`

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो – प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३० असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो उपलब्धि हो भन्नुभयो ।

“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताउनुभयो । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उहाँले भन्नुभयो, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”

संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उहाँले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उहाँले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताउनुभयो ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताउनभयो । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उहाँले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गर्नुभयो । “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताउनुभयो । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताउनुभयो । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उहाँले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाउनुभयो ।

दसैँमा घर जाने यात्रुलाई नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

काठमाडौँ, ३० असोज ः दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताउनुभयो ।

हेल्थ डेक्समा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उहाँले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताउनुभयो । यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताउनुभयो । उहाँले आगामी एक–दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गर्नुभयो । अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

काठमाडौँ, ३० असोज : सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।

सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् । आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उहाँले बताउनुभयो । गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए ।

रूसद्वारा जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध

मस्को – रूसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्धात्मक उपाय अपनाएको रूसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ ।

रोसेलखोज्नाडजोरका अनुसार अक्टोबर १६ देखि रूसले जापानबाट माछा र समुद्री खानाको आयातमा अस्थायी प्रतिबन्ध लगाउनेछ ।

यो निर्णय स्वास्थ्यको ‘सावधानीको उपाय’ को रूपमा लिइएको छ र मस्कोलाई जापानी माछा र समुद्री भोजन उत्पादनहरूको सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्धहरू कायम रहने बताइएको छ ।

फुकुशिमा आणविक दुर्घटना विश्वको अहिलेसम्मकै सबैभन्दा गम्भीर आणविक दुर्घटनामध्ये एक हो । सन् २०११ को मार्चमा आएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीको चपेटामा परेको फुकुशिमा आणविक ऊर्जा केन्द्रमा एक भाग क्षतिग्रस्त भएको थियो ।

जसका कारण ६० भन्दा बढी रेडियोधर्मी तत्वहरू भएको ठूलो मात्रामा दूषित पानी उत्पन्न भएपछि १.३ मिलियन टन भन्दा बढी आणविक–दूषित अपशिष्ट जल भण्डारण गरेको प्लान्टको अपरेटर टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले जनाएको छ । प्लान्टले १.३ मिलियन टन भन्दा बढी आणविक–दूषित फोहोर पानी भण्डारण गरेको थियो । जसलाई प्रशोधनपछि समुद्रमा फाल्न थालिएको छ र यसको सम्पूर्ण पानी समुद्रमा पठाउन ३० वर्ष भन्दा बढी लामो योजना जारी रहनेछ ।

घरेलु मछुवाहरू, छिमेकी देशहरू र विश्वव्यापी वातावरणीय विशेषज्ञहरूको विरोधको बावजुद, जापानले अगस्ट २४ मा समुद्रमा आफ्नो आणविक दूषित पानीको पहिलो चरणको रिलीज र अक्टोबर ५ मा दोस्रो चरणको रिलीज सुरु गरेपछि एशिया–प्रशान्त देशहरूबाट विरोध, विशाल ¥याली र आक्रोशलाई बढावा दिएको छ ।

खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन व्यक्तित्व सम्मानित

काठमाडौँ, ३० असोज ः खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो । वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहनुभएका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएको छ ।

सांसद कृष्णगोपाल श्रेष्ठले उहाँहरूलाई सम्मान गर्नुहुँदै अगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ भन्नुभयो । कार्यक्रम संयोजक सविन तामाङले आगामी दिनमा समाजको विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिँदै जाने बताउनुभयो ।

यसरी सजिलै बनाउनुहोस् बफ तथा चिकेन छोयला

मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ ।

बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री
बफ तथा चिकेनको मासु
तेल
खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट

मासुलाई बेँसार मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने ।

प्यानमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने र त्यसलाई काटेर राखेको मासुसँग मोल्ने । स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने । अन्त्यमा हरियो धनियाँ राखेपछि छोयला खानका लागि तयार हुन्छ ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ५० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ९४ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर खरिद दर ८४ रूपैयाँ ८ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ४६ रूपैयाँ रहेको छ।

अभिनेता जगपति काठमाडौँमा

काठमाडौँ । साउथ फिल्मका चर्चित अभिनेता जगपति बाबु नेपाल आइपुगेका छन् । उनी आइतबार नेपाल आएका हुन् । उनको भ्रमणको बिषय भनेथाहा भएको छैन ।

उनले हिन्दी, तेलुगु, तमिल, मलयालम लगायत धेरै फिल्ममा भेलेनको भूमिका निभाएका छन् ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

दुुई महिनाअघिको बाढीको पीडा भुुलेर कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी, ३० असोज : दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो ।

गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताउनुभयो ।

“बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ”, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छाँै । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।

गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।

तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बस्नुभएकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताउनुभयो ।

क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । “बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ¬्घीय सरकारसँग पहल गरेका छौँ”, उहाँले भन्नुभयो, “जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।”

भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताउनुभयो । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो ।

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४ गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो ।

व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए ।

दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी, सेवा प्रभावित

काठमाडौं । दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला जान थालेका छन्। यसबाट अत्यावश्यकीय सरकारी सेवासमेत प्रभावित हुन थालेको छ।

भ्रमण आदेश स्वीकृत गराएपछि सरकारी कर्मचारीलाई दोहोरोरतेहोरो फाइदा हुन्छ। काज स्वीकृत गराएमा बिदाभरि सरकारी सवारीसाधन प्रयोग गर्न पाइन्छ। यसैगरी अतिरिक्त भ्रमण भत्ता पाइन्छ। यसबाहेक तोकिएको बिदाभन्दा लामो समय गृह जिल्लामा बस्न पाइन्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विशेष गरी दुर्गम तथा हिमाली जिल्लाका कर्मचारीको हकमा भने काज स्वीकृत गराउनुपर्ने बाध्यता नै हुन्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार यो हप्ता मात्रै मन्त्रालयमा कार्यरत २७ जना कर्मचारीले भ्रमण आदेश स्वीकृत गराएका छन्।

मन्त्रालयमा कार्यरत एक सय ७४ कर्मचारीमध्ये २७ कर्मचारीले काज स्वीकृत गराएका हुन्। अन्य मन्त्रालय तथा कार्यालयमा पनि सोेही अवस्था छ। नियम अनुसार मन्त्रालयमा महाशाखा प्रमुख (सहसचिव) तथा अन्य कार्यालयमा कार्यालय प्रमुखले भ्रमण आदेश स्वीकृत गराउने व्यवस्था छ। सचिवको हकमा भने मुख्यसचिवले काज स्वीकृत गर्ने गर्छन्। कार्यालय प्रमुख अथवा महाशाखा प्रमुखले भ्रमण आदेश मात्र स्वीकृत गराउँदैनन्, उनीहरूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन काजमा बसेको दिनमा पनि प्रयोग गर्न स्वीकृति लिने गर्छन्।

महाशाखा प्रमुख या कार्यालय प्रमुखले चिठी बनाएपछि सरकारी सवारीसाधन प्रयोग गर्दै आएका कर्मचारीले सरकारी सवारीसाधन ढुक्कसँग प्रयोग गर्ने गर्छन्। सरकारी सवारीसाधन प्रयोग नगर्ने कर्मचारीले भने हवाईजहाज टिकटको सुविधा पाउँछन्। हवाईजहाज नजाने जिल्लामा गाडी टिकट सुविधा पाउँछन्। यसबाहेक उनीहरूले दैनिक भ्रमण भत्तासमेत पाउँछन्। सामान्य प्रशासन मन्त्रालयका अनुसार काज स्वीकृति सामान्यतया एक हप्ताका लागि गरिएको हुन्छ। नियमअनुसार भ्रमण भत्ता भने दर्जाअनुसार पाउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।

नेपालमा विदेशी दलाल पुँजीपति वर्गको हावी : अध्यक्ष बिजुक्छे

भादगाउँ (भक्तपुर)-: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ । भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालिको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारी चालकलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५–२० मिटर टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उहाँले सदनमा व्यवसायी पुग्न सके सम्बन्धित व्यवसायको हितमा ऐन कानुन निर्माण गर्न सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताउनुभयो ।पार्किङको लागि भक्तपुर नगरपालिकाले ठाउँठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उहाँले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशी बैङ्कमा पैसा राख्न नहुने धारणा राख्नुभयो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ को विनाशकारी भूकम्पमा भक्तपुर नगरको भग्नावशेष व्यवस्थापनमा भक्तपुरका ट्रक व्यवसायीले अतुलनीय सहयोग गरेको स्मरण गर्दै व्यवसायी सङ्घले चालक, सहचालकलाई सवारीसाधन प्राविधिक पक्ष, सवारी चालक अनुमति पत्रको लागि आवश्यक तालिम, सवारीसम्बन्धी ऐन, नियम र ट्राफिक प्रहरीसम्बन्धी ऐन, नियमका बारेमा जानकारी गराए दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने बताउनुभयो ।उहाँले भक्तपुर नगरपालिकाले तीन स्थानमा पार्किङ निर्माण गरिरहेको र एक स्थानमा निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले यातायातको व्यवस्थापनका लागि केही नीतिगत समस्या रहेको औँल्याउँदै यातायात क्षेत्रको दायरा बढेको परिवेशमा पुराना कानुनले सम्बोधन गर्न नसकिने भएकाले समय सापेक्ष परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने र त्यसका लागि विभागले काम गर्ने बताउनुभयो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीको समस्या सरकारसमक्ष राख्दा पनि सरकारले गम्भीरतापूर्वक नलिएको गुनासो गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सवारी चालकको गतिविधि व्यवस्थित गर्न सङ्घ, प्रदेश, स्थानीय तह तथा व्यवसायी र सरोकारवालाबीच समन्वय हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोराले व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । 

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

बेइजिङ (चीन), ३० असोज- जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो । आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर हुनुहुन्छ । उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनुहुनेछ । उहाँले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।

यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यहाँ रहँदा उहाँले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ ।

नीतिगत भ्रष्टाचार गर्न मन्त्री र सचिवबीच मिलिमतो

काठमाडौं । नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । विभिन्न अध्ययनले नीतिगत भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो हुने देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदनहरुमा समेत नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम उच्च रहेको र त्यसमा राजनीतिक नेतृत्व मुख्य रुपमा दोषी हुने उल्लेख गर्दै आएको छ । पछिल्ला समयमा सार्वजनिक भएका ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै मिलिमतोमा अनियमितता र भ्रष्टाचार भएको पुष्टि हुँदै आएको छ ।

सो प्रकरणमा दोषी देखिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत अहिले पुर्पक्षका लागि जेलमा छन् । अन्य कैयौ पूर्वमन्त्री र सचिवहरुमाथि समेत विभिन्न आरोप लाग्दै आइरहेको छ । ललितानिवास प्रकरणमा भएको अनियमिततामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत मुछिँदै आएका छन् ।

विज्ञहरुका अनुसार नीतिगत भ्रष्टचारले राजनीतिक र प्रशासनिक क्षेत्र नराम्ररी कुँजिएको र बद्नाम हुँदै आइरहेको छ । प्रशासनविद् शारदाप्रसाद त्रितालले प्रधानमन्त्री, मन्त्री र सचिवको मिलिमतोमा नीतिगत भ्रष्टचार हुने गरेको दाबी गरे। ‘अहिले पनि त्यस प्रकारका ठूलाठूला नीतिगत भ्रष्टाचार भइरहेको हुन सक्छ, त्यसलाई बाहिर ल्याउन खोजपत्रकारिता आवश्यक पर्छ’ –प्रशासनविद् त्रितालले भने । उनले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबाट लामो समयदेखि नीतिगत भ्रष्टाचार हुँदै आइरहेको र त्यसले मुलुकको विकास र समृद्धिमा गम्भीर धक्का पु-याएको दाबी गरे ।

अर्का प्रशासनविद् श्याम मैनालीले नीतिगत भ्रष्टाचारका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुको रुचिअनुसार आवश्यक चाँजोपाँजो मिलाउने काम प्रायः सचिवहरुले नै गर्ने गरेको बताए । ‘मन्त्रीकै रुचिमा सचिवहरुले नीतिगत भ्रष्टाचारका लागि प्रस्तावहरु बनाएर मन्त्रिपरिषद्मा लैजाने गरेका कैयौं उदाहरण छन्, खोज्ने हो भने धेरै फेला पर्छ,’ मैनालीले भने । यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ।

सासूलाई कलेजो दान

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिए । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भाकुमार नागानाथम आएका छन् ।

उक्त केन्द्रमा २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि छिमेकी राष्ट्र भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको छ । केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो ।

नेपालमा पहिलो पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात पनि यहीँबाट गरिएको थियो । डा. श्रेष्ठले स्थापनाको ११ वर्षको अवधिमा एक हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपणसमेत गरेको जानकारी दिए । कलेजो प्रत्यारोपणका लागि कम्तीमा १५ लाखमा रुपियाँ खर्च हुने बताइएको छ ।

डा. श्रेष्ठले मुलुक केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको बताए । उनले संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै आएको छ ।

केन्द्रले अङ्गदान गर्न र मस्तिष्क मृत्युपश्चात प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य प्रवर्धन गर्न सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउनसमते अनुरोध गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नवरात्रको तेस्रो दिन : गीत सङ्गीतमा लागेकाले विशेष पूजा आराधना गर्ने चन्द्रघण्टा देवी

काठमाडौँ, ३० असोज : बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।

मार्कण्डेय पुराणमा ‘चन्द्र ः घण्टायां यस्या ः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।

नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडादसैँ बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेषरुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

हेर्नुहोस् असोज ३० गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि – मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि – खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि – मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

मुख्यमन्त्री कार्कीद्वारा जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन

विराटनगर, २९ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँगको छलफलमा उहाँले राष्ट्रसेवक कर्मचारीले काम गर्दा आफैँलाई सन्तुष्टि मिलेको छ कि छैन भन्ने विषय आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब स्थायी सरकार बनेको छ । तपाईंहरु ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताका भएकाले उच्च मनोबलका साथ काम गर्नुस् ।” कर्मचारी तनमनले जनताको काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सुशासन जनताका इच्छा भएकाले यसमा कसैसँग पनि सम्भौता गर्न सकिँदैन । जनतालाई शासन होइन सेवा दिन राष्ट्रसेवक कर्मचारीले तनमनले काम गर्नुपर्छ ।”

नेतालाई गाली गर्ने प्रवृत्ति कर्मचारीले त्याग्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “मन्त्रीलाई पनि जिम्मेवार बनाउनुपर्छ । अब सुन्ने मात्र होइन, निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ । आफूले गरेको काममा सन्तुष्ट हुने गरी गर्नुहोस् । जनतलााई खुसी बनाउन सहकार्य गरौँ ।” उहाँले बजेट बनाउँदा खुद्राभन्दा पनि प्रदेशस्तरको काम गर्नेगरी तयार गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

काठमाडौँ उपत्यकाका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ, २९ असोज : नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ । राष्ट्रप्रमुखले विभिन्न शक्ति पीठको दर्शन गर्ने क्रममा पहिलो पुग्ने शक्तिपीठ नक्साल भगवती मन्दिरमा पनि रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।

बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा साँझ बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रमुख शक्तिपीठमध्येको एक शक्तिपीठलाई स्थानीयले राम्रोसँग संरक्षण गरेका छौँ, अझ दसँैको बेला बढी भक्तजनको उपस्थिति हुने समयमा मन्दिरलाई सरसफाइसँगै आकर्षक बनाउन रङ्गीचङ्गी बत्तीले सजाएका छाँै । जसले गर्दा बिहान मन्दिरमा दर्शन गर्न आउने भक्तजन साँझ फोटो खिच्न आउनुहुन्छ ।”

सोह्र भुजायुक्त देवीको मूर्ति रहेको भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको ठूलो आस्था रहेको मन्दिरका पुजारी निलिक महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनको ठूलो आस्था छ ।”

हिजो आज दसँैको समय भएकाले साँझको समयमा त झन मन्दिर साच्चिकै सुन्दर देखिएको प्रशान्त रजकले जानकारी दिनुभयो । “मन्दिर सुन्दर देखिएको छ”, उहाँले भन्नुभयो, भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको आस्था रहेको पाइन्छ ।”

यो मन्दिरको स्थापना लिच्छविकालमा भएको किम्बदन्ती रहेको छ । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् । यी तीनवटी देवीलाई दिदीबहिनी मान्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।

जनतालाई गुणस्तरीय सेवासुविधा दिन सक्नुपर्छ : प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम, २९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्नेमा जोड दिनुभएको छ ।

कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।

सुदूरपश्चिमको विकासमा आफूले विषेश प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउन, अनुदानमा महाकाली नदीमा पुल बनाउन, राजमार्ग निर्माण गर्नेलगायतका विकासका काममा प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले नगरपालिकामा चक्रपथ निर्माणका साथै नदी कटान रोकथाममा सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा सोही क्षेत्र (कैलाली–४)बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले नदी कटान रोकथाम र गोदावरीमा प्रदेशको राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

नगरपालिकाको वडा नं १ मा नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन नगरपालिका र नेपाल सरकारको रु छ करोड ८६ हजारको लागतमा निर्माण पूरा भएको नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिनुभयो । हालै निर्माण पूरा भएको यो तीनतले भवनमा २४ कोठा छन् ।

‘मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ’

मोरङ, २९ असोज : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्टि हटाउन एवं विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

सत्ताको फोहरी प्रतिस्पर्धाबाट अलग रही राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापनाको लागि जनआन्दोलन आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो यसका लागि समान विचारधारा भएका राप्रपालाई एकतामा आउन आह्वान पनि उहाँले गर्नुभयो ।

मुलुकमा जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष थापाले सरकारले मुलुकमा धर्म परिवर्तन र गौ हत्या जस्ता कार्य अविलम्व रोक्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नेपालको परराष्ट्र नीति असंलग्न हुनुपर्ने बताउँदै छिमेकी मुलुकसँगको सम्बन्ध बराबर हैसियतका आधारमा हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट

बनियानी, २९ असोज : सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय सङ्कटमा परेको व्यवसायीले बताएका छन् ।नेपाल डेरी एशोसिएशन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय सङ्कटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्य वृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एशोसिएशनका कोशी प्रदेश अध्यक्ष गङ्गाबहादुर खड्काले बताउनुभयो ।

“मूल्यवृद्धि गर्दा दुग्ध व्यवसायमा समस्या हुने जनाएका थियौँ”, उहाँले भन्नुभयो, “तीन महिनायता व्यवसाय समस्याग्रस्त भएको छ ।” नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो हुँदा भारतबाट नेपालमा भित्रिरहेको उहाँको भनाइ छ । यही अवस्था रहे किसानको दूधको भुक्तानी दिन नसकिने र मिल्क होलिडे मनाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

दूध व्यवसायीले भण्डारण गरेको अर्बाँै रुपैयाँको घ्यू, चिज, पाउडर दुध लगायतका दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले दुधको मूल्य घटाएर किसानलाई उत्पादनको आधारमा दिने गरेको अनुदान बढाउनुपर्ने एसोसियसनको माग छ ।

तीनै तहका सरकारले दूधको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम ल्याएपछि हाल मुलुक दूधमा आत्मनिर्भर छ । “सरकारले जसरी दूध उत्पादन बढाउन विभिन्न योजना ल्यायो, त्यसरी नै दूग्धजन्य पदार्थको विविधिकरण र बजारीकरणमा सहयोग गर्नुपर्ने एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताउनुभयो ।

सरकारले दूध उत्पादनमा प्रोत्साहन गरेपछि हाल दूध उत्पादन दोब्बर वृद्धि भएको उहाँले बताउनुभयो । दूधको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर निर्यातमा भएको छ । गत वर्ष पाँच अर्बको छुर्पी निर्यात गरिएपनि हाल निर्यात स्वात्तै घटेको बताउँदै उहाँले भन्नुभयो, “छिमेकी मुलुक बङ्गलादेश र तिब्बतमा दूधको बजारको सम्भावना हामीले अध्ययन गरेका छौँ, सरकारले निर्यातको वातावरण बनाइ दिनुपर्छ, अनुदान दिनुपर्छ ।”

किसानले उत्पादन गरेको नौनी, छुर्पी, चिज लगायतका वस्तु बिक्री नहुँदा हाल किसानले उत्पादन लिन छाडिएको एशोसिएशनका केन्द्रीय महासचिव हेमचन्द्र खनालले बताउनुभयो । “उत्पादित दूध स्वदेशमै खपत हुने अवस्था छैन, लागत मूल्य धेरै हुँदा निर्यात गर्ने वातावरण छैन”, उहाँले भन्नुभयो, “सरकारले किसान र व्यवसायीलाई बचाउने योजना तत्काल ल्याउनुपर्छ ।”

एशोसिएशनका कोशी प्रदेश अध्यक्ष खड्काले हाल तीन लाख केजी नौनी घ्यू बिग्रिने अवस्थामा पुगेको बताउनुभयो । “मसँग मात्रै ५२ हजार केजी नौनी घ्यू स्टक छ”, उहाँले भन्नुभयो, “बिक्री नभए खाल्डो खनेर गाड्नुको विकल्प छैन ।” धेरै व्यवसायीले स्टक गरेको दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको एशोसिएशनले जनाएको छ ।

भारतको तुलनामा नेपालमा दूधको मूल्यमा करिब रू पाँचको अन्तर रहेको एशोसिएशनले जनाएको छ । हाल मुलुकमा दैनिक सात लाख लिटर दूधको कारोबार हुँदै आएको एशोसिएशनले जनाएको छ । कोशी प्रदेशमा दैनिक तीन लाख लिटर दूधको कारोबार हुने गरेको छ ।

इएर केयर नेपालको दशौँ वार्षिकउत्सव समारोहमा जे देखियो

काठमाडौँ । नेपालमा बहिरोपनको समस्या बढीरहेका बेला यसको निराकरणका लागि काम गर्दै आएको गैरनाफामुलक सामाजिक संस्था हो इएर केयर नेपालले आफ्नो सक्रियता अझै बढाएको छ । जसले आइतबार आफ्नो दशौँ वार्षिक उत्सब पनि मनाएको छ ।

ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर इएर केयर नेपालले कानको सुरक्षा कसरी राख्ने भन्ने विषयमा बृहत जनचेतामुलक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्दै इएर केयर नेपालकी संस्थापक अध्यक्ष डाक्टर मिलन मर्हजनले यो रोगको समयमा नै निराकरण गर्न नसके मानिसले कानै सुन्न नसक्ने अवस्थामा पुग्न बाध्य हुने बताइन् । उनले आफुले खाईपाई आएको आर्कषक जागिर छाडेर एयर केयर नेपालको स्थापना गर्दाका चुनौतीहरुबारे बताएकी थिइन् । उनले नेपालमा बहिरोपनको मुख्य कारण कान पाक्ने रोग भएको बताउँदै नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशत भन्दा बढी बहिरोपना , जनचेतना र उचित प्राथमिक उपचारद्धारा रोकथाम गर्न सकिने बताइन् । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरु रिसालले अहिलेको यो अवस्थासम्म आइपुग्न मद्धत गर्ने आफ्नो टिमको बारेमा खुलेर प्रशंसा गरेका थिए । रिसालले एयर केयर नेपालको मुख्य उदेश्य जनचेतना फैलाउनु तथा प्राथमिक शिक्षाबाट बालबालिकालाई बहिरो हुनबाट जोगाउनु भएको बताए । उनले यो संस्थाले सरकारी स्कुलका बालबालिकाहरुमा देखा परेको कानको समस्याको निराकारणका लागि एयर केयर नेपाल लागिपरिरहेको बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्ध धर्मालम्बी गुरु रिम्पोचे डाक्टर मिलनको संघर्षको खुलेर प्रशंसा गरेका थिए । उनले इएर केयर नेपालले आज मनाइरहेको १० वर्षे उत्सब धेरै पटक मनाएको देख्न पाइयोस् भन्दै मुक्तकण्ठले संस्थाको प्रगतीको कामना समेत गरे । त्यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले इएर केयर नेपालजस्तो समाजका लागि लागिपर्ने र बालबालिकाको क्षेत्रमा अग्रसर संस्थालाई सरकारले हातेमाले गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । डाक्टर पोखरेलले स्वास्थ्य मन्त्रालयसँग जोडीएर यो क्षेत्रमा काम गर्न एयर केयर नेपाललाई आग्रह गर्दै अहिलेसम्म संस्थाले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।

यो संस्थाले सरकारी स्कुलहरुमा कान परिक्षणको स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । जसले दुर्गम कालीकोट, मुगु हुम्ला जुम्ला, पाल्पा, काभ्रे लगायतका जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि शिविरको तयारी गरिरहेको संस्थाकी अध्यक्ष डाक्टर मर्हजनले बताइन् । कानको जटिल समस्या भएका बालबालिकाहरुको कानको शल्यक्रिैया गरेर पुन आवाज भरिदिने काम इयर केयरले गरेको छ । यो संस्थाले अहिलेसम्म १ हजार बढी बालबालिकाहरुको कानको शल्यक्रिया गरिसकेको छ । कानको समस्यालाई सामान्य समस्या नठानी तेल, घर्यायसी तरल पर्दाथ राख्न नहुने कुरामा इएर केयर नेपालले सचेतना फैलाउँदै आएको छ । कानलाई सुरक्षीत राख्नका लागि कानमा फोहोर औँलाले, प्वाँख अनि कनकने जस्ता बस्तुले कोट्याउन हुँदैन । बच्चालाई कहिल्यै पनि सुतेर दुध खुवाउनु हुँदैन । पौष्टिक आहार र सफाईको ध्यान राख्नुपर्छ र समयमा सबै खोप लगाउनुपर्छ ।

परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ – प्रधानमन्त्री

सुदूरपश्चिम, २९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।” देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उहाँले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरङ्ग र जनतामा भरोसा देखिएको बताउनुभयो । आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मिटर व्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरु पनि केही फायल छिट्टै खुल्दैछन् ।”

प्रधानमन्त्री दाहालले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ ।”

कोशीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल, हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपिएको, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ ।”

सभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने, एकले अर्काको महत्त्व बुझ्ने, क्षमता भएका सबै वामपन्थीलाई एकै ठाउँमा गोलबन्ध गर्न यो मोर्चा गठन भएको बताउनुभयो । रोजगारी, सुशासन र समृद्धिको यात्रालाई समाजवादी मोर्चाले प्राथमिकता दिएको बताउँदै उहाँले भन्नुभयो, “चार दल मिलेर बनेको मोर्चाबाट कतिपयको सातो गएको छ ।”

गठबन्धनको विकल्प नभएको र गठबन्धन पाँच वर्ष नै जाने जिकीर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “हाम्रो यो मोर्चाबाट गठबन्धन दल नेपाली कांग्रेस आत्तिएको छैन, खुसी नै छ ।” जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिएन भने यो व्यवस्था खतरामा पर्ने सन्देश जानसक्ने भन्दै सचेत हुनेबेला आएको बताउनुभयो । संविधान जारी भएको आठ वर्ष भइसक्दासम्म जनताका समाजिक समस्या समाधान र रुपान्तरण हुन नसकेको भन्दै उहाँले भन्नुभयो, “कृषिको आधुनिकीकरण, औद्योगिकीकरण जलस्रोतको उपयोगमार्फत विकास र समृद्धिको यात्रालाई अघि बढाउनुपर्छ ।”

प्रधानमन्त्री दाहाल यसअघि आजै माओवादी केन्द्रका नेता स्व कृष्ण बडुवाल(महेश)को कैलालीको लम्कीस्थित निवासमा आज आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुनुभयो । श्रद्धाञ्जली सभामा पार्टीका अध्यक्ष प्रचण्डले बडुवालको निधनबाट पार्टीले एक इमान्दार र निष्ठावान योद्धा गुमाएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । बडुवाल सो पार्टीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हुनुहुन्थ्यो ।

श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, खगराज भट्टलगायतका नेता पनि सहभागी हुनुभएको थियो ।

यही असोज ११ गते बडुवालको निधन भएको थियो । प्रधानमन्त्री दाहालले आजै कैलालीको घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा आयोजना हुने छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनुभएको थियो ।

अरब लिग प्रमुखद्वारा गाजाको सैन्य कारबाही अन्त्य गर्न आग्रह

बगदाद – अरब लिग प्रमुखले गाजा पट्टीमा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टिनीलाई आफ्नो मानवताबाट बञ्चित गरिरहेको आरोप लगाउनुभएको छ ।

बग्दादमा अरब न्यायमन्त्रीहरूको बैठकमा महासचिव अहमद अबुल घेइतले भन्नुभयो, “हामी सैन्य अभियान तत्काल अन्त्य गर्न र सुरक्षित मार्ग खोल्न माग गर्दछौं ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकूहरूले गाजाको कडा किल्लाबन्द सीमामा एक हजार ४०० भन्दा बढी मानिसहरूलाई गोली हान्ने र छुरा प्रहार गर्ने र जीउँदै आगो लगाई मृत्युको मुखमा धकेल्नेजस्ता काम लगाउने गरेका थिए ।

आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमणबाट गुज्रिरहेको इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी अभियान चलायो, जसले छिमेकलाई ध्वस्त पारेको छ र कम्तीमा दुई हजार ७५० व्यक्तिको ज्यान लिएको छ ।

अबुल घेइतले इजरायलले गाजामा गरेको पूर्ण घेराबन्दीले पानी, खाद्यान्न, बिजुली र इन्धन कटौतीजस्ता प्यालेस्टिनीहरूलाई मानवीय सहयोगबाट बञ्चित गरेको बताउनुभयो ।

खाद्यले खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको छ सय ८०

काठमाडौँ, २८ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ ।

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा चार स्रष्टा सम्मानित

काठमाडौँ, २९ असोज : लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट राष्ट्रका ख्यातिप्राप्त चार स्रष्टा सम्मानित हुनुभएको छ । साहित्यकला मन्दिरद्वारा आज यहाँ आयोजित ३०औँ स्रष्टा–सम्मान समारोहमा इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, नारायणगोपाल सङ्गीत सम्मान र सरस्वती सम्मानबाट राष्ट्रका ख्याति प्राप्त चार स्रष्टालाई सम्मान गरिएको हो ।

संस्थाले स्थापनाकालदेखि हरेक वर्ष व्यक्तिका नाममा दुई वटा र साहित्य कलाकी आराध्यदेवी सरस्वतीका नाममा एउटा गरी तीन वटा सम्मान प्रदान गर्दै आएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान इतिहासको क्षेत्र, साहित्य, कला र संस्कृतिका क्षेत्रमा गहकिलो खोज–अनुसन्धान गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको छ । यो वर्ष तन्त्र विद्याका वरिष्ठ साधक एवं प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई सम्मानित हुनुभएको छ ।

त्यस्तै, साहित्यलगायत जुनसुकै सिर्जनाका विधामा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई सरस्वती सम्मान प्रदान गर्दै आएको छ । यस वर्ष वरिष्ठ कवि डा विष्णुविभु घिमिरे र मोफसलमा बसेर साहित्य–सेवामा आबद्ध वरिष्ठ कवि तथा व्यङ्ग्यकार लक्ष्मण नेवटिया सम्मानित हुनुभएको छ ।

संस्थाले शास्त्रीय, आधुनिक र लोक–सङ्गीतका क्षेत्रमा आफ्ना सिर्जनामार्फत उल्लेख्य योगदान पुर्‍याउने प्रतिभालाई नारायणगोपाल सङ्गीत सम्मानद्वारा सम्मानित गर्दै आएको छ । यस वर्ष लोकगायिका एवं सङ्गीत साधिका झुमा लिम्बूलाई सम्मान गरेको छ । प्रत्येक सम्मानबाट सम्मानित व्यक्तिलाई ताम्रपत्रसहित नगद रु एक लाख ५१ हजार प्रदान गरिएको छ ।

समारोहमा संस्थाका अध्यक्ष मेघा चौधरीले सबैको सहकार्यबाट साहित्यकला मन्दिरले थप सिर्जनात्मक कार्य गर्दै जाने र तीन दशकको लामो यात्रालाई थप नयाँ ढङ्गले परिष्कृत गर्दै लैजाने बताउनुभयो । त्यस्तै संस्थाका संरक्षक वसन्त चौधरीले संस्थाले हालसम्म एक सय २० भन्दाबढी स्रष्टालाई सम्मान गर्नु नै यस संस्थाको औचित्य रहेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा नायिका मनिषा कोइरालाले साहित्य, कला, सङ्गीतले समाजलाई सुसज्जित गर्नाले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । सम्मानित स्रष्टाकातर्फबाट व्यङ्ग्यकार नेवटियाले समाजका विसङ्गतिलाई आफ्ना रचनाबाट समाजमा ल्याउन साहित्यले ठूलो सहयोग पु¥याउने बताउँदै काठमाडौँ केन्द्रित साहित्यलाई यस संस्थाले मोफसलका साहित्यलाई पनि ध्यानमा राखेको बताउनुभयो ।

सोही समारोहमा प्रा डा उषा ठाकुरद्वारा लिखित पुस्तक ‘विचार र विश्लेषण’ र लक्ष्मण नेवटियाद्वारा लिखित ‘व्यङ्ग्यधाम’ कृति लोकार्पण भएको थियो । वरिष्ठ पत्रकार तथा समालोचक रमण घिमिरेले विचार र विश्लेषणमाथि प्रकाश पार्दै लक्ष्मीप्रसाद देवकोटा, सत्यमोहन जोशीलागायतका स्रष्टालक्षित लेखकले कलम चलाएको बताउँदै नेपाली साहित्यको अध्ययन गर्नेका लागि पठनीय रहेको बताउनुभयो ।

त्यस्तै आजै लोकापर्ण गरिएको अर्को पुुस्तक ‘व्यङ्ग्यधाम’ माथि प्रकाश पार्दै समाजका विकृति विसङ्गति, राजनीतिक विसङ्गतिविरुद्ध साहित्यका माध्यमबाट उजागर गरेको बताउनुभयो । स्व लुनकरणदास चौधरी व्यापार–व्यवसायमा अथक परिश्रम गरी चौधरी गु्रपलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठित र समृद्ध बनाउन कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो ।

व्यापार–व्यवसायसँगै साहित्य, कला र संस्कृतिका क्षेत्रमा आबद्ध रहनुभएका उहाँले यस क्षेत्र र यस क्षेत्रको साधनमा लाग्ने साधक नै राष्ट्रको पहिचान बनाउने मान्यता बोकेका चौधरीको अवधारणाको जगमा स्थापित संस्था हो श्री लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर ।

इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान

मस्को – रूसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले भनेको छ, “अहिलेको वातावरणमा मुख्य कुरा तत्काल आक्रमण बन्द गर्नु र राजनीतिक समाधानको प्रक्रिया सुरु गर्नु हो ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, प्यालेस्टाइनी नेता महमुद अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग सोमबार छलफल गर्नुहुने भएको छ ।

क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभलाई उद्धृत गर्दै रूसी एजेन्सीहरूले पुटिनले आफ्ना सिरियाली समकक्षी बसर अल असद र इरानी राष्ट्रपति इब्राहिम राइसीसँग सोमबार नै कुराकानी गरिसकेको बताएका छन् ।

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनाका साथै राज्यमा दण्डहीनताको अन्त्य हुन्छ – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २९ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनुभएको छ । ६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गर्नुभयो । उहाँले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

“आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो । नवीनतम् आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनाका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन । कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।”

गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतप्रति श्रद्धासुमन अर्पण गर्नाका साथै घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । नेपाल प्रहरीको निःस्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा सरकार सदैव साथमा रहने उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री प्रहरीका रूपमा साङ्गठनिक छवि उजागरमा केन्द्रित रहन सकल दर्जाका प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाही उत्कृष्ट हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र प्रदान गर्नुभयो । उहाँले प्रहरी दिवस–२०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताको नामावलीका साथै प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषको विवरण पुस्तिकासमेत लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारलाई सद्भाव सहयोग प्रदान गर्नुभएको थियो । समारोहमा गृहसचिव दिनेश भट्टराई, अवकाश प्राप्त महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष तथा पदाधिकारी लगायतले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

‘मुलुक विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्छ’ – मुख्यमन्त्री शाही

कर्णाली, २९ असोज : कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्ने बताउनुभएको छ ।नजिकिँदै गरेको नेपली हिन्दूहरुको महान् पर्व विजयादशमी तथा तिहारका साथै छठपर्वका अवसरमा वीरेन्द्रनगरमा आज आयोजित प्रेस सेन्टरसँग आबद्ध पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीति र प्रशासनिक दुवै शक्ति सन्तुलनबाट मात्र देशले अपेक्षा गरेको विकास हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमुख्यमन्त्री शाहीले भन्नुभयो, “आवधिक र स्थायी दुवै सरकारको आपसी सम्बन्ध, समझदारी र जिम्मेवारीप्रतिको बोधगम्यताले मात्र निर्मित नीति, नियम, बजेट, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसक्छ । त्यसो हुँदा प्रतिफल देखिने गरी काम भएको जनताले अनभूति गर्न सक्छन् ।” त्यसका साथै उहाँले जनताको अवस्था बदल्न परम्परागत सोच र संरचना दुवैको पुनःसंरचना आवश्यक रहेकोसमेत उल्लेख गर्नुभयो ।

उक्त भेटघाट कार्यक्रममा कर्णालीका दूरदराजमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीको आर्थिक तथा सामाजिक सुदृढीकरणका लागि सरकारले सञ्चार माध्यममैत्री कार्यक्रम ल्याउनुर्नेमा समेत उहाँले जोड दिनुभयो । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ले जनतामा उभार ल्याएको बताउँदै पूर्वमुख्यमन्त्री शाहीले माओवादी सक्याउन अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि लागेको जिकिर गर्नुभयो ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ मा ‘गोरु पर्व’ छनोट

काठमाडौँ, २९ असोज : नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ । बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।

योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन् । सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल हुनुहुन्छ । राजेन्द्र बजगाईँको पाश्र्व सङ्गीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ ।

जात्रा माघेसङ्क्रान्तिकै दिन आयोजना हुने र त्यससँग विभिन्न संस्कृति जोडिएकाले यसलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रबन्ध निर्देशक केपी पाठकले जानकारी दिनुभयो ।

“गोरु जुधाउने जात्रा हाम्रो मौलिक संस्कृति हो । यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सकेमा देशलाई चिनाउन सक्छौँ”, लेखक तथा निर्देशक लम्सालले भन्नुभयो ।

मुम्बईममा प्रिमियर हुँदै ‘चिसो घर’

काठमाडौँ, २८ असोज : मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ ।

एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गर्नुभएकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गर्नुभएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको हो । सामाजिक कथा वस्तुमा आधारित उक्त चलचित्र ११ मिनेट लामो छ ।

“मैले गरेको पहिलो काम नै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु । विश्वभरका चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ चलचित्र हेर्न र आफ्नो चलचित्रको प्रतिक्रियाका निमित तयार छु”, निर्देशक गिरीले भन्नुभयो । उहाँका अनुसार ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत चलचित्र छनोट भएको हो ।
चलचित्रमा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । सोही महोत्सवमा चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ हुँदैछ । महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एसिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन् ।

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर ः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।

‘जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी’ – बास्कोटा

काठमाडौँ, २९ असोज : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताउनुभएको छ । रेडियो नेपाल कर्मचारी युनियनले आज बडादसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सरकारी सञ्चारमाध्यमको राज्यका लागि जरुरी भएको बताउनुभयो ।

“राज्यका सञ्चारमाध्यमको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नु हो”, नेकपा एमालेका पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजानिक प्रसारण सेवा संस्थाका रुपमा रुपान्तरण गर्दा राज्यले यसको स्वायत्तता तथा आर्थिक दायित्व निर्वाह गर्ने गरी ऐन ल्याउनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य बास्कोटाले जोखिम तथा सङ्कटको समयमा समेत राष्ट्रिय प्रसारणको दायित्व निर्वाह गर्ने रेडियो नेपालको इतिहास र भविष्य पनि बलियो रहेको उल्लेख राज्यले यसको विकास र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । रेडियो नेपालको आन्तरिक समस्या समाधानका लागि विभाजनभन्दा व्यवस्थापक र कर्मचारीमा एकताको खाँचो रहेको उहाँको भनाइ थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भौगोलिक विकटता र जनसाङ्ख्यिक हिसाबले रेडियो नेपाललाई सबैको सहज पहुँचमा पु¥याउने गरी आवश्यक काम भइरहेको बताउनुभयो । उहाँले सार्वजनिक प्रसारण संस्थाका रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजन रुपान्तरणको प्रक्रियामा रहेकाले त्यसपछि आउनसक्ने समस्याको समाधान गर्ने गरी ऐनले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

पेशागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल र सार्वजनिक संस्था राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष इन्दु आचार्यले श्रमिक कर्मचारीका समस्यालाई सरकारले बेलैमा समाधान गर्न आपसी सहयोग र समन्वय जरुरी भएको बताउनुभयो ।

रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरतप्रसाद घिमिरे, रेडियो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेश श्रेष्ठ र रेडियो नेपाल कर्मचारी सङ्घका उपाध्यक्ष भीम विश्वकर्माले रेडियो नेपालको स्वायत्तत्ता र आर्थिक सबलतामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

चक्रपथ विस्तार : एक वर्षपछि निर्माणस्थलमा काम सुरु हुने

काठमाडौँ, २९ असोज : चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डिपिआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताउनुभयो । अध्ययनका लागि अझै छ महिना लाग्ने र अर्काे छ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिकरुपमा काम हुनेछ ।”

अध्ययन सकिएपछि उनीहरुले नै ठेक्का लगाएर काम गर्ने उहाँले बताउनुभयो । गत वर्ष नेपाल आएका चिनियाँले कलङ्कीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए ।

चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा जैसीले बताउनुभयो । मर्मतका लागि विभागले ठेक्का गर्ने उहाँले बताउनुभयो । सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौँले काम गरिरहेको उहाँले बताउनुभयो ।

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक÷एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो । बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ ।

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो । ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ ।

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो ।

सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई÷दुई गरी जम्मा चार लेन रहेको छ । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुवै जिल्लामा रहेको छ । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ ।

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट वसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।

बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत

काठमडौँ, २९ असोज : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरूका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

संस्थानबाट उत्पादित दूधमा रु दुई छुटसहित प्रति लिटर ९५ रुपैयाँ, दहीमा रु २० छुटसहित प्रतिलिटर एक सय ७० रुपैयाँ, पनिर आधा केजीमा रु ५० छुटसहित ४५० रुपैयाँ तथा नौनी र घ्युउमा प्रति केजी रु सय छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपैँयाका दरले चाडपर्व लक्षित मूल्य कायम गरिएको छ ।यसैगरी मन्त्रालयले चाडपर्व लक्षित पशुपंक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ । सो अवसरमा मन्त्री डा भुसालले मुलुकभरका दुग्ध किसानले पाउनुपर्ने रकम एक महिनाभित्र भुक्तानी दिन दुग्धजन्य कारोबारमा संलग्न सबै संस्था एवं व्यवसायीलाई कडाइका साथ निर्देशन दिइसकेको जानकारी दिँदै स्वदेशी कृषकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई राहत, सहुलियत र अनुगमनका पक्षमा समग्र राज्य संयन्त्र क्रियाशील भइरहेको स्पष्ट गर्नुभयो ।

कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण

कर्णाली, २९ असोज : कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २७१ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । कर्णाली प्रदेशसभा सचिवालयबाट आइतबार प्रदेश प्रमुखको कार्यालयले निजामती सेवा विधेयक प्राप्त गरेको थियो । उक्त विधेयक प्रदेशसभाबाट यही असोज २२ गते सर्वसम्मतले पारित भएको थियो ।

विधेयक कर्णाली प्रदेशको राजपत्रमा प्रकाशनपश्चात् अब ऐन बनेर कार्यान्वयनमा जानेछ । यसले प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सिर्जना, माग, पदपूर्ति, सेवासुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास तथा उनीहरुको अभिलेखीकरणमा सहयोग पुग्नेछ ।प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायका रुपमा काम गर्ने ऐनमा व्यवस्था गरिएको छ ।

पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

काठमाडौँ, २९ असोज : जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

 जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता

काठमाडौँ, २९ असोज : पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवद्र्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका लागि सम्झौता भएको हो ।

सङ्घले नियमित रुपमा सञ्चालन गर्दै आइरहेको आधारभूत पर्वतारोहण र उच्च पर्वतारोहण तालिम प्रतिष्ठानले नगर्ने विषयमा पनि सम्झौता भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङदी छिरिङ र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पाँचबुँदे आपसी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको छ । यसैगरी, संयुक्त रुपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको छ ।

प्रतिष्ठानका अध्यक्ष दावा शेर्पाले सम्झौताले दुवै संस्थालाई बलियो बनाउँदै समग्र पर्वतीय पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै उद्देश्यका लागि जन्मेका दुवै संस्थाले पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्नु अपरिहार्य छ ।” सङघका अध्यक्ष नुरु शेर्पाले प्रतिष्ठानले सैद्धान्तिक र सङ्घले त्यसको प्रयोगात्मक अभ्यासमा दोहोरोपन नहुने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“सङघले गर्दै आएको काममा हस्तक्षेप होइन, सहकार्य हुने हाम्रो विश्वास छ । सहकार्यलाई कागजमा सीमित नगरी कार्यान्वयन गर्ने हामी प्रतिबद्ध छाैँ ”, सङ्घका अध्यक्ष नुरु शेर्पाले भन्नुभयो । सङ्घले तालिम सञ्चालन गर्दा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा संलग्न विद्यार्थीलाई २० प्रतिशत कोटा सुरक्षित गर्ने सहमति भएको छ ।

यस्तै, सङ्घले प्रतिष्ठानबाट सञ्चालन भइरहेका स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा कम्तीमा एक/एकजनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ । सहमति पत्रमा प्रतिष्ठानका विद्यार्थीको हकमा न्यूनतम सङ्ख्या पुग्ने भएमा छुट्टै तालिम सञ्चालन गर्ने व्यवस्था उल्लेख छ । उक्त सम्झौता पाँच वर्षसम्म कायम रहने बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ सिचुवान प्रान्तको छेन्दुमा

(चीन), २९ असोज : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुग्नुभएको छ । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो । उहाँ छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्नु गर्नुहुनेछ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुनुहुनेछ ।

उहाँले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा स्टेट काउन्सिलर हुनुहुन्छ । भ्रमणका सिलसिलामा उहाँ चिनियाँ राष्ट्रपति सि चीनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुनेछ । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

बिआरआइ सम्पर्क सञ्जाल, पूर्वीय सभ्यताको विकास, देशबीचको सहयोग एवम् भाइचारा र पर्यावरणलगायत दिगो विकासमा योगदान पु¥याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजनाका रुपमा रहेको छ । चीनले २०१७ मा पहिलो र २०१९ मा यस्तो सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता हुने बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत सहभागी हुनुहुन्छ ।

अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौँ, २९ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ । महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उहाँले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताउनुभयो ।

“विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन । सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “सामूहिक अठोटका साथ काम गरौँ । जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ ।” आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उहाँको भनाइ छ ।

अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याउनुभयो । हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उहाँले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताउनुभयो । आर्थिक पत्रकारिता का क्षेत्रमा काम गरिरहेका महिलाको सीप तथा क्षमता विकासका लागि समन्वयकारी भूमिका निभाउने उद्देश्यले फेजा गठन भएको अध्यक्ष शर्मिला ठकुरीले बताउनुभयो ।