`

मनाङ एयरको हेलिकप्टरमा सवार ५ जनाको शव फेला

Nepal One HD २६ असार २०८० १३:२२
समाचार

काठमाडौँ / सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। एक जनाको अवस्था भने अज्ञात रहेको छ ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ। दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताउनु भयो 

सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।


प्रतिक्रिया