स्वीडेनमा प्रजनन दर सन् २०२३ मा दुई दशककै न्यून

विश्व

स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ । सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ।
“सन् २०२३ मा नवजात शिशुको सङ्ख्या सन् २००३ यता सबैभन्दा कम रह्यो । “तर त्यतिबेलाको जनसङ्ख्या पनि आजको तुलनामा झण्डै १६ लाख कम थियो,” तथ्याङ्क स्वीडेनका जनसङ्ख्या तथ्याङ्कविद् एन-मारी पर्सनले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
गत वर्ष बसाइँसराइको ढाँचामा आएको परिवर्तनले पनि गत वर्ष सुस्त जनसङ्ख्या बृद्धि भएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट