`

राज्यले जिम्मेवारी दिनेबेला आफूविरूद्ध लान्छाना लगाउने गिरोह सधै संगठित रुपमा सक्रिय हुन्छन् :उपाध्यक्ष डा लामा

Nepal One HD २२ साउन २०८० १८:३५
राजनीति

काठमाडौँ / लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला आफूविरूद्ध लान्छाना लगाउने गिरोह सधै संगठित रुपमा सक्रिय हुने गरेको आरोप लगाउनुभएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभयो । उहाले देशको लागि आफुले केहि गर्न खोज्दा सदैव अवरोध गर्न खोजेको जिकिर गर्नुभयो ।

लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति आफू अभारी भएको बताउँदै उहाले आफुले पाएको जिम्मेवारी पुरा गर्ने उल्लेख गर्नुभयो । आफू हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै अपराध हो भने आफू अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने उहाले बताउनुभयो ।

केही मान्छेहरूले लगाएका आरोपहरु राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट आफूले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् भन्दै उहाले प्रश्न गर्नुभयो ।


प्रतिक्रिया