`

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादसैँको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो ।”

राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेको बताउनुभयो ।

बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व उजागर गरिरहेको बताउँदै उहाँले दसैँलगायका महान् चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विचार प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “नेपालीहरूको महान् चाड बडादसैँ २०८० को शुभअवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

शक्तिको प्रतीकका रूपमा मनाइने बडादसैँ असोजको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेषरूपमा मनाइँदै आएको प्रसङ्ग पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विजयादशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन रहेको तथा बडादसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको विषयसमेत जानकारी गराउनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “बडादसैँ २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्न दुर्गा भवानीले आर्शीवाद दिउन् भन्ने शुभकामना प्रकट गर्दछु ।”

क्यानडा अध्ययन गर्न जानेहरुका लागि यो समयमा आवेदन दिँदा हुन्छ उत्तम

काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम समय हो । प्लस टु सकेर बसेका बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सिईओ तथा सिनियर एडभाइजर धिरज कँडेल बताउँछन् ।

पछिल्लो समय क्यानडा र भारतबिच चलिरहेको शित युद्धको समयमा पनि क्यानडाले भारतीय बिद्यार्थीको भिषा उल्लेख्यरुपमा रद्ध नगरेका कारण क्यानडाको पोलिसी भारतविरुद्ध नभएको समेत सिइओ कँडेलले बताए । यद्यपी भोलीका दिनमा क्यानडा जाने भारतीय बिद्यार्थीहरुको संख्या यही द्धन्द्धका कारण घटेको खण्डमा भने क्यानडाले ठूलो संख्यामा नेपाली बिद्यार्थी लैजाने सक्ने संभावना पनि नर्कान नसकिने सिइओ कँडेल बताउँछन् ।

यसैबिच क्यानडा जाने नेपाली बिद्यार्थीको भिषा डिसिजन बैँगलोर र नयाँ दिल्लीबाट आइरहेको परिप्रेक्षमा भने ति स्थानका डिप्लोम्याट्सहरुलाई सरुवा गरेर अन्य मुलुकहरु जस्तै मलेसिया र सिंगापुर लगिएका कारण केही समय भिषा आउने दिन बढ्ने संभावना भएता पनि भारत क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीलाई घाटा भन्दा बढि फाइदा नै हुने उनी बताउँछन् ।

यही मेसोमा उनले सेप्टेम्बर इनटेकका लागि बिद्यार्थीहरुलाई तयारी गर्न पनि सुझाव दिन्छन् । सेप्टेम्बर इनटेक नै किन ? पछिल्लो समय क्यानाडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको भिषा दर विगतका दिनहरु भन्दा केही वृद्धि गरेका बेला प्लस टु उत्तिर्ण गरेर बसेका बिद्यार्थीहरुका लागि व्याचलरका कार्यक्रमहरु अध्ययन गर्न क्यानडा जाने यो सबैभन्दा राम्रो समय हो ।

यहीबिचमा क्यानडा र भारतको शितयुद्धको कारण यदि इंडियाबाट भिषा डिसिजन नआए क्यानाडियन हाइकमिसन सिंगापुर, मलेसिया वा अन्य कुनै देशको क्यानडियन हाइकमिसनबाट समेत भिषा डिसिजन आउन सक्ने भएकाले पनि सेप्टेम्बर इनटेक धेरैको रोजाईमा परेको सिइओ कँडेल बताउँछन् ।

सिइओ कँडेलका अनु्सार क्यानाडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका बिद्यार्थीहरुले जनवरी वा मे इन्टेकको लागि समयमा भिषा नपाएको खण्डमा डीफर गरि सेप्टेम्बर-२४ इन्टेकमा सिट सार्ने धेरै बिद्यार्थीहरु हुनसक्ने भएकाले सेप्टेम्बर इन्टेकमा सिट संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँँ बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकमा भर्ना हुन यो समय निकै फलदायी हुने बताए । क्यनडाका लागि गोरेटो नै किन ? पछिल्ला दिन क्यानडा अध्ययनका लागि जाने बिद्यार्थीहरुको आर्कषण बढीरहेका बेला यस्तो समयमा सबैभन्दा उत्तम विषय कुन कन्सल्ट्यानी होला भन्ने दुविधाकाबिच नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी धेरैको रोजाईमा पर्दै आइरहेको छ । यहाँको एक्सपर्ट टिम नै गोरेटोको सबैभन्दा राम्रो विशेष भएको सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।

गोरेटो धेरै कलेजहरुको आधिकारिक एजेन्ट भएका कारण पनि गोरेटोबाट शतप्रतिशत भिषा आउने संभावना हुने भएृकाले पनि यो धेरै बिद्यार्थीको रोजाईको केन्द्रबिन्दु बनेको रेग्मीको दाबी छ । पछिल्ला दिनमा गोरेटोले आफ्ना शाखाहरु चितवन र विराटनगरमा पनि विस्तार गरेका कारण पनि गोरेटोबाट धेरै क्षेत्रका बिर्थाथीहरुलाई एप्लाई गर्न सहज हुने शतिष भट्ट बताउँछन् । विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न पर्ने भएका कारण गोरेटोका अर्का काउन्सलर सतिश भट्टले हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दाभिन्दै आवेदन दिनु प्रभावकारी हुने बताउँछन् ।

क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ, हस्पिटालिटी, नर्सिङ, फोटोग्राफ्री, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूले आवेदन दिन सक्ने काउन्सलर भट्ट बताउँछन् । अध्ययनका लागि क्यानडा नै किन ? आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ।

क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुन सक्छ। पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ। नेपाली विद्यार्थीले क्यानडा रोज्नुपर्ने कारण यति मात्रै होइन। क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि सेवा सुविधा पनि राम्रो छ। अध्ययन शूल्क र ट्युसन फी पनि अन्य देशको सस्तो छ। यसका साथै क्यानडामा अध्ययन गर्ने अन्तराष्ट्रिय विद्यार्थीले विभिन्न छात्रवृत्ति पनि पाउने गर्छन्। क्यानडामा समान्यतया मेरियटबेस छात्रवृत्ति पाउन सकिन्छ।

छात्रवृत्ति पाउने सम्भावना यहाँ प्राप्त गरेको जिपिए र क्यानडा गएर प्राप्त गरेको जिपिएमा निर्भर हुन्छ। गुणस्तरीय शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको विशेषता हो। क्यानडाका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई क्षमता अनुसारको छात्रवृत्ति सुविधा दिने गरेका छन्।

बजारमा क्यानडाको मौसम बस्नका लागि उत्तम छैन भन्ने खालका हल्ला सुनिन्छ। तर लामो समयदेखि यही क्षेत्रमा काम गरेका गोरेटोका प्रबन्धक निर्देशक धिरज कंडेल यस्ता निराधार हल्लाको विश्वास नगर्न सुझाव दिन्छन्। सजिलै भिषा पाइन्छ त ? क्यानडाको भिषा पाउन गाह्रो हुन्छ कि भन्ने अन्यौलता समेत अभिभावक र विद्यार्थीमा हुने गरेको छ। तर अवस्था त्यस्तो नभएको गोरेटोका सिइओ कँडेल बताउँछन् । कँडेलका अनुसार सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा क्यानडाको भिषा पाउन गाह्रो छैन। क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ। अध्ययनका क्रममा ग्याप भएको खण्डमा त्यसलाई जस्टिफाई गर्नु पर्ने हुन्छ।

एक वर्षको ट्युसन फी पहिल्यै नै तिर्ने र आवश्यक कागजात राम्रोसँग तयार गर्न सके क्यानडाका लागि भिषा सजिलै लाग्नसक्छ। एसओपी कसरी लेख्ने ? सामान्यतः एसओपीमा आफ्ना योजना के छन्, के गरिरहेको छु, क्यानडा किन जाने, क्यानडाबाट फर्केपछि के गर्ने भन्नजस्ता कुराहरू उल्लेख गर्नुपर्छ। नेपाली विद्यार्थीहरूले एसओपी धेरै राम्रो लेख्छन् भन्ने हुँदैन। एसओपी धेरै राम्रोभन्दा पनि सरल र वास्तविक हुनुपर्छ। सरल र सामान्य भाषामा लेखिएको एसओपीलाई राम्रो मान्न सकिने गोरेटोको तर्क छ ।

कामको अवसर के छ ? क्यानडा जाने नेपाली विद्यार्थीहरूले रोजगारीको पनि राम्रो अवसर पाउँछन्। विद्यार्थीले अध्ययनका क्रममा सातामा २० घण्टा वर्क-पर्मिट पाउँछन्। समर होलिडे तथा शैक्षिक बिदाका बेला सातामा ४० घण्टासम्म काम गर्ने अवसर पाउँछन् भने दुई वर्षको कोर्स सकेपछि पोष्ट ग्र्याजुयट वर्क पर्मिट प्रोग्रामअन्तर्गत धेरैमा ३ वर्षका लागि काम गर्ने अनुमति पाउँछन्। जसका लागि गोरेटेले नेपालबाट नै केही सहजीकरण गर्न सकिने काउन्सलर भट्ट बताउँछन् ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी काठमाडौँ निर्यात


खोटाङ, ४ कात्तिक : दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्याएका छन् ।

एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभएको छ । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए ।

दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच–छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए ।

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिनुभएको छ । कतिपय किसानले आफँै उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

चितवन, ४ कात्तिक ः जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताउनुभयो । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ ।”

दसँैमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उहाँले बताउनुभयो । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिगिँ्रदै गएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्”, केहीले दसैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उहाँको भनाइ छ ।

इच्छाकामना –२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाउनुभयो । अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उहाँले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौँ ।”

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताउनुभयो । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैँ मनाउन बाध्य छन् ।” चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।

नवरात्रको सातौँ दिन आज : पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ, ४ कात्तिक : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बडादसैँको साताँै दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ ।

आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसँैघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

देवी प्रतिमा सर्वसाधारणको लागि खुला

महोत्तरी, ४ कात्तिक ः मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गरिन्छ । आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि प्रतिमामा साक्षात् देवी अवतरित हुने जनविश्वास छ ।

देवी प्रतिमास्थल खुला गरिनअघि आज महासप्तमीका दिन एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि शुक्रबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन) निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको हो । यसरी आँखा उघ्रेपछि सर्वसाधारणलाई देवी दर्शन खुला भएको हो । यसअघि हिजो षष्ठीका दिन बेललाई रातो रुमालले बाँधेर ‘बेलनौत’ (बेलनिम्ता) विधि सम्पन्न गरिएको थियो ।

षष्टी तिथिमा बेल फल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ । ‘बेलनौत’ र ‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् ।

फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि दिन थालिएको छ । दशहारा (दसैँ) पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रकोे पाँचौँ दिनदेखि नै तान्त्रिक मेला (बोलीचालीमा भूतमेला भनिन्छ) सुरु भएको छ । अघि सत्ययुगमा दुर्गा भवानीले दमन गरेकी राक्षसी दुष्टआत्मा र तिनका अनुयायीले दुःख दिएकाहरूको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टआत्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टआत्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।

महोत्तरीका देवी शक्तिपीठ र सोनामाई, बर्दिबास नगरपालिका–४ माईस्थानस्थित पञ्चधुरा माई, बर्दिबास–१४ हटियास्थित दुर्गामन्दिर, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर र पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकी माई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशुबलि दिन थालिएको छ । महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक ४० भन्दा बढी ठाउँमा नयाँ देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ ।

मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।

बिच भलिबलको उपाधि त्रिभुवन आर्मी क्बललाई

महेन्द्रनगर (कञ्चनपुर) -कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

उपाधि उचालेसँगै आर्मीको टिम रु एक लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । प्रतियोगिताको उपाधि विजेता टिमलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले पुरस्कृत गर्नुभयो ।

त्यसैगरी खुलातर्फ शिवशक्ति खाद्य उद्योग झलारीको टिम तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगदसहित पुरस्कृत भएको छ । त्यसैगरी पुरुष भेट्रानतर्फको उपाधि बेलौरी नगरपालिकाको टिमले उपाधि जितेको छ । फाइनल खेलमा सशस्त्र प्रहरी बलको टिमलाई पराजित गर्दै बेलौरी नगरपालिकाको टिमले उपाधि जित्दै रु २५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता सशस्त्र प्रहरी बलको टिमले रु १५ हजार नगदबाट पुरस्कृत भएको छ । भेट्रानतर्फ कैलालीको फूलबारी टिम तृतीय हुँदै रु दश हजार नगदबाट पुरस्कृत भएको छ ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनाको भएको प्रतियोगितामा खुल्लातर्फ कुल २३ र भेट्रानतर्फ ११ टिम सहभागी थिए । सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना भएको थियो ।

समापन समारोहमा सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, दोधारा चादँनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी लगायतको सहभागिता रहेको थियो ।प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाले पुरस्कार राशि प्रायोजन गरेका थिए ।

मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको अभिनय, भिडियोको चर्चा

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् ।

जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् । नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीत का गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन् ।

उनको रचना रहेको फिल्म रेशम फिलिलिमा समावेश बहुचर्चित गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, चलचित्र डायरीको माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका छन् । सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो ।

प्रदेश प्रमुख समक्ष प्रतिवेदन प्रस्तुत

मोरङ – कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो ।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम् भूमिका रहेको बताउँदै साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार सुनिश्चित गनुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताउनुभयो ।

‘दलहरूबीच नयाँ सहकार्य आवश्यक छ’ – देवेन्द्र पौडेल

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरुबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “अहिलेको व्यवस्था र प्रणालीलाई उल्टाउनका लागि केही तत्वले विभिन्न प्रकारले चलखेल गरेको र समाजलाई भड्काउँदै सामाजिक सद्भावमा खलल पु¥याउने प्रयास गरेको महसुस गरेका छौँ । त्यसका विरुद्ध अहिलेको प्रणालीका लागि सँगै लडेका शक्तिहरुबीच नयाँ प्रकारको सहकार्यको आवश्यकता छ ।”

समाजलाई भड्काउन खोज्नेका विरुद्ध एकताबद्ध भएर मात्र गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न सकिने नेता पौडेलले बताउनुभयो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । देशको अबको बाटो भनेको सुशासनसहितको समृद्धि र सामाजिका न्याय समितिको समाजवादी कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो ।

“हामी देशमा समृद्धि, सामाजिक न्याय र प्राप्त उपलब्धिको रक्षा गरेर मात्र सुशासनमा अघि बढ्न सक्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अहिलेको सरकारले काम गरिरहेको । त्यसमा सबैको साथ र सहयोग आवश्यक छ”, नेता पौडेलले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले निर्वाचनका समयमा जनताका बीच गरेका बाचा पूरा गर्नका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयताअनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश सरकारलाई अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको संयुक्त प्रयासबाट मात्र देशमा विकास र जनताका आवश्यकता पूरा गर्न सकिने बताउनुभयो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेकपा (एमाले) का कास्कीका सचिव वैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकाल, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ बराल, नेकपा (माओवादी) पोखरा महानगरका इञ्चार्ज पारसमणि पौडेल, पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी(विज्ञान), उपाध्यक्ष भानुभक्त अधिकारी, सचिव जनकराज पराजुली, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति लगायतले आसन्न चाडपर्वले सामाजिक सद्भाव र एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

हेर्नुहोस् कार्तिक ४ गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – नयाँ मित्रहरु सगँ को भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ ।

बृष राशि – आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निणर्य हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि – शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि – आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि – सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि – आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि – स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि – जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निणर्य हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि – आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

‘ दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा’- ओली

झापा, ३ कात्तिक : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताउनुभएको छ ।

बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताउनुभयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकीर गर्नुभयो । उहाँले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाउनुभयो ।

नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धर्मशिला चापागार्इंले मुलुकमा जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताउनुभयो । उहाँले परिवर्तन पक्षधर दलहरू आपसमा मिलेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्दै प्रतिगामी चुनौतीलाई परास्त गर्न जनान्दोलनमा सहभागी भएका राजनीतिक शक्तिबीच सहकार्य बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागार्इंले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दसैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताउनुभयो ।

विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दसैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।

एमाले झापा जिल्ला कमिटीले व्यवस्थापन गर्दै आएको सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका जिल्लास्थित मुख्य नेता सहभागी हुँदै आएका छन् ।

‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’:डा शेखर कोइराला

मोरङ,३ कात्तिक : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र वाग्मती सरकारलाई कुनै असर नपर्ने बताउनुभयो ।

कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गर्नुभयो ।

प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्मकट्टेल

भक्तपुर, ३ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताउनुभयो ।

बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले भन्नुभयो, “प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन, सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो ।”

अहिलेको व्यवस्था मन नपराउनेबाट असन्तुष्टिका स्वर आउन सक्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐन पारित गरेको र यसलाई आगामी ६ महिनाभित्र सबै निकायमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

अहिलेनै सरकारी निकाय र स्थानीय तहलाई कुनै पनि सूचना जारी गर्दा, साइनबोर्ड राख्दा नेपालीसहित नेपाल भाषा र तामाङ भाषामा समेतको प्रयोग गर्न निर्देशन दिइसकेको, सरकारी कार्यालयमा यी तीन वटै भाषाको निवेदन लिन पनि निर्देशन दिइसकेको मुख्यमन्त्री जम्मकट्टेललको भनाइ थियो । प्रदेशसभाले स्वास्थ्य ऐन पारित नुहँदा धेरै स्वास्थ्य संस्था नवीकरण हुन नसकेको भन्दै हिउँदे अधिवेशनले ऐन पारित गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री शशी श्रेष्ठले आफू मन्त्री हुँदा ५५ हजार स्ववासीलाई लालपुर्जा प्रदान गरेको बताउँदै जनताको समस्यालाई आफ्नो समस्या सम्झेर काम गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र मध्यपुर नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठ, माओवादीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दीलीपकुमार प्रजापति, बागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले भक्तपुरको विकासमा प्रदेश सरकारको चासो वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेल, पूर्वमन्त्री श्रेष्ठसहित मध्यपुरथिमिको पहिचानका लागि मूत तथा अमूर्त कला, संस्कृतिको संरक्षणमा लाग्ने विभिन्न व्यक्तित्व एवं संस्थालाई सम्मान गरिएको थियो ।

भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु

नयाँदिल्ली – भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गर्नुभयो ।

रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उहाँलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ ।

“भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ! दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो । अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।

महासचिव गुटरेस र राष्ट्पति जेलेन्स्की बीच कृष्ण सागर “अनाज कोरिडोर” बारे छलफल

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच कृष्ण सागर सीमा नजिक वैकल्पिक “अन्न कोरिडोर” बारे छलफल भएको छ । राष्ट्रपतिको प्रेस सेवाले बिहीबार यस बारे जानकारी गराएको छ ।

कुराकानीका क्रममा राष्ट्रपति जेलेन्स्कीले गुटेरेसलाई “अनाज कोरिडोर” को कामको प्रगतिका बारेमा जानकारी दिनु भएको र गत नोभेम्बरमा शुरु गरिएको मानवीय खाद्य कार्यक्रम “युक्रेनबाट अन्न” कार्यक्रमको महत्त्व बारे छलफल भएको बताइएको छ ।

युक्रेनले कृष्ण सागरमा अस्थायी करिडोर मार्फत गत महिना लगभग ५० हजार टन सामानहरू निर्यात गरेको थियो । युक्रेनले ब्ल्याक सी ग्रेन इनिसिएटिभको विकल्पको रूपमा यसलाई स्थापित गरेको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट अनाज कार्यक्रम अन्तर्गत खाद्य सुरक्षा सम्बन्धी दोस्रो शिखर सम्मेलनमा भाग लिन गुटेरेसलाई निमन्त्रणा दिनु भएको छ ।

युक्रेनले लडाकु विमान प्राप्त गर्दै

किएभ, युक्रेन – युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताउनुभएको छ । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उहाँको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार समितिले बिहीबार बताएको छ ।

उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि एफ–१६ जेटहरूको डेलिभरी हुने उहाँले बताउनुभयो । गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिनुभएको थियो ।

नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउन एफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए ।

यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायीरूपमाएटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्म बिहीबार विदेशमन्त्री कुलेबालाई उद्धत गर्दै उक्त कुरा बताएको हो ।

युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनको बीच भएको कुलेबाले बताउनुभयो । “सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भन्नुभयो । एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो – हमास स्वास्थ्य मन्त्रालय

इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ ।

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चैनपुर (बझाङ), ३ कात्तिक : बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नं को जीप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार महतको उनको टाउको र कम्मरमा चोट लागेको थियोे ।

दुर्घटनामा परी घाइते हुने एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन् । त्यस्तै वर्ष २२ वर्षीय प्रकाश धामीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक विनोद धामीसहित नौ जना सवार थिए । चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।

चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडे

काठमाडौँ, ३ कात्तिक : दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उहाँले बताउनुभयो ।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिनुभयो । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

राष्ट्रपतिको प्रमुख आतिथ्यमा भोलि टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ, ३ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुनेभएको छ ।

बडादसैँको साताँै दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ ।

समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ ।बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ ।

नेपालको स्वन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध नेपाली सेना समावेशी चरित्रको प्रमुख सुरक्षा सङ्गठन हो । सङ्गठनको प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ ।

उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य

काठमाडौँ, ३ कात्तिक : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।

खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो रु १० छुट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो । पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो । हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ ।

अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ । फुलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ । “आज, फूलपाती र अष्टमीमा खसी बोकाको बिक्री हुने हो, लामो समयम्म राख्दा दानापानी तथा स्याहार सुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो”, सूचना अधिकारी न्यौपानेले भन्नुभयो ।

काठमाडौँ उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसीबोका बिक्री गर्दै आइरहेको छ ।

डोल्पालीलाई प्रतिपरिवार ६० केजी चामल, आयोडिनयुक्त नुन अभाव

जाजरकोट, ३ कात्तिकः डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ ।

डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी मात्र दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताउनुभयो ।

सदरमुकाममा एक हजार क्विन्टल चामल रहेकाले त्यहीँबाट अहिले काम चलाउने गरिएको उहाँको भनाइ थियो । त्यस्तै सदरमुकामकै अर्को डिपो जुफालमा एक सय ५० क्विन्टलमात्र चामल रहेको र सदरमुकामभन्दा बाहिरका डिपोमा लामो समयदेखि एक गेडा चामल नभएको उहाँको भनाइ थियो ।

लिकु, सर्मी, सहरतारालगायत डिपोहरुमा लामो समयदेखि चामल नभएको अवस्था छ । यी ठाउँमा ढुवानीकर्ताले आफैँ लिएर चामल बिक्री गर्दै आएका छन् । सदरमुकामबाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन् । कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन् । पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरेमा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ ।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका सात स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन् । मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपो छ । तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेसनका डोल्पा शाखाले बताएको छ । बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ । उपल्लो डोल्पामा नुन र चामल पाँच वर्षदेखि ढुवानी हुन सकेको छैन । नाका बन्द भएका कारण त्यहाँ ढुवानी हुन नसकेको हो । सदरमुकामलगायत ठाउँमा समेत भेरी करिडोरको सडक मर्मतसम्भारमा ढिला भएका कारण ढुवानीमा समस्या भएको हो । सदरमुकामबाट अहिले प्रतिव्यक्ति तीन पोका नुनमात्र विवतरण हुँदै आएको छ । भेरी करिडोरभित्र रहेको तल्लु, चौखा, रुपगाड, छलगाडमा पुल नहुँदा ढुवानीका काममा बाधा पुग्दै आएको छ ।

यता जाजरकोटमा रहेको गाउँका डिपोमा समेत एक गेडा चामल नभएको पाइएको छ । डिपोमा चामल आउला र दसैँ मनाउला भनेर आशामा बसेका जाजरकोट जुनिचाँदे–७ रजुतराका रामबहादुर बुढाले निराश व्यक्त गर्नुभयो । दसैँअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उहाँजस्तै धेरै स्थानीयवासी समस्यामा परेका छन् । दसैँअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्न पीरलो छ । स्थानीय बजारमा चामल पाउन मुस्किल छ । पाइए पनि निकै महँगो पर्छ । खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहज रूपमा चामल पाइँदैन । वर्षातमा बिग्रेको बाटो अझै नबनेका कारण पनि जुनिचाँदेवासी थप समस्यामा छन् ।

सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य सङ्कट झेलिरहेका स्थानीयवासी चर्को मूल्यको मारमा परेका छन् । बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । रजुतरामा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन । रजुतरामा मात्र होइन जुनिचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा पनि चामल ढुवानी हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । खाद्यले समयमा टेन्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो ।

नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा यतिबेला चामल अभाव देखिएको छ । ती पालिकामा रहेका खाद्य डिपो र बिक्री केन्द्र यतिबेला रित्तै छन् । नयाँ बाली नपाकेको, वर्षातले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा बिक्री केन्द्रमा चामल नहुँदा दुर्गमका बासिन्दालाई यतिबेला खाद्यान्नको ठूलो समस्या परेको छ । खाद्य जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले गत २० असोजमा यहाँका खाद्य डिपोमा चामल ढुवानीका लागि टेन्डर स्वीकृत भएको र १५ दिनभित्र सम्झौता गर्न २५ गते केन्द्रबाट पत्र आएको बताउनुभयो । पन्ध्र दिनको म्याद भए पनि सम्भव भएसम्म पाँच दिनभित्र सम्झौता गरी दसैँअघि नै चामल ढुवानी गर्न आग्रह गरे पनि बाटोघाटो बिग्रेका कारणले ठेकेदारले चामल ढुवानी गर्न र सम्झौता गर्न आनकानी गरेको उहाँले बताउनुभयो । केही समयअघि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले पनि दसैँअघि नै खाद्यान्न डिपोमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो । चौखा, टापुचौर, ताँगाचौर खाद्य डिपोको चामल ढुवानीका लागि एमबी बिल्डर्स जाजरकोटको फार्म स्वीकृत भएको छ ।

त्यस्तै पजारु, दशेरा, नायकवाडा र रजुतराका लागि एन्जिला टे«डर्स नेपालगञ्जको नाममा टेण्डर स्वीकृत भएको छ । चौखा सात सय ५० क्विन्टल, नायकवाडा एक हजार क्विन्टल, टापुचौर पाँच सय क्विन्टल, ताँगाचौर सात सय ५० क्विन्टल, रजुतरा सात सय क्विन्टल, दशेरा र पजारुमा पाँच÷पाँच सय क्विन्टल चामलको कोटा स्वीकृति भएको प्रमुख पौडेलले बताउनुभयो । पजारु र दशेरा नेपालगञ्जबाट ढुवानी हुनेछ भने अन्य डिपोका लागि सदरमुकाम खलङ्गाबाट हुनेछ । प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्ममा मोटो चामल पाइन्छ भने मसिनो चामल झन्डै एक सय रुपैयाँ प्रतिकेजी पर्छ । “शाखा कार्यालयमा करिब चार सय ५० क्विन्टल मसिनो चामल गत वर्षकै मौज्दात छ । त्यसले जेनतेन धानिरहेका छौँ ।

एमालेले कात्तिक १४ गते चियापन गर्ने

काठमाडौँ, ३ कात्तिक : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्नुहुने भएको छ ।

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिनुभयो ।

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

म्याग्दी, ३ कात्तिक ः मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

बीस–बीस मिटर दूरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण उक्त कम्पनीसँगको ठेक्का तोडेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

केही दिनअघि मात्र सो आयोजनाबाट सरुवा हुनुभएका तत्कालीन आयोजना प्रमुख जगत् प्रजापतिले पुल अलपत्र बनाएको गणपतिसँगको ठेक्का सम्झौता तोडेर धरौटी जफत गर्नाका साथै र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

“ठेक्का तोडेको सार्वजनिक सूचना जारी गरेका छौँ”, उहाँले भन्नुभयो, “जमानत बसेको बैंकमार्फत धरौटी जफत र कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयमा सिफारिस हुन्छ ।”

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ ।

कैकुखोलामा २० मिटर लामो मोटरेबल पुल बनाउन रु तीन करोड २५ लाख र लार्जुङखोलाको पुलको रु तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । पचास–पचास प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिलर ठड्याउने काम सकिएको छ ।

साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङखोलामा तीन वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकुखोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ ।

त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारीसाधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो । पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत आठवटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् ।

थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्रवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्रवटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९÷८० सम्म रु छ अर्बभन्दा बढी खर्च भइसकेको छ । छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुईवटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।

प्रधानसेनापति शर्मा चीन जाँदै

काठमाडौँ, ३ कात्तिक: प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँ चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने हुनुभएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौँ, ३ कात्तिक ः नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थाल्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु २० हजारदेखि रु २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।बैठकमा नगरप्रमुख गिरीले बैठकमा तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताउनुभएको थियो ।उहाँले सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बैठकमा जानकारी गराउनुभएको थियो ।नगरप्रमुख गिरीले भन्नुभयो, “नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस गरिएको छ । मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदन पछि थप निर्णय गरिने छ ।” बैठकमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरपालिकाको विभिन्न विषयगत समितिका संयोजक, सुरक्षा संयन्त्रका प्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता साथै निर्माण आयोजनाका प्रतिनिधि उपस्थिति रहेको थियो ।राष्ट्रिय गौरवको नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको बताइएको छ । मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँचसय ७५ रहेको छ ।यसरी गरिएको थियो सहजीकरणचन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरुआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । नगरपालिकाले काठमाडौँतर्फको आयोजना प्रभावितलाई मुआब्जा वितरण तथा अन्य गुनासा सम्बोधन गर्न सहजीकरण गरेको थियो । यस प्रक्रिया अहिले पनि जारी छ । नगरप्रमुख गिरीले भन्नुभयो, “नगरपालिकाको साथ र सहयोगको सुनिश्चिताले मात्र सुरुङमार्ग आयोजना कार्यान्वयनमा आएको हो । विशेष गरी सुरुङमार्ग बनाउन काठमाडौँतर्फको समस्या मेरो पहलबाट सम्बोधन हुँदै आएका छन् ।”नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीयवासी आयोजनाबाट बढी प्रभावित छन् । उनीहरुलाई उचित मुआब्जा दिलाउन तथा आयोजना प्रभावित क्षेत्रमा खानेपानी तथा अन्य पूर्वाधारका विकास गराउन नगरप्रमुख गिरीले विशेष चासो र सक्रियता देखाउँदै आउनुभएको छ ।सुरुङमार्ग बनाउन सरकारले अधिग्रहण गरेका जग्गामध्ये काठमाडौँमा दुई सय ६७ र धादिङमा एक सय नौ रोपनी पर्छ । तीमध्ये अधिकांशले मुआब्जा पाइसकेको बताइएको छ । उहाँले भन्नुभयो, “सुरुङमार्गको सम्भाव्यता अध्ययनदेखि नै स्थानीयवासीले आयोजनाका विरुद्धमा आवाज उठाउन थाले । आयोजना नै फिर्ता हुने त होइन भन्ने खतरा थियो । चन्द्रागिरि नगर तथा देशको प्रतिष्ठासँग गाँसिएको आयोजना कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता थियो । विकास गर्दा विनाश हुनसक्छ तर स्थानीयवासीलाई संलग्न गराएर गरिने विकास दिगो हुन्छ । यही मान्यतालाई कार्यान्वयन गर्न अहोरात्र ध्यान दिएँ । आयोजना प्रभावितका उचित मागलाई सम्बोधन गराउन सङ्घीय सरकारसँग अनेकौँ तह र चारणमा वार्ता गरेँ । प्राथमिकताका साथ पीडितका कुरा उठाएँ । उनीहरुलाई अधिकतम मुआब्जा दिलाउन सफलसमेत भएँ । आयोजनालाई कार्यान्वयनमा उतार्न समन्वन्वकारी भूमिका निर्वाह गरेँ । सङ्घीय सरकारले कार्यान्वयनमा ल्याएको आयोजनामा नगरपालिकाको भरपुर साथ र सहयोग मिलेको छ ।”सरकारले आयोजना प्रभावित क्षेत्रमा पहिलो चरणमा बाटो नपुगेको जमिनलाई समेत प्रतिआना रु १० लाख तथा अन्य जमिनलाई अधिकतम रु ४६ लाखसम्म मुआब्जा प्रदान गरेको थियो । दोस्रो चरणमा ‘फ्लाइओभर’ बनाउने क्षेत्रका जमिनलाई न्यूनतम प्रतिआना रु ५७ लाख, पक्की घरका लागि छुट्टै, सबै जमिन परेकालाई थप १० प्रतिशत तथा घरटहरा हटाउन थप रकम प्रदान गरिरहेको जनाइएको छ । सवारीसाधन आवतजावतका लागि निर्माणाधीन नेपालकै पहिलो सो सुरुङमार्ग आयोजनाले नगरप्रमुख गिरीकै प्रस्तावअनुसार चन्द्रागिरि–२ मा रु १४ करोडको खानेपानी योजना सम्पन्न गरिदिएको छ ।आयोजना प्रभावित वडा १ मा स्थानीयवासीका मागअनुसार खानेपानी योजना निर्माणाधीन छ भने अन्य सांस्कृतिकस्थल तथा मन्दिर संरक्षण गरिदिने आयोजनाले प्रतिबद्धता जनाएको छ । सो सुरुङमार्ग चन्द्रागिरि–३ टोटेपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोला निस्कने छ ।नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा कार्यान्वयनमा आएको सो आयोजना विसं २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको हो । नगरप्रमुख गिरीले भन्नुभयो, “राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा स्थानीय तहले कस्तो सहजीकरण तथा समन्वय गर्नुपर्छ भन्ने चन्द्रागिरि नगर नमूना बन्न सक्छ । स्थानीयवासीको अपनत्वले मात्र ठूला आयोजना कार्यान्वयनमा जान्छ । ठूला आयोजनाले ल्याउने समृद्धि ठूलो नै हुन्छ । यस कुरालाई आयोजना प्रभावितलाई बुझाउनुपर्छ ।”नगरप्रमुख गिरीले भन्नुभयोे, “सुरुङमार्ग आयोजना सम्पन्न भएसँगै नेपाल नयाँ युगमा प्रवेश गर्छ । छोटो अवधिमा महत्वपूर्ण फड्को मार्न सकिन्छ । यो सुरुङमार्ग नेपालमा गाडी गुडाउन मिल्ने पहिलो सुरुङमार्ग हुनेछ । यसले नेपाललाई सुरुङ युगमा प्रवेश गराउने छ । जापानी प्रविधिक तथा विज्ञले सो आयोजनाबाट प्रविधि हस्तान्तरण पनि गर्नेछन् ।”यसबाट हुने प्रत्यक्ष अर्को फाइदा भनेको ट्राफिक जामका लागि चिनिएको नागढुङ्गामा घण्टौँ जाम हुने छैन । नौबिसेबाट थानकोटसम्मको सडकखण्ड घुमाउरो तथा उकाली–ओराली धेरै भएकाले र यस क्षेत्रमा सधैँजसो ट्राफिक जाम हुने गरेको छ । गाडी उकालोमा बिग्रिएर बस्ने अवस्थाको अन्त्य हुनेछ । बाटो पनि साढे तीन किलोमिटर छोटो हुनेछ । सुरुङमार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौँ प्रवेश गर्न सकिने जनाइएको छ ।

बिच भलिबलः त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै

महेन्द्रनगर (कञ्चनपुर) ३ -कात्तिक-कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् ।

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो ।त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त गर्नेछन् ।यहाँस्थित नेपाली सेना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा गत असोज २९ गतेदेखि पहिलो पटक महाकालीको बगरमा बिच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना थियो ।शुक्लाफाँटादेखि झोलुङ्गे पुल हुँदै भाइरल रोड लगायत यहाँका पर्यटकीय क्षेत्रको खेल पर्यटनका माध्यमबाट प्रचार प्रसार गर्न लागिएको हो । खुलातर्फ त्यसैगरी द्धितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत हुनेछन् ।त्यसैगरी भेट्रान (चालिस वर्ष भन्दामाथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिमले रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले पुरस्कार राशि प्रायोजनसमेत गरेका छन् ।

स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै विद्युत् प्राधिकरण भरतपुर

नारायणगढ (चितवन)- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ । विद्युत् चुहावट नियन्त्रण गर्ने र प्राधिकरणलाई अनलाइन प्रणालीमा ल्याउने उद्देश्यका साथ मिटरबक्स परिवर्तन गरिएको हो ।

केन्द्रका इन्जिनियर रुद्रराज विष्टका अनुसार स्मार्ट ग्रीड एण्ड मिटरिङ आयोजनाले थ्री फेज लाइन जडान भएका स्थानमा स्मार्ट मिटरबक्स जडानको काम गरेको हो । यस वर्ष पाँच सयवटा मिटर परिवर्तन गरिसकिएको छ । योसँगै दुई हजार एक सयवटा स्मार्ट मिटरबक्स जडान गरिएको हो । मिटरबक्समा डाटा सञ्चालनका लागि सिमकार्डको प्रयोग गरिन्छ । यसले मिटर रिडिङ गर्न सहज बनाउने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र र थ्री फेज लाइन जडान गरिएका ग्राहककामा मिटरबक्स परिवर्तन गर्न लागिएको हो ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जिल्लामा थ्री फेज मिटर जडान गरेका चार हजार स्थानमा यो मिटरबक्स प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काट्न र जडान गर्न सहज हुने छ । मनिटरिङको काम कार्यालयबाटै गर्न सकिने छ ।” विसं २०७८ देखि जडानको काम सुरु गरेको भएपनि अहिले यसलाई प्रभावकारीरूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मिटर रिड आवश्यक नपर्ने हुँदा खर्चसमेत कम हुने उहाँले बताउनुभयो । स्मार्ट मिटर जडान गरिएको ठाउँमा एसएमएसमार्फत विद्युत् महसुलको बिल पठाउने व्यवस्थासमेत गरिएको छ ।

प्राधिकरणलाई अनलाइन प्रक्रियामा ल्याउनका लागि यो बक्स जडान गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ताले विद्युत्को महसुल तिरे÷नतिरेको समेत कार्यालयमै बसेर हेर्न मिल्ने उहाँले बताउनुभयो । विद्युत् खपतको वास्तविकतासमेत हेर्न सकिने गरी यो बक्स जडान गरिएको हो । उहाँले भन्नुभयो, “उपभोक्ताले मिटर हेरेर जानकारी लिन सक्छन् ।”

‘मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ’- राजेन्द्र महतो

राजविराज (सप्तरी) – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।

लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा बिहिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताउनुभयो । उहाँले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेता महतोले सङ्घीय शासन प्रणाली कार्यान्वयन भएको सात वर्षको अवधिमा जनअपेक्षाअनुसार काम नभएको गुनासो गर्नुभयो ।

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पु-याउनुपर्छ – नेता राजवंशी

काठमाडौँ – नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक हो । हामी अहिले दसँै, तिहार र छठलगायतका चार्डपर्वको मनाउने तयारीमा छौ ।

विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो परिचय र सम्पत्ति हो । वर्गीय, जातीय, क्षेत्रीय भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अत्य गर्ने राज्यले सङ्कल्प लिएको छ ।

शान्तिकामी नेपाली हुनुका नाताले विविधतायुक्त समाजमा रहेका धर्म, संस्कृति, सामाजिक चालचलन, परम्परा, मूल्यमान्यता र रीतिरिवाजको सम्मान गर्दै प्रत्येक जाति–समुदायको चाडपर्वमा सरिक हुने र शुभकामना अदान प्रदान गरी सामाजिक सद्भाव कायम राख्नु सबैको कर्तव्य हो ।

यसैबीच, सांसदसँग रासस संवादमा नेकपा(एमाले) नेता अमृतलाल राजवंशीले आउँदै गरेको बडादसँै, दीपावली र छठपर्वको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै सामाजिक विविधताका कारण एकअर्का समुदायको संस्कार र संस्कृतिको उच्च सम्मान गर्ने यस्तो अनुपम परम्परा नै हाम्रो राष्ट्रिय गौरव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुनसुकै जाति, धर्म, वर्ग र समुदायका चाडपर्वमा सहभागी हुने, शुभकामना आदानप्रदान गरी आपसमा सद्भाव कायम गर्ने हाम्रो अनमोल पहिचान छ, यो मूल्यमान्यता, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन्, एकाकार भएर यसलाई जोगाउनुपर्छ, संसारभर पु¥याउनुपर्छ ।”

नेपाली समाजमा मनाइने सबै चाडबाड–पर्व र संस्कृतिप्रति एक–अर्काले सद्भाव राखी सहभागी हुने तथा सामाजिक सञ्जालद्वारा शुभकामना आदानप्रदान गरी सद्भाव कायम राख्ने गरिएको बताउँदै सांसद राजवंशीले भन्नुभयो, “हाम्रो यो अनुपम मौलिक पहिचान र संस्कृतिसहितको हार्दिकतालाई अझ उचाइ प्रदान गर्नुपर्छ ।”

अर्नामणि बहुमुखी क्याम्पसको संस्थापक सदस्य तथा विसं २०३६ देखि राजनीतिमा प्रवेश गर्नुभएका राजवंशी सडक र पुल मात्र नभई संविधान निर्माणसम्म सक्रिय रहनुभयो । उहाँसग यसअघि विसं २०६४ देखि विसं २०७२ सम्म संविधानसभा सदस्य तथा विस २०७४ सम्म प्रतिनिधिसभा सदस्यका रुपमा काम गरेको अनुभव छ ।

झापा विर्तामोड स्थायी घर भएका सांसद राजवंशी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य हुनुहुन्छ भने यसअघि उहाँले कृषि समिति र सार्वजनिक लेखा समिति सदस्य भई काम गर्नुभयो ।

उहाँले प्रतिनिधिसभाको निर्वाचन भएपछि ११ महिनाको संसदीय अभ्यासमा आफू र जनताले अपेक्षाअनुरुप कानुन निर्माण गर्न नसके पनि विधेयक सदनमा ल्याउने, छलफल गरी समृद्ध तुल्याउने, समितिमा पठाउने सन्दर्भदेखि पारित गर्नेसम्मका तितामिठा मिश्रित अनुभव हासिल गरेको प्रतिक्रिया दिनुभयो ।

सांसदको मुख्य काम कानुन तर्जुमा भए पनि जनताको अपेक्षाअनुरुप विकास निर्माणमा संलग्न हुनु पनि त्यतिकै जिम्मेवारी हुने उहाँले प्रतिक्रिया दिनुभयो । सांसद राजवंशीले भन्नुभयो, “जनप्रतिनिधि हुनुका नाताले आफूसँग मतदातले हाम्रा बाटो र पुल किन बनेनन्, पोखरी र सिँचाइमा बजेट परेन, कृषिका लागि मल खाद्य पाइएन, शिक्षाको विकासमा राज्यले ध्यान पु¥याएन भनी निरन्तर र स्वभाविक ढङ्गबाट आवाज उठाउने गरेका छन् ।”

विकास निर्माण जनप्रतिनिधिमार्फत नै हुनुपर्छ भन्ने समाजमा दृढ विश्वास र बुझाइरहेको बताउँदै सांसद राजवंशीले जनहितमा लागेकाले गाउँ, टोल र समाजमा एकाकार भएर काम गर्ने सिलसिलामा मतदातासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गरी उठाइएका माग र मुद्दा ५० प्रतिसतसम्म सम्बोधन गर्दैआएको बताउनुभयो ।

जनताले सांसदसँग विकास निर्माणका विषय उठाउनुलाई स्वभाविक भन्दै उहाँले देशमा घाटा बजेटको स्थितिलाई जनताले बुझेकाले मुलुकको आर्थिक स्थितिमा सुधार आएपछि आगामी दिनमा बाँकी योजनालाई क्रमैसँग सम्बोधन गरिने आश्वासन दिने गरेको जानकारी दिनुभयो ।

जनताको अगुवाइ गरिरहेका नाताले प्रत्येक जनप्रतिनिधिले आफ्नो बोली–व्यवहार, प्रस्तुति र अनुशासनको पाटोमा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै नेता राजवंशीले असल प्रतिनिधिका रुपमा समयअनुसार विचार राख्नुपर्नेमा जोड दिनुभयो ।

राज्यको पहिलो प्राथमिकता नै सुशासन र भ्रष्टाचार न्यूनीकरण रहेको तथा प्रत्येक सरकारले त्यही नारा घन्काए ता पनि भ्रष्टाचार बढिरहेको रहेको बताउँदै नेता राजवंशीले राजनीतिक अस्थिरता, धेरै खाले संरचना, झन्झटिलो सरकारी प्रक्रिया र हालको निर्वाचन प्रणालीले त्यसमा मलजल पु¥याइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा गएको दलले जबसम्म स्थायित्व पाउँदैन, तबसम्म सुशासन र भ्रष्टाचारको विषय कार्यान्वयन हुन कठिन र जटिल छ, समाजमा देखिएका छाडातन्त्र अन्त्य गर्न चुनौती छ, त्यसका लागि राजनीति प्रतिबद्धता र दृढ सङ्कल्प हुनुपर्छ ।”

सबै वर्ग र समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व रहने सुनिश्चिता गरी प्रतिनिधिसभामा हाल रहेको सदस्य सङ्ख्या घटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अवलम्बन गर्न आवश्यक रहेको विचार प्रकट गर्दै सांसद राजवंशीले सबैको सहभागिता हुने र दल विशेषको बहुमत आई राजनीतिक स्थिरता प्राप्त हुने भएकाले यसमा सबैको एकैखाले बुझाइको खाँचो आँैल्याउनुभयो ।

उहाँले भन्नुभयो, “यसमा नेताको इच्छाशक्ति र इमान्दारिता चाहिन्छ, यो मुलुक अल्पसङ्ख्यक जाति र समुदायको हो । भौगोलिक विविधता छ, सबै क्षेत्रको समावेशी र समानुपातिक प्रतिनिधित्व सवै दलमा गर्न सकियो भने प्रत्यक्ष निर्वाचनले राम्रै परिणाम दिन्छ, अनि सरकार र प्रणाली दुवै दीगो हुन्छ ।”

मुलुकमा निष्ठा, इमान्दारी र मर्यादाको राजनीतिक स्थापित नभएसम्म सही नेता र राजनीतिक निकास प्राप्त गर्न कठिन हुने तर्क गर्दै उहाँले पछिल्लो समय राजनीति सेवा नभई व्यवसाय र व्यापार बन्न पुगेकाले समाजको मूल्य र मान्यता, अनुशासन, नैतिकतामा चोट पुगेको प्रतिक्रिया दिनुभयो ।

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

ढोरपाटन (बागलुङ) – केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो ।

दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ ।

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाले बताउनुभयो । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताउनुहुन्छ । पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उहाँको भनाइ छ । थापाले दसैँ आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो ।

“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो (बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन”, उहाँले भन्नुभयो, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच÷छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन् ।”

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताउनुभयो । दसैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उहाँको भनाइ छ । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउनुहुन्छ । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाउनुभयो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उहाँको भनाइ छ ।

“दसैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच÷छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उहाँले भन्नुभयो ।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरुप बनाएको बताउनुभयो । अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उहाँको भनाइ छ ।

बाली टापुमा खडेरीजन्य आपतकाल घोषणा

जकार्ता – इन्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले बिहीबार खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ । जारी खडेरी प्रकोपको वृद्धिपछि १४ दिनसम्मका लागि यो घोषणा लागू हुने छ। बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले आजदेखि १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको उल्लेख गर्नु भएको छ ।

बालीमा जुलाईदेखि अक्टोबरसम्मको विषम मौसमी अवस्थाका कारण प्रान्तको राजधानी डेनपसारलगायत १० वटा क्षेत्रका १ सय १३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको महेन्द्रले बताउनु भएको छ ।

खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका कार्य अगाडि बढाएको र बलिरहेको आगो निभाउने प्रयास गरेको उहाँले उल्लेख गर्नु भएको छ ।

इजरायली आक्रमणमा नेतृत्वमा रहेका महिलाको मृत्यु भएको हमासको दाबी

गाजा सिटी, प्यालेस्टिनी क्षेत्र – हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।

उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् । अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।

इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा उनीहरूको समावेशलाई त्यतिबेला अन्तर्राष्ट्रिय समुदायका लागि सकारात्मक सन्देश भएको भनी व्याख्या गरिएको थियो ।

सन् २००६ मा प्यालेस्टिनी संसद्मा निर्वाचित भएकी श्यान्टीको प्यालेस्टिनी राजनीतिमा लामो इतिहास छ ।सन् २००७ मा हमासले गाजाबाट प्यालेस्टिनी संसद्लाई हटाएर सत्ता कब्जा गरेयता चेम्बरको बैठक बस्न सकेको छैन ।

गाजामा गत अक्टोबर ७ तारिखदेखि इजरायली आक्रमणमा मारिएका हमासका कैयौँ सदस्यमध्ये श्यान्टीको पनि एक हुन् ।युद्धका क्रममा इजरायलमा मारिएका एक हजार ४०० भन्दा बढी मानिसमध्ये अधिकांश हमासको चपेटामा परेका सीमावर्ती समुदायका नागरिक थिए ।

गाजामा इजरायली आक्रमणका कारण करिब तीन हजार ५०० व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गाजा पट्टी इन्धन आपूर्तिमा अवरोध नगर्न इजरायलसँग डब्ल्यूएचओको आग्रह

जेनेभा – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजा पट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गर्नुभएको छ । इजरायलको सहमतिपछि पानी, खाना र औषधिको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ ।

“इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि प्रवेशमा रोक नलगाउने इजरायलको घोषणालाई हामी स्वागत गर्दछौं । अस्पतालका जेनेरेटर, एम्बुलेन्स र डिसेलिनेसन प्लान्टका लागि पनि इन्धन आवश्यक छ र हामी इजरायललाई गाजाप्रवेशका लागि अनुमति दिइएको जीवनरक्षक आपूर्तिमा इन्धन थप्न आग्रह गर्दछौं,” टेड्रोसले पत्रकार सम्मेलनमा भन्नुभयो ।

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बुधबार जानकारी गराएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।

वक्तव्यमा भनिएको छ, “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।”

दूषित मासु खाँदा प्राणघातक रोग लाग्न सक्छ – पशु चिकित्सक

काठमाडौं । दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्ने भन्दै चेकजाँच गरिएका चौपायाको मासु खान आग्रह गरेकोछ ।

चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा प्राणघातक रोग सर्न सक्ने सम्भावना रहेको जनाउँदै हाइजेनिक मासु खुवाउन उपत्यका भित्रने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेको हो । केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक खितबहादुर श्रेष्ठले उपत्यकावासीलाई ताजा मासु खुवाउने रणनीतिसहित पशु चौपायाको स्वास्थ्य परीक्षण गरिएको बताए ।

उनले भने– ‘हामीले मासु खाँदा लाग्न सक्ने प्राणघातक रोगबाट नागरिकलाई जोगाउन अनिवार्य स्वास्थ्य परीक्षण शुरु गरेका हौं ।’ उहाँले परीक्षण नगरेको चौपायको मासु खाँदा डरलाग्दो रोगको संक्रमण बढ्न सक्ने भएपछि राजधानीका बिक्री स्थलमा खसी, बोका, बाख्रा, च्याङ्ग्राको चेकजाँच शुरु गरेको जानकारी दिनुभयो । पशुसेवा विभागले उपत्यकाका ११ स्थानमा पशु चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

उनका अनुसार बिक्री केन्द्रबाट करिब २५ हजारको संख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको छ । विभागको नेतृत्वमा खटिएका दुई चिकित्सकसहित ५ जना प्राविधिक टोलीले कलंकीबाट मात्र दैकिक २ हजारको संख्यामा चौपायाको स्वास्थ्य परीक्षण गरेको छ । विभागले घटस्थापनादेखि पशुचौपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

पशु चिकित्सक श्रेष्ठले हालसम्म परीक्षण गरिएका मध्ये कुनै पनि चौपायामा गम्भीर रोग नलागेको जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा २ हजार खसीबोका र १ हजारको संख्यामा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । पशु स्वास्थ्य बिभागले अष्टमीको दिन अर्थात् कात्तिक ५ गते बिहान ७ देखि ११ र दिउँसो ३ देखि साढे ५ बजेसम्म स्वास्थ्य परीक्षण गर्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

काठमाडौं । नेकपा एमालेमा शिथिल भएको गुटबन्दीले प्रदेश अधिवेशनपछि पुनर्जीवन पाएको छ। १०औं महाधिवेशनपछि एमालेमा गुटगत अभ्यास भएको थिएन। तर प्रदेश अधिवेशनमा पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव, पोलिटब्युरो सदस्यहरूले नै गुटबन्दीलाई सघाउ पुग्ने गतिविधि गरे।

प्रदेश अधिवेशनमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू यमलाल कँडेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, लीलानाथ श्रेष्ठसम्मले आ–आफ्नो तहमा गुटबन्दी गरेको देखियो।

त्यति मात्र होइन, केन्द्रीय सदस्यहरूले पनि प्रदेश अधिवेशनका क्रममा तलैसम्म गुट, उपगुट बनाए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशनलाई अवज्ञा गरेर नेताहरूले पालिका तहसम्म आआफ्नो वर्चस्व कायम गर्न गुटबन्दी गरेका हुन्। ओलीले पार्टीभित्र प्रतिस्पर्धा गर्दा गुट निर्माण हुने र त्यसले राम्रो सन्देश नजाने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्न अधिकतम दबाब दिएको भए पनि लोकतान्त्रिक अभ्यासका नाममा गुटबन्दी भयो।

एमाले प्रचार विभाग प्रमुख एवं पोलिटब्युरो सदस्य राजेन्द्र गौतमका अनुसार नेतृत्वदायी कमिटीमा पुग्न प्रतिस्पर्धा वा सहमति गर्दा गुट बन्ने÷बनाउने भन्ने कुरा हुँदैन। अधिवेशनका क्रममा भएको प्रतिस्पर्धालाई गुटबन्दी भनेर गलत प्रचारबाजी गरिएको उनको दाबी छ।

लुम्बिनी प्रदेश अधिवेशनलाई सर्वसम्मत बनाउन अध्यक्ष ओलीले निकै कोसिस गरे पनि अन्ततः निर्वाचन भयो। मधेस प्रदेश र उपत्यका प्रदेशमा नेतृत्वदेखि सदस्यसम्म सर्वसम्मत भए। सुदूरपश्चिम प्रदेशको नेतृत्वबाहेक केही सदस्यका लागि निर्वाचन भयो। वाग्मती, कोसी, गण्डकी र कर्णाली प्रदेशमा नेतृत्वमा सहमति हुन सकेन।

अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका नाममा प्रतिस्पर्धा भयो। यसले एमालेको भावी नेतृत्वका लागि अहिलेदेखि गुटगत अभ्यास भएको चर्चा राजनीतिक वृत्तमा छ। पार्टीको १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न खोज्दा प्रतिस्पर्धालाई खुम्च्याउन खोजेको आरोप ओलीमाथि लागेको थियो।

ओलीले प्रदेश अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि उनकै नाममा नेताहरूले गुटबन्दी गरेको आरोप छ। यो समाचार नागरिक दैनिकमा छ ।

पहुँचवालालाई सधैँ सिंहदरबार

काठमाडौँ । सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन् ।निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागु हुने गरेको छैन ।

पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बसेको राष्ट्रिय किताबखाना ९निजामती० ले जनाएको छ । १० वर्षभन्दा बढी एउटै कार्यालमा बस्ने कर्मचारीमा प्रशासन, लेखा, इन्जिनियरिङ, कृषि, वन, योजना तथा तथ्याङ्क, विविध, न्याय सेवा, शिक्षा, स्वास्थ्यलगायतका सेवाका कर्मचारी छन् ।

किताबखानाका अनुसार केन्द्रीय तथ्याङ्क विभाग, महालेखा परीक्षकको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला हुलाक कार्यालय खोटाङ, भूमि सुधार कार्यालय बर्दिया, सर्वोच्च अदालत, सहरी विकास तथा भवन निर्माण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, जिल्ला अदालत सुर्खेतलगायतका तीन दर्जनभन्दा बढी कार्यालयमा १० वर्षभन्दा बढी समय सरुवा नभई बस्ने कर्मचारी पाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कर्मचारीलाई दुई वर्षपछि सरुवा गर्न मिल्ने कानुनी व्यवस्था भए पनि सेवा प्रवाह चित्तबुझ्दो भएको र उनीहरूले दिने सेवाबाट कर्मचारी उत्साहित छन् भने सरुवा गरिरहन नपर्ने दाबी गरे । उनले भने, “कतिपय कार्यालयमा सबन्धित कर्मचारीलाई सरुवा गर्ने अन्य कार्यालय नै हुँदैन र उक्त कार्यालयमा सरुवा भइजाने कर्मचारी पनि नहुँदा लामो समयसम्म एउटै कार्यालयमा एकै जना कर्मचारी बसेर सेवा गर्नु परेको हो ।”

उनका अनुसार कतिपय कार्यालयमा कर्मचारी सरुवा भएर आउन र जानका लागि दबाब प¥यो भने मात्र दुई वर्षपछि कर्मचारीलाई सरुवा गर्ने हो तर दबाब भएन भने जति समय पनि बस्न मिल्छ । मन्त्रालयले तीन महिनाअघि सरुवा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा कर्मचारीको सरुवाको तत्कालीन र दीर्घकालीन सुधारबारे उल्लेख गरेको थियो ।

अविछिन्न रूपमा तीन वर्ष वा त्योभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीका लागि ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, राजपत्र अनङ्कित कर्मचारीको हकमा सुरु नियुक्ति भएको पदमा दुई वर्षसम्म सम्बन्धित प्रदेश क्षेत्रभित्र मात्र सरुवा हुने गरी व्यवस्थापन गर्ने गरी प्रतिवेदनमा उल्लेख गरिए पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

काठमाडौँ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् ।

२०७५ भदौ १ गतेदेखि नयाँ ऐन लागु भए पनि त्यसको पाँच वर्षपछि प्यारोलको व्यवस्था कार्यान्वयनमा आएको हो । अब न्यायाधीशले मुद्दा फैसलाकै क्रममा यस्तो सुविधा पाउने वा नपाउने पनि खुलाउनुपर्ने छ ।

परम्परागत दण्ड प्रणालीको सट्टा सुधारात्मक प्रणाली अवलम्बन गर्दै प्यारोललगायतको सुविधा कानुनमा नै अघिसारिएको थियो । नयाँ संहिता लागु हुँदाका क्रममा प्रावेशन तथा प्यारोल, खुला कारागार, रात्रिकालीन कारागार, कैदीलाई सामुदायिक काममा लगाउनेलगायतका नयाँ अवधारणा समेटिएका थिए ।

सङ्घमा महान्यायाधिवक्ता र प्रदेशमा मुख्य न्यायाधिवक्ताको अध्यक्षतमा गठन हुने प्रावेशन तथा प्यारोल बोर्डको सिफारिसमा यस्तो सुविधा जिल्ला अदालतको आदेशबाट हुने छ । व्यवहार र आचारण हेरेर नै बोर्डले सुविधा सिफारिस गर्नुपर्ने छ ।

दुई तिहाइभन्दा बढी अवधि कैद भुक्तान गरिसकेका व्यक्तिले बोर्डको प्रतिवेदनका आधारमा यो सुविधा पाउँछन् । यस्तो सुविधा दिने वा नदिने अधिकार जिल्ला अदालतलाई हुने छ ।

सुविधा पाउने व्यक्तिले तोकिएकोमध्ये निश्चित कैद अवधि कारागारबाहिर रहेर पूरा गर्न पाउने छन् तर सर्तरहित भने हुने छैन । तोकिएका सर्त पालना नभएमा कारागारमै फिर्ता बोलाइने छ तर कानुनले तोकेका केही निश्चित कसुरमा भने यस्तो सुविधा पाइने छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।