`

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता

Nepal One HD ४ साउन २०८० १०:४०
प्रमुख खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइल बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा शिष्टचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतार नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्येमा एक रहँदै आएकोले भेटलाई महत्वपूर्ण मानिएको छ ।


प्रतिक्रिया