चिनियाँ विदेशमन्त्री र जर्मन कूटनीतिज्ञ बीच भेटवार्ता


चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार बेइजिङमा जर्मन चान्सलरका विदेश तथा सुरक्षा नीति सल्लाहकार जेन्स प्लाटनरसँग भेटवार्ता गर्नुभएको छ।
सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले यस वर्ष चीन-जर्मनी व्यापक रणनीतिक साझेदारीको स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने कुरा उल्लेख गर्नु भएको छ। चीन जर्मनसँग सञ्चारलाई बलियो बनाउन इच्छुक रहेको छलफलका क्रममा बताइएको छ ।
सो अवसरमा मन्त्री वाङले दुवै पक्षले बजार सिद्धान्तमा आधारित खुला मनोवृत्ति र तर्कसंगत भावनाका साथ व्यावहारिक सहयोग प्रवर्द्धन गर्न, साझा प्रगति र विकासको सन्दर्भमा असहमतिलाई सही ढङ्गले व्यवस्थापन गर्नुपर्ने धारणा राख्नु भएको छ ।
उहाँले संरक्षणवादलाई अस्वीकार गर्ने र विश्वव्यापी स्थिरता, विकास र समृद्धिका लागि सकारात्मक योगदान दिन प्रतिबद्ध रहनुपर्ने बताउनु भएको छ । सल्लाहकार प्लटनरले जर्मनीले चीनसँग विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने र जलवायु परिवर्तनलाई सम्बोधन गर्न नयाँ सहकार्य गर्न चाहेको उल्लेख गर्नु भएको छ ।