`

चीनको जिलिनमा भीषण वर्षाका कारण एक जनाको मृत्यु, चार जना बेपत्ता

Nepal One HD २० साउन २०८० १२:४६
विश्व

चाङ्चुन / चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् ।

शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । दिउँसो ३स्०० बजेसम्म शुक्रबार औसत वर्षा १११।७ मिलिमिटर पुगेको थियो ।(रासस-सिन्ह्वा)


प्रतिक्रिया