`

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको कति ?

काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । आज पनि सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ । मूल्य बढेर दुवै धातुको मूल्य आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज फेरि अहिलेसम्मकै महँगो बनेको हो ।

सुनको मूल्य आज तोलामा तीन हजार नौसय रुपैयाँ बढेर दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।

सुनचाँदीको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज (सोमबार) सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सुनचाँदीकै मूल्यमा नयाँ ‘कीर्तिमान’, हालसम्मकै महँगोे

काठमाडौं । नेपाली चाड वडादशैं नजिकिँदै गर्दा आज (मंगलबार) सुनचाँदीकै मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । हिजो बढेको सुनको मूल्य आज पनि उकालो लागेको हो । प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य आज तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार दुईसय रुपैयाँ थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेर केही सस्तिएको थियो । आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ । चाँदीको मूल्य आज तोलाको २० रुपैयाँ बढेर दुई हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।