`

वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन अध्यक्ष ओलीको अनुरोध

Nepal One HD २३ साउन २०८० ९:१९
प्रमुख खबर

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन अनुरोध गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुहुँदै भन्नुभयो , ‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर र भिडिओहरु धेरै आइरहेका छन्,’ ओलीले भन्नुभयो , ‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।


प्रतिक्रिया