`

अवैध सुन आयातमा मेरो संलग्नता छैन : दीपक मलहोत्रा

Nepal One HD ४ साउन २०८० १४:२३
राजनीति

काठमाडौं / व्यवसायी दीपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलहोत्राले आफ्नो बारेमा आएका समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको भन्दै आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको हो ।

उहाले आफूले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत हुने भएकोले प्रचलित कानूनबमोजि व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गरेको धारणा राख्नुभयो । आफू र आफ्नो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवम् परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानूनी कुनै कारोबार गर्ने नगरेको उहाले दावी गर्नुभयो ।

उहाले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने पनि चेतावनी दिनुभयो ।


प्रतिक्रिया