निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर छैन :अध्यक्ष सिंह
काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगाएतका बिषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गर्नुभएको हो ।
उहाले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पुरा गर्न नसक्दा लक्ष्य पुरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गर्नुभयो ।
माइलस्टोन अव्यवहारिक भएको बिषय प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराउदा पनि कुनै सम्बोधन नभएको उहाको भनाइ छ । सिंहले मुल्यबृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताउनुभयो ।
भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।
