`

भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाइ

Nepal One HD ९ साउन २०८० १८:४३
समाचार

काठमाडौँ / यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।
भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो । रु. १ लाख राशि रहेको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गर्नुभयो ।

पुरस्कार हस्तान्तरण गर्दै खड्काले यसअघि महावीर पुनसंग भएको भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै छिटै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाको बमोजिम सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृत रुपमा संचालन गर्न आवश्यक कानूनलाई छिटै सदनमा लगिने बताउनुभयो । .

त्यस्तै केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको बिकास गर्न सकिने बताउनुभयो ।

उहाले सरकारले यसअघि आफुसंग गरेको सहमतिका केहि बुदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराउनुभएको थियो ।


प्रतिक्रिया