`

सदन खुलाउन सभामुखसहित बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन, साढे ३ बजे पुनः छलफल गर्ने

Nepal One HD २२ साउन २०८० १४:५९
प्रमुख खबर

काठमाडौँ / सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा सकारात्मक छलफल भएको साढे ३ बजे पुन छलफल सुरु हुने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सहमतिका लागि भन्दै दिउँसो १ बजेका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजेसम्मका लागि सार्न सभामुख समक्ष आग्रह गरिएकोे जानकारी दिनुभयो । सहमतिका अधारमा संसद्को बैठक चलाउनुपर्छ भन्ने सकारात्मकरुपमा छलफल भएको र अर्को छलफलले बाँकी टुङ्गो लगाउने उहाले बताउनुभयो ।

सुन तस्करी प्रकरणलाई लिएर लगातार सदन अवरुद्ध भएपछि सभामुखले शीर्ष नेताहरुसंग छलफल गर्नुभएको हो । सुन प्रकरणमाउच्चस्तरीय छानबिन समिति माग गर्दै सोमबार पनि एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।


प्रतिक्रिया