हिजो बढेको सुनको मूल्य आज घट्यो
अर्थ समाचार
काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा कारोबार भइरहेको छ । बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
