`

सडक दुर्घटना बढेपछि अध्यक्ष ओलीले भने –सूक्ष्म अध्ययन र अनुसन्धानको जरुरी देखियो

Nepal One HD २४ असार २०८० ११:२३
राजनीति

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैनिक रूपमा सडक दुर्घटना बढेपछि चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको भन्दै अध्यक्ष ओलीले यसबारे सूक्ष्म अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ। दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार,सडक अनुशासन,ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो’।


प्रतिक्रिया