`

कांग्रेस सदैव समावेशिताको पक्षमा छ :सभापति देउवा

Nepal One HD २३ साउन २०८० १९:०९
राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सदैव समावेशिताको पक्षमा रहेको बताउनुभएको छ ।

२९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रृस पनि समावेशिताको पक्षमा उभिएको बताउनुभएको हो ।

नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सवै कुराहरु देशको सम्पती भएको उहाँले बताउनुभयो । उहाँले नेपालको कला संस्कृतिको संरक्षण र संवर्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रुपमा चिनाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाँले संविधानमा उल्लेख समावेशीताको बिषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताउनुभयो ।


प्रतिक्रिया