पाँचथरमा बोलेरो जिप दुर्घटनामा घाइते भएका मध्ये थप एक जनाको मृत्यु


पाँचथर / पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिर नजिकै मङ्गलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते उहाँलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ ।
प्रहरी निरीक्षक मिलन थापाका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए । घाइतेहरूमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ ।
झापाबाट फिदिम आउँदै गरेको मे१ज १९४१ नंको जिप हिजो दिउँसो १२ः१५ बजे फिदिम नगरपालिका–२ कृष्ण मन्दिर छेउमा दुर्घटना भएको हो ।
चालकले घुम्तीमा मोड्न नसक्दा उक्त उक्त जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो ।