लम्पि स्कीनको नियन्त्रण गर्न एमालेको माग

राजनीति

काठमाडौं / नेकपा एमालेले लम्पि स्कीनको न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले बजेटमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि भनेर छुट्याइएको बजेटलाई रकमान्तर गरेर भएपनि यस महामारीलाई नियन्त्र गर्न आवश्यक कदम चाल्न माग गरे ।
उनले भने,’ ४ महिनाको अवधिमा ३७ अर्बको क्षति पुगेको र यो अझै बढ्नेक्रममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।’गिरीले भने, “यदि सरकारसँग पैसा नपाएर राहत नपाएको भए निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमबाट रकामान्तर गरेर भए पनि ती किसानलाई राहत उपलब्ध गराउनुपर्यो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट