गर्नुपर्ने जनप्रतिनिधिको धर्म हो”, उहाँले भन्नुभयो, “जुन खालको संसदीय अभ्यास छ, यो अभ्यासमा कानुन बनाउन र जनताको ध्यान दिनु दुवै जिम्मेवारी छ ।”

सदन प्रारम्भ भएपछि कानुन निर्माणमा ढिलाइ भएको कुरालाई स्वीकार गर्दै उहाँले भन्नुभयो, “संविधानअनुकूलका महत्त्वपूर्ण कानुन बनाउन जरुरी छ, तर सरकारले सदनलाई बिजनेस दिनुपर्यो, कानुन छिटो नबन्नुको दोषी संसद् र सांसद नभएर सरकार पनि हो ।” सरकारले कानुन बनाउनुपर्ने विषयमा अध्ययन गरेर विधेयक ल्याउनुपर्नेमा ल्याउन नसकेको हुनाले सदनले आवश्यकताअनुरुप कानुन बनाउन नसकेको उहाँको ठहर छ । “सरकारले संसद्लाई बिजनेस नदिएपछि संसद् र सांसदले मात्र कानुन बनाउने कुरा भएन”, उहाँले भन्नुभयो, “सरकारले बनाउनुपर्ने अतिआवश्यक कानुनका बारेमा गैरसरकारी विधेयक ल्याएर पनि भएन ।”

संसद्मा कहिलेकाहीँ सरकारले गरेको कामका बारेमा प्रश्न उठ्दा केही चर्काचर्की हुने गरे पनि सभ्य तरिकाले प्रश्न उठ्ने गरेको उहाँको बुझाइ छ । “सरकारले जनताको अतिआवश्यक चाहनामा बेखबर हुन मिल्दैन, अहिले महँगी बढेर आठ प्रतिशतभन्दा बढी भएको छ”, उहाँले भन्नुभयो, “दसँैको बेलामा सरकारले अनुगमन गर्छ, अरु बेला पनि अनुगमन गर्नुपर्यो ।” सरकारका कमी–कमजोरीलाई प्रमुख प्रतिपक्ष दलले ध्यानाकर्षण गराउनुपर्ने संसदीय अभ्यास नै भएको र हुँदा कहिलेकाहीँ तिखो स्वर भए पनि संसद्भित्र संसदीय व्यवस्थालाई असर पर्ने गरी काम नगरेको उहाँको भनाइ छ ।

“जनताको प्रतिनिधिले सभ्य र शिष्ट भाषा बोल्नुपर्छ, तर संसदीय अभ्यासमा कहिलेकाहीँ आवेगमा आएर मुखबाट त्यस्ता शब्द आउन सक्छ, जनताको समस्याका बारेमा कुरा गर्दा उत्तेजित भएको अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “शून्य समय वा विशेष समयमा राखेका कुराको सुनुवाइ भएन भने पनि चर्कै स्वरले बोल्नुपर्ने हुन्छ, तर पछि महसुस हुन्छ, सच्याउने पनि गरिन्छ, त्यसलाई अनौठो मान्नु पनि हुँदैन ।” संसद् भनेको देश र जनताका प्रत्यक्ष सरोकारका विषयमा छलफल र बहस हुनु स्वभाविक प्रक्रिया भएको उहाँको बुझाइ छ ।

बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनःस्थापना

भोजपुर, ४ कात्तिक : भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनःनिर्माणपश्चात निशान स्थापना गरेको हो ।

भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनःनिर्माण गरेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना गरेको मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धारपश्चात मन्दिरमा निशान पुनःस्थापना गरिएको हो ।मन्दिरमा निशान पुनःस्थापना गर्दै नेपाली सेनाका पूर्वी पृतना हेडक्र्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले सेनाले पौराणिक र इतिहास बोकेका ठाउँको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको बताउनुभयो । सेनाले धार्मिक, सांस्कृतिक तथा गढीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ छ ।“सेनाले पौराणिक महत्व र इतिहास बोकेका स्थलको संरक्षण गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यो मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको छ । आगामी दिनमा संरक्षण तथा विकासमा स्थानीयवासीसँगै स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”इतिहास बोकेको मन्दिरको संरक्षणसँगै निशान पुनःस्थापना गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मन्दिरको पुनःस्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयवासी विनम श्रेष्ठले बताउनुभयो । “यो भोजपुरको इतिहास बोकेको मन्दिरको पुुनःनिर्माणसँगै निशानको पुनःस्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “सेनाले जीर्णोद्धारपश्चात निशान पनि राखेको छ । यसले यहाँको इतिहास संरक्षणमा टेवा पुग्ने छ ।”गरुडदल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुँदै आएको स्थानीयवासीको भनाइ छ । विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको थियो । गुल्म स्थानान्तरण भएसँगै आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको स्थानीय जानकार जीवन श्रेष्ठले बताउनुभयो । पुनः निशान भगवतीको स्थापनापछि इतिहासलाई जोगाउन सहयोग पुगेको उहाँको भनाइ छ ।गरुडदल गुल्म २०२० साल चैतदेखि २०३९ साल फागुनसम्म भोजपुरमा तैनाथ रहेको थियो । यहाँबाट स्थानान्तरण भएपछि तीनपटकको प्रयासपछि मात्र निशान बाहिर लैजान सफल भएको मन्दिर संरक्षण समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताउनुभयो । विसं २०६८ मा धेरैपटकको प्रयासपछि यहाँको निशान पाल्पा लगिएको थियो । दुईपटकसम्म निशान लिन आएको हेलिकोप्टरको स्टार्ट बन्द भएपछि तेस्रोपटकको प्रयासमा मात्र स्थानान्तरण गरिएको उहाँको भनाइ छ ।“तत्कालीन समयमा यहाँबाट निशान लैजान समस्या भएको थियो”, उहाँले भन्नुभयो, “तीनपटकको प्रयासपछि मात्र निशान यहाँबाट अन्य ठाउँमा लैजान सेना सफल भएको थियो । स्थानीयवासीको मागअनुसार सेनाको पहलमा पुनःनिशान फिर्ता ल्याउने काम सफल भएको छ ।”भोजपुर नगरपालिका नगरप्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माण तथा निशान पुनःस्थापना गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउँदै मन्दिरको आगामी दिनमा संरक्षण्का लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताउनुभयो । यस्ता इतिहास बोकेका ठाउँहरूको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । मन्दिर जिल्ला कारागारको परिसरमा रहेकाले यसलाई सहजरूपमा स्थानीयले पूजाआजा गर्ने वातावरण मिलाउनमा पहल गर्ने नगरप्रमुख आलेको भनाइ छ ।“सबैको साथ सहयोगमा स्थानीयको मागअनुसार मन्दिरसँगै निशान पुनःस्थापना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “कारागार परिसरमा मन्दिर रहेकाले सुरक्षाका कारण स्थानीयलाई समस्या छ । यहाँ सर्वसाधरणले सहजरूपमा दर्शन गर्ने वातावरण मिलाउन नगरले पहल गर्नेछ ।”मन्दिरमा निशान स्थापनाले खुसी थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । कारागार परिसरमा मन्दिर रहेकाले स्थानीयले विशेष दिनमा मात्र मन्दिर दर्शन गर्दै आएकाले कारागार भवन बनेपछि थप सहज हुने उहाँको भनाइ छ । स्थानीयलाई सहजरूपमा दर्शन गराउने वातावरण बनाउन सबैले पहल थाल्नुपर्ने उहाँले बताउनुभयो ।गत वर्ष रु २१ लाख २६ हजार चार सय ५४ लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो । नेपाली सेनाबाट रु १५ लाख, स्थानीय तहसँगै विभिन्न सङ्घसंस्था तथा मन्दिर व्यवस्थापन समितिबाट रु पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरेर मन्दिरको निर्माणपश्चात निशान पुनःस्थापना गरिएको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिनुभयो । मन्दिरको जीर्णोद्धारको काम भने फष्ट रैफल गणको पालामा सम्पन्न भएको हो । 

सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली प्रयोगमा ल्याईँदै

काठमाडौँ, ४ कात्तिक : सार्वजनिक खरिद सुधारका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली म्याप्स अर्थात् मेथोडोलजी फर पब्लिक प्रोक्युरमेन्ट एसेसमेन्ट प्रयोगमा ल्याईँदैछ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि सारेको यो प्रणाली बजेटको सफल कार्यान्वयन र जनअपेक्षाको सम्बोधन गर्ने एउटा महत्त्वपूर्ण संयन्त्र हो । बजेटले मुलतः विकास निर्माणका सम्भावनालाई उजागर गर्दै सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत, व्यवस्थापकीय विषयको प्रभावकारिताका अतिरिक्त विनियोजित बजेटको खर्च गर्ने क्षमतामा अभिवृद्धि गरी अपेक्षित उपलब्धि हासिल गर्ने उद्देश्य राखेको हुन्छ ।

सार्वजनिक खरिद प्रणाली त्यसका लागि प्रभावकारी हुनुपर्ने र तदनुरुपको खरिद सुधार प्रणाली अवलम्बन गर्न लागिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताउनुभयो । सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणालीले विद्यमान खरिद प्रणालीका सवल र कमजोर पक्षको पहिचान गर्ने तथा सार्वजनिक खरिदका भावी रणनीतिक योजना र धारणाका लागि दिशानिर्देश गर्ने मुख्य लक्ष्य हो ।

अनुगमनका लागि आधार निर्माण गर्ने र परीक्षण प्रणालीलाई उद्देश्यमूलक, विश्वसनीय र गुणस्तरयुक्त बनाई सुधारका लागि आवश्यक दिशावोध गर्ने कार्यमा आवश्यक पृष्ठपोषण दिने भएकाले खरिद प्रणाली सुधारका लागि यो परीक्षण प्रणाली प्रयोग गरिनुपर्ने देखिएको उहाँ बताउनुहुन्छ ।

उक्त परीक्षण प्रणालीका चार स्तम्भमा पहिलो खरिदका विद्यमान राष्ट्रिय कानुन र नीतिको परीक्षण, दोस्रो संस्थागत संरचना र व्यवस्थापकीय क्षमताको परीक्षण, तेस्रो राष्ट्रिय बजारमा प्रतिस्पर्धा प्रवर्द्धनका लागि चालिएका कार्यात्मक पक्षहरूको परीक्षण र चौथो सार्वजनिक खरिद प्रणालीको उत्तरदायित्व इमान्दारिता पारदर्शिताजस्ता आयामको परीक्षण हो ।

ती चार स्तम्भका कुल १४ वटा सूचक छन् । ती सबै स्तम्भ र सूचकमा आधारित रहेर गरिने परीक्षण र निकालेको निष्कर्षमा आधारित सुधारले सार्वजनिक खरिद प्रणाली प्रभावकारी बन्न जाने डा रेग्मीको भनाइ छ ।

हाल सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरु गरेको प्रोक्युरमेन्ट क्लिनिकले पनि सुधारका धेरै क्षेत्रहरू पहिचान गर्न सहयोग गरेको र यसका आधारमा सार्वजनिक निकायको खरिद तत्परताको मापन गर्ने र खरिद योजना बनाए नबनाएको सघन अनुमन गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

सार्वजनिक खरिद अर्थतन्त्रलाई चलायमान बनाउन र सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गरी आयोजना समयमै सम्पन्न गराउन सक्ने क्षेत्र भएकाले सुधारमा सबै पक्षको सकारात्मक सहयोग र सहभागिताको आवश्यकता औँल्याइएको छ ।

गोरखाबाट हनुमानढोका दरबरका लागि फूलपाती पठाइयो

गोरखा, ४ कात्तिक ः गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।

फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।

गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उहाँले बताउनुभयो ।

गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैँघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाउनुभएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण

पर्वत, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो । हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा प्रदेशभरिमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै उहाँले यसको थप स्तरोन्नति र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सुविधा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको जनाउँदै जिल्लाबाट प्रदान गर्न सकिने सबै सेवा, सुविधा उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ ।

उहाँले अस्पतालका लागि आवश्यक दरबन्दी, एम्बुलेन्स र अन्य उपकरण उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले पर्वत अस्पतालको वर्तमान अवस्था, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको कमी, ५० शय्याको मान्यता प्रदान गर्नुपर्नेलगायतका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सुविधासम्पन्न ‘क’ वर्गको एक, अन्य दुईवटा एम्बुलेन्स, युएसजी मेसिन र हाडजोर्नीसम्बन्धी उपकरण उपलब्ध गराइदिन मागपत्रसमेत पेस गर्नुभएको छ । विसं २०४६ मा १५ शय्या क्षमतामा स्थापना भएको जिल्लाको सो अस्पताल अहिले ५० शय्याको रूपमा स्तरवृद्धि भइरहेको छ ।

अस्पताल विकास समितिले ४१ शय्या थपेर अहिले ५६ शय्या सञ्चालनमा आएका छन् । अस्पतालमा ओपिडी सेवासँगै विभिन्न खालका शल्यक्रिया, डायलायसिस, दन्त, हाडजोर्नी, आँखा उपचारलगायतका सेवा प्रवाह हुँदै आएका छन् । पर्वत, बाग्लुङ र स्याङ्जाका गरी दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।