`

सात करोड भन्दाबढी रकम अपचलनको अभियोगमा स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

Nepal One HD २७ जेठ २०८१ १८:२७
अपराध

काठमाडौँ । प्रहरीले काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सहकारीको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो

। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका–१४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं महानगरपालिका–२५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं महानगरपालिका–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं छन् ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धानबाट सहकारीको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।


प्रतिक्रिया