एकै दिन साढे नौं हजारले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ समाचार
काठमाडौं । एकै दिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलवार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलवार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
