`

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Nepal One HD ४ साउन २०८० १०:२१
प्रमुख खबर

काठमाडौँ / राष्ट्रियसभा बैठक आज बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्नेछ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० ला दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया