`

संसद्को अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्नुहुँदै सभामुख 

Nepal One HD २२ साउन २०८० ८:५१
प्रमुख खबर

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ । 

सभामुख घिमिरेले आज संसद् बैठक बस्नअघि दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । 

सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन आज मध्याह्न १२ः०० बजे दलका शीर्ष नेतासँग बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै छ ।

सभामुख घिमिरेले आइतबार पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन ।  


प्रतिक्रिया