`

फेसबुक पेज ‘केपी बा’लाई लाइक गरिदिन अध्यक्ष ओलीको आग्रह

Nepal One HD ४ साउन २०८० ११:४७
प्रमुख खबर

काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नयाँ फेसबुक पेज ‘केपी बा’ लाई लाइक गरिदिन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो जीवनका अनुभव नयाँ पेज ‘केपी बा’ बाट सेयर गरिरहेकाले लाइक गर्न आग्रह गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘जेलमा घाम नअस्ताई खाना खाइसक्नुपर्थ्यो । त्यहाँ चिया, खाजा र नास्ता गर्ने चलन नै हुँदैन थियो । किनकि हामीलाई पेट पाल्नका लागि जम्माजम्मी डेढ माना चामल र ७५ पैसा दिइएको हुन्थ्यो । र त्यही ७५ पैसाले दाउरा, तेल, दाल, तरकारी, मन्जन, साबुन, जुत्ता, चप्पलदेखि आफ्नो आवश्यकताहरू सबै पूरा गर्नुपर्ने हुन्थ्यो । यो मेरो जेल जीवन बिताउँदाको अनुभव हो । मैले मेरा यस्तै व्यक्तिगत अनुभवहरू आफ्नो नयाँ फेसबुक पेजबाट सेयर गर्दै आइरहेको छु । मेरो फेसबुक पेजलाई लाइक गर्नुहोस् है ।’


प्रतिक्रिया