जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलव्धीमुलक रहयो : अर्थमन्त्री महत


काठमाडौँ / अर्थमन्त्री डा प्रकाशशरण महतले जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलव्धीमुलक रहेको बताउनुभएको छ ।
भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्कनुभएका अर्थमन्त्री महतले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो बिकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यबृद्धिबाट जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगाएतका तमाम बिषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताउनुभएको हो ।
उहाले जी–२० मुलुकले पनि संसारभरी नै आर्थिक बृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगाएतका बिषयमा पनि गम्भीर छलफल भएको जानकारी दिनुभयो । उहाले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसंग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण बिषयमा छलफल भएको बताउनुभयो ।
अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरुलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिनुभयो ।
नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनुभएको थियो ।