यी हुन् एमालेले नेतृत्व पाउने तीन संसदीय समिति


काठमाडौं / संसदीय समितिको भागबण्डा टुंगो लगाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका हुन् ।
प्रचण्डले पार्टीमा जानकारी गराए अनुसार संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउनेछ । एमालेले ३ र माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एकएक समितिको सभापति पाउनेछन् ।
यी हुन् एमालेले नेतृत्व पाउने संसदीय समितिहरु
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिसहित ३ समितिको नेतृत्व पक्का गरेको छ । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पाउने सहमित भएको हो ।