`

सेञ्चुरी बैंकका तत्कालिन अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौ । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई बैंकिङ कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको सिआईवीले जनाएको छ । गएको फागुनमा पनि धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेका थिए । उनीहरु हाजिर जमानीमा छुटेका थिए ।

सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गर्दै मन्त्री श्रेष्ठले भने- दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हन्छ

काठमाडौं / खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गदै मन्त्री श्रेष्ठले दशौ राष्ट्रिय खेलकुदका लागि सरकारले वजेट नै घोषणा गरिसकेकाले निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि वढिसकेको जानकारी पनि दिए । खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नका लागी मन्त्रालय , राष्ट्रिय खेलकुद परिषद लगाएत सम्पुर्ण टिम कर्णाली केन्द्रित भैसकेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले कर्णालीमा निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता निकै सकारात्मक रहेको बताए ।

मन्त्री श्रेष्ठले २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि आएको जानकारी दिए । मन्त्री श्रेष्ठले प्रतियोगिताको तयारीका विषयमा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गरेका छन् ।

विद्यालयले भाडामा लगाएका सटरमा महानगरको ताला (भिडियो सहित)

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुलाई बन्द गराउदै ताला लगाएको हो । यसैक्रममा सोमबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो ।

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायीक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीति अनुसार ताला लगाएको जानकारी दिए । महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए ।
यसअघि महानगरले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको थियो ।

भित्रियो यस वर्षको मनसुन प्रणाली

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अन्य भू–भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन

कैलाली । कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि २ हजार दुई सय ५० जनाले आवेदन दिएका हुन् ।

रोजगार मेलामा रोजगारीका लागि विभिन्न पदमा एक हजार दुई सय ५० जनाले अनलाइनमार्फत र एक हजारजनाले प्रत्यक्ष उपस्थित भएर आवेदन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले जानकारी दिए । उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका २८ र सरकारी सेवा प्रवाहसम्बन्धी जानकारी दिने १० सरकारी कक्ष गरी ३८ कक्ष रहेका छन् ।

दुईदिने श्रमाधान रोजगार मेलामा रोजगारदाताबाट रोजगारीका लागि दुई हजार छ सय ३४ आवेदन माग गरिएको उनले जानकारी दिए । पहिलो दिन प्रदेशका नौवटै जिल्लाका पाँच हजार जनाले मेलाको अवलोकन गरेको उनले जानकारी दिए ।
आन्तरिक तथा वैदेशिक रोजगारसम्बन्धी परामर्शका साथै सार्वजनिक सेवा, जागिर पाउन सिक्नुपर्ने सीप, कुन विषय पढ्दा भविष्यमा चाँडोे जागिर पाउन सकिन्छलगायत विषयमा परामर्श हुने भएकाले मेला महत्वपूर्ण भएको उनले बताए ।

आवेदन परेकाहरुलाई रोजगारदाताले सीप परीक्षणलगायत प्रक्रिया पूरा गरेर रोजगारी प्रदान गर्ने उनको भनाइ छ । मेलाको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको थियो । श्रमाधान रोजगार मेला आज समापन हुनेछ ।

मौसम अनुकुल रहँदा दलहनबाली उत्पादनमा वृद्धि

कैलाली । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार पाँच सय २० मेट्रिकटन उत्पादन भएको बताए ।

गत वर्षको तुलनामा यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहबाली उत्पादन भएको उनले जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको भन्दा यस वर्ष १६ हेक्टर बढी क्षेत्रफलमा दलहन खेती गरिएको हो । जिल्लामा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ र मसुरो (घुसुवा बाली) पाँच हजार ६० गरी कूल नौ हजार एक सय ७२ हेक्टर क्षेत्रफलमा मसुरो खेती गरिएको जनाइएको छ । गत वर्ष नौ हजार एक सय ६२ हेक्टरमा मसुरो खेती गरिएको थियो ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार कैलालीमा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा पाँच हजार एक सय ४० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ६० हेक्टर क्षेत्रफलमा तीन हजार एक सय ८८ मेट्रिकटन गरी कूल आठ हजार तीन सय २६ मेट्रिकटन उत्पादन भएको छ । 

गत वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा तीन हजार आठ सय ८० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ५० हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ७८ मेट्रिकटन गरी छ हजार सात सय ५८ मेट्रिकटन उत्पादन भएको थियो । 

यस वर्ष बोडी ९२, चना एक सय ३२ र केराउ दुई सय १६ गरी चार सय ४० हेक्टरमा दुई हजार दुई सय २७ मेट्रिकटन दलहन उत्पादन भएकोे छ । गत वर्षको भन्दा यस वर्ष दलहन बालीका लागि आवश्यक पर्ने हावापानीको अनुकूल समय रहेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘गुरिल्ला ट्रेक’ उजागर हुने अपेक्षामा पलाएको आशा

रामबहादुर थापा


गण्डकी । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/०८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवद्र्धन हुनेमा स्थानीय र पर्यटनकर्मी आशावादी छन् ।

बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर विसं २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए ।
माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो । पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका एक सदस्य सुरेन्द्र रानाले बजेटमा गुरिल्ला ट्रेकका नाम आउनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताए ।

“गुरिल्ला ट्रेकको गाइड बुक, म्याप सन् २०१२ मा बनिसकेको छ । हामीले महिनौँ लगाएर यो पदमार्ग पहिचान गरेका थियौँ, सुरुसुरुमा केही प्रवद्र्धनका काम पनि भए, पछि बिस्तारै ओझेलमा पर्दै गयो”, उनले भने, “पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने दायित्व राज्यको हो, बजेटमा घोषणा गरेर मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ ।” उनले सडक सञ्जाल विस्तारले पुराना र चल्तीका पदमार्ग सङ्कटमा परेको भन्दै तिनको संरक्षण गर्नुपर्ने बताए । 

“विकासको रफ्तारलाई हामी रोक्न त सक्दैनौँ, सडक पनि जनताको सेवाका लागि हो, तर अब देशभरका पदमार्गको पुनः नक्साङ्कन गर्नुपर्ने अवस्था आउँदैछ, वैकल्पिक पदमार्गको योजनामा हामी जानुपर्छ”, रानाले भने, “गुरिल्ला ट्रेकमा पनि ठाउँठाउँमा सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर छ, यो नेपालको पर्यटन क्षेत्रकै लागि चुनौतीको विषय हो ।”

पर्यटक पथप्रदर्शक दिवस गुरुङ गुरिल्ला ट्रेकलाई ‘लुकेको हिरा’का रुपमा चिनाउन चाहन्छन् । उनका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथिति आदि गुरिल्ला ट्रेकका विशेषता हुन् । “गुरिल्ला ट्रेक भर्जिन गन्तव्य हो, यसको ब्रान्डिङ गर्नु जरुरी छ”, उनले भने, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।”

सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्ने उनको भनाइ छ । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गर्नुपर्छ, पदमार्ग बनाउँदा कङ्क्रिटको प्रयोग गर्नुभएन”, गुरुङले भने, “ठाउँठाउँमा सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटल आदिको व्यवस्था गर्नुपर्छ ।” उनले सरकारले ग्रेट हिमालयन, मुन्धुम, गुरिल्ला ट्रेकलगायतमा पर्यटकीय पूर्वाधार निर्माणको घोषणा गर्नुलाई सुखद मान्नुपर्ने बताए । 

“स्थानी, पर्यटनकर्मी, व्यवसायीलगायत सबै पक्षको सकारात्मक दबाब र पहलमा गुरिल्ला ट्रेकको विकासले कोल्टे फेर्न सक्छ, देशविदेशका पर्यटकमाझ नयाँ आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, गुरुङले भने । उनले गत साल मध्य बर्खामा ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेका थिए । 

“अरू पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो”, उनले सुनाए । रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताए ।

उनका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनले बताए । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताए । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्ने उनको भनाइ छ । 

“ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ््ग्याउन सकिन्छ”, उनले भने, “युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो ।”

बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उनले बताए । “बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दस दिनमै टुङ्ग्याउन सकिन्छ, समय र अरू व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ”, पुनले भने ।

अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी गुरिल्ला टे«कको विकास भने हुन नसकेको उनको भनाइ छ । “राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ”, पुनले भने, “पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ ।” सङ्घ सरकारको बजेटमा समेटिएकाले यसको विकासमा ठोस कार्यक्रम आउनेमा स्थानीय विश्वस्त रहेको उनको भनाइ छ ।

पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्रान्डिङ’ गर्न सके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गरे ।

“छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थल आदिको अवलोकन गर्न सकिन्छ”, उनले भने, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।”

उनका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उनले भने, “अरू पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”

विपद् व्यवस्थापनको अभ्यासका क्रममा प्रहरी जवानको मृत्यु

बझाङ । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । अभ्यासका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका जवान केदास्यु गाउँपालिकाका २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

आज बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

भारतीय राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गरेका हुन् । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, उनीहरुबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि उनीहरुबीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा मोदीलाई बधाई दिनुका साथै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

औपचारिक भ्रमणका क्रममा आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति मुर्मुद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका थिए । उनका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

मध्य–मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन

लमजुङ । मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो ।

हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए ।

उनका अनुसार गत मङ्सिरदेखि विद्यूत उत्पादन घटेर फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको थियो । चैत लागेपछि विस्तारै उत्पादन वृद्धि भइ ४०/४५ मेगावाट पुगेको थियो ।

एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै हाल पूर्ण क्षमतामा उत्पादन भएको हो । यस जलविद्युत् आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन छन् । यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो ।

२७ अर्ब २० करोडको लागतमा निर्मित आयोजना जिल्लाकै पहिलो विद्युत आयोजनासमेत हो । जिल्लाभित्रै उत्पादन थालेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २५, १२ दशमलव १ र पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनालेसमेत विद्युत उत्पादन गरिरहेका छन् ।

जिल्लामा बर्सेनि मर्स्याङ्दी नदी, दोर्दी, किसेदी, मिदिम खोलालगायतका खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन हुने गरेको छ ।

कानुन संशोधनका लागि मानव अधिकार आयोगद्वारा सुझाव सङ्कलन

बाँके । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच सोमबार बाँकेमा सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रीय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो ।

आयोगका कामलाई थप प्रभावकारी बनाउन कानुन संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले सत्यको अधिकार, पीडितको परिपुरण र र मानव अधिकार रक्षाका लागि आयोगलाई स्वतन्त्र रुपमा अगाडि बढाउनुपर्ने बताइन् ।

“आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिन हामीले आजैबाट सङ्कल्प गर्न जरुरी छ”, उनले भनिन्, “आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिँदैन ।”

आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्न कानुन संशोधन आवश्यक परेको बताए । त्यसका लागि नेपालगञ्जबाट पहिलो पटक सुझाव सङ्कलन गरिएको उनको भनाइ छ ।

आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विधेयकलाई सुझावपछि संसदमा पेस गरिने सदस्य दुवाडीले बताए। “विधेयक प्रस्तुत भइसकेपछि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौँ”, उनले भने ।

आयोगका सचिव मुरारी खरेलले नयाँ मस्यौदा प्रस्तुत गरिसकेको जानकारी दिए । आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउन थप विषय समावेश गरिने  उनले स्पष्ट पारे ।

सुझाव सङ्कलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहिन सङ्घ बाँकेका अध्यक्ष भावुकजङ्ग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्धिकीलगायतले सुझाव दिएका थिए ।

समुदायिक विद्यालयको जग्गा कब्जा गर्न खोजेपछि जनकपुरमा तनाव(भिडियोसहित)

जनकपुरधाम । समुदायिक विद्यालयको जग्गामा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि जनकपुरधामको शिवपुरमा तनाव भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुरस्थित रहेको जनता माविको करिब ३ कठ्ठा जग्गा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । पुलचोकभन्दा उत्तर र ५२ विघाभन्दा मात्र १०० मिटरको दुरीमा रहेको जनता माविको करिब ३ कठ्ठा जमिनमा मुस्लिम समुदायले नमाजको लागि स्थल बनाउनुपर्ने अडानमा रहेका छन् ।

सो जमिनमा यसअघि नै मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयबाट योगशिविर भवनको लागि बजेट आएकोमा मुस्लिम समुदायहरुले त्यहाँ भवन बन्न दिएनन् । भवन बन्न नदिएपछि मन्त्रालयका सचिव एवम् समाजसेवी समेत रहेका डा. प्रमोद कुमार यादवले आफ्नो नीजी ९ धुर जग्गा दिएर योगशिविर भवन बनाउने प्रयास गरेका थिए ।

सोही विद्यालयको जमिनको पछाडी रहेको डा. प्रमोदको जग्गामा योगशिविर बनाउने प्रस्ताव भएको थियो । सो जग्गा डा. प्रमोदले समाजिक हकहितको लागि दान दिएका थिए, तर त्यहाँसम्म पुग्न सोही विद्यालयको जग्गा भएर जानुपर्ने बाटो मात्र भएकोमा बाटो छुटयाउन भनेपछि मुस्लिम समुदायले विवाद उचालेको बताइएको छ ।

७ बर्षदेखि विवादित रहेको सो जग्गामा अदालतले मुस्लिम समुदायलाई दुई समय नमाज पढन अनुमति दिएको थियो । तर बाटो नलागेको अवस्थामा समाजिक रुपमै योगशिविर भवनसम्म आवतजावतको लागि बाटो छुटयाइदिन भनेपछि मुस्लिम समुदायले बलजोरी गरेपछि विवाद उत्पन्न भएको हो । योगशिविरको लािग सो जग्गा नदिएपनि कमसेकम बाटो दिनुपर्ने धारणा त्यहाँका समाजको थियो । तर, मुस्लिम समुदायले भने बाटो समेत नदिने अडान गरेपछि बाँकीका समुदायले प्रतिवाद गरेको जनाइएको छ ।

अहिले सो स्थानमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारीको कमाण्डमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको हो । अवस्था अहिले तनावग्रस्त रहेको छ भने मिलाउने प्रयास भईरहेको छ ।

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

टक्सार (भोजपुर) । नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको बताए ।

आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताए ।

गाउँपालिकाभित्र सात वटा वडा छन भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन् । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताए । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रवक्ता दोर्ण गुरागाई, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

नेपाली क्रिकेटलाई बदनाम गर्न संघकै केही सदस्य लागिपरे, कानुनी उपचार खोज्छौंः पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई बदनाम गर्न संघकै केही सदस्यहरू लागिपरेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित यसै संघभित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहेको कार्य आफैँमा दुःखद भएको बताएका हुन् । उनले यसको कानुनी उपचार खोज्ने पनि बताएका छन् ।

यस्तो छ पारसको धारणा

नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केही सराहनीय कार्यको फलस्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ।
कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बीच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखदः हो।

नेपाली क्रिकेटमा खेलाडीको रुपमा मैले देशको झण्डा ओढ्दै यसको गरिमा र मान–प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झंदै यस खेलको विकासमा आफूलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिङ राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु – र यसै सपनालाई साकार पार्न संस्थागत रुपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सवैभन्दा ठूलो अवसर समेत ठानेको छु।

यस बीचमा मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ।
साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरुलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।

विश्वकप जस्तो सर्वोच्च मञ्चमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भैरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरु प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरुको मनोवल र हौसला बढाईदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु।

वेष्ट इन्डिज पुगेका सन्दीप भन्छन्-सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन् ।

टी २० विश्वकप खेल्न गएराति वेष्ट इन्जिड पुगेका सन्दीपले सामाजिक संजालमार्फत खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन् । उनले क्रिकेट प्रेमीको सपना पूरा गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तर अब यी सबैका बाबजुद म वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएको छु र मेरो र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

उनले आफूले अमेरिकाको भिसा नपाएपनि त्यसका लागि सहयोग गरेकोमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिएका छन् ।

त्यस्तै उनले मेरो यात्रालाई सम्भव बनाउनका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, आफ्ना कानुन व्यवसायी सरोज के घिमिरे, विनोद दास, प्रबल गौतम र बालकृष्ण लामिछानेलाई धन्यवाद दिएका छन् ।

उनले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया मेरो भिसाका सम्बन्धमा भइरहेको झुटो प्रचारमा विश्वास नगर्नुहोला, जसको उपयोग मानिसहरूले क्यान र नेपाली क्रिकेटको छवि धमिलो बनाउन गरिरहेका छन् । हाम्रा सबै क्रिकेट फ्यानहरू जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु । १० वर्षपछि विश्वकप खेल्दै आएको नेपाल क्रिकेटलाई मनाऔं । हामीलाई तपाईको सकारात्मक सहयोग र आशिर्वाद पहिले भन्दा बढी चाहिन्छ । जय नेपाल ।’

Namaste 🙏

Hello from West Indies!🏝️

First of all I would like to thank Government of Nepal, Foreign Ministry, Sports Ministry, National Sports Council(NSC), and Cricket Association of Nepal (CAN) for their support to help me get the US visa but unfortunately it did not work out this time.

But now through all of that aside, I am now joining the National Team for the last two matches in the West Indies and looking forward to fulfilling my dreams and the dream of all cricket lovers.

I extend my gratitude to our President Chatur Bahadur Chand Sir, Secretary and my dear brother Paras Khadka dai, my lawyer Saroj K Ghimire dai, Binod Das Dai, Prabal Gautam dai & beloved Balkrishna Lamichhane dai for their extraordinary dedicated effort to make my journey possible in co-ordination with ICC and all related official networks possible for me to participate in this T20 World Cup.

I am disheartened to see the deliberate image-tarnishing of the important figures like Chatur Sir and Paras Dai, who made my comeback possible.

Please don’t follow all the false propaganda surrounding my visa issues that people are using to tarnish CAN and Nepal Cricket’s image.

To all our cricket fans and people back home everywhere, who prayed for me, I will forever be grateful for your blessings.

Let us celebrate Nepal cricket which is playing the world cup after 10 years. We will need your positive support and blessings more than ever.

Jai Nepal.🇳🇵

May be an image of 1 person and helicopter

All reactions:

51K51K

चितवनमा रगत पाउनै मुस्किल

चितवन । चितवनको भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।

गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो । अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए । केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा पुगेर रगत सङ्कलन गर्ने गरेको छ ।

विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उहाँका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो । केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत सङ्कलन गर्ने गरेको थियो । रक्त सङ्कलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ । शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउँछन् । दैनिक सयदेखि एकसय ५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।

सङ्कलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ । सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत सङ्कलनमा कमी आएको बताउँछन् ।

यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम सङ्कलन हुने गरेको जनाइएको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउँछन् ।

रगत सङ्कलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उनी बताउँछन् । आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उनले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताए । दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत सङ्कलन गर्नुपर्ने उनी बताउँछन् । विद्यालय, कलेजलगायतका सङ्घ संस्थाको क्यालेन्डरमा वर्षका तीनदेखि चार पटक रक्तदान कार्यक्रम राख्नुपर्ने उनको सुझाव छ ।

सन्दीपले विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

काठमाडौं । भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेका छन् । उनले त्यहाँ आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरुमा नेपाली टिमबाट खेल्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ ।

लामिछानेलाई टोलीमा समावेश गरेसँगै क्यानले बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेको छ । यद्यपि क्यानले उच्च अदालत पाटनले मे १५ मा लामिछानेको पक्षमा गरेको फैसलासँगै उनलाई टोलीमा राखेर जिसीलाई रिजर्भमा राखेको दाबी गरेको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलेको थियो ।

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकामा क्यानको चौतर्फी विरोध भैरहेको छ । तर क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ ।

मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष तेस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । शपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् ।

विभागहरू पछि घोषणा गरिनेछ । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन् । राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।

कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उनले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएका छन् । उनी त्यही धान भित्राउने तयारीमा छन् ।

बर्से धान खेतीभन्दा बढी उब्जनी हुुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उनले बताए ।

“खेतीलगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढिमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउदो वर्ष एक विघामा धान लगाउने सोच बनाएको छु”, उनले भने, खान मिठो र उत्पादन पनि राम्रो हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”

उनी मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्राउने तयारीमा छन्  ।

यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरुप नगद सहयोगसहित सम्मानित गरेको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयस्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उनले बताए ।

घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए ।
“भजनी र टीकापुुर नगरपालिकाका साथै जोशिपुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षात्मा डुुबान हुुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्कि चुुहान नगरपालिका र धनगढी उपमहानगरपालिकालगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ”, उनले भने ।

डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्राउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ ।

कैलाली जिल्लाभर गतवर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यसवर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ । यसवर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्ष्येपण छ ।

“चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न खालका कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । चैते धानलाई धेरै पानी नचाहिने र यस सयममा बाबढी तथा डुबानसमेत नहुने भएकाले किसानले धेरै लाभ लिने सम्भावना छ”, ज्ञान केन्द्र प्रमुख शर्मा भन्छन्,“यसका अतिरिक्त रोग, किराको प्रकोपसमेत कम हुन्छ । पछिल्लो समय कैलालीमा चैते धानतर्फ कृषक आकर्षित भइरहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।”

चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चारवटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइहरको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुईपटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा  कमिआउने अपेक्षा गरिएको छ ।

सात करोड भन्दाबढी रकम अपचलनको अभियोगमा स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सहकारीको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो

। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका–१४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं महानगरपालिका–२५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं महानगरपालिका–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं छन् ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धानबाट सहकारीको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

जसपा विभाजनसम्बन्धी रिटको अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विभाजनसम्बन्धी विवाद सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश हरि फुयाल र तिलप्राद श्रेष्ठको इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । वैशाख २३ गते जसपा नेपालका सात जना सांसद सहितका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले २४ वैशाखमा नै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो । त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालत गएका हुन् । उनले निर्वाचन आयोगको निर्णय संविधान विपरित रहेको भन्दै खारेज गर्न माग गरेका छन् ।

यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरू यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते गते छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

काठमाडौंमा चारवटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा महानगरले लगायो ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । विभागसँग मेयरको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो ।

यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन । व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ ।

‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन् ।’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’

‘विद्यालयहरु स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए । यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन ।’ प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेल भन्छन्, ‘विद्यालयहरुमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ ।’

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन पाउँदैनन् । कतिपय विद्यालयहरुले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएका पनि छन् । यी सबै ठाउँबाट व्यवसायिक प्रयोजन हटाइनेछ र शैक्षिक क्रियाकलाप स्थापित गरिनेछ ।

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए ।

रोजगारी प्रवर्द्धनका रूपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्यक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे ।

मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रूपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्त्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताइन् । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइन्।

नगरप्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गरे । सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र यहाँको रोजगारीको अवस्था बुझ्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकको भनाइ थियो ।

कैलालीको धनगढीमा आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा हालसम्म ३७ निजी क्षेत्रका परामर्श कक्ष रहेका छन् । मेलामा रोजगारी सिर्जनाका लागि दुई हजार छ सय ६४ जनाको माग रहेको छ भने हालसम्म करिब पाँच हजार व्यक्तिको निवेदन परेको आयोजकले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकका रूपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, होटल सङ्घ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

मेलामा विभिन्न कार्यशाला सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशाला सञ्चालन हुनेछन् ।

हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

कीर्तिपुर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुई दिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राखे ।

भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उनले बताए ।

कार्यक्रममा सांसद अमरेशकुमार सिंहले साहित्य, भाषा र कला एउटा देशको सीमाभित्र साँघुरिएर रहने बताए । राजनीतिक र भौगोलिक कारण सीमा तोकिए पनि साहित्यले कुनै पनि सम्बन्धित भाषालाई विश्वस्तमा पुर्‍याउन विशेष योगदान दिने उनले बताए ।

त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख सञ्जिता बर्माले विद्यार्थी पाउने सम्भावना भए पनि स्नातकमा हिन्दी पढेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ्न खोज्ने कैयौँ विद्यार्थीले यो भाषा पढ्नबाट वञ्चित हुनुपरेको बताइन् । विभागको आफ्नै भवनलगायत न्यूनतम पूर्वाधार हालसम्म प्राप्त गर्न नसकिरहेको उनले गुनासो गरिन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गरे ।

गाजाबाट चार इजरायली बन्धकको उद्धार

इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट चार जना बन्धकहरूको सफलतापूर्वक उद्धार भएको घोषणा गरेको छ । हमास लडाकु समुहले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवमा चारै जनालाई बन्धक बनाएको थियो।

इजरायली रक्षा बल, इजरायली सुरक्षा एजेन्सी र इजरायली प्रहरीको संयुक्त विज्ञप्तिमा अधिकारीहरूले मध्य गाजा पट्टीमा जारी विशेष अपरेसनमा चारजनालाई फेला पारिएको बताएका हुन् ।

‘आज बिहान (शनिबार) नुसिरातमा संयुक्त आईडीएफ, आइएसए र इजरायल पुलिस (यामाम)को संयुक्त अपरेसनमा हमासले बन्धक बनाएको नोआ अर्गामानी , अल्मोग मीर जान , आन्द्रे कोज्लोभ र स्लोमी जिभ गरि चार इजरायली बन्धकहरूलाई उद्धार गरिएको छ । उनीहरुलाई नुसिरातको दुईवटा छुट्टै स्थानबाट उद्धार गरिएको थियो’, विज्ञप्तिमा जानकारी गराइएको छ।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त विज्ञप्तीलाई पुष्टि गर्दै सबै बन्धकहरु सुरक्षित रहेको र हाल अस्पतालमा सारिएको बताएको छ ।

‘उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ र थप मेडिकल जाँचका लागि ’सेबा’ तेल–हासोमर मेडिकल सेन्टरमा सारिएको छ। चारजनालाई हमास लडाकु सङ्गठनले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवबाट उनीहरुलाई अपहरण गरेको थियो’, मन्त्रालयले जानकारी गरायो ।

अक्टोबर ७ देखि गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ३६ हजार ८०१ प्यालेस्टिनी मारिएका र ८३ हजार ६८० घाइते भएको र पछिल्लो २४ घण्टामा ७० जना प्यालेस्टिनी मारिएको र १ सय ५० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३७ हजार नाघ्यो

इजरायल र प्यालेस्टिनी बीच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ ।

आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए–२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।

“बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ ।

बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने आयोजकले जनाएको छ । उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रुपमा सहभागी हुनेछिन् ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बङ्गा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरु नेपाल आउने जनाइएको छ । सहसचिव नेपालका अनुसार विश्व बैंकका दाता करिब ६० र साझेदार ९० भन्दाबढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुनेछन् ।

सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।

आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।

सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा रहेको बताए । उनले साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास आयोजकको छ । बैठकमा आगामी तीन वर्षमा आइडिएले गर्ने प्रमुख कामका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछन् ।

बैठकपछि अध्यक्ष बङ्गासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपासमा रहेका विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जाने कार्यसूची रहेको जनाइएको छ ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएका विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठकको तयारीबारे छलफल गरेका थिए ।

त्यसअघि मन्त्री पुनले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएकाबेला वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँगको भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए ।

आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड–१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो ।

विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र छ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिन एमालेलाई पठाए पत्र

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री पाण्डेले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकाङ्क्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ”, उनले भनेका छन् ।

राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफुले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहनुभएका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख गरेका छन् ।

पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा (भिडियो सहित)

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको टोलीमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल सहित ७ जना छन् । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् । मोदीको सपथ लगत्तै समकक्षी प्रचण्डसंग दुई पक्षीय भेटवार्ता हुने कार्यक्रम छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले र राष्ट्रपति द्रौपदी मूर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण टोली सोमबार स्वदेश फर्किनेछ ।

पाँचलाख १४ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख १४ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक हजार र पाँचसय दरका नोट बरामद गरेको परिसरले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ४७ की तारा देवी डंगोल र नागार्जुनकी ४१ वर्षकी निलिमा श्रेष्ठ छन् ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।

शेयरमा बजारमा गिरावट, कारोबार भने बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ । नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ ।

आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले परिसूचक थामेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ । व्यापार उपसमूहमा १.५४ प्रतिशतको गिरावट छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह घटेका छन् ।

९७ कम्पनीको सेयरमूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको सेयर बढेर सर्किट लागेको छ । भगवती हाइड्रोपावर र सामलिङ पावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ ।

एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

१४७ कम्पनीको सेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन् ।

कम्युनिष्टहरु नै हाम्रो पार्टी फुटाउन लागिपरेका छन्ः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिष्टहरु नै लागिपरेको आरोप लगाएका छन् ।

आइतबार पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाको दोस्रो तारो बनाएको बताएका हुन् ।

उनले कम्युनिष्ट भनिएको दलहरु नै कम्युनिष्ट विरोधी हुनु दुःखको विषय भएको बताए । उनले भने, ‘अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन् । त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौं । यथार्थलाई बुझ्न सकेनौं भने गफले मात्र केही हुने वाला छैन् ।’

उनले युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसक्ने तर्क गरे ।
नेपालले एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने टिप्पणी पनि गरे । उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए ।

उनले भने,‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। । पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो । भ्रष्टाचारमा चुलु्म्म डुब्ने,जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’

नै कम्युनिष्ट विरोधी हुनु दुःखको विषय भएको बताए । उनले भने, ‘अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन् । त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौं । यथार्थलाई बुझ्न सकेनौं भने गफले मात्र केही हुने वाला छैन् ।’

उनले युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसक्ने तर्क गरे ।
नेपालले एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने टिप्पणी पनि गरे । उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए ।

उनले भने,‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। । पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो । भ्रष्टाचारमा चुलु्म्म डुब्ने,जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा भेडा मर्न थाले, पालिकामा छैन औषधी

कर्णाली । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए । उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए । “भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,” उनले भने, “यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन ।” यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उनको भनाइ छ ।

हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताए । उनका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ । उनले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिए । भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन् ।

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

काठमाडौँ  । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् ।

प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय चलचित्रकर्मी दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन मोफसल पुग्ने गरेका छन् । 

यही क्रममा प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ को प्रतिक्रिया लिन र दर्शकसँग साक्षात्कार गर्न निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइलीसहितको समूह मोफसल पुगेको छ । 

शनिबार चितवनदेखि सुरू भएको मोफसल यात्रा आइतबार पोखराका दर्शकसँग भेटघाट गर्दै सकिने निर्देशक राउतले बताए ।

उनले भने, “हाम्रो प्रचार काठमाडौँ उपत्यका केन्द्रित भइरहेको हुन्छ, हामीले पनि उपत्यकाका दर्शक भेटघाट गरेपछि मोफसलमा निस्किएका छौँ, यस्ता गतिविधिले बजार बढाउन मदत गर्छ भन्नेमा विश्वस्त छौँ ।”चितवनका दर्शक भेटेपछि अभिनेता सिग्देलले चलचित्र चेतना बढेको महशुस गरे । “हामीले चलचित्रका बारेमा पाइरहेको प्रतिक्रियाले आगामी दिनमा काम गर्न दिशानिर्देश गर्छ, दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन पाउँदा उत्साहित छु”, अभिनेता सिग्देलले भने ।

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गरेको चलचित्रमा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाइएको छ । विकास सुवेदीले लेखेको चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । 

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

काठमाडौँ । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्तावेज तयार गरी पेस गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को) को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका हुन् ।

फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउने कोषले जनाएको छ ।

स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताए ।

कर्णाली नदीको पुलमा अड्किएका ९ वटा खच्चडको उद्धार, दुईको मृत्यु

कर्णाली । पुलको लठ्ठा चुँडिएर कर्णाली नदीको पुलमा अड्किएका खच्चडको उद्धार गरिएको छ । दैलेखको आठबीस नगरपालिका– ६, खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीको पुलमा अड्किएका ९ वटा खच्चडको उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

जाली काटेर ९ वटा खच्चडको जीवितै उद्धार गरिएको छ । दुईवटा खच्चड भने मरेका छन् । अझै पुलमा दुईवटा खच्चड अड्किएका छन् । जाली काटेर खच्चडलाई नदीमा झारी उद्धार गरिएको थियो । नदीमा तल डुंगामा राखेर खच्चडलाई नदीबाट बाहिर निकालिएको थियो ।

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै लमजुङको टाप गाउँ

वासुदेव पौडेल, गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन् भने बाँकी चार घर दलित समुदायका । लमजुङको दोर्दी गाउँपालिका–८ स्थित रमणीय गाउँका रुपमा रहेको टाप यस क्षेत्रको प्राचीन गाउँ हो ।

परम्परागत कला, संस्कृतिका साथै प्राकृतिक सौन्दर्यताका कारण धेरै पर्यटकीय सम्भावना रहेर पनि उचित प्रचारप्रसारको अभावमा यहाँको मौलिक पहिचान अझै उजागर हुन सकेको छैन । गाउँको प्रवर्द्धनसँगै पर्यटकीय उपयोगका लागि समयसमयमा विभिन्न प्रयास भए पनि त्यसले अझै सार्थकता पाउन नसकेको स्थानीय समाजसेवी एवं दोर्दी गाउँपालिका–८ का पूर्ववडा सदस्य सुकबहादुर गुरुङले बताए ।

“टाप गाउँ प्राकृतिक सुन्दरतासँगै आफैँमा मौलिक संस्कृतिले सम्पन्न ठाउँ हो”, उनले भने, “गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न नसक्दा हामी अझै पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेका छौँ ।”

प्राचीनकालदेखि गाउँमाथिका भिरमा हुने गरेको भिर मौरीको सिकारको पर्यटकीय महत्व छ । यहाँबाट नजिकै रहेका प्रसिद्ध बराह पोखरी, लम्जुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरी यहाँको पहिचानसँग जोडिएका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

टाप गाउँबाट लगभग पाँच घण्टाको हिँडाइमा बराह पोखरी पुुग्न सकिन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ र दोर्दी गाउँपालिका–८ को सिमानामा पर्ने यो पोखरी समुन्द्री सतहबाट दुुई हजार आठ सय मिटरको उचाइमा अवस्थित रहेको गुरुङले जानकारी दिए । उनका अनुसार वरपर लालीगुराँसले ढाकिएको बराह पोखरीमा पात खस्नासाथ चराले टिपेर बाहिर फाल्ने भएकाले यसको महिमा र गरिमा अझै बढेको छ ।

बराह पोखरीमा श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासले पनि धार्मिक महत्व चुलिएको स्थानीयवासी बताउँछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा निःसन्तालाई सन्तान प्राप्त हुने जनविश्वासले यसको धार्मिक महत्व बढाएको छ ।

टाप गाउँभन्दा माथि अन्य बस्ती नभएका कारण बराहपोखरी जाने धार्मिक पर्यटकलाई लक्षित गरी यो गाउँमा घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गर्ने आफूहरूको सोच रहेको गुरुङले बताए ।

गाउँभन्दा माथिका चिन्मी, तिजे, छौंदी जस्ता भिरहरूमा पर्याप्त भिर मौरी पाइने र यी ठाउँमा परम्परागत रुपमा वार्षिक भिर मौरीको सिकार गर्ने गरिएको दोर्दी गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताउनुभयो । टाप गाउँमाथिका भिरमा परम्परागत रुपमा हुने गरेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्ने प्रयासमा लागिरहेको उनले बताए ।

कतिपय ठाउँमा भिर मौरीको सिकार पछिल्ला पुुस्तामा पुस्तान्तरण हुन नसकेका अवस्थामा टाप गाउँमा भने यो सीप पुस्तान्तरण भएको पाइन्छ । एउटा भिर मौरीको सिकार गर्न करिब ६० देखि ७० जनासम्म आवश्यक हुनेमा टाप गाउँमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म यसमा संलग्न हुने गरेको स्थानीय युवा जगतराम गुरुङले जानकारी दिए ।

भिर मौरीको मह प्रतिलिटर दुई हजार रुपैयाँमा बिक्री हुने गरेको छ । साहसिक पर्यटनको एउटा महत्वपूर्ण गतिविधिका रुपमा रहेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्न सकेमा पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

बराह पोखरीबाट माथि दुई दिनको पदयात्रामार्फत अर्को धार्मिक पर्यटकीय गन्तव्य मेमे पोखरी पुग्न सकिन्छ । हिउँचुली हिमालको पानी आउने मेमे पोखरीमा प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । विशेषगरी लमजुङकै गुरुङ तथा तामाङ समुदायले मेमे पोखरीलाई विशेष महत्वको धार्मिक तीर्थस्थलका रुपमा लिने गर्दछन् ।

मेमे पोखरी दर्शन गरिसकेपछि बराह पोखरीको दर्शन नगरे मेला पूरा नहुने विश्वासका कारण यी दुई पोखरीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । कृषिप्रतिको अनिच्छाका कारण ग्रामिण बस्तीका जग्गाहरू बाँझो भए पनि टाप गाउँका स्थानीले बाँदरलगायत समस्याका बाबजुद मकै, कोदोलगायत खेतीपातिलाई निरन्तरता दिँदै आएका छन् ।

भिरमौरीका साथै पदयात्रा पर्यटनको गन्तव्यका रुपमा टाप गाउँको पर्यटकीय विकास गर्न सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

यस क्षेत्रलाई पदयात्रा पर्यटनको गन्तव्य बनाउनका लागि टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा दोर्दी, बारापाक सुलिकोट, अजिरकोट र दूधपोखरी गाउँपालिकाको समन्वयमा १६ दिनसम्मको पदयात्रा मार्ग तय गर्नेगरी प्रयास अघि बढेको उनले जानकारी दिए ।

सडक निर्माणसँगै पदयात्रा मार्गहरू छोटिएको वर्तमान सन्दर्भमा प्रस्ताव गरिएका पदमार्ग विकास हुन सके यो क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष अधिकारीको भनाइ छ ।

उनका अनुसार पदमार्गअन्तर्गत नौथर सेराबाट इलम पोखरी, लिपे, नोटाँचे, मुलम्चे, उखण्ड, मेमे पोखरी, कुम्लेडाँडा हुँदै बराह पोखरी जोड्न सकिन्छ । त्यस्तै इलम पोखरीबाट नोटाँचे, नौथर सेराबाट दाम्राङ, लिपे हुँदै नोटाँचे जस्ता विभिन्न पदमार्गलाई जोड्न सकिने सम्भावना रहेको उनले बताए ।

टाप गाउँ पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ठाउँ भएकोले यसको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोख्रेलले बताए ।

“टाप गाउँलाई भिर मौरीको सिकारको गन्तव्यसँगै पदयात्रा पर्यटनसँग जोड्न सकिने धेरै सम्भावना छन्”, उनले भने, “गाउँका प्राचीन मौलिकता कायमै रहने गरी सुरुमा घरवास(होमस्टे) सञ्चालन गर्न आवश्यक छ ।”

टापमा घरवासको सञ्चालन एवम् यहाँको पर्यटन प्रवर्द्धनका लागि बोर्डका तर्फबाट आवश्यक सहयोगका लागि पोख्रेलले विश्वास व्यक्त गरे । भिरमौरी सिकारकै सम्भावना देखेर नेपाल पर्यटन बोर्डले दोर्दी गाउँपालिकालाई यहाँको भिरमौरी सिकारको प्रवर्द्धनका लागि सहयोग गरेको उनले जानकारी दिए ।

दोर्दी गाउँपालिकाको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टाप गाउँ माथि छौँदी भीरमा भिरमौरी सिकार महोत्सव २०८१ सम्पन्न भइसकेको छ । यसलाई आगामी वर्षमा पनि यस महोत्सवलाई पर्यटकीय रुपमा अघि बढाइने स्थानीय समाजसेवी सुकबहादुर गुरुङले बताए ।

उपत्यकामा आठ लाख भन्दाबढी सवारीचालक कारबाहीमा

काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाखभन्दा बढी सवारीचालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरूलाई कारबाही गर्दा रु. ५७ करोड ८४ लाख १९ हजार राजस्व संकलन गरिएको जानकारी दिए।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको वेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन्।

फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभावी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन्।

अवस्था ठीक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए।

ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारीसाधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ । सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार दुई सय ५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार पाँच सय ४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार नौ सय ६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन्। हाल देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारीसाधन सञ्चालनमा छन्।

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौँ ।  वीर अस्पतालले आइतबारदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । 

उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ ।  बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एक देखि तीन लाख रुपैयाँसम्म पर्छ । शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए ।

“मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,” उनले भने ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स–रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ ।

ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् ।

अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन् । 

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्वलतालाई कम गर्न सकिने उनको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गर्न गठित समितिले थाल्यो काम

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आइतबारदेखि काम थालेको छ ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत  अधिकारीहरुले स्वागत गरेका छन् । मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।