`

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

Nepal One HD २४ असार २०८० ११:३५
प्रशासन

काठमाडौँ / कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुदैँछ ।

सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधान विपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।

रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।


प्रतिक्रिया