`

वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने माध्यम बनाउनपर्छ :वातावरणमन्त्री महतो

Nepal One HD २१ साउन २०८० १८:३६
राजनीति

काठमाडौँ / वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाईने बताउनुभएको छ ।

राउण्ड टेवल नेपालले एक लाख विरुवा रोपेको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री महतोले नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउनेगरि काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भएर वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने जिकिर गर्नुभयो ।

मन्त्री महतोले वृक्षारोपण गर्नुमात्रै ठूलो कुरा नभएर यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व हुने उल्लेख गर्नुभयो ।

मन्त्री महतोले अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भैरहेको तर स्वदेशमै भएका काठमहरु कुहिएर जानु दुःखको विषय भएको धारणा राख्नुभयो ।


प्रतिक्रिया